भर्खरै केन्द्रिय मानव संसाधन विकास राज्यमन्त्री माननीय डा. सत्यपालसिंहजीको यस कथन कि मनुष्यको बाँदरबाट भएको होइना , पुरै भारतका बुद्धिजीवीहरुको लागि खलबलीको विषय बनेको छ । केही वैज्ञानिक सोँचका महानुभावहरु यसलाई रुढिबादी सोचको संज्ञा दिँदै छन् । म ती महानुभावहरुसँग निवेदन गर्छु कि मन्त्रीजीको उक्त विचार रुढिवादी होइन बरु सुदृढ तर्कहरुमा आधारित वैदिक विज्ञानको नै पक्ष हो । यस्तो होइन कि विकासवादको विरोेध केही भारतीय विद्वान्हरु मात्रै गर्दछन् परन्तु केही युुरोेपियन वैज्ञानिक पनि यसलाई नकार्छन् । म विकासवादका समर्थक विश्वभरका विकासवादीहरुसँग प्रश्न गर्न चाहन्छु । यी प्रश्नहरु प्रारम्भिक रहेका छन् र यिनको उत्तर पाएपछि पुनः अरु प्रश्न गरिनेछन् । शारीरिक विकास
१. विकासवादीहरु अमोबाबाट विकसित बाँदरबाट पुनः सुस्तरी मनुष्यको उत्पत्ति भएको मान्दछन् । तिनीहरुले बताऊन् कि अमोबाको उत्पत्ति कसरी भयो ?
२. यदि कुनै अरु ग्रहबाट जीवन आएको हो भने त्यहाँ उत्पत्ति कसरी भयो ? यदि त्यहाँ जीवन हुन सक्छ भने पृथ्वीमा किन हुनसक्दैन ?
३. यदि अमोबाको उत्पत्ति कुनै रासायनिक प्रक्रियाबाट भएको हो भने मनुष्यको शुक्रकीट तथा अण्डाणुको उत्पत्ति त्यसै प्रकारले किन हुन सक्दैन ?
४. उड्ने आवश्यकता भएपछि यदि प्राणीहरुका पखेटा आउन सक्छन् भने मनुष्य त जबदेखि उत्पन्न भयो तबदेखि उड्ने इच्छाको पूर्तिको लागि हवाई जहाजको निर्माणमा लागेको छ । तर पनि उसका त पखेटा त आएनन् ? यदि यस्तो भएको भए हवाई जहाजको के आवश्यकता पथ्र्यो ?
५. शीत प्रदेशहरुमा शरीरमा लामा रौँ विकसित हुने कुरा पनि गरिन्छ । त्यसो हो भने शीत प्रदेशमा बस्ने मानिसहरुको शरीरमा किन रौँहरु उम्रिएनन् ? उसलाई किन कम्बल आदिको आवश्यकता हुन्छ ?
६. जिराफको घाँटी यस कारण लामो भयो किनकी धतीमा घाँस सुकेर गएपछि माथि रुखका पातहरु खान घाँती लामो गरेर खानुपर्ने बाध्यता आयो । कसैले यहाँ यो बताओस् कि कति वर्षसम्म तल घाँस सुक्यो र रुखका पातहरु हरिया नै रहे ? त्यसो भए फेरि कसरी आज पनि बाख्राहरु दुइटा खुट्टा रुखमा अड्याएर पातहरु खान्छ , उसको घाँटी किन लामो भएन ?
७. बाँदरको पुच्छर गायब भएर मान्छे भयो । अब यहाँ विचार गरौँ बाँदरले किन आफ्नो पुच्छरको प्रयोग बन्द गर्यो ? कसैले यो पनि बताओस् कि बाँदरले आफ्नो पुच्छरको उपयोग कुन कामको गर्दछ ? यदि यस्तै हो भने मनुष्यका नाक , कान गायब हुनुपर्ने र प्वाल मात्र बाँकि रहनुपर्ने ! मनुष्यले लाखौ वर्षदेखि कपाल र नङ काट्छ , त्यही पनि ती बढिरहन्छन् , यस्तो किन ?
८. सबै बाँदरहरुको बिकास भएर मानव किन भएनन् ? केही त अझैँ अमोबाको रुपमा छन् र हामी मनुष्य बनिसक्यौँ ।
९ भनिन्छ कि साँपहरुको पहिले खुट्टा थिए रे , पछि सुस्तरी सुस्तरी घिसिएर गायब भए । अब यहाँ विचार गरौँ कि खुट्टा कसरी गायब भए ? सबै प्राणीहरुका खुट्टा घिसिन्छन् ।
१०. बिना हड्डीवाला जनावरबाट हड्डीवाला जनावर कसरी बने ? उनीहरुलाई हड्डीहरुको आवश्यकता किन भयो ?
११. बाँदर र मनुष्यको बीच बन्नेवाला प्राणीहरुको शृङ्खला कहाँ गयो ?
१२. विकास मनुष्यमा आएर किन रोकियो ? कसले यसलाई विराम दियो ? के अब उसलाई विकासको कुनै आवश्यकता छैन ?
बौद्धिक र भाषा सम्बन्धी विकास
१. भनिन्छ नि मनुुष्यले सुस्तरी सुस्तरी बुद्धिको विकास गर्यो । तब प्रश्न यो रहन्छ कि बाँदर र अन्य प्राणीमा बौद्धिक विकास किन भएन ?
२. मानवको जन्मको समयमा यस धर्तीमा केवल पशुपक्षी नै थिए । तब उसले उनीहरुको व्यवहार किन सिकेन ? मानवीय व्यवहारको विकास कसरी भयो ? करोडौ वनवासीहरुमा अहिले सम्म विशेष बौद्धिक विकास किन हुन सकेन ?
३. गाई , भैँसी , घोडा , ब्राख्रा , ऊँठ , हात्ती करोडौ वर्ष सम्म मनुष्यका पालुवा जनावर रहेर बसे तर पनि उनीहरुले मानवीय व्यवहार सिक्न सकेनन् भने मनुष्यमा यही विकास कसरी भयो ?
४. दीपकले जलिरहेको किरा करोडौ वर्षमा यति बौद्धिक विकास गर्न सक्दैन कि स्वयंंलाई जल्नबाट रोक्द सकोस् र मानव बाँदर भन्दा यति बुद्धिमान भयो कि मंगल ग्रहको यात्रा गरोस् ? के यति जान्ने बुद्धि पनि विकासवादीहरुमा विकास भएन ? पहिला सपेरा साँपलाई वीण बजाएर पक्रन्थ्यो र आज पनि यस्तै गर्छ परन्तु साँपमा यति पनि ज्ञानको विकास भएन कि सपेराको पकडमा नआओस् ?
५. पहिला मनुष्य बल , स्मरण शक्ति एवं शारीरिक प्रतिरोधी क्षमताको दृष्टिले वर्तमानको अपेक्षा बढी समृद्ध थियो । आज यो ह्रास हुँदै छ जबकी विकास हुनु पथ्र्यो ।
६. संस्कृत भाषा जो दुनियाको अधिक समृद्ध भाषा हो , त्यसको व्याकरण वर्तमान विश्वका सबै भाषाहरुको अपेक्षा अधिक समृद्ध र व्यवस्थित छ । तब भाषाको दृष्टिले विकासको स्थानमा ह्रास किन ?
७ . प्राचीन ऋषिहरुका ग्रन्थमा भरिएका विज्ञानका सम्मुख वर्तमान विज्ञान अनेक दृष्टिले पछि छ , जुन म अहिले सिद्ध गर्नेवाला छु , भने यो विज्ञानको ह्रास कसरी भयो ? पहिला केवल अन्तः प्रज्ञाले ऋषिहरु सृष्टिको ज्ञान गरिहाल्थे भने आज यो ज्ञान अनेकौ संसाधनद्वारा पनि हुन सक्दैन । यो उल्टो क्रम कसरी भयो ?
अब विचार गरौँ कि यदि पशु पक्षीमा बौद्धिक विकास भएको भए आज यौटा पनि पशु पक्षी मनुष्यका वशमा आउने थिएनन् । यो कति अज्ञानता हो कि पशुपक्षीहरुमा बौद्धिक विकास हुँदैन परन्तु शारीरिक विकासद्वारा उनीहरु मनुष्य भएको मानिन्छ र मनुष्यमा शारीरिक विकास नभएर केवल भाषा र बौद्धिक विकास हुन्छ । यसका कारण के विकासवादीहरु मलाई बताउँछन् कि ?
आज विकासवादको भाषा बोल्नेवाला तथा पौराणिक बन्धु श्री हनुमान् जीलाई बाँदर मान्नेहरुलाई वाल्मीकि रामायणको गम्भीर ज्ञान छैन । वस्तुतः ऋक्षः, गृध , किन्नर , असुर , देव , नाग आदि मनुष्य जातिका नै विभिन्न वर्ग थिए । ऐतिहासिक ग्रन्थहरुमा प्रक्षेपहरुको पहिचान परिश्रम साध्य एव बुद्धिगम्य कार्य हो ।
तथा त्यहाँ जहाँ कोही प्रबुद्ध जन कुनै वैज्ञानिक पत्रिकामा पेपर प्रकाशित हुनुुलाई प्रमाणिकताको कसौटी मान्दछन् ,उनीहरुमा मेरो संक्षिप्त विनम्र निवेदन छ –
१. बिग ब्याङ्ग थियोरी तथा यसको विरुद्ध अनादि ब्रह्माण्ड थियोरी , दुवै पक्षका पत्र यी पत्रिकाहरुमा छापिन्छ । तब कुन थियोरीलाई सत्य मान्ने ?
२. ब्ल्याक होल र यसको विपरीत ब्लयाक होल नहुनेबारेका सिद्धान्तहरु यी पत्रिकाहरुमा छापिन्छन् । तब कुन थियोरीलाई सत्य मान्ने ?
३. ब्रह्माण्डको प्रसार तथा यसको प्रसार नहुने विषयका थियोरी प्रकाशित छन् । तब कुन थियोरीलाई सत्य मान्ने ? यस्ता अनेकौ उदाहरण छन् । त्यसकारण यो आवश्यक छैन कि कुनै एक वर्ग विशेषबाट मात्रै सत्यताको प्रमाण पाउन सकिन्छ । हाम्रा वैदिक दृष्टिमा उचित तर्क , पवित्र गम्भीर ऊहा एवं योगसाधनाले प्राप्त निष्कर्ष वर्तमान संसाधनद्वारा गरिएका प्रयोग , प्रक्षेपण र गणितभन्दा अधिक प्रामाणिक हुन्छन् । यदि प्रयोग , प्रक्षेपण तथा गणितका साथ सुतर्क , ऊहाको साथ नभएपछि वैज्ञानिकहरुको सम्पूर्ण श्रम नै व्यर्थ जाँदछ । यही कारण हो कि प्रयोग , परीक्षण , प्रेक्षण तथा गणितका आधार मान्नेवाला तथा यी संसाधनमा प्रतिवर्ष खरबौँ खर्च गर्नेवाला विज्ञानका क्षेत्रमा नाना थरी विरोधी थ्योरिजहरुको प्रतिपादन हुन्छ । तथा यहाँ सबैले आफूलाई नै सत्य मान्दछन् । यदि विज्ञान सर्वत्र गणित र प्रयोगहरुको आधार मान्दछ भने के कोही विकासवादमा गणित र प्रयोगहरुको आश्रय लिएर देखाउँछ ?
यसकारण मेरो सम्मान योग्य वैज्ञानिक एवं देश तथा संसारमा प्रबुद्ध जनहरुसँग बिन्ती छ कि प्रत्येक प्राचीन ज्ञानको अन्ध भक्ति र वर्तमान पद्धतिको अन्धानुकरण गरेर आफ्नो बौद्धिक दासत्वको परिचय नदेऔँ । तार्किक दृष्टिको प्र्रयोग गरेर सत्यको ग्रहण र असत्यको त्याग गर्ने प्रयास गरौँ । हो , आफ्नो साम्प्रदायिक रुढिवादी सोँचलाई विज्ञानको समक्ष खडा गर्नु निश्चय नै आपत्तिजनक छ ।
– आचार्य अग्नीव्रत नैष्ठिक , वैदिक वैज्ञानिक
अध्यक्ष , श्री वैदिक स्वस्ति पन्धा न्यास

No comments:
Post a Comment