वैदिक धर्मको अवनतिका दश कारण
.............................................................
१. महाभारतको युद्ध – महाराजा इक्ष्वाकुदेखि युधिष्ठिरसम्म आर्यहरूको समस्त भूमण्डलमा साम्राज्य थियो । महाराज युधिष्ठिरको राजसूय यज्ञमा देश– विदेशका अनेक माण्डलिक राजा विविध भेँट लिएर उपस्थित भएका थिए । तर महाभारतको युद्धले आर्य जातिलाई अवनतिको त्यस्तो खाडलमा ढकेल्यो कि अबसम्म पनि तिनीहरू उठ्न सकेका छैनन् । ठुला ठुला योद्धा , वैज्ञानिक , विद्वान आदि सबै युद्धको आगोमा स्वाहा भए । जब भाइ नै भाइको रक्तपिपाशु हुन्छ अनि त्यसको लाभ स्वतः तेस्रो शक्ति सत्ताले लिन्छ । महाभारतको युद्धपश्चात् आर्य जाति यति निष्प्राण भयो कि पछि विदेशी आक्रान्ताहरूका सामुन्ने घुँडा टेक्न नै बाध्य भयो ।
२. जन्मगत वर्ण व्यवस्था – समाजको कार्यलाई ठिक प्रकारले चलाउँनका लागि ब्राह्मण वर्णद्वारा नै अन्य तिन वर्णहरूको निर्माण गुण , कर्म स्वभावका अनुसार गरियो । तर पछि यसको स्थान जन्मले लियो । यसको दुष्परिणाम यो भयो कि पहिले ब्राह्मण आदिको पद विद्या , वेदाभ्यास , विनम्रता आदि सद्गुणहरूको प्राप्तिले हुन्थ्यो । तर जन्मगत वृत्तिमा त्यो पद अनायासै प्राप्त हुन थाल्यो जसकारण विद्यार्थीमा हुने परिश्रम छुट्यो र समाजका मूर्धन्य मार्गदर्शक ब्राह्मण वर्णको कार्य आफूलाई उच्च तथा अन्य वर्णहरूलाई योग्य हुँदाहुँदै पनि नीच बताउँनमा नै सीमित भयो । वेदहरूको पठनपाठन जन्मगत ब्राह्मणसम्म मात्र सीमित भयो । “स्त्रीशुद्रौ नाधीयातामिति श्रुतेः ” स्त्री र शुद्र वेद नपढून् – यस्तो घोषणा सबैमा ब्राह्मण भाव देख्ने स्वामी शंकराचार्यद्वारा गरियो ।
३. बौद्ध धर्मको प्रादुर्भाव – आर्य जातिका लागि त्यो दिन साह्रै दुर्भाग्यपूर्ण थियो जब सम्राट अशोकले क्षात्र धर्मको परित्याग गरेर बौद्ध धर्म स्वीकार गरे । आफ्नो बाहुबलले उनले पूर्वमा बंगाल , दक्षिणमा गोदावरीसम्म , पश्चिममा सिन्धु र उत्तरमा हिमालयससम्म राज्य विस्तार गरेका थिए । उनले अन्तिमा आक्रमण कलिंग (उडिसा) देशमा गरे र लाखौँ मान्छेहरूलाई मृत्युको मुखमा ढकेलिदिए । यस क्रुरताले उनको हृदयमा वैराग्य उत्पन्न भयो । त्यसपछि उनले बौद्ध धर्म स्वीकार गरे । अहिंकाको बेसुरो राग अलाप्न थाले । उनले बौद्ध धर्मको प्रचारका लागि आफ्ना पुत्र महेन्द्र र पुत्री संघमित्रालाई देश विदेशमा पठाए “यथा राजा तथा प्रजा ” यस लोकोक्तिका अनुसार प्रजा पनि आफ्नो क्षात्र धर्म त्यागेर बौद्ध मतका अनुयायी बन्न थाले ।
४. मूतिपूजा – जैनमत , बौद्ध मतबाट मूर्तिपूजाको प्रारम्भ भयो । उनीहरूको अनुकरण गरेर वेदज्ञानले शुन्य स्वार्थी धर्मका ठेकेदारहरूले निराकार परमेश्वरका विभिन्न अवतार तथा देवीदेवताहरूका मूर्तिहरू मन्दिरहरू निर्माण गरे । पछि गएर यी मन्दिरहरूमा यति धन एकत्रित भयो कि विदेशी आक्रमणकारीहरूले ती लुटेर लगे । गजनी देशका लुटेर आक्रान्त महमूदले नगरकोट (काँगडा ) का मन्दिर लुटेर अथाह धम प्राप्त गर्यो , अनुमानतः सात सय मन सुन लुटियो । एक चाँदीको घर पनि प्राप्त भयो । यसबाट उत्साहित भएर उनले थानेश्वर एवं मथुराका देवालयहरूमा आक्रमण गर्यो । यसैप्रकारले सोह्र पटक लुट मच्चायो । उसको अन्तिम आक्रमण गुजरातको सोमनाथ मन्दिरमा भयो । उसको आगमनको सूचना पाएर स्थानीय क्षत्रिय योद्धा एवं राजपूतहरूले मन्दिरहरूको रक्षाको प्रस्ताव राखे । तर पुजारीहरूले भने कि चिन्ताको कुनै कुरा छैन , सोमनाथ भगवान् आफ्नो रक्षा स्वयं गर्न सक्नुहुन्छ एवं म्लेच्छहरूको सर्वनाश हुनेछ । महमूद गजनबीले लगभग पचास हजार मान्छेहरूलाई मुला काटेझैँ काटिदियो । असंख्य धनराशि तथा बहुमूल्य धातुहरू लुटियो र सोमनाथको मूर्ति फोडेर गजनवीले त्यसलाई मस्जिदको सिढीँमा लगाइदियो ।
५. शंकराचार्यको मायावाद – महात्मा बुद्ध पछि शंकराचार्यको अथक परिश्रमले वैदिक धर्मको प्रतिष्ठा भयो । यसमा सन्देह छैन । तर बुद्धको “सर्वं दुःखम् ” र शुन्यवादको स्थानमा “ब्रह्म सत्यं जगन्मिथ्या ” र प्रत्येक दृश्य वस्तुहरूलाई माया बताएर आर्य जातिलाई संसारबाटै विमुख गराइयो जसकारण प्रत्येक मस्तिष्कमा जगत् मिथ्याको रोगले बलियो भयो । बौद्ध मतका समान शंकराचार्यको धेरै प्रतिष्ठा भएर उनका अनुयायी धमाधम संसारको परित्याग गरेर सन्यासी बन्न थाले । जो पनि कर्तव्य कर्मबाट विमुख भएर देशमाथि भार भए । आज यिनको संख्या करिब पचास लाख बताइन्छ । यदि आज यी सबै साधु सन्यासी मिलेर विद्या , सुशिक्षा , राष्ट्रियताको कार्य गरे भने देशको कायाकल्प परिवर्तन हुन ढिलो हुनेछैन ।
६. फलित ज्योतिष – यस मिथ्या अन्धविश्वासले आर्य जातिको अकथनीय क्षति गरेको छ । शत्रुद्वारा आक्रमण हुँदा मुहूर्त हेर्ने , अगाडि बिरालोले , कौआ , कुकुर , गिद्द आए अपशकुन मान्नु , देवीदेवताको प्रशंसा वा रिसमाथि विश्वास गर्नु र भविष्य पुराणका कुराहरूलाई सत्य मानेर कर्तव्यबाट विमुख हुनु इत्यादि धेरै कारणहरू रहेका छन् जसबाट ग्रस्त भएर देशवासी पुरुषार्थ छोडेर भाग्यवादी बनेका छन् ।
७. छुवाछुत – जन्मबाटै वर्ण व्यवस्था मान्ने कारण समाजमा परिश्रमी वर्ग शुद्रलाई अछुत मान्न थालेका छन् , स्त्रीका लागि शिक्षाको द्वार बन्द भएका छन् , एक जातिका अनेक उपजातिहरू बनेका छन् जसमा आफूलाई उच्च तथाअन्यलाई नीच मान्ने परिपाटी स्थापित छ । कुनै कविको यो कथन तिनमा पूर्ण चरितार्थ छ – “ज्योँ ज्यो कदीलीकी पात पात मे पात , जो गप्पी की बात बात मेँ बात । जो गधे के लात लात मे लात , त्योँ हिन्दुओँ की जात जात मेँ जात ।” कनवाहाको युद्धमा बाबर भयभीत भएर फर्कन लागेको थियो कि उसले देख्यो राणा सांगाको सेनामा स्थान स्थानमा चुलाहरू जलिरहेका थिए । यो के हो ? सोद्धा गुप्तचरले भन्यो कि हिन्दुहरू अर्को जातिकाले छोएको भोजन खान्नन् , यिनको एकता दीर्घजीवी हुन्न । जो बाहिर एक देखिन्छन् तिनै भित्र विभक्त छन् । यो सुनेर बाबरले त्यसै समय आक्रमण गर्ने आज्ञा दियो र विजय प्राप्त गर्यो ।
८ . समष्टि धर्मको अभाव – सत्य सनातन वैदिक धर्म सामाजिक धर्म हो । यस धर्ममा मिलेर हिँड्ने , बोलने , विचार गर्ने , खाने पिउने , धन सम्पत्तिको उपयोग गर्ने र राज्य प्राप्त गर्ने धेरै उपदेशरूप मन्त्रहरू छन् । तर महात्मा बुद्ध र शंकराचार्यको दुःख एवं मायावादले धर्मको यस समष्टि स्वरूपलाई पृथक् गरिदिएको छ । परिणाम स्वरूप मान्छेहरू केवल आफ्नो मुक्तिको लागि मात्र सोँच्न थाले । लड्ने कार्य केवल क्षत्रियहरूको मात्र भयो जबकी शास्त्रहरूमा यो स्पष्ट छ कि राष्ट्रमा विपत्ति आउँदा अन्य वर्णहरूले पनि शस्त्र उठाउँनु पर्छ । जनमानसमा यो भावना बस्यो कि “कोऊ नृप होऊ हमेँ का हानि ” यसको ठुलो दुष्परिणाम भयो , किनकी जब जनसाधारणमा यो भ्रान्ति हुन गयो कि राजधानीमा राज्य जसले गरोस् हामी त केवल कर मात्र दिन्छौँ , तब विधर्मीहरूको प्रतिरोध कसले गर्ने ?
९. शुद्धको अभाव – जन्मबाटै जातिको निर्धारण र छुवाछुतको रोगले आर्य जातिलाई यति जर्जरित गरिदियो कि अबसम्म यो जाति प्रगति गर्न सकेको छैन । यसको लाभ विधर्मीहरूले खुबै उठाएका छन् । उनीहरूले क्षत्रियहरूलाई प्रलोभन दिएर वा बलपूर्वक इस्लाम स्वीकार गर्न बाध्य पारे । कुआमा गाईको माँसु खसालेर , जो भाइ कुनै कारण पतित भएको थियो उनका लागि शुद्धिको द्वार बन्द भएर अपमनित भई दुई गुना धार्मिक उन्मादले हिन्दुहरूलाई मुसलमान बनाउँन लागे । बंगालको काला पहाड , जो कि पहिले काली चन्द्र शर्मा थियो , यसको प्रत्यक्ष उदाहरण हो । अलाउद्दीन खिलजीको लागि दक्षिण भारतको विजय गर्नेवाला मलिक काफुर पहिले हिन्दु थियो । पाकिस्तानको जन्मदात जिन्ना साहबकी माता पनि ब्राह्मणी थिइन् , यस्ता धेरै उदाहरण छन् । अकबर पनि हिन्दु बन्नेवाला थियो तर बीरबलले मूर्खतापूर्ण उदाहरण दिएर उनलाई रोकिदियो । यो अक्षम्य अपराध थियो । यसलाई कहिल्यै पनि भुलाउँन सकिन्न ।
१०. आपसमा फूट – यो रोग पनि महाभारतको कालदेखि नै लागेको छ । कौरव पाण्डवहरूका बीच परस्परको कलहले भयंकर युद्ध भयो । यादवहरू परस्पर लडेर मरे । जयचन्दले पृथ्वीराजलाई तल्लो देखाउँन मोहम्मद गौरीलाई निमन्त्रण दियो , पानीपतको तेस्रो युद्धमा मराठाहरू र राजा सूरजमलको मिलन भएन , महाराजा सूरजमलको छापामार युद्धको प्रस्ताव ठुक्राउँदा ऊ चुपचाप भरतपुर फर्कियो सेनासहित ,मराठाहरूले ठुलो क्षति उठाउँनु पर्यो ।अन्यथा इतिहास अरु नै हुन्थ्यो । यस कुराका अनेक साक्षी छन् कि परस्परकोफूटले नै अधिकतर विदेशीहरूलाई विजय दिलाएको छ । “घरलाई आगो लाग्यो आफ्नै टुक्कीले” यसको अतिरिक्त युद्ध नीतिको अभाव , सहिष्णु प्रवृत्ति , केवल पेट भर्न तथा स्वार्थ इत्यादि अनेक कारणहरू अरु पनि रहेका छन् ।
(व्याख्यान शतकबाट साभार तथा अविरल डि.सी. द्वारा अनुवादित – सम्पादित )
No comments:
Post a Comment