Tuesday, January 23, 2018

के आर्यहरु विदेशी थिए ?





के आर्यहरु विदेशी थिए ? 

कार्तिक अ्ययर 

(तमिलनाडुका अभिनेता कमल हासनले आफ्नो विघटनकारी मानसिकताको प्रदर्शन गर्दै बयान दिएका छन् कि द्रविड संस्कृतिको आधारमा दक्षिण भारतीयहरु एकजुट हुनुपर्छ । वास्तवमा यिनीहरु सम्पूर्ण भारतवर्षलाई फुटाउने षड्यन्त्र अन्तर्गत रहेका छन् । आर्यहरु विदेशी थिए भन्ने अवधारणालाई विभिन्न विद्वान्हरुले अङ्ग्रेजहरुको षड्यन्त्रमूलक कल्पना बताएका छन् । स्वामी दयानन्दले आधुनिक भारतमा सबैभन्दा पहिले यो उद्घोष गर्नुभएको थियो कि आर्यहरु विदेशी थिएनन् र कुनै पनि धर्म शास्त्र वा इतिहासमा यस्तो लेखिएको छैन । आधुनिक चिन्तकहरुमा डा. अम्बेडकरले पनि यस तथ्यलाई नकार्नुहुन्छ । विद्वान् लेखक कार्तिक अ्ययरको यो शोधमूलक लेख आर्यहरुलाई विदेशी भन्नेहरुको भ्रम हटाउने छ – डा. विवेक आर्य ) 


मूलनिवासीहरु आर्यहरुलाई विदेशी भन्नको लागि तल्लीन देखिन्छन् । तर वास्तवमा उनीहरुले कहिल्यै डा. अम्बेडकरलाई पढेका पनि हुँदैनन् । डा. अम्बेडकरले यो मान्नुहुन्थ्यो कि आर्यहरु कोही विदेशी होइनन् बरु आर्य भारतका मूलनिवासी नै हुन् । 

हेर्नुहोस् , पहिलो प्रमाण अंबेडकर संपूर्ण वाङ्मय खण्ड ७ पेज नं ३२१ –

 ‘‘ यो सोच्नु गल्ती हो कि आर्य आतङ्ककारीहरुले शूद्रहरुमाथि विजय प्राप्त गरेका थिए । पहिलो कुरा त यो कि यसको कुनै प्रमाण पाइँदैन कि आर्यहरु भारतखण्ड बाहिरबाट आए र यहाँका मूलनिवासीमाथि आक्रमण गरे । आर्यहरु यस आर्य भारतखण्डका हुन् भन्ने कुराको पुष्टिका लागि धेरै प्रमाण पनि छन् । ’’

 फेरि पछि पेज नं ३२२ मा लेख्नुहुन्छ कि –

 ‘‘ शुद्रलाई आर्य स्वीकार गरिएको छ र कौटिल्यको अर्थशास्त्रमा पनि उनीहरुलाई आर्य स्वीकार गरिएको छ । शुद्र आर्यहरुका अभिन्न , जन्मजात र सम्मानित सदस्य थिए । ’’ 

अर्को प्रमाण ‘‘ शूद्र को थिए ’’ पेज नं ५२ पुस्तकबाट –

 ‘‘ जहाँसम्म आर्य जाति बाहिरबाट आएको र यहाँका मूलनिवासीलाई जितेको प्रसंग छ , ऋग्वेदमा यस्तो कुनै प्रसंग छैन जसले यस कुराको पुष्टि गर्दछ । वैदिक साहित्य यस मतका विपरीत छन् कि आर्य विदेशी थिए । ’’ ‘‘ ऋग्वेदमा आर्य तथा दास र दस्युहरुको युद्धको विषयमा कुनै विशेष कथा पाइँदैन । 

’’ एक अन्तिम प्रमाण शुद्रहरुको खोज भन्ने पुस्तकबाट दिन्छौँ – 

१. शूद्र आर्यजातिका सूर्यवंशी थिए । 
२. भारतीय आर्यहरुमा शूद्रहरु क्षत्रिय वर्णका थिए । 
३. शूद्रहरु क्षत्रिय वर्णका थिए । ................इत्यादि ।

 परिणाम ः अम्बेडकरका अनुसार –

 १. आर्य विदेशी थिएनन् न त उनीहरुले यहाँका मूलनिवासीहरुलाई आक्रमण गरेका थिए ।
 २. आर्यहरु भारतखण्डमा मूलनिवासी थिए ।
 ३. शूद्रहरु पनि आर्य जातिका अभिन्न अंग थिए । उनीहरु क्षत्रिय वर्णका थिए । 

पाठकगण ! हामीले डा. अम्बेडकर साहबका पुस्तकहरुबाट यो सिद्ध गर्यौ कि उहाँले न त आर्यहरुलाई न त विदेशी मान्नुहुन्थ्यो न त आतंककारी नै । डा. अम्बेडकरलाई आफ्नो आदर्श मान्नेहरु उहाँको यस मान्यतालाई जानेर पनि मान्दैनन् । किनभने यसबाट उनीहरुको षड्यन्त्र सफल हुँदैन । यिनीहरु आफ्ना आदर्र्शहरुका पुस्तकहरुको अध्ययन नगरेर नै उनीहरुको विपरीत झुठो कल्पना गर्दछन् । 

आर्यहरुलाई विदेशी भन्नु डा. अम्बेडकरको मान्यताको घाँटी थिच्नु नै हो । त्यसैले मूलनिवासीहरुको यो कुनै अधिकार छैन कि आर्यहरुलाई विदेशी भन्ने ।

 सन्दर्भ ग्रन्थ एवं पुस्तकहरु –'
 १. अम्बेडबर सम्पूर्ण वाङ्मय खण्ड ७ 
२. शुद्र को थिए ? 
३. शूद्रहरुको खोज – 
सबैका लेखक डा. बाबा साहब भीमराव अम्बेडकर हुन् ।

No comments:

Post a Comment