महर्षि दयानन्दकृत ओंकार-अर्थ-अनुशीलन
लेखक- प्रियांशु सेठ (वाराणसी)
नेपाली अनुवादक- अविरल डि० सी०
ईश्वरको निज नाम “ओ३म्” हो। यस नाममा ईश्वरका सम्पूर्ण स्वरूपहरूको वर्णन छ। परमात्मा अर्थात् सबै जीवहरूका अन्तर्यामी आत्मा यसै अर्थका बोधक हुन्, न कि सर्वशक्ति, सर्वज्ञान आदि गुणहरूका। सर्वज्ञ भन्नाले सर्वज्ञानी, सर्वशक्तिमान् भन्नाले ईश्वर सर्वशक्तियुक्त छन्, यिनै गुणहरूको बोध हुन्छ, शेष गुण-कर्म-स्वभावको होइन। “ओ३म्” नाममा ईश्वरका सर्व गुण-कर्म-स्वभाव प्रकट हुन्छन्। महर्षि दयानन्दजी महाराज आफ्नो ग्रन्थ “सत्यार्थप्रकाश” को प्रथम समुल्लासमा ओ३म् लाई “अ, उ, म्” यी तीन अक्षरहरूको समुदाय मानेका छन्। स्वामीजीले अबाट अकार, उबाट उकार र म् बाट मकार अर्थ ग्रहण गर्नुभएको छ। यी शब्दहरूबाट उहाँ परमात्माका अलग अलग नामहरूको ग्रहण गर्नुभएको छ- अकारबाट विराट, अग्नि र विश्वादि। उकारबाट हिरण्यगर्भ, वायु र तैजसादि। मकारबाट ईश्वर, आदित्य र प्राज्ञादि।
संस्कृत भाषामा पदान्तरहरूका अक्षरलाई लिएर स्वतन्त्र शब्दहरूको प्रयोग हुन्छ। यसमाथि शौनक ऋषिका मन्तव्य छ- “ध्वनिमा धातु, उपसर्ग तथा अन्य शब्दहरूको अवयवहरूको पनि ध्वनिहरू हुन्छन्। ती शब्द एक धातुले बनेका पनि हुन्छन् र केही शब्द दुई धातुहरूबाट पनि बन्छन् तथा केही शब्द धेरै धातुहरूबाट बन्छन्। ती शब्द पाँच प्रकारका हुन्छन् (बृहद्देवता २/१०३, १०४)।”
१. धातुबाट बनेका शब्द- अग्नि आदि।
२. धातुहरूबाट बनेका शब्द- रत्नधा + तमम्।
३. उपपद राखेर बनेका शब्द- यन् जः = यज्ञः।
४. वाक्यले बनेका शब्द- इति + ह + आस = इतिहास।
५. छरपस्ट अवयवहरूले बनेका शब्द- अ उ म् = ओ३म्।
महाभाष्यकारले स्पष्ट घोषणा गरेका छन्- 'बह्वर्था अपि धातवो भवन्ति (१/३/१)'। जब एक-एक धातुका अनेक अर्थ हुन्छन् भने तिनबाट निष्पन्न शब्द पनि अनेकार्थवाची हुन्छन्। अन्य भाषाहरूमा अरु शब्दहरूको अवयव लिएर एक स्वतन्त्र शब्दको निर्माण भएको पनि देखिन्छ। उदाहरणका लागि, जस्तै अंग्रेजी भाषामा एक 'News' छ, जसको अर्थ हो- समाचार अर्थात् चारैतर्फबाट जो कुरा आउँछ त्यसलाई समाचार भनिन्छ। तर यिनको सुरुको अक्षर अंग्रेजी भाषामा चार दिशाहरूको नाम पनि प्रकट गर्दछ-
North- उत्तर दिशा
East- पूर्व दिशा
West- पश्चिम दिशा
South- दक्षिण दिशा
यसैपकारले “अ, उ, म्” यी तीनै अक्षरहरूको समुदित रूपम यो “ओ३म्” हो। यथा-
सोऽयमात्माऽध्यक्षरमोंकारोऽधिमात्रं पादा मात्रा मात्राश्च पादा, अकार, उकार मकार इति।। -माण्डूक्यो० ८
अर्थात्- यो आत्मा (परमात्मा) अक्षरमा अधिष्ठित छ। त्यो अक्षर ओंकार=ओ३म् हो। त्यो ओंकार मात्राहरूमा अधिष्ठित छ र ती मात्राहरू अकार, उकार, मकार हुन्।
माण्डूक्योपनिषदको यस्तो सिद्धान्त प्रतीत हुन्छ कि यो दुई धातु र एक उपसर्गबाट “ओ३म्” शब्दको सिद्धि मानिन्छ। श्रुति ९,१०,११ मा “अप” धातुबाट 'अ', “उत्” उपसर्गबाट 'उ' र “मा” वा “मि” धातुबाट 'म्' लिएर "ओ३म्" शब्दको सिद्धि हुन्छ। यथा-
"अकार: प्रथमा मात्रा-आप्ते:, आदिमत्वाद् वा।
उकारो द्वितीया मात्रा उत्कर्षात्, उभयत्वाद् वा।
मकारस्तृतीया मात्रा-मिते:, अपीतेर्वा।"
अर्थ- अकार प्रथम मात्रा हो, अकारको अर्थ हो- व्यापित र आदि। उकार अर्को मात्रा हो, उकारको अर्थ हो- उत्कर्ष र उभयादि। मकार तेस्रो मात्रा हो, मकारको अर्थ हो- मिति र अपीति आदि।
[आप् धातु या आदि शब्दको आ ह्रस्व गरेर- “अ”। उत्कर्ष या उभय शब्दको- “उ”। मिति अथवा अपीति समाप्तिसूचकको प 'म' भएर- 'म्'।]
महर्षिको अर्थमाथि विचार-
महर्षि दयानन्दद्वारा गरिएका प्रत्येक शब्दको अर्थ उनको स्वाध्याय-चिन्तनलाई हाम्रा समक्ष प्रबलताले स्थापित गर्दछ। आर्ष शास्त्रहरूका अनुसार अकार, उकार तथा मकारको महर्षिकृत अर्थ परस्परमा सम्बन्ध राख्नेवाला हो। हेर्नुहोस्-
१. शतपथब्राह्मण (६/२/२/३४, ६/३/१/२१, ६/८/२/१२, ९/१/१/३१) मा 'विराडाग्निः' आएको छ, अतः विराट् अग्निको नाम हो। शतपथब्राह्मण (७/३/१/२२) ले 'इयं (पृथिवी) वाऽग्निः' लेखेर घोषणा गर्यो कि यो पृथ्वी अग्नि हो। पछि पृथ्वीलाई विश्व बताउँदै शतपथब्राह्मण (९/३/१/३) मा भनिएको छ- 'स य: स वैश्वानर:। इमे स लोका ऽइयमेव पृथिवी विश्वं' अर्थात् यो लोक वैश्वानर हो, यो पृथिवी विश्व हो। शतपथब्राह्मणले 'वैश्वानरो वै सर्वेऽग्नय: (६/२/१/३५, ६/६/१/५)' अर्थात् सबै अग्निहरू वैश्वानर हुन् लेखेर अग्नि वैश्वानर स्वीकार गरिएको छ। विश्व र वैश्वानर शब्दको एकै अर्थ हो। यसको पुष्टि गर्दै शतपथ० (१३/३/८/३) मा भनिएको छ कि- 'इयं (पृथिवी) वै वैश्वानरः' अर्थात् यो पृथिवी वैश्वानर हो।
विश्व शब्दमा स्वामी दयानन्दजीको मन्तव्य छ- "विशन्ति प्रविष्टानि सर्वाण्याकाशादीनि भूतानि यस्मिन्। यो वाऽऽकाशादिषु सर्वेषु भूतेषु प्रविष्टः स विश्व ईश्वरः (स०प्र०, प्रथम समुल्लास) अर्थात् जसमा आकाशादि सबै भूत प्रवेश गरिरहेको छन् अथवा जो यिनमा व्याप्त भएर प्रविष्ट भइरहेको छ, यसैले ती परमेश्वरको नाम 'विश्व' हो।"
निरुक्तभाष्यकार दुर्गाचार्यको वैश्वानर शब्दमा पनि यही मत छ। यथा-
"प्रत्यृता सर्वाणि भूतानि" विश्वानि ह्यसौ भूतानि प्रति ऋत: प्रविष्ट इत्यर्थ:। "तस्य" विश्वानरस्य अपत्यं "वैश्वानर:"। -निरुक्त, दैवतकाण्ड ७/२१/१ माथि दुगाचार्यकृत टिका, पृष्ठ ६०२, श्रीवेंकटेश्वर प्रेस, मुम्बई, १९६९ बाट प्रकाशित
वैश्वानर शब्दको यो एक यो पनि अर्थ हो कि जो पूर्णरूपले सबै भूतहरूमा प्रविष्ट छ, उसलाई वैश्वानर भनिन्छ।
अतः अकारले विराट, अग्नि र विश्वादिको ग्रहण शास्त्रसम्मत छ।
२. शतपथ ब्राह्मण (६/२/२/५) मा आउँछ कि- 'प्रजापतिर्वै हिरण्यगर्भः' अर्थात् हिरण्यगर्भ प्रजापति हो। शतपथ० ले 'स एष वायु: प्रजापति (८/३/४/१५)' प्रजापतिलाई वायु स्वीकार गरिएको छ। ऐतरेय० (४/२६) मा पनि भनिएको छ- 'वायुर्ह्योव प्रजापतिस्तदुक्तमृषिणा पवमान: प्रजापतिरीति।' तैत्तिरीय ब्राह्मणमा वायुलाई तैजस भनिएको छ '(तेजो वै वायुः -३/२/९/१)'।
यसबाट स्पष्ट हुन्छ कि हिरण्यगर्भ, वायु र तैजस नामहरूले उकारबाट ग्रहण शास्त्रहरूको अनुकूल छ।
३. माण्डूक्योपनिषदको श्रुति ११ मा मकारलाई 'माङ्' धातुबाट भनिएको छ, अर्थात् जो मापनवाला, न्याय तथा शासन गर्नेवाला हुन्। न्याय वा शासन गर्नेवाला ईश वा इश्वर हुन्। अथर्ववेद (११/४/१) मा तिनलाई सबैका स्वामी भनिएको छ- 'यो भूत: सर्वस्येश्वरो यस्मिन् सर्वं प्रतिष्ठितम्'। दर्शनशास्त्रका अनुसार ईश्वरका बिना कर्मफलको व्यवस्था हुन सक्दैन, यथा- 'ईश्वर: कारणं पुरुषकर्माफल्यदर्शनात् (न्याय० ४/१/१९)'। यसबाट सिद्ध हुन्छ कि ईश्वर नै शासनकर्ता तथा न्यायकर्ता हुन्। शतपथब्राह्मण (६/१/३/१७) मा आउँछ- 'आदित्यो वा ईशान: आदित्यो ह्यस्य सर्वस्येष्टे।' स्पष्ट छ कि ईशान र आदित्य पर्यायवाची हुन्। बृहदारण्यक० (४/३/२१) का अनुसार- 'अयं पुरुष प्राज्ञेनात्मना सम्परिष्वक्तौ न बाह्यं किञ्चन् वेद नान्तरम्' अर्थात् यो पुरुष (जीवात्मा) प्राज्ञेनात्मना (परमात्मा) का साथ सम्पर्कमा आएकोले न केही बाहिरको जान्छ, न भित्रको। यसबाट स्पष्ट हुन्छ कि जीवात्मा आप्तकाम, आत्मकाम र निष्काम भएर सबै दुःखहरूबाट छुट्छ अर्थात् यो न्याय रूपी फल उसलाई ईश्वरले दिन्छन्। सिद्ध छ, प्राज्ञ र ईश्वर पर्यायवाची हुन्।
अतः मकारबाट आदित्य, ईश्वर र प्राज्ञको ग्रहण स्पष्ट छ।
संस्कृतका प्रायः सबै शब्द आख्यातज हुन्- प्रकृति-प्रत्ययको योगले निष्पन्न छ। यसैकारण ती यौगिक कहलिन्छन्। आदि, उभय र अपितिका आधारमा महर्षिले गरेको अर्थ वेदादिशास्त्रहरूका अनुकूल छ। गोपथब्राह्मण (१/५) मा त 'अ, उ, म्' लाई क्रमशः ब्रह्मा (उत्पत्तिकर्ता), विष्णु (पालनकर्ता) र शिव (संहारकर्ता) को वाचक बताइएको छ। मैत्र्युपनिषद् (६/८) मा आउँछ- 'एवं हि खल्वात्मेशान: शम्भुर्भवो रुद्र: प्रजापतिर्विश्वसृग्घिरण्यागर्भ:'। यहाँ आत्मा, ईशान, शम्भु, भव, रुद्र, प्रजापति, विश्वसृक् र हिरण्यगर्भ परमात्माका नाम हुन्। यजुर्वेद (३२/१) मा परमात्माको अग्नि, आदित्य, वायु, चन्द्रमा, शुक्र, ब्रह्म, आप: र प्रजापति- यी नाम हुन्। तात्पर्य यो हो कि अ, उ, म् पृथक्-पृथक् ईश्वरका भिन्न-भिन्न नामहरूका वाचक अर्थात् परमात्मवाची हुन्।
महर्षिको अर्थमा उपनिषद्का प्रमाण-
माण्डुक्योपनिषद्मा अकारको सम्बन्ध विश्व, उकारको सम्बन्ध तैजस एवं मकारको सम्बन्ध प्राज्ञसँग छ। यथा-
१. जागरितस्थानो वैश्वानरोऽकार: प्रथम मात्रा (माण्डूक्य० ९) अर्थात् ओ३म् को प्रथम मात्रा अकार = 'अ' हो। त्यसको सम्बन्ध जागरित स्थानसँग छ र त्यो वैश्वानर= विश्वानर= विश्वसम्बन्ध हो।
२. स्वप्नस्थानस्तैजस उकारो द्वितीय मात्रा (माण्डूक्य० १०) अर्थात् ओ३म् को द्वितीय मात्रा उकार = 'उ' हो। त्यसको सम्बन्ध स्वप्नस्थानबाट हो र त्यो तैजस् हो।
३. सुषुप्तस्थान: प्राज्ञो मकारस्तृतीया मात्रा (माण्डूक्य० ११) अर्थात् ओ३म् को तृतीय मात्रा = 'म्' हो। त्यसको सम्बन्ध सुषुप्तस्थानसँग छ र त्यो प्राज्ञ हो।
माण्डुक्योपनिषदको त्यस श्रुतिमा जीवात्माका तीन अवस्थाहरूको वर्णन छ जसको सम्बन्ध ईश्वरसँग छ।
जागरितावस्था- सबै पादहरूमा पहिलो विश्वनामापाद तीनै पादहरूमा व्यापक छ अर्थात् जीवको स्वप्न, सुषुप्ति आदि सबै अवस्थाहरूमा जाग्रतावस्थाको प्रभाव रहन्छ।
स्वप्नावस्था- तैजस नामको दोस्रौ पाद हो यो विश्व पादको अपेक्षा उत्कृष्ट र विश्व तथा प्राज्ञ दुवैका बिचमा छ। जो यस पादलार्य राम्रारी जान्छ त्यो आफ्नो ज्ञान-सन्तति नित्य बढाउँछ।
सुषुप्ति अवस्था- तेस्रो पाद प्राज्ञ अपितिलाई दिनेवाला हो। त्यसालाई जानेपछि जीवात्मा लय भइहाल्छ।
यहाँ एक प्रश्न उठ्नु स्वाभाविक हो कि जब यहाँ जीवको अवस्थाको प्रकरण छ भने अकार, उकार तथा मकारको सम्बन्ध ईश्वरसँग कसरी हुन्छ? यसको उत्तर यो हो कि यी तिनै अवस्थाहरूको मूल ईश्वर नै हो। आदि (जागरित)= त्यो जीव शरीरमा व्याप्त भएकाले कामनाहरूलाई प्राप्त हुन्छ र यस प्रकरले वेद जान्छ। उभय (स्वप्न)= त्यो परमात्मासँग सम्बन्ध राख्दछ जसबाट बाह्य ज्ञान अल्प हुन्छ र सुखको वृद्धि हुन्छ। अपिति (सुषुप्ति)= बाहरिसँग सम्बन्ध टुटेपछि बाह्य ज्ञान बन्द हुन्छ (जीवात्मालाई अस्तित्वको अनुभूति भइहाल्छ) जसबाट ऊ दुःखबाट छुट्छ तथा सच्चिदानन्दस्वरूप ब्रह्ममा लीन हुन्छ।
ओंकारोत्पत्ति एवं सिद्धि (भ्रान्ति-निवारण)
ओ३म् परमात्माको मुख्य नाम हो, वेदादि सत्य शास्त्रहरू यस्तो कथन गर्दछन्। 'ओ३म्' शब्दको सिद्धि शब्दतत्ववित् पाणिनिले 'अव' धातुबाट मानेका छन्। उनले धातुपाठमा “अव” धातुको रक्षादि १९ अर्थ बताएका छन्। उणादिकोषको सूत्र “अवतेष्टिलोपश्च (१/१४१)” का अनुसार अव धातुबाट 'मन्' प्रत्यय र प्रत्ययको 'टि' को लोप हुन्छ तब “अव्+म्” स्थिति हुन्छ। तब ["ज्वरत्वरस्त्रिव्यविभवामुपधायाश्च" -शब्दानु० ६/४/२०] “अव” को स्थानमा ऊठ् आदेश भएर 'उ+म्' स्थिति हुन्छ र गुण भएर “ओ३म्” शब्दके सिद्धि हुन्छ। गोपथ ब्राह्मणको प्रपाठक १ को २६ औँ कण्डिकामा ''आप्लृ" धातुबाट "ओम्" शब्दको सिद्धि भएको छ। यहाँ भिन्न-भिन्न धातुहरूबाट 'ओ३म्' शब्दको सिद्धिमा सन्देह गर्नुहुन्न कि आचार्यहरूमा परस्पर विरोध छ। हेर्नुहोस्, पाणिनिले यो कतै भन्नुभएन कि केवल 'अव' धातुबाट नै ओंकारको नै सिद्धि हुन्छ। उनको व्याकरणका अनुसार अव, आप् आदि सबै धातुहरूबाट ओ३म् सिद्ध हुन सक्छ [द्रष्टव्य- अष्टाध्यायी ६/३/१०९]
जसरी श्वासको बिना मनुष्य एक क्षण पनि जीवित हुन्न, त्यसरी नै ओंकारको उपासनाको बिना मनुष्य जीवित हुँदा हुँदै पनि मृतक समान हुन्छ। यदि परमात्मा वेदज्ञानको प्रकाश नगरेको भए अल्पज्ञ जीव दुःखको बन्धनबाट कहिल्यै छुट्न सक्दैन। यसैकारण परमात्माले वेदज्ञानको प्रकारश गरे एवं यसमा 'ओ३म्' नामलाई उपासनीय बताएर जीवात्माको कैवल्यप्राप्तिको द्वार खोलेको छ। यजुर्वेद (४०/१५) मा आएको छ कि- "ओ३म् क्रतो स्मर" अर्थात् हे कर्मशील जीव! मरण समयमा ओ३म् को स्मरण गर। ऋग्वेद (१/१६४/३९) मा भनिएको छ- “ईश्वरतर्फ नहिंंडेर कोही पनि व्यक्ति मृत्युको पार पुग्दैन।” माण्डुक्योपनिषद्को पहिलो श्रुतिमा नै “परमेश्वरलाई प्रधान र निज नाम ओ३म् लाई भनिएको छ, अन्य सबै नाम गौण नाम बताइएको छ।” छान्दोग्योपनिषद् (१/४/१) ले यहाँसम्म भनको छ कि “(ओ३म्) जसको नाम हो र जो कहिल्यै नष्ट हुँदैन, उनैको उपासना गर्न योग्य छ, अन्यको होइन।” कठोपनिषदका ऋषि भन्छन्- “सबै वेद सबै धर्मानुष्ठानरूप तपश्चरण जसको कथन र मान्य मान्छन् तथा जसको प्राप्तिको इच्छा गरेर ब्रह्मचर्याश्रम गर्छन्, तिनको नाम 'ओ३म्' हो (वल्ली २, मन्त्र १५)।” पछि भनिएको छ- “उसको रूप (आँखाले) हेर्नका लागि होइन्, न कुनै आँखाले त्यसलाई देख्न सकिन्छ। त्यो त हृदयले, बुद्धिले, मनले प्रकाशित हुन्छ। जो त्यसलाई जान्दछन्, ती अमृत भइहाल्छन् (कठ० ६/९)।"
ओ३मको उत्पत्तिको सम्बन्धमा ऐतरेय ब्राह्मण ५ औँ पञ्चिकाको ३२ औँ खण्डमा आउँछ-
"प्रजापतिरकामयत प्रजायेय भूयान् स्यामिति। स तपोऽतप्यत। स तपस्तप्त्वा इमान् लोकान् असृजत पृथिवीम् अन्तरिक्षम् दिवम्। तान् लोकान् अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रीणि ज्योतींषि अजायन्त। अग्निरेव पृथिव्या अजायत। वायुरन्तरिक्षात्। आदित्यो दिव:। तानि ज्योतींषि अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रयो वेदा अजायन्त। ऋग्वेद एव अग्नेरजायत। यजुर्वेदो वायो:। सामवेद आदित्यात्। तान् वेदान् अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रीणि शुक्राण्यजायन्त। भू: इत्येव ऋग्वेदादजायत। भुव इति यजुर्वेदात्। स्व: इति सामवेदात्। तानि शुक्राण्यभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रयो वर्णा अजायन्त। अकार: उकार: मकार: इति। तान् एकधा समभरत्। तत् ओम् इति।"
अर्थ- प्रजापति परमात्माले इच्छा गरे कि म प्रजाका द्वारा विस्तारलाई प्राप्त होऊँ। उसले ईक्षण गर्यो। उसले ईक्षण गरेर यीलोकहरूलाई उत्पन्न गर्यो- पृथिवी, अन्तरिक्ष र द्युलोकलाई। ती लोकहरूको ईक्षण गर्यो। ईक्षण गरिएका ती लोकहरूले तीन ज्योतिःस्वरूप ज्ञानी भए र पृथिवीबाट अग्नि भए। वायु अन्तरिक्ष भए। आदित्य द्युलोकबाट। ती ज्योतिःस्वरूपहरूको ईक्षण गरे। ती ईक्षण गरिएका ज्योतिःस्वरूपहरूबाट तीन वेद उत्पन्न भए। अग्नि ऋषिबाट ऋग्वेद उत्पन्न भयो। यजुर्वे वायु ऋषिबाट उत्पन्न भयो। सामवेद आदित्य ऋषिबाट उत्पन्न भयो। ती वेदहरूको ईक्षण गरे। ती ईक्षण गरिएका वेदहरूबाट तीन शक्तिशाली शब्द निस्किए। भूः यो नै ऋग्वेदबाट निस्कियो। भुवः यो यजुर्वेदबाटट। स्वः यो सामवेदबाट। ती शक्तिशाली शब्दहरूको ईक्षण गरे। ती ईक्षण गरिएका शब्दहरूबाट तीन वर्ण, अ उ म् निस्किए। ती तीनलाई एक प्रकारले एकत्र गरे। त्यो ओ३म् बन्यो।
यस कण्डिकाको सार यो हो कि परमात्माले आफ्नो ईक्षण शक्तिले तीन लोक उत्पन्न गरे। अनि त्यस लोकबाट उत्पन्न भएका ऋषिहरूलाई वेदको प्रकाश गरे। (त्रयोवेदाः) यहाँ तीन वेदको तात्पर्य त्रयी विद्या जान्नुपर्छ। (त्रयः+वर्णाः) यी वेदहरूबाट ईश्वरका सबै गुणहरूको वर्णन गर्नेवाला तीन शब्द उत्पन्न भए। वर्ण शब्द विशेषणगर्भित पद हो। यसको अर्थ अक्षर होइन किन्तु ब्रह्मको हामी जुन पदले वर्णन गर्न सक्छौँ त्यसलाई वर्ण भनिन्छ। (अकारः) अकार (उकारः) उकार (मकारः) मकार यी तीन पद हुन्। यी तीन पदहरू मिलेर 'ओ३म्' पद बन्यो।
महाराज मनु भन्नुहुन्छ-
अकारं चाप्युकारं च मकारं च प्रजापति:।
वेदत्रयान् निरदुहत् भूर्भुवः स्वरितीति च।। -मनु० २/७६
अर्थ- प्रजापतिले अकार, उकार र मकारलाई ऋक् यजु साम यी तीन वेदहरूबाट तथा भूः भुवः स्वः यी तीन महाव्याहृतिहरूको दोहन गरेर - सारा भूत निस्किए।
ईक्षण शक्तिमाथि विचार
परमात्माको ईक्षण शक्तिको वर्णन ऋग्वेद १०/१९०/१, वेदान्तदर्शन १/१/५, ऐतरेयोपनिषद् १/१, छान्दोग्योपनिषद् ६/२/३ इत्यादि स्थलमा पनि आएको छ। यस सम्बन्धमा दयानन्दजी सत्यार्थप्रकाशको सातौँ समुल्लासमा प्रश्नोत्तरको रूपमा बताइएको छ-
(प्रश्न) ईश्वरमा इच्छा छ कि नाइ?
(उत्तर) त्यस्तो इच्छा छैन। किनकी इच्छा पनि अप्राप्त, उत्तम र जसको प्राप्तिले सुख विशेष हुन्छ अनि ईश्वरमा इच्छा हुन सक्छ। न उसबाट अप्राप्त पदार्थ, न कुनै उसभन्दा उत्तर तथा पूर्ण सुखयुक्त हुनाले सुखको अभिलाषा पनि हुँदैन। यसैकारण ईश्वरमा इच्छा सम्भव छैन तर ईक्षण अर्थात् सबै प्रकारका विद्याको दर्शन र सबै सृष्टिको संचालन नै ईक्षण हो।
ब्रह्म चेतन सत्ता हो। क्रिया गर्नु चेतन सत्ताको स्वाभाविक गुण हो। यदि ऊ क्रिया गर्दैन भने यसबाट उसको चेतनामाथि प्रश्नचिह्न लाग्छ। किनकी परमात्मा चेतन भएका कारण क्रिया गर्दछन्। यसैले उनले आफ्नो ईक्षण शक्तिले लोकहरूलाई उत्पन्न गरे र वेदहरूको उत्पत्ति गरे। वेदज्ञानको माध्यमले लोकहरूका पदार्थहरूलाई मान्छेहरूले जाने, यसैलाई भनिएको हो कि म (ब्रह्म) प्रजाद्वारा विस्तारलाई प्राप्त होऊँ। ईश्वरको यो अद्भूत ईक्षण शक्तिले नै सबै सृष्टिको उत्पत्ति हुन्छ र उनी वेदज्ञानको प्रकाश गर्दछन्। यसबाट ब्रह्मको चेतना सिद्ध हुन्छ।
अतः ओंकारको अर्थमाथि स्वामी दयानन्दजीको गूढ चिन्तन वैदिक विचारधारा एकेश्वरवादको पोषण गर्दछ। मनुष्य जातिमा फैलिएको ईश्वर विषयक भ्रान्तिपूर्ण विचारहरू जस्तै अनेकेश्वरवाद आदिमाथि महर्षिले सप्रमाण प्रहार गर्नुभयो र मान्छेहरूलाई ईश्वरको सत्य स्वरूपसँग परिचित गराउँनुभयो। ईश्वर विषयक स्वामीजीको निर्भ्रान्त धारणा थियो। स्वामीजीले वेदादि सत्य शास्त्रहरूलाई पढ्ने अधिकार सबैलाई दिए एवं आफ्नो तप तथा पुरुषार्थको बलमा वेदहरूलाई स्वतःप्रमाण (ईश्वरी ज्ञान) सिद्ध गरेर मनुष्य जातिमा फैलिएको अन्धविश्वासलाई खुल्ला चुनौति दिए। वेदहरूका उद्धारमा स्वामी दयानन्दजी महाराजको योगदान सदैव अविस्मरणीय रहनेछ।
[Source- Navrang Times : Voice Of Arya Pratinidhi Sabha America, May-June 2020 issue & आर्ष क्रान्ति : आर्य लेखक परिषदको मुख पत्रको जुन २०२० अंक]
No comments:
Post a Comment