नास्तिक मत समीक्षा
लेखक- पण्डित हरिदेवजी तर्क केशरी
प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०
प्रश्न १- नास्तिकको के लक्षण हो? अर्थात् नास्तिक कसलाई भनिन्छ?
उत्तर- जो ईश्वरको सत्ता मान्दैन ऊ मुख्य रूपले नास्तिक भनिन्छ। तर स्वामी दयानन्द सरस्वतीजीले दश प्रकारका मान्छेलाई नास्तिक संज्ञा दिनुभएको छ। यथा-
(१) जो ईश्वरलाई मान्दैन। (२) जो आत्मा र पुनर्जन्म स्वीकार गर्दैन र जो यो भन्छ किक अग्नि, वायु, जल तथा पृथ्वीबाट आत्मा उत्मन्न हुन्छ तथा मृत्यु पनि यिनको नाश हुन्छ त्यसैले परलोकको चिन्ता गर्नु व्यर्थ हो। (३) जो ईश्वरीय ज्ञान वेदलाई मान्दैन अर्थात् ज्ञानको विरोधी हो। (४) जो अभावबाट भावको उत्पत्ति मान्दछ, कमिलाबाट हात्तीको उत्पत्तिमा विश्वास गरोस्। (५) ईश्वरबिना कर्महरूलाई स्वेच्छा फलप्रदाता मान्दछन् अर्थात् यो भनौँ कि ईश्वरले जसलाई चाह्यो उसलाई लंगडो, अन्धो, कुष्ठरोगी बनाउँछन् इत्यादि। (६) स्वभाव-वादी, जो भन्छन् कि स्वभावले नै आफै सबै बिग्रदैछ, बिगार्नेवाला पनि कोही होइन, जस्तै जैन मत। (७) जा आफूलाई ब्रह्म या भगवान मान्छ, "अहं ब्रह्मास्मि" अर्थात् म ब्रह्म हुँ भन्छ। आफै ईश्वर हुँ- जस्तै नवीन वेदान्ती। (८) जो यो भन्छ कि संसार नित्य छ, सदादेखि नै छ र सदा रहिरहनेछ। जस्तै चार्वाक। (९) जो केवल प्रत्यक्ष प्रमाणलाई मान्छ, अन्य प्रमाणलाई निषेध गर्दछ। (१०) शून्यवादी, जो भन्छ कि सबै शुन्य नै शुन्य हो, वास्तवमा कुनै वस्तुको सत्ता नै छैन। यी दश प्रकारका नास्तिकमा सबै नास्तिकहरूको गणना हुन्छ।
प्रश्न २. नास्तिक मतको प्रचार कहिले र कहाँबाट चल्यो?
उत्तर- नास्तिकमतको प्रचारको र स्थान भिन्न-भिन्न छ, परन्तु मुख्य रुपले नास्तिक मतहरूको जन्मदाता भारत देश नै हो। चार्वाक, बौद्ध र जैनीहरूले नै नास्तिकवादको आधार त्यस समय राखेका थिए जब कि पश्चिमी सभ्यताको जन्म समेत भएको थिएन, भारतवर्षमा मायावाद र नास्तिकवादको विचार आदि प्राचीन कालदेखि पाइन्छ। रामचन्द्रजीको जमानामा “जबाल” ऋषि तथा हरिवंश देशका राजा “बीना” पनि यस्तै विचार राख्थे, परन्तु भारतवर्ष प्राचीनकालदेखि नै धर्म प्रधान देश रहेको छ, त्यसैले नास्तिकवादी विचारधारालाई यहाँ कहिल्यै सफलता प्राप्त भएन। यस देशमा पुरातन कालदेखि नै ईश्वर, जीव, प्रकृतिलाई नित्य, अनादि तथा स्वतन्त्र सत्ता स्वीकार गरिएको पाइन्छ, त्यसैले नास्तिकवादको यहाँ विस्तार हुन सकेन। परन्तु यस समय भारतमा जैन, बौद्ध, कम्युनिष्ट तथा पश्चिमी विचारधाराका पोषक केही ग्रेजुएट यस नास्तिकवादी विचारधाराको अति प्रबलताका साथ प्रचार-प्रसार गरिरहेका छन्।
प्रश्न ३- नास्तिवादका सबैभन्दा प्रथम प्रचारक तथा विस्तारक नेता मुख्य रुपले को भए?
उत्तर- व्यक्तिगत रुपले नास्तिकवादका प्रचारक को-को, कहाँ-कहाँ भए र कहिले-कहिले भए निश्चयले त भन्न सकिन्न परन्तु नास्तिकताका मुख्य रूपले प्रचारक तथा प्रसारक चार्वाक मतलाई नै मान्न सकिन्छ।
प्रश्न ४- चार्वाक मत कहिले प्रचलित भयो? यसका संस्थापक को थिए?
उत्तर- यस मतका जन्मदाता को थिए, यो निश्चयले त भन्न सकिन्न, परन्तु केही जन चार्वाकका अर्थ चबाएर, खानेवाला गर्छन्, केही जन चार्वाकलाई मीठो बोल्नेवाला अर्थ गर्छन्। केही जन चार्वाकको अर्थ अधिक बोल्नेवाला अर्थ गर्छन्, केही जन चार्वाकलाई एक आचार्य नै मान्छन्, जसले यो मत प्रचलित गरे। परन्तु अन्वेषण मतका संचालक “आचार्य बृहस्पति” थिए, जो बुद्धभन्दा तीन सय वर्षपूर्व तथा ईशाबाट आठ सय वर्ष पूर्व भएको थिए।
प्रश्न ५- चार्वाक मत प्रचलित हुने कारण के थियो?
उत्तर- यस मतको प्रचलनको कारण यहाँ वाममार्गीहरूको प्राबल्य थियो। वाममार्गका दुई अर्थ छन्, एक त वामको अर्थ हुन्छ सुन्दर र अर्को हुन्छ उल्टो। वाममार्गी आफ्नो मतलाई सुन्दर मार्ग भन्छन् तर यिनका कुकर्महरू देखेर वैदिक सिद्धान्तहरूले यिनलाई कुमार्गी वा वाममार्गी अर्थात् उल्टो बाटोमा हिंड्नेवाला भनेको छ, वाममार्गी संज्ञा दिने कैयौं कारण थिए।
१. वाममार्ग पशुहरू तथा मनुष्यसम्मको बलि दिन्छन्।
२. यस मतमा व्यभिचारको जोर थियो। मातरमपि न त्यजेत- यो यिनको नारा थियो।
३. मासु, रक्सीको प्रवृत्ति मान्छेहरूमा अधिक थियो। यज्ञमा पनि मासु, रक्सीको प्रयोग हुन्थ्यो।
४. जन्तर-मन्तर, जादु-टोना, भूतप्रेत तथा बोक्सी आदिमाथि मान्छेहरूको पूर्ण विश्वास थियो।
५. प्रत्येक नराम्रो कुरा र अनिष्ट रीति-रिवाजलाई शास्त्रप्रमाणले सिद्ध गरिन्थ्यो र प्रत्येक नराम्रो कुरालाई धर्मको अंग तथा मुक्तिको साधन मानिन्थ्यो।
यस प्रकारका विचारहरूको प्रतिक्रिया र विरोधको फलस्वरूप चार्वाक वा नास्तिकमतको प्रादुर्भाव भयो। परन्तु वर्तमान समयमा यस मतको खुबै जोडका साथ प्रचार भइरहेको छ; बौद्ध, जैन, पाश्चात्य विद्वान तथा मार्क्सवादी कम्युनिष्टहरू यस मतको जोर-हल्ला का साथ प्रचार गरिरहका छन्? यिनको मुख्य मान्यता आस्तिक नास्तिक संवादका रूपमा वर्णन गरिएको छ।
आस्तिक नास्तिक संवाद
नास्तिक- यस संसारको कर्ता, धर्ता, संहर्ता कोही छैन। आगो, हावा, माटो, पानी, चारै तत्व स्वतः आफै नै स्वभावले पाइन्छन् र त्यसबाट जगत्को उत्पत्ति हुन्छ।
आस्तिक- बिना चेतन परमेश्वरको निर्माण गरिएका जड पदार्थ स्वयं परस्परमा स्वभावले नियमपूर्वक मिलेर उत्पन्न हुन सक्दैनन्। यदि स्वभावले नै भएको भए अर्को सूर्य, चन्द्र, पृथ्वी, नक्षत्र आदि आफै नै किन बन्दैन।
अर्को कुरा बनाउँनेवाला बिना कुनै वस्तु बन्दैन, र यो संसार बनाइएको हो, कार्यरूप छ अतः यसको पनि कोही न कोही कर्ता अवश्य हुनुपर्छ, जो ज्ञानपूर्वक यस जड प्रकृतिलाई कारणरूपबाट कार्यरूपमा लैजाने अथवा कार्यरूपबाट कारण रुपमा परिवर्तित गरिदिने, यो केवल सर्वज्ञसृष्टि कर्ता ईश्वर नै गर्न सक्छन्, अर्कोले होइन। त्यसलैले वेदान्त दर्शन भन्छ- "जन्माद्यस्ययत:" (१/१/२) अर्थात् जो संसारको उत्पत्ति, स्थिति, प्रलयकर्ता हो तिनै ईश्वर हुन्।
त्यस्तै यस शरीरको एक एक अंगलाई हेर्नुस्, र थाहा पाउँनुहुनेछ कि यस्तो अद्भूत रचना कुनै जीवले गर्न सक्दैन, जीव त शरीरको यौटा रौँ त बनाउँन सक्दैन अतः जसले शरीर र शरीर स्थित अंग-प्रत्यंगको अद्भूत रचना गरेको हो, त्यो परमेश्वर नै हो।
नास्तिक- यदि ईश्वरको रचनाबाट नै सृष्टि हुन्छ भने माता-पिता आदिको के आवश्यकता, बिना माता-पिताको पनि सन्तान हुनुपर्ने?
आस्तिक- सृष्टि रचना दुई प्रकारले हुन्छ; एक ऐश्वरी, अर्को जैवी। ऐश्वरी सृष्टिका कर्ता ईश्वर हुन्, जैवी सृष्टिको होइन किनकी त्यो जीवको कर्म हो। त्यो जीव नै कर्ता हो ईश्वर होइन। जसरी वृक्ष, फल, औषधी आदि ईश्वरले उत्पन्न गरे, त्यसैलाई यदि मनुष्यले कुटेन, पिसेन भने तथा रोटी आदि बनाएन भने एवं त्यसलाई खाएनन् भने के मनुष्यको साटो त्यो कार्य भगवानले गर्छन् होला त? अवश्य पनि गर्दैनन् किनकी यो कार्य जीवको हो न कि भगवानको। यदि यो कार्य जीवले नगरे उनीहरूको जीवन कष्टकर हुन जान्छ त्यसैले आदि सृष्टिमा जीवको शरीर रूपी साँचाहरूलाई बनाउँने काम ईश्वरको थियो तत्पश्चात् तिनीबाट पुत्रादि उत्पत्ति गर्नु जीवको काम हो, ईश्वरको होइन।
नास्तिक- यदि कुनै ईश्वर छन् भने उनको प्रत्यक्ष किन हुँदैन, जसबाट मान्छेहरूको उनीप्रति विश्वास हुन जाओस् कि वस्तुतः ईश्वर छन् भनेर?
आस्तिक- यो भन्नु सर्वथा अशुद्ध र भ्रमपूर्ण हो कि ईश्वर कहिल्यै प्रत्यक्ष हुन्न। हो! प्रत्यक्ष दुई प्रकारको हुन्छ। एक बाह्य प्रत्यक्ष जो इन्द्रियद्वारा हुन्छ; यथा आँखाबाट रूपको, नाकबाट गन्धको, कानबाट शब्दको, जिब्रोबाट रसको र छालाबाट स्पर्शको। अर्को आन्तरिक प्रत्यक्ष जो अन्तःकरण (मन, बुद्धि, चित्त, अहंकार) द्वारा गरिन्छ; जस्तै सुख-दुःख, राग-द्वेष, भोक-तिर्खा आदि एवं आत्मा अथवा परमात्माको प्रत्यक्ष बाह्य इन्द्रियहरूद्वारा होइन, परन्तु आन्तरिक इन्द्रिय शुद्ध मनद्वारा हुन्छ। बाह्य इन्द्रिय स्थूल छन् जसकारण स्थूल वस्तुहरूको मात्र ग्रहण गर्दछन्, अति सूक्ष्म वस्तुहरूको ग्रहण गर्दैनन्। यसैले योगीजन नै सूक्ष्म बुद्धि एवं शुद्धान्तःकरणद्वारा ईश्वरको साक्षात्कार गर्दछन् अन्यको होइन। यसैले सत्यार्थप्रकाशमा स्वामीजी लेख्नुहुन्छ-
“जसरी कानले रुप र आँखाले शब्दको ज्ञान लिन सक्दैनन्, त्यसरी नै शुद्धान्तःकरण, विद्या, योगाभ्यास र मल विक्षेप आवरणले रहित पवित्रात्माको बिना त्यस परमात्मालाई प्रत्यक्ष गर्न सकिन्न। जसरी अनपढलाई विद्याको प्राप्ति हुँदैन, त्यसरी नै योगाभ्यास र विज्ञान बिना पनि परमात्माको प्रत्यक्ष हुँदैन।”
“जसरी शब्द रूप आदिबाट पांचभूतहरू आकाश, पृथ्वी आदिको ज्ञान हुन्छ। त्यसरी नै सृष्टिमा परमात्माको रचना विशेष र ज्ञान विशेषलाई देखेर परमात्माको प्रत्यक्ष हुन्छ।”
“जसरी पाप आचरणको इच्छाको समयमा भय, लज्जा र शंका उत्पन्न हुन्छ, त्यस अन्तर्यामी ईश्वरका तर्फबाट नै हुन्छ। यसबाट पनि परमात्माको प्रत्यक्ष हुन्छ।”
“जब जीवात्मा शुद्ध भएर परमात्माको विचार गर्दछ तब उसलाई आफ्नो तथा परमात्मा दुवैको साक्षात्कार हुन्छ।”
केनोपनिषद्मा पनि भनिएको छ-
"दृश्यते त्वग्रया बुद्धया सूक्ष्मया सूक्ष्म दर्शिभि:।"
अर्थात् सूक्ष्म दृष्टि राख्नेवाला योगी र तपस्वी जन नै अत्यन्त सूक्ष्म बुद्धिद्वारा त्यस परमात्मा देवको दर्शन गर्दछन्।
यस्तै श्वेताश्वतरोपनिषदमा पनि भनिएको छ-
"ते ध्यान योगानुगता अपश्यन्"
अर्थात् ती (योगीहरू) ले ध्यान योगमा समाधिस्थ भएर त्यस ब्रह्मलाई प्रत्यक्ष गरे। र जसले प्रत्यक्ष गरे उनीहरू आनन्दले रमण गरे।
"त्वमेव प्रत्यक्षं ब्रह्मासि, त्वामेव प्रत्यक्षं ब्रह्म वदिष्यामि, ऋतं वदिष्यामि, सत्यं वदिष्यामि।। -तैत्तिरीयोपनिषद्
हे प्रीतम मैले तिमीलाई प्रत्यक्ष गरिसको छु। तिमी ब्रह्म हौँ, तिमीमा प्रत्यक्ष ब्रह्मलाई नै म ब्रह्म भन्नेछु। ठिक-ठिक भन्नेछु। सत्य नै भन्नेछु।
अतः उपरोक्त प्रमाणहरूले सिद्ध हुन्छ कि ब्रह्मको वास्तवमा प्रत्यक्ष हुन्छ। यो सर्वथा सत्य हो परन्तु साथसाथ यो पनि स्मरण रहोस् कि-
सर्वत्र स्थित छन् तर दृष्टिमा उनी आउँदैनन्।
योग साधनका बिना पत्तोमा उनी लाग्दैनन्।।
नास्तिक- कठोपनिषदमा पनि भनिएको छ कि ती परमात्मा शुद्ध मनद्वारा जान्न सकिन्छन्; यथा “मनसैवेदमाप्तव्यम्” अशुद्ध मनद्वारा होइन, तब शुद्ध मनको पहिचान के हो?
आस्तिक- जब वित्तैषण, पुत्रैषणा, लोकैषणा यी तीनै मनबाट टाढा हुन्छन् तब मन शुद्ध र पवित्र हुन जान्छ तब प्रभुको साक्षात्कार हुन्छ। यसलाई यस प्रकारले पनि भन्न सकिन्छ जब मनको दोष त्रय- मल, विक्षेप र आक्षेप, साधनत्रय- स्तुति, प्रार्थना र उपासनाद्वारा हटाउँन सकिन्छ तब मन पवित्र तथा स्थिर भएर त्यस ब्रह्मलाई प्राप्त गर्नमा समर्थ हुन्छ।
नास्तिक- मल, विक्षेप, आवरण कसलाई भनिन्छ?
आस्तिक- मनमा अरुलाई हानी नपुर्याउँने विचार तथा आत्मामा जो पापहरूका जन्म-जन्मान्तरका कुसंस्कार हुन्छन्, ती 'मल दोष' नामले भनिन्छन्।
लगातार विषयहरूको चिन्तन वा ध्यान अथवा मनको स्थिर न नहुनेको नाम नै 'विक्षेप' दोष हो।
संसारका नाशवान् पदार्थहरूको प्राप्तिबाट उत्पन्न अभिमानको पर्दा जो मनमा परिरहन्छ त्यसलाई आवरण दोष भनिन्छ।
यी दोषहरू हटेपछि नै प्रभुको दर्शन हुन्छ।
नास्तिक- ती परमात्मा एक छन् कि अनेक? संसारमा जब हामी अनेक प्रकारका निर्मित वस्तुहरू देख्छौँ तब तिनमा अनेक कर्ताहरूको अनुमान हुन्छ। यसरी नै जब हामी यस विविध प्रकारका संसारमा नाना प्रकारका वस्तुहरूलाई बनेको देख्छौँ तब यसबाट अनुमान हुन्छ कि यस संसारमा बनाउँनेवाला पनि धेरै कर्ता छन्, एक नाइ। अतः सन्देह हुन्छ कि यस संसारलाई बनाउँनेवाला पनि अनेक ईश्वर छन् एक होइनन्- कसैले सूर्य, चन्द्र बनाएका होलान्, कसैले पहाड, समुद्र र कसैले पशु-पक्षी, मनुष्यादि बनाए होलान्।
आस्तिक- यस्तो शंका गर्न उचित छैन किनकी धेरै पल्ट एकै कर्ता धेरै प्रकारका वस्तुहरूको निर्माता वा रचयिता हुन्छ, जो उसको अद्भूत बुद्धि तथा कौशलको परिचायक हुन्छ। जति प्रकारका वस्तुहरूको निर्माण कसैले जान्दछ त्यति नै ज्ञानवान् तथा बुद्धिमान् ऊ मानिन्छ। यसै प्रकार अनेक प्रकारका संसारको रचना ईश्वरको अद्भूत ज्ञान र बुद्धि कौशलको परिचय गराउँछ न कि ऊ अनेक हुने। अतः वेद, दर्शन सबै ऊ हुने साक्षी दिन्छन्, न कि अनेक हुने। यथा-
य: एकश्चर्षणीनां वसूनामिरज्यति।
इन्द्र: पञ्च क्षितीनाम्।। -ऋग्० १/७/९
जो प्रभु एक छन् र अनेकौ पृथिवीहरू एवं विविध प्रकारका धनहरूका स्वामी हुन् तथा पाँच प्रकारका प्रजा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र निषादका संरक्षक हुन् तिनको स्तुति गर।
भुवनस्य यस्पतिरेक एव नमस्यो -अथर्व० २/२/१
जो सारा संसारका स्वामी हुन् र एक छन्, तिनै प्रभु नमनीय एवं उपासनीय छन्।
न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते,
न पञ्चमो न षष्ठ: सप्तमो नाप्युच्यते।
नाष्टमो न नवमो दशमो नाप्युच्यते,
य एतं देवमेकवृतं वेद। -अथर्व १३/४/१६-२१
उनलाई दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ, दशौँ भन्न सकिन्न। जो उसलाई अद्वितीय र एक वृत्त अर्थात् एक्लै संसारको उत्पत्ति, स्थिति, प्रलयादिको व्यवहार चलाउँनेवाला जान्छ तिनै उनलाई जान्दछन्। यस प्रकार एक ईश्वर हुनेबो स्पष्ट एवं सुन्दर वर्णन वैदिक धर्मको अतिरिक्त अन्यत्र स्थानमा पाइनु असम्भव र दुष्कर छ।
नास्तिक- यदि ती ईश्वर अनेक छैनन एक छन् भने ती व्यापक छन् वा एक स्थानमा?
आस्तिक- ती सर्वव्यापक छन् एक स्थानमा होइन। यदि एक स्थानमा भएको भए अनेक प्रकारका संसारको पालन पोषण एवं संरक्षण कसरी हुन्थ्यो?
नास्तिक- यदि ती सर्वव्यापक छन् भने पुनः किन आँखाले देखिन्नन्?
आस्तिक- देख्न नसकिने धेरै कारण छन्; जस्तै सांख्य-कारिकामा भनिएको छ-
अतिदूरात सामीप्यादिन्द्रियघातान्मनो ऽनवस्थनात्।
सौक्ष्म्याद् व्यवधानादभिभवाद् समानाभिहाराच्च।।
१. देख्न नसकिने प्रथम कारण हो अति टाढा हुनु। जस्तै लण्डन वा अमेरिका टाढा भएका कारण देखिदैनन् तर तिनको सत्तालाई कसैले नकार्न सक्दैन।
२. दोस्रो कारण हो अति समीप हुनु, अति समीप भएका कारण वस्तु देखिँदैन। जस्तै आँखाको लाली या आँखाको गाजन अति नजीक भएका कारण देखिँदैन, अथवा पुस्तक आँखाको अति नजीक भए देखिँदैन।
३. इन्द्रिय विकृत या खराब भए पछि पनि वस्तु देखिँदैन। जस्तै आँखा दुखेको बेला वा आँखा फुटेपछि कसैले यो भनोस् कि सूर्य, चन्द्रादि कसैको सत्ता छैन, के यो ठिक मान्न सकिन्छ?
४. मन अस्थिर हुंदा पनि कुनै वस्तु देखिदैन। जस्तो कोही व्यक्ति अगाडिबाटै हिंडोस्, तर पनि विषयबारे सोध्दा उत्तर पाइन्छ कि मेरो ध्यान त्यसतर्फ थिएन। त्यसैले म भन्न सक्दैन कि ऊ यहांबाट हिंड्यो कि नाइ।
५. अति सूक्ष्म भएपछि पनि कुनै वस्तु देखिँदैन। जस्तै आत्मा, मन, बुद्धि, परमाणु, भोक, तिर्खा, सुख-दुख, ईर्ष्या, द्वेष आदि।
६. पर्दाका कारण पनि कहिलेकाही वस्तु देखिँदैन। जस्तै ट्रकको भित्र भएको वस्तु बाहिरबाट देखिँदैन।
७. समान वस्तुहरूको सम्मिश्रण भए पछि वा वस्तुहरू एक आपसमा मिलेका भएपछि पनि वस्तु देखिँदैन। जस्तै दुधमा पानी, तिलमा तेल, दहीमा नौनी, काठमा आगो। यसैप्रकारले परमात्मा सबै वस्तुहरूमा व्यापक भएकाले अत्यन्त सूक्ष्म भएका कारण आँखाले देखिदैन। तर-
जसरी अग्निको ज्वाला काठमा मौजुद छ।
त्यसरी नै परमात्मा हर रंगमा मौजुद छ।।
८. कुनै वस्तु कुनैको प्रभवमा दाबिएर पनि वस्तु देखिदैन। यथा दिनमा तारा सूर्यको प्रकाशका कारण देखिन्न अथवा आगोमा रहेको फलाम पनि आगोको प्रभावले देखिन्न। परन्तु ज्ञानको आँखाले त्यो देखिन्छ- यसरी नै परमात्माको दर्शनका लागि पनि भित्रका आँखाको आवश्यकता पर्दछ। कसैले ठिकै भनेको हो कि-
कहाँ ढूंढ़ा उसे किस जा न पाया-कोई पर ढूंढने वाला न पाया,
उसे पाना नहीं आसां कि हमने, न जब तक आप को खोया न पाया।
नास्तिक- यदि ऊ सबै स्थानमा व्यापक छ भने कि फोहोर, शौचालय आदिमा पनि उसको वास छ होला, यस प्रकारले त ती परमात्माको दुर्गति हुन्छ।
आस्तिक- तपाईको विचार ठिक छैन किनकी सुगन्घ, दुर्गन्ध इन्द्रियद्वारा प्रतीत हुन्छ र परमात्मा इन्द्रियातीत छ अर्थात् इन्द्रियहरूले रहित छ त्यसलाई उसलाई सुगन्ध-दुर्गन्धले रहित छ।
अर्को कुरा जो वस्तु आफूबाट भिन्न स्थानमा हुन्छ त्यसलाई आफूबाट पृथक् बाहिरबाट सुगन्ध-दुुर्गन्ध आउँछ, जो वस्तु आफूभित्रै हुन्छ त्यसलाई सुगन्ध-दुर्गन्ध आउँदैन। जस्तै मल आदि हामी भित्रै हुँदासम्म हामीलाई दुर्गन्ध आउँदैन। यसै प्रकारले यो सारा संसार र उसका सबै वस्तुहरू पनि ईश्वरभित्रै विद्यमान छन्, त्यसैले उसलाई सुगन्ध-दुर्गन्ध आउँदैन, न त त्यसको उनीमाथि कुनै प्रभाव नै पर्छ। कठोपनिषद्मा पनि भनिएको छ-
सूर्यो यथा सर्वलोकस्य चक्षुर्न लिप्यते चाक्षुषैर्बाह्यदोषै:।
एकस्तथा सर्वभूतान्तरात्मा न लिप्यते लोकदुःखेन बाह्य:। -अ० २, वल्ली ५, श्लो० ११
जसरी सूय सारा संसारको आँखा हो, तर चक्षु बाह्य दोषहरूले प्रभावित हुँदैन त्यसरी नै प्राणीहरूको अन्तरात्मा लोकमा हुनेवाला दुःखहरूले लिप्त हुँदैन किनकी ऊ सबैमा रहन्छ र उसमा सबै संसार रहन्छ। संसारमा रहँदा रहँदै पनि सबैबाट बाह्य अर्थात् सबै संसारबाट पृथक्, अलिप्त छ।
नास्तिक- जब ऊ स्वयं इन्द्रिय रहित तथा इन्द्रियहरूबाट जान्न सकिन्न भने उसको ज्ञान हुनु असम्भव छ, पुनः जान्ने प्रयत्न व्यर्थ छ?
आस्तिक- उसलाई पाउँने प्रयत्न गर्नु व्यर्थ छैन किनकी ईश्वरको सत्ताको उसको विचित्र ब्रह्माण्ड र त्यसमा विचित्र नियमानुसार कार्यहरूलाई देखेर बुद्धिमान्, ज्ञानी, तपस्वीले राम्ररी अनुभव गर्दछ। यसबाहेक प्रभु-प्राप्तिको साधन इन्द्रियहरू होइनन् जीवात्मा हो। योगाभ्यास आदि क्रियाहरूद्वारा जीवात्मा तिनको प्रत्यक्ष अनुभव गर्दछ तथा आनन्दको लाभ गर्दछ। कठोपनिषद्मा ठिक लेखिएको छ-
एको वशी सर्व भूतान्तरात्मा एकं रूपं बहुधा य: करोति।
तमात्मस्थं येऽनुपश्यन्ति धीरास्तेषां सुखं शाश्वतं नेतरेषाम्। -अ० २, वल्ली ५, श्लो० १२
अर्थात् ऊ एक, सबैलाई वशमा राख्नेवाला, सबै प्राणीहरूको अन्तरात्मामा स्थित छ। आफ्नौ आत्मामा स्थित ती परमात्मालाई जो ज्ञानी जन दर्शन लाभ गर्दछन् ती परमानन्दलाई प्राप्त गर्दछन्।
नास्तिक- ईश्वरलाई मान्नले मनुष्यको स्वतन्त्रता लुटिन्छ, त्यसैले मान्नु व्यर्थ हो?
आस्तिक- ईश्वरलाई मान्नु तथा उनको उपासना गर्नको अन्तिम फल मुक्ति हो। मुक्ति स्वतन्त्रताको केन्द्र हो, जहाँ सबै प्रकारका बन्धन टुटुछन्; अतः ईश्वरलाई मान्नाले स्वतन्त्रताका साथ दुःखहरूको समाप्ति तथा आनन्दको प्राप्ति पनिहुन्छ। त्यसैले ईश्वरलाई मान्नु तथा जान्नु आवश्यक छ, व्यर्थ छैन।
नास्तिक- ईश्वरलाई अज्ञेय अर्थात जान्न योग्य नभएको भनिएको छ भने उसलाई जान्ने श्रम गर्नु व्यर्थ छ।
आस्तिक- सृष्टि तथा उसका विविध पदार्थहरू एवं उसमा काम गरिरहेका अनेक प्रकारका नियमहरूलाई नियमहरूलाई देखेर उसका रचयिताको बोध सरलताका साथ हुन्छ। जस्तै आकाश, वायु, अणु, परमाणु आदि इन्द्रिय रहित छ परन्तु उसको निश्चय बुद्धिले भइहाल्छ, यसै प्रकारले शुद्धान्तःकरणद्वारा प्रभुको ज्ञान हुन्छ। यसमा कुनै प्रकारको कुनै बाधा वा परिश्रमको आवश्यकता छैन।
नास्तिक- ईश्वरलाई सगुण भनिएको छ। प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, त्यसैले ईश्वरलाई पन नाशावान् मानिन्छ कि?
आस्तिक- प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, यो कुनै नियम होइन। जब सत्व, राजस्, तमस् गुणवाला प्रकृति नै नाशवान् छैन भने ईश्वर सगुण हुँदैमा कसरी नाशवान् मान्ने। ईश्वर न्याय, दया, ज्ञानादि गुणहरूले सगुण तथा अजर, अमर, अजन्मा आदि भएकालेनिगुण भनिन्छ।
नास्तिक- जगत् नित्य छ, यसै प्रकार अनादि कालबाट चल्दै आइरहेको छ र यसैप्रकारले अनन्तकालसम्म चलिरहनेछ। संसारका समस्त वस्तुहरू आफ्नो स्व्भावले बन्छ र बिग्रन्छ- यसैले ईश्वरलाई मान्ने के आवश्यकता?
आस्तिक- जगत् मिश्रित वस्तुहरूको संग्रहको नाम हो। किनकी संसारका समस्त वस्तुहरू मिश्रित छन् त्यसैले यी कुनै न कुनै दिन अवश्य बनेका हुन्। मिश्रिमत वस्तुहरू नित्य हुँदैनन्, किन्तु नाशवान् हुन्छन्। त्यसैले जगत् नित्य होइन बरु रचिएको हो। जब रचिएको हो भने यसको रचयिता पनि अवश्य छ। उसैलाई जान्नु सत्यलाई प्राप्त गर्नु हो अतः व्यर्थ होइन।
नास्तिक- संसारमा कुनै नियम देखिँदैन। समस्त घटनाहरू आकस्मिक (Accidental) देखिन्छन् त्यसैले नियामक ईश्वरलाई मान्ने कुनै आवश्यकता छैन?
आस्तिक- संसार एक नियममा बाँधिएको छ, आकस्मिक रूपमा कहिल्यै केही हुँदैन। सूयको समयमा उदय हुनु र अस्त हुनु, दिनपछि रात तथा रातपछि दिन हुनु, ऋतुहरूको नियमले आउँनु तथा जानु, सृष्टि उत्पत्ति एवं प्रलय कुनै वस्तुमाथि दृष्टि राख्नुस् कुनै नियममा बाँधिएको देख्नुहुनेछ, जब नियम हुन्छ भने नियामक पनि अवश्य नै होला त्यसैले उपनिषद्कार भन्छन्-
भयादस्याग्रिस्तपति भयात्तपति सूर्य:।
भयादिन्द्रश्च वामुश्च मृत्युर्धावति पञ्चम:।। -कठ० अ० २, वल्ली ६, श्लोक ३
यसै ब्रह्मको भय (नियम) ले अग्नि तातो हुन्छ, उसैको भयले सूर्य प्रकाश दिन्छ, उसैको नियमले बाँधिएको बिजुली, वायु र मृत्यु आफ्नो-आफ्नो कार्य नियमपूर्वक गर्दछन्।
नास्तिक- जो गुण ईश्वरमा छन् तिनै सारा गुण प्रकृतिमा पनि छन् भने पुनः ईश्वरको के आवश्यकता?
आस्तिक- जो गुण ईश्वरमा छन् ती सबै गुण प्रकृतिमा छन् यो भन्नु ठिक होइन। ईश्वर चेतन र प्रकृति जड हो। जबसम्म ईश्वर त्यसमा गति उत्पन्न गर्दैनन् तबसम्म प्रकृति केही गर्न सक्दैन। प्रकृति जब सृष्टि अवस्थामा हुन्छ, तब काम गर्दछ। जब प्रलयावस्थामा हुन्छ, विश्राम गर्दछ। जब प्रलय समाप्त भएर सृष्टि रचनाको काल आउँछ तब ईश्वर आफ्नो शक्तिले परमाणुहरूमा गति उत्पन्न गरिदिन्छ, त्यसबाट प्रकृति सूक्ष्मावस्थाबाट स्थूलावस्थामा परिणत हुन प्रारम्भ हुन्छ। प्रथम अवस्थालाई महत्तत्व, दोस्रोलाई अहंकार, तेस्रोलाई पंचतन्मात्रा या सूक्ष्मभूत भनिन्छ, चौथो अवस्थाबाट १० इन्द्रियहरू र एघारौँ मन बन्दछ, पाँचौँ अवस्थाबाट सूक्ष्म शरीर बन्छ। यिनै पाँच स्थूल भूतहरूबाट सारा वस्तुहरू र सबै प्राणीहरूका विविध शरीर बन्दछन्। यदि ती ईश्वरले जड प्रकृतिमा गति नदिए केही हुन सक्दैन? त्यसैलै उनलाई मान्न जरुरी छ।
नास्तिक- त्यस ईश्वरलाई मान्नमा के युक्ति वा प्रमाण छ, जसबाट उसलाई मान्न सकियोस्?
आस्तिक- उसलाई मान्नमा अनेकौँ युक्ति वा प्रमाण छन् जसबाट उसको सिद्धि हुन्छ, परन्तु संक्षेपले यो भन्न सकिन्छ कि-
१. जो यस संसारका कर्ता, धर्ता र संहर्ता हुन् ती ईश्वर हुन् किनकी बिना कुनै चेतन सत्ताको सृष्टिको उत्पादन, धारण, पालन-पोषण तथा प्रलयमा परिणत हुन असम्भव छ। वेदान्तदर्शनमा भनिएको छ- "जन्माद्यस्यपत:" जसबाट संसारको उत्पत्ति, स्थिति, प्रलय हुन्छ तिनी परमेश्व हुन्।
२. जो जीवहरूका कर्मका फल प्रदाता हुन् ती ईश्वर हुन् किनकी स्वेच्छाले कुनै पनि जीव पापकर्महरूको फल भोग्न चाहँदैन।
३.जो आदि सृष्टिमा जीवहरूलाइ ज्ञान प्रदान गर्दछ उनी नै ईश्वर हुन् किनकी बिना गुरुको ज्ञान प्राप्त हुँदैन र आदि सृष्टिमा उनी बाहेक अरु कोही गुरु थिएन। सः सर्वेषामपि गुरु कालेनानवछेदात्।
४. जो यस सारा संसारलाई नियमहरूमा चलाइरहेको छ त्यस चेतन शक्तिको नाम ईश्वर हो।
तदेजति तन्नैजति तद्द्रे तद्वन्तिके।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यत:। -यजु० अ० ४०, मं० ५
ऊ सबैलाई गति दिन्छ परन्तु स्वयं गति गर्दैन, टाढाभन्दा टाढा छ र नजीकभन्दा नजीक छ। ऊ सबैको भित्र तथा बाहितर प्रत्येक वस्तुमा ओत-प्रोत भएरहेको छ।
५. समाधि सुषुप्ति मोक्षेषु ब्रह्मरूपता, समाधि, सुषुप्ति र मोक्षमा जसको सम्पर्कमा आएर जीवलाई परमानन्दको प्राप्ति हुन्छ ती परमात्मा हुन्- तर आज संसार उसलाई भुलेर महान् कष्ट पाइरहेको छ। अकबर इलाहबादीले ठिक भनेका थिए कि-
भूलती जाती है दुनिया आसमानी बाप को
बस खुदा समझा है इसने बर्फ को और भाप को
बर्फ गिर जायेगी इक दिन उड़ जायेगी भाप
देखना अकबर बचाये रखने अपने आपको
नास्तिक- तपाई भन्नुहुन्छ कि ईश्वरका इन्द्रियहरू वा शरीर हुँदैन। जब इन्द्रियहरू र शरीरहरू नै छैन, भन ऊ यस विविध संसारको रचना कसरी गर्दछ?
आस्तिक- ती सारा कार्य जो इन्द्रिय शरीर तथा अन्तःकरणद्वारा गरिन्छन्, आफ्नो सामथ्र्यले गर्दछन्। त्यसैले तिनलाई इन्द्रिय र शरीरको आवश्यकता पर्दैन। उपनिषद्मा पनि भनिएको छ-
अपाणिपादो जबनो ग्रहीता, पश्यत्यचक्षु स: श्र्णोत्यकर्ण:।
सवेत्ति वेद्य न च तस्यास्ति वेत्ता, तमाहुरग्रयं पुरुषं महान्तम्।।
अर्थात् ती परमात्मा बिना हातको सबै वस्तुहरू ग्रहण गर्दछ्, तथा खुट्टाबिना हिँड्छन्। बिना आँखाको सबै देख्छन् र बिना कानको सबै सुन्छन्। उनी सबै जान्छन् परन्तु उनलाई पूर्ण रूपले कसैले जान्दैन। उनलाई ज्ञानी, महान् र आदिपुरुष भनिन्छ।
तुलसीदास पनि भन्नुहुन्छ-
बिनु पग चले सुने बिनु काना, कर बिनु कर्म करे बिधि नाना।
बिनु वाणी वक्ता बढ़ योगी, आनन रहित सकल रस भोगी।।
No comments:
Post a Comment