डॉ विवेक आर्य
शंका १ . के वेदहरूमा सोमरसको रूपमा रक्सी (alcohol) अथवा अन्य कुनै मादक पदार्थको वर्णन छ ?
समाधानः पाश्चात्य विद्वान्हरूले सोमरसको तुलणा एक जडीबुटीसँग गरेका छन् जसको ग्रहण गर्दा नशा लाग्छ र वैदिक ऋषिहरू सोमरसको नशा गरेर मात्थे । मादक पदार्थको ग्रहण गर्नेहरू सोमरसको सहारा लिएर नशा गर्नु सही ठह¥याउँछन् । यस भ्रान्तिको मूल कारण सोम शब्दको सही अर्थ नजाँन्नु नै हो ।
शंका २ . स्वामी दयानन्दका अनुसार सोमको अर्थ के हो ?
समाधानः ऋषि दयानन्दले आफ्नो वेदभाष्यमा सोमको अर्थ प्रसंगानुसार ईश्वर , राजा , सेनापति , वैद्य , सभापति , प्राण , अध्यापक , उपदेशक इत्यादि गर्नुभएको छ । कुनै कुनै ठाउँमा त उहाँले यसको अर्थ औषधि , औषधि रस र सोमलता नामक औषधि विशेष पनि गर्नु भएको छ , तर सोमलाई सुरा या मादक पदार्थका रूपमा कतै ग्रहण गरिएको छैन ।
–आर्योका आदि देश और उनकी अवस्था , स्वामी विद्यानन्द – पृष्ठ २२१
स्वामी दयानन्द लेख्नु हुन्छ कि सोमरसको पान गर्नेको अंतरात्मामा विद्याको प्रकाश हुन्छ अर्थात् जो मनुष्य दिन र रात पुरुषार्थ गर्छन् उनीहरू नित्य सुखी रहन्छन् । – ऋग्वेद ५.३४.३
शंका ३ . योगी अरविन्दको सोमरसलाई लिएर के मत छ ?
समाधानः वेदका आध्यात्मिक व्याख्याकार श्री अरविन्दका अनुसार सोम आनन्दको रस र अमृतको रसको अधिपति हो । ऋग्वेद ९.८३ सूक्तको व्याख्या गर्दै उहाँले सूक्तमा सोम वर्णनलाई आलंकारिक बताउनु भएको छ । यस वर्णनमा सोमरसलाई छानेर शुद्ध गर्ने तथा कलशमा भर्ने भौतिक कार्यहरूसँग रूपक बाँधिएको छ ।
शंका ४ ःवैदिक मन्त्रहरुमा सोम शब्दको प्रयोग कुन कुन अर्थमा भएको छ ?
समाधान ः वैदिक मन्त्रहरुमा सोम शब्दको भिन्न–भिन्न मन्त्रहरुमा भिन्न–भिन्न अर्थहरु निस्कन्छन् । जस्तै –सोमलाई समस्त गुणयुक्त आरोग्यपन एवं
बलदायक ईश्वर भनिएको छ । – ऋगवेद १.९१.२२
सोमको लताहरुलाई पति भनिएको छ । – ऋगवेद ९.११४.२
सोमको लागि सुपर्ण विशेषणको प्रयुक्त छ । – ऋगवेद ९.९७.३३
सोमको स्थिति द्युलोकमा बताइएको छ , यो पनि भनिएको छ कि त्यो १५ दिनसम्म बढ्छ र १५ दिनसम्म घटिरहन्छ । ऋगवेद १०.८५.१
ऋगवेद १०.८५.२ र १०.८५.४ मा पनि सोमको तुलना चंद्रमासँग गरिएको छ । ऐतरेय ब्राह्मणका अनुसार चन्द्रमालाई सोमको पर्याय बताइएको छ । तैतिरिय ब्राह्मणका अनुसार प्रभुभक्ति नै वास्तविक सोमपान हो जसको रसलाई पिएर प्रभुभक्त आनन्दित हुन्छ ।
ऋगवेद ६.४७.१ र अथर्ववेद १८.१.४८ मा भनिएको छ कि परब्रह्मको भक्तिरुप सोमरस अत्यन्त स्वादिष्ट छ , तीव्र र आनन्दले युक्त छ , जसले यस सोमको ग्रहण गरेको छ , उसलाई पराजित गर्न सकिन्न । ऋगवेद ८.९२.६ का अनुसार यस परमात्मासँग सम्बन्धित सोमरसको पान गरेर साधकको आत्मा अद्भूूत ओज , पराक्रम आदिले युक्त हुन जान्छ , ऊ सांसारिक द्वन्द्वहरुबाट माथि उठ्छ ।
श्ांका ५ ः के वेदहरुमा रक्सी या सुरा आदिको प्रयोगको अनुमति छ ?
समाधान ः
१– वेदहरुमा मनुष्यहरु हेतु सात मर्यादाहरुको पालनको आज्ञा निर्देश दिइएको छ – ( ऋगवेद १०.५.६ ) यी सात मर्यादाहरुमा कसैले कुनै मर्यादाको पालन गरेन भने पनि ऊ पापी भइहाल्छ । यी सात मर्यादाहरुमा एक मर्यादा “सुरापन नगर्नु ”पनि हो । ( निरुक्तको नैगम काण्डका अनुसार चोरी , व्यभिचार , ब्रह्म–हत्या , गर्भपात , असत्य भाषण , पटक–पटक नराम्रो कर्म गर्नु तथा रक्सी पिउनु पनि हो ) ।
२– रक्सी पिउनेहरु मस्तसँग नग्न भएर एक–आपसमा झगडा गर्छन् तथा व्यर्थका कुरा गर्छन् । – ऋगवेद ८.२.१२
३– सुरा र जुवाले व्यक्ति अधर्मतिर प्रवृत्त हुन्छ । –ऋगवेद ७.८६.६
४– मांस , रक्सी र जुवा यी तीन निन्दनीय र वर्जित छन् । – अथर्ववेद ६.७०.१
५– शतपथ ५.१.२ का अनुसार सोम अमृत हो त सुरा विष हो , यस विषयमा विचार गर्नु पर्छ ।
जब वेदको स्वयंको साक्षी रक्सी खानबाट निषेध गरिरहेको छ भने कसरी वेद स्वयं वेदले स्वयं सोमरसको माध्यमले रक्सी खाने आदेश दिन सक्छ ?
हामीले सोमपान गर्यौ , हामी अमर भइहाल्यौ , हामीले ज्योेतिको ग्रहण गरिसक्यौ , विविध दिव्यताहरुलाई हामीले गरिसक्यौ , हे अमृतमय देव ,मनुष्यको धूर्तता या शत्र्ुताले अब हामीलाई के गर्न सक्छ र । – ऋग्वेद ८.४८.३
यसप्रकार वेदहरुकै प्रमाणले यो सिद्ध हुन्छ कि सोम रस रक्सी आदि मादक पदार्थ होइन ।
No comments:
Post a Comment