Monday, February 5, 2018

दियोको तल अँध्यारो



दियोको तल अँध्यारो

डा. विवेक आर्य

एक ईसाई प्रचारक पूर्ण जोशका साथ पंजाबको ग्रामीण इलाकामा गएर प्रचार गर्दै थियो । उसले सोच्यो कि येशुको शिक्षाको प्रचारको शिक्षाको लागि हिन्दुहरुका पुराणहरुको खिल्ली उडाउनु पर्छ ताकि हिन्दुहरु आफ्नै पुराणहरुसँग घृणा गरुन् र येशुको शिक्षामा विश्वास गरुन् । तर उसको भाग्यले उसलाई धोका दियो र ऊ पेशावरी टोपी लगाएका एक आर्यसमाजी प्रचारकसँग पो भेट्न पुग्यो ।

पादरी – हिन्दूहरुका पुराणहरुको शिक्षालाई छोडेर येशुको शिक्षालाई अपनाउनु पर्छ । हेर , विष्णु –मत्स्य –लिंग आदि पुराणहरुमा के लेखिएको छ कि हिन्दुहरुका आराध्य देव ब्रह्मा मद्यपान गर्दथे र एक दिन उन्मत्त भएर आफ्नै कन्यासँग कुकर्म गर्न पुगे ।

आर्यसमाजी प्रचारक – यौटा हिन्दी उखान छ कि छाज तो बोले किन्तु छाननी क्या बोले जिसमा हजारौ प्वाल छन् । पहिलो कुरा त हामी केवल वेदमा विश्वास गर्दछौँ । पुराण आदि त पछिल्ला ६०० – ७०० वर्षमा बनेका पुस्तक हुन् जसमा कैयौ यस्ता कुरा लेखिएका छन् जो न त स्वीकार्य छन् न त वेदानुकुल नै छन् । जसलाई तिमी इल्हमी बाइबल मान्दछौ त्यसलाई किन ध्यान दिँदैनौ ? हेर , उत्पत्ति १९ ÷ ३१–३६ मा लेखिएको छ कि नबी हजरत लूतले नशाको हालतमा आफ्ना दुइ पुत्रीसँग व्यभिचार गर्यो । यस पछि गणनाको पुस्तकमा ३१÷३५–४० मा हजरत मुसाले ३२००० कुमारी स्त्रीहरुसँग दुराचार गर्ने आज्ञा दिए । बाइबलमा यस्तो पढेर तपाईहरुलाई लाज लाग्दैन । अप्रामाणिक पुराणमा आक्षेप गर्दै हिड्दछौ ।

पादरी – पद्मपुराणका अनुसार विष्णुले जालन्धर वैद्यको रुप धारण गरेर उसकी पत्नीसँग सहवास गर्यो ।

आर्यसमाजी प्रचारक – आफ्नो आँखाको कसिङ्गर नदेख्ने र अर्काको आङको भैसी देख्ने । पद्म पुराणमा कोही मूर्खले अनावश्यक कुरा लेखेको हो भने यो कसरी प्रामाणिक भयो ? वेदशास्त्रहरुको प्रमाण हुनुपर्छ । किन्तु यस्तो प्रमाण वेदहरुमा भेट्नु गाह्रो मात्र होइन असम्भव नै छ । परन्तु म तपाईलाई इन्जीलको प्रमाण देखाउँछु । २ शमुएल अध्याय ११ मा लेखिएको छ कि दाउदले उरियााहकी पत्नीसँग दुराचार गर्यो र उरियाहलाई युद्धमा चिट्ठी पठाएर मारिदियो । मान्छेहरुको आफ्नो नाक त काटिएको छ परन्तु नकटो चाहिँ अरुलाई भन्दै छन् । शोक !

पादरी – महादेव आफ्नो विवाहमा नाङ्गो भएर गोरुमा चढे ।

आर्यसमाजी प्रचारक – उत्पत्ति अध्याय ९ आयात २०–२३ मा लेखिएको छ कि नूहले रक्सी पिएर नाङ्गो भयो । यो कुरा तपाईको इल्हामी पुस्तकले भन्छन् ।

पादरी – रामले रावण ब्राह्मणलाई मारे अनि आफ्नी पत्नी सीता जो रावणको घर प्रविष्ट भएकी थिइन् उनलाई स्वीकार गरे जबकी मानिसहरुले उनीलाई अशुद्ध एवं अपवित्र ठहर्याए ।

आर्यसमाजी प्रचारक – श्री राम त महापुरुष थिए । उनको जस्तो वीरता त देख्न पनि पाइदैन । त्यो कालमा बिना आफ्ना पिताको राज्यको सहायतामा उनले २५ कोश लामो पुल बनाए , रावणलाई यमलोक पुर्याए तथा सीतालाई जो वैरीहरुको मध्य पनि पवित्र थिइन् स्वीकार गरे । बरु आफ्नो घरलाई त हेर ! उत्पत्तिको अध्याय ३४ मा लेखिएको छ कि याकुबकी छोरी दीनालाई हमोरको पुत्र शकेमले भ्रष्ट गराइदियो र पछि विवाहको प्रस्ताव पठाउदा पनि याकुबले अपवित्र भएकी आफ्नी पुत्रीालाई आफ्नै घरमा राख्यो । के यति कुराबाट पनि तिम्रो चेत खुल्दैन ?

पादरी –भागवतमा लेखिएको छ कि कृष्णले गोपिनीहरुसँग दुष्कर्म गरेका थिए ।

आर्यसमाजी प्रचारक – बाइबलको उत्पत्ति पुस्तकको ३८ औ अध्याय को आयात १७–१९ मा लेखिएको छ कि यहदा नबीले आफ्नी विधवा बुहारी तामरसँग दुष्कर्म गर्यो । यस्ता कति हो कति कुरा बाइबलमा भरिएका छन् । श्रीकृष्णजी महाराज विद्वान् , पुण्यात्मा , कर्मठ , साहसी महापुरुष थिए । उनीमाथि दोष लगाउने भागवत सर्वथा अप्रामाणिक र अस्वीकार्य नै छ ।

पादरी –ईशाईहरुको ईश्वर दयावान् छन् ।

आर्यसमाजी प्रचारक – वेदहरुमा ईश्वरको वर्णन एक न्यायकारी , दयालु , सर्वज्ञ , सत्यधर्मा आदि गुणवाला मानिएको छ जबकी बाइबलमा परमेश्व अज्ञानी , छली , कमजोर , क्रोधी , ईष्र्यालु एवं हिंसामा विश्वास राख्नेका रुपमा लिइएको छ ।

उत्पत्ति पुस्तकको अनुसार एक आदमको पापको लागि पुरै संसारमा मनुष्यलाई पापी ठहर्याउनु के दयालुपन हो ?
यौटालाई फाँसी दिँदा पुरै संसारका मनुष्यहरुको पाप क्षमा हुनु कहाँको न्याय हो ?

१ शमुएल अध्याय ६ को १९ आयातका अनुसार पचास हजार सत्तरी पुरुषलाई मार्नेवाला परमेश्वर कसरी दयालु ?
१ शमुएल अध्याय १५ को ३ आयातका अनुसार के पुरुष , के स्त्रीि , के बच्चा , के ऊँठ , के गधा , सबैलाई मार्ने आदेश दिनेवाला ईश्वर कसरी दयालु भए ?
यस्ता अनेक प्रमाण बाइबलबाट दिन सकिन्छ जसबाट स्पष्ट हुन्छ कि परमेश्वर हिंसामा विश्वास राख्दछ र दयालु त केवल यौटा भ्रम मात्र हो ।

पादरीले जब देख्यो कि उसका हरेक कुराको युक्ति एवं तर्कसंगत सप्रमाण खण्डन हुँदै छन् तब ऊ आफ्ना तानाबाना लिएर त्यहाँबाट गायब भयो तथा हाम्रा आर्यसमाजी प्रचारक पंडित लेखरामजी सत्यको मण्डन एवं असत्यको खण्डन गर्न अघि बढ्नुभयो ।

सबै पाठकहरुले अब निर्णय लिनुहोस् कि उनीहरुलाई सत्य ज्ञान वेदमा विश्वास राख्नु छ कि अविद्याको कुवा बाइबलमा डुब्नु छ ।

(पंडित लेखरामका लेखहरुको संग्रह समर ग्रन्थ “ कुलयात आर्य मुसाफिर ” बाट सबै प्रमाण लिइएका छन् )

No comments:

Post a Comment