Wednesday, July 8, 2020

* मनुस्मृतिमा गायत्री *



* मनुस्मृतिमा गायत्री *


मनु महाराजले गायत्रीलाई विशेष महत्व दिनुभएको छ । निम्नलिखित श्लोक हेर्नुहोस् –

सहस्र कृत्वस्त्वभ्यस्य बहिरेतत् त्रिक्रं द्विजः ।
 महतोऽप्येनसो मासात् त्वचेवाहिर्विमुच्यते ।। (2.79)

– जो द्विज एक महिनासम् बाहिर एकान्त स्थानमा प्रतिदिन एक हजार पटक गायत्री मन्त्रको जाप गर्छ , ऊ धेरै ठुलो पापबाट यसरी छुट्छ जसरी सर्प काँचुलीबाट ।

त्रिभ्य एव तु वेदेभ्यः पादं पादमदूदुहत् ।
 तदित्यृचोऽस्याः सावित्र्याः परमेष्ठी प्रजापतिः ।। (2.77)

–परमेष्ठी प्रजापतिले तीन वेदहरूबाट तत् शब्दले आरम्भ हुनेवाला गायत्री मन्त्रको एक एक पाद दोहन गर्नुभयो । तत्सवितुर्वरेण्यम्, पहला पाद; भर्गो देवस्य धीमहि, दूसरा पाद; और धियो यो नः प्रचोदयात्, तीसरा पाद।

एतदक्षरमेतां च जपन् व्याहृतिपूर्विकाम् ।
 सन्ध्ययोर्वेदविद्विप्रो वेदपुण्येन युज्यते ।। (2.78)

– यस (ओम् ) अक्षरलाई , र भूः भुवः स्वः यी तीनै व्याहृतिवाला गायत्रीलाई बिहान–साँझ दुवै समय जप्नेवाला विद्वान् वेदको स्वाध्यायले पुण्यलाई प्राप्त हुन्छ ।

एतयर्चा विसंयुक्तः काले च क्रियया स्वया ।
 ब्रह्मक्षत्रियविड्योनिर्गर्हतां याति साधुषु ।। (2.80)

–यस (गायत्री) ऋचाको जापले रहित र आफ्नो क्रिया अर्थात् कर्तव्यबाट छुटेको ब्राह्मण , क्षत्रिय , वैश्यहरूमा निन्दाको पात्र बन्दछ ।

ओंकारपूर्विकास्तिस्रो महाव्याहृतयोऽव्ययाः ।
 त्रिपदा चैव सावित्री विज्ञेयं ब्रह्मणो मुखम् ।। (2.81)

–ओ३म् बाट आरम्भ हुनेवाला , तीन महाव्याहृतिहरूवाला र तीन पादवाला गायत्रीलाई वेदको मुख जान्नु पर्छ ।

योऽधीतेऽहन्यहन्येतां त्रीणि वर्षाण्यतन्द्रितः ।
 स ब्रह्म परमभ्येति वायुभूतः खमूर्तिमान् ।। (2.82)

– जो मनुष्य बिना आलस्य तीन वर्ष निरन्तर गायत्रीको जाप गर्छ , ऊ मृत्युपछि पवन–रुप पवित्र र आकाश रुप भएर परब्रह्मलाई प्राप्त गर्दछ ।

एकाक्षरं परं ब्रह्म प्राणायामाः परं तपः ।
 सावित्र्यास्तु परं नास्ति मौनात्सत्यं विशिष्यते ।। (2.83)

– एक ओ३म् अक्षर नै (परब्रह्म) प्रभु–प्राप्तिको ठुलो साधन हो । प्राणायम सबैभन्दा ठुलो तप हो । गायत्रीभन्दा ठुलो केही छैन । सत्य मौनभन्दा ठुलो केही छैन ।

क्षरन्ति सर्वा वैदिक्यो जुहोति यजतिक्रियाः ।
 अक्षरं दुष्करं ज्ञेयं ब्रह्म चैव प्रजापतिः ।। (2.84)

– वेदानुकूल यज्ञ , इष्टिहरू आदि नित्य छैनन् , नित्य रहनेवाला कठिनताले जान्न योग्य प्रजापति ब्रह्म नै हुन् , अर्थात् यज्ञादि वैदिक क्रियाहरूको फल सांसारिक हुने भएर नाशवान् छन् , गायत्री –ब्रह्म –ज्ञान त नाशवान् छैन , ब्रह्मज्ञान निःश्रेयस् हो र यज्ञ अभ्युदय ।

विधियज्ञाज् जपयज्ञो विशिष्टो दशभिर्गुणैः ।
 उपांशुः स्याच्छतगुणः सहस्रो मानसः स्मृतः ।। (2.85)

– यज्ञहरूबाट (गायत्री ) जप दशगुणा राम्रो छ । उपांशु – बिना शब्द निकालेर सुस्तरी सुस्तरी जप गर्नु सय गुणा र मनमा जप गर्नु हजार गुणा राम्रो छ ।

मनु भगवान्ले यसपछि यो बताउँनुभएको छ कि जति प्रकारका यज्ञ छन् , ती सबै गायत्री जपको सोह्रौ भागको बराबर पनि छैनन् । तर यो जप पनि तब सफल हुन्छ जब गायत्रीको साधक आफ्ना एघार इन्द्रियहरूलाई वशमा गरोस् ।
दोस्रो अध्यायको ८८ औँ श्लोकदेखि १०३ श्लोक सम्म इन्द्रियहरूको दमनको वर्णन गरेर मनु भगवान् फेरि भन्नुहुन्छ –
अपां समीपे नियतो नैत्यिकं विधिमास्थितः ।
सावित्रीमप्यधीयीत गत्वाऽरण्यं समाहितः ।। (2.104)

– वनमा या एकान्त देशमा गएर जलाशयका समीप बसेर एकाग्रचित्त भएर नित्यकर्म गर्दै गायत्रीको जाप गर्नू ।

सावित्रीमात्रसारोऽपि वरं विप्र: सुयन्त्रित: ।
नायन्त्रितस्त्रिवेदोऽपि सर्वाशी सर्वविक्रयी ।। (2.118)

– जो विद्वानले आफूलाई आफ्नो वशमा गरेको छ , ऊ केवल गायत्री मन्त्र जान्नेवाला हो । र जो नियमा वशमा रहँदैन , सर्वभक्षी छ , ऊ वेदहरूको ज्ञाता पनि होइन ।

“मनुस्मृति” को यही दोस्रो अध्यायमा यो बताइएको छ कि जब यज्ञोपवत धारण हुन्छ , तब मनुष्यको यसै शरीरका साथ दोस्रो जन्म हुन्छ तथा त्यस जन्ममा उसकी माता गायत्री हुन्छिन् –

तत्र यद् ब्रह्मजन्मास्य मौञ्जीबन्धनचिह्नितम् ।
तत्रास्य माता सावित्री पिता त्वाचार्य उच्यते ।। (2.170)

– तब जो यसको ब्रह्म जन्म हुन्छ , जसको चिह्न उपनयन हो , त्यहाँ उसकी माता गायत्री तथा आचार्य पिता कहलिन्छन् ।
भगवान् मनुले गायत्रीको सम्बन्धमा स्पष्ट बताइदिनुभएको छ कि गायत्री जपमा सबैभन्दा ठुलो जप नै हो जो भारीभन्दा भारी पाप अर्थात् कुत्सित वासनाहरूबाट मुक्त गरिदिन्छ । गायत्री वेदको मुख हो , गायत्री वेदहरूको सार हो , गायत्री माता हो , गायत्री लौकिक वैभव दिनेवाला हो , गायत्री मोक्ष दिनेवाला हो , गायत्री जपले रहित निन्दाको पात्र हो ।
“मनुस्मृति” को एघारौँ अध्यायमा पनि गायत्री जपको महिमा गायन गरिएको छ । यस ११ औँ अध्यायमा यो प्रसंग छ कि कुन पाप कुन प्रायश्चित्तले हटछ भन्ने । त्यही सारा व्रतहरू , सारा प्रायश्चित्तहरूमा गायत्री जापको विधान छ । भगवान् मनु आदेश दिनुहुन्छ कि –

सावित्रीं च जपेन्नित्यं पवित्राणि च शक्तितः ।
सर्वेष्वेव व्रतेष्वेवं प्रायश्चित्तार्थमादृतः ।। (11.225)

– सम्पूर्ण व्रतहरूमा प्रायश्तित्तका लागि श्रद्धापूर्वक यथाशक्ति नित्य गायत्री तथा पवित्र मन्त्रहरूको जाप गर्नू ।
(अविरल डि.सी. द्वारा नेपालीमा अनुवादित )

No comments:

Post a Comment