Saturday, February 3, 2018

स्वामी दयानन्द र अल्लोपनिषद्



स्वामी दयानन्द र अल्लोपनिषद् 

१२०० वर्षदेखि मुसलमानहरुले हिंसाका साथ–साथै छलले पनि हिन्दुहरुको धर्मान्तरण गर्ने अनेक प्रयास गरेको इतिहास रहेको छ । मुस्लिम समाजमा मौलवीहरुले जब यो देखे कि हिन्दुहरुमा उपनिषद्लाई लिएर धेरै श्रद्धा विद्यमान छ , तब उनीहरुले अल्लोपनिषद्को नाममा यौटा जाली ग्रन्थको रचना गरिदिए । यस ग्रन्थमा कुरआनका शिक्षाहरुको संस्कृत भाषामा संकलन गरिएको छ । परन्तु स्वामी दयानन्द जस्ता प्रकाण्ड पण्डितका अगाडि यो षड्यन्त्र लुक्न सकेन । उहाँले यस षड्यन्त्रको भण्डाफोड गरिदिनुभयो ।
स्वामी दयानन्दजीले अल्लोपनिषद्को नाममा रचित उक्त ग्रन्थको छलको विषयमा सत्यार्थ प्रकाशमा प्रश्न उत्तरको शैलीमा प्रस्तुत गर्नुभएको छ ।

(प्रश्न) के तिमीले पुुरै अथर्ववेद हेरेका छौ ? यदि हेरेको भए अल्लोपनिषद् पनि हेर । यो साक्षात् त्यसमा लेखिएको छ । त्यसो हुँदाहुँदै पनि किन यस्तो भन्छौ कि अथर्ववेदमा मुसलमानको नाम निशान छैन भनेर ?

अथाल्लोपनिषद् व्याख्यास्यामः अस्मांल्लां इल्ले मित्रवरुणा दिव्यानि धत्ते ।

इल्लल्ले वरुणो राजा पुनरुद्र्ददु । ह या मित्रे इल्लां इल्लल्ले इल्लां वरुणो मित्रस्तेजस्काम ।।१।।

होतारमिन्द्रो होतारमिन्द्र महासुरिन्द्रा । अल्लो ज्येष्ठां श्रेष्ठं परमं पूर्णं ब्रह्माणं अल्लाम् ।।२।।

अल्लोरसूलमहामदरकबरस्य अल्लो अल्लाम् ।।३।।

आदल्लाबूकमेककम् ।। अल्लाबूक निखातकम् ।।४।।

अल्लो यज्ञेन हुतहुत्वा । अल्ला सूर्यचन्द्रसर्वनक्षत्र ।।५।।

अल्ला ऋषीणां सर्वदिव्याँ इन्द्राय पूर्वं माया परममन्तरिक्षा ।।६।।

अल्ल पृथिव्या अन्तरिक्षं विश्वरूपम् ।।७।।

इल्लां कबर इल्लां कबर इल्लाँ इल्लेल्लेति इल्लल्ला ।।८।।

ओम् अल्ला इल्लल्ला अनादिस्वरूपाय अथर्वणा श्यामा हुं ह्रीं जनानपशूनसिद्धान् जलचरान् अदृष्टं कुरु कुरु फट् ।। ९ ।।

असुरसंहारिणी हुं ह्रीं अल्लोरसूलमहमदरकबरस्य अल्लो अल्लाम् इल्लल्लेति इल्लल्ला ।। १० ।।

इत्यल्लोपषिद् समाप्ता ।।

जो यसमा प्रत्यक्ष महम्मद साहब रसूलको नाम लेखिएको छ , त्यसबाट पनि यो सिद्ध हुन्छ कि मुसलमानहरुको मत वेदमूलक रहेको छ ।

(उत्तर) यदि तिमीले अथर्ववेद देखेका छैनौ भने हामीसँग आऊ ( स्वामी दयानन्द ) आदिदेखि अन्तसम्म हेर । अथवा कुनै पनि अथर्ववेदीको समीपमा गएर काण्डयुक्त मन्त्रसंहिता अथर्ववेद हेर । त्यहाँ कतै पनि तिम्रा पैगम्बर साहबको नाम वा मतको निशान देख्दैनौ । तथा जो यो अल्लोपनिषद् छ , त्यो न त अथर्ववेदमा छ , न त त्यसको गोपथ ब्राह्मण या कुनै पनि शाखामा छ । यो त अकबरशाहको समयमा अनुमान छ कि कसैले बनाएको हुनुपर्छ । यसलाई बनाउनेवाला केही अरबी र केही संस्कृत पढेको जस्तो पनि देखिन्छ किनकी यसमा अरबी र संस्कृतका पद लेखिएका देखिन्छन् । हेर्नुहोस् –

(अस्माल्लां इल्ले मित्रवरुणा दिव्यानि धत्ते ) इत्यादिमा जो कि दश अंकमा लेखिएको छ , जस्तै यसमा (अस्माल्लां र इल्ले ) अरबी र (मित्रवरुणा दिव्यानि धत्ते ) यो संस्कृत पद लेखिएको छ । यसैले यो विदित हुन्छ कि कतै संस्कृत र कतै अरबी पदको प्रयोगका कारण कुनै संस्कृत र अरबीको जानकारले यसको रचना गरेको हुनुपर्छ । यदि यसको व्याकरण हेर्ने हो भने यो कृत्रिम अयुक्त छ वेद र व्याकरणको रीतिको विरुद्ध छ । जसरी यो उपनिषद् बनाइएको छ , त्यस्तै विभिन्न मत–मतान्तरमा समर्थकहरुले मानेका छन् । जस्तै कि स्वरोपनिषद् , नृसिंहतापनी , रामतापनी , गोपालतापनी आदि ।

(प्रश्न) आजसम्म कसैले यस्तो भनेको छैन , अब तिमी भन्दै छौ । हामी तिम्रो कुरा कसरी मान्ने ?

(उत्तर) तिमीले मान्दैमा वा नमान्दैमा केही हुने छैन । जसरी मैले यसलाई अयुक्त ठहर्याए , त्यसै प्रकारले जब तिमी अथर्ववेद , गोपथ या यसको कुनै शाखाबाट प्राचीन लिखित पुस्तकहरुबाट हुबहु देखाउन सक्यौ भने र अर्थसंगतिले पनि शुद्ध गर्न सके तब सप्रमाण हुन सकछ ।

(प्रश्न) हेर ! हाम्रो मत कति राम्रो कि जसमा सबै प्रकारका सुख र अन्तमा मुक्ति हुन्छ ।

(उत्तर) यसरी नै आफ्ना आफ्ना मतावालाहरुले भन्दछन् कि हाम्रो मत नै राम्रो , बाँकी सबै नराम्रा । बिना हाम्रो मतको अनुशरण , अरु मतबाट मुक्ति हुँदैन ।

अब हामी तिम्रो कुरालाई सत्य मानौँ या अरुको कुरालाई ? हामी त यही मान्दछौँ कि सत्यभाषण , अहिंसा , दया आदि शुभ गुण सबै मतहरुमा राम्रा छन् बाँकी वादविवाद , ईष्र्या , द्वेष , मिथ्याभाषणादि कर्म सबै मतहरुमा नराम्रा छन् । यदि तिमीलाई सत्य मत ग्रहणको इच्छा भए वैदिक मतको ग्रहण गर ।

No comments:

Post a Comment