Sunday, February 18, 2018

पादरी सनातन उपासक बने




पादरी सनातन उपासक बने
डा. विवेक आर्य 

(यो एक पादरीको सत्य कथा हो जसमा पादरीले सत्य ज्ञान प्राप्त गर्ना साथ आफ्नो आत्मासँग न्याय गर्दै न केवल सत्य मार्गको वरण गरे परन्तु अरुलाई पनि यो मार्ग बताउनको लागि आफ्नो जीवन समर्पित गरे )

यो घटना सन् १९५४ या १९५५ को हो । तिनताक मिस्ट। नाम गरेका एक ईसाई पादरी भारतको अम्बालामा बस्दथे जसलाई मानिसहरु प्रेमपूर्वक लाट साहब भनेर सम्बोधन गर्दथे । उनलाई उच्चस्तरीय ईसाई संरक्षण प्राप्त थियो । एक दिन पादरीले घोषणा गरे कि उनलाई येशु ख्रीष्टमा पूर्ण विश्वास छ र उनी कुनै पनि मृत व्यक्तिमाथि हाथ राखेपछि ऊ पुनर्जीवित हुनसक्छ । डा. हरिप्रकाश गुरुकुल काँगडीका स्नातक थिए र पक्का आर्य समाजी पनि थिए । उनले यो चुनौतिलाई स्वीकार गरे तथा यो पनि निश्चय गरे कि जो पनि पक्ष पराजित हुन्छ त्यसले विजयी मत स्वीकार गर्नुपर्ने हुन्छ । शास्त्रार्थको लागि आर्यसमाजका प्रसिद्ध शास्त्रार्थी पण्डित शान्ति प्रकाशजीलाई बोलाइयो तर समस्या यो भयो कि शास्त्रार्थ हुने दिनसम्म कुनै पनि मृतकको शव प्राप्ति भएन । शास्त्रार्थको दिन आर्य समाजका मन्त्री श्री चुनीलालले प्रातः एक मृत कौवा भेटे । त्यसलाई यौटा थैलोमा राखेर उनी शास्त्रार्थ स्थलमा आफूसँग लगे । पण्डित शान्ति प्रकाशजीले शास्त्रार्थ पूर्व यो सोधे कि केवल मृतक मनुष्यको शवलाई मात्र जीवित पार्न सकिन्छ कि पशुपक्षीको मृत शवमा पनि प्राण हाल्न सकिन्छ ? त्यसमा पादरीले भने कि उनी कुनै पनि मृत शरीरमा प्राण हाल्न सक्छन् । पादरीलाई यो विश्वास थियो कि आर्य समाजका शास्त्रार्थीले कुनै पनि मृतको शव ल्याउन सक्नेछैनन् र उनको घोषणाको घोषणाको परीक्षा हुनसक्नेछैन । पण्डित शान्तिप्रकाशजीले तब घोषणा गरिदिनुभयो कि हामीले त कुनै मृतकको शव ल्याउन सकेनौँ । उपस्थित हुनेहरुमा यदि कसैले कुनै प्राणीको शवको व्यवस्था गरेको भए कृपया अगाडि आउनुहोस् । यो सुनेर पण्डित चुन्नीलालले मञ्चमा मृत कौवाको शव ल्याएर राखे । पंण्डितजीले पादरी साहबका अगाडि त्यो शव राखेर भने यो शवमा प्राण प्रविष्ट गराउनुहोस् । पादरी साहब १५ मिनेट सम्म त्यस कौवाको शरीरमा हात घुमाएर प्रार्थना गरिरहे । मानिसहरु त्यस दृश्यलाई धैर्यताका साथ हेरिरहेका थिए । १५ मिनेट पछि आर्यसमाजको जय , स्वामी दयानन्दको जय , पंडित शान्ति प्रकाशको जय आदि गगनभेदी नाराका साथ समारोह स्थान नै गुञ्जायमान भयो । 

पादरी गिल साहिबले आफ्नो पराजय स्वीकार गरे र ईसाई मत त्याग गरेर आर्यसमाजमा प्रवेश गरे । उनको नाम परिवर्तन गरेर सुरजन दास राखियो र उनले आर्य समाजको पछिका दश वर्षसम्म सेवा गरे ।
यदि यसै प्रकारले सबै ईसाई पादरीहरुलाई यदि सत्य मार्ग देखाइयो भने न केवल उनीहरुको कल्याण हुन्छ परन्तु अनेक हिन्दुहरुलाई पनि धर्मान्तरणबाट पनि बचाउन सकिन्छ ।

No comments:

Post a Comment