Monday, February 12, 2018

भालेन्टाइन डे किन मनाईन्छ र यसको सत्य ईतिहास जानौ



भालेन्टाइन डे किन मनाईन्छ र यसको सत्य ईतिहास जानौ

यूरोप र अमेरिकाको समाज विवाह बन्धनमा बाँधिएर बस्ने होईन उनीहरु रखेल (Mistress) मा विश्वास गर्दछन् । यूरोप र अमेरिकामा सायद नै कुनै यस्तो पुरुष वा महिला भेटनु होला जसले एउटा मात्र विवाह बन्धनमा बाँधिएर बसेको होस् । यो कुनै नौलो परम्परा नभएर हजारौ वर्ष देखिको हो । यहाँहरुले एउटा वाक्य सुन्नु भएकै होला ' Live in Relationship ’ यो शब्द आजभोली हाम्रो मुलुकमा यदाकदा संचारमाध्यमले प्रयोग गरेको देख्न पाईन्छ । यसको मतलव हो बिना विवाहको लोग्ने —स्वास्नी जसरि बस्नु आम चलन हो । यो परम्परा यूरोप र अमेरिकामा पहिला देखि आजसम्म समाजको बहुसंख्यकमा मजाले चलिरहेको पाईन्छ । यूरोपिय दार्श्निक प्लेटोले आफ्नो सम्बन्ध २०—२२ स्त्रिहरुसँग रहेको कुरा गर्वकासाथ लेखेको पाईन्छ । अन्य यूरोपियन दार्स्निकहरु अरस्तु पनि यस्तै कुरा गर्दछन र देकातेरले पनि सम्मती जनाउँदछन् । महान दार्श्निक रुसोले आफ्नो आत्म कथामा लेखेका छन—“ एउटी स्त्रिसँग मात्र साथमा रहनु सम्भव हुन सक्दैन् ,Its Highly Impossible” भन्दछन् । त्यहाँ एक पत्नी जस्तो शब्द त किताबमा पढने कुरा हो आम जीवनमा सम्भव छैन भन्ने मानसिकता छ । यस्तो सोचाइको पछाडीको रहस्य नबुझेसम्म यस किसिमको मानसिकताको जरो पनि थाहाँ पाउन सकिदैन । हाम्रा आलाकाचा ठेठनाहरुले केहि नबुझि भालेन्टाइन मनाउने भनि नखरमाउलो गरेको देख्दा मोडर्न होइन नथापाएर के गर्न खोजेका हुन भनि सोचाई प्रति चाँहि टिठ लागेर आउँछ ।

यूरोपका सबै महान दार्श्निकहरुका भनाइमा “स्त्रिहरुमा आत्मा नै हुदैन ” स्त्रि त मेज, कुर्सि जस्तै हुन जब पुरानो भएमा फालेर नयाँ ल्याए जस्तै एउटिसँग मन भरिएमा अर्कि ल्याउनु पर्दछ भनि सल्लाह दिन्छन् । यहि सिद्घान्तको छाँयामा हुर्केको बाइबलका अनुसार पहिलो पुरुष एडमको पाखुराको हडडीबाट पहिलो स्त्रि इभ बनाइएकि हुनाले स्त्रिमा आत्मा हुदैन भन्ने चर्चको भनाइ छ । मध्य युगमा युरोपमा महिलाले अधिकार खोजेमा वा आवाज उठाएमा लाखौ महिलालाई बोक्सिको आरोपमा जलाएको पनि यहि कारण हो । यि काम चर्चको निर्देशनमा भएका थिए, ईतिहास पल्टाए हुन्छ । युरोप अमेरिकामा विश्व युद्ध भन्दा पहिलासम्म महिलाले बैंकमा खाता खोल्न, अदालतमा गवाहि दिन, भोट हाल्न पाउदैन थे । महिला अधिकार गोष्टी, फिलाडोल्फीया, १८५४मा उठेको प्रश्न थियो स्त्रिमा आत्मा हुदैन, चर्च र देश दुवैले नकारेको कुरा हुन्छ भने प्रमाणित गर । त्यसैले निकै समयसम्म युरोपमा जनगणनामा स्त्रीलाई गणना गरिदैन थियो ।

बाईबलका टिमोथि २ र ११—१४ “पुरुषको अधिनमा महिला रहनु पर्दछ ।” “यदि कुनै पुरुषले विवाह गरेकि स्त्रिसँग अप्रसन्न भए त्यागपत्र स्त्रिको हातमा दिएर घरबाट निकालि देउ” — व्यवस्थाविवरण २४ र १ । जेनेसिस ३ ः१६—१७ अनुसार “स्त्रीले प्रसव वेदना पाउनु पर्दछ प्रभुको सराप छ ।” डेटेरोनेमि २२ ः २८—२९“ प्रभुले भन्दछन बलात्कार पछि महिलाका बाबुलाई जरिवाना पैसा तिरे हुन्छ । यहिकुरा निर्गमन २ र १७ पनि लेखिएको छ । धेरै पत्नि राख्न सक्दछन भन्ने कुरा उत्पत्ति ३२२२—“दुई स्त्रि, दुई रखैल र ११ केटाहरु लिएर नदि पारि गए ।” “शत्रुसँग यूद्घ गर्दा तिम्रा परमेश्वर यहोवाले उनिहरुलाई तिम्रा हातमा दिए बन्धुवा गर”— व्यवस्थाविवरण २१ र १० र गिनती ३१ र ३५—“लुटको मालमा जुन केटीहरुले पुरुषको मुख देखेका छैनन ती सबै ३२००० थिए ।” नारीहरुलाई व्यभिचारकोलागी उक्साइएको छ , “तिम्रा छोरी, बुहारीहरुले व्यभिचार गरेमा म दण्ड दिदैन, किनकि मनुष्यहरु आफै वेश्याहरुको साथ एकान्तमा जान्छन ।”—होशे ४ र १४ र “ पैगम्बर लुतले आफ्नै दुई छोरीलाई व्यभिचार गरेर गर्भवति बनाए ।” उत्पत्ति १९ र ३६ यतीमात्र कहाँ हो अब्राहमले आफ्नै सौतेनी बहिनी सरालाई बिहे गरे र दुई जना रखौटी पनि थिए र उनले आफ्नो छोराको बिहे पनि भाईकि छोरी रिबेकासँग गरिदिएका थिए भनेर बाइबलको उत्पत्ति किताबमा उल्लेख छ । पढदा प्रष्ट बाइबलले स्त्रिलाइ भोग्याको रुपमा वर्णन गरेको पाइन्छ यी त केहि उदाहरण मात्र हुन् ।

यूरोपमा कहिले काहि यस्ता व्यत्तिहरु पनि भए जसले यी कुराहरुको विरोध पनि गरे तर तीनिहरुलाई समाज, सरकार र चर्चले हत्या गरेर मुख बन्द गर्ने काम गरे । यहि कडिमा आजभन्दा १५०० वर्ष पहिला एक जना भालेन्टाइन भन्ने क्रिस्चियन पादरीले एक जनासँग बिहे गर भनेर भन्थे र बिहे गराउँथे । विवाह नगरि स्त्रि पुरुषले कैयौ जनासँग सम्बन्ध राख्दा हामी जनावर जस्तै भयौ । विवाह गर र पति पत्नि भएर बस भन्दै चर्चमा र रोममा हिडथे । उनिसँग कसैले सोधेपछि यस्तो भाइरस तपाइको दिमागमा कहाँबाट आयो यूरोपमा त यस्तो सोचाइ रख्नु भनेको त साह्रै काम नलाग्ने कुरा हो भन्थे । उनले जवाफ दिन्थे आजकाल म भारतीय पुर्वीय सभ्यता र दर्शनको अध्ययन गरिरहेको छु । मलाइ लाग्दछ भारतीय उपमहाद्विपमा साह्रै राम्रो रितीस्थिति रहेछ हामीले अपनाउनु पर्दछ भन्थे । त्यती बेला सन ४७८ तिर रोमका राजा क्लाउडियस थिए उनकहाँ उजुरी पुग्यो कि भालेन्टाइनले हाम्रो परंपरा बिगाडी रहेको छ । उसले हामी यूरोप वासि बिना विवाह मौज गरेर महिला खेलाउनेहरुलाई एउटा मात्र बिहे गर भनेर कैयौ को विवाह गरायो र साह्रै अपसंस्कृति फैलाइ हाम्रो संस्कृति नाश गरिरहेको छ भनेर कुरा लगाए । राजाले भालेन्टाइनलाई पक्रेर ल्याउने आदेश दिए र सैनिकहरुले राजाका सामु ल्याएपछि राजाले तिमीले यस्तो गलत काम गरेका हौ ? तिमीले त अधर्म फैलाएर अपसंस्कृति ल्याइरहेका छौँ भनेर आरोप लगाए । भालेन्टाइनले हामीले आफ्नो चालचलन बदल्दा राम्रो विवाह गर्नु पर्दछ भनेर राजालाई सम्झाउन खोजे । तर राजाले उनलाइ फाँसिको सजाय दिएर १४ फेब्रअरी ४९८मा झुण्डाइयो र आरोप थियो विवाह गराउदछ मतलव बिहे गर्नु गैर कानुनी थियो । जसको भालेन्टाइनले विवाह गराइ दिएका थिए तिनिहरु दुखी भए र उनीहरुले १४ फेब्रअरीका दिन भालेन्टाइनको यादमा भालेन्टाइन डे मनाउन शुरु गरे ।भ्यालेन्टाइनले आफ्नी श्रीमतीलाइ चिट्ठी लेखेका थिए त्यसको अन्तमा (your Valentine) लेखेका थिए . क्रिस्चियन चर्चले उनलाई धार्मिक शहिद घोषणा गरेको छ यो त भयो भालेन्टाइन डे को इतिहास र यसको पछाडीको आधारको गाठी कुरा ।

अब यहि भालेन्टाइन नेपालमा आएको छ , यहाँ त विवाह हुने कुरा त एकदमै सामान्य सामाजीक र धार्मिक कुरा हो । यहाँ बिना बिहे केटा केटी घुम्नु र बस्नु सामाजीक रुपले असामान्य कुरा हो तर यूरोप अमेरिकामा बिहे हुनु आजपनि असमान्य कुरा हुन्छ । हाम्रा स्कुल कलेजमा भालेन्टाइन आएको छ र बडो धुमधामले मन्टेस्वरी स्कुलका साना साना नानीहरुलाई पनि मनाउन सिकाइन्छ अब यो समाजलाई के रोग लागेको होला? केटा केटीले नसोची नसम्झी एकआपसमा भालेन्टाइन डे को कार्ड दिइरहेका हुन्छन् र कार्डमा लेखेको हुन्छ “Would You Be My Valentine” जसको अर्थ हो— “के तपाई मसँग बिहे गर्नु हुन्छ ?” मतलब त कसैलाई थाँहा नै छैन । उनीहरु सम्झि रहेका हुन्छन् जसलाई प्रेम गरिन्छ उनलाई यो कार्ड दिनु पर्दछ । त्यसैले उनीहरु यो कार्ड आफ्ना बुवा —आमा, हजुरबा —हजुरआमा मात्र होइन मन्टेस्वरिका साना नानीहरुले शिक्षक शिक्षिकाहरुलाई दिएको पनि देखियो । यो ब्यापारमा ठुला ठुला कम्पनीहरु लागेका छन जसले कार्ड बेच्छन, गिफ्ट बेच्नेहरु, चकलेट बेच्ने र टेलीविजन च्यानलहरुले यसको धुवाधार प्रचार गर्दछन् । यो ठुला कम्पनीहरुलाई सामान बेच्ने बहाना हो भने टेलीविजनले ब्यापारिक बिज्ञापन देखाएर पैसा कमाउने माध्यम मात्र हो यसमा देखाइने हरेक कुरा सोचेर अपनाउ । टेलीविजनले भित्राएको यो अपसंस्कृती नै मान्नु पर्ला किनकि असल कुरा अपनाउनु राम्रो हो तर नक्कल गर्दा अलिकति अक्कल पनि लगाउने गरौँ । यूरोप अमेरिकामा साधारणतया विवाह हुदैन र जसले गर्दछन तिनिहरुले भालेन्टाइन डे मनाउँदछन तर तपाईले नेपालमा किन मनाउँदै हुनुहुन्छ ?

(१) यूरोप अमेरिकामा साधारणतया विवाह हुदैन । जसले गरेका वा गर्नेले भाल्ऽेन्टाइन डे मनाउँदछन ।

(२) रोममा यो दिन चराहरुले जोडा छान्दछन भनि विश्वास गर्थे । तर तपाईल्ऽे नेपाल्ऽमा किन मनाउँदै हुनुहुन्छ ?
कागलाई बेल पाक्यो हर्क न विष्मात !

No comments:

Post a Comment