स्वामी दयानन्दको नारी जातिको उत्थानको विषयमा विचार
डा० विवेक आर्य
स्वामी दयानन्द नारी जातिलाई न केवल शिक्षित गर्ने पक्षधर हुनुहुन्थ्यो परन्तु नारी जातिलाई गृह स्वामिनीदेखि प्राचीनकालका महान् विदुषी गार्गी र मैत्रेयीका समान विद्वान बनाउँन चाहनुहुन्थ्यो। स्वामीजीका अनुसार नारी ताडन होइन सम्मानको योग्य हुन्।
सत्यार्थ प्रकाशमा स्वामी दयानन्द क्रान्तिकारी उद्घोष गर्दै लेख्नुहुन्छ-
“जन्मदेखि पाँचौँ वर्षसम्म बालकहरूलाई माता तथा ६ देखि आठौँ वर्षसम्म पिताले शिक्षा देऊन् र ९ वौँ को प्रारम्भमा द्विज आफ्ना संतानहरूलाई उपनयन गरेर जहाँ पूर्ण विद्वान तथा पूर्ण विदुषी स्त्री, शिक्षा र विद्या दान हुन्छ त्यहाँ आफ्ना पुत्रपुत्री पठाऊन्।”
“केटाहरूलाई केटाहरूको तथा केटीहरूलाई केटीहरूको शालामा पठाइयोस्, केटा तथा केटीहरूको पाठशाला कम्तीमा पनि एक अर्काबाट दुई कोस टाढा होस्। जो त्यहाँ अध्यापिका र अध्यापक अथवा सेवक, अनुचर होऊन्, ती कन्याहरूको पाठशालामा स्त्रीहरू तथा पुरुषहरूको पाठशालामा सबै पुरुषहरू होऊन्। स्त्रीहरूको पाठशालामा पाँच वर्षको केटा र पुरुषहरूको पाठशालामा पाँच वर्षो केटी पनि जान नपाओसु।”
जबसम्म तिनीहरू ब्रह्मचारी रहन्छन् तबसम्म पुरुषको दर्शन, स्पर्श, एकान्त सेवन, विषय-कथा, परस्पर क्रीडा-, विषयको ध्यान र संग - यी आठ प्रकारका मैथुनहरूबाट टाढा रहून्। यसमा राजनियम र जाति नियम पनि हुनुपर्छ कि पाँचौँ अथवा आठौँ वर्षभन्दा पछि आफ्ना छोरा छोरीलाई घरमा राख्न नपाइयोस्, पाठशालामा अवश्य नै पठाइयोस्। जसले पठाउँदैनन् उनीहरूलाई दण्ड दिइयोस्।
स्वामी दयानन्द नारी शिक्षाको महत्व यथार्थमा जान्नुभएको थियो किनकी माता नै शिशुकी प्रथम गुरु हुन्छिन्। यसैकारण नारीहरू शिक्षित हुनु अत्यन्त महत्वपूर्ण पनि हुन्छ। स्वामीजी शिक्षाका प्रबल पक्षधर हुनुहुन्थ्यो पन्तु सहशिक्षाका पक्षधर हुनुहुन्नथ्यो जसकारण उहाँले केटा तथा केटीहरूका लागि न केवल पाठशाला बरु उनीहरूलाई पढाउँने शिक्षकहरूका लागि पनि यही नियम बताउनुभएको थियो कि केवल पुरुष अध्यापक केटाहरूका लागि एवं स्त्री अध्यापिका केटीहरूका लागि।
हेर्दा यो नियम समाजमा हुने दुराचार, बलात्कार, शारीरिक शोषण, चरित्रहीनता आदिबाट युवक-युवतीहरूको रक्षा गरेर उनीहरूलाई राष्ट्रका लागि तैयार गर्नका लागि पनि दूरगामी सोँच हो। स्वामीजी दुराचारको भावना मनुष्यका लागि विनाशकारी मान्नुहुन्थ्यो जसकारण उहाँको मान्यता थियो कि यदि माता र पिताको चरित्र उज्ज्वल भए मात्र सन्तार सुयोग्य एवं चरित्रवान् हुनेछन्। स्वामीजीको चिन्तनमा अशिक्षित राख्ने मातापिता राजाद्वारा दण्डित गर्न प्रशंसनीय हो किनकी यदि देशको पछिल्लो पुस्ताको विकास उचित प्रकारले भयो तथा उनीहरूको आधार विधिवत् रूपमा राखियो भने मात्र तिनीहरू समाजका जिम्मेवार नागरिक बन्न सक्छन्। जसको आधारमा नै दोष हुन्छ उनीहरू समाज र राष्ट्रका प्रति आफ्ना कर्तव्यहरू कसरी निर्वहन गर्न सक्छन्। आजभन्दा १५० वर्ष पूर्व स्वामी दयानन्दजीका विचारहरूले शिक्षा चेतनाको प्रचार भयो जसकारण देशमा हजारौँ शिक्षण संस्थाहरू खुले, अनेक विद्यालय, गुरुकुल आदि प्रारम्भ भए जसबाट शिक्षा क्षेत्रमा अभूतपूर्व प्रगति भयो। उत्तर भारतमा सर्वप्रथम जालन्धरमा कन्या पाठशालाको स्थापना लाला देवराजद्वारा भएको थियो। कालान्तरमा कन्या गुरुकुल देहरादून जस्ता संस्थाहरू।
यो नारी उद्धारका हेतु स्वामी दयानन्दका क्रान्तिकारी चिन्तनको नै परिणाम थियो।
No comments:
Post a Comment