Wednesday, February 28, 2018

वेद धर्म रक्षार्थ प्रथम बलिदानी कुमारिल भट्ट



वेद धर्म रक्षार्थ प्रथम बलिदानी कुमारिल भट्ट

वेद प्रभुको वाणी हो । सृष्टिको आरम्भमा प्रभुुले प्राणी मात्रको लागि उपयोगको लागि वेद ज्ञानको प्रकाश गरेका थिए, परन्तु महात्मा बुद्धको मृत्यु पश्चात् यस देशमा बौद्ध मतको एक छत्र राज्य स्थापना भयो जहाँ वेद धर्मको अपमान गर्ने यौटा युगको नै आरम्भ भयो । यस्तो कालखण्डमा वेदज्ञाता कुमारिल भटको जन्म भयो जयमंगल नामक गाउँमा पं. यज्ञेश्वर भट्ट तथा माता चन्द्रकना (यजुर्वेदी ब्राह्मण )को घरमा । बालक कुमारिलले योग्य गुरुको समीपमा रहेर वेद , वेदांग तथा अन्य शास्त्रहरुको अध्ययन गरे । उनको धर्मपरायणता तथा विद्वताका कारण उनलाई भट्टपाद तथा सुब्रह्मण्यम् पनि भनिन्थ्यो । कुमारिलसँग धेरै शिष्यहरु अध्ययनका लागि आउँदथे जसमा विश्वरुप , प्रभाकर , पार्थसारथी तथा मुरारिमिश्र मुख्य थिए ।

कुमारिल भट्ट वैदिक धर्मका अनन्य भक्त थिए । यो त्यस्तो समय थियो जब बौद्धमतको विकासका साथसाथै वेदहरुको दशा दिनानुदिन तल खसिरहेको थियो । वेदहरुको उपहास गरिन्थ्यो जसका कारण कुमारिल सदैव चिन्तित देखिन्थे । तत्पश्चात् कुमारिलले बौद्धमतको खण्डनको निश्चय गरे किन्तु यसका लागि उनलाई बौद्ध ग्रन्थहरुको अध्ययनको तीव्र आवश्यकता थियो जसको प्राप्ति आजको जस्तो सुगम थिएन । अतः आफ्नो निश्चयलाई कार्यरुप दिनको लागि उनी श्रीनिकेतन नामका एक धर्माचार्यसँग गएर उनको शिष्यको रुपमा बौद्ध मतको अध्ययन गर्न लागे । एक दिन गुरुले वेदहरुको निन्दा गर्दा उनको आँखाबाट बगेका अविरल अश्रुका धारा देखेर उनका सहपाठीलाई यो निश्चय गर्न समय लागेन कि उनी वेद धर्मका अनुगामी हुन् भनेर । यहीबाट उनको हत्याको योजना पुरै संघले गर्न थाल्यो ।

एक दिन कुमारिल अग्लो पर्खालमाथि बसेका थिए उनका सहपाठीले उनलाई पछाडिबाट ढकेलिदिए । तर उनी बाँचे । यो उनको वेदहरुप्रति दृढ आस्थाको नै परिणाम थियो । तर यो घटना पछि बौद्ध धर्मको सत्यतामा निश्चय नै सन्देह भयो । उनले बुझिहाले कि जुन बौद्ध धर्म दया , शान्ति तथा अहिंसामा विश्वास गर्दछ , त्यसका अनुयायी मलाई वेदप्रतिको आस्थाका कारण मार्न पनि उद्दत छन् भने यहाँ अहिंसा कहाँ छ ?

यिनीहरु त अन्य धर्मावलम्बीहरुलाई प्रहार गर्न रुचाउँछन् ! म अब यी पाखण्डीहरुबाट यो संसारलाई बचाउने यत्न गर्नेछु । अब कुमारिलजी वैदिक कर्मवादको प्रचारमा कटिबद्ध भए । यही प्रवाहमा उनी चंपा नगरी पुगे । यस नगरका राजा सुधन्वा पनि बौद्ध धर्मानुरागी थिए जबकी उनकी पत्नी सत्य वेदानुगामी । यस नगरमा घुमेर कुमारिलले परिस्थितिहरुको अध्ययन गर्न लागे । त्यसैबेला उनको भेट एक मालीसँग भयो जहाबाट उनलाई राजवंशको सबै स्थिति र रानीको वेदप्रेमको जानकारी प्राप्त भयो । रानी विष्णु भगवानकी उपासक थिइन् र माली उनको पूजाका लागि फूलहरु एकत्र गर्दथ्यो । कुमारिलले त्यो मालीको माध्यमले रानीलाई आफ्नो परिचय दिए जसलाई सुनेर रानी एकदमै प्रसन्न भइन् । एक दिन भट्ट जी राजभवनको समीप भएर निस्कदै थिए कि उनको कानमा चिन्ताले भरिएका स्वरहरु परे –

“किकरोमिकगच्छामि कोवेदानुद्धरिश्यती । ”

भाव यो हो कि के गरु ? कहाँ जाऊँ ? वेदहरुको उद्धार कसले गर्ला ?
यो सुनेर कुमारिलजीले भन्नुभयो –

“माँविषादबरारोहे ! भट्टाचारयोअस्मिभूतले ।”

अथात् , हे रानी ! खेद नगर ! म कुमारिल भट्टाचार्य अहिले यस पृथ्वीमा उपस्थित छु ।

यो सुनेर रानीले कुमारिललाई आफूसमीप बोलाएर आफ्नो व्यथा सुनाइन् । कुुमारिलजीलाई भेटेर रानीलाई धेरै सन्तोष भयो तथा उनीबाट रानीलाई बौद्ध धर्मका धेरै कमि–कमजोरीहरु पनि ज्ञात भए । उनीलाई यो पनि भनियो कि युक्तिहरु पनि राजाका समीप राखियून् ताकि राजालाई विस्तारै विस्तारै बौद्ध मतका प्रति घृणा उत्पन्न होओस् । विद्वान् रानीले त्यसै गर्न थालिन् । सुस्तरी सुस्तरी राजाको हृदय परिवर्तन हुन थाल्यो र वेदधर्मका प्रति उनको आदर भावमा वृद्धि हुनथाल्यो । सुधन्वा वेदहरुलाई सम्मान दिन थाले । यसैबिच कुमारिलले बौद्ध मत खण्डनको लागि सात ग्रन्थको रचना गरे । यति मात्र होइन बौद्धहरुसँग सामना गर्नको लागि आफ्ना शिष्यहरुको एक विशाल मण्डली पनि तयार गरे । अब त स्थान–स्थानमा वेदहरुको मण्डन र बौद्धहरुको खण्डन गर्दै शास्त्रार्थहरु हुन थाले । बौद्ध गुरुहरु अब डराउन थाले ।

राजा सुधन्वाको कानमा कुमारिलजीको चर्चा पुगिसकेको थियो र राजा उनीसँग भेटे्न इच्छुक थिए । एक दिन अवशर पारेर कुमारिल स्वयं राजाका सामु उपस्थित भए । यहाँ विशाल सभाको आयोजना भयो र ठुला – ठुला धुरन्धर बौद्ध विद्वान्हरुलाई बोलाएर शास्त्रार्थको आयोजना पनि गरियो तथा अर्कोतर्फ आफ्ना दल सहित कुमारिलजी पनि उपस्थित हुनुभयो । दर्शक र श्रोतागणहरुले सभाघर भरिएको थियो । यसैबिच समीपस्थ वृक्षबाट कोइलीको स्वर गुञ्जित भयो । यस अवशरमा कुमारिलजीले यौटा श्लोक पढ्नुभयो जसको भावार्थ यसप्रकार थियो –

“है कोइली ! मलिन , नीच र श्रुति दुषक कागहरुको कुलसँग तेरो सम्बन्ध नभए त निश्चय नै प्रशंसा योग्य छस् । ” यो व्यङ्ग्य थियो राजा र बौद्धहरुको यस प्रकारले – “ हे राजन ! मलिन , नीच र वेद निन्दकहरुसँग तेरो सम्बन्ध नभए अवश्य नै तिमी प्रशंसा पात्र छौ । ”

यस व्यंग्यको मूल आशय बौद्धहरुको लागि थियो जसका कारण उनीहरुलाई धेरै रिस उठ्यो । शास्त्रार्थको आरम्भ भयो । दुवैतर्फबाट तर्कका तरवार भिड्न थाले । बौद्धहरुले वेदविरुद्ध तर्कहरु प्रर्दशन गर्न थाले भने अर्कातिर कुमारिलले ती तर्कहरुको खण्डन गर्न थाले एवं वेदहरुको सभ्यता , सत्यता , न्याय प्रियता , सद्गुण , कर्मवाद , कर्मफल , उपासना , मुक्ति र व्यक्तित्ववाद आदिको अति नै उत्तमताका साथ सिद्ध गरे ताकि प्रत्येक व्यक्तिलाई वेदहरुको विमल मूर्तिको दर्शन होस् । राजा सहित सबै कुमारिलको विद्वताले विमोहित हुन थाले । सबैले यो स्वीकार गरे कि वेद नै मानवताको सवोच्च र दिव्य ज्ञान हुन् ।

यो पनि सिद्ध भयो कि बौद्धहरुको सिद्धान्त तथा मत सर्वथा भ्रामक , भ्रान्तिमूलक र अनिष्टकारी छन् । यसबाट सबै सन्तुष्ट भए । यस अवसरमा बौद्धहरुको उपहास हुन थाल्यो । त्यसकारण सबै बौद्धहरु मुख झुलाएर सभाबाट बाहिरिए पनि । यस सभाबाट यो पनि सिद्ध हुन पुग्यो गयो कि सार्वदेशिक र पूर्ण ज्ञान वेदहरुमा मात्र छ । यो पनि सिद्ध भयो कि बौद्धहरुको आचरण पापपूर्ण छ । राजा यस ज्ञान उपदेशले अति नै प्रसन्न भए । राजा कुमारिलका शिष्य नै भइदिए । अब उनको प्रभावले प्रजाहरु पुनः वैदिक धर्मका अनुयायी हुन थाले । पुनः वेदहरुको प्रचार हुन थाल्यो । वेदगानले पुरै देश गुञ्जित हुन थाल्यो । यस प्रकार कुमारिलको उद्देश्य पूर्ति हुनथाल्यो र उनलाई सन्तोष पनि भयो । तर पनि उनको मनमा बौद्धहरुको सिद्धान्तलाई समूल उच्छेदन गर्नु थियो नै ।

उनी आफ्नो कार्यको कटिबद्ध थिए तर उनलाई एक चिन्ताले सधै सताइरहेको थियो भित्री रुपमा कि उनले आफ्ना बौद्ध गुरुलाई धोखा दिएर शिक्षा प्राप्त गरेका थिए जो एक भारी द्रोह थियो । यसको प्रायश्चितको लागि कुमारिलले निश्चय पनि गरे । शास्त्रहरुका अनुसार गरुद्रोहको दण्ड तुषाना (भुसको आगो )मा जल्नु रहेको छ । कुमारिलले यसका लागि आफूलाई तैयार गरे पनि र प्रयागतर्फ लागे । त्रिवेणी संगममा उनी अग्नीमा प्रविष्ट भए । जलिरहेको आगोमा उनी प्रवेश गरेर दृढताका साथ अडिरहे । उनको मुख मण्डल तेज , शान्ति , कान्तिमय देखिन्थ्यो । यसै बीच आदि गुरु शंकराचार्यजीको पनि आगमन भयो । जसरी कुमारिल उत्तरमा बौद्धहरुको नाशमा कटिबद्ध थिए , त्यसै गरी शंकराचार्य दक्षिण भारतबाट बौद्धहरुको नाशमा लागिपरेका थिए । शंकराचार्यले कुमारिल भट्टको चर्चा सुनेका थिए र उनलाई भेट्ने इच्छाका साथ प्रयाग आए किन्तु तुषाग्नीमा प्रवेश गरेको सुनेर दौड्दै त्यहाँ पुगे । त्यहाँ कुमारिललाई त्यस स्थितिमा देखेर दंग भएर उनको मुखबाट अनायासै निस्कियो कि “धन्य हो कुमारिल भट्ट ! वेदहरुको उद्धार तपाईको नै कार्य थियो । शास्त्रहरुका प्रति अविचल श्रद्धा , अपूर्व कर्तव्य निष्ठा र अगाध धर्म परायणता यस पृथ्वीमा तिमीमा नै देखिएको छ । तिमी धन्य छौ । तिम्रो जीवनको जति प्रशंसा गरे पनि कम नै छ । ”

“म त शास्त्रार्थ गर्न असमर्थ छु । तपाईको उद्देश्य निश्चय नै धेरै उत्तम छ । मैले आफ्नो कार्य गरिसकेको छु । अब आफ्नो उद्देश्यपूर्तिको लागि तपाई मेरा प्रधान शिष्य मण्डन मिश्रसँग भेट गर्नुहोस् । जबसम्म मेरो शरीर भष्म हुँदैन तबसम्म कृपया मेरो सामुन्ने नै खडा हुनुहोस् किनकी मलाई हजुरसँग प्रेम भइसकेको छ किनकी तपाईले वेदहरुको उद्धारको झण्डा उठाउनुभएको छ ” कुमारिल भन्छन् ।

कुमारिल तदोपरान्त मौन भए र अग्निका लप्कामा जल्न लागेको उनको शरीर प्रायश्चितगत अवस्थामा नै भष्म भयो । यसबाट शंकराचार्यलाई धेरै दुःख लाग्यो । कुमारिलको भष्म हुनुको कारण कर्मकाण्ड (प्रायश्चित ) थियो , त्यसैले अब उनी कर्मकाण्डको पनि खण्डन तर्फ लागे तथा ज्ञानकाण्डको मण्डन गर्न थाले । धन्य हुन् कुमारिल , जसले धर्मको पुनः स्थापनाको लागि आजीवन प्रयत्न गरे तथा धर्मको स्थापनाको लागि आफ्नो जीवन नै बलिदान गरे । कुमारिल न केवल प्रकाण्ड पण्डित थिए अपितु बौद्ध धर्मको मर्मलाई पनि जानेका थिए । उनले वेदरक्षा गरे । त्यसकारण कुमारिलको बलिदानको साथ नै कुमारिलको नाम सदा जोडिने छ ।

No comments:

Post a Comment