Saturday, July 11, 2020

श्रीकृष्णजीको वास्तविक स्वरूप


श्रीकृष्णजीको वास्तविक स्वरूप

डा० विवेक आर्य

कृष्णजीलाई अपमानित गर्ने केही भजनहरू
१. छलीको भेष बनाएर श्याम चुरा बेच्न आए
२.पत्थरकी राधा प्यारी, पत्थरका श्याम बिहारी
पत्थरसँग ठोक्किई पत्थर हुन्छ यहाँ चिंगारी
३. एक दिन ती भोले भण्डारी बने बृज नारी गोकलमा आई।

यसै प्रकारका अनेक भजन छन् जसले हाम्रा आदर्श पुरुषहरूलाई अपमान गर्छन्। यस लेखको माध्यमबाट हामी व्यासपीठका मठाधीशहरूद्वारा श्रीकृष्णजीको विषयमा फैलाइएका भ्रान्तिहरूको निराकरण गर्ने छौँ।
प्रसिद्ध समाजसुधारक एवं वेदहरूका प्रकाण्ड पंडित स्वमी दयानन्द जीले आफ्नो अमर ग्रन्थ सत्यार्थ प्रकाशमा श्रीकृष्ण्जी महाराजको बारेमा लेख्नुहुन्छ कि पुरा महाभारतमा श्रीकृष्णको चरित्रमा कुनै दोष पाइँदैन एवं उहाँलाई आप्त श्रेष्ठ पुरुष पनि भन्नुभएको छ। स्वामी दयानन्द श्रीकृष्णजीलाई महान् विद्वान सदाचारी, कुशल राजनीतिज्ञ एवं सर्वथा निष्कलंक मान्नुहुन्छ।
महाभारतमा श्रीकृष्ण–
१. धर्म र न्यायका पक्षधर- पाण्डव धर्मपरायण थिए जसकारण उहाँले जसको साथ दिनुभयो उसलाई जिताउँनभयो। कौरव सबैमा पनि श्रीकृष्णले यही कुरा बताउँनुभएको छ-

यत्र धर्मो ह्यधर्मेण सत्यं यत्रानृतेन च।
हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासदः।। -(उद्योग० ९५/४८)

जहाँ सभासद्हरू हेर्दा हेर्दै अधर्मद्वारा धर्मको र असत्यद्वारा सत्यको हनन हुन्छ, त्यहाँ सभासद्हरू नष्ट हुन्छन्।

२. दृढप्रतिज्ञ
श्रीकृष्ण दृढप्रतिज्ञ हुनुहुन्थ्यो। उहाँले दुर्योधनको सभामा जानभन्दा पहिले द्रौपदीका सम्मुख जो प्रतिज्ञा गर्नुभएको थियो त्यो पुरा पनि गर्नुभयो। जब द्रौपदीले रोएर बाँया हातले आफ्ना कपाललाई पक्रेर आफ्नो अपमानको बदला लिने कुरा गर्छिन् तब श्रीकृष्ण भन्छन्-

चलेद्धि हिमवाञ्छैलो मेदिनी शतधा भवेत् ।
द्यौः पतेच्च सनक्षत्रा न मे मोघं वचो भवेत्।। -(उद्योगपर्व ८२/४८)

अर्थ- चाहे हिमालय पर्वत आफ्नो स्थानबाट हटोस्, पृथ्वीका सय टुक्रा होऊन् र नक्षत्रहरूसहित आकाशबाट टुटोस् परन्तु मेरो कुार असत्य हुने छैन।

धार्तराष्ट्राः कालपक्वा न चेच्छृण्वन्ति मे वचः।
शेष्यन्ते निहिता भूमौ श्वश्रृगालादनीकृताः।। -(उद्योग० ८२/४७)

अर्थ- यदि कालको मुखमा जाने धृतराष्ट्र पुत्रहरू मेरो कुरा सुनेनन् भने उनीहरू सबै मारिएर पृथ्वीमाथि सदा निँद्रामा पल्टिनेछन् तथा कुकुर र स्यालको भोजन बन्नेछन्।

३. सहनशीलता
उहाँमा सहनशीलताको गुण पनि थियो। उहाँले राजसूय यज्ञमा शिशुपालसँग भन्नुभएको थियो म तिम्रा सय गाली सहन गर्नेछु तर यसपछि पनि तिमीले गाली गरे तिम्रो टाउको गर्दनबाट छ्ट्याइदिने छु। उहाँले यस्तै गर्नुभयो पनि।

एवमुक्त्वा यदुश्रेष्ठश्चेदिराजस्य तत्क्षणात्।
व्यापहरच्छिरः क्रुद्धश्चक्रेणामित्रकर्षणः।। -(सभापर्व ४५/२५)

अर्थ- यस्तो भनेर कुपित भएका शत्रुनाशक यदुकूलभूषण श्रीकृष्णले चक्रद्वारा त्यसै क्षण चेदिराज शिशुपालको शिर उच्छेदन गरिदिनुभयो।

४. निर्लोभता
उहाँले कंशलाई मार्नुभयो तर उसको राज्य आफ्नो हातमा लिनुभएन। आफ्ना मावल हजुरबुवा उग्रसेनलाई कंसको राज्य दिनुभयो।

उग्रसेनः कृतो राजा भोजराज्यस्य वर्द्धनः। -(उद्योग १२८/३९)

जब जरासन्धलाई मार्नुभयो तब श्रीकृष्णले उसका छोरा सहदेवको राज्याभिषेक गराउँनुभयो।

५. ईश्वरोपासक
श्रीकृष्ण ईश्वरोपासक हुनुहुन्थ्यो। उहाँ नित्य प्रति सन्ध्या, हवनर गायत्रीको जाप गर्नुहुन्थ्यो-

अवतीर्य रथात् तूर्णं कृत्वा शौचं यथाविधि।
रथमोचनमादिश्य सन्ध्यामुपविवेश ह।। -(महा० उद्योग० ८४/२१)

अर्थ- जब सूर्यास्त हुन थाल्यो तब श्रीकृष्णले शीघ्र नै रथबाट उत्रिएर रथ खोल्ने आदेश दिनुभयो र पवित्र भएर सन्ध्योपासनामा लाग्नभयो।

६. महाभारतकालका सर्वमान्य महापुरुष
श्रीकृष्ण महाभारतकालका सर्वमान्य महापुरुष हुनुहुन्थ्यो। राजसूययज्ञको अवसरमा भीष्म पितामहले प्रधान अर्घ्य दिँदै उनको विषयमा भन्नुभयो-

वेदवेदांगविज्ञानं बलं चाभ्यधिकं तथा।
नृणांलोकेहि कोsन्योsस्ति विशिष्टः केशवादृते।।
दानं दाक्ष्यं श्रुतं शौर्यं ह्रीः कीर्तिर्बुद्धिरुत्तमा।
सन्नतिः श्रीर्धृतिस्तुष्टिः पुष्टिश्च नियताच्युते।। -(महा० सभापर्व ३८/१९/२०)

अर्थ- वेदवेदांगका ज्ञाता त हुनुहुन्छ नै, बलमा पनि सबैभन्दा अधिक। श्रीकृष्णबाहेक यस युगको संसारमा मनुष्यहरूमा अर्को को छ? दान, दक्षता, शास्त्रज्ञान, शौर्य, आत्मलज्जा, कीर्ति, उत्तम, बुद्धि, विनय, श्री, धृति, तुष्टि र पुष्टि - यी सबै गुण श्रीकृष्णमा विद्यमान छन्।

७. जुवाका विरोधी
उहाँ जुवाका घोर विरोधी हुनुहुन्थ्यो। जुवालाई एक खराब दुव्र्यसन मान्नुहुन्थ्यो। जब उहाँ काम्यक वनमा युधिष्ठिरलाई भट्नुभयो तब उहाँले युधिष्ठिरलाई भन्नुभयो-

आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः।
वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन्।। -(वनपर्व १३/१-२)

अर्थ- हे राजन्! यदि म पहिले द्वारका वा त्यसको निकटमा भएको भए तपाईलाई यस भारी संकटमा पर्न दिने थ्उिन। म कौरवहरूले नबोलाएर नै द्युत सभामा जान्थे र अनेक दोषहरू देखाएर जुवा रोक्ने चेष्टा गर्थे।

८. एक पत्नी व्रत
महाभारत युद्धको प्रारम्भपूर्व अश्वत्थामा श्रीकृष्णसँग सुदर्शन चक्र प्राप्त गर्ने इच्छाले उनका समीप गए। तब श्रीकृष्णले भन्नुभयो-

ब्रह्मचर्यं महद् घोरं तीर्त्त्वा द्वादशवार्षिकम्।
हिमवत्पार्श्वमास्थाय यो मया तपसार्जितः।।
समानव्रतचारिण्यां रुक्मिण्यां योsन्वजायत।
सनत्कुमारस्तेजस्वी प्रद्युम्नो नाम में सुतः।। -(सौप्तिकपर्व १२/३०,३१)

अर्थ- मैले १२ वर्षसम्म रुक्मिणीका साथ हिमालयमा रहेर महान् घोर ब्रह्मचर्यको पालन गरेर सनत्कुमारका समान तेजस्वी प्रद्युम्न नामक पुत्रलाई प्राप्त गरे। विवाहका पश्चात् १२ वर्षसम्म घोर ब्रह्मचर्यको धारण गर्नु उनको संयमको महान् उदाहरण थियो।

यस्ता संयमी र जितेन्द्रिय पुरुषलाई पुराणकारहरूले कति विभत्स र घृणास्पद बनाइदिएका छन्!
फेरि श्रीकृष्णजीको विषयमा चोर, गोपिनीका जार (रमण गर्ने), कुब्जासँग सम्भोग गर्ने, रणछोड आदि प्रसिद्ध गर्नु कतिको अपमानको कुरा हो? श्रीकृष्णजीको चरित्रको विषयमा यस्तो मिथ्या आरोपको आधार के हो? यस्ता अभद्र आरोपहरूको आधार हो पुराण। आउँनुहोस् हामी सप्रमाण आफ्नो पक्षलाई सिद्ध गर्ने छौँ।

पुराणमा गोपिनीहरूसँग कृष्ण्को रमण गर्ने मिथ्या वर्णन
विष्णु पुराण अंश ५ अध्याय १३ श्लोक ५९–६० मा लेखिएको छ-
ती गोपिनीहरू आफ्ना पति, पिता र भाइहरूले रोक्दा पनि रोकिएनन्। प्रत्येक रात्री उनीहरू रति “विषयभोग” को इच्छा राख्नेवाला श्रीकृष्णका साथ रमण भोग गर्थे। कृष्ण पनि आफ्नो किशोर अवस्थाको मान राखेर रात्रीको समयमा उहाँसँग रमण गर्थे।

कृष्ण उनका साथ कसरी रमण गर्थे पुराणहरूका रचयिताले श्रीकृष्णलाई कलंकित गर्नमा कुनै स्थान खाली छोडेनन्।

भागवत पुराण स्कन्द १० अध्याय २९ श्लोक ४५–४६ मा लेखिएको छ-
कृष्णले जमुनाको कपुरका समान चमकिलो बालुवाको तटमा गोपिनीहरूसँग प्रवेश गर्नुभयो। त्यो स्थान जलतरंगहरूले शीतल र कुमुदिनीको सुगन्धले सुवासित थियो। त्यहाँ कृष्णले गोपिनीहरूका साथ रमण बाहु फैलाएर, आलिंगन गरेर, गोपिनीहरूको हात दबाएर, तिनको चुल्ठा पक्रेर, जाँघ पक्रेर, धोती फुकालेर, स्तन पक्रेर, मजाक गर्दै, नङले अंग चिथोर्दै, विनोदपूर्ण चितवनले हेर्दै र मुस्कुराउँदै ती क्रियाहरूद्वारा नवयोवना गोपिनीहरूसँग खुबजागृत गरेर तिनका साथ कृष्णजीले रातभर रमण गर्नुभयो।

यस्तो अभद्र विचार कृष्णाजीका महाराजलाई कलंकति गर्नका लागि भागवतका रचयिताले स्कन्द १० को अध्याय २९,३३ मा वर्णित गरेका छन् जसको सामाजिक मर्यादाको पालन गरेर म वर्णन गर्न सक्दिन।

राधा र कृष्णको पुराणहरूमा वर्णन

राधाको नाम कृष्णका साथ लिइन्छ। महाभारतमा राधाको वर्णन सम्म पाइन्न। राधाको वर्णन ब्रह्मवैवर्त पुराणमा अत्यन्त अशोभनीय वृत्तांतको वर्णन गर्दै गरिएको छ।

ब्रह्मवैवर्त पुराण कृष्ण जन्म खण्ड अध्याय ३ श्लोक ५९-६२ मा लेखिएको छ कि गोलोकमा कृष्णकी पत्नी राधाले कृष्णलाई पराई स्त्रीसँग पक्रन्छिन् र श्राप दिन्छिन् कि- हे कृष्ण ! ब्रजका प्यारा, तिमी मेरो सामुन्नेबाट गैजाऊ, तिमी मलाई किन दुःख दिन्छौँ, हे चंचल, हे अति लमपट कामचोर मैले तिमीलाई जानिसके। तिमी मेरो घरबाट गइहाल। तिमी मनुष्यहरूका भाँति मैथुनमा लम्पट छौ, तिमी मनुष्य योनीमा मिल, र गोलोकबाट भारतमा गइहाल। हे सुशीले, हे शशिकले, हे पद्मावती, हे माधव! यो कृष्ण धूर्त छ, यसलाई निकाले बाहरि निकालिदेऊ। यसका यहाँ केही काम छैन।

ब्रह्मवैवर्त पुराणको कृष्ण जन्म खंड अध्याय १५ मा राधाको कृष्णसँग रमणको अत्यन्त अश्लील वर्णन लेखिएको छ जसको सामाजिक मर्यादाको पालन गर्दै यहाँ विस्तारसँग वर्णन गर्न सक्दैन।

ब्रह्मवैवर्त पुराण कृष्ण जन्म खंड अध्याय ७२ मा कुब्जाको कृष्णसँग सम्भोगसँगको अश्लील रुपमा वर्णित पनि छ।
राधाको कृष्णका साथ सम्बन्ध पनि भ्रामक छ। राधा कृष्णको बामांगबाट जन्मिएका कारण कृष्णकी पुत्री थिइन् अथवा रायणसँग विवाह भएकाले कृष्णकी बुहारी थिइन् किनकी गोलोकमा रायण कृष्णको अंशकाट जन्मिएका थिए जसकारण उनी कृष्णका पुत्र भए जबकी पृथ्वीमा रायण कृष्णकी माता यशोदाका भाइ थिए। यसैकारण कृष्णका मामा भए र राधा कृष्णकी माइजु।

कृष्णका गोपिनी को थिए?
पद्मपुराण उत्तर खण्ड अध्याय २४५ कलकत्ताबाट प्रकाशित, मा लेखिएको छ कि रामचन्द्रजी दंडकारण्य वनमा जब पुगे तब उनको सुन्दर रुप देखेर त्यहाँका निवासी सार ऋषिहरूमुनिहर उहाँसँग भोग गर्ने इच्छा लिए। ती सारा ऋषिहरूले द्वापरको अन्तमा गोपिनीहरूको रूप लिए र रामचन्द्र कृष्ण बने तथा ती गोपिनीहरूका साथ भोग गरे। यसबाट ती गोपिनीहरूले मोक्ष पाए। अन्यथा अन्य प्रकारले तिनको संसारूपी भवसागरबाट मुक्ति कहिल्यै हुन्नथ्यो।

के गोपिनीहरूको उत्पत्तिको उपर्युक्त दृष्टान्त बुद्धिले स्वीकार गर्न सकिन्छ?

श्री कृष्णजी महाराजको वास्तविक रूप
अहिलेसम्म हामीले पुराणहरुमा वर्णित गोपिनीहरूका दुुलारा, राधाका पति, रासलीला रच्नेवाला कृष्णको विषयमा पढिरहेका थियौँ जो निश्चित रुपले असत्य हो।
अब हामी योगीराज, नीतिनिपुण, महान् कुटनीतिज्ञ श्रीकृष्ण जी महाराजको विषयमा उनको सत्य रुप जान्नेछौँ। आनन्दमठ एवं वन्दे मातरम् का रचयिता बंकिम चन्द चटर्जी, जसले ३६ वर्षसम्म महाभारतमा अनुसन्धान गरेर श्रीकृष्णजी महाराजमाथि उत्तम ग्रन्थ लेखेका छन् कि महाभारतका अनुसार श्रीकृष्णजीकी केवल एकमात्र पत्नी थिइन् जो कि रुक्मणी थिइन्। उनका २ या ३ या १६००० पत्नीहरुको कुरै छैन। रुक्मणीका साथ बदरिक आश्रम गए र १२ वर्षसम्म तप एवं ब्रह्मचर्यको पालन गरेपछि उनको एक पुत्र भयो जसको नाम प्रद्युम्न थियो। यो श्रीकृष्णको चरित्रसँग सरासर अन्याय हो कि उनको नाम १६००० गोपिनीहरूका साथ जोडिन्छ।

स्वामी दयानन्द जीले सत्यार्थमा प्रकाशमा त्यही कथन गर्नुभएको छ जस्तो बंकिम चन्द्र चटर्जीले भन्नुभएको छ। पाण्डवहरूद्वारा जब राजसूय यज्ञ गरिन्छ तब श्रीकृष्ण महाराजलाई यज्ञमा सर्वप्रथम अर्घ्य प्रदान गर्नका लागि उपयुक्त मानियो जबकी त्यहाँ अनेक ऋषिमुनिहरू, साधु महात्मा आदि उपस्थित थिए।
त्यहाँ श्रीकृष्णजी महाराजको श्रेष्ठता जान्नुहोस् कि उहाँले सबै आगन्तु अतिथिहरूको धुलाम्य खुट्टा सफा गर्नुभयो। श्रीकृष्णजी महाराजलाई सबैभन्दा ठूलो कुटनीतिज्ञ पनि यसकारण भनिन्छ किनकी उहाँले बिना हतियार उठाई न केवल दुष्ट कौरव सेनाको नाश पनि गरिदिनुभयो तथा धर्मको मार्गमा चल्ने पाण्डवहरूलाई विजय दिलाउँनुभयो।

यस्ता महान् व्यक्तित्वमाथि चोर, लम्पट, रणछोड (युद्धभूमिबाट भाग्ने कायर), चरित्रहीन, कुब्जासँग समागम गर्नेवाला आदि भन्नु अन्याय नभएर अरु के हो त र यस् सबै मिथ्या कुराहरूको श्रेय पुराणहरूलाई नै जान्छ।
यसैकारण महान् कृष्णजी महाराजमाथि कुनै व्यर्थको आक्षेप नलगाएर एवं साधारण जनहरूलाई श्रीकृष्णजी महाराजको वास्तविक व्यक्तित्वलाई प्रस्तुत गर्नका लाग पुराणहरूको बहिष्कार आवश्यक तथा वेदहरूको प्रचार अति आवश्यक छ।

यति सबै भन्दा पनि यदि कसैले यो कुरा मान्दैन भने उसका लागि निम्न लोकोक्ति लागु हुन्छ-
जब उल्लुले दिनमा देख्दैन भने त्यसमा सूर्यको के दोष?

No comments:

Post a Comment