Saturday, August 8, 2020

श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?


श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?

लेखक- श्री विष्णु शर्मा
नेपाली अनुवादक- अविरल डि० सी०

प्रायः अनेक प्रकारका विभिन्न विचारधारावाला विद्वान् महोदयहरू गीतामा यो आक्षेप लगाउँनुहुन्छ कि गीतामा जिहाद छ र भीषण नरसंहारको आदेश दिइएको छ किन्तु आश्चर्यको कुरा यो हो कि यस्ता मान्छेहरू कहिल्यै गीता उठाएर देखेका पनि हुँदैनन्। केवल सुनेकोभनेको कुरालाई मनमा गाँठो पारेर असत्यको प्रचार गर्छन् जब कि सत्य यसभन्दा उल्टो छ। आउँनुहोसु सत्य के हो विमर्श गरौँ-

जब भगवान् कृष्णले पाण्डवहरूको अधिकार माँग्न हस्तिनापुर जानुभयो तब दुर्योधनले साफ साफ निषेध गरिदिन्छ र भन्छ-
'सूच्यग्रं नैव दास्यामि विना युद्धेन केशव!'
अर्थात् 'म बिना युद्ध गरेर सुइयोको टुप्पो अट्ने जति भूमि पनि दिनेछैन।'

यस वाक्यांशबाट दुर्योधनको मानसिकता स्पष्ट हुन्छ कि यदि उसबाट अलिकति पनि जमीन चाहिए युद्ध गर्नुपर्छ। यसबाहेक अन्य कुनै बाटो छैन।
यस प्रकार युद्धको आधारस्तम्भ दुर्योधनले शान्तिप्रस्तावलाई अवहेलना गरेर नै राखिदिन्छ। भीष्म, द्रोण, कृपाचार्य आदिले पनि विवश भएर उसैको साथ दिन्छ र आफ्नो विवशता यी शब्दमा व्यक्त गर्दछन्-

अर्थस्य पुरुषो दासो दासत्वर्थो न कस्यचित्।
इति सत्यं महाराज बद्धोऽस्म्यर्थेन कौरवैः।।
अतस्त्वां क्लीववद् वाक्यं ब्रवीमि कुरुनन्दन।
भृतोऽस्म्यर्थेन कौरव्य युद्धादन्यत् किमिच्छसि।।

महाराज! पुरुष अर्थ (धन) को दास हो, अर्थ कसैको दास होइन। यो सत्य कुरा हो। म कौरवहरूसँग अर्थ (धन) ले बाँधिएको छु। कुरुनन्दन! यसैले आज म तिम्रा सामु नपुंसकका समान वचन बोल्छु। धृतराष्ट्रका पुत्रहरूले धनद्वारा मेरो भरणपोषण गरेका छन्। यसैले (तिम्रो पक्ष भएर) उनीहरूको युद्ध गर्ने अतिरिक्त तिमी के चाहन्छौ, यो बताऊ।

(यो कथन भीष्म, द्रोण र शल्यको हो, पुनरुक्ति दोष नहोस् भनेर एक पल्ट मात्र दिइदै छ, विस्तृत जानकारीका लागि महाभारतको भीष्म पर्वको भीष्म वध पर्व पढौँ जो कि महाभारतमा गीताको पछि छ।)

यसबाट ती सबैको विवशताको पत्तो लाग्छ साथसाथै यो पनि ज्ञात हुन्छ कि यी सबै जान्दथे कि कौरवपक्ष गलत थिए र गलत पक्षको साथ दिनु त्यत्तिकै गलत हो जत्ति कि गलत काम गर्नेवाला।

यद्यपि अर्जुन विषादमा डुबेर शोकाकुल हुन गए फेरि पनि कौरवहरूलाई आततायी र दुष्ट मान्दथे-
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याजनार्दन।
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः।।
“हे जनार्दन! धृतराष्ट्रका यी पुत्रहरूको हत्या गरेर हामीलाई के सुख प्राप्त हुन सक्छ। यद्यपि यी आततायी हुन्, दुष्ट हुन् तथापि यिनको हत्याले हामीलाई नै पाप हुनेछ।” (गीता १।३६)

यहाँ आततायी शब्द धेरै नै महत्वपूर्ण छ। वशिष्ठ स्मृतिमा आततायीको लक्षण यस प्रकार दिइएको छ-
अग्निदो गरदश्चैव शस्त्रपाणिः धनापहः।
क्षेत्रदारहरश्चैव षडेत आततायिनः।।
अर्थात्-
१. घरमा आगो लगाउँनेवाला
२. विष दिने या खुवाउँनेवाला
३. शस्त्रहातमा लिएर मार्नका लागि आउँनेवाला
४. धन लुट्नेवाला
५. खेत वा भूमि लुट्नेवाला
६. स्त्री हरण गर्नेवाला

यस प्रकारका समस्त कर्म गर्नेहरू आततायी हुन् र कौरवहरूमा यी ६ लक्षण घट्छन् पनि-
१. लाक्षागृहमा आगो लगाउँने
२. भीमसेनलाई धोखाले विष खुवाउँने
३. सधै युद्धमा अस्त्र लिएर मार्न तैयार हुने
४. जुवामा पाण्डवहरूको धन, राजपाट खोस्ने
५. जयद्रथद्वारा द्रौपदीको हरण गर्नु एवं दुर्योधन तथा दुःशासनद्वारा पनि सभामा द्रौपदीको अपमान गर्नु, उनलाई निर्वस्त्र गर्ने प्रयत्न गर्नु।
६. जीविकाको लागि पाण्डवहरूलाई पाँच गाउँ पनि नदिनु

यस प्रकार समस्त कौरवहरू मारिन योग्य थिए किनकी सबै आततायी थिए। मनुस्मृतिमा पनि आततायीहरूलाई देख्ना साथ मार्ने आदेश छ-
‘आततायिनमायान्तं हन्यादेवाविचारयन्।'

यसैकारण भगवान् श्रीकृष्ण यी सबैलाई वध गर्न योग्य मान्नुहुन्थ्यो किनकी जुन देशका गणमान्य मान्छे नै पापी हुन्छन् त्यहाँका प्रजा पनि सुस्तरी सुस्तरी त्यस्तै दुर्गुणहरूको अनुकरण गर्दछन्।

No comments:

Post a Comment