वैदिक धर्म अतुलनीय
-स्व० चौधरी चरण सिहं (भू० पूर्व प्रधानमन्त्री, भारत सरकार)
म जहाँ राजनैतिक क्षेत्रमा महात्मा गान्धीजीलाई आफ्नो गुरु वा प्रेरक मान्दछु त्यहाँ धार्मिक तथा सामाजिक क्षेत्रमा मलाई सबैभन्दा अधिक प्रेरणा दयानन्द सरस्वतीजीले दिनुभएको छ। यी दुई विभूतिहरूबाट प्रेरणा प्राप्त गरेर मैले धार्मिक एवं राजनैतिक क्षेत्रमा पदार्पण गरेको थिए। एक तर्फ आर्य समाजको मञ्चबाट हिन्दु समाजमा व्याप्त कुरीतिहरूको विरुद्ध म सक्रिय रहे भने अर्कोतर्फ कांग्रेसी कार्यकर्ताका रुपमा भारतको स्वाधीनताको यज्ञमा मैले यथाशक्ति आहुतिहरू पनि दिने प्रयास गरे।
मंगलाचरण स्वदेशी, स्वभाषा र स्वधर्मको गौरव
छात्र जीवनमा, लगभग १९–२० वर्षमा स्वामी सत्यानन्द लिखित महर्षि दयानन्द सरस्वतीको जीवनी पढेको थिए। मलाई लाग्यो कि धेरै समयपछि भारतमा सम्पूर्ण मानव गुणहरूले युक्त एक तेजस्वी विभूति महर्षिको रूपमा प्रकट भएको छ। दयानन्दजीको जीवनको एक एक घटनाले मलाई प्रभावित गर्यो, प्रेरणा दियो। स्वधर्म (वैदिक धर्म), स्वभाषा, स्वराष्ट्र, साधारणपन, सबै भावनाहरूले ओतप्रोत थियो महर्षिको जीवन। राष्ट्रियताको भावना त मानौँ उनको कणकणमा समाएको थियो। यी सबै गुणहरूका साथ तेजस्विता उहाँको जीवनको विशेष गुण थियो। यसैकारण आर्य समाजका नियमहरू सत्यलाई ग्रहण गर्ने एवं असत्यलाई तत्काल त्याग दिनुलाई प्राथमिकता दिइएको छ।
महर्षि दयानन्दको यौटा विशेषता यो थियो कि उहाँ कसैको कन्धामा चढेर अगाडि बढ्नुभएछन। अंग्रेजीमा यौटा शब्द नजान्दा नजान्दै पनि हीन भावनाका कारण आजभोलिको नेताजस्तो उहाँ कहिल्यै ग्रसित हुनुभएन। आफ्नो हिन्दी भाषा, सरल तथा साधारण जनको भाषामा उहाँले “सत्यार्थ प्रकाश” जस्तो महान् ग्रन्थ लेख्नुभयो। यस महान् ग्रन्थमा उहाँले सबैभन्दा पहिला आफ्नो हिन्दु समाजमा व्याप्त कुरीतिहरूमाथि कडा प्रहार गर्नुभयो। बालविवाह, पर्दाप्रथा, महिलाहरूको शिक्षा, छुवाछुत, धर्मको नाममा पाखण्ड आदि विभिन्न विषयमा जोडदार प्रहार स्वामीजीले जतिको गर्नुभयो त्यति अन्य कुनै धार्मिक नेता वा आचार्यले गरेनन्। आफ्नो समाजमा व्याप्त कुरीतिहरूमाथि प्रहार गर्न बाहेक स्वामीजीले राजा राममोहन राय आदि पश्चिमी प्रभावित नेताहरूझैँ वैदिक धर्मलाई ती दोषहरूका लागि दोषी बनाउँनुभएन बरु स्पष्टसँग वैदिक, हिन्दू धर्म सबै प्रकारका कुरीतिहरूबाट माथि छ। वैदिक धर्म वैज्ञानिक एवं दोषमुक्त छ तथा यसको तुलना अन्य कसैले गर्न सक्दैन।
स्वामीजीले आफ्नो वैदिक धर्मको पुनरुद्धारको उद्देश्यले आर्य समाजको स्थापना गर्नुभयो। उहाँले नाम पनि आकर्षक र प्रेरक चयन गर्नुभयो। “आर्य” अर्थात् श्रेष्ठ समाज जसमा न कुनै जाति संकीर्णता छ न कुनै समुदायको आधिक्य। जो पनि आर्य समाजको व्यापक तथा मानवमात्रको लागि हितकारी नियमहरूमा विश्वास राख्छ ऊ नै आर्यसमाजी। आर्यसमाज नामले दूरदर्शी, व्यापक र संकीर्णताले सर्वथा मुक्त दृष्टिको आभास हुन्छ।
स्वामीजीले स्वदेशी तथा स्वभाषामा अभिमान गर्न पनि देशवासीहरूलाई प्रेरणा दिनुहुन्थ्यो। अंग्रेजीलाई उहाँ विदेशी भन्दै आफ्नो भाषा तथा वेशभूषालाई अपनाउँनमा बल दिनुहुन्थ्यो। जुन परिवारहरूमा उहाँ रुक्नुहुन्थ्यो, तिनका बच्चाहरूको भेषभूषामा ध्यान दिनुहुन्थ्यो तथा प्रेरणा पनि दिनुहुन्थ्यो कि हामीले विदेशीहरूको नक्कल छोडेर स्वदेशमा बनेका कपडा लगाउँनुपर्छ। आफ्नो कामकाज “संस्कृति तथा स्वदेशी भाषा” मा गर्नु पर्छ। गाईलाई स्वामीजी भारतीय कृषि व्यवस्थाको प्रमुख आधार मान्नुहुन्थ्यो जसकारण उहाँले “गोकरुणानिधि” नामक पुस्तक लेख्नुभएको थियो तथा गोरक्षाका लागि हस्ताक्षर पनि गराउँनुभयो। उहाँ गाउँहरूको उत्थान, किसानहरूलाई शिक्षातर्फ पनि ध्यान दिन जरुरी मान्नुहुन्थ्यो।
जातिप्रथाका विरुद्ध चेतावनी
स्वामीजी दूरदर्शी हुनुहुन्थ्यो। उहाँले इतिहासको गम्भीर अध्ययन गरेर यो निष्कर्ष निकाल्नुभएको थियो कि जबसम्म हिन्दु समाज जन्मगत जातिप्रथाको कुरीतिले ग्रस्त हुन्छ ऊ पिछडिएर बस्छ। त्यसैले उहाँले सत्यार्थप्रकाशमा तथा आफ्ना प्रवचनहरूमा जातिप्रथा एवं अछुतपनमाथि कडा प्रहार गर्नुभएको थियो। उहाँ दूरदर्शी हुनुहुन्थ्यो अतः उहाँले पहिले नै यो भविष्यवाणी गर्नुभएको थियो कि यदि हिन्दु समाजले जातिप्रथा एवं अछुतपनका कारण आफ्नै भाइहरूसँग घृणा नछोडे भने समाज तीव्रताका साथ टुटेर जानेर जसको लाभ विधर्मीले स्वतः उठाउँनेछन्। उहाँले यो पनि चेतावनी दिनुभएको थियो कि अछुतपनको कलंक हिन्दू धर्मका साथसाथ देशका लागि पनि घातक हुनेछ।
महर्षिको प्रेरणाले आर्य समाजका नेताहरूले लाला लाजपत राय, परमानन्द आदिले अछुतपनका विरुद्ध अभियान चलाए। आर्य समाजले जन्मगत जातिप्रथाका हानीहरूबाट मान्छेहरूलाई सम्झाउँने प्रयास पनि गरे। तर आज त जातिवादको भावना धर्मको नाममा मात्र होइन, राजनैतिक मठाधीशहरूद्वारा राजनैतिक लाभको दृष्टिले पनि अपनाइँदै छ। आज त आर्य समाज यस दिशामा अझ तेजीका साथ सक्रिय हुन आवश्यक छ।
महर्षि दयानन्द सरस्वतीद्वारा प्रतिपादित सिद्धान्तहरू अथवा आर्य समाजका दश नियमहरूलाई पुरा पुरा पालन त धेरै नै निर्भीक, संयमी र तेजस्वी व्यक्ति नै गर्न सक्छ परन्तु यस दिशामा मैले यथासम्भव केही केही पालन गर्ने प्रयास अवश्य नै गरेको छु।
मैले सात वर्षसम्म निरन्तर गाजियावादमा वकालत गर्ने समयमा एक हरिजनको भान्सामा व्यक्तिगत जीवनमा जातिगत भावनालाई जरैदेखि उछिन्ने प्रयास गरेको छु। यसपछि उत्तरप्रदेशको मुख्यमन्त्रीका रूपमा प्रदेशका शिक्षा संस्थाहरूका साथ लाग्ने ब्राह्मण, जाट, अग्रवाल, कायस्थ आदि जातिवाचक नामहरू हटाउँने दृढताका साथ कानुन बनाएँ। मेरा अनेक साथीहरूले त्यस समय भनेका थिए कि यसबाट धेरैजना रिसाउँनेछन् भनी। मैले पनि स्पष्टसँग भनिदिए “रिसाए रिसाऊन् तर म शिक्षा क्षेत्रमा जातिगत संकीर्णता कदापि सहन सक्दिन।” जुन दिन मेरो क्षे बडौतको “जाट इण्टर कलेज” को नाम परिवर्तन गरेर जाटको स्थानमा “वैदिक” शब्द जोडियो त्यो दिन मलाई सन्तोष भयो कि लौ महर्षिको आदेशको पालन गर्नमा केही योगदान त गर्न सके। यसै प्रकारले आफ्नी पुत्रीको अन्तर्जातीय विवाहले मलाई अझै आत्मसन्तोष पनि भयो नै।
मेरो यो दृढ विश्वास छ कि देशमा महर्षि दयानन्द तथा गान्धीका आदर्शहरूमा चलेर नै सच्चा गौरव प्राप्त गर्न सकिन्छ। दुवै महापुरुषहरूले प्राचीन ऋषिहरूको समयको साधारणपन, सत्यता, न्याय एवं नैतिताका गुणहरूले युक्त भारत बनाउँने आकांक्षा राखेका थिए, “महर्षि” र “महात्मा” दुवैले यस उद्देश्य पूर्तिका लागि प्राचीन संस्कृति र धार्मिक जीवनलाई महत्व दिए। धर्मको नाममा कुनै पनि प्रकारले घुसेका कुरीतिहरूमाथि प्रहार गरे। उनीहरू स्पष्ट मत थियो कि हामी विदेशीहरूको अन्धानुकरण गरेर भारतको उत्थान कदापि गर्न सक्दैनौँ। आज हामी उनीहरूबाट दिशा ग्रहण गरेर यस लक्ष्य प्राप्तिका लागि बढ्नु पर्छ।
दीपावली ज्योतिको पर्व हो। यस दिन हामी अन्धकार अर्थात् अनैतिकता, भ्रष्टाचार, छुवाछुत आदिबाट माथि उठेर प्रकाशको मार्गमा चल्ने प्रेरणा लिन सक्छौँ। इमानदारी तथा नैतिकतालाई न अपनाएर हामी संसारमा सम्मान कदापि प्राप्त गर्न सक्नेछैनौँ।
[स्रोत- आत्मशुद्धिपथ मासिकको मार्च २०२० को अंक; नेपाली अनुवादक- अविरल डि० सी०]
No comments:
Post a Comment