आर्य समाजसँग हिन्दु एकताको लागि के उपाय छ ?
हिन्दु समाजको विखण्डनका धेरै कारण रहेका छन् जस्तै कि जातिवाद , भाषावाद , प्रान्तवाद , बहु उपासना पद्धति , छुवाछुत आदि जसमा कार्य गरेर फुटेका हिन्दु सम्प्रदायहरुलाई फेरि एकताको सूत्रमा फेरि जोड्न सकिन्छ । धेरै हिन्दु संस्थाहरु आज पनि यस कार्यमा असमर्थ देखिएका छन् किनकी उनीहरुसँग कुनै खास योजना छैन । कति मठहरु हुँदा हुँदै पनि तिनमा विराजित शंकराचार्य , मठाधीश तथा पीठाधीश्वरहरुको अवस्थितिमा पनि हिन्दु समाज दिनानुदिन कमजोर हुँदै छ । यस परिस्थितिमा आर्य समाज राष्ट्रवादको प्रखर विचारधारा लिएर हिन्दूहरुलाई एक र संगठित गर्नमा सफल रहेको देखिन्छ । यसको कारण यो पनि हो कि आर्य समाज कुनै किसिमको सम्झौतावादको स्वीकार गर्दैन । त्यसका साथसाथै आर्य समाजसँग हिन्दु एकताका लागि निम्नलिखित उपायहरु रहेकाछन् ।
१. धर्मशास्त्रहरुको स्वाध्ययन ः अधिक भन्दा अधिक हिन्दु युवाहरुमा वैदिक ग्रन्थहरु पढ्नको लागि प्रवृत्ति उत्पन्न गर्नु किनकी धेरै इस्लामी , इशाइ तथा वामपन्थी आदि संस्थाहरु हिन्दुहरुको यही अज्ञानताको लाभ उठाएर उनीहरुलाई विखण्डनतिर लैजान्छन् । तथा यिनीहरुको उद्देश्य आर्र्यावत्र्तका करोडौ हिन्दुहरुलाई विखण्डन गरेर देशको विखण्डन गर्नु नै हो । धर्मशास्त्रहरुको ज्ञान रहित हिन्दुहरु धर्मशास्त्रहरुको सही गलत विवेचनाको फरक छुट्याउन सक्दैनन् र विधर्मीहरुको शिकार हुन्छन् । परन्तु आफ्ना धर्म सिद्धान्तहरुको ज्ञान राख्ने व्यक्ति न केवल आफु भट्किन्छ बरु भट्किएकालाई पनि तर्क र सुक्तिहरुको सुझबुझबाट आफ्नो स्वधर्ममा फिर्ता ल्याउन सफल हुन्छ । आर्य समाजका अनुसार प्रत्येक जिल्ला स्तरमा कममा पनि १० युवा युवती तैयार रहनु पर्छ , जसलाई वैदिक धर्मको जानकारी होस् तथा कुरआन , बाइबल आदिको तुलनात्मक अध्ययन पनि होस् जो विधर्मीहरुलाई खुल्ला खण्डन र वेद मण्डन गरेर वैदिक धर्मको जतन गर्न सकून् ।
२. मन्दिरहरुमा वेद गोष्ठी ः जति पनि मन्दिरहरु छन् त्यहाँ यज्ञादि कर्म पछि वैदिक विद्वानलाई आमन्त्रित गरेर समान्य जनहरुका शंकाहरुको निवारण गराउनु । त्यसका साथसाथै करिब एक घण्टाको यस कार्यक्रम पछि हिन्दु समाजमा समस्याहरुमा विचार गरेर तिनको शमनबारे विचार पनि गर्नु । यस पछि त समाजमा जति पाखण्डी बाबा छन् उनीहरुका पछि जाने आवश्यकता नै पर्दैन ।
३. वैदिक गुरुकुलहरुलाई प्रोत्साहन ः हिन्दु जनताहरु आफ्नो पैसा पानीझैँ व्यर्थमा बगाउँछन् । त्यो धनको कुनै उपभोग हुँदैन र मन्दिरका पुजारीहरु त्यस पैसाबाट आफ्नो घर बलियो बनाउँछन् । यसको साटो यदि वैदिक गुरुकुलमा त्यो पैसा खर्च गर्न सकियो भने निश्चय पनि त्यहाँ पढ्ने विद्यार्थीहरुबाट वर्षेणी हजारौ यस्ता वैदिक धर्मका योद्धाहरुको उत्पादन हुन्छ जसले हिन्दु समाजकै हितका लागि उर्जा दिन सक्छन् । यसबाट समाज अज्ञानता रहित पनि हुन्छ ।
४. धर्मसभाको निर्माण ः यति मठहरुको अवस्थितिमा पनि हाम्रो देश खाडलमा खसिरहेको छ किनकी यी मठहरुमा बस्ने हाम्रा धर्मस्तम्भहरु विद्वान् नभएर केवल परम्पराहरुका अध्यक्ष मात्र हुन् । यसको स्थानमा वैदिक गुरुकुलहरुबाट पढेका विद्वान् एवं विदुषीहरुलाई धर्म संसद या मुख्य अध्यक्ष बनाइनु पर्छ । अथवा जस्तो कि मनुस्मृतिमा पनि भनिएको छ धर्मसभामा कम्तीमा पनि तीन वेदविज्ञ , एक दार्शनिक आदि मिलाएर दश विद्वान्हरु हुनुपर्छ । यस्तो भएपछि हिन्दु समाजमा हुँदै गरेको दुर्दशाप्रति तुरन्तै कुनै सशक्त कार्यवाही लिन सकिन्छ । यही धर्मसभा हिन्दु समाजमा भइरहेको धर्म परिवर्तन , सामुहिक पलायन , लव जिहाद , बलात्कार , साम्प्रदायिक हिंसा आदिमा निर्णय लिनमा सक्षम हुन्छ ।
५. अन्तर्जातीय विवाह ः जस्तो कि मनुस्मृतिमा विवाहका नियमहरु छन् जसले विवाहमा परस्पर गुण , कर्म र स्वभाव आदिको मिलानमा नै स्त्री र पुरुषको विवाहको मर्यादा तोकेको छ , त्यस्तै अन्तर्जातीय विवाहको प्रचलनलाई पनि बढाउनु पर्छ जसबाट समाजबाट जातिवादको नाश हुन्छ । यसबाट न केवल दुई भिन्न विचारधाराका स्त्री पुरुष मात्र नभएर धरै परिवारको बिच नै स्वस्थपरक सम्बन्धको स्थापना हुन्छ । यसबाट समाजमा ठुलो र सानोको मान्यता नै समाप्त हुन्छ र समाज एक शान्ति स्थलमा परिणत हुन्छ केवल अन्तर्जातीय विवाहको प्रभावले ।
६. वर्णव्यवस्थाको स्थापना ः हाम्रो वैदिक धर्मको शीला स्तम्भ वर्णव्यवस्था हो जसलाई खडा गर्नको लागि हामीले गुणहरुको आधारलाई शीरोधार्य गर्न आवश्यक छ । यसबाट समाजमा जन्मले नीच भनेर अवहेलित पनि उच्च विद्याको अध्ययनबाट उच्च ब्राह्मण तहमा जान सकोस् । यस्ता कैयौ गुरुकुलहरुका वाल्मीकि आदिका बच्चाहरुले अध्ययन गरेर ब्राह्मण बनेर यज्ञादि कार्य गर्ने र गराउने छन् । यस प्रकारको व्यवस्थामा धन आदिको लोभ देखाएर कुनै पनि ईशाई संगठनले कुनै किसिमको षड्यन्त्र गर्न सक्दैन ।
७. युुवा प्रचारकहरुको निर्माण ः कलेजहरुमा हिन्दुहरुलाई वामपन्थी , चरित्रहीन तथा नास्तिक बनाउनको लागि धेरै संस्थाहरु सक्रिय रहेका छन् । प्रत्येक कलेज या स्कुलमा कम्तीमा पनि ५–१० वटाको टिम होओस् जो वैदिक धर्मको बारेमा सटीक , तार्किक र विज्ञानसम्मत जानकारी दिनसकून् र साथ साथै अवैदिक मत जस्तै इस्लाम , इसाइ र वाममार्गको कमीहरु बताएर सचेतना बढाउन सकून् । यस्तो गर्नाले हाम्रा धेरै हिन्दु युवा विधर्मी हुनबाट बच्नेछन् । तथा यस टिमलाई प्रति महिना केही वेतन आर्य हिन्दु सभाबाट उपलब्ध पनि गराइयोस् ।
८. शुद्धीकरणको प्रोत्साहन ः विधर्मीहरुलाई समाप्त गर्ने उद्देश्यका साथ हामीले उनीहरुको मत पन्थको तर्कपूर्ण समीक्षा गरेर उनीहरुको कमी कमजोरीहरु देखाएर वैदिक धर्मको श्रेष्ठता सिद्ध गरेर उनीहरुको शुद्धि गर्नु शुद्धीकरण कहलाइन्छ । तथा यस कार्यको लागि बृहत् स्तरमा प्रचारक , कोष र कार्यकर्ताको आवश्यकता रहन्छ ।
९. क्षत्रिय दलको निर्माण ः प्रत्येक जिल्ला स्तरमा विधर्मीहरुको गुुण्डागर्दी रोक्नको लागि हिन्दु समाजमो लागि लगभग ५ंं००– १००० क्षत्रियहरुको आवश्यकता रहने छ जो तलवार , लट्ठी , पिस्तल , बन्दुक , धनु आदि चलाउनमा पारंगत होऊन् र मल्लयुद्ध आदिले स्वस्थ पनि । यस्तो गर्नको लागि प्रत्येक मन्दिरको समीपमा व्यायामशाला आवश्यक छ जसमा सबै स्तरमा धेरै भन्दा धेरै हिन्दुहरुले भाग लेऊन् र शारीरिक रुपमा स्वस्थ र सबल रहून् ।
१० . क्रियात्मक योगाभ्यासको निर्माण ः यदि हामीले समाजमा व्याप्त शंकाको समाधानको तुष्टि गर्न सक्यौँ भने र ईश्वरको सत्य स्वरुप स्पष्ट गरेर संध्या र उपासनाको ठिक ठिक प्रचार गर्न सक्यौँ भने मानसिक शान्तिको प्रकाशबाट पाखण्ड निर्मूृल भएर दर्गाह , मजार आदिमा जाने आवश्यकता पनि रहदैन ।
यिनै उपायहरुबाट हिन्दुहरु एक हुन्छन् ।
–कुमार आर्य

No comments:
Post a Comment