–कार्तिक अयर
आजभोलि आफूलाई बौद्ध भन्न रुचाउने केही अम्बेडकरवादी , MNO तथा विधर्मीहरु जो बुद्धको काँचुलीमा आफ्नो गोप्य मनसायलाई सफलीभूत गर्छन् ,सधैजसो ब्राह्मणहरुलाई किटाएर बोलेको पाइन्छ । तर उनीहरुको कुरालाई भन्दा बुद्धको वचनलाई पढ्दा प्रतीत हुन्छ कि बुद्धलाई आर्यधर्म कति महान् लाग्थ्यो । स्वयं अम्बेडकरले आर्यहरुलाई विदेशी मान्दैनथे । महात्मा बुद्ध पनि ब्राह्मण , धर्म , वेद , सत्य , अहिंसा , यज्ञ , यज्ञोपवीत आदिमा पूर्ण विश्वास गर्दथे । महात्मा बुद्धको उपदेशहरुको संग्रह धम्मपदको ब्राह्मण वग्गोमा यसका अनेक प्रमाण पाइन्छन् कि बुद्धले ब्राह्मणप्रति कस्तो विचार राख्दथे ।
१. न ब्राह्मणस्स पहरे्यय नास्स मुञ्चेथ ब्राह्मणो ।
धी ब्राह्मणस्स हंतारं ततो धी यस्स मुञ्चति ।। ( ब्राह्मण वग्गो श्लोक ३ )
“ब्राह्मणमाथि आक्रमण गर्नुहुन्न । ब्राह्मणले प्रहारकर्तामाथि कोप गर्नुहुन्न । ब्राह्मणमाथि प्रहार गर्नेवालाको धिक्कार छ । ”
२. ब्राह्मण को हो –
यस्स कायेन वाचाय मनसा नत्थि दक्कतं ।
संबुतं तीहि ठानेहि तमहं ब्रूमि ब्राह्मणं ।। – श्लोक ५
“जसले काया , वाणी र मनले कुनै दुष्कृत्य गर्दैन , जो तिन कर्मपन्थमा सुरक्षित छ , उसलाई म ब्राह्मण भन्दछु ।”
३. अक्कोधनं वतवन्तं सीलवन्तं अनुस्सदं ।
दंतं अंतिमसारीरं तमहं ब्रूमि ब्राह्मणं ।।
अकक्कसं विञ्ञापनिं गिरं उदीरये ।
याय नाभिसजे किंचि तमहं ब्रूमि ब्राह्मणं ।।
निधाय दण्डभूतेषु तसेसु थावरेसु च ।
यो न हन्ति घातेति तमहं ब्रूमि ब्राह्मणं ।। – श्लोक ७ देखि ९
“जो क्रोधरहित , व्रती , शीलवान् , वितृष्ण , संयमी र अन्तिम शरीरधारी छ , जोसँग कोही नडराओस् यसप्रकारले अकर्कश , सार्थक र सत्यवाणी बोल्ने , जो चर अचरका प्रति दण्डको त्याग गरेर न त कसैलाई मार्दछ तथा न त कसैलाई मार्ने प्रेरणा दिन्छ उसलाई नै म ब्राह्मण भन्दछु । ”
४. गुण कर्म र स्वभावको वर्णव्यवस्था –
न जटाहि न गोत्तेन न जच्चा होति ब्राह्मणो ।
यम्हि सच्च च धम्मो च से सुची सो च ब्राह्मणो ।।
“ न जन्म कारण हो , न गोत्र कारण हो , न जटाधारणले कोही ब्राह्मण बन्दछ । जसमा सत्य छ , जो पवित्र छ त्यो नै ब्राह्मण हुन्छ । ”
५. आर्य धर्मका प्रति विचार –
धम्मपद , अध्याय ३ सत्संगति प्रकरण ः प्राग संज्ञा –
साहु दस्सवमरियानं सन् निवासो सदा सुखो । ( श्लोक ५ )
”आर्यहरुको दर्शन सदा हितकर र सुखदायी छ ।”
धीरं च पञ्ञ च बहुस्सुतं च धोर्यहसीलं वतवन्तपरियं ।
तं तादिसं सप्पुरिसं सुमेधं भजेथ नक्खत्तपथं व चंद्रिमा ।। – श्लोक ७
“ जसरी चन्दमा नक्षत्र पथको अनुशरण गर्दछ , त्यसरी नै सत्पुरुषको जो धीर , प्राज्ञ ,बहुश्रुत , नेतृत्वशील , व्रती आर्य तथा बुद्धिमान् छन् – अनुशरण गरुन् । ”
“तादिसं पंडितं भजं ।” –श्लोक ८
वाक्ताडन गर्ने पण्डितको उपासना पनि सदा कल्याण गर्नेवाला हुन्छ ।
“ एते त्रयो कम्मपथे विसोधये आराधये मग्गमिसिप्पवेदितं ” (धम्मपद ११
प्रज्ञायोग श्लोक ५ )
तीन कर्मपन्थलाई शुद्धि गर्नेवाला ऋषिहरुद्वारा कथित मागर्को अनुशरण गर ।
धम्मपद पण्डित प्रकरण १५ मा ७७ पण्डित लक्षणम् श्लोक १–
“अरियप्पवेदिते धम्मे सदा रमति पंडितो ।। ”
सज्जनहरु आर्योदिष्ट धर्ममा रत रहन्छन् ।
परिणाम – भगवान महात्मा गौतम बुद्धले ब्राह्मणहरुको यति स्तुति गरेका छन् तथा आर्य वैदिक धर्मको खुला रुपमा गुणगान गाएका छन् । त्यसैले बुद्धले भने अनुसार बौद्ध धर्मावलम्बी , MNO वादीहरुले पनि ब्राह्मण तथा आर्यहरुको सम्मान गर्नुपर्छ ।
संलग्न चित्र – महात्मा बुद्ध यज्ञोपवीत धारण गरेका ।
No comments:
Post a Comment