डा. विवेक आर्य
प्रजापति ( प्रजा+पति ) दुई शब्दबाट बनेको छ प्रजा र पति जसको अर्थ हो राज्य र जनताको रक्षक । वैदिक साहित्यका अनुसार प्रजापति शब्दको प्रयोग परमात्मा , राजा , विद्वान् , सूर्य आदिका लागि हुन्छ ।
परमात्माका धेरै नामहरुमा प्रजापति पनि एक नाम हो । परमात्माका असंख्य गुणहरु अनुरुप अनेकौ नामहरु रहेका छन् । प्रत्येक नाम कुनै विशेष गुणमा आधारित छ ।
परमात्मा सर्वशक्तिकमान् हुन् जसले ब्रह्माण्डको रक्षा गर्दछन् । त्यसैले परमात्मालाई प्रजापति भनेर सम्बोधित गरिन्छ । वेदमा धेरै मन्त्रहरु छन् जहाँ परमात्मालाई प्रजापति भनेर सम्बोधन गरिएको छ ।
ऋग्वेदको १०.२१ सूक्तले परमात्मालाई प्रजापति या रक्षकको रुपमा व्याख्या गरेको छ ।
ऋग्वेदको हिरण्यगर्भ सूक्त १०.१२१.१० मा प्रजापतिबारे यस्तो भनिएको छ –
प्रजापते न तवदेतान्यन्यो विश्वा जातानि परि ताबभूव । यत्कामास्ते जुहुमस्तन नो अस्तु वयं सयाम पतयोरयाीणाम् ।।
भावार्थ ः हे प्रजापति ! तपाई नै एक कर्ता हुनुहुन्छ । तपाई नै एक पालन गर्ने हुनुहुन्छ तथा तपाई नै एक संहारकर्ता हुनुहुन्छ । सबै आत्माको मुक्तिहेतु सृष्टिकर्ता तपाई एक हुनुहुन्छ । तपाई नै यस ब्रह्माण्डमा सर्वोच्च र सर्वाधिकृत हुनुहुन्छ ।
यजुर्वेद १३.४ ले यस मन्त्रका देवता प्रजापति भनेको छ । यो मन्त्र परमेश्वरको हिरण्यगर्भ नामसँग सम्बन्धित छ ।
ईश्वरको अतिरिक्त एक न्यायी राजा , इमानदार विद्वानलाई पनि प्रजापति भनिन्छ । यौटा राजाले आफ्नो मुलुकलाई वैरीहरुबाट जोगाउँछ । विद्वान्ले अज्ञानताबाट जोगाउँछ । त्यसैले उनीलाई प्रजापति भनिन्छ ।
निर्जीवहरुमा सूर्यलाई पनि प्रजापति भनिन्छ किनकी सूर्यले अन्धकारबाट जोगाउँछ । सूर्यले आफ्नो प्रकाश भेदभाव बिना सबैलाई दिन्छ त्यसैले यसलाई पनि प्रजापति भनिन्छ ।
अचेल प्रजापतिको नाममा धेरै भ्रमहरुको सिर्जना गरिन्छ विशेष गरेर ईशाईहरुद्वारा जसले गलत व्याख्याको आधारमा यशुलाई प्रजापति सिद्ध गर्न खोज्छन् । तिनीहरु गलत ढंगले वेदले येशुलाई प्रजापति भनेर सम्बोधन गर्ने भ्रम सिर्नना गर्छन् । यो एक ईशाई षड्यन्त्र हो जस–अन्तर्गत हिन्दु शास्त्रहरुमा यशुको नाम जोड्न खोजिदै छ , विशेष गरी वेदमा ।
वेदहरु ऐतिहासिक किताब होइनन् जसले यशुको आगमजको बारेमा भविष्यवाणी गरुन् । वेदहरु सर्वदा नित्य ग्रन्थ हुन् । वेदहरु मतमतान्तर – जात – लिंग आदिको भेदभाव विरुद्ध सबै मानव समुदायका लागि अमुल्य निधि हुन् । त्यसैले वेदहरुलाई ऐतिहासिक पुस्तक , भविष्यवाणीका पुस्तकका रुपमा मान्नु अज्ञानताको चिह्न मात्र हो ।
अन्ततः यस विषयको विस्तृत ज्ञानका लागि स्वामी दयानन्दजीको सत्यार्थ प्रकाशको प्रथम समुल्लासको अध्ययन गरौ ।
यस पुस्तकमा परमात्माका १०० भन्दा बढी नामहरुको विस्तृत र व्याख्यात्मक ढंगले पाठकको लाभार्थ प्रस्तुत गरिएको छ ।
स्वामी दयानन्दजीको सत्यार्थ प्रकाश
https://archive.org/details/SatyarthPrakashInNepaliParimarjitNarayanPaudel

No comments:
Post a Comment