के वेदहरुमा अश्लीलता छ ?
वेदहरुको विषयमा केही जनसमुदायमा के भ्रान्ति रहेको छ भने वेदहरु धार्मिक ग्रन्थ हुँदाहुँदै पनि यसमा अश्लीलताको वर्णत छ । यस विषयलाई जान्न नितान्त आवश्यकता रहेको छ किनकी यस भ्रान्तिका कारण वेदहरुप्रति साधारण जनसमुदायको आस्था एवं विश्वास प्रभावित भइरहेको छ ।
पाश्चात्य विद्वान् ग्रिफ्फिथ महोदयले यस विषयमा ऋग्वेद १.१२६ सूक्तका सात मध्ये पाँच मन्त्रको भाष्य गरेपछि अन्तिम दुई मन्त्रको भाष्य गरेका छैनन् । एवं परिशिष्टमा तिनको ल्याटिन भाषामा अनुवाद दिएर यस विषयमा टिप्पणी लेखेका छन् कि यिनलाई पढेर यस्तो लाग्छ कि मानौँ यी मन्त्र कुनै असभ्य उच्छृृङ्खल , मर्यादाहीनहरुको प्रेमगीतका अंश हुन् ।
ग्रिफ्फिथ महोदय आफ्नो यजुर्वेदको भाष्यमा पनि २३ अध्यायको १९ औँ मन्त्र पछि सिधै ३२ औ मन्त्रको भाष्यमा आउँछन् । २० औ मन्त्रको विषयमा उनको टिप्पणी छ कि यो र यसपछिका ९ मन्त्रहरु युरोपका कुनै सभ्य भाषामा वर्णन गर्न योग्य छैनन् । एवं ३० औ तथा ३१ औ मन्त्र नपढे कुनै लाभ छैन ।
विदेशी विद्वान्हरु वेदका जुन मन्त्रमा अश्लीलताको वर्णन गर्छन् तिनीमध्ये केही यस प्रकारका छन् –
ऋग्वेद १.१२६.६ – ७
ऋग्वेद १.१६४.३३ र ऋग्वेद ३.३१.१
यजुर्वेद २३.२२– २३
अथर्ववेद १.११.३ – ६
अथर्ववेद ४.४.३–८
अथर्ववेद ६.७२.१–३
अथर्ववेद ६.१०१.१–३
अथर्ववेद ६.१३८.४– ५
अथर्ववेद ७.३५.२–३
अथर्ववेद ७.९०.३
अथर्ववेद २०.१२६.१६ – १७
अथर्ववेद काण्ड २० सूक्त १३६ मंत्र १ –१६
शंका १ ः वेदहरुमा अश्लीलताको आक्षेप हुनुका के कारण हुन् ?
समाधान ः वेदहरुमा कुनै किसिमको अश्लीलता छैन । संस्कृत भाषामा यौगिक , रुढि एवं योगारुढि गरेर तीन किसिमका शब्दहरु हुन्छन् । कुनै पनि शब्दको रुढ अर्थ तब लिइन्छ जब त्यसलाई कुनै विशेष अर्थमा धेरै लामो समयसम्म प्रयोगमा ल्याइन्छ । वैदिक भाषा आदि भाषा हो । यसका शब्दहरुको रुढ अर्थ लिन सकिन्न । त्यस्तै वेदहरुमा यी शब्दहरु अवश्य छन् – लिंग , शिश्न , योनि , गर्भ , मिथुन आदि । तर यी शब्दहरुबाट वर्तमानमा प्रचलित अर्थ लिन सकिन्न । आज पनि हामी यी शब्दहरुलाई हामी सामान्य भावमा ग्रहण गछौँ , जस्तै लिंगको प्रयोग पुल्लिंग एवं स्त्रीलिंगमा गरिन्छ । योनिको प्रयोग मनुष्य योनि एवं पशु योनिको भेद गर्नको लागि गरिन्छ । गर्भ शब्दको प्रयोग पृथ्वीको गर्भ एवं हिरण्यगर्भको लागि प्रयुक्त हुन्छ । यसप्रकार अनेक शब्दहरुको उदाहरण लौकिक एवं वैदिक साहित्यहरुबाट दिन सकिन्छ जसमा सभ्य मनुष्यले अश्लीलता देख्दैन । श्लीलता र अश्लीलतामा केवल मनोवृत्तिको अन्तर छ । वेदका शब्दहरुको यौगिक अर्थ ग्रहण गरिन्छ । जस्तै ‘ माताको रजलाई शीरमा धारण गर ’ को तात्पर्य पदको धुलो हो न कि ‘ रजस्वला ’ भाव । यसप्रकार शब्दहरुका अर्थहरुको अनुकूल एवं उचित प्रयोगद्वारा नै तथ्यको सही भाव ज्ञात हुन्छ । यस भ्रान्तिको एक कारण केही मन्त्रहरुमा अर्थहरुको अस्वाभाविक एवं पक्षपातपूर्ण प्रयोग गरेर तिनमा व्यभिचार अथवा अश्लीलता दर्साउनु हो । एक कारण तथ्यलाई गलत परिप्रेक्ष्यमा बुझ्नु पनि हो । एक उदाहरण स्वरुप – चिकित्सा विज्ञानका पुस्तकहरुमा मानव गुप्तेन्द्रियहरुका चित्रहरु देखेर कोही यो भन्दैन कि यो अश्लीलता हो , किनकी त्यसमा शिक्षाको प्रयोजन रहेको हुन्छ । त्यसैप्रकारले वेद ईश्वर प्रदत्त ज्ञान हो । वेदमा जे पनि छ त्यो शिक्षा दिने उद्देश्यले रहेको छ । त्यसैले वेदमा अश्लीलता मान्नु एक भ्रान्तिको अतिरिक्त केही होइन ।
शंका २ ः यदि वेदहरुमा अश्लीलता छैन भने अनेक मन्त्रहरुमा किन प्रतीत हुन्छ ?
समाधान ः वेदहरुमा अश्लीलता प्रतीत हुनुको प्रमुख कारण केही विनियोगकार , अनुक्रमणीकार , सायण , महीधर जस्ता भाष्यकार र तिनीहरुको अनुशरण गर्ने पश्चिमी र केही भारतीय लेखक हुन् । यदि स्वामी दयानन्द र यास्काचार्यको पद्धतिले शब्दहरुको सत्य अर्थमा विचार गरिएको हुन्थ्यो त वेद मन्त्रहरुमा ज्ञान–विज्ञान विरुद्ध केही भेटिदैनथ्यो । केही उदाहरणद्वारा हामी यस शंकाको निवारण गर्नेछौँ । ऋग्वेद १.१२६ को छैठौँ र सातौ मन्त्रको सायणचार्य , स्कन्दस्वामी आदिले राजा भावतव्य र उनकी पत्नी रोमशाको अत्यन्त अश्लील संवादको वर्णन गरेका छन् । पाठकहरुले सम्बन्धित भाष्यकारहरुको भाष्यमा हेर्नसक्नु हुन्छ । तिनै मन्त्रको स्वामी दयानन्दले सुन्दर एवं शिक्षाप्रद अर्थ गर्नुहुन्छ । यस मन्त्रमा राजाको ( जो उत्तम गुणले सिकाउन सकोस् र सबैले जसको ग्रहण गर्दै सुगमताका साथ गर्न सकून् ) प्रजाप्रति कत्र्तव्यको वर्णन गर्दै व्यवहारशील एवं प्रयत्नशील प्रजालाई सयौँ प्रकारका भोज्य पदार्थ दिन सकिने राजनीति गर्ने सुझाव दिइएको छ । अर्को मन्त्रमा राजाझैँ उनकी पत्नी पनि विदुषी एवं राजनीतिमा निपुण बन्ने तथा प्रजा , विशेष रुपमा स्त्रीहरुको न्याय गर्नमा राजाको सहयोगिनी बन्ने आदेश दिइएको छ । ऋग्वेद १.१६४.३३ तथा ऋग्वेद ३.३.११ मा पक्षपाती भाष्यकारहरुद्वारा प्रजापतिले आफ्नी छोरी उषा र प्रकाशसँग सम्भोग गर्ने इच्छा गरेको बताइएको छ , जसलाई रुद्रले विफल गरिदिन्छन् । त्यसकारण प्रजापतिको वीर्य धर्तीमा खसेर नष्ट हुन्छ । यस्ता अश्लील अर्थहरु देखेर विधर्मीहरु वेदमा पिता–पुत्रीबिच अनैतिक सम्बन्ध भएको आक्षेप लगाउँछन् । स्वामी दयानन्द यी मन्त्रहरुको निरुक्त एवं शतपथको उदाहरण दिँदै अर्थ गर्नु हुन्छ कि प्रजापति भनिन्छ सूर्यलाई र उसका दुई पुत्री उषा ( प्रातः कालमा देखिने लालिमा ) र प्रकाश हुन् । सारा लोकलाई सुख दिने हुनाले सूर्य पिता समान छन् र मान्यको हेतु हुनाले पृथ्वी माताका समान छिन् । जसरी दुई सेना आमने–सामने हुन्छन् , त्यसरी नै सूर्य र पृथ्वी पनि आमने–सामने छन् र प्रजापति पिता सूर्य मेघ रुपी वीर्यद्वारा पृथ्वीमा गर्र्भ स्थापना गर्दछन् जसबाट अनेक औषधीहरु उत्पन्न हुन्छन् र जगत्को पालन हुन्छ । यहाँ रूपक अलंकार छ , जसको वास्तविक अर्थलाई नबुझेर प्रजापतिले आफ्नै छोरीहरूसँग अनैतिक सम्बन्ध बनाएको कपोलकल्पित कथा बनाइएको छ । इन्द्र र अहिल्याको कथा हामी ब्राह्मण , रामायण , महाभारत , पुराण आदि ग्रन्थहरूमा पाउँछौँ जहाँ भनिएको छ कि स्वर्गको राजा इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यामाथि आसक्त भएर उसँग सम्भोग गर्यो । ती दुवैलाई एकान्तमा देखेर गौतम ऋषिले श्राप दिए र जसको परिणामवश अहिल्या ढु«ङ्गा बनिन् । आफ्नो गल्ती मानेर जब अहिल्या श्राप निवृत्तिहेतु याचना गर्छिन् तब गौतम ऋषि भन्छन् कि जब श्री रामले जब आफ्ना चरणले तलाई छुनेछन् अनि त श्रापमुक्त हुनेछेस् । यस कथाको आलङ्कारिक अर्थ यस प्रकार छ – अहिल्या रात्री र गौतम चन्द्रमा हुन् । चन्द्रमा रूपी गौतम रात्री रूपी अहिल्यासँग मिलेर प्राणीहरूलाई सुख दिन्छन् । इन्द्र यानी सूर्यको प्रकाशले रात्री निवृत्त हुन्छ अर्थात गौतम र अहिल्याको सम्बन्ध समाप्त हुन्छ । यजुर्वेदको २३.१९–३१ म अश्वमेध यज्ञपरक अर्थहरूमा महीधरका अश्लील अर्थहरू देखेर जसलाई पनि ग्लानी हुन्छ । यी मन्त्रहरूमा उनले यजमान राजाकी पत्नीद्वारा अश्वको लिङ्ग पक्रेर आफ्नो योनीमा हाल्ने , पुरोहितद्वारा राजाका पत्नीहरूसँग अश्लील अर्थ गरिएको छ । पाठकहरूले सम्बन्धित भाष्यकारहरूका भाष्य हेर्न सक्नुहुन्छ । स्वामी दयानन्दले ऋग्वेदादिभाष्यभूमिकामा यी मन्त्रहरूको वास्तविक अर्थ यस प्रकार गर्नुभएको छ – राजा प्रजा हामी दुवै मिलेर धर्म , अर्थ , काम र मोक्षको सिद्धिको प्रचारको लागि सदा प्रवृत्त रहौँ । कुन प्रयोजनको लागि ? दुवैको सुखस्वरूप स्वर्गलोगमा प्रिय आनन्दको स्थितिको लागि , जसद्वारा हामी दुवै परस्पर तथा सबै प्राणीहरूलाई सुखले परिपूर्ण गर्न सकौँ । जुन राज्यमा मनुष्यहरूले ईश्वरलाई राम्ररी जानेका हुन्छन् , त्यो देश सुखयुक्त हुन्छ । यसबाट राजा र प्रजा परस्पर सुखको लागि सद्गुणका उपदेशक पुरुषको सदा सेवा गरून् र विद्या तथा बललाई सदा बढाऊन् ।
ऋग्वेद ७.३३.११ को आधारमा यौटा कथा प्रचलित गरिएको छ कि उर्वशीको दर्शनपछि मित्र–वरुणको वीर्य स्खलित हुन्छ । त्या वीर्य यौटा घडामा खस्यो जसबाट वसिष्ठ ऋषिको जन्म भयो । यस्तो अश्लीलताले भरिएको कथा पढेपछि पाठको पनि बुद्धि भ्रष्ट हुन्छ ।
यस मन्त्रको वास्तविक अर्थ यस प्रकारको छ – अथर्ववेद ५.१९.१५ मा मित्र र वरुण वर्षाका अधिपति यानि वायु मानिएका छन् , ऋग्वेद ५.४१.१८ का अनुसार उर्वशी बिजुली हुन् र वसिष्ठ वर्षाका जल हुन् । मतलब जब आकाशमा चिसो र तातो हावाहरुको ( मित्र –वरुण ) मेल हुन्छ , तब बिजुली (उर्वशी ) चम्किन्छ र वर्षा ( वसिष्ठ ) को उत्पत्ति हुन्छ । यस मन्त्रको सत्य अर्थ पूर्ण रूपले वैज्ञानिक छ ।
यसप्रकार वेदहरूमा जुन जुन मन्त्रहरूमा अश्लीलताको आक्षेप लाग्छ , त्यसको कारण मन्त्रहरूको गलत अर्थ गर्नु हो । अधिक जानकारीका लागि स्वामी दयानन्द , विश्वनाथ वेदालङ्कार , आचार्य प्रियव्रत वेदवाचस्पति , धर्मदेव विद्यामार्तण्ड , स्वामी सत्यप्रकाश , डा. ज्वलन्त कुमार शास्त्री आदिका साहित्य–रचनाहरू द्रष्टव्य छन् जसको पर्याप्त सहायता यस लेखमा लिइएको छ ।
शंका ३ ः वेदहरूमा यम–यमी जो कि भाइ बहिनी हुन् , उनीहरूबीच अश्लील संवाद हुनुलाई तपाई के भन्नुहुन्छ ?
समाधान ः वेदहरूका विषयमा आफ्ना विचार प्रकट गर्दा पाश्चात्य एवं भारतीय विद्वान्हरूले पूर्वाग्रहको ग्रस्तताले वेदहरूको सत्य ज्ञानको प्रचारित गर्नुको साटो अनेक भ्रामक तथ्यहरूको प्रचारमा आफ्नो सारा श्रम खेर फाले । यम र यमी सूक्तको विषयमा पनि यिनै तथाकथित विद्वान्हरूको मान्यता यसको उदाहरण हो । वास्तवमा विकासवादको विचारधारालाई सिद्ध गर्ने प्रयासले यी लेखकहरूलाई यो भन्न बाध्य बनायो कि आदि कालमा मानवहरू अशिक्षित एवं जङ्रगली थिए । विवाह सम्बन्ध , परिवार , नाता सम्बन्ध आदिको प्रचलन पछिको कालखण्डमा विषयहरू हुन् । श्रीपाद अमृत डांगे लेख्नुहुन्छ कि – ‘ यस प्रकारका गुणहरूमा परस्पर भिन्न नाता र सम्बन्धहरूको जानकारी नहुनु स्वाभाविक नै थियो । परन्तु यस प्रकारको अनियन्त्रित सम्बन्ध संतति विकासको लागि हानिकारक हुने भएकाले सर्वप्रथम माता पिता एवं उनीहरूका बालबच्चाबिच सम्भोगमा नियन्त्रण लगाइयो र यस प्रकार कुटुम्ब व्यवस्थाको सूत्रपात भयो । यहाँ विवाहको व्यवस्था कुटुम्बका अनुसार हुनु थियो , अर्थात समस्त हजरआमा हजुरबुबा एक अर्काका पति पत्नी हुन सक्थे । त्यसैप्रकार तिनीहरुका छोेराछोरी अर्थात समस्त माता पिता एकअर्काका पतिपत्नी हुनसक्थे । सहोदर या काकाकाकीबाटका भाइबहिनी सबै सुविधा अनुरुप एक अर्काका पतिपत्नी हुनसक्थे । पछि गएर भाइ र बहिनीका बिच निषेध उत्पन्न गरियो । तर त्यो नवीन सम्बन्धको सुरुवात मन्दगतिमा गरियो र त्यसमा बाधा पनि धेरै थिए , किनकी समान उमेरका स्त्रीपुरुषको बिचमा यो एक अपरिचित सम्बन्ध थियो । यौटै आमाको गर्भबाट उत्पन्न सहोदर बहिनीबाट यस सम्बन्धको सुस्तरी–सुस्तरी विकास गरियो । परन्तु यसमा कतिको कठिनाइ थियो त्यो ऋग्वेदको यम–यमी सूक्तबाट स्पष्ट हुनेछ । यमकी बहिनी यमी आफ्नो भाइसँग प्रेम एवं सन्तानको याचना गर्दछे । तर यम यो भन्दै प्रस्ताव अस्वीकृत गरिदिन्छन् कि देवताहरुका श्रेष्ठ पहरेदार वरुणले कतै देखिहाल्लान् र रिसाउलान् । यसको विपरीत यमी भन्दछिन् कि उनले यसका लागि आफ्नो आशीर्वाद दिनेछन् । यस संवादको अन्त कसरी भयो यसका बारे त ऋग्वेद मौन छ तर यदि यो मानियो भने कि यमले यो प्रस्ताव अस्वीकृत गरे भने पनि यो स्पष्ट हुन्छ कि प्राचीन परिपाटी तोड्न कति कठिनाइको अनुभव भयो होला । ’
–९ इचष्नष्ल या ःबचचष्बनभ दथ म्बलनभ ०
यम–यमी सूक्त ऋग्वेद १०.१० र अथर्ववेद १८.१ मा आउँछ । डाँगे विदेशी विद्वान्हरूको अनुशरण गदैै देखिन्छन् । यम–यमी सूक्तको मूलभाव भाइ–बहिनीको माध्यमबाट शिक्षा दिने हो । यम–यमी दिन र रात हुन् र दुवै जड छन् । यी दुवै जडलाई भाइ बहिनी मानेर वेदले एक धर्म विशेषको उपदेश दिएको छ । रूपक अलंकारले यी दुवैका बीच वार्तालाप छ । यम यमीसँग भन्छे कि तपाई मसँग विवाह गर्नुहोस् तर यम भन्छ कि –
बहिनीसँग कुत्सित व्यवहार गरेपछि पाप लाग्छ । पुराकालदेखि कहिल्यै भाइबहिनीको विवाह भएको छैन , त्यसैले तैले अर्कै पुरुषलाई आफ्नो पति बना । परमात्माले जड प्रकृतिको उदाहरण दिएर यो सूचित गरेका छन् कि यौटा जड स्त्रीको कथनमा जब परम्परागत शिक्षाले प्रेरित भएर पापको डरले एक जड पुरुषले पनि यस प्रकारको पापकर्मलाई नकार्न सक्छ भने चेतन ज्ञानवान् मनुष्यको लागि पनि यो आवश्यक छ कि पनि यसप्रकारको कर्म कहिल्यै नगरोस् ।
वेदहरूमा भाइ र बहिनीको व्यभिचारको यति कठोर दण्डको उल्लेख छ भने त्यसमा श्रीपाद डाँगेको यो कथन अज्ञानता मात्र हो ।
ऋग्वेद १०.१६२.५ र अथर्ववेद २०.१६.१५ मा आउँछ कि – जो तिम्रो भाइ तिम्रो पति भएर जार कर्म गर्छ र तिम्रै सन्तानलाई मार्छ भने , त्यसको हामी नाश गर्नेछौँ ।
अथर्ववेद २०.१६.५ मा आउँछ कि – यदि तिमी सुतिरहेकोबेला ( स्वप्न ) मा तिमीलाई तिम्रो भाइ या तिम्रा पिता बिर्सिएर पनि प्राप्त भए भने ती दुई गुप्त पापीहरू औषधी प्रयोगद्वारा नपुंसक बनाएर तुरुन्तै मारिनु पर्छ ।
श्रीपाद डांगेको यो कथन कि विवाह , नातागोता आदिबाट मनुष्य जाति वैदिक कालमा अनभिज्ञ थियो भन्नु चाहिँ अज्ञानता मात्र हो । ऋग्वेदको १०.८५ मा विवाह सूक्त , अथर्ववेद ४.१ , ७.३७ , ७.३८ मा पाणि ग्रहण अर्थात विवाह विधि , वैवाहिक प्रतिज्ञाहरू , पति पत्नी सम्बन्ध , योग्य सन्तानको निर्माण , दाम्पत्य जीवन , गृह प्रबन्ध एवं गृहस्थ धर्मको स्वरूप देख्न पाइन्छ जो शायद नै विश्वका अरु सभ्यतामा देख्न पाइयोस् ।
वैदिक कालका आर्यहरुको गृहस्थी विज्ञानको विशेषतालाई देखेर श्रीमती एन्नी बेसेन्टले लेख्नु हुन्छ कि – भूमण्डलको कुनै पनि देशमा , कुनै पनि जातिमा , कुनै पनि धर्ममा विवाहको महत्व यति गंभीर एवं यति पवित्र छैन जति प्राचीन आर्ष ग्रन्थहरुका पाइन्छ । यम–यमी सूक्त एक आदर्शलाई स्थापित गर्ने सन्देश हो न कि भाइ – बहिनीको बीच अनैतिक सम्बन्धको विवरण ।
शंका ४ ः के अथर्ववेदमा वर्णित गर्भाधान , प्रसव विद्या आदिको प्रक्रियाको वर्णन अश्लील होइन ?
समाधान ः सबै मनुष्यहरुको कल्याणार्थ ईश्वरद्वारा वेदहरुमा गृहस्थाश्रमको पालन हेतु एवं सन्तान उत्पत्ति हेतु अथर्ववेदको १४ औँ काण्डको २ सूक्तको ३१ , ३२ , ३८ र ३९ मन्त्रहरुमा गर्भाधानको प्रक्रियाको वर्णन छ । यो वर्णन ठिक यसप्रकारको छ कि जसरी चिकित्साको पुस्तकमा वर्णित होस् , जसलाई कसैले अश्लील मान्दैन । यसै प्रकार अथर्ववेदको पहिलो काण्ड ११ औँ सूक्तमा प्रसव विद्याको वर्णन छ । ग्रिफ्फिथ यी मन्त्रहरुलाई अश्लील मानेर अवांछनीय टिप्पणी गरिदिएका छन् । अब कसैले ग्रिफ्फिथजीसँग सोधोस् कि चिकित्सा विज्ञानमा जब अध्यापक आफ्ना विद्यार्थीहरुलाई प्रसव प्रक्रियाको बारेमा पढाउँछन् , तब के लिंग , योनि , गर्भ आदि शब्दरु अश्लील प्रतीत हुन्छन् ? उत्तर स्पष्ट छ – कदापि नाइ । अन्तर केवल मनोवृत्तिको छ । यी मन्त्रहरुमा कतै अनाचार , व्यभिचार आदिको वर्णन छैन र यही अन्तरले यिनलाई अश्लील
No comments:
Post a Comment