ईश्वर कस्ता छन्, कहाँ बस्छन्, उनको रंग कस्तो छ, कुनै उनको रूप या व्यक्तित्व छ भने बताउँनुहोस्?
प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०
जबसम्म यी कुराहरूको ज्ञान हुन्न तबसम्म आफ्नो प्रियतमलाई कसरी चिन्ने? कसरी जान्ने कि हामी कसको दर्शन गर्दै छौँ या हामीलाई दर्शन भइसक्यो?
याज्ञवल्क्यले एकपल्ट गार्गीसँग भनेको थिए-
“ब्रह्मलाई जान्नेवाला उनलाई अक्षर, अविनाशी, कूटस्थ भन्छन्। उनी न मोटा छन्, न पातला छन्। न साना छन्, न लामा छन्। न आगोझैँ रातो छन्। उनी बिना स्नेहका छन्, बिना छाया र बिना अन्धकारका छन्। न वायु हुन्, न आकाश हुन्। रसले रहित, गन्धले रहित छन्। उनको नेत्र छैनन्, वाणी छैन, मुख छैन, मात्रा छैन।” -बृह० ३।७।७
"उनी महान् छन्। दिव्य छन्। अचिन्त्य छन्। सूक्ष्मभन्दा पनि सूक्ष्मतर प्रतीत हुन्छन्। उनी टाढाभन्दा पनि टाढा छन्।" तथापि यहाँ नै हाम्रा यिनै उपनिषद् (२।२।१) मा लेखिएको छ-
उनी सबै स्थानमा प्रकट छन्, निकट छन्। गुहाचर (हृदयको गुफामा विचरण गर्नेवाला) प्रसिद्ध छन्। उनी एक ठुला आधार हुन् जसमा सबै स्थिर छन्, जो हिँड्छ, साँस लिन्छ र आँखा झिम्काउँछ। यो सारा स्थूल र सूक्ष्म जो तिमी जान्छौँ, यो सबै उनैमा स्थिरमा छ। उनी पुजाका योग्य छन्। सबैभन्दा श्रेष्ठ छन्। प्रजाहरुमा बुझाईभन्दा पर छन्।”
वेदहरूमा उसको वर्णन यस प्रकारले गरिएको छ-
१. एतावानस्य महिमातो ज्यायांश्च पूरुष:।
पादोअस्य विश्वा भूतानि त्रिपादस्यामृतं दिवि।। -ऋ० १०।९०।३; यजु० ३१।३।।
"यति ठुलो (भूत, भविष्यत् र वर्तमान कालसँग सम्बद्ध जति जगत् छ, त्यो सारा) यी प्रभुको महिमा छ कि प्रभु स्वयं यसभन्दा ठुला छन्। (तीनै कालहरूमा हुनेवाला) सारा भूत यसको सवा भाग हुन् र यसको (शेष) भाग जो अमृत एवं अविनाशी स्वरूप हो, त्यो आफ्नो प्रकाशमा छ।"
प्रयोजन यो हो कि उनको कुनै सीमा छैन। हो, केही दिग्दर्शन गराउँनका लागि भनियो कि यो सारा दुािया, यो सारा दुनिया, यो सारा लोक, यो सारा पृथिवी, यी सारा नक्षत्र इत्यादि, यी सबै यिनको एक खुट्टामा आउँछ। बाँकी तिन खुट्टा अरु पनि छन्।
२. इन्द्रं मित्रं वरुणमग्निमाहुरथो दिव्य: स सुपर्णो गरुत्मान्।
एकं सद् विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहु:।। -ऋ० १।१६४।४६।।
“त्यो एक शक्तिलाई अनेक रूपमा वर्णन गर्छन्- इन्द्र, मित्र, वरुण र अग्नि भन्छन्। उनै दिव्य सौन्दर्यको भण्डार हुन्। उनै प्रकाशस्वरूप प्रभुलाई यम र मातरिश्वा भन्छन्।”
३. तदेवाग्निस्तदादित्यस्तद्वायुस्तदु चन्द्रमा:।
तदेव शुक्रं तद् ब्रह्म ता आप: स प्रजापति:।। -यजु० ३२।१।।
“तिनै अग्नि, तिनै आदित्य, तिनै वायु, तिनै चन्द्रमा, तिनै शुक्र, तिनै ब्रह्म, तिनै जल र तिनै प्रजापति हुन्।”
४. य: पृथिवीं व्यथमानामदृंहद्य: पर्वतान् प्रकुपितां अरम्णात्।
यो अन्तरिक्षं विममे वरीयो यो द्यामस्तभ्नात् स जनास इन्द्र:।। -ऋ० २।१२।२।।
“जसले (आदिमा पघ्लेका कारण) लहराइ रहेको पृथ्वीलाई दृढ जमाई दिए र जसले प्रकृपित भएको (आदिमा अग्नि वर्षत गर्दै) पर्वतहरूलाई शान्त गरे, जसले अन्तरिक्षलाई धेरै विशाल बनाए, जसले द्यौलाई धारण गरेका छन्, हे मनुष्य! तिनै शक्तिशाली प्रभु हुन्।”
५. यं स्मा पृच्छन्ति कुह सेति घोरमुतेमाहुर्नैषो अस्तीत्येनम्।
सो अयं पुष्टीर्विज इवा मिनाती श्रदस्मै धत्त स जनास इन्द्र:।। -ऋ० २।१२।५।।
"जसको विषयमा सोध्छन् कि उनी कहाँ छन् र कतिले त यहाँसम्म पनि भनिदिन्छन् कि उनी यहाँ छैनन्। तिनै हुन् जो यस्ता शत्रुहरू (घमण्डमा तिनका प्रजाहरूलाई पीडित गर्नेवाला) को पुष्टिहरूलाई शक्तिलाई नाश गरिदिन्छन्, तिनका लागि श्रद्धा गर। हे मनुष्यहरू, तिनै शक्तिशाली प्रभु हुन।"
६. यो रघ्रस्य चोदिता य: कृशस्य यो ब्रह्मणो नाधमानस्य कीरे:।
युक्तग्राव्णो योअविता सुशिप्र: सुतसोमस्य स जनास इन्द्र:।। -ऋ० २।१२।६।।
“जो दीन- दुःखीहरुलाई हिम्मत दिन्छ्, जो विपदग्रस्त भक्तको पुकार सुन्छन्, जो यज्ञमय जीवनधारीहरूका प्रतिपालक हुन्, हे मनुष्य! तिनै सुन्दर र छविवाला देव इन्द्र हुन्।”
७. यस्य भूमि: प्रमान्तरिक्षमुतोदरम्।
विवं यश्चक्रे मूर्धानं तस्मै ज्येष्ठाय ब्रह्मणे नम:।। -अ० १०।७।३२।।
“भूमि उसको पाद-प्रतिष्ठा हुन्। अन्तरिक्ष उसको उदर हो। द्युलोक उसको निधार हो। ती परम ब्रह्मलाई प्रणाम होस्!”
८. यस्य सूर्यश्चक्षुश्चन्द्रमाश्च पुनर्णव:।
अग्निं यश्चक्र आस्य तस्मै ज्येष्ठाय ब्रह्मणे नम:।। -अ० १०।७।३३।
“सूर्य र नित्य नयाँ चन्द्रमा उसका आँखा हुन्, आगो उनको मुख हो। त्यस परम ब्रह्मलाई नमस्कार होस्!”
९. प्रजापतिश्चरति गर्भे अन्तरदृश्यमानो बहुधा वि जायते।
अर्धेन विश्वं भुवनं जजान यदस्यार्ध कतम: स केतु:।। -अ० १०।८।१३।।
“ती प्रजापति (सबै) भित्र विद्यमान् छन्। उनी देखिँदैनन् (तर) नाना प्रकारले प्रकट भइरहन्छन्। पुरा संसार ती प्रभु (को शक्ति) कै एक भागको फल हुन्। शेष भागको त के भन्नु? र कसरी भन्नु?”
१०. यत: सूर्य उदेत्यस्तं यत्र च गच्छति।
तदेव मन्येअहं ज्येष्ठं तदु नात्येति किं चन।। -अ० १०।८।१६।।
"सूर्य उनैबाट उदाएँछ र उनैमा लीन हुन्छ। साँच्चै नै, उनी सबैभन्दा ठुला छन्। उनको बराबर अरु कोइ हुन सक्दैन।"
यस्ता ईश्वर रहन्छन् कहाँ? कुनै पनि यस्तो स्थान छैन जहाँ उनी नरहेका होऊन्। तर उनको दर्शन हृदयमा नै हुन्छ। उपनिषद्मा उनको पुरै ठेगाना पनि दिइएको छ-
सर्वाननशिरोग्रीव: सर्वभूतगुहाशय:।
सर्वव्यापी स भगवांस्तस्मात्सर्वगत: शिव:।। -श्वेताश्वतर ३।११।।
“तिनै भगवान् सबैतर्फ मुख, टाउँको र ग्रीवावाला छन्। सर्वव्यापी छन् र समस्त प्राणीहरूको हृदयरूपी गुफामा निवास गर्दछन्। त्यसैले उनी (शिव) कल्याण स्वरूप प्रभु सबै स्थानमा पुगेका छन्।”
अंगुष्ठमात्र: पुरुषोअन्तरात्मा सदा जनानां हृदये सन्निविष्ट:।
हृदा मनीषा मनसाभिक्लृप्तो य एतद्विदुरमृतास्ते भवन्ति।। -श्वेताश्वतर ३।१३।।
"बुढे औलाको परिणामवाला अन्तर्यामी परमपुरुष (परमेश्वर) सदा नै मनुष्यको हृदयमा सम्यक् प्रकारले स्थित छन्। मनका स्वामी हुन् तथा निर्मल हृदय र शुद्ध मनले ध्यानमा ल्याइन्छन् (प्रत्यक्ष हुन्छन्)। जो यस परब्रह्म परमेश्वरलाई जान्छन्; ती अमर भइहाल्छन्।"
अणोरणीयान्महतो महीयानात्मा गुहायां निहितोअस्य जन्तो:।
तमक्रतुं पश्यति वीतशोको धातु: प्रसादान्महिमानमीशम्।। -श्वेता० ३।२०।।
“ती सूक्ष्मभन्दा पनि सूक्ष्म छन् र ठुलाभन्दा पनि ठुला परमात्मा, जीव-हृदयरूपी गुफामा लुकेका हुन्छन्। ती, सबैका रचना गर्नेवाला, प्रभुको कृपाले (जो भक्त) यस संकल्परहित प्रभुकलाई र उनको महिमालाई देखिहाल्छ, ऊ सबै प्रकारका दुःखहरूले रहित भइहाल्छ।”
एतज्ज्ञेयं नित्यमेवात्मसंस्थं नात: परं वेदितव्यं हि किञ्चित्। -श्वेता० १।१२।।
“उसलाई जान, जो सदा तिम्रो आत्मा वर्तमान छन्। यसभन्दा पर केही जान्न योग्य छैन।”
शंकर भगवान्ले “शिवधर्मोत्तर” बाट जो श्लोक आत्मदर्शनको सम्बन्धमा प्रमाण दिइएका छन्, तिनमा पहिलो श्लोक यो लेखिएको छ-
शिवमात्मनि पश्यन्ति प्रतिमासु न योगिन:।
“योगीजन शिवलाई आफ्नो आत्मामा देख्छन्, न कि प्रतिमाहरूमा।”
यहाँ उपर्युक्त उदाहरणहरूद्वारा प्रश्नहरूको उत्तर दिने सरलतापूर्वक सम्झाउँने प्रयत्न गरेका छौँ।
No comments:
Post a Comment