के वेदमा आर्य–द्रविड युद्धको वर्णन छ ?
डॉ विवेक आर्य
अनुवाद- अविरल डी सी
वेदहरुको विषयमा यौटा अर्को भ्रान्ति फैलाइएको पाइन्छ कि वेदहरुमा यस्तो वर्णन छ कि आर्यहरु विदेशी हुन् ( सम्भवतः मध्प एसिया मूलका ) र उनीहरु भारतभूमिमा आक्रमणकारीका रुपमा आएमा थिए । यहाँका मूलनिवाशीहरु काला रङ्गका थिए र तिनीहरुलाई आर्यहरुले दास या दस्यु नाम पनि दिएका थिए । यो पनि आरोप लगाइन्छ कि तिनीहरुमाथि आर्यहरुले धेरै अत्याचार पनि गरेका थिए । The Aryans invaders or immigrants found in India to groups of people , one of which they named Dasas and Dasyu , and the other Nishadas - Vedic Age p-156 , आर्य आक्रमणकारीहरुले भारतमा दुई प्रकारका वर्गहरु पाए । एक वर्र्गहरुलाई उनीहरुले दास र दस्युको नाम दिए भने अर्को वर्गलाई निषादको नाम दिए । आर्य–द्रविड युद्धको मान्यतासँगै यो पनि भ्रान्तिको उत्पन्न हुन्छ कि दक्षिण भारतमा बस्ने एवं श्याम रङ्गका जनसमुदायलाई उत्तर भारतमा बस्ने श्वेत वर्णका समुदायले प्रताडित गरे एवं नानाथरी दुःख दिए । त्यसैले यस भ्रान्तिको निवाररण हेतु केही प्रश्नमाथि विचार गर्नु आवश्यक छ ।
शंका १ ः आर्य र द्रवीड शब्दको के अर्थ रहेको छ ? आर्य कसलाई भनिन्छ ? के आर्य र द्रविड या दास अलग अलग जातिहरु हुन् ।
समाधान ः आर्य शब्द कुनै जातिवाचक शब्द होइन , परन्तु गुणवाचक शब्द हो । ऋग्वेद १०.६४.१ का अनुसार आर्य तिनालाई भनिन्छ जो भूमिमा सत्य , अहिंसा , पवित्रता आदि व्रतहरुलाई धारण गर्दछन् । आर्य शब्द ‘ ऋ ’ धातुबाट बन्दछ जसको अर्थ रहेको छ ‘ गति–प्रापणयो ’, अर्थात ज्ञान , गमन , प्राप्ति गर्ने तथा प्राप्त गराउनेहरुलाई आर्य भनिन्छ । यसबाट के बुझ्न सकिन्छ भने आर्य तिनीहरु हुन् जो ज्ञान–सम्पन्न छन् , जो सत्मार्गप्रति पुरुषार्थी छन् तथा जो ईश्वर तथा परमात्म प्राप्ति गर्न सदा प्रयत्नशील छन् । संस्कृत कोष शब्दकल्पद्रुममा आर्यको अर्थ पुज्य , श्रेष्ठ , धार्मिक , धर्मशील , मान्य , उदारचरित , शान्तचित , न्याय – पथावलम्बी , सत् कर्तव्य कर्मको अनुष्ठाता आदि पाइन्छ । आर्य शब्दको अर्थ हुन्छ श्रेष्ठ अथवा बलवान् , ईश्वरको पुत्र , ईश्वरका ऐश्वर्यका स्वामी , उत्तम गुणयुक्त एवं सद् गुणपरिपूर्ण आदि ।
वेद , रामायण , महाभारत , गीता आदिमा ‘ आर्य ’ शब्दको प्रयोग गुणवाचीको रुपमा भएको छ । आर्य शब्दको प्रयोग निम्नलिखित विशेषणहरुका लागि भएको छ ।
श्रेष्ठ व्यक्तिको लागि ऋग्वेद १.१०३.३ , ऋग्वेद १.१३०.८ , ऋग्वेद १०.४९.३ । इन्द्रको विशेषणको लागि ऋग्वेद ५.३४.६ , ऋग्वेद १०.१३८.३ । सोमको विशेषणको लागि ऋग्वेद ९.६३.५ । ज्योतिको विशेषणको लागि ऋग्वेद १०.४३.४ । व्रतको विशेषणका लागि ऋग्वेद १०.६५.११ । प्रजाको विशेषणको लागि ऋग्वेद ७.३३.७ । वर्णको विशेषणका लागि ३.३४.९ का रुपमा भएको छ ।
निरुक्तमा आर्य शब्दको प्रयोग ‘ ईश्वर पुत्र ’ का रुपमा भएको छ ।
रामायणको बालकाण्डमा आर्य शब्दको प्रयोग भएको छ । श्री रामका उत्तम गुणहरुको वर्णन गर्दै वाल्मीकि रामायणमा नारद मुनिले भन्नु हुन्छ कि –आर्यः सर्वसमश्चायम् , सोमवत् प्रियदर्शनः , रामायण बालकाण्ड १.१६ अर्थात् श्री राम आर्य , धर्मात्मा , सदाचारी , सबैलाई समान दृष्टिले हेर्नेवाला एवं चन्द्रामा झैँ प्रिय दर्शन राख्नेवाला थिए ।
किष्किन्धा काण्ड १९.२७ मा बालीकी पत्नी आफ्नो पतिको हत्या वध भएपछि उसलाई आर्यपुत्र भन्दै रुन्छे ।
महाभारतमा आर्य शब्द आठ गुणले युक्त व्यक्तिका लागि आएको छ । जो ज्ञानी , सदा सन्तुष्ट रहनेलाला , मनलाई वशमा राख्नेवाला , सत्यवादी , जितेन्द्रिय , दानी , दयालु र नम्र गुणवाला हुन्छ उसलाई आर्य भनिन्छ ।
भगवद्गीतामा श्रीकृष्णले जब देख्नुभयो कि वीर अर्जुन आफ्नो क्षत्रिय धर्मबाट च्युत भएर मोहमा फस्दै छन् तब अर्जुनलाई सम्बोधित गर्दै श्रीकृष्णले भन्नुभएको छ कि ‘ कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् । अनार्यजुष्टमस्वग्र्यमकीतिकरमर्जुन ’ गीता २.३ अर्थात , हे अर्जुन ! यी अनार्य या दुर्जनहरुद्वारा सेवित , नरकतर्फ लैजानेवाला , अपयश गर्नेवाला पाप यस कठिन समयमा तिमीलाई कसरी प्राप्त भयो ? यहाँ श्रीकृष्णले अर्जुनलाई आर्य बनाउनको लागि अनार्यत्वको त्याग गर्न भन्दै छन् ।
यस प्रकार वैदिक वाङ्मयमा आर्य शब्दको प्रयोग गुणहरूमा श्रेष्ठ व्यक्तिका लागि भएको छ ।
दास शब्दको अर्थ
दास शब्दको प्रयोग अनार्य , अल्पज्ञानी , अकर्मा , मानवीय व्यवहार शुन्य , भृत्य ,बल रहित शत्रुका लागि भएको छ , न कि कुनै विशेष जातिका मान्छेका लागि ।
दास शब्दको वेदहरुमा विविध रूपहरूमा प्रयोग –
मेघको विशेषणको रुपमा ऋग्वेद ५.३०.७ भएको छ । शीघ्र बन्ने मेघको लागि ऋग्वेद ६.२६.५ मा भएको छ । वृष्टि नहुने मेघका लागि ऋग्वेदमा ७.१९.२ यसको प्रयोग भएको छ । बलरहित शत्रुका लागि ऋग्वेद १०.८३.१ मा यसको प्रयोग भएको छ । अनार्यका लागि ऋग्वेद १०.८३.१९ मा यसको प्रयोग भएको छ । अज्ञानी , अकर्मा , मानवीय व्यवहार शुन्य व्यक्तिका लागि ऋग्वेद १०.२२.८ मा यसको प्रयोग भएको छ । प्रजाको विशेषणको लागि ऋग्वेद ६.२५.२ , १०.१४८.२ र २.११.४ मा यसको प्रयोग भएको छ । वर्णको विशेषणको रूपमा ऋग्वेद ३.३४.९ ,२.१२.४ मा प्रयोग भएको छ । उत्तम कर्महीन व्यक्तिका लागि ऋग्वेद १०.२२.८ मा दास शब्दको प्रयोग भएको छ , अर्थात् यदि ब्राह्मण पनि कर्महीन भयो भने दास कहलिन्छ । बोल्न नसक्ने लाटो या शब्दहीनको विशेषणको रूपमा ऋग्वेद ५.२९.१० मा दास शब्दको प्रयाग भएको छ । अष्टाध्यायी ३.३.१९ मा दास शब्दको अर्थ लेखिएको छ कि – दस्यते उपक्षीयते इति दासः , जसलाई साधारण प्रयत्नले क्षीण गराउन सकिन्छ त्यस्तो साधारण व्यक्ति तथा ३.१.१३४ मा आएको छ कि –‘ दासति दासते वा यः सः ’ अर्थात् दान गर्नेवाला । यहाँ दास शब्दको प्रयोग दान गर्नेवालाको रूपमा भएको छ । अष्टाध्यायी ३.१.१३४ मा दास्यति यः सः दासः अर्थात् जो प्रजालाई मार्दछ , त्यो दास हो । यहाँ दास प्रजालाई एवं उसका शत्रुलाई भनिएको छ । अष्टाध्यायी ५.१० मा हिंसा गर्नेवालालाई तथा गलत भाषण गर्नेवालालाई दास , दस्यु वा डाँकु भनिएको छ ।
निरुक्त ७.२३ मा कर्मको नाश गर्नेवालालाई दास भनिएको छ ।
दस्यु शब्दको प्रयोग उत्तम कर्महीन व्यक्ति ऋग्वेद ७.५.६ , अज्ञानी , अव्रती ऋग्वेद १०.२२.८ , मेघ ऋग्वेद १.५९.६ आदिका लागि भएको छ न कि कुनै विशेष जाति अथवा स्थानका व्यक्तिका लागि ।
वैदिक वाङ्मयमा राष्ट्रको लागि सहायक व्यक्तिहरुलाई आर्य एवं घातक व्यक्तिहरुलाई दास या दस्यु मानिएको छ । आर्य र द्रविडमा भेद व्यक्तिको गुण , कर्म र स्वभावको आधारमा बताइएको छ न कि उत्तर दक्षिण भारतीय , श्याम–श्वेत वर्ण , बाहिरबाट आएका एवं स्थानीय मूलनिवाशीका आधारमा मानिएका छ । यस विषयलाई ठिक प्रकारले बुझ्न नसकेका कारण पश्चिमी लेखकहरूले आर्यहरु बाहिरबाट आएको निराधार कल्पनालाई जन्म दिए । यस्तै आधा–अधुरो ज्ञानको आधारमा केही मानिसहरु आफ्नो छोटो राजनीति गरिरहेको देखिन्छन् । यो समाधान पढिसकेर आर्य–द्रविडको युद्धको कल्पना त्याग्न योग्य छ ।
शंका २ ः वेदहरुका मन्त्रहरु पढेपछि यस्तो प्रतीत हुन्छ कि आर्य र भारतका आदिवासी दुई अलग अलग जातिहरु थिए । आर्य र आदिवासीहरुको स्वरुप र धार्मिक विश्वास भिन्न भिन्न थियो ।
समाधान ः पाश्चात्य विद्वानहरुले वेदहरुका अनुसार आदिवासीलाई काला वर्ण , अनास यानी चेप्टो नाकवाला र लिंगदेव अर्थात शिश्नदेवको पूजा गर्नेवाला भनेर लेखेका छन् , जबकी आर्यहरुलाई श्वेत वर्णवाला , सिधा नाकवाला र देवताहरुको पूजा गर्नेवाला भनेर लेखेका छन् ।
ःबअम्यललभ िलेख्छन् तजभ तभचm म्बकरम्बकथग उचयउभचथि तजभ लबmभ या तजभ मबचप बदयचष्नष्लभ । अर्थात् दास , दस्यु तथा काला रङ्गका समुदाय आदिवासी हुन् । न्चषाष्तज च्ष्नखभमब ज्ञ।ज्ञण्।ज्ञ – त्जभ मबचप बदयचष्नष्लभक धजय यउउयकभम तजभ ब्चथबलक अर्थात काला वर्णका आदिवासीहरु जो आर्यहरुको विरोेध गर्दथे । ख्भमष्अ mथतजययिनथ ज्ञछज्ञ,ज्ञछद्द मा पनि आर्यहरुले कृष्णवर्णवाला ( काला वर्ण ) दस्युहरुलाई जितेर उनीहरुको भूमिमाथि अधिकार गरेको कुरा गरिएको छ । ऋग्वेदको १.१०१.१ , १.१३०.८ , २.२०.७ र ४.१६.१३ मन्त्रहरुको उदाहरण दिएर पनि यो सिद्ध गर्ने प्रयास गरिएको छ कि भारतका मूलनिवासी कृष्ण वर्णका थिए । ऋग्वेद ७.१७.१४ मा सायणले कृष्णको अर्थ कालो बादल गरेका छन् । अन्य सबै मन्त्रहरुमा यसै प्रकार इन्द्रको वज्रको मेघरुपी बादलसँगको संघर्षको वर्णन छ । बादलहरुको कालो रुपलाई काला वर्णका आदिवासीहरुसंग तुलना गरेर बिजुली ( इन्द्रको वज्र ) र बादल ( मेघ ) को संघर्षको मूल अर्थलाई लुकाएर त्यसमा आर्य – दस्यु युद्धको परिकल्पना गर्नु यौटा भ्रान्ति मात्र हो । वैदिक इन्डेक्सका लेखकले ऋग्वेद ५.२९.१० मा अनास शब्दलाई चेप्टो नाकवाला द्रविड आदिवासीको रुपमा व्याख्या गरेका छन् । ऋग्वेद ५.२९.१० मा अनास शब्दकलाई चेप्टोे नाकवाला होइन परन्तु शब्द नगर्नेवाला मूक मेघ हो जसलाई इन्द्र आफ्नो वज्र ( बिजुली ) द्वारा छिन्न – भिन्न गरिदिन्छन् । यहाँ पनि आफ्नो कुटिलताले द्रविड या आदिवासीहरुलाई आर्यहरुबाट अलग देखाउने प्रयास गरिएको पाइन्छ ।
वैदिक इन्डेक्सका लेखकले ऋग्वेद ७.२१.५ र १०.९९.३ का आधारमा यो सिद्ध गर्ने प्रयास गरेका छन् कि दस्यु समुदायको पुजा–पद्धति फरक थियो र उनीहरु शिश्नपुजा अर्थात लिङ्ग पुजा गर्दथे ।
यास्काचार्यले निरुक्त ४.१९ मा शिश्नपुजाको अर्थ अब्रह्मचर्य अर्थात् जो कामी व्यभिचारी व्यक्ति होस् गएिको छ । ऋग्वेदको ७.२१.५ र १०.९९.३ मा पनि भनिएको छ कि अरुलाई पीडा पुर्याउने , कुटिल तथा शिश्नदेव (व्यभिचारी ) व्यक्ति हाम्रो यज्ञहरुमा प्राप्त नहोऊन् अर्थात् दुष्ट व्यक्तिहरु हाम्रा धामिक कार्यहरुमा प्रवेश नगरून् ।
वैदिक इन्डेक्सका लेखक यी मन्त्रहरुको गलत अर्थ गरेर यो भ्रान्ति उत्पन्न गर्दै छन् कि दस्यु समुदायहरु लिङ्गको पुजा गर्छन् एवं आर्यहरु उनीहरुभन्दा भिन्न पूजा पद्धति मान्नेवाला हुन् । परन्तु सत्य अर्थ यो हो कि दस्यु शब्द कुनै वर्ग विशेष या जातिको नाम होइन बरु जो पनि व्यक्ति दुर्गुणयुक्त छ , त्यो दस्यु हो र दुर्गुणी व्यक्ति कुनै पनि समुदायको होस् उसको दुर्गुण हटाउनु योग्य छ । वेदमन्त्रहरुको गलत अर्थ देखाएर यिनीहरुलाई भिन्न जातिहरुका रुपमा चित्रित गर्ने प्रयास जुन गरिएको पाइन्छ , त्यो परस्पर अन्तर्विरोधी एवं द्वेष भावनालाई बल दिनको लागि गरिएको एक षड्यन्त्र हो ।
शंका ३ ः आर्य–दस्यु युद्धमा स्वामी दयानन्दको के दृष्टिकोण छ ।
समाधान ः स्वामी दयानन्दले आर्यहरु बाहिरबाट आएको र स्थानीयहरुलाई युद्धमा परास्त गरेको तर्कको स्पष्ट खण्डन गर्नुहुन्छ । स्वामीजी सत्यार्थ प्रकाशमा लेख्नु हुन्छ कि –
‘ कुनै संस्कृत ग्रन्थमा वा इतिहासमा यो लेखिएको छैन कि आर्यहरु ईरानबाट आएका थिए र यहाँका जङ्गलीहरुसँग लडेर विजय प्राप्त गरेर उनीहरुलाई निकालेर यस देशको राजा भए’– सत्यार्थ प्रकाश , ८ समुल्लास , स्वामी दयानन्द ।
स्वामी दयानन्दजी आर्य र दस्युहरुको गुणका आधारमा विभाजन मान्दछन् ।
‘ जो आर्य श्रेष्ठ र दस्यु दुष्टहरुलाई मानिन्छ , म पनि यसै अनुरुप मान्दछु । ’
स्वामीजी आर्यहरुको निवास स्थानलाई आर्यावत्र्तका रुपमा सम्बोधित गर्दै त्यसलाई भारतवर्ष मान्नुहुन्छ । स्वामीजी लेख्नहुन्छ कि –
‘ आर्यावत्र्त यस भूमिको नाम यसकारण छ किनभने यसमा आदि सृष्टिबाट आर्यहरुले निवास गरेका थिए , परन्तु यसको अवधि उत्तरमा हिमालय दक्षिणमा विन्ध्याचल पश्चिममा अटक र पूर्वमा ह्यपुत्र नदी हो । यी चारको बिचमा जति प्रदेश छ त्यसलाई आर्यावत्र्त भनिन्छ र जो यसमा सदा बसे तिनलाई पनि आर्य भनिन्छ , स्वमन्तव्य प्रकाश , स्वामी दयानन्द ।
आर्य र दस्युको बिचको सम्बन्धको बारेमा स्वामी दयानन्दद्वारा विशेष व्याख्या दिइएको छ । स्वामीजी ऋग्वेद १०.६४.११ मन्त्रको व्याख्या गर्दै लेख्नु हुन्छ – हे यथायोग्य सबैलाई जान्ने परमेश्वर ! तपाई ( आर्यान् ) विद्या–धर्म आदि उत्कृष्ट स्वभाव आचरणले युक्त आर्यहरुलाई जान्नुहोस ( ये च दस्येवः ) र जो नास्तिक , डाँकु , चोर , विश्वासघाती , मूर्ख , विषय–लम्पट , हिंसा आदि दोषयुक्त , उत्तम कर्महरूमा विघ्न गनेवाला , स्वार्थी –साधनमा तत्पर , वेद–विद्या–विरोधी अनार्य मनुष्य सर्वोपकारक यज्ञका विध्वंशक हुन् । यी सबै दुष्टहरुलाई तपाई ( रन्धय ) समूलान् विनाशय – मूल सहित नष्ट गर्नुहोस् र ( शासद्व्रतान्) ब्रह्मचर्य , गृहस्थ , वानप्रस्थ , सन्यास आदि धर्मानुष्ठान व्रतरहित , वेदमार्ग उच्छेदक अनाचारीहरुलाई यथायोग्य शासन गर्नुहोस् ( शीघ्र उनीहरुमाथि दण्ड – निपातन गर्नुहोस् ) जसद्वारा उनीहरु पनि शिक्षायुक्त भएर शिष्ट बनून् अथवा उनीहरुको प्राणान्त होस् कि त हाम्रो वशमा नै रहून् तथा जीवलाई परम शक्ति युक्त , शक्ति दिने र उत्तम कामहरुका प्रेरित गराउने होऊन् । तपाई हाम्रा दुष्ट कामहरुका विरोधक हुनुहोस् । म उत्तम स्थानहरुमा निवास गर्दै तपाईको आज्ञानुकुल सबै उत्तमकर्महरुको कामना गर्दछु जुन तपाई पुरा गर्नुहोस् । – आर्याभिविनय १.१४
स्वामी दयानन्द पनि आर्य – दस्युलाई गुणात्मक मान्नुहुन्छ न कि कुनै विशेष समुह वा जातिको वाचक ।
योगी अरविन्द पनि आर्य शब्दलाई गुणवाचक मान्नुहुन्छ । अरविन्द जीका अनुसार आय शब्दमा उदारता , नम्रता , श्रेष्ठता , सरलता , साहस , पवित्रता , दया , निर्बल संरक्षण , ज्ञानका लिए उत्सुकता , सामाजिक कर्तव्य पालनादि सबै उत्तम गुणहरु समावेश भइहाल्छन् । मानवीय भाषामा यो भन्दा अधिक उत्तम अरु कुनै शब्द छैन । आर्य आत्मसंयमी र आन्तरिक तथा बाह्य स्वराज्य प्रेमी हुन्छ । उनी अज्ञान , बन्धन तथा कुनै किसिमको दासतामा बस्न मन पराउँदैन । उसको इच्छा शक्ति दृढ हुन्छ । प्रत्येक वस्तुमा ऊ सत्य , उच्चता तथा स्वतन्त्रताको खोजी गर्दछ । आर्य एक कार्यकर्ता तथा योद्धा पनि हो जो आफभित्र र जगत्मा ईश्वरको राज्य ल्याउनको लागि अज्ञान , अन्याय तथा अत्याचार विरुद्ध युद्ध गर्दछ । – आर्य पत्रिका प्रथम अंक १९१४ ।
शंका ४ ः के वेदहरुमा आर्य – द्रविड युद्धको वर्णन पाइन्छ ?
समाधान ः वैदिक इन्डेक्स आदि लेखकहरुले यो सिद्ध गर्ने प्रयास गरेका छन्् कि वेदहरुमा आर्य र दस्युहरुको युद्धको वर्णन छ । वेदहरुमा दाससँग युद्ध गरेको वर्णन त पाइन्छ तर त्यो युद्ध मानवीय नभएर प्राकृतिक युद्ध हो । जस्तै इन्द्र र वृत्रासुरको युद्ध । इन्द्र बिजुलीको नाम हो तथा वृत्र मेघको नाम हो । यी दुबैको परस्पर संघर्ष प्राकृतिक युद्ध जस्तो छ । यास्काचार्यले पनि निरुक्तमा इन्द्र–वृत्रको युद्धलाई प्राकृतिक मानेका छन् । त्यसैले वेदका जुन पनि स्थानमा आर्य – दस्यु युद्धको कुरा गरिएको छ ती स्थानहरुलाई प्रकृतिमा हुने क्रियाहरुको उपमाद्वारा दर्साइउको छ । तिनको वास्तविक अर्थलाई नबुझेर आज्ञानताले वा जानिबुझी वेदहरुलाई कलंकित गराउनको लागि एवं आर्य–दविडको विभाजन नीतिलाई पोषित गर्नको लागि युद्धको परिकल्पना गरिएको छ , जो सर्वथा मिथ्या हो ।
शंका ५ ः डा. अम्बेडकरको यस विषयमा के विचार छ ?
समाधान ः डा. अम्बेडकरले आफ्नो पुस्तक ‘ शुद्र कौन ’Who were shudras ' स्पष्ट रूपमा विदेशी लेखकहरुको आर्यहरु विदेशबाट आएको भन्ने मान्यताको खंडन गरेका छन् । डा. अम्बेडकर लेख्नु हुन्छ कि –
१. वेदहरुमा आर्य जातिको बारेमा कुनै जानकारी छैन ।
२. वेदहरुमा यस्तो कुनै प्रसंग छैन जिसबाट यो सिद्ध हुुन सकोस् कि आर्यहरुले भारतमा आक्रमण गरेर यहाँका मूलनिवासी दास–दस्युहरुलाई पराजित गरे ।
३. आर्य , दास र दस्युहरुको जातिगत विभेदलाई दर्साउने वेदमा कुनै साक्ष्य उपलब्ध छैन ।
४. वेदहरुमा यस मतको पुष्टि गरिएको छैन कि आर्य , दास र दस्युहरु भिन्न–भिन्न रंगका थिए ।
डा. अम्बेडकरले स्पष्ट रूपले स्वामी दयानन्दको मान्यताको अनुमोदन गरेका छन् । आर्य शब्दलाई उहाँ पनि जातिवाचक होइन गुणवाचक मान्नुहुुन्थ्यो । यसै सन्दर्भमा उहाँले शुद्रलाई यसै पुुस्तकको पृष्ठ ८० मा ‘ आर्य’ नै मान्नुभएको छ । उहाँ आर्यहरुको बाहिरी आक्रमणको सिद्धान्तको स्पष्ट खण्डन पनि गर्नु हुन्छ । उहाँको उक्त पुस्तकको अध्ययनबाट यो पनि स्पष्ट हुन्छ कि उहाँ आर्य र दासलाई फरक पनि मान्नुहुन्नथ्यो । रंग , बनावट आदिको आधारमा आर्य र दस्युहरुको भेदलाई त उहाँले स्पष्ट खारेज नै गर्नुभएको छ ।
No comments:
Post a Comment