Sunday, February 11, 2018

विभिन्न धर्म तथा मतहरुमा पाप पुण्यलाई लिएर मान्यताहरुको तुलना



विभिन्न धर्म तथा मतहरुमा पाप पुण्यलाई लिएर मान्यताहरुको तुलना

डा० विवेक आर्य

१. ईसाई सम्प्रदाय- हरेक व्यक्ति जन्मदेखि नै पापी छ किनकी सृष्टिको आदिमा हव्वा र आदमले बाइबलका ईश्वरको आदेशको पालन गरेनन्। त्यसैले ईश्वरले हव्वालाई पापी करार दिएर श्राप दिए। यस पापबाट बचाउनको लागि केवल एक मात्र ईशा मसीहको सृष्टि भयो जसले सबैको पाप क्षमा गरिदिए जसले उनको नाममा विश्वास गरे। यसैले ज-जसले ईशा मसीहमा विश्वास ल्याउँछ उसलाई मुक्ति प्राप्त हुन्छ।

अतः ईशाको नाममा विश्वास ल्याऊ अनि पापबाट मुक्ति प्राप्त गर। पापहरु गर्नबाट रोक्नुको साटो ईशाको नाममा विश्वास गरेर पाप क्षमा गर्नमा जोड दिइएको छ ईसाई सम्प्रदायमा। यो मान्यता एक पाखण्ड नै हो कि यदि कसैले पाप कर्म गर्यो भने ईशाको नममा विश्वास गर्नेले मात्र स्वर्गको राज्य पाउँछ अन्यथा नरकमा जानेछ।

२. इस्लाम सम्प्रदाय- पाप नगर्नको लागि केही आयातहरुको माध्यमबाट सन्देश अवश्य नै दिइएको छ। परन्तु पाप नगर्नभन्दा अधिक महत्व इस्लामका मान्यताहरुलाई दिइएको छ। मुस्लिम समाजको लागि आचरणभन्दा अधिक मान्यता महत्वपूर्ण मान्यताहरुलाई दिइएको छ। जस्तो कि ईदको दिन कैयौ निर्दोष पशुहरुको निर्मम हत्या गर्नु पाप नभएर ईस्लामको धार्मिक मान्यता। त्यस्तै जिहादको नामा निर्दोष गैर मोमिन लाई मार्नु पनि पाप मानिन्न अपितु पुण्यको कार्य हो किनकी यसको परिणाम स्वरुप जन्नत र हूरहरुको भोगप्राप्ति हुन्छ।

कुरआनका ईश्वर अल्लाहभन्दा अधिक महत्वपूर्ण पैगम्बर महम्मद साहिब प्रतीत हुन्छन्। यो मान्यता छ र विश्वास पनि। इस्लाममा पाप-पुण्य कर्मभन्दा अधिक मान्यताहरुको महत्व त्यसलाई धर्म होइन अपितु मत सिद्ध गर्दछ।

३. वेदहरुमा मनुष्य र ईश्वरको मध्यमा कुनै मुक्तिदाता छैन न त कुनै मध्यस्थ नै। मनुष्य र ईश्वरको सिधा सम्बन्ध छ। मान्यता या विश्वासभन्दा अधिक सत्यता एवं यथार्थलाई महत्व दिइएको छ। सम्पूर्ण वेदहरुमा अनेक मन्त्र मनुष्यलाई पाप कर्म नगर्ने एवं केवल पुण्य कर्म गर्ने आदेश दिन्छ। वेद पाप क्षमालाई स्वीकार गर्दैन। किनकी कर्मफलको सिद्धान्तका अनुसार जो जस्तो कर्म गर्दछ, उसले त्यस्तै फल भोग्दछ।

पाप क्षमा भयो भने मनुष्य कहिल्यै पाप गर्न छोड्दैन बरु भयमुक्त भएर अधिकाधिक पाप कर्ममा प्रवृत्त हुन्छ। वेद मनुष्यलाई पाप कर्महरुको त्याग गर्नको लागि संकल्प गर्ने आदेश दिन्छ। संकल्पलाई प्रबल बनाउनको लागि वेद ईश्वरको स्तुति प्रार्थना र स्तुति प्रार्थनाको मार्गबाट आध्यात्मिक उन्नतिको विधान वेदहरुमा प्राप्त हुन्छ। जति जति मनुष्य उन्नति गर्दै जान्छ, पाप आचरणबाट विमुख हुन्छ।

त्यति त्यति कर्म पुण्यमार्गमा प्रशस्त हुँदै जान्छ। वैदिक विचारधारामा मुनष्यको कर्म सर्वोपरि छ न कि मान्यताहरु अथवा विश्वास र मध्यस्थता। व्यावहारिक, क्रियात्मक एवं प्रयोगात्मक दृष्टिले केवल वेदहरुको कर्मफल व्यवस्था सत्यको अधिक निकट छ।

No comments:

Post a Comment