Thursday, February 15, 2018

वेदहरुमा बहुविवाह आदि विषयक भ्रान्तिको निवारण



वेदहरुमा बहुविवाह आदि विषयक भ्रान्तिको निवारण

डा. विवेक आर्य

इस्लाममा बहुविवाह प्रचलित छ । आफ्नो मान्यतालाई सिद्ध गर्नको लागि केही मुसलमान भाइहरु बुहविवाहलाई वेदमा खोज्ने प्रयास गर्छन् । उनी भन्दछन् कि वेदहरुले स्वयं बहुविवाहको अनुमति दिएका छन् । सत्य यही हो कि उनीहरुले वेदहरुलाई ध्यानपूर्वक पढेका छैनन् । वेदहरुमा अनेक मन्त्रहरु द्रष्ठव्य छन् जो बहुविवाहको निषेध गर्दछन् ।
प्रमाण हेर्नुहोस्

ऋग्वेद १०.८५ जसलाई विवाह सूक्त पनि भनिन्छ , यस सूक्तको ४२ मन्त्रमा भनिएको छ कि तिमी दुवै यस संसार तथा गृहस्थ आश्रममा सुखपूर्वक निवास गर , तिमीहरुको परस्पर कहिल्यै पनि वियोग नहोस् ।सदा प्रसन्नतापूर्वक आफ्नो घरमा बस ।

ऋग्वेद १०.८५.४७ मन्त्रमा हामी दुवै (वर –वधु) सबै विद्वान्हरु समक्ष यो घोषणा गर्दछौँ कि हामी दुवैको हृदय जलको समान शान्त र परस्पर मिलेको छ ।

अथर्ववेद ७.३५.४ मा पति पत्नीको मुखबाट भन्न लगाइएको छ कि तिमी मलाई आफ्नो हृदयमा बसाऊ , हामी दुवैको मन एक होओस् ।

अथर्ववेद ७.३८.४ पत्नी भन्दछिन् कि तिमी केवल मेरो बनेर बस , अन्य स्त्रीहरुको कीर्तन तथा व्यर्थ प्रशंसा आदि पनि नगर ।

ऋग्वेद १०.१०१.११ मा बहुविवाहको निन्दा गर्दै वेद भन्दछन् कि जसरी रथका घोडा दुवै धुराहरुको मध्यमा दबेर कुद्छ , त्यसरी नै एक समयमा दुई स्त्रीहरुको पति दबेको हुन्छ , अर्थात् परतन्त्र हुनजान्छ । त्यसैले एक समयमा
दुई वा अधिक पत्नीहरु हुनु उचित छैन ।

यस प्रकार वेदहरुमा बहुविवाहको विरुद्ध स्पष्ट उपदेश छ –

नोट – राजा दशरथले वेदहरुको शिक्षा पालन नगरेर तिन विवाह गरे जसका कारण उनले दुःख भोग्नुपर्यो । श्री कृष्णजीको केवल एक पत्नी थिइन् रुक्मणी , अरु सबै मिथ्या हुन् । द्रौपदीलाई स्वयंवरमा अर्जुनले जितेका थिए तर उनको विवाह युधिष्ठिरसँग भएको थियो ।

No comments:

Post a Comment