मनुष्य बाँदर होइन युवा रुपमा सबैभन्दा पहिले उत्पन्न भएको थियो
डा. विवेक आर्य
औरंगावादको वैदिक सम्मेलनमा बोल्दै केन्द्रिय राज्य मन्त्री डा. सत्यपाल सिंहले भन्नु भएको थियो कि मनुष्य बाँदर रुपमा होइन युवमा नै जन्मिएको थियो । हाम्रा पाठ्यक्रममा पढाइदै गरेको भ्रान्तिलाई हटाउन नितान्त जरुरी छ । केन्द्रिय मन्त्रीजीको बयानले केही विशेष समुदायमा त खलबली नै मच्चियो । यस समुदायका अनुसार जे पनि विदेशीहरुले सोच्छने त्यही नै सत्य हो । जे पनि भारतीय मनीषिहरुको चिन्तन छ ,त्यो सबै गलत हो । यस विषयमा अनेक लेखहरुका माध्यमले यस भ्रान्तिको निवारण गरिनेछ । यो प्रथम लेख वेदादि शास्त्रहरुको प्रमाणमा आधारित रहेको छ जसका अनुसार मनुष्य बाँदर होइन युवा रुपमा नै जन्मिएको थियो ।
पश्चिमी सभ्यतामा डार्विनको विकासवादको सिद्धान्त प्रचलित रहेको छ । यसका अनुसार मनुष्य पहिले बाँदरको रुपमा जन्मिएको थियो । पछि विकाश क्रममा मनुष्य बन्यो । वैैदिक विचारधाराले विकासवादलाई मान्दैन । यसका अनुसार मनुष्य सृष्टिको उत्पत्तिकालमा नै युवा अवस्थामा नै जन्मिएको थियो । यदि बालकको रुपमा जन्मिएको भए आफ्नो लालन–पालन गर्नमा असक्षम हुने थियो । यदि वृद्ध रुपमा जन्मिएको भए सन्तान उत्पत्तिमा असक्षम हुुने थियो । त्यसैले परमेश्वरले अनेक मनुष्यलाई युवा रुपमा नै जन्माउनु भयो । उनीहरुको सम्बन्धबाट नै मनुष्यहरुको पछिल्लो पुस्ताको जन्म भयो । आदिम सृष्टि अमैथुनिक सृष्टि थियो , पछिल्लो सृष्टि मैथुनिक सृष्टि कहलियो ।
वेदहरुमा सृष्टि उत्पत्तिको समयमा मनुष्यहरु अमैथुनिक सृष्टिद्वारा युवा अवस्थामा हुनुका धेरै वैदिक प्रमाणहरु रहेका छन् ।
ते अज्येष्ठा अकनिष्ठास उदभिदोऽमध्यमासो महसा वि वावृधुः ।
सृजातासो जनुषा पृश्निमातरो दिवो मर्या आ नो अच्छा जिगातन ।। – ( ऋ. ५.५९.६ )
भावार्थ ः सष्टिको आदिमा उत्पन्न हुने मनुष्यहरु वनस्पति आदिहरुझैैँ उत्पन्न भए । उनीहरुमा कोही जेठो कान्छो या मझौलो थिएन – अवस्थामा सबै समान थिए । उनीहरु तीव्रगतिमा बढे । उत्कृष्टजन्मा ती मनुष्यहरु जन्मदेखि नै प्रकृति माताका प्रकाशमय परमात्माका पुत्र हामी मनुष्यहरुका अपेक्षामा अत्यन्त उत्कृष्ट थिए ।
अज्येष्ठासो अकनिष्ठास एते सं भ्रातरो वावृधुः सौभगाय ।
युवा पिता स्वपा रुदर एषां सुदुघा पृश्निः सुदिना मरुद्भयः ।। – ( ऋ. ५.६०.५ )
भावार्थ ः सर्गारम्भमा उत्पन्न भएका मनुष्य ठुलो र सानोको भेदले रहित हुन्छन् । यी भाइहरु कल्याणका लागि एकै साथ बढ्दछन् । सदैव जवान , सधै श्रेष्ठकर्मा , पापीहरुलाई रुवाउने शक्तिशाली परमात्मा यिनका पिता हुन् र परिश्रमी मनुष्यहरुका लागि सुुदिन ल्याउनेवाली प्रकृति अथवा पृथ्वी यिनीहरुका लागि सम्पूर्ण मनोरथ पुर्ण गर्नेवाली हुन्छिन् ।
यी मन्त्रहरुमा जवान मनुष्यहरुको उत्पत्तिको अत्यन्त स्पष्ट वर्णन छ । अब त पाश्चात्य विद्वानहरु प्नि यस कुरालाई स्वीकार गर्छन् । बोस्टन नगरका स्मीथ सोनयिम इन्स्टिच्युशनका अध्यक्ष डा. क्लार्कको कथन छ कि –
मनुष्य उत्पन्न हुनासाथ हिड्न , सोच्न तथा आत्मरक्षा गर्न समर्थ थियो ।
सर्गारम्भमा एक दुई मनुष्य मात्र उत्पन्न भएनन् , अनेक स्त्री–पुरुषहरु उत्पन्न भएका थिए । यजुर्वेदीय पुरुषोपनिषद्मा भनिएको छ कि –
तेन देवा अयजन्त साध्या ऋषयश्च ये ।। – (यजु. ३१.९)
अर्थ ः ती परमेश्वर एवं ऋषिहरुलाई उत्पन्न गरे ।
यहाँ ‘ साध्याः’ र ‘ ऋषयः’ दुवै बहुवचनमा छन् , अतः ईश्वरले सयौँ –हजारौ मनुष्यहरुलाई उत्पन्न गरे । मुण्डकोपनिषत्मा पनि यस कुराको समर्थन गरिएको छ –
तस्माच्च देवा बहुधा सम्प्रसूताः साध्या मनुष्याः पश्वोवयांसि ।। – ( मुण्डकोपनिषत् २.१.७ )
अर्थ ः ती पुरुष ( परमात्मा ) बाट अनेक प्रकारका देव= ज्ञानशील , साधनशील मनुष्य , पशु र पंक्षी उत्पन्न भए ।
ऋषि दयानन्दजीद्वारा जीवनका दुई अवसरहरुमा चाल्र्स डार्विन र उनको विकासवादमा गरिएका दुई तात्कालीन टिप्पणीहरु पनि प्रस्तुत छन् । रूडकीमा १८७८ मा दिइएको एक भाषणमा उहाँले भन्नुभएको थियो कि ‘जुन समय बाँदरबाट नरको उत्पत्ति भएको थियो त्यसबेला कुनै बन्धन लगाइएको थिएन कि पछि पनि बाँदरहरु त्यसै प्रकारले त्यसै क्रमले नरको उत्पत्ति गर्ने छैन , भने के कारण थियो कि त्यस काल पछि अहिले सम्म यौटा नर पनि बाँदरबाट उत्पन्न भएन –जबकी ती सबै नर पशु र नारी पशु , जसको संयोगले नर भएका थिए पृथ्वीमा उपस्थित रहिरहे । ’
बरेलीमा दिनांक २५.८.१८७९ मा अर्को टिप्पणी गर्दै ऋषि दयानन्दले पादरी टी. जे . स्काटकलाई शास्त्रार्थमा भन्नुभएको थियो कि ‘‘ जसलाई तपाई सुशिक्षित भन्नुहुन्छ , ती जातिबाट कोही मनुष्य अर्थात् दार्शनिक या विचारक ( चाल्र्स डार्विन ) बाँदरबाट मनुष्य ( उत्पन्न ) हुने कुरालाई मान्दछ , यो सर्वथा मिथ्या हो । ’’
वेदहरुका प्रमाणहरुबाट यो सिद्ध हुन्छ कि मनुष्य बाँदर होइन अपितु युवा रुपमा सबैभन्दा पहिले उत्पन्न भएको थियो ।

No comments:
Post a Comment