Monday, February 12, 2018

ऋषिको बोधोत्सव कसरी मनाउछौ ?



ऋषिको बोधोत्सव कसरी मनाउछौ ?

(शिवरात्री ऋषिबोधोत्वमा विशेष रुपले प्रकाशित )

– अमर हुतात्मा स्वामी श्रद्धानन्द जी महाराज

– प्रेषक ः डा. विवेक आर्य

के २७ औ पटक फेरि व्याख्यान सुनेर चार आनाको भेटी चढाएर हिँड्नेछौ ? ऋषिले तिमीलाई सिधा मार्ग देखाएका थिए , त्यसमा हिड्ने तिम्रो कहिल्र्य पालो आउँछ कि नाइ ?

ऋषि दयानन्दले जन्मदेखि मृत्युपर्यन्त ब्रह्मचारी रहेर देखाउनुभयो । के तिमीलाई ब्रह्मचर्य पालनको बोध कहिल्यै भएको छ वा छैन ? यदि विद्यार्थी अविवाहित हौ त के वीर्यलाई संयम गरेर पवित्र वेदको अध्ययन गर्दछौ ? यदि गृहस्थ भए ऋतुगामी भएको दाबी गर्न सक्छौ या प्रामाणिक व्यभिचारमा लिप्त छौ ? यदि अध्यापक हौ भने कतै अब्रह्मचारी रहेर ब्रह्मचर्यहरुको पथप्रदर्शक त बनिरहेका छैनौ ?

प्रकृतिपूजालाई अनौचित्य मानेर ऋषि दयानन्दले यसको खण्डन गर्नुभयो र ईश्वर पूजाको समर्थन गर्नुभयो । परमात्मामा निमग्न भएर उहाँले संसारको त्याग गर्नुभयो । के तिमी नियमले दुवै कालमा प्रेमपूर्वक संध्या गर्दछौ या केवल खण्डनमा आफ्ना कर्तव्यलाई इतिश्री गरिदिन्छौ ? के तिम्रो सन्ध्या सुगा रटाइ त भएको छैन या त्यसबेला गरिएको प्रतिज्ञाको पालन पनि गर्दछौ ? के सदा कडा खण्डनद्वारा सर्वसाधारणहरुसँग धर्मको शत्रुता मात्र बाँध्छौ या उपासनाद्वारा पवित्र भएर च्युत भएका व्यक्तिहरुलाई धर्मतिर उठाएर कृत कार्य भएको चाहन्छौ ?

के तिम्रो धर्मभाव र सिद्धान्त प्रेम अरुहरुको निर्बलतालाई जगत प्रसिद्ध गर्नको लागि नै व्यय हुनेछ कि तिमी आफ्नो सदाचारलाई पनि उठाएर निर्बलहरुलाई उठाउने प्रयत्न गर्नेछौ ?

ऋषिले योगाभ्यासले अलंकृत भएर वेदहरुको मर्म बताउनुभयो , परन्तु विनय भाव यति कि आफ्नो भुल सुधार्नको लागि तैयारी जाहेर गर्नुभयो । के तिमी सिद्धान्ती हुने अभिमान छाडेर के अरुको पनि सुन्ने प्रयत्न गर्नेछौ ?

मान्छु कि तिमी अपूर्व तर्कशक्तिले सबै कुरा सिद्ध गर्न सक्छौ परन्तु के तिमीले कहिल्यै सोचेका छौ कि जुन ऋषि ग्रन्थको भाव चोरेर तिमीले तर्कको महल खडा गरेका छौ त्यसले कोरा तर्कलाई आफ्नो कार्यक्रममा के स्थान दिएका छ ?

आर्य सन्तानहरु ! आओ ! आजबाट आफ्नो जीवनमा फेरि गहिरो दृष्टि राख र सम्झ कि जुन सत्यको प्राप्तिको लागि मूलशंंकरले हृदयमा यस रात्री उत्कट इच्छा उत्पन्न भयो त्यसको खोजीमा उसले शारीरिक कष्टहरुको कुनै पर्वाह गरेन र जंगल र पहाडहरुमा डुल्दै , जनजनसँग विनय भावले त्यसैको खोजीमा घुम्दै अन्तमा सत्यको स्वरुपमा लीन भए । चारै आश्रममा ब्रह्मचर्यको पालनबाट , गुणकर्मानुसार वर्णहरुको स्थापना गरेर , उपासनाले हृदयलाई सत्याग्रही बनाएर प्राणी मात्रको लागि कल्याणकारी बनाउँदै जो आर्य पुुरुष कल्याणको
मार्गमा हिड्ने आज शुुभ संकल्प गर्नेछन् , उनीहरुको ऋणी रहनेछु ।

शमित्यो३म्

ऋषिबोध उत्सवको अवसरमा अमर हुतात्मा स्वामी श्रद्धानन्द जी महाराजको यो प्रेरणादायक लेख लाहौबाट प्रकाशित “ आर्य ” पत्रिका १९२६ को अंकमा प्रकाशित भएको थियो । आज पनि यसको एक एक शब्द ऋषिदयानन्द प्रति श्रद्धा एवं उनको प्रेरणा लिने सन्देश दिँदै छ ।

No comments:

Post a Comment