Tuesday, August 25, 2020

वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन


वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन

लेखक- प्रियांशु सेठ, वाराणसी
नेपाली अनुवादक- अविरल डि० सी०

[आर्यवार्तका स्थापित आदर्शहरूलाई कलंकित गर्ने कुत्सित प्रयासहरूलाई क्रममा महर्षि भरद्वाजद्वारा मासु पस्किनेबारे युट्युबर्सका अनर्गल प्रवादको युवा गवेषकद्वारा यथोचित प्रामाणिक उत्तर दिइँदै छ। -सम्पादक शान्तिधर्मी]

महर्षि वाल्मीकिले आफ्नो काव्यग्रन्थ रामायणमा वैदिक संस्कृतिको वर्णन गर्दै एक अनुकरणीय जीवन पद्धतिको  चित्र प्रस्तुत गर्नुुएको छ जसले विभिन्न मतावलम्बीहरूका समक्ष एक आदर्श स्थापित गर्दछ। साथै यसबाट यो पनि सिद्ध हुन्छ कि सम्पूर्ण विश्वमा वेदहरूका समान अन्य कुनै धर्म ग्रन्थ छैन। धर्मको स्वरूपलाई परिभाषित गर्नमा उनको यो काव्य पूर्णतः सक्षम छ। यस ग्रन्थमा पावन वेदकाहरू आज्ञाहरूको अनुशरण गरेर सच्चिदानन्दस्वरूप परमेश्वरलाई प्राप्त गर्नमा तपोरत अनेक महान् आदर्श पात्रहरूको उल्लेखले निश्चय नै हाम्रो बुद्धिलाई प्रगल्भ, क्रियाशील, उदयशील र मोक्षमार्गमा चल्नका लागि सक्षम बनाउँछ। रामायण विश्व संस्कृतिको इतिहासमा प्रमुख ऐतिहासिक महत्व राख्छ। यस ग्रन्थको महान् प्रतिष्ठाका लागि यसभन्दा ठुलो प्रमाण अरु के होला कि यसका रचयिता 'महर्षि', नायक 'भगवान्' र नायिका 'देवी' को पदले चिनिन्छन्।

रामायणकालमा मान्छेहरू पवित्र वेद सच्छास्त्रहरूका अनुसार आफ्नो जीवनको उत्कर्ष प्राप्त गर्थे। एक सर्वव्यापक जगदीश्वरका अतिरिक्त अन्य कुनै मूर्तिको पूजोपासना जान्दैनथे र पञ्चमहायज्ञका अतिरिक्त कुनै कब्र आदि पुजाको नित्य कर्म मान्दैनथे। षट्प्रज्ञको भाव त ती पात्रहरूको मानसिक चर्याहरूमा पनि सम्मिलित थिएनन् न त मांसाहारको कुनै गन्ध पनि थियो। (हिंसाभिरभिवर्जितः) अर्थात् अयोध्या हिंसाबाट पूर्ण मुक्त थियो (अयोध्या० १००/४४)। त्यस कालका देवता दिव्यगुणयुक्त, सत्वगुणी, शान्तात्मा, काम, क्रोध, लोभ, मोहाहंकार यी पाँच विकारहरूबाट सुरक्षित, भक्त र पुण्यमान हुने गर्थे।

दुर्भाग्ययवश अभिमानको मूर्ति लंकापति रावण जब वेदहरूबाट आफ्नो इच्छानुसार घृणित कामना पूर्ण गर्न सकेन जसकारण  वेदहरूका आज्ञा उल्लंघन गर्न समेत पछि परेन। वेद-वचनहरूको उल्लंघनको मार्गले उसलाई राक्षसी प्रजातिहरूको समुहलाई हिंसा, अशिष्टता र व्यभिचारका भुमरीमा धकेलिदियो। कालान्तरमा यिनैलाई आफ्नो प्रेरणास्रोत मानेर वाममार्गीहरूले दुर्व्यसन, मद्यपान, व्यभिचार, मांसाहार जस्ता अनेक मिथ्या कल्पनाहरूको इतिहासमा प्रक्षेप गरेर विकृत गर्ने प्रयास गर्यो। यसैको आधारमा पेरियार जस्ता वाममार्गीहरूले असत्यलाई सत्यको मुखौटा लगाएर वैमनस्यको व्यापार चलाए र अन्ततः विधर्मीहरू अनेक प्रकारका आक्षेप रामायणका आदर्शहरूमाथि लगाउँन आरम्भ गरे। अबसम्म त श्रीराममाथि भिन्नभिन्न आरोप लगाएर आफ्नो मतलाई श्रेष्ठ सिद्ध गर्ने असफल प्रयास गर्ने गर्थे, तर अब त त्यही कुत्सित प्रयास श्रीरामका भाइ भरतजीमाथि लगाउँदै छन्। जब उनी श्रीरामसँग मिल्न वनमा प्रस्थान गरे, मार्गमा उनलाई भरद्वाज मुनिको दर्शन भयो। मुनि भरद्वाजले उनलाई र उनका सेनाहरूलाई भरपेट मासु खुवाए।
आउँनुहोस्, आफ्ना आदर्श भरतजी र भरद्वाज मुनि माथि लगाइएका मिथ्या आरोपहरूको निराकरण तथा त्यसका पोषकहरूको मुखमर्दन गरेर सत्यलाई पुनस्र्थापित गरौँ।

धर्मात्मा आर्य भरत

आर्य मर्यादाहरूका निष्पादक पुरुषोत्तम श्रीरामका भाइ निःस्पृह भरतजीको चरित्र अति नै विशद, आदर्श, उज्ज्वल र निष्कलंक छ। भरतजी धर्म र नीतिलाई जान्नेवाला, सत्यप्रतिज्ञ, सदाचारी, विनयका मूर्ति, सद्गुणसम्पन्न तथा भक्तिप्रधान कर्मयोगी थिए। तितिक्षा, वात्सल्य, सौम्यता, सरलता, मधुरता, क्षमा, दया, वीरता, व्यवहार-कुशलता र सहृदयता आदि गुणहरूले ती लालित्य र जाज्वल्यमान थिए । उनको वेदहरूको अध्ययनका प्रति प्रगाढ रुचिलाई वाल्मीकिजीले वर्णित गरेका छन्-
ते चापि मनुजव्याघ्रा वैदिकाध्य्यने रताः।
पितृशुश्रूषणरता धनुर्वेदे च निष्ठिताः।। -वाल्मीकि-रामायण, बालकाण्ड, सर्ग १८, श्लोक ३६-३७
अर्थात्- ती पुरुषसिंह राजकुमार प्रतिदिन वेदहरूको स्वाध्याय, पिताको सेवा तथा धनुर्वेदको अभ्यासमा दत्तचित्त रहन्थे।

भरतो वाक्यं धर्माभिजनवाञ्छुचिः। -वाल्मीकि-रामायण, अयोध्या० ७२/१६
अर्थात् भरत धार्मिक कुलमा उत्पन्न भएका थिए र उनको हृदय शुद्ध थियो।

अरण्यकाण्डमा, जब लक्ष्मण श्रीमानका समक्ष हेमन्त ऋतुको वर्णन गर्छन् र भरतको प्रशंसा गर्छन्, तब उनी भरतलाई धर्मात्मा भनेर सम्बोधित गर्छन्-
अस्मिंस्तु पुरुषव्याघ्र काले दुःखसमन्वितः।
तपश्चरति धर्मात्मा त्वद्भक्त्या भरतः पुरे।। -वा० रा०, अरण्य० १६/२७
अर्थात् पुरुषसिंह श्रीराम! यस समय धर्मात्मा भरत तपाईका लागि धेरै दुःखी छन् र तपाईमा भक्ति राख्दै नगरमा तपस्या गरिरहेका छन्।

भरतको पितृ-भक्ति-
विवाह पश्चात् दशरथजीको आज्ञा पाएर जब भरत शत्रुघ्नसहित आफ्ना मामा कैकेयनरेश युधाजित्का साथ ननिहाल गइसकेका थिए तब एक दिन यिनलाई एक अप्रिय सपना आउँछ, जसकारण यी मनमनै धेरै संतप्त भए। मित्रहरूको गोष्ठीमा हास्यविनोद गर्दा पनि प्रसन्न भएनन्। हृदयमा स्वप्नको भय नहटेका कारण यिनले पिताजीसँग जाने निश्चय गर्छन तथा बाटोमा सात रात व्यतीत गरेर आठौँ दिन अयोध्यापुरी पुगे। माता कैकेयीसँग पिताश्री दशरथको स्वर्गवासको समाचार पाउँदा शोकका कारण भरतजीको जो दशा भयो तथा पिताका लागि जसप्रकारले यिनले विलाप गरे, त्यसबाट नै उनको श्रद्धा-समन्वित सत्य पितृप्रेमको पत्तो लाग्छ। जब माताले धैर्य धारण गर्नका लागि भने, तब उत्तरमा भन्छन्-

अभिषेक्ष्यति रामं तु राजा यज्ञं नु यक्ष्यते।
इत्यहं कृतसंकल्पो हृष्टो यात्रामयासिषम्।।२७।।
तदिदं ह्यन्यथाभूतं व्यवदीर्ण मनो मम।
पितरं यो न पश्यामि नित्यं प्रियहिते रतम्।।२८।।
क स पाणिः सुखस्पर्शस्तातस्याक्लिष्टकर्मणः।
यो हि मां रजसा ध्वस्तमभीक्ष्णं परिमार्जति।।३१।। -अयोध्या०, सर्ग ७२

अर्थात् मैले त यो सोचेको थिए कि महाराज श्रीरामको राज्याभिषेक गर्नेछौँ र स्वयं यज्ञको अनुष्ठान गर्नेछौँ- यही सोँचेर मैले धेरै हर्षका साथ त्यहाँबाट यात्रा गरेको थिए।।२७।। तर यहाँ आउँदा सबै कुरा मेरो आशाको विपरीत पो पाए। मेरो हृदय चिरिएको छ, किनकी सदा आफ्नो प्रिय र हितमा लागिरहने पिताजीलाई म देखिरहेको छैन।।२८।। हाय! अनायास नै महान् कर्म गर्नेवाला मेरा पिताको त्यो कोमल हात कहाँ छ, जसको स्पर्श मेरो लागि धेरै नै सुखदायक थियो? उहाँ त्यही हातले मेरो धूलोसमान शरीर बारम्बार पुछ्नुहन्थ्यो।।३१।।

भरतको मातृ-भक्ति-
दशरथ-पुत्रहरूमा आफ्ना माताहरूप्रति अनुरक्ति र ममत्वको भाव विद्यामान थियो। ननिहालमा त्यस दुःस्वप्तका कारण भरत मानसिक अशान्ति र अस्थिरताले यति व्याकुल भइसकेका थिए कि ती वसिष्टद्वारा उनीहरूलाई अयोध्या लैजानेवाला दूतहरू (सिद्धार्थ, विजय, जयन्त, अशोक र नन्दन -अयोध्या० ६८/५) सँग सोध्छन्-

आर्या च धर्मनिरता धर्मज्ञा धर्मवादिनी।
अरोगा चापि कौसल्या माता रामस्य धीमतः।।८।।
कञ्चित् सुमित्रा धर्मज्ञा जननी लक्ष्मणस्य या।
शत्रुघ्नस्य च वीरस्य अरोगा चापि मध्यमा।।९।।
आत्मकामा सदा चण्डी क्रोधना प्राज्ञमानिनी।
अरोगा चापि मे माता कैकेयी किमुवाच ह।।१०।। -अयोध्या, सर्ग ७०

अर्थात् धर्मलाई जान्नेवाला र धर्मको चर्चा गर्नेवाली बुद्धिमान् श्रीरामकी माता धर्म परायणा आर्या कौसल्यालाई त कुनै रोग या कष्ट त छैन?।।८।। के वीर लक्ष्मण र शत्रुघ्नकी जननी मेरी माहिली आमा धर्मज्ञा सुमित्रा स्वस्थ र सुखी छिन्?।।९।। जो सदा आफ्नो नै स्वार्थ सिद्ध गर्न चाहन्छ र आफूलाई मात्र बुद्धिमति सम्झन्छिन्, ती उग्र स्वभावशाली कोपशीला मेरी माता कैकेयीलाई त कुनै कष्ट छैन?।।१०।।

कैकेयीको इच्छानुसार राजा दशरथाद्वारा श्रीरामलाई वनवास पठाउँदा माता कौसल्याको दुःखको अनुभूति भरत राम्ररी गर्न सक्थे। ती माता कैकेयीसँग भन्थे-

तथा ज्येष्ठा हि मे माता कौसल्या दीर्घदर्शिनी।
त्वयि धर्मे समास्थाय भगिन्यामिववर्तते।। -अयोध्या०, ७३/१०
अर्थात् मेरी ठुली आमा कौसल्या पनि धेरै दुरदर्शिनी हुनुहुन्छ। उहाँ धर्मको आश्रय लिएर तिमीसँग पनि बहिनीझैँ व्यवहार गर्छिन्।

भरतको भ्रातृ-स्नेह-
वेदहरूको उद्घोष 'मा भ्राता भ्रातरं द्विक्षन्' (अथर्व० ३/३०/३) को सार्थकता अयोध्या राजकुमारहरूको जीवनचरित्रमा दृष्टिगोचर हुन्छ। रामायणमा यिनको भ्रातृ-प्रेमको धेरै वर्णन छ, जो हृदयलाई आह्लादित गर्नुका साथसाथै व्यावहारिक शिक्षालाई पनि प्रकाशित गरिदिन्छ-

पिता ही भवति ज्येष्ठो धर्ममार्यस्य जानतः। -अयोध्या० ७२/३३
अर्थात् धर्मका ज्ञाता श्रेष्ठ पुरुषका लागि ठुला दाइ पिताका समान हुन्छन्।

राघवः स हि मे भ्राता ज्येष्ठः पितृसमो मतः।। -अयोध्या० ८५/९
अर्थात् श्रीरघुनाथजी मेरा ठुला दाइ हुनुहुन्छ। म उहाँलाई पिताका समान मान्छु।

भरत आफ्ना सबै भाइहरूसँग धेरै प्रेम गर्थे, तर श्रीरामसँग उनको विशेष लगाव थियो। भ्राता श्रीरामको वनवासको समाचार सुनेर भरतको मुखबाट जो गदगद वाणी निस्कन्छ, त्यो रामायणकालीन संस्कृतिको प्रेरणाप्रद श्रेष्ठता प्रकट गर्दछ-

निवर्तयित्वा रामं च तस्याहं दीप्ततेजसः।
दासभूतो भविष्यामि सुस्थितेनान्तरात्मना।। -अयोध्या० ७३/२७
अर्थात् श्रीरामलाई फर्काएर उद्दीप्त तेजवाला तिनै महापुरुषलाई नोकर बनाएर स्व्स्थचित्तले जीवन व्यतीत गर्नेछु।

रामः पूर्वो हि नो भ्राता भविष्यति महीपतिः।
अहं त्वरण्ये वत्स्यामि वर्षाणि नव पञ्च च।। -अयोध्या० ७९/८
अर्थात् श्रीरामचन्द्रजी हामीहरूका ठुला दाइ हुनुहुन्छ, अतः उहाँ नै राजा हुनुहुन्छ। उहँको साटो म नै १४ वर्ष वनवास गर्नेछु।

यदि त्वार्ये न शक्ष्यामि विनिवर्तयितुं वनात्।
वने तत्रैव वत्स्यामि यथार्यो लक्ष्मणस्तथा।। -अयोध्या० ८२/१८
अर्थात् यदि म आर्य श्रीरामलाई वनबाट नफर्काउँन सकेन भने स्व्यं पनि नरश्रेष्ठ लक्ष्मणजस्तै निवास गर्नेछु।

हेर्नुस्, कति उच्च भावना र भक्ति छ! कति पवित्र भाव छ! कति निरभिमानता र कति त्याग छ!

मुनिश्रेष्ठ भरद्वाजको दर्शन र आक्षेपको उत्तर

वाल्मीकिजीले एकतर्फ जहाँ अयोध्या राजकुमारहरूको जीवन-वृत्तान्तलाई प्रकट गरेका छन्, त्यही आफ्ना समकालीन अनेक महान् तपस्वीहरूको उल्लेख पनि गर्नुभएको छ। उहाँले प्रतिपादित गरिदिनुभएको छ कि काव्य तब मात्र विश्व-विश्रुतिका कारण बनेर कुसुमित हुन्छ, जब त्यसमा वर्णित पात्रहरूका साथसाथ तिनका मार्गदर्शकको पनि उल्लेख हुन्छ। रामायणमा मुनि भरद्वाज वाल्मीकिजीका शिष्यका रूपमा वर्णित छन् (बाल० २/४,५)। भरद्वाजको आश्रम प्रयागमा स्थित छ। त्यो नाना प्रकारको वृक्षहरू र फूलहरूबाट सुशोभित थियो (अयोध्या० ५४/४,५)। यिनैको परामर्शमा श्रीरामजीले चित्रकूटमा आफ्नो आश्रम बनाएका थिए (बाल० १/३१, अयोध्या० ५४/२८)। मुनि भरद्वाज यिनको सत्कार नाना प्रकारका अन्न, रस र फल-मूल दिएर गर्छन् (अयोध्या० ५४/१८)। अग्निपुराणको यो श्लोकले यही कुरा सिद्ध गर्दछ-
शृंगवेरं प्रयागं च भरद्वाजेन भोजितः।। -अध्याय ६, श्लोक ४६
अर्थ- शृंगवेरपुरपछि प्रयागमा भरद्वाज महर्षिले उनीहरूलाई भोजन गराए।

निर्दोष जीवहरूको मासुका भोका अधर्मी मान्छेहरू आफ्नो घाँटीमा हड्डी अट्काएर यो चित्कार लगाउँछन् कि मुनि भारद्वाजले भरत र उनका सेनाको आतिथ्य-सत्कारमा जो भोजन दिएका थियो त्यसमा मासु विद्यमान थियो। यसबाट उनीहरू यो सिद्ध गर्न चाहन्छन् कि हिन्दुहरूका पूर्वज आर्य मासुको सेवन गर्थे। आफ्ना सन्देष्टाहरूका पक्षधर्ताहरूले यो आक्षेप आंखामा बालुवा भरेर गरेका छन्। जब हामी यी मतावलम्बीहरूका ग्रन्थहरूबाट मांस भक्षणको प्रमाण दिएर प्रश्न गर्छौं तब यिनीहरू सभामा मृत्युकालको विलापझै भिख मांग्छन् किनकी यिनका ग्रन्थहरूका अनुसार मांसाहारको सम्मतिले न केवल यिनका राक्षस कोटिका पूर्वज बरु स्वयं यिनका ईश्वरले नै दिन्छन्। यिनैको पक्ष लिएर यी मतवादी हाम्रा ग्रन्थहरूमा मिथ्या दोषारोपण गरी आफ्नो मतको वकालत गर्छन्।
भरतले माँसु खाएको कुरा सम्पूर्ण वाल्मीकि-रामायणमा कतै लेखिएको छैन तथा भरद्वाजद्वारा सत्कारमा माँसु दिनेवाला प्रकरण पनि मुनि भरद्वाजको आचरण र सिद्धान्तहरूको विपरीत हो। जस्तै-

(१) जब मृत क्रौञ्च चराहरूको जोडालाई देखेर वाल्मीकिको मुखबाट करुण वाणी काव्य (श्लोक) को रुपमा प्रस्फुटित भयो, तब मुनि भरद्वाज त्यहाँ उपस्थित थिए (बाल० २/७-२१)। त्यहाँ मरेका चराहरूको माँसु खाएको कुनै उल्लेख छैन।

(२) हामी यो सिद्ध गरिसकेका छौँ कि जब राम, सीता र लक्ष्मणसहित भरद्वाजको आश्रम पुगे तब मुनि उनको सत्कार अन्न र फल-मूल दिएर गर्छन्। यो पनि ज्ञातव्य छ कि मुनिराजका चारैतर्फ मृग, चरा र मुनिजन निवास गर्थे र श्रीरामको स्वागतपूर्वक सत्कार गरेपछि भरद्वाजजी धर्मयुक्त वचन रामचन्द्रसँग बोल्छन् (अयोध्या० ५४/१९-२०)। अर्थात् भरद्वाजको आश्रमसमीप मुनि-मण्डली पनि थियो। अब बताउँनुहोस्, जसको गणना मुनिहरूको कोटीमा भइरहेको छ र जसलाई मुनि-मण्डलीमा उच्च स्थान प्राप्त छ, त्यस्तो व्यक्तिले धर्मात्मा या उसको सेनाको आतिथ्य-सत्कारमा माँसु कसरी दिन सक्छ होला?

(३) अयोध्या० ९१/३२ का अनुसार भरद्वाज मुनि भरत र उनका सेनाहरूका लागि पशुहरूको लागि शालाहरू निर्माण गर्छन्। यो उदाहरण भरद्वाजको महानतालाई प्रकट गर्दछ।

(४) धर्मज्ञ मुनिले क्रमशः वसिष्ठ र भरतलाई अर्घ्य, पाद्य र फलादि निवेदन गरेर ती दुवैका कुलको कुशल समाचार सोधे। वसिष्ठ र भरतले पनि मुनिको शरीर, अग्नि, शिष्यवर्ग, वृक्ष तथा मृग-पक्षी आदिको कुशल समाचार सोधे (अयोध्या० ९०/६,८)। यहाँ मुनिका शिष्यवर्ग (शिष्येषु) को उल्लेख प्राप्त हुन्छ। यस्तो प्रतीत हुन्छ कि त्यहाँ कुनै गुरुकुल थियो र भरद्वाजसँग विद्यार्थी शिक्षा ग्रहण गर्थे। यसबाट यो पनि पत्ता लाग्छ कि मुनि भरद्वाजको जीवहरूप्रति अत्यन्त दयापूर्ण दृष्टि थियो, अन्यथा भरत र वसिष्ठ जीवहरूको कुशल समाचार सोध्दैनथे होलान्।
भरतलाई मांसाहार भोजन कत्ति पनि अभीष्ट थिएन, अन्यथा उनी त्यही समय भरद्वाजसँग माँसुले युक्त भोजन निवेदन गर्न सक्थे। भरतको संकल्प हेर्नुहोस्-
वीर रघुनन्दन! म पनि चौध वर्षसम्म जटा र जीर धारण गरेर फल-मूलको भोजन गर्दै तपाईको आगमनको प्रतीक्षामा नगरबाट बाहिर नै रहनेछु। -अयोध्या० ११२/२३,२४

यी उदाहरणबाट सिद्ध हुन्छ कि भरद्वाज मुनिको मनको संसारमा जीवहरूप्रति करुणा तथा स्नेहयुक्त भाव भरिएको थियो। उपर्युक्त तथ्यहरूको आलोकमा हाम्रा पूर्वजहरू, आर्य भरत र मुनि भरद्वाज आदि वैदिक पथानुगामीहरूमािथ मांसाहारको दोषारोपण गर्नु अज्ञानता र अनर्गल प्रलाप नै हो।

[स्रोत- शान्तिधर्मी मासिक पत्रिकाको मे २०१९ को अंक]

ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त



ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

ईश्वर
१. ईश्वर एक छन् र तिनको मुख्य नाम 'ओ३म्' हो। आफ्ना विभिन्न गुण-कर्म-स्वभावका कारण उनी अनेक नामहरूले जानिन्छन्।
२. ईश्वर 'निराकार' छन् अर्थात् उनको कुनै मूर्ति छैन र न बन्न सक्छ। न त उनको कुनै लिंग या निशान नै छ।
३. ईश्वर 'अनादि, अजन्मा र अमर' छन्। उनी न त कहिल्यै जन्मिन्छन् न त कहिल्यै मर्छन्।
४. ईश्वर 'सच्चिदानन्दस्वरूप' छन् अर्थात् उनी सदैव आनन्दमय रहन्छन्, तर कहिल्यै क्रोधित हुन्न।
५. जीवहरूलाई उनीहरूको कर्म अनुसार यथायोग्य न्याय दिने हेतुले उनी 'न्यायकारी' कहलिन्छन्। यदि ईश्वर जीवहरूका कुकर्मका लागि उनीहरूलाई दण्ड नदिए उनी अन्यायकारी सिद्ध हुन्छन्।
६. ईश्वर न्यायकारीका साथ-साथ 'दयालु' पनि छन् अर्थात् उनी जीवहरूलाई यसकारण दण्ड दिन्छन् ताकि जीव अपराध गर्नबाट बचेर दुःखको भागी नबनोस्, यही ईश्वरको दया हो।
७. कण-कणमा व्याप्त भएकाले उनी 'सर्वव्यापक' पनि हुन् अर्थात् सबै स्थानमा उपस्थित।
८. ईश्वरलाई कसैसँग भय छैन, जसकारण उनी 'अभय' पनि हुन्।
९. ईश्वर 'प्रजापति' र 'सर्वरक्षक' हुन्।
१०. ईश्वर सदैव 'पवित्र' छन् अर्थात् उनको स्वभाव 'नित्यशुद्धबुद्धमुक्त' छन्।
११. ईश्वरलाई आफ्ना कार्य गर्नका लागि कसैको सहायताको आवश्यकता पर्दैन। ईश्वर 'सर्वशक्तिमान्' हुन् अर्थात् उनी आफ्नो सामर्थ्यले सृष्टिको उत्पत्ति, पालन र प्रलय गर्छन्। उनी आफ्नो कुनै कार्य अधुरो छोड्दैनन्।
१२. ईश्वर अवतार लिँदैनन्। श्रीरामचन्द्र तथा श्रीकृष्ण आदि महात्मा थिए, ईश्वरका अवतार होइनन्।
१३. ईश्वर 'सर्वज्ञ' छन् अर्थात् उनका लागि सबै काल एक हो। भूत, वर्तमान र भविष्यत्, यो काल त मनुष्यका लागि हो। ईश्वर त 'नित्य' छन्, उनी सबै कालमा स्थित छन्।

जीवात्मा
१. जीवात्मा, ईश्वरबाट अलग एक चेतन सत्ता हो।
२. जीवात्मा अनादि, अजन्मा र अमर छ। ऊ न जन्म लिन्छ न त त्यसको मृत्यु नै हुन्छ।
३. जीवात्मा अनेक र अन्तवान् छ। यिनको शक्ति र ज्ञानमा अल्पता हुन्छ।
४. जीवात्मा आकार रहित छ, र उसको कुनै लिंग छैन।
५. शरीरले मृत्यु अवस्थालाई प्राप्त गर्दा जीवात्मा एक शरीर छोडेर अर्को शरीरमा संचारित भइहाल्छ।
६. जीवात्मा कर्म गर्नमा स्वतन्त्र छ। जीवात्माको कमहरूको न्याय ईश्वरको न्याय व्यवस्थामा हुन्छ।
७. यदि जीवात्मा अल्पज्ञताले मुक्त भएर नित्य आनन्दको कामना गर्दछ भने उसले शारीरिक इन्द्रियहरूको माध्यमले ईश्वरको शरणमा जानुपर्छ, जसलाई मोक्ष भनिन्छ।

प्रकृति
१. प्रकृति जड़ पदार्थ हो। यो सदा नै रहनेवाला हो र सदा नै रहनेछ।
२. प्रकृति सर्वव्यापी छैन किनकी यस सृष्टिभन्दा बाहिर यस्तो कुनै स्थान पनि छ जहाँ न प्रकृति छैन न किन्तु ईश्वर नै ईश्वर छन्।
३. प्रकृतिको आधार ईश्वर हो। ईश्वर नै प्रकृतिका स्वामी पनि हुन्।
४. प्रकृति ज्ञान रहित छन्। प्रकृति ईश्वरको सहायता बिना संचालिन हुन सक्दैन।
५. संसारमा कुनै पनि यस्तो चिज छैन जसलाई जादु भन्न मिलोस्। सबै चिज नियमले हुन्छन्। प्रकृतिका सबै चिज सूर्य, चन्द्र, पृथ्वी आदि नियमले चल्छन्। नियम कहिल्यै बद्लिदैन, सदा एक समान रहन्छ।

।।ओ३म्।।

Saturday, August 15, 2020

मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र



मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र

वैदिक संस्कृति राष्ट्र रक्षालाई मनुष्य जातिको अस्तित्वको आधार घोषित गर्दछ। हाम्रा पवित्र ग्रन्थ वेदमा राष्ट्र रक्षाका प्रति आदर्श कर्तव्यहरूको उद्घोषणा यस प्रकारले गरिएको छ-

• मा व स्तेनऽईशत। -यजु० १/१
भ्रष्ट तथा चोर हामीमाथि शासन नगरून्।

• वयं तुभ्यं बलिहृतः स्याम। -अथर्व० १२/१/६२
हामी सबै मातृभूमिका लागि बलिदान दिनेवाला होवौँ।

• यतेमहि स्वराज्ये। -ऋ० ५/६६/६
हामी स्वराज्यका लागि सदा यत्न गरौँ।

• धन्वना सर्वाः प्रदिशो जयेम। - यजु० २९/३९
हामी धनुष अर्थात् युद्धसामग्रीद्वारा सबै दिशामा विजय प्राप्त गरौँ।

• सासह्याम पृतन्यतः। - ऋ० १/८/४
आक्रमण गर्नेवाला शत्रुलाई हामी पछि पारौँ।

• माता भूमिः पुत्रो अहं पृथिव्याः। -अथर्व० १२/१/१२
भ्रूमि मेरी माता हुन् र म त्यस मातृभूमिको पुत्र हुँ।

• उप सर्प मातरं भूमिमेताम्। -ऋ० १०/१८/१०
हे मनुष्य! तिमी यस मातृभूमिको सेवा गर।

• नमो मात्रे पृथिव्यै नमो मात्रे पृथिव्या। -यजुर्वेद ९/२२
मातृृभूमिलाई हाम्रो नमस्कार छ। हाम्रो बारम्बारको नमस्कार छ।

अथर्ववेदको १२ औँ काण्डको पहिलो सूक्तमा मनुष्य समाजलाई राष्ट्रका प्रति समर्पित हुनका लागि प्रेरणा दिइएको छ जो मनुष्यका राष्ट्रिय कर्तव्यहरूको सूचक हो। हेर्नुृहोस्-

• ये ग्रामा यदरण्यं या: सभा अधि भूम्याम्।
ये संग्रामा: समितयस्तेषु चारु वदेम ते।। -अथर्व० १२/१/५६
अर्थात् हे मातृभूमि! जो तिम्रा गाउँहरू छन्, जो जंगल छन्, जो सभा समिति (काउन्सिल) अथवा संग्राम स्थल छन् हामी तिनीमध्ये कुनै पनि स्थानमा किन नहोऔँ तिम्रो विषयमा उत्तम विचार तथा भाषण आदि गरौँ। तिम्रो हितको विचार हाम्रो मनमा बनिरहोस्।

• उपस्थास्ते अनमीवा अयक्ष्मा अस्मभ्यं सन्तु पृथिवि प्रसूता:।
दीर्घं न आयु: प्रतिबुध्यमाना वयं तुभ्यं बलिहृत: स्याम।। -अथर्व० १२/१/६२
अर्थात् हे मातृभूमि! हामी सबै रोगरहित र स्वस्थ भएर तिम्रो सेवामा उपस्थित हुन सकौँ। तिमीमा उत्पन्न र तैयार गरिएका स्वदेशी पदार्थ नै हाम्रो उपयोगमा सदा आउँछन्। हाम्रो आयु दीर्घ होओस्। हामी ज्ञानसम्पन्न भएर आवश्यकता पर्दा तिम्रा लागि प्राण सम्म बलि दिन सक्ने होऔँ।

कति मार्मिक उपदेश छ। यसभन्दा उत्तम राष्ट्रि धर्मको उपदेश अरु के हुन सक्ला! राष्ट्रको ऐश्वर्यलाई खुब बढाउँने यत्न गर्नुपर्छ, यस कुराको उपदेश वेदहरूमा पाइन्छ।
वेदहरूमा जहाँ ईश्वरसँग वैयक्तिक, पारिवारिक र सामाजिक कल्याणका लागि प्रार्थना गरिन्छ त्यहाँ प्रत्येक देशभक्तले यो पनि प्रार्थना नित्य गर्नुपर्छ र यसका लागि नित्य प्रयत्न पनि गर्नुपर्छ-
 
• स नो रास्व राष्ट्रमिन्द्रजूतं तस्य ते रातौ यशस: स्याम। -अथर्व० ६/३९/२
हे ईश्वर! तपाई हामीलाई परम ऐश्वर्य सम्पन्न राष्ट्र प्रदान गर्नुहोस्। हामी तपाईका शुभ दानमा सदा यशस्वी भएर बस्न सकौँ। 
राष्ट्रोन्नति कस्ता गुणहरूको धारण गरेर हुन्छ, यस कुरालाई वेदमा निम्न शब्दले स्पष्ट गरिएको छ-

• सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञ: पृथिवीं धारयन्ति। -अथर्व० १२/१/१
अर्थात् सत्य, विस्तृत अथवा विशाल ज्ञान, क्षात्र बल, ब्रह्मचर्य आदि व्रत, सुख-दुःख, शीत ताप, मान-अपमान आदि द्वन्द्वहरूको सहन, धर्न र अन्न, स्वार्थ त्याग, सेवा र परोपकारका भावना यी गुणहरू हुन् जो पृथ्वी धारण गर्नेवाला हुन्। यी सबै भावनाहरूलाई एक शब्दमा धर्मद्वारा धारण गर्न सकिन्छ।

आउँनुहोस्, वेदमा निर्दिष्ट राष्ट्रहित आज्ञाहरूको पालन गरेर राष्ट्र सेवा रुपी यज्ञमा आहुति देऔँ र यस देशलाई स्वर्गतुल्य बनाऔँ।

Saturday, August 8, 2020

श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?


श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?

लेखक- श्री विष्णु शर्मा
नेपाली अनुवादक- अविरल डि० सी०

प्रायः अनेक प्रकारका विभिन्न विचारधारावाला विद्वान् महोदयहरू गीतामा यो आक्षेप लगाउँनुहुन्छ कि गीतामा जिहाद छ र भीषण नरसंहारको आदेश दिइएको छ किन्तु आश्चर्यको कुरा यो हो कि यस्ता मान्छेहरू कहिल्यै गीता उठाएर देखेका पनि हुँदैनन्। केवल सुनेकोभनेको कुरालाई मनमा गाँठो पारेर असत्यको प्रचार गर्छन् जब कि सत्य यसभन्दा उल्टो छ। आउँनुहोसु सत्य के हो विमर्श गरौँ-

जब भगवान् कृष्णले पाण्डवहरूको अधिकार माँग्न हस्तिनापुर जानुभयो तब दुर्योधनले साफ साफ निषेध गरिदिन्छ र भन्छ-
'सूच्यग्रं नैव दास्यामि विना युद्धेन केशव!'
अर्थात् 'म बिना युद्ध गरेर सुइयोको टुप्पो अट्ने जति भूमि पनि दिनेछैन।'

यस वाक्यांशबाट दुर्योधनको मानसिकता स्पष्ट हुन्छ कि यदि उसबाट अलिकति पनि जमीन चाहिए युद्ध गर्नुपर्छ। यसबाहेक अन्य कुनै बाटो छैन।
यस प्रकार युद्धको आधारस्तम्भ दुर्योधनले शान्तिप्रस्तावलाई अवहेलना गरेर नै राखिदिन्छ। भीष्म, द्रोण, कृपाचार्य आदिले पनि विवश भएर उसैको साथ दिन्छ र आफ्नो विवशता यी शब्दमा व्यक्त गर्दछन्-

अर्थस्य पुरुषो दासो दासत्वर्थो न कस्यचित्।
इति सत्यं महाराज बद्धोऽस्म्यर्थेन कौरवैः।।
अतस्त्वां क्लीववद् वाक्यं ब्रवीमि कुरुनन्दन।
भृतोऽस्म्यर्थेन कौरव्य युद्धादन्यत् किमिच्छसि।।

महाराज! पुरुष अर्थ (धन) को दास हो, अर्थ कसैको दास होइन। यो सत्य कुरा हो। म कौरवहरूसँग अर्थ (धन) ले बाँधिएको छु। कुरुनन्दन! यसैले आज म तिम्रा सामु नपुंसकका समान वचन बोल्छु। धृतराष्ट्रका पुत्रहरूले धनद्वारा मेरो भरणपोषण गरेका छन्। यसैले (तिम्रो पक्ष भएर) उनीहरूको युद्ध गर्ने अतिरिक्त तिमी के चाहन्छौ, यो बताऊ।

(यो कथन भीष्म, द्रोण र शल्यको हो, पुनरुक्ति दोष नहोस् भनेर एक पल्ट मात्र दिइदै छ, विस्तृत जानकारीका लागि महाभारतको भीष्म पर्वको भीष्म वध पर्व पढौँ जो कि महाभारतमा गीताको पछि छ।)

यसबाट ती सबैको विवशताको पत्तो लाग्छ साथसाथै यो पनि ज्ञात हुन्छ कि यी सबै जान्दथे कि कौरवपक्ष गलत थिए र गलत पक्षको साथ दिनु त्यत्तिकै गलत हो जत्ति कि गलत काम गर्नेवाला।

यद्यपि अर्जुन विषादमा डुबेर शोकाकुल हुन गए फेरि पनि कौरवहरूलाई आततायी र दुष्ट मान्दथे-
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याजनार्दन।
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः।।
“हे जनार्दन! धृतराष्ट्रका यी पुत्रहरूको हत्या गरेर हामीलाई के सुख प्राप्त हुन सक्छ। यद्यपि यी आततायी हुन्, दुष्ट हुन् तथापि यिनको हत्याले हामीलाई नै पाप हुनेछ।” (गीता १।३६)

यहाँ आततायी शब्द धेरै नै महत्वपूर्ण छ। वशिष्ठ स्मृतिमा आततायीको लक्षण यस प्रकार दिइएको छ-
अग्निदो गरदश्चैव शस्त्रपाणिः धनापहः।
क्षेत्रदारहरश्चैव षडेत आततायिनः।।
अर्थात्-
१. घरमा आगो लगाउँनेवाला
२. विष दिने या खुवाउँनेवाला
३. शस्त्रहातमा लिएर मार्नका लागि आउँनेवाला
४. धन लुट्नेवाला
५. खेत वा भूमि लुट्नेवाला
६. स्त्री हरण गर्नेवाला

यस प्रकारका समस्त कर्म गर्नेहरू आततायी हुन् र कौरवहरूमा यी ६ लक्षण घट्छन् पनि-
१. लाक्षागृहमा आगो लगाउँने
२. भीमसेनलाई धोखाले विष खुवाउँने
३. सधै युद्धमा अस्त्र लिएर मार्न तैयार हुने
४. जुवामा पाण्डवहरूको धन, राजपाट खोस्ने
५. जयद्रथद्वारा द्रौपदीको हरण गर्नु एवं दुर्योधन तथा दुःशासनद्वारा पनि सभामा द्रौपदीको अपमान गर्नु, उनलाई निर्वस्त्र गर्ने प्रयत्न गर्नु।
६. जीविकाको लागि पाण्डवहरूलाई पाँच गाउँ पनि नदिनु

यस प्रकार समस्त कौरवहरू मारिन योग्य थिए किनकी सबै आततायी थिए। मनुस्मृतिमा पनि आततायीहरूलाई देख्ना साथ मार्ने आदेश छ-
‘आततायिनमायान्तं हन्यादेवाविचारयन्।'

यसैकारण भगवान् श्रीकृष्ण यी सबैलाई वध गर्न योग्य मान्नुहुन्थ्यो किनकी जुन देशका गणमान्य मान्छे नै पापी हुन्छन् त्यहाँका प्रजा पनि सुस्तरी सुस्तरी त्यस्तै दुर्गुणहरूको अनुकरण गर्दछन्।

वेद र गृहस्थ जीवन


वेद र गृहस्थ जीवन

वेद नै सबै सत्य विद्याहरूको पुस्तक हो। वेद ईश्वरको वाणी हो जो सबै सत्य विद्याहरूको पुस्तक हो तथा जीवनका प्रत्येक क्षेत्रमा मनुष्यलाई मार्ग दर्शन पनि गर्दछ।
ब्रह्मचर्यपूर्वक विद्या अध्ययन गर्दै गृहस्थ आश्रममा प्रवेश हुनेवालालाई वेद मार्गदर्शन गर्दै भन्छ-

गृहा मा विभीत। (यजु० ३/४१)
हे मनुष्य! विवाहित जीवनको पवित्र दायित्व र कर्तव्यहरूसँग नडराउ, तिनलाई निष्ठापूर्वक वहन गर।

विवाहमा आएका विद्वानहरूका लागि वेदको आज्ञा छ कि-
सुमंगलीरियं वधूरिमाँ समेत पश्यत।
सौभाग्यमस्यै दत्वा यथास्तं विपरेतन।। (ऋ० १०/८५/३३)
हे विद्वानहरू! यी दुलही मंगलस्वरूप छिन् अतः यिनीसँग स्नेह राख तथा मंगल दृष्टिले यिनलाई हेर। यिनलाई सौभाग्यको आशीर्वाद दिएर आफ्नो घरप्रति जाऊ।

नयाँ दुलहीका लागि वेद आदेश दिन्छ कि-
अघोर चक्षुरपतिघ्न्येधि शिवा पशुभ्यः सुमनाः सुवर्चा। (ऋ० १०/८५/४४)
हे रानी! तिमी शान्तदृष्टिवाली एवं पतिको शुभचिन्तन गर्नेवाली भएर आऊ। पशुहरूकी कल्याणकारिणी भएर आऊ। सुन्दर मनवाली र तेजस्विनी भएर गृहमा प्रवेश गर।

वेद नव दम्पत्तीलाई समाजका प्रति आदेश दिन्छ-
प्रजां कृण्वाथाम् इह पुष्यतं रयिम्। (अथर्व० १४/२/३७)
हे दम्पत्ती! तिमी समाज र राष्ट्रको ऐश्वर्य तथा उत्कर्षमा योगदान दिइराख।

मित्रहरू! वेदहरू नै जीवनको हरेक मोडमा हामीलाई मार्गदर्शन गर्नेवाला मार्गदर्शक हुन्।
।।इति ओ३म्।।

नास्तिक मत समीक्षा


नास्तिक मत समीक्षा

लेखक- पण्डित हरिदेवजी तर्क केशरी
प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

प्रश्न १- नास्तिकको के लक्षण हो? अर्थात् नास्तिक कसलाई भनिन्छ?
उत्तर- जो ईश्वरको सत्ता मान्दैन ऊ मुख्य रूपले नास्तिक भनिन्छ। तर स्वामी दयानन्द सरस्वतीजीले दश प्रकारका मान्छेलाई नास्तिक संज्ञा दिनुभएको छ। यथा-
(१) जो ईश्वरलाई मान्दैन। (२) जो आत्मा र पुनर्जन्म स्वीकार गर्दैन र जो यो भन्छ किक अग्नि, वायु, जल तथा पृथ्वीबाट आत्मा उत्मन्न हुन्छ तथा मृत्यु पनि यिनको नाश हुन्छ त्यसैले परलोकको चिन्ता गर्नु व्यर्थ हो। (३) जो ईश्वरीय ज्ञान वेदलाई मान्दैन अर्थात् ज्ञानको विरोधी हो। (४) जो अभावबाट भावको उत्पत्ति मान्दछ, कमिलाबाट हात्तीको उत्पत्तिमा विश्वास गरोस्। (५) ईश्वरबिना कर्महरूलाई स्वेच्छा फलप्रदाता मान्दछन् अर्थात् यो भनौँ कि ईश्वरले जसलाई चाह्यो उसलाई लंगडो, अन्धो, कुष्ठरोगी बनाउँछन् इत्यादि। (६) स्वभाव-वादी, जो भन्छन् कि स्वभावले नै आफै सबै बिग्रदैछ, बिगार्नेवाला पनि कोही होइन, जस्तै जैन मत। (७) जा आफूलाई ब्रह्म या भगवान मान्छ, "अहं ब्रह्मास्मि" अर्थात् म ब्रह्म हुँ भन्छ। आफै ईश्वर हुँ- जस्तै नवीन वेदान्ती। (८) जो यो भन्छ कि संसार नित्य छ, सदादेखि नै छ र सदा रहिरहनेछ। जस्तै चार्वाक। (९) जो केवल प्रत्यक्ष प्रमाणलाई मान्छ, अन्य प्रमाणलाई निषेध गर्दछ। (१०) शून्यवादी, जो भन्छ कि सबै शुन्य नै शुन्य हो, वास्तवमा कुनै वस्तुको सत्ता नै छैन। यी दश प्रकारका नास्तिकमा सबै नास्तिकहरूको गणना हुन्छ।

प्रश्न २. नास्तिक मतको प्रचार कहिले र कहाँबाट चल्यो?
उत्तर- नास्तिकमतको प्रचारको र स्थान भिन्न-भिन्न छ, परन्तु मुख्य रुपले नास्तिक मतहरूको जन्मदाता भारत देश नै हो। चार्वाक, बौद्ध र जैनीहरूले नै नास्तिकवादको आधार त्यस समय राखेका थिए जब कि पश्चिमी सभ्यताको जन्म समेत भएको थिएन, भारतवर्षमा मायावाद र नास्तिकवादको विचार आदि प्राचीन कालदेखि पाइन्छ। रामचन्द्रजीको जमानामा “जबाल” ऋषि तथा हरिवंश देशका राजा “बीना” पनि यस्तै विचार राख्थे, परन्तु भारतवर्ष प्राचीनकालदेखि नै धर्म प्रधान देश रहेको छ, त्यसैले नास्तिकवादी विचारधारालाई यहाँ कहिल्यै सफलता प्राप्त भएन। यस देशमा पुरातन कालदेखि नै ईश्वर, जीव, प्रकृतिलाई नित्य, अनादि तथा स्वतन्त्र सत्ता स्वीकार गरिएको पाइन्छ, त्यसैले नास्तिकवादको यहाँ विस्तार हुन सकेन। परन्तु यस समय भारतमा जैन, बौद्ध, कम्युनिष्ट तथा पश्चिमी विचारधाराका पोषक केही ग्रेजुएट यस नास्तिकवादी विचारधाराको अति प्रबलताका साथ प्रचार-प्रसार गरिरहेका छन्।

प्रश्न ३- नास्तिवादका सबैभन्दा प्रथम प्रचारक तथा विस्तारक नेता मुख्य रुपले को भए?
उत्तर- व्यक्तिगत रुपले नास्तिकवादका प्रचारक को-को, कहाँ-कहाँ भए र कहिले-कहिले भए निश्चयले त भन्न सकिन्न परन्तु नास्तिकताका मुख्य रूपले प्रचारक तथा प्रसारक चार्वाक मतलाई नै मान्न सकिन्छ।

प्रश्न ४- चार्वाक मत कहिले प्रचलित भयो? यसका संस्थापक को थिए?
उत्तर- यस मतका जन्मदाता को थिए, यो निश्चयले त भन्न सकिन्न, परन्तु केही जन चार्वाकका अर्थ चबाएर, खानेवाला गर्छन्, केही जन चार्वाकलाई मीठो बोल्नेवाला अर्थ गर्छन्। केही जन चार्वाकको अर्थ अधिक बोल्नेवाला अर्थ गर्छन्, केही जन चार्वाकलाई एक आचार्य नै मान्छन्, जसले यो मत प्रचलित गरे। परन्तु अन्वेषण मतका संचालक “आचार्य बृहस्पति” थिए, जो बुद्धभन्दा तीन सय वर्षपूर्व तथा ईशाबाट आठ सय वर्ष पूर्व भएको थिए।

प्रश्न ५- चार्वाक मत प्रचलित हुने कारण के थियो?
उत्तर- यस मतको प्रचलनको कारण यहाँ वाममार्गीहरूको प्राबल्य थियो। वाममार्गका दुई अर्थ छन्, एक त वामको अर्थ हुन्छ सुन्दर र अर्को हुन्छ उल्टो। वाममार्गी आफ्नो मतलाई सुन्दर मार्ग भन्छन् तर यिनका कुकर्महरू देखेर वैदिक सिद्धान्तहरूले यिनलाई कुमार्गी वा वाममार्गी अर्थात् उल्टो बाटोमा हिंड्नेवाला भनेको छ, वाममार्गी संज्ञा दिने कैयौं कारण थिए।
१. वाममार्ग पशुहरू तथा मनुष्यसम्मको बलि दिन्छन्।
२. यस मतमा व्यभिचारको जोर थियो। मातरमपि न त्यजेत- यो यिनको नारा थियो।
३. मासु, रक्सीको प्रवृत्ति मान्छेहरूमा अधिक थियो। यज्ञमा पनि मासु, रक्सीको प्रयोग हुन्थ्यो।
४. जन्तर-मन्तर, जादु-टोना, भूतप्रेत तथा बोक्सी आदिमाथि मान्छेहरूको पूर्ण विश्वास थियो।
५. प्रत्येक नराम्रो कुरा र अनिष्ट रीति-रिवाजलाई शास्त्रप्रमाणले सिद्ध गरिन्थ्यो र प्रत्येक नराम्रो कुरालाई धर्मको अंग तथा मुक्तिको साधन मानिन्थ्यो।

यस प्रकारका विचारहरूको प्रतिक्रिया र विरोधको फलस्वरूप चार्वाक वा नास्तिकमतको प्रादुर्भाव भयो। परन्तु वर्तमान समयमा यस मतको खुबै जोडका साथ प्रचार भइरहेको छ; बौद्ध, जैन, पाश्चात्य विद्वान तथा मार्क्सवादी कम्युनिष्टहरू यस मतको जोर-हल्ला का साथ प्रचार गरिरहका छन्? यिनको मुख्य मान्यता आस्तिक नास्तिक संवादका रूपमा वर्णन गरिएको छ।

आस्तिक नास्तिक संवाद

नास्तिक- यस संसारको कर्ता, धर्ता, संहर्ता कोही छैन। आगो, हावा, माटो, पानी, चारै तत्व स्वतः आफै नै स्वभावले पाइन्छन् र त्यसबाट जगत्को उत्पत्ति हुन्छ।
आस्तिक- बिना चेतन परमेश्वरको निर्माण गरिएका जड पदार्थ स्वयं परस्परमा स्वभावले नियमपूर्वक मिलेर उत्पन्न हुन सक्दैनन्। यदि स्वभावले नै भएको भए अर्को सूर्य, चन्द्र, पृथ्वी, नक्षत्र आदि आफै नै किन बन्दैन।
अर्को कुरा बनाउँनेवाला बिना कुनै वस्तु बन्दैन, र यो संसार बनाइएको हो, कार्यरूप छ अतः यसको पनि कोही न कोही कर्ता अवश्य हुनुपर्छ, जो ज्ञानपूर्वक यस जड प्रकृतिलाई कारणरूपबाट कार्यरूपमा लैजाने अथवा कार्यरूपबाट कारण रुपमा परिवर्तित गरिदिने, यो केवल सर्वज्ञसृष्टि कर्ता ईश्वर नै गर्न सक्छन्, अर्कोले होइन। त्यसलैले वेदान्त दर्शन भन्छ- "जन्माद्यस्ययत:" (१/१/२) अर्थात् जो संसारको उत्पत्ति, स्थिति, प्रलयकर्ता हो तिनै ईश्वर हुन्।
त्यस्तै यस शरीरको एक एक अंगलाई हेर्नुस्, र थाहा पाउँनुहुनेछ कि यस्तो अद्भूत रचना कुनै जीवले गर्न सक्दैन, जीव त शरीरको यौटा रौँ त बनाउँन सक्दैन अतः जसले शरीर र शरीर स्थित अंग-प्रत्यंगको अद्भूत रचना गरेको हो, त्यो परमेश्वर नै हो।

नास्तिक- यदि ईश्वरको रचनाबाट नै सृष्टि हुन्छ भने माता-पिता आदिको के आवश्यकता, बिना माता-पिताको पनि सन्तान हुनुपर्ने?
आस्तिक- सृष्टि रचना दुई प्रकारले हुन्छ; एक ऐश्वरी, अर्को जैवी। ऐश्वरी सृष्टिका कर्ता ईश्वर हुन्, जैवी सृष्टिको होइन किनकी त्यो जीवको कर्म हो। त्यो जीव नै कर्ता हो ईश्वर होइन। जसरी वृक्ष, फल, औषधी आदि ईश्वरले उत्पन्न गरे, त्यसैलाई यदि मनुष्यले कुटेन, पिसेन भने तथा रोटी आदि बनाएन भने एवं त्यसलाई खाएनन् भने के मनुष्यको साटो त्यो कार्य भगवानले गर्छन् होला त? अवश्य पनि गर्दैनन् किनकी यो कार्य जीवको हो न कि भगवानको। यदि यो कार्य जीवले नगरे उनीहरूको जीवन कष्टकर हुन जान्छ त्यसैले आदि सृष्टिमा जीवको शरीर रूपी साँचाहरूलाई बनाउँने काम ईश्वरको थियो तत्पश्चात् तिनीबाट पुत्रादि उत्पत्ति गर्नु जीवको काम हो, ईश्वरको होइन।

नास्तिक- यदि कुनै ईश्वर छन् भने उनको प्रत्यक्ष किन हुँदैन, जसबाट मान्छेहरूको उनीप्रति विश्वास हुन जाओस् कि वस्तुतः ईश्वर छन् भनेर?
आस्तिक- यो भन्नु सर्वथा अशुद्ध र भ्रमपूर्ण हो कि ईश्वर कहिल्यै प्रत्यक्ष हुन्न। हो! प्रत्यक्ष दुई प्रकारको हुन्छ। एक बाह्य प्रत्यक्ष जो इन्द्रियद्वारा हुन्छ; यथा आँखाबाट रूपको, नाकबाट गन्धको, कानबाट शब्दको, जिब्रोबाट रसको र छालाबाट स्पर्शको। अर्को आन्तरिक प्रत्यक्ष जो अन्तःकरण (मन, बुद्धि, चित्त, अहंकार) द्वारा गरिन्छ; जस्तै सुख-दुःख, राग-द्वेष, भोक-तिर्खा आदि एवं आत्मा अथवा परमात्माको प्रत्यक्ष बाह्य इन्द्रियहरूद्वारा होइन, परन्तु आन्तरिक इन्द्रिय शुद्ध मनद्वारा हुन्छ। बाह्य इन्द्रिय स्थूल छन् जसकारण स्थूल वस्तुहरूको मात्र ग्रहण गर्दछन्, अति सूक्ष्म वस्तुहरूको ग्रहण गर्दैनन्। यसैले योगीजन नै सूक्ष्म बुद्धि एवं शुद्धान्तःकरणद्वारा ईश्वरको साक्षात्कार गर्दछन् अन्यको होइन। यसैले सत्यार्थप्रकाशमा स्वामीजी लेख्नुहुन्छ-

“जसरी कानले रुप र आँखाले शब्दको ज्ञान लिन सक्दैनन्, त्यसरी नै शुद्धान्तःकरण, विद्या, योगाभ्यास र मल विक्षेप आवरणले रहित पवित्रात्माको बिना त्यस परमात्मालाई प्रत्यक्ष गर्न सकिन्न। जसरी अनपढलाई विद्याको प्राप्ति हुँदैन, त्यसरी नै योगाभ्यास र विज्ञान बिना पनि परमात्माको प्रत्यक्ष हुँदैन।”
“जसरी शब्द रूप आदिबाट पांचभूतहरू आकाश, पृथ्वी आदिको ज्ञान हुन्छ। त्यसरी नै सृष्टिमा परमात्माको रचना विशेष र ज्ञान विशेषलाई देखेर परमात्माको प्रत्यक्ष हुन्छ।”
“जसरी पाप आचरणको इच्छाको समयमा भय, लज्जा र शंका उत्पन्न हुन्छ, त्यस अन्तर्यामी ईश्वरका तर्फबाट नै हुन्छ। यसबाट पनि परमात्माको प्रत्यक्ष हुन्छ।”
“जब जीवात्मा शुद्ध भएर परमात्माको विचार गर्दछ तब उसलाई आफ्नो तथा परमात्मा दुवैको साक्षात्कार हुन्छ।”

केनोपनिषद्मा पनि भनिएको छ-
"दृश्यते त्वग्रया बुद्धया सूक्ष्मया सूक्ष्म दर्शिभि:।"
अर्थात् सूक्ष्म दृष्टि राख्नेवाला योगी र तपस्वी जन नै अत्यन्त सूक्ष्म बुद्धिद्वारा त्यस परमात्मा देवको दर्शन गर्दछन्।

यस्तै श्वेताश्वतरोपनिषदमा पनि भनिएको छ-
"ते ध्यान योगानुगता अपश्यन्"
अर्थात् ती (योगीहरू) ले ध्यान योगमा समाधिस्थ भएर त्यस ब्रह्मलाई प्रत्यक्ष गरे। र जसले प्रत्यक्ष गरे उनीहरू आनन्दले रमण गरे।

"त्वमेव प्रत्यक्षं ब्रह्मासि, त्वामेव प्रत्यक्षं ब्रह्म वदिष्यामि, ऋतं वदिष्यामि, सत्यं वदिष्यामि।। -तैत्तिरीयोपनिषद्
हे प्रीतम मैले तिमीलाई प्रत्यक्ष गरिसको छु। तिमी ब्रह्म हौँ, तिमीमा प्रत्यक्ष ब्रह्मलाई नै म ब्रह्म भन्नेछु। ठिक-ठिक भन्नेछु। सत्य नै भन्नेछु।

अतः उपरोक्त प्रमाणहरूले सिद्ध हुन्छ कि ब्रह्मको वास्तवमा प्रत्यक्ष हुन्छ। यो सर्वथा सत्य हो परन्तु साथसाथ यो पनि स्मरण रहोस् कि-
सर्वत्र स्थित छन् तर दृष्टिमा उनी आउँदैनन्।
योग साधनका बिना पत्तोमा उनी लाग्दैनन्।।

नास्तिक- कठोपनिषदमा पनि भनिएको छ कि ती परमात्मा शुद्ध मनद्वारा जान्न सकिन्छन्; यथा “मनसैवेदमाप्तव्यम्” अशुद्ध मनद्वारा होइन, तब शुद्ध मनको पहिचान के हो?
आस्तिक- जब वित्तैषण, पुत्रैषणा, लोकैषणा यी तीनै मनबाट टाढा हुन्छन् तब मन शुद्ध र पवित्र हुन जान्छ तब प्रभुको साक्षात्कार हुन्छ। यसलाई यस प्रकारले पनि भन्न सकिन्छ जब मनको दोष त्रय- मल, विक्षेप र आक्षेप, साधनत्रय- स्तुति, प्रार्थना र उपासनाद्वारा हटाउँन सकिन्छ तब मन पवित्र तथा स्थिर भएर त्यस ब्रह्मलाई प्राप्त गर्नमा समर्थ हुन्छ।

नास्तिक- मल, विक्षेप, आवरण कसलाई भनिन्छ?
आस्तिक- मनमा अरुलाई हानी नपुर्याउँने विचार तथा आत्मामा जो पापहरूका जन्म-जन्मान्तरका कुसंस्कार हुन्छन्, ती 'मल दोष' नामले भनिन्छन्।
लगातार विषयहरूको चिन्तन वा ध्यान अथवा मनको स्थिर न नहुनेको नाम नै 'विक्षेप' दोष हो।
संसारका नाशवान् पदार्थहरूको प्राप्तिबाट उत्पन्न अभिमानको पर्दा जो मनमा परिरहन्छ त्यसलाई आवरण दोष भनिन्छ।
यी दोषहरू हटेपछि नै प्रभुको दर्शन हुन्छ।

नास्तिक- ती परमात्मा एक छन् कि अनेक? संसारमा जब हामी अनेक प्रकारका निर्मित वस्तुहरू देख्छौँ तब तिनमा अनेक कर्ताहरूको अनुमान हुन्छ। यसरी नै जब हामी यस विविध प्रकारका संसारमा नाना प्रकारका वस्तुहरूलाई बनेको देख्छौँ तब यसबाट अनुमान हुन्छ कि यस संसारमा बनाउँनेवाला पनि धेरै कर्ता छन्, एक नाइ। अतः सन्देह हुन्छ कि यस संसारलाई बनाउँनेवाला पनि अनेक ईश्वर छन् एक होइनन्- कसैले सूर्य, चन्द्र बनाएका होलान्, कसैले पहाड, समुद्र र कसैले पशु-पक्षी, मनुष्यादि बनाए होलान्।
आस्तिक- यस्तो शंका गर्न उचित छैन किनकी धेरै पल्ट एकै कर्ता धेरै प्रकारका वस्तुहरूको निर्माता वा रचयिता हुन्छ, जो उसको अद्भूत बुद्धि तथा कौशलको परिचायक हुन्छ। जति प्रकारका वस्तुहरूको निर्माण कसैले जान्दछ त्यति नै ज्ञानवान् तथा बुद्धिमान् ऊ मानिन्छ। यसै प्रकार अनेक प्रकारका संसारको रचना ईश्वरको अद्भूत ज्ञान र बुद्धि कौशलको परिचय गराउँछ न कि ऊ अनेक हुने। अतः वेद, दर्शन सबै ऊ हुने साक्षी दिन्छन्, न कि अनेक हुने। यथा-
य: एकश्चर्षणीनां वसूनामिरज्यति।
इन्द्र: पञ्च क्षितीनाम्।। -ऋग्० १/७/९
जो प्रभु एक छन् र अनेकौ पृथिवीहरू एवं विविध प्रकारका धनहरूका स्वामी हुन् तथा पाँच प्रकारका प्रजा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र निषादका संरक्षक हुन् तिनको स्तुति गर।

भुवनस्य यस्पतिरेक एव नमस्यो -अथर्व० २/२/१
जो सारा संसारका स्वामी हुन् र एक छन्, तिनै प्रभु नमनीय एवं उपासनीय छन्।

न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते,
न पञ्चमो न षष्ठ: सप्तमो नाप्युच्यते।
नाष्टमो न नवमो दशमो नाप्युच्यते,
य एतं देवमेकवृतं वेद। -अथर्व १३/४/१६-२१
उनलाई दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ, दशौँ भन्न सकिन्न। जो उसलाई अद्वितीय र एक वृत्त अर्थात् एक्लै संसारको उत्पत्ति, स्थिति, प्रलयादिको व्यवहार चलाउँनेवाला जान्छ तिनै उनलाई जान्दछन्। यस प्रकार एक ईश्वर हुनेबो स्पष्ट एवं सुन्दर वर्णन वैदिक धर्मको अतिरिक्त अन्यत्र स्थानमा पाइनु असम्भव र दुष्कर छ।

नास्तिक- यदि ती ईश्वर अनेक छैनन एक छन् भने ती व्यापक छन् वा एक स्थानमा?
आस्तिक- ती सर्वव्यापक छन् एक स्थानमा होइन। यदि एक स्थानमा भएको भए अनेक प्रकारका संसारको पालन पोषण एवं संरक्षण कसरी हुन्थ्यो?

नास्तिक- यदि ती सर्वव्यापक छन् भने पुनः किन आँखाले देखिन्नन्?
आस्तिक- देख्न नसकिने धेरै कारण छन्; जस्तै सांख्य-कारिकामा भनिएको छ-
अतिदूरात सामीप्यादिन्द्रियघातान्मनो ऽनवस्थनात्।
सौक्ष्म्याद् व्यवधानादभिभवाद् समानाभिहाराच्च।।

१. देख्न नसकिने प्रथम कारण हो अति टाढा हुनु। जस्तै लण्डन वा अमेरिका टाढा भएका कारण देखिदैनन् तर तिनको सत्तालाई कसैले नकार्न सक्दैन।
२. दोस्रो कारण हो अति समीप हुनु, अति समीप भएका कारण वस्तु देखिँदैन। जस्तै आँखाको लाली या आँखाको गाजन अति नजीक भएका कारण देखिँदैन, अथवा पुस्तक आँखाको अति नजीक भए देखिँदैन।
३. इन्द्रिय विकृत या खराब भए पछि पनि वस्तु देखिँदैन। जस्तै आँखा दुखेको बेला वा आँखा फुटेपछि कसैले यो भनोस् कि सूर्य, चन्द्रादि कसैको सत्ता छैन, के यो ठिक मान्न सकिन्छ?
४. मन अस्थिर हुंदा पनि कुनै वस्तु देखिदैन। जस्तो कोही व्यक्ति अगाडिबाटै हिंडोस्, तर पनि विषयबारे सोध्दा उत्तर पाइन्छ कि मेरो ध्यान त्यसतर्फ थिएन। त्यसैले म भन्न सक्दैन कि ऊ यहांबाट हिंड्यो कि नाइ।
५. अति सूक्ष्म भएपछि पनि कुनै वस्तु देखिँदैन। जस्तै आत्मा, मन, बुद्धि, परमाणु, भोक, तिर्खा, सुख-दुख, ईर्ष्या, द्वेष आदि।
६. पर्दाका कारण पनि कहिलेकाही वस्तु देखिँदैन। जस्तै ट्रकको भित्र भएको वस्तु बाहिरबाट देखिँदैन।
७. समान वस्तुहरूको सम्मिश्रण भए पछि वा वस्तुहरू एक आपसमा मिलेका भएपछि पनि वस्तु देखिँदैन। जस्तै दुधमा पानी, तिलमा तेल, दहीमा नौनी, काठमा आगो। यसैप्रकारले परमात्मा सबै वस्तुहरूमा व्यापक भएकाले अत्यन्त सूक्ष्म भएका कारण आँखाले देखिदैन। तर-
जसरी अग्निको ज्वाला काठमा मौजुद छ।
त्यसरी नै परमात्मा हर रंगमा मौजुद छ।।
८. कुनै वस्तु कुनैको प्रभवमा दाबिएर पनि वस्तु देखिदैन। यथा दिनमा तारा सूर्यको प्रकाशका कारण देखिन्न अथवा आगोमा रहेको फलाम पनि आगोको प्रभावले देखिन्न। परन्तु ज्ञानको आँखाले त्यो देखिन्छ- यसरी नै परमात्माको दर्शनका लागि पनि भित्रका आँखाको आवश्यकता पर्दछ। कसैले ठिकै भनेको हो कि-
कहाँ ढूंढ़ा उसे किस जा न पाया-कोई पर ढूंढने वाला न पाया,
उसे पाना नहीं आसां कि हमने, न जब तक आप को खोया न पाया।

नास्तिक- यदि ऊ सबै स्थानमा व्यापक छ भने कि फोहोर, शौचालय आदिमा पनि उसको वास छ होला, यस प्रकारले त ती परमात्माको दुर्गति हुन्छ।
आस्तिक- तपाईको विचार ठिक छैन किनकी सुगन्घ, दुर्गन्ध इन्द्रियद्वारा प्रतीत हुन्छ र परमात्मा इन्द्रियातीत छ अर्थात् इन्द्रियहरूले रहित छ त्यसलाई उसलाई सुगन्ध-दुर्गन्धले रहित छ।

अर्को कुरा जो वस्तु आफूबाट भिन्न स्थानमा हुन्छ त्यसलाई आफूबाट पृथक् बाहिरबाट सुगन्ध-दुुर्गन्ध आउँछ, जो वस्तु आफूभित्रै हुन्छ त्यसलाई सुगन्ध-दुर्गन्ध आउँदैन। जस्तै मल आदि हामी भित्रै हुँदासम्म हामीलाई दुर्गन्ध आउँदैन। यसै प्रकारले यो सारा संसार र उसका सबै वस्तुहरू पनि ईश्वरभित्रै विद्यमान छन्, त्यसैले उसलाई सुगन्ध-दुर्गन्ध आउँदैन, न त त्यसको उनीमाथि कुनै प्रभाव नै पर्छ। कठोपनिषद्मा पनि भनिएको छ-

सूर्यो यथा सर्वलोकस्य चक्षुर्न लिप्यते चाक्षुषैर्बाह्यदोषै:।
एकस्तथा सर्वभूतान्तरात्मा न लिप्यते लोकदुःखेन बाह्य:। -अ० २, वल्ली ५, श्लो० ११
जसरी सूय सारा संसारको आँखा हो, तर चक्षु बाह्य दोषहरूले प्रभावित हुँदैन त्यसरी नै प्राणीहरूको अन्तरात्मा लोकमा हुनेवाला दुःखहरूले लिप्त हुँदैन किनकी ऊ सबैमा रहन्छ र उसमा सबै संसार रहन्छ। संसारमा रहँदा रहँदै पनि सबैबाट बाह्य अर्थात् सबै संसारबाट पृथक्, अलिप्त छ।

नास्तिक- जब ऊ स्वयं इन्द्रिय रहित तथा इन्द्रियहरूबाट जान्न सकिन्न भने उसको ज्ञान हुनु असम्भव छ, पुनः जान्ने प्रयत्न व्यर्थ छ?
आस्तिक- उसलाई पाउँने प्रयत्न गर्नु व्यर्थ छैन किनकी ईश्वरको सत्ताको उसको विचित्र ब्रह्माण्ड र त्यसमा विचित्र नियमानुसार कार्यहरूलाई देखेर बुद्धिमान्, ज्ञानी, तपस्वीले राम्ररी अनुभव गर्दछ। यसबाहेक प्रभु-प्राप्तिको साधन इन्द्रियहरू होइनन् जीवात्मा हो। योगाभ्यास आदि क्रियाहरूद्वारा जीवात्मा तिनको प्रत्यक्ष अनुभव गर्दछ तथा आनन्दको लाभ गर्दछ। कठोपनिषद्मा ठिक लेखिएको छ-

एको वशी सर्व भूतान्तरात्मा एकं रूपं बहुधा य: करोति।
तमात्मस्थं येऽनुपश्यन्ति धीरास्तेषां सुखं शाश्वतं नेतरेषाम्। -अ० २, वल्ली ५, श्लो० १२
अर्थात् ऊ एक, सबैलाई वशमा राख्नेवाला, सबै प्राणीहरूको अन्तरात्मामा स्थित छ। आफ्नौ आत्मामा स्थित ती परमात्मालाई जो ज्ञानी जन दर्शन लाभ गर्दछन् ती परमानन्दलाई प्राप्त गर्दछन्।

नास्तिक- ईश्वरलाई मान्नले मनुष्यको स्वतन्त्रता लुटिन्छ, त्यसैले मान्नु व्यर्थ हो?
आस्तिक- ईश्वरलाई मान्नु तथा उनको उपासना गर्नको अन्तिम फल मुक्ति हो। मुक्ति स्वतन्त्रताको केन्द्र हो, जहाँ सबै प्रकारका बन्धन टुटुछन्; अतः ईश्वरलाई मान्नाले स्वतन्त्रताका साथ दुःखहरूको समाप्ति तथा आनन्दको प्राप्ति पनिहुन्छ। त्यसैले ईश्वरलाई मान्नु तथा जान्नु आवश्यक छ, व्यर्थ छैन।

नास्तिक- ईश्वरलाई अज्ञेय अर्थात जान्न योग्य नभएको भनिएको छ भने उसलाई जान्ने श्रम गर्नु व्यर्थ छ।
आस्तिक- सृष्टि तथा उसका विविध पदार्थहरू एवं उसमा काम गरिरहेका अनेक प्रकारका नियमहरूलाई नियमहरूलाई देखेर उसका रचयिताको बोध सरलताका साथ हुन्छ। जस्तै आकाश, वायु, अणु, परमाणु आदि इन्द्रिय रहित छ परन्तु उसको निश्चय बुद्धिले भइहाल्छ, यसै प्रकारले शुद्धान्तःकरणद्वारा प्रभुको ज्ञान हुन्छ। यसमा कुनै प्रकारको कुनै बाधा वा परिश्रमको आवश्यकता छैन।

नास्तिक- ईश्वरलाई सगुण भनिएको छ। प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, त्यसैले ईश्वरलाई पन नाशावान् मानिन्छ कि?
आस्तिक- प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, यो कुनै नियम होइन। जब सत्व, राजस्, तमस् गुणवाला प्रकृति नै नाशवान् छैन भने ईश्वर सगुण हुँदैमा कसरी नाशवान् मान्ने। ईश्वर न्याय, दया, ज्ञानादि गुणहरूले सगुण तथा अजर, अमर, अजन्मा आदि भएकालेनिगुण भनिन्छ।

नास्तिक- जगत् नित्य छ, यसै प्रकार अनादि कालबाट चल्दै आइरहेको छ र यसैप्रकारले अनन्तकालसम्म चलिरहनेछ। संसारका समस्त वस्तुहरू आफ्नो स्व्भावले बन्छ र बिग्रन्छ- यसैले ईश्वरलाई मान्ने के आवश्यकता?
आस्तिक- जगत् मिश्रित वस्तुहरूको संग्रहको नाम हो। किनकी संसारका समस्त वस्तुहरू मिश्रित छन् त्यसैले यी कुनै न कुनै दिन अवश्य बनेका हुन्। मिश्रिमत वस्तुहरू नित्य हुँदैनन्, किन्तु नाशवान् हुन्छन्। त्यसैले जगत् नित्य होइन बरु रचिएको हो। जब रचिएको हो भने यसको रचयिता पनि अवश्य छ। उसैलाई जान्नु सत्यलाई प्राप्त गर्नु हो अतः व्यर्थ होइन।

नास्तिक- संसारमा कुनै नियम देखिँदैन। समस्त घटनाहरू आकस्मिक (Accidental) देखिन्छन् त्यसैले नियामक ईश्वरलाई मान्ने कुनै आवश्यकता छैन?
आस्तिक- संसार एक नियममा बाँधिएको छ, आकस्मिक रूपमा कहिल्यै केही हुँदैन। सूयको समयमा उदय हुनु र अस्त हुनु, दिनपछि रात तथा रातपछि दिन हुनु, ऋतुहरूको नियमले आउँनु तथा जानु, सृष्टि उत्पत्ति एवं प्रलय कुनै वस्तुमाथि दृष्टि राख्नुस् कुनै नियममा बाँधिएको देख्नुहुनेछ, जब नियम हुन्छ भने नियामक पनि अवश्य नै होला त्यसैले उपनिषद्कार भन्छन्-
भयादस्याग्रिस्तपति भयात्तपति सूर्य:।
भयादिन्द्रश्च वामुश्च मृत्युर्धावति पञ्चम:।। -कठ० अ० २, वल्ली ६, श्लोक ३
यसै ब्रह्मको भय (नियम) ले अग्नि तातो हुन्छ, उसैको भयले सूर्य प्रकाश दिन्छ, उसैको नियमले बाँधिएको बिजुली, वायु र मृत्यु आफ्नो-आफ्नो कार्य नियमपूर्वक गर्दछन्।

नास्तिक- जो गुण ईश्वरमा छन् तिनै सारा गुण प्रकृतिमा पनि छन् भने पुनः ईश्वरको के आवश्यकता?
आस्तिक- जो गुण ईश्वरमा छन् ती सबै गुण प्रकृतिमा छन् यो भन्नु ठिक होइन। ईश्वर चेतन र प्रकृति जड हो। जबसम्म ईश्वर त्यसमा गति उत्पन्न गर्दैनन् तबसम्म प्रकृति केही गर्न सक्दैन। प्रकृति जब सृष्टि अवस्थामा हुन्छ, तब काम गर्दछ। जब प्रलयावस्थामा हुन्छ, विश्राम गर्दछ। जब प्रलय समाप्त भएर सृष्टि रचनाको काल आउँछ तब ईश्वर आफ्नो शक्तिले परमाणुहरूमा गति उत्पन्न गरिदिन्छ, त्यसबाट प्रकृति सूक्ष्मावस्थाबाट स्थूलावस्थामा परिणत हुन प्रारम्भ हुन्छ। प्रथम अवस्थालाई महत्तत्व, दोस्रोलाई अहंकार, तेस्रोलाई पंचतन्मात्रा या सूक्ष्मभूत भनिन्छ, चौथो अवस्थाबाट १० इन्द्रियहरू र एघारौँ मन बन्दछ, पाँचौँ अवस्थाबाट सूक्ष्म शरीर बन्छ। यिनै पाँच स्थूल भूतहरूबाट सारा वस्तुहरू र सबै प्राणीहरूका विविध शरीर बन्दछन्। यदि ती ईश्वरले जड प्रकृतिमा गति नदिए केही हुन सक्दैन? त्यसैलै उनलाई मान्न जरुरी छ।

नास्तिक- त्यस ईश्वरलाई मान्नमा के युक्ति वा प्रमाण छ, जसबाट उसलाई मान्न सकियोस्?
आस्तिक- उसलाई मान्नमा अनेकौँ युक्ति वा प्रमाण छन् जसबाट उसको सिद्धि हुन्छ, परन्तु संक्षेपले यो भन्न सकिन्छ कि-
१. जो यस संसारका कर्ता, धर्ता र संहर्ता हुन् ती ईश्वर हुन् किनकी बिना कुनै चेतन सत्ताको सृष्टिको उत्पादन, धारण, पालन-पोषण तथा प्रलयमा परिणत हुन असम्भव छ। वेदान्तदर्शनमा भनिएको छ- "जन्माद्यस्यपत:" जसबाट संसारको उत्पत्ति, स्थिति, प्रलय हुन्छ तिनी परमेश्व हुन्।
२. जो जीवहरूका कर्मका फल प्रदाता हुन् ती ईश्वर हुन् किनकी स्वेच्छाले कुनै पनि जीव पापकर्महरूको फल भोग्न चाहँदैन।
३.जो आदि सृष्टिमा जीवहरूलाइ ज्ञान प्रदान गर्दछ उनी नै ईश्वर हुन् किनकी बिना गुरुको ज्ञान प्राप्त हुँदैन र आदि सृष्टिमा उनी बाहेक अरु कोही गुरु थिएन। सः सर्वेषामपि गुरु कालेनानवछेदात्।
४. जो यस सारा संसारलाई नियमहरूमा चलाइरहेको छ त्यस चेतन शक्तिको नाम ईश्वर हो।
तदेजति तन्नैजति तद्द्रे तद्वन्तिके।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यत:। -यजु० अ० ४०, मं० ५
ऊ सबैलाई गति दिन्छ परन्तु स्वयं गति गर्दैन, टाढाभन्दा टाढा छ र नजीकभन्दा नजीक छ। ऊ सबैको भित्र तथा बाहितर प्रत्येक वस्तुमा ओत-प्रोत भएरहेको छ।
५. समाधि सुषुप्ति मोक्षेषु ब्रह्मरूपता, समाधि, सुषुप्ति र मोक्षमा जसको सम्पर्कमा आएर जीवलाई परमानन्दको प्राप्ति हुन्छ ती परमात्मा हुन्- तर आज संसार उसलाई भुलेर महान् कष्ट पाइरहेको छ। अकबर इलाहबादीले ठिक भनेका थिए कि-

भूलती जाती है दुनिया आसमानी बाप को
बस खुदा समझा है इसने बर्फ को और भाप को
बर्फ गिर जायेगी इक दिन उड़ जायेगी भाप
देखना अकबर बचाये रखने अपने आपको

नास्तिक- तपाई भन्नुहुन्छ कि ईश्वरका इन्द्रियहरू वा शरीर हुँदैन। जब इन्द्रियहरू र शरीरहरू नै छैन, भन ऊ यस विविध संसारको रचना कसरी गर्दछ?
आस्तिक- ती सारा कार्य जो इन्द्रिय शरीर तथा अन्तःकरणद्वारा गरिन्छन्, आफ्नो सामथ्र्यले गर्दछन्। त्यसैले तिनलाई इन्द्रिय र शरीरको आवश्यकता पर्दैन। उपनिषद्मा पनि भनिएको छ-

अपाणिपादो जबनो ग्रहीता, पश्यत्यचक्षु स: श्र्णोत्यकर्ण:।
सवेत्ति वेद्य न च तस्यास्ति वेत्ता, तमाहुरग्रयं पुरुषं महान्तम्।।
अर्थात् ती परमात्मा बिना हातको सबै वस्तुहरू ग्रहण गर्दछ्, तथा खुट्टाबिना हिँड्छन्। बिना आँखाको सबै देख्छन् र बिना कानको सबै सुन्छन्। उनी सबै जान्छन् परन्तु उनलाई पूर्ण रूपले कसैले जान्दैन। उनलाई ज्ञानी, महान् र आदिपुरुष भनिन्छ।

तुलसीदास पनि भन्नुहुन्छ-
बिनु पग चले सुने बिनु काना, कर बिनु कर्म करे बिधि नाना।
बिनु वाणी वक्ता बढ़ योगी, आनन रहित सकल रस भोगी।।

Friday, July 24, 2020

महर्षि दयानन्दकृत ओंकार-अर्थ-अनुशीलन


महर्षि दयानन्दकृत ओंकार-अर्थ-अनुशीलन

लेखक- प्रियांशु सेठ (वाराणसी)
नेपाली अनुवादक- अविरल डि० सी०

ईश्वरको निज नाम “ओ३म्” हो। यस नाममा ईश्वरका सम्पूर्ण स्वरूपहरूको वर्णन छ। परमात्मा अर्थात् सबै जीवहरूका अन्तर्यामी आत्मा यसै अर्थका बोधक हुन्, न कि सर्वशक्ति, सर्वज्ञान आदि गुणहरूका। सर्वज्ञ भन्नाले सर्वज्ञानी, सर्वशक्तिमान् भन्नाले ईश्वर सर्वशक्तियुक्त छन्, यिनै गुणहरूको बोध हुन्छ, शेष गुण-कर्म-स्वभावको होइन। “ओ३म्” नाममा ईश्वरका सर्व गुण-कर्म-स्वभाव प्रकट हुन्छन्। महर्षि दयानन्दजी महाराज आफ्नो ग्रन्थ “सत्यार्थप्रकाश” को प्रथम समुल्लासमा ओ३म् लाई “अ, उ, म्” यी तीन अक्षरहरूको समुदाय मानेका छन्। स्वामीजीले अबाट अकार, उबाट उकार र म् बाट मकार अर्थ ग्रहण गर्नुभएको छ। यी शब्दहरूबाट उहाँ परमात्माका अलग अलग नामहरूको ग्रहण गर्नुभएको छ- अकारबाट विराट, अग्नि र विश्वादि। उकारबाट हिरण्यगर्भ, वायु र तैजसादि। मकारबाट ईश्वर, आदित्य र प्राज्ञादि।
संस्कृत भाषामा पदान्तरहरूका अक्षरलाई लिएर स्वतन्त्र शब्दहरूको प्रयोग हुन्छ। यसमाथि शौनक ऋषिका मन्तव्य छ- “ध्वनिमा धातु, उपसर्ग तथा अन्य शब्दहरूको अवयवहरूको पनि ध्वनिहरू हुन्छन्। ती शब्द एक धातुले बनेका पनि हुन्छन् र केही शब्द दुई धातुहरूबाट पनि बन्छन् तथा केही शब्द धेरै धातुहरूबाट बन्छन्। ती शब्द पाँच प्रकारका हुन्छन् (बृहद्देवता २/१०३, १०४)।”
१. धातुबाट बनेका शब्द- अग्नि आदि।
२. धातुहरूबाट बनेका शब्द- रत्नधा + तमम्।
३. उपपद राखेर बनेका शब्द- यन् जः = यज्ञः।
४. वाक्यले बनेका शब्द- इति + ह + आस = इतिहास।
५. छरपस्ट अवयवहरूले बनेका शब्द- अ उ म् = ओ३म्।

महाभाष्यकारले स्पष्ट घोषणा गरेका छन्- 'बह्वर्था अपि धातवो भवन्ति (१/३/१)'। जब एक-एक धातुका अनेक अर्थ हुन्छन् भने तिनबाट निष्पन्न शब्द पनि अनेकार्थवाची हुन्छन्। अन्य भाषाहरूमा अरु शब्दहरूको अवयव लिएर एक स्वतन्त्र शब्दको निर्माण भएको पनि देखिन्छ। उदाहरणका लागि, जस्तै अंग्रेजी भाषामा एक 'News' छ, जसको अर्थ हो- समाचार अर्थात् चारैतर्फबाट जो कुरा आउँछ त्यसलाई समाचार भनिन्छ। तर यिनको सुरुको अक्षर अंग्रेजी भाषामा चार दिशाहरूको नाम पनि प्रकट गर्दछ-
North- उत्तर दिशा
East- पूर्व दिशा
West- पश्चिम दिशा
South- दक्षिण दिशा

यसैपकारले “अ, उ, म्” यी तीनै अक्षरहरूको समुदित रूपम यो “ओ३म्” हो। यथा-
सोऽयमात्माऽध्यक्षरमोंकारोऽधिमात्रं पादा मात्रा मात्राश्च पादा, अकार, उकार मकार इति।। -माण्डूक्यो० ८
अर्थात्- यो आत्मा (परमात्मा) अक्षरमा अधिष्ठित छ। त्यो अक्षर ओंकार=ओ३म् हो। त्यो ओंकार मात्राहरूमा अधिष्ठित छ र ती मात्राहरू अकार, उकार, मकार हुन्।

माण्डूक्योपनिषदको यस्तो सिद्धान्त प्रतीत हुन्छ कि यो दुई धातु र एक उपसर्गबाट “ओ३म्” शब्दको सिद्धि मानिन्छ। श्रुति ९,१०,११ मा “अप” धातुबाट 'अ', “उत्” उपसर्गबाट 'उ' र “मा” वा “मि” धातुबाट 'म्' लिएर "ओ३म्" शब्दको सिद्धि हुन्छ। यथा-
"अकार: प्रथमा मात्रा-आप्ते:, आदिमत्वाद् वा।
उकारो द्वितीया मात्रा उत्कर्षात्, उभयत्वाद् वा।
मकारस्तृतीया मात्रा-मिते:, अपीतेर्वा।"
अर्थ- अकार प्रथम मात्रा हो, अकारको अर्थ हो- व्यापित र आदि। उकार अर्को मात्रा हो, उकारको अर्थ हो- उत्कर्ष र उभयादि। मकार तेस्रो मात्रा हो, मकारको अर्थ हो- मिति र अपीति आदि।
[आप् धातु या आदि शब्दको आ ह्रस्व गरेर- “अ”। उत्कर्ष या उभय शब्दको- “उ”। मिति अथवा अपीति समाप्तिसूचकको प 'म' भएर- 'म्'।]

महर्षिको अर्थमाथि विचार-
महर्षि दयानन्दद्वारा गरिएका प्रत्येक शब्दको अर्थ उनको स्वाध्याय-चिन्तनलाई हाम्रा समक्ष प्रबलताले स्थापित गर्दछ। आर्ष शास्त्रहरूका अनुसार अकार, उकार तथा मकारको महर्षिकृत अर्थ परस्परमा सम्बन्ध राख्नेवाला हो। हेर्नुहोस्-

१. शतपथब्राह्मण (६/२/२/३४, ६/३/१/२१, ६/८/२/१२, ९/१/१/३१) मा 'विराडाग्निः' आएको छ, अतः विराट् अग्निको नाम हो। शतपथब्राह्मण (७/३/१/२२) ले 'इयं (पृथिवी) वाऽग्निः' लेखेर घोषणा गर्यो कि यो पृथ्वी अग्नि हो। पछि पृथ्वीलाई विश्व बताउँदै शतपथब्राह्मण (९/३/१/३) मा भनिएको छ- 'स य: स वैश्वानर:। इमे स लोका ऽइयमेव पृथिवी विश्वं' अर्थात् यो लोक वैश्वानर हो, यो पृथिवी विश्व हो। शतपथब्राह्मणले 'वैश्वानरो वै सर्वेऽग्नय: (६/२/१/३५, ६/६/१/५)' अर्थात् सबै अग्निहरू वैश्वानर हुन् लेखेर अग्नि वैश्वानर स्वीकार गरिएको छ। विश्व र वैश्वानर शब्दको एकै अर्थ हो। यसको पुष्टि गर्दै शतपथ० (१३/३/८/३) मा भनिएको छ कि- 'इयं (पृथिवी) वै वैश्वानरः' अर्थात् यो पृथिवी वैश्वानर हो।
विश्व शब्दमा स्वामी दयानन्दजीको मन्तव्य छ- "विशन्ति प्रविष्टानि सर्वाण्याकाशादीनि भूतानि यस्मिन्। यो वाऽऽकाशादिषु सर्वेषु भूतेषु प्रविष्टः स विश्व ईश्वरः (स०प्र०, प्रथम समुल्लास) अर्थात् जसमा आकाशादि सबै भूत प्रवेश गरिरहेको छन् अथवा जो यिनमा व्याप्त भएर प्रविष्ट भइरहेको छ, यसैले ती परमेश्वरको नाम 'विश्व' हो।"
निरुक्तभाष्यकार दुर्गाचार्यको वैश्वानर शब्दमा पनि यही मत छ। यथा-
"प्रत्यृता सर्वाणि भूतानि" विश्वानि ह्यसौ भूतानि प्रति ऋत: प्रविष्ट इत्यर्थ:। "तस्य" विश्वानरस्य अपत्यं "वैश्वानर:"। -निरुक्त, दैवतकाण्ड ७/२१/१ माथि दुगाचार्यकृत टिका, पृष्ठ ६०२, श्रीवेंकटेश्वर प्रेस, मुम्बई, १९६९ बाट प्रकाशित
वैश्वानर शब्दको यो एक यो पनि अर्थ हो कि जो पूर्णरूपले सबै भूतहरूमा प्रविष्ट छ, उसलाई वैश्वानर भनिन्छ।
अतः अकारले विराट, अग्नि र विश्वादिको ग्रहण शास्त्रसम्मत छ।

२. शतपथ ब्राह्मण (६/२/२/५) मा आउँछ कि- 'प्रजापतिर्वै हिरण्यगर्भः' अर्थात् हिरण्यगर्भ प्रजापति हो। शतपथ० ले 'स एष वायु: प्रजापति (८/३/४/१५)' प्रजापतिलाई वायु स्वीकार गरिएको छ। ऐतरेय० (४/२६) मा पनि भनिएको छ- 'वायुर्ह्योव प्रजापतिस्तदुक्तमृषिणा पवमान: प्रजापतिरीति।' तैत्तिरीय ब्राह्मणमा वायुलाई तैजस भनिएको छ '(तेजो वै वायुः -३/२/९/१)'।
यसबाट स्पष्ट हुन्छ कि हिरण्यगर्भ, वायु र तैजस नामहरूले उकारबाट ग्रहण शास्त्रहरूको अनुकूल छ।

३. माण्डूक्योपनिषदको श्रुति ११ मा मकारलाई 'माङ्' धातुबाट भनिएको छ, अर्थात् जो मापनवाला, न्याय तथा शासन गर्नेवाला हुन्। न्याय वा शासन गर्नेवाला ईश वा इश्वर हुन्। अथर्ववेद (११/४/१) मा तिनलाई सबैका स्वामी भनिएको छ- 'यो भूत: सर्वस्येश्वरो यस्मिन् सर्वं प्रतिष्ठितम्'। दर्शनशास्त्रका अनुसार ईश्वरका बिना कर्मफलको व्यवस्था हुन सक्दैन, यथा- 'ईश्वर: कारणं पुरुषकर्माफल्यदर्शनात् (न्याय० ४/१/१९)'। यसबाट सिद्ध हुन्छ कि ईश्वर नै शासनकर्ता तथा न्यायकर्ता हुन्। शतपथब्राह्मण (६/१/३/१७) मा आउँछ- 'आदित्यो वा ईशान: आदित्यो ह्यस्य सर्वस्येष्टे।' स्पष्ट छ कि ईशान र आदित्य पर्यायवाची हुन्। बृहदारण्यक० (४/३/२१) का अनुसार- 'अयं पुरुष प्राज्ञेनात्मना सम्परिष्वक्तौ न बाह्यं किञ्चन् वेद नान्तरम्' अर्थात् यो पुरुष (जीवात्मा) प्राज्ञेनात्मना (परमात्मा) का साथ सम्पर्कमा आएकोले न केही बाहिरको जान्छ, न भित्रको। यसबाट स्पष्ट हुन्छ कि जीवात्मा आप्तकाम, आत्मकाम र निष्काम भएर सबै दुःखहरूबाट छुट्छ अर्थात् यो न्याय रूपी फल उसलाई ईश्वरले दिन्छन्। सिद्ध छ, प्राज्ञ र ईश्वर पर्यायवाची हुन्।
अतः मकारबाट आदित्य, ईश्वर र प्राज्ञको ग्रहण स्पष्ट छ।

संस्कृतका प्रायः सबै शब्द आख्यातज हुन्- प्रकृति-प्रत्ययको योगले निष्पन्न छ। यसैकारण ती यौगिक कहलिन्छन्। आदि, उभय र अपितिका आधारमा महर्षिले गरेको अर्थ वेदादिशास्त्रहरूका अनुकूल छ। गोपथब्राह्मण (१/५) मा त 'अ, उ, म्' लाई क्रमशः ब्रह्मा (उत्पत्तिकर्ता), विष्णु (पालनकर्ता) र शिव (संहारकर्ता) को वाचक बताइएको छ। मैत्र्युपनिषद् (६/८) मा आउँछ- 'एवं हि खल्वात्मेशान: शम्भुर्भवो रुद्र: प्रजापतिर्विश्वसृग्घिरण्यागर्भ:'। यहाँ आत्मा, ईशान, शम्भु, भव, रुद्र, प्रजापति, विश्वसृक् र हिरण्यगर्भ परमात्माका नाम हुन्। यजुर्वेद (३२/१) मा परमात्माको अग्नि, आदित्य, वायु, चन्द्रमा, शुक्र, ब्रह्म, आप: र प्रजापति- यी नाम हुन्। तात्पर्य यो हो कि अ, उ, म् पृथक्-पृथक् ईश्वरका भिन्न-भिन्न नामहरूका वाचक अर्थात् परमात्मवाची हुन्।

महर्षिको अर्थमा उपनिषद्का प्रमाण-
माण्डुक्योपनिषद्मा अकारको सम्बन्ध विश्व, उकारको सम्बन्ध तैजस एवं मकारको सम्बन्ध प्राज्ञसँग छ। यथा-
१. जागरितस्थानो वैश्वानरोऽकार: प्रथम मात्रा (माण्डूक्य० ९) अर्थात् ओ३म् को प्रथम मात्रा अकार = 'अ' हो। त्यसको सम्बन्ध जागरित स्थानसँग छ र त्यो वैश्वानर= विश्वानर= विश्वसम्बन्ध हो।
२. स्वप्नस्थानस्तैजस उकारो द्वितीय मात्रा (माण्डूक्य० १०) अर्थात् ओ३म् को द्वितीय मात्रा उकार = 'उ' हो। त्यसको सम्बन्ध स्वप्नस्थानबाट हो र त्यो तैजस् हो।
३. सुषुप्तस्थान: प्राज्ञो मकारस्तृतीया मात्रा (माण्डूक्य० ११) अर्थात् ओ३म् को तृतीय मात्रा = 'म्' हो। त्यसको सम्बन्ध सुषुप्तस्थानसँग छ र त्यो प्राज्ञ हो।

माण्डुक्योपनिषदको त्यस श्रुतिमा जीवात्माका तीन अवस्थाहरूको वर्णन छ जसको सम्बन्ध ईश्वरसँग छ।
जागरितावस्था- सबै पादहरूमा पहिलो विश्वनामापाद तीनै पादहरूमा व्यापक छ अर्थात् जीवको स्वप्न, सुषुप्ति आदि सबै अवस्थाहरूमा जाग्रतावस्थाको प्रभाव रहन्छ।
स्वप्नावस्था- तैजस नामको दोस्रौ पाद हो यो विश्व पादको अपेक्षा उत्कृष्ट र विश्व तथा प्राज्ञ दुवैका बिचमा छ। जो यस पादलार्य राम्रारी जान्छ त्यो आफ्नो ज्ञान-सन्तति नित्य बढाउँछ।
सुषुप्ति अवस्था- तेस्रो पाद प्राज्ञ अपितिलाई दिनेवाला हो। त्यसालाई जानेपछि जीवात्मा लय भइहाल्छ।

यहाँ एक प्रश्न उठ्नु स्वाभाविक हो कि जब यहाँ जीवको अवस्थाको प्रकरण छ भने अकार, उकार तथा मकारको सम्बन्ध ईश्वरसँग कसरी हुन्छ? यसको उत्तर यो हो कि यी तिनै अवस्थाहरूको मूल ईश्वर नै हो। आदि (जागरित)= त्यो जीव शरीरमा व्याप्त भएकाले कामनाहरूलाई प्राप्त हुन्छ र यस प्रकरले वेद जान्छ। उभय (स्वप्न)= त्यो परमात्मासँग सम्बन्ध राख्दछ जसबाट बाह्य ज्ञान अल्प हुन्छ र सुखको वृद्धि हुन्छ। अपिति (सुषुप्ति)= बाहरिसँग सम्बन्ध टुटेपछि बाह्य ज्ञान बन्द हुन्छ (जीवात्मालाई अस्तित्वको अनुभूति भइहाल्छ) जसबाट ऊ दुःखबाट छुट्छ तथा सच्चिदानन्दस्वरूप ब्रह्ममा लीन हुन्छ।

ओंकारोत्पत्ति एवं सिद्धि (भ्रान्ति-निवारण)
ओ३म् परमात्माको मुख्य नाम हो, वेदादि सत्य शास्त्रहरू यस्तो कथन गर्दछन्। 'ओ३म्' शब्दको सिद्धि शब्दतत्ववित् पाणिनिले 'अव' धातुबाट मानेका छन्। उनले धातुपाठमा “अव” धातुको रक्षादि १९ अर्थ बताएका छन्। उणादिकोषको सूत्र “अवतेष्टिलोपश्च (१/१४१)” का अनुसार अव धातुबाट 'मन्' प्रत्यय र प्रत्ययको 'टि' को लोप हुन्छ तब “अव्+म्” स्थिति हुन्छ। तब ["ज्वरत्वरस्त्रिव्यविभवामुपधायाश्च" -शब्दानु० ६/४/२०] “अव” को स्थानमा ऊठ् आदेश भएर 'उ+म्' स्थिति हुन्छ र गुण भएर “ओ३म्” शब्दके सिद्धि हुन्छ। गोपथ ब्राह्मणको प्रपाठक १ को २६ औँ कण्डिकामा ''आप्लृ" धातुबाट "ओम्" शब्दको सिद्धि भएको छ। यहाँ भिन्न-भिन्न धातुहरूबाट 'ओ३म्' शब्दको सिद्धिमा सन्देह गर्नुहुन्न कि आचार्यहरूमा परस्पर विरोध छ। हेर्नुहोस्, पाणिनिले यो कतै भन्नुभएन कि केवल 'अव' धातुबाट नै ओंकारको नै सिद्धि हुन्छ। उनको व्याकरणका अनुसार अव, आप् आदि सबै धातुहरूबाट ओ३म् सिद्ध हुन सक्छ [द्रष्टव्य- अष्टाध्यायी ६/३/१०९]
जसरी श्वासको बिना मनुष्य एक क्षण पनि जीवित हुन्न, त्यसरी नै ओंकारको उपासनाको बिना मनुष्य जीवित हुँदा हुँदै पनि मृतक समान हुन्छ। यदि परमात्मा वेदज्ञानको प्रकाश नगरेको भए अल्पज्ञ जीव दुःखको बन्धनबाट कहिल्यै छुट्न सक्दैन। यसैकारण परमात्माले वेदज्ञानको प्रकारश गरे एवं यसमा 'ओ३म्' नामलाई उपासनीय बताएर जीवात्माको कैवल्यप्राप्तिको द्वार खोलेको छ। यजुर्वेद (४०/१५) मा आएको छ कि- "ओ३म् क्रतो स्मर" अर्थात् हे कर्मशील जीव! मरण समयमा ओ३म् को स्मरण गर। ऋग्वेद (१/१६४/३९) मा भनिएको छ- “ईश्वरतर्फ नहिंंडेर कोही पनि व्यक्ति मृत्युको पार पुग्दैन।” माण्डुक्योपनिषद्को पहिलो श्रुतिमा नै “परमेश्वरलाई प्रधान र निज नाम ओ३म् लाई भनिएको छ, अन्य सबै नाम गौण नाम बताइएको छ।” छान्दोग्योपनिषद् (१/४/१) ले यहाँसम्म भनको छ कि “(ओ३म्) जसको नाम हो र जो कहिल्यै नष्ट हुँदैन, उनैको उपासना गर्न योग्य छ, अन्यको होइन।” कठोपनिषदका ऋषि भन्छन्- “सबै वेद सबै धर्मानुष्ठानरूप तपश्चरण जसको कथन र मान्य मान्छन् तथा जसको प्राप्तिको इच्छा गरेर ब्रह्मचर्याश्रम गर्छन्, तिनको नाम 'ओ३म्' हो (वल्ली २, मन्त्र १५)।” पछि भनिएको छ- “उसको रूप (आँखाले) हेर्नका लागि होइन्, न कुनै आँखाले त्यसलाई देख्न सकिन्छ। त्यो त हृदयले, बुद्धिले, मनले प्रकाशित हुन्छ। जो त्यसलाई जान्दछन्, ती अमृत भइहाल्छन् (कठ० ६/९)।"

ओ३मको उत्पत्तिको सम्बन्धमा ऐतरेय ब्राह्मण ५ औँ पञ्चिकाको ३२ औँ खण्डमा आउँछ-
"प्रजापतिरकामयत प्रजायेय भूयान् स्यामिति। स तपोऽतप्यत। स तपस्तप्त्वा इमान् लोकान् असृजत पृथिवीम् अन्तरिक्षम् दिवम्। तान् लोकान् अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रीणि ज्योतींषि अजायन्त। अग्निरेव पृथिव्या अजायत। वायुरन्तरिक्षात्। आदित्यो दिव:। तानि ज्योतींषि अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रयो वेदा अजायन्त। ऋग्वेद एव अग्नेरजायत। यजुर्वेदो वायो:। सामवेद आदित्यात्। तान् वेदान् अभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रीणि शुक्राण्यजायन्त। भू: इत्येव ऋग्वेदादजायत। भुव इति यजुर्वेदात्। स्व: इति सामवेदात्। तानि शुक्राण्यभ्यतपत्। तेभ्योऽभितप्तेभ्यस्त्रयो वर्णा अजायन्त। अकार: उकार: मकार: इति। तान् एकधा समभरत्। तत् ओम् इति।"

अर्थ- प्रजापति परमात्माले इच्छा गरे कि म प्रजाका द्वारा विस्तारलाई प्राप्त होऊँ। उसले ईक्षण गर्यो। उसले ईक्षण गरेर यीलोकहरूलाई उत्पन्न गर्यो- पृथिवी, अन्तरिक्ष र द्युलोकलाई। ती लोकहरूको ईक्षण गर्यो। ईक्षण गरिएका ती लोकहरूले तीन ज्योतिःस्वरूप ज्ञानी भए र पृथिवीबाट अग्नि भए। वायु अन्तरिक्ष भए। आदित्य द्युलोकबाट। ती ज्योतिःस्वरूपहरूको ईक्षण गरे। ती ईक्षण गरिएका ज्योतिःस्वरूपहरूबाट तीन वेद उत्पन्न भए। अग्नि ऋषिबाट ऋग्वेद उत्पन्न भयो। यजुर्वे वायु ऋषिबाट उत्पन्न भयो। सामवेद आदित्य ऋषिबाट उत्पन्न भयो। ती वेदहरूको ईक्षण गरे। ती ईक्षण गरिएका वेदहरूबाट तीन शक्तिशाली शब्द निस्किए। भूः यो नै ऋग्वेदबाट निस्कियो। भुवः यो यजुर्वेदबाटट। स्वः यो सामवेदबाट। ती शक्तिशाली शब्दहरूको ईक्षण गरे। ती ईक्षण गरिएका शब्दहरूबाट तीन वर्ण, अ उ म् निस्किए। ती तीनलाई एक प्रकारले एकत्र गरे। त्यो ओ३म् बन्यो।

यस कण्डिकाको सार यो हो कि परमात्माले आफ्नो ईक्षण शक्तिले तीन लोक उत्पन्न गरे। अनि त्यस लोकबाट उत्पन्न भएका ऋषिहरूलाई वेदको प्रकाश गरे। (त्रयोवेदाः) यहाँ तीन वेदको तात्पर्य त्रयी विद्या जान्नुपर्छ। (त्रयः+वर्णाः) यी वेदहरूबाट ईश्वरका सबै गुणहरूको वर्णन गर्नेवाला तीन शब्द उत्पन्न भए। वर्ण शब्द विशेषणगर्भित पद हो। यसको अर्थ अक्षर होइन किन्तु ब्रह्मको हामी जुन पदले वर्णन गर्न सक्छौँ त्यसलाई वर्ण भनिन्छ। (अकारः) अकार (उकारः) उकार (मकारः) मकार यी तीन पद हुन्। यी तीन पदहरू मिलेर 'ओ३म्' पद बन्यो।

महाराज मनु भन्नुहुन्छ-
अकारं चाप्युकारं च मकारं च प्रजापति:।
वेदत्रयान् निरदुहत् भूर्भुवः स्वरितीति च।। -मनु० २/७६

अर्थ- प्रजापतिले अकार, उकार र मकारलाई ऋक् यजु साम यी तीन वेदहरूबाट तथा भूः भुवः स्वः यी तीन महाव्याहृतिहरूको दोहन गरेर - सारा भूत निस्किए।

ईक्षण शक्तिमाथि विचार
परमात्माको ईक्षण शक्तिको वर्णन ऋग्वेद १०/१९०/१, वेदान्तदर्शन १/१/५, ऐतरेयोपनिषद् १/१, छान्दोग्योपनिषद् ६/२/३ इत्यादि स्थलमा पनि आएको छ। यस सम्बन्धमा दयानन्दजी सत्यार्थप्रकाशको सातौँ समुल्लासमा प्रश्नोत्तरको रूपमा बताइएको छ-
(प्रश्न) ईश्वरमा इच्छा छ कि नाइ?
(उत्तर) त्यस्तो इच्छा छैन। किनकी इच्छा पनि अप्राप्त, उत्तम र जसको प्राप्तिले सुख विशेष हुन्छ अनि ईश्वरमा इच्छा हुन सक्छ। न उसबाट अप्राप्त पदार्थ, न कुनै उसभन्दा उत्तर तथा पूर्ण सुखयुक्त हुनाले सुखको अभिलाषा पनि हुँदैन। यसैकारण ईश्वरमा इच्छा सम्भव छैन तर ईक्षण अर्थात् सबै प्रकारका विद्याको दर्शन र सबै सृष्टिको संचालन नै ईक्षण हो।

ब्रह्म चेतन सत्ता हो। क्रिया गर्नु चेतन सत्ताको स्वाभाविक गुण हो। यदि ऊ क्रिया गर्दैन भने यसबाट उसको चेतनामाथि प्रश्नचिह्न लाग्छ। किनकी परमात्मा चेतन भएका कारण क्रिया गर्दछन्। यसैले उनले आफ्नो ईक्षण शक्तिले लोकहरूलाई उत्पन्न गरे र वेदहरूको उत्पत्ति गरे। वेदज्ञानको माध्यमले लोकहरूका पदार्थहरूलाई मान्छेहरूले जाने, यसैलाई भनिएको हो कि म (ब्रह्म) प्रजाद्वारा विस्तारलाई प्राप्त होऊँ। ईश्वरको यो अद्भूत ईक्षण शक्तिले नै सबै सृष्टिको उत्पत्ति हुन्छ र उनी वेदज्ञानको प्रकाश गर्दछन्। यसबाट ब्रह्मको चेतना सिद्ध हुन्छ।

अतः ओंकारको अर्थमाथि स्वामी दयानन्दजीको गूढ चिन्तन वैदिक विचारधारा एकेश्वरवादको पोषण गर्दछ। मनुष्य जातिमा फैलिएको ईश्वर विषयक भ्रान्तिपूर्ण विचारहरू जस्तै अनेकेश्वरवाद आदिमाथि महर्षिले सप्रमाण प्रहार गर्नुभयो र मान्छेहरूलाई ईश्वरको सत्य स्वरूपसँग परिचित गराउँनुभयो। ईश्वर विषयक स्वामीजीको निर्भ्रान्त धारणा थियो। स्वामीजीले वेदादि सत्य शास्त्रहरूलाई पढ्ने अधिकार सबैलाई दिए एवं आफ्नो तप तथा पुरुषार्थको बलमा वेदहरूलाई स्वतःप्रमाण (ईश्वरी ज्ञान) सिद्ध गरेर मनुष्य जातिमा फैलिएको अन्धविश्वासलाई खुल्ला चुनौति दिए। वेदहरूका उद्धारमा स्वामी दयानन्दजी महाराजको योगदान सदैव अविस्मरणीय रहनेछ।

[Source- Navrang Times : Voice Of Arya Pratinidhi Sabha America, May-June 2020 issue & आर्ष क्रान्ति : आर्य लेखक परिषदको मुख पत्रको जुन २०२० अंक]

Tuesday, July 14, 2020

ईश्वरको स्वरूप


ईश्वर कस्ता छन्, कहाँ बस्छन्, उनको रंग कस्तो छ, कुनै उनको रूप या व्यक्तित्व छ भने बताउँनुहोस्?

प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

जबसम्म यी कुराहरूको ज्ञान हुन्न तबसम्म आफ्नो प्रियतमलाई कसरी चिन्ने? कसरी जान्ने कि हामी कसको दर्शन गर्दै छौँ या हामीलाई दर्शन भइसक्यो?

याज्ञवल्क्यले एकपल्ट गार्गीसँग भनेको थिए-
“ब्रह्मलाई जान्नेवाला उनलाई अक्षर, अविनाशी, कूटस्थ भन्छन्। उनी न मोटा छन्, न पातला छन्। न साना छन्, न लामा छन्। न आगोझैँ रातो छन्। उनी बिना स्नेहका छन्, बिना छाया र बिना अन्धकारका छन्। न वायु हुन्, न आकाश हुन्। रसले रहित, गन्धले रहित छन्। उनको नेत्र छैनन्, वाणी छैन, मुख छैन, मात्रा छैन।” -बृह० ३।७।७

"उनी महान् छन्। दिव्य छन्। अचिन्त्य छन्। सूक्ष्मभन्दा पनि सूक्ष्मतर प्रतीत हुन्छन्। उनी टाढाभन्दा पनि टाढा छन्।" तथापि यहाँ नै हाम्रा यिनै उपनिषद् (२।२।१) मा लेखिएको छ-

उनी सबै स्थानमा प्रकट छन्, निकट छन्। गुहाचर (हृदयको गुफामा विचरण गर्नेवाला) प्रसिद्ध छन्। उनी एक ठुला आधार हुन् जसमा सबै स्थिर छन्, जो हिँड्छ, साँस लिन्छ र आँखा झिम्काउँछ। यो सारा स्थूल र सूक्ष्म जो तिमी जान्छौँ, यो सबै उनैमा स्थिरमा छ। उनी पुजाका योग्य छन्। सबैभन्दा श्रेष्ठ छन्। प्रजाहरुमा बुझाईभन्दा पर छन्।”

वेदहरूमा उसको वर्णन यस प्रकारले गरिएको छ-

१. एतावानस्य महिमातो ज्यायांश्च पूरुष:।
पादोअस्य विश्वा भूतानि त्रिपादस्यामृतं दिवि।। -ऋ० १०।९०।३; यजु० ३१।३।।

"यति ठुलो (भूत, भविष्यत् र वर्तमान कालसँग सम्बद्ध जति जगत् छ, त्यो सारा)  यी प्रभुको महिमा छ कि प्रभु स्वयं यसभन्दा ठुला छन्। (तीनै कालहरूमा हुनेवाला) सारा भूत यसको सवा भाग हुन् र यसको (शेष) भाग जो अमृत एवं अविनाशी स्वरूप हो, त्यो आफ्नो प्रकाशमा छ।"

प्रयोजन यो हो कि उनको कुनै सीमा छैन। हो, केही दिग्दर्शन गराउँनका लागि भनियो कि यो सारा दुािया, यो सारा दुनिया, यो सारा लोक, यो सारा पृथिवी, यी सारा नक्षत्र इत्यादि, यी सबै यिनको एक खुट्टामा आउँछ। बाँकी तिन खुट्टा अरु पनि छन्।

२. इन्द्रं मित्रं वरुणमग्निमाहुरथो दिव्य: स सुपर्णो गरुत्मान्।
एकं सद् विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहु:।। -ऋ० १।१६४।४६।।

“त्यो एक शक्तिलाई अनेक रूपमा वर्णन गर्छन्- इन्द्र, मित्र, वरुण र अग्नि भन्छन्। उनै दिव्य सौन्दर्यको भण्डार हुन्। उनै प्रकाशस्वरूप प्रभुलाई यम र मातरिश्वा भन्छन्।”

३. तदेवाग्निस्तदादित्यस्तद्वायुस्तदु चन्द्रमा:।
तदेव शुक्रं तद् ब्रह्म ता आप: स प्रजापति:।। -यजु० ३२।१।।

“तिनै अग्नि, तिनै आदित्य, तिनै वायु, तिनै चन्द्रमा, तिनै शुक्र, तिनै ब्रह्म, तिनै जल र तिनै प्रजापति हुन्।”

४. य: पृथिवीं व्यथमानामदृंहद्य: पर्वतान् प्रकुपितां अरम्णात्।
यो अन्तरिक्षं विममे वरीयो यो द्यामस्तभ्नात् स जनास इन्द्र:।। -ऋ० २।१२।२।।

“जसले (आदिमा पघ्लेका कारण) लहराइ रहेको पृथ्वीलाई दृढ जमाई दिए र जसले प्रकृपित भएको (आदिमा अग्नि वर्षत गर्दै) पर्वतहरूलाई शान्त गरे, जसले अन्तरिक्षलाई धेरै विशाल बनाए, जसले द्यौलाई धारण गरेका छन्, हे मनुष्य! तिनै शक्तिशाली प्रभु हुन्।”

५. यं स्मा पृच्छन्ति कुह सेति घोरमुतेमाहुर्नैषो अस्तीत्येनम्।
सो अयं पुष्टीर्विज इवा मिनाती श्रदस्मै धत्त स जनास इन्द्र:।। -ऋ० २।१२।५।।

"जसको विषयमा सोध्छन् कि उनी कहाँ छन् र कतिले त यहाँसम्म पनि भनिदिन्छन् कि उनी यहाँ छैनन्। तिनै हुन् जो यस्ता शत्रुहरू (घमण्डमा तिनका प्रजाहरूलाई पीडित गर्नेवाला) को पुष्टिहरूलाई शक्तिलाई नाश गरिदिन्छन्, तिनका लागि श्रद्धा गर। हे मनुष्यहरू, तिनै शक्तिशाली प्रभु हुन।"

६. यो रघ्रस्य चोदिता य: कृशस्य यो ब्रह्मणो नाधमानस्य कीरे:।
युक्तग्राव्णो योअविता सुशिप्र: सुतसोमस्य स जनास इन्द्र:।। -ऋ० २।१२।६।।

“जो दीन- दुःखीहरुलाई हिम्मत दिन्छ्, जो विपदग्रस्त भक्तको पुकार सुन्छन्, जो यज्ञमय जीवनधारीहरूका प्रतिपालक हुन्, हे मनुष्य! तिनै सुन्दर र छविवाला देव इन्द्र हुन्।”

७. यस्य भूमि: प्रमान्तरिक्षमुतोदरम्।
विवं यश्चक्रे मूर्धानं तस्मै ज्येष्ठाय ब्रह्मणे नम:।। -अ० १०।७।३२।।

“भूमि उसको पाद-प्रतिष्ठा हुन्। अन्तरिक्ष उसको उदर हो। द्युलोक उसको निधार हो। ती परम ब्रह्मलाई प्रणाम होस्!”

८. यस्य सूर्यश्चक्षुश्चन्द्रमाश्च पुनर्णव:।
अग्निं यश्चक्र आस्य तस्मै ज्येष्ठाय ब्रह्मणे नम:।। -अ० १०।७।३३।

“सूर्य र नित्य नयाँ चन्द्रमा उसका आँखा हुन्, आगो उनको मुख हो। त्यस परम ब्रह्मलाई नमस्कार होस्!”

९. प्रजापतिश्चरति गर्भे अन्तरदृश्यमानो बहुधा वि जायते।
अर्धेन विश्वं भुवनं जजान यदस्यार्ध कतम: स केतु:।। -अ० १०।८।१३।।

“ती प्रजापति (सबै) भित्र विद्यमान् छन्। उनी देखिँदैनन् (तर) नाना प्रकारले प्रकट भइरहन्छन्। पुरा संसार ती प्रभु (को शक्ति) कै एक भागको फल हुन्। शेष भागको त के भन्नु? र कसरी भन्नु?”

१०. यत: सूर्य उदेत्यस्तं यत्र च गच्छति।
तदेव मन्येअहं ज्येष्ठं तदु नात्येति किं चन।। -अ० १०।८।१६।।

"सूर्य उनैबाट उदाएँछ र उनैमा लीन हुन्छ। साँच्चै नै, उनी सबैभन्दा ठुला छन्। उनको बराबर अरु कोइ हुन सक्दैन।"

यस्ता ईश्वर रहन्छन् कहाँ? कुनै पनि यस्तो स्थान छैन जहाँ उनी नरहेका होऊन्। तर उनको दर्शन हृदयमा नै हुन्छ। उपनिषद्मा उनको पुरै ठेगाना पनि दिइएको छ-

सर्वाननशिरोग्रीव: सर्वभूतगुहाशय:।
सर्वव्यापी स भगवांस्तस्मात्सर्वगत: शिव:।। -श्वेताश्वतर ३।११।।

“तिनै भगवान् सबैतर्फ मुख, टाउँको र ग्रीवावाला छन्। सर्वव्यापी छन् र समस्त प्राणीहरूको हृदयरूपी गुफामा निवास गर्दछन्। त्यसैले उनी (शिव) कल्याण स्वरूप प्रभु सबै स्थानमा पुगेका छन्।”

अंगुष्ठमात्र: पुरुषोअन्तरात्मा सदा जनानां हृदये सन्निविष्ट:।
हृदा मनीषा मनसाभिक्लृप्तो य एतद्विदुरमृतास्ते भवन्ति।। -श्वेताश्वतर ३।१३।।

"बुढे औलाको परिणामवाला अन्तर्यामी परमपुरुष (परमेश्वर) सदा नै मनुष्यको हृदयमा सम्यक् प्रकारले स्थित छन्। मनका स्वामी हुन् तथा निर्मल हृदय र शुद्ध मनले ध्यानमा ल्याइन्छन् (प्रत्यक्ष हुन्छन्)। जो यस परब्रह्म परमेश्वरलाई जान्छन्; ती अमर भइहाल्छन्।"

अणोरणीयान्महतो महीयानात्मा गुहायां निहितोअस्य जन्तो:।
तमक्रतुं पश्यति वीतशोको धातु: प्रसादान्महिमानमीशम्।। -श्वेता० ३।२०।।

“ती सूक्ष्मभन्दा पनि सूक्ष्म छन् र ठुलाभन्दा पनि ठुला परमात्मा, जीव-हृदयरूपी गुफामा लुकेका हुन्छन्। ती, सबैका रचना गर्नेवाला, प्रभुको कृपाले (जो भक्त) यस संकल्परहित प्रभुकलाई र उनको महिमालाई देखिहाल्छ, ऊ सबै प्रकारका दुःखहरूले रहित भइहाल्छ।”

एतज्ज्ञेयं नित्यमेवात्मसंस्थं नात: परं वेदितव्यं हि किञ्चित्। -श्वेता० १।१२।।

“उसलाई जान, जो सदा तिम्रो आत्मा वर्तमान छन्। यसभन्दा पर केही जान्न योग्य छैन।”

शंकर भगवान्ले “शिवधर्मोत्तर” बाट जो श्लोक आत्मदर्शनको सम्बन्धमा प्रमाण दिइएका छन्, तिनमा पहिलो श्लोक यो लेखिएको छ-
शिवमात्मनि पश्यन्ति प्रतिमासु न योगिन:।
“योगीजन शिवलाई आफ्नो आत्मामा देख्छन्, न कि प्रतिमाहरूमा।”

यहाँ उपर्युक्त उदाहरणहरूद्वारा प्रश्नहरूको उत्तर दिने सरलतापूर्वक सम्झाउँने प्रयत्न गरेका छौँ।

Saturday, July 11, 2020

श्रीकृष्णजीको वास्तविक स्वरूप


श्रीकृष्णजीको वास्तविक स्वरूप

डा० विवेक आर्य

कृष्णजीलाई अपमानित गर्ने केही भजनहरू
१. छलीको भेष बनाएर श्याम चुरा बेच्न आए
२.पत्थरकी राधा प्यारी, पत्थरका श्याम बिहारी
पत्थरसँग ठोक्किई पत्थर हुन्छ यहाँ चिंगारी
३. एक दिन ती भोले भण्डारी बने बृज नारी गोकलमा आई।

यसै प्रकारका अनेक भजन छन् जसले हाम्रा आदर्श पुरुषहरूलाई अपमान गर्छन्। यस लेखको माध्यमबाट हामी व्यासपीठका मठाधीशहरूद्वारा श्रीकृष्णजीको विषयमा फैलाइएका भ्रान्तिहरूको निराकरण गर्ने छौँ।
प्रसिद्ध समाजसुधारक एवं वेदहरूका प्रकाण्ड पंडित स्वमी दयानन्द जीले आफ्नो अमर ग्रन्थ सत्यार्थ प्रकाशमा श्रीकृष्ण्जी महाराजको बारेमा लेख्नुहुन्छ कि पुरा महाभारतमा श्रीकृष्णको चरित्रमा कुनै दोष पाइँदैन एवं उहाँलाई आप्त श्रेष्ठ पुरुष पनि भन्नुभएको छ। स्वामी दयानन्द श्रीकृष्णजीलाई महान् विद्वान सदाचारी, कुशल राजनीतिज्ञ एवं सर्वथा निष्कलंक मान्नुहुन्छ।
महाभारतमा श्रीकृष्ण–
१. धर्म र न्यायका पक्षधर- पाण्डव धर्मपरायण थिए जसकारण उहाँले जसको साथ दिनुभयो उसलाई जिताउँनभयो। कौरव सबैमा पनि श्रीकृष्णले यही कुरा बताउँनुभएको छ-

यत्र धर्मो ह्यधर्मेण सत्यं यत्रानृतेन च।
हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासदः।। -(उद्योग० ९५/४८)

जहाँ सभासद्हरू हेर्दा हेर्दै अधर्मद्वारा धर्मको र असत्यद्वारा सत्यको हनन हुन्छ, त्यहाँ सभासद्हरू नष्ट हुन्छन्।

२. दृढप्रतिज्ञ
श्रीकृष्ण दृढप्रतिज्ञ हुनुहुन्थ्यो। उहाँले दुर्योधनको सभामा जानभन्दा पहिले द्रौपदीका सम्मुख जो प्रतिज्ञा गर्नुभएको थियो त्यो पुरा पनि गर्नुभयो। जब द्रौपदीले रोएर बाँया हातले आफ्ना कपाललाई पक्रेर आफ्नो अपमानको बदला लिने कुरा गर्छिन् तब श्रीकृष्ण भन्छन्-

चलेद्धि हिमवाञ्छैलो मेदिनी शतधा भवेत् ।
द्यौः पतेच्च सनक्षत्रा न मे मोघं वचो भवेत्।। -(उद्योगपर्व ८२/४८)

अर्थ- चाहे हिमालय पर्वत आफ्नो स्थानबाट हटोस्, पृथ्वीका सय टुक्रा होऊन् र नक्षत्रहरूसहित आकाशबाट टुटोस् परन्तु मेरो कुार असत्य हुने छैन।

धार्तराष्ट्राः कालपक्वा न चेच्छृण्वन्ति मे वचः।
शेष्यन्ते निहिता भूमौ श्वश्रृगालादनीकृताः।। -(उद्योग० ८२/४७)

अर्थ- यदि कालको मुखमा जाने धृतराष्ट्र पुत्रहरू मेरो कुरा सुनेनन् भने उनीहरू सबै मारिएर पृथ्वीमाथि सदा निँद्रामा पल्टिनेछन् तथा कुकुर र स्यालको भोजन बन्नेछन्।

३. सहनशीलता
उहाँमा सहनशीलताको गुण पनि थियो। उहाँले राजसूय यज्ञमा शिशुपालसँग भन्नुभएको थियो म तिम्रा सय गाली सहन गर्नेछु तर यसपछि पनि तिमीले गाली गरे तिम्रो टाउको गर्दनबाट छ्ट्याइदिने छु। उहाँले यस्तै गर्नुभयो पनि।

एवमुक्त्वा यदुश्रेष्ठश्चेदिराजस्य तत्क्षणात्।
व्यापहरच्छिरः क्रुद्धश्चक्रेणामित्रकर्षणः।। -(सभापर्व ४५/२५)

अर्थ- यस्तो भनेर कुपित भएका शत्रुनाशक यदुकूलभूषण श्रीकृष्णले चक्रद्वारा त्यसै क्षण चेदिराज शिशुपालको शिर उच्छेदन गरिदिनुभयो।

४. निर्लोभता
उहाँले कंशलाई मार्नुभयो तर उसको राज्य आफ्नो हातमा लिनुभएन। आफ्ना मावल हजुरबुवा उग्रसेनलाई कंसको राज्य दिनुभयो।

उग्रसेनः कृतो राजा भोजराज्यस्य वर्द्धनः। -(उद्योग १२८/३९)

जब जरासन्धलाई मार्नुभयो तब श्रीकृष्णले उसका छोरा सहदेवको राज्याभिषेक गराउँनुभयो।

५. ईश्वरोपासक
श्रीकृष्ण ईश्वरोपासक हुनुहुन्थ्यो। उहाँ नित्य प्रति सन्ध्या, हवनर गायत्रीको जाप गर्नुहुन्थ्यो-

अवतीर्य रथात् तूर्णं कृत्वा शौचं यथाविधि।
रथमोचनमादिश्य सन्ध्यामुपविवेश ह।। -(महा० उद्योग० ८४/२१)

अर्थ- जब सूर्यास्त हुन थाल्यो तब श्रीकृष्णले शीघ्र नै रथबाट उत्रिएर रथ खोल्ने आदेश दिनुभयो र पवित्र भएर सन्ध्योपासनामा लाग्नभयो।

६. महाभारतकालका सर्वमान्य महापुरुष
श्रीकृष्ण महाभारतकालका सर्वमान्य महापुरुष हुनुहुन्थ्यो। राजसूययज्ञको अवसरमा भीष्म पितामहले प्रधान अर्घ्य दिँदै उनको विषयमा भन्नुभयो-

वेदवेदांगविज्ञानं बलं चाभ्यधिकं तथा।
नृणांलोकेहि कोsन्योsस्ति विशिष्टः केशवादृते।।
दानं दाक्ष्यं श्रुतं शौर्यं ह्रीः कीर्तिर्बुद्धिरुत्तमा।
सन्नतिः श्रीर्धृतिस्तुष्टिः पुष्टिश्च नियताच्युते।। -(महा० सभापर्व ३८/१९/२०)

अर्थ- वेदवेदांगका ज्ञाता त हुनुहुन्छ नै, बलमा पनि सबैभन्दा अधिक। श्रीकृष्णबाहेक यस युगको संसारमा मनुष्यहरूमा अर्को को छ? दान, दक्षता, शास्त्रज्ञान, शौर्य, आत्मलज्जा, कीर्ति, उत्तम, बुद्धि, विनय, श्री, धृति, तुष्टि र पुष्टि - यी सबै गुण श्रीकृष्णमा विद्यमान छन्।

७. जुवाका विरोधी
उहाँ जुवाका घोर विरोधी हुनुहुन्थ्यो। जुवालाई एक खराब दुव्र्यसन मान्नुहुन्थ्यो। जब उहाँ काम्यक वनमा युधिष्ठिरलाई भट्नुभयो तब उहाँले युधिष्ठिरलाई भन्नुभयो-

आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः।
वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन्।। -(वनपर्व १३/१-२)

अर्थ- हे राजन्! यदि म पहिले द्वारका वा त्यसको निकटमा भएको भए तपाईलाई यस भारी संकटमा पर्न दिने थ्उिन। म कौरवहरूले नबोलाएर नै द्युत सभामा जान्थे र अनेक दोषहरू देखाएर जुवा रोक्ने चेष्टा गर्थे।

८. एक पत्नी व्रत
महाभारत युद्धको प्रारम्भपूर्व अश्वत्थामा श्रीकृष्णसँग सुदर्शन चक्र प्राप्त गर्ने इच्छाले उनका समीप गए। तब श्रीकृष्णले भन्नुभयो-

ब्रह्मचर्यं महद् घोरं तीर्त्त्वा द्वादशवार्षिकम्।
हिमवत्पार्श्वमास्थाय यो मया तपसार्जितः।।
समानव्रतचारिण्यां रुक्मिण्यां योsन्वजायत।
सनत्कुमारस्तेजस्वी प्रद्युम्नो नाम में सुतः।। -(सौप्तिकपर्व १२/३०,३१)

अर्थ- मैले १२ वर्षसम्म रुक्मिणीका साथ हिमालयमा रहेर महान् घोर ब्रह्मचर्यको पालन गरेर सनत्कुमारका समान तेजस्वी प्रद्युम्न नामक पुत्रलाई प्राप्त गरे। विवाहका पश्चात् १२ वर्षसम्म घोर ब्रह्मचर्यको धारण गर्नु उनको संयमको महान् उदाहरण थियो।

यस्ता संयमी र जितेन्द्रिय पुरुषलाई पुराणकारहरूले कति विभत्स र घृणास्पद बनाइदिएका छन्!
फेरि श्रीकृष्णजीको विषयमा चोर, गोपिनीका जार (रमण गर्ने), कुब्जासँग सम्भोग गर्ने, रणछोड आदि प्रसिद्ध गर्नु कतिको अपमानको कुरा हो? श्रीकृष्णजीको चरित्रको विषयमा यस्तो मिथ्या आरोपको आधार के हो? यस्ता अभद्र आरोपहरूको आधार हो पुराण। आउँनुहोस् हामी सप्रमाण आफ्नो पक्षलाई सिद्ध गर्ने छौँ।

पुराणमा गोपिनीहरूसँग कृष्ण्को रमण गर्ने मिथ्या वर्णन
विष्णु पुराण अंश ५ अध्याय १३ श्लोक ५९–६० मा लेखिएको छ-
ती गोपिनीहरू आफ्ना पति, पिता र भाइहरूले रोक्दा पनि रोकिएनन्। प्रत्येक रात्री उनीहरू रति “विषयभोग” को इच्छा राख्नेवाला श्रीकृष्णका साथ रमण भोग गर्थे। कृष्ण पनि आफ्नो किशोर अवस्थाको मान राखेर रात्रीको समयमा उहाँसँग रमण गर्थे।

कृष्ण उनका साथ कसरी रमण गर्थे पुराणहरूका रचयिताले श्रीकृष्णलाई कलंकित गर्नमा कुनै स्थान खाली छोडेनन्।

भागवत पुराण स्कन्द १० अध्याय २९ श्लोक ४५–४६ मा लेखिएको छ-
कृष्णले जमुनाको कपुरका समान चमकिलो बालुवाको तटमा गोपिनीहरूसँग प्रवेश गर्नुभयो। त्यो स्थान जलतरंगहरूले शीतल र कुमुदिनीको सुगन्धले सुवासित थियो। त्यहाँ कृष्णले गोपिनीहरूका साथ रमण बाहु फैलाएर, आलिंगन गरेर, गोपिनीहरूको हात दबाएर, तिनको चुल्ठा पक्रेर, जाँघ पक्रेर, धोती फुकालेर, स्तन पक्रेर, मजाक गर्दै, नङले अंग चिथोर्दै, विनोदपूर्ण चितवनले हेर्दै र मुस्कुराउँदै ती क्रियाहरूद्वारा नवयोवना गोपिनीहरूसँग खुबजागृत गरेर तिनका साथ कृष्णजीले रातभर रमण गर्नुभयो।

यस्तो अभद्र विचार कृष्णाजीका महाराजलाई कलंकति गर्नका लागि भागवतका रचयिताले स्कन्द १० को अध्याय २९,३३ मा वर्णित गरेका छन् जसको सामाजिक मर्यादाको पालन गरेर म वर्णन गर्न सक्दिन।

राधा र कृष्णको पुराणहरूमा वर्णन

राधाको नाम कृष्णका साथ लिइन्छ। महाभारतमा राधाको वर्णन सम्म पाइन्न। राधाको वर्णन ब्रह्मवैवर्त पुराणमा अत्यन्त अशोभनीय वृत्तांतको वर्णन गर्दै गरिएको छ।

ब्रह्मवैवर्त पुराण कृष्ण जन्म खण्ड अध्याय ३ श्लोक ५९-६२ मा लेखिएको छ कि गोलोकमा कृष्णकी पत्नी राधाले कृष्णलाई पराई स्त्रीसँग पक्रन्छिन् र श्राप दिन्छिन् कि- हे कृष्ण ! ब्रजका प्यारा, तिमी मेरो सामुन्नेबाट गैजाऊ, तिमी मलाई किन दुःख दिन्छौँ, हे चंचल, हे अति लमपट कामचोर मैले तिमीलाई जानिसके। तिमी मेरो घरबाट गइहाल। तिमी मनुष्यहरूका भाँति मैथुनमा लम्पट छौ, तिमी मनुष्य योनीमा मिल, र गोलोकबाट भारतमा गइहाल। हे सुशीले, हे शशिकले, हे पद्मावती, हे माधव! यो कृष्ण धूर्त छ, यसलाई निकाले बाहरि निकालिदेऊ। यसका यहाँ केही काम छैन।

ब्रह्मवैवर्त पुराणको कृष्ण जन्म खंड अध्याय १५ मा राधाको कृष्णसँग रमणको अत्यन्त अश्लील वर्णन लेखिएको छ जसको सामाजिक मर्यादाको पालन गर्दै यहाँ विस्तारसँग वर्णन गर्न सक्दैन।

ब्रह्मवैवर्त पुराण कृष्ण जन्म खंड अध्याय ७२ मा कुब्जाको कृष्णसँग सम्भोगसँगको अश्लील रुपमा वर्णित पनि छ।
राधाको कृष्णका साथ सम्बन्ध पनि भ्रामक छ। राधा कृष्णको बामांगबाट जन्मिएका कारण कृष्णकी पुत्री थिइन् अथवा रायणसँग विवाह भएकाले कृष्णकी बुहारी थिइन् किनकी गोलोकमा रायण कृष्णको अंशकाट जन्मिएका थिए जसकारण उनी कृष्णका पुत्र भए जबकी पृथ्वीमा रायण कृष्णकी माता यशोदाका भाइ थिए। यसैकारण कृष्णका मामा भए र राधा कृष्णकी माइजु।

कृष्णका गोपिनी को थिए?
पद्मपुराण उत्तर खण्ड अध्याय २४५ कलकत्ताबाट प्रकाशित, मा लेखिएको छ कि रामचन्द्रजी दंडकारण्य वनमा जब पुगे तब उनको सुन्दर रुप देखेर त्यहाँका निवासी सार ऋषिहरूमुनिहर उहाँसँग भोग गर्ने इच्छा लिए। ती सारा ऋषिहरूले द्वापरको अन्तमा गोपिनीहरूको रूप लिए र रामचन्द्र कृष्ण बने तथा ती गोपिनीहरूका साथ भोग गरे। यसबाट ती गोपिनीहरूले मोक्ष पाए। अन्यथा अन्य प्रकारले तिनको संसारूपी भवसागरबाट मुक्ति कहिल्यै हुन्नथ्यो।

के गोपिनीहरूको उत्पत्तिको उपर्युक्त दृष्टान्त बुद्धिले स्वीकार गर्न सकिन्छ?

श्री कृष्णजी महाराजको वास्तविक रूप
अहिलेसम्म हामीले पुराणहरुमा वर्णित गोपिनीहरूका दुुलारा, राधाका पति, रासलीला रच्नेवाला कृष्णको विषयमा पढिरहेका थियौँ जो निश्चित रुपले असत्य हो।
अब हामी योगीराज, नीतिनिपुण, महान् कुटनीतिज्ञ श्रीकृष्ण जी महाराजको विषयमा उनको सत्य रुप जान्नेछौँ। आनन्दमठ एवं वन्दे मातरम् का रचयिता बंकिम चन्द चटर्जी, जसले ३६ वर्षसम्म महाभारतमा अनुसन्धान गरेर श्रीकृष्णजी महाराजमाथि उत्तम ग्रन्थ लेखेका छन् कि महाभारतका अनुसार श्रीकृष्णजीकी केवल एकमात्र पत्नी थिइन् जो कि रुक्मणी थिइन्। उनका २ या ३ या १६००० पत्नीहरुको कुरै छैन। रुक्मणीका साथ बदरिक आश्रम गए र १२ वर्षसम्म तप एवं ब्रह्मचर्यको पालन गरेपछि उनको एक पुत्र भयो जसको नाम प्रद्युम्न थियो। यो श्रीकृष्णको चरित्रसँग सरासर अन्याय हो कि उनको नाम १६००० गोपिनीहरूका साथ जोडिन्छ।

स्वामी दयानन्द जीले सत्यार्थमा प्रकाशमा त्यही कथन गर्नुभएको छ जस्तो बंकिम चन्द्र चटर्जीले भन्नुभएको छ। पाण्डवहरूद्वारा जब राजसूय यज्ञ गरिन्छ तब श्रीकृष्ण महाराजलाई यज्ञमा सर्वप्रथम अर्घ्य प्रदान गर्नका लागि उपयुक्त मानियो जबकी त्यहाँ अनेक ऋषिमुनिहरू, साधु महात्मा आदि उपस्थित थिए।
त्यहाँ श्रीकृष्णजी महाराजको श्रेष्ठता जान्नुहोस् कि उहाँले सबै आगन्तु अतिथिहरूको धुलाम्य खुट्टा सफा गर्नुभयो। श्रीकृष्णजी महाराजलाई सबैभन्दा ठूलो कुटनीतिज्ञ पनि यसकारण भनिन्छ किनकी उहाँले बिना हतियार उठाई न केवल दुष्ट कौरव सेनाको नाश पनि गरिदिनुभयो तथा धर्मको मार्गमा चल्ने पाण्डवहरूलाई विजय दिलाउँनुभयो।

यस्ता महान् व्यक्तित्वमाथि चोर, लम्पट, रणछोड (युद्धभूमिबाट भाग्ने कायर), चरित्रहीन, कुब्जासँग समागम गर्नेवाला आदि भन्नु अन्याय नभएर अरु के हो त र यस् सबै मिथ्या कुराहरूको श्रेय पुराणहरूलाई नै जान्छ।
यसैकारण महान् कृष्णजी महाराजमाथि कुनै व्यर्थको आक्षेप नलगाएर एवं साधारण जनहरूलाई श्रीकृष्णजी महाराजको वास्तविक व्यक्तित्वलाई प्रस्तुत गर्नका लाग पुराणहरूको बहिष्कार आवश्यक तथा वेदहरूको प्रचार अति आवश्यक छ।

यति सबै भन्दा पनि यदि कसैले यो कुरा मान्दैन भने उसका लागि निम्न लोकोक्ति लागु हुन्छ-
जब उल्लुले दिनमा देख्दैन भने त्यसमा सूर्यको के दोष?

वैदिक संस्कृतिका मूलाधार - वेद, रामायण र महाभारत


वैदिक संस्कृतिका मूलाधार - वेद, रामायण र महाभारत

-डा० जयदत्त उप्रेती
नेपाली अनुवादक/सम्पादक- अविरल डि० सी०

प्राचीन कालदेखि चलिआएको विश्वविख्यान वैदिक संस्कृतिका तीन मूल आधार छन्- ऋग्वेदादि चार वेद, वाल्मीकि रामायण र महर्षि कृष्णद्वैपायन व्यास रचित महाभारत। यिनमा वेदहरूलाई त देवकाव्य वा अपौरुषेय काव्य पनि भनिन्छ। स्वयं वेदमा पनि भनिएको छ कि, सनातन देवकाव्य (ईश्वरी काव्य) लाई हेर जो न कहिल्यै जीर्ण (अर्थात् पुराना) हुन्छन् न त कहिल्यै नष्ट नै हुन्छन्- ‘‘देवस्य पश्य काव्यं न ममार न जीर्यति”। मानव सृष्टिको आरम्भमा उत्पन्न अग्नि, वायु, आदित्य, अंगिरा नामक चार अमैथुनी सृष्टिका आदि ऋषिहरूको अत्यन्त पवित्र अन्तःकरणहरूमा शब्द, अर्थ, सम्बन्ध सहित ब्रह्मा नमक देवर्षिले वेदहरूलाई प्राप्त गर्नुभयो। पछि उहाँले आफ्नो दिव्य योग्यताले लिपिको आविष्कार गरेर, त्यसद्वारा आफ्ना पुत्रादि एवं पछिका ऋषिहरूलाई वेद पढाउँनुभयो तथा सुस्तरी सुस्तरी वेदज्ञान समस्त भूमण्डलमा फैलिँदै गयो। यो कुरा व्याकरण, निरुक्तादि वेदांगहरू, ऐतरेय - शतपथ आदि ब्राह्मण ग्रन्थहरू र उपनिषदहरूमा वर्णित छ। ऋग्वेदादि चारै वेदहरूलाई कण्ठस्थ गरेका कारण ब्रह्मा चतुर्मुख उपाधिलाई प्राप्त भए।

जसरी वेदहरूलाई अपौरुषेय देवकाव्य भनिन्छ, त्यसै प्रकारले लोकभाषा संस्कृतमा सर्वप्रथम काव्यको रचना गर्ने महर्षि वाल्मीकि भए, जसले रामकथामा आधारित रामायण नामक महाकाव्यको प्रणयन गरे। यसैकारण उनलाई आदिकवि र रामायणलाई संस्कृत साहित्यमा आदि महाकाव्य पनि भनिन्छ।

वैदिक वाङ्मय पछि अगल अलग युगहरूमा अनेक महर्षिहरू भए जसले आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र अर्थवेद नामक चार उपवेदहरू, शिक्षा, व्याकरण, निरुक्त, कल्प, छन्द, ज्योतिष नामक ६ वेदांग शास्त्रहरू, मनुस्मृति आदि धर्मशास्त्रहरू, न्याय, वैशेषिक, सांख्य, योग, पूर्व मीमांसा, वेदान्द लगायतका ६ वेदोपांग नामक दर्शनशास्त्रहरूको रचना गरे। यसै प्रकारले त्रेतायुग र द्वापरय्गको प्रमुख ऐतिहासिक घटनाहरूमा आधाति क्रमशः महर्षि वाल्मीकि रचित रामायण नामक महाकाव्य र महर्षि कृष्णद्वैपायन व्यास रचित महाभारत नामक महाकाव्य संस्कृत साहित्यको क्षेत्रमा अति प्रसिद्ध छ। यस लेखमा यी दुवै महाकाव्यका केही समानता र विशेषताहरूको दिग्दर्शन गराइनेछ जो यस प्रकार छ।

पहिले वाल्मीकि रामायणको चर्चा गरौँ वाल्मीकि रामायणको विषयमा ज्ञातव्य छ कि त्यसलाई चतुविंशतिसाहस्त्री संहिता पनि भनिन्छ। यसको कारण यो हो कि यो महाकाव्य चौबिस हजार अनुष्टुप् छन्दका श्लोकहरूमा पूर्ण भएको छ। यसका प्रत्येक हजारको पहिलो श्लोक गायत्री मन्त्रको एक एक अक्षरबाट आरम्भ हुन्छ। जसतो कि गायत्री मन्त्र जो तत् शब्दले आरम्भ हून्छ (महाव्याहृतिहरू भूर्भुवः स्वः लाई छोडेर) त्यसैप्रकार वाल्मीकि रामायणको बालकाण्डको आरम्भ पनि “त” अक्षरबाट हुन्छ र अन्मि युद्ध काण्ड वा उत्तरकाण्डको अन्तिम चौबिस हजारौँ श्लोकको प्रथम अक्षर या ले हुन्छ कि नाई, यसको पुष्टि कुल श्लोकहरूको गणनाको आधारमा गर्न सकिन्छ। युद्ध काण्डमा नै रामायणलाई पूणं मानिन्छ वा उत्तरकाण्डको समाप्तिमा - यस विषयमा विद्वानहरूमा मतभेद छ। यसैकारण तदनुसार गणना नै वैकल्पिक हुन्छ। यसो त युद्धकाण्डको पुष्पिका (जो प्रत्येक काण्डको अन्तिमा समानरूपले पढिन्छ) त्यो यस प्रकार छ-

‘‘इत्यार्षे श्रीमद् रामायणे वाल्मीकीये आदिकाव्ये चतुर्विंशतिसाहस्त्रयां युद्धकाण्डे सर्वजनपरिवृतस्य राजाधिराजस्य श्रीमद् रामचन्द्रस्य पट्टाभिषेकभद्राण्यं नाम त्रिंशदधिकशततमः सर्गः।130।। ---वर्तमानकथाप्रसंगः समाप्तः।।” 

यस प्रकार युद्धकाण्डको अन्तमा रामायणको मुख्य कथा समाप्त भएका कारण, तथा उत्तरकाण्डमा पुराणहरूका समान अनेक उपाख्यानहरूको समावेश भएका कारण त्यसलाई कतिपय विद्वानहरू प्रक्षिप्त मानेका छन् भने कतिले मानेका छैनन्।

वाल्मीकि रामायणमा रामकथाको आरम्भ महर्षि वाल्मीकिद्वारा मुनिश्रेष्ठ उत्तम विद्वान् नारदमुनिसँग यस प्रकार प्रश्न सोधेर भएको छ, कि हे मुनिजी! तपाई बताउँनुहोस् कि वर्तमान समयमा सर्वश्रेष्ठ धर्मात्मा, सत्यवादी, सदाचारवान्, आत्मवान्, शूरवीर, दृढप्रतिज्ञ, विद्वान्, सबै जनहरूका हितैषी को हुन्? यसमा नारद मुनि उत्तर दिन्छन्, हे मुनिजी! यी धेरै दुर्लभ गुणहरूवाला व्यक्तिको बारेमा तपाईले सोध्नुभएको छ। सो, म बताउँछु। ती हुन् इक्ष्वाकु वंशमा उत्पन्न सर्वलोक प्रसिद्ध श्रीरामचन्द्र। जो संयमी, सदाचारवान्, बलवान्, धैर्यवन्, बुद्धिमान्, नीतिमान्, ईर्ष्या-द्वेषरहित, तेजस्वी, जितेन्द्रिय, संग्राममा शत्रुहरूलाई विनष्ट गर्नेवाला एवं यशस्वी छन्।

‘‘तपः स्वाध्यायनिरतं तपस्वी वाग्विदां वरम्। नारदं परिप्रच्छ वाल्मीकिर्मुनिनिपुंगवम्।।
को न्वस्मिन् साम्प्रतं लोके गुणवान् कश्च वीर्यवान्। धर्मश्च कृतज्ञश्च सत्यवाक्यो दृढव्रतः।।
चारित्रेण को युक्तः सर्वभूतेषु को हितः। विद्वान् कः समर्थश्च कश्चैकप्रियदर्शनः।।
आत्मवान् को जितक्रोधो द्युतिमान् कोऽनसूयकः। कस्य बिभ्रति देवाश्च ताजरोषस्य संयुगे।।
बहवो दुर्लभाश्चैव ये त्वया कीर्तिता गुणाः। मुने! वक्ष्याम्यहं बुदध्वा तैर्युक्तः श्रूयतां नरः।।
इक्ष्वाकुवंशप्रभवो रामो नाम जनैः श्रुतः। नियतात्मा महावीर्यो द्युतिमान् धृतिमान् वशी।।
बुद्धिमान् नीतिमान् वाग्मी श्रीमान् शत्रुनिवर्हणः।।”

सम्पूर्ण रामायणमा रस छन्द अलंकारादि काव्यगुण हुँदै, श्रीरामका यी गुण पद पदमा वाल्मीकि महाकविद्वारा वर्णित भएका छन् जसकारण रामायण महाकाव्यहरूमा सर्वोत्तम महाकाव्यका रूपमा लोक प्रसिद्ध छ। अतः एव कविले यसको प्रशस्तिमा स्वयं लखेका छन्- यो काव्य वेदहरूका समान पवित्रत्र, पापनाशक, आयुर्वर्धक एवं पुण्यप्रद छ। यसलाई पढ्नेहरू सबै पापहरूबाट मुक्त हुनेछन्। उसको आयु बढ्नेछ र ऊ जन्मान्तरमा सुपुत्रपौत्र तथा सेवकहरूका सहित सुखी हुनेछ। ब्राह्मण यसलाई पढ्यो भने उत्तम विद्वान बन्नेछ, क्षत्रियले पढेपछि भूपति बन्नेछ, वैश्यले पढ्यो भने उत्तम धनवान् बन्नेछ एवं शुद्रले पढ्यो भने ऊ पनि महान् बन्नेछ। जबसम्म पृथ्वीतलमा पर्वत र नदीहरूमा रहनेछ तबसम्म रामायणको कथाको संसारमा प्रचार भइरहनेछ।

इदं पवित्रं पापघ्नं पुण्यं वेदैश्चसंमितम्। यः पठेद् रामचरितं सर्वणपैप्रमुच्यते।।
एतदाख्यानमायुष्यं पठन् रामायणं नरः सपुत्रपौत्रः सगणः प्रेत्य स्वर्गे महीयते।।
पठन् द्विजो वागृषभत्वमीयात्। स्यात् क्षत्रियो भूमिपतित्वमीयात्।।
वणिग्जनः पुण्यफलत्वमीयात् जनश्च शूद्रोऽपि महत्वमीयात्।। (वा०रा०, 1-1-98, 99, 100)

लगभग सात काण्डहरू, साढे छ सय सर्गहरू, अनेक अध्यायहरू र हजारौ श्लोकहरूमा विभक्त  छ रामायण जसमा परिवार, समाज, राष्ट्र र विश्वका लागि सबै हितकर नियमहरू र सुशासनका साथ साथै धर्म, अर्थ, काम र मोक्ष नामक चारै पुरुषार्थहरूमा वर्णन छ। कर्तव्य कर्महरूको प्रेरणा र त्याज्य कर्महरूको निषेध एवं देशकालगत प्रकृतिको सुन्दर मनोहारी चित्रण रामायण काव्यको विशेषता हो। यसद्वारा प्राचीन वैदिक संस्कृति, कला, धर्म र विज्ञानको सुन्दर परिचय प्राप्त हुन्छ।

ठिक यसै प्रकार, महर्षि कृष्णद्वैपायन व्यासद्वारा रचित महाभारत नामक महाकाव्यद्वारा हामीलाई तत्कालीन भारतीय संस्कृतिको परिज्ञान हुन्छ। जो प्रायः वैदिक तथा रामायण कालिक संस्कृतिसँग मिल्दो जुल्दो भएर पनि अनेक अंशमा भिन्न प्रतीत पनि हुन्छ।

जसरी वाल्मीकि रामायण चौबिस हजार श्लोक भएकाले त्यसलाई चतुर्विंशतिसाहस्री संहिता पनि भनिन्छ, त्यसरी नै महाभारतमा एक लाख श्लोक भएकाले महाभारतलाई शतसाहस्री संहिता भनिन्छ। वाल्मीकि रामायण जहाँ काण्ड, सर्ग, अध्याय र अनुष्टुप् छन्दका श्लोकहरूमा निबद्ध छ, त्यहाँ महाभारत पर्वहरू, अध्याय र अनुष्टुप् श्लोकहरूमा विभक्त छ। विशाल ग्रन्थ महाभारतमा अठार पर्वहरू छन्, जसको नाम क्रमशः यस प्रकार छ- आदि, सभा, वन, विराट, उद्योग, भीष्म, द्रोण, कर्ण, शल्य, सौप्तिक, स्त्री, शान्ति, अनुशासन, आश्वमेधिक, आश्रमवासिक, मौसल, महाप्रस्थान, स्वर्गारोहण। यी मुख्य जड पर्वहरूमा प्रत्येकका अन्तर्गत साना साना पर्वहरू पनि छनु जो भिन्न भिन्न नामहरूले उपाख्यान पर्व पनि भनिन्छन्। यिनैमध्ये एक वनपर्वान्तर्गत २७३ औ अध्याय बाट २९१ अध्याय पर्यन्त १९ अध्यायहरूको रामोख्यान पर्व पनि छ जसमा रामायणमा वर्णित रामकथाको सार पनि वर्णित छ। सुप्रसिद्ध भगवद्गीता पनि भीष्मपर्वको एक अंश हो। महाभारतको आरम्भिक नाम जय थियो। त्यसपछि उपाख्यानहरूले रहित केवल चौबिस हजार श्लोकहरूको ग्रन्थको नाम भारत भयो। तथाजब त्यो एक लाख श्लोकको ग्रन्थ बन्यो तब त्यसको नाम महाभारत भयो। यस विशाल ग्रन्थलाई महर्षि कृष्ण द्वैपायनले नित्य प्रातः उठेर तीन वर्षहरूमा पूर्ण गरे। यो वर्णन महाभारतको आदि पर्वमा दिइएको छ। तद्यथा,

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।
मुच्यते सर्वपापेभ्यो राहुणा चन्द्रमा यथा।
जयो नामेतिहासोऽयं श्रोतव्यो विजिगीषुणा।।
चतुर्विंशतिसाहस्रीं चक्रे भारतसंहिताम्।
उपाख्यानैर्विना तावद् भारतं प्रोच्यते बुधैः।।
इदं शतसहस्रं हि श्लोकानां पुण्यकर्मणाम्।
सत्यवत्यात्मजेनेह व्याख्यातममितौजसा।। महाभारत आदि पर्व।।

वाल्मीकि रामायणझैँ महाभारतलाई पनि वेदहरूका समान अत्युत्तम महाकाव्य मानिएको छ। यसलाई पढने सुन्नेवालाको सबैप्रकारको कल्याण र उन्नति हुन्छ। यो धर्मशास्त्र, अर्थशास्त्र र मोक्षशास्त्रको पुण्य ग्रन्थ हो। चार पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्षको विषयमा जो महाभारतमा भनिएको छ त्यो अन्यत्र कतै पनि छैन र जो महाभारतमा छैन त्यो अन्यत्र पनि छैन।

इदं हि वेदैः संमितं पवित्रमपि चोत्तमम्।
श्राव्याणामुत्तमं चेदं पुराणमृषिसंस्तुतम्।।
इतिहासमिमं श्रुत्वा पुरुषोऽपि सुदारुणः।
मुच्यते सर्वपापेभ्यो राहुणा चन्द्रमा यथा।।
धर्मशास्त्रमिदं पुण्यमर्थशास्त्रमिदं परम्।
मोक्षशास्त्रमिदं प्रोक्तं व्यासेनामितबुद्धिना।।
धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ।
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित्।। (महाभारत, आदिपर्व, अध्याय 62, श्लोक 14, 16, 19, 20, 23, 52, 53)

यस प्रकार ऋषिकृत भएकाले रामायण र महाभारत दुवैलाई आर्ष महाकाव्य पनि भनिन्छ जसका अनेक शिक्षाहरू श्रेष्ठ, धर्मानुसार भएकाले प्रामाणिक र पालन गर्न योग्य मानिएको छ। ती सबै प्रकारले मानवहरूका लागि सुख र कल्याणप्रद हुनेगर्छ। वैदिक संस्कृतिमा  यसैकारण सरहस्य सांगोपांग वेदहरू, वाल्मीकि रामायण र महाभारतलाई सर्वश्रेष्ठ ग्रन्थका रूपमा मानिएको छ र सदैव जिज्ञासु धार्मिक जनता यिनलाई आदर एवं श्रद्धाका साथ पढ्छन्।

।। इति शुभमस्तु ।।

स्वामी दयानन्दको नारी जातिको उत्थानको विषयमा विचार


स्वामी दयानन्दको नारी जातिको उत्थानको विषयमा विचार

डा० विवेक आर्य

स्वामी दयानन्द नारी जातिलाई न केवल शिक्षित गर्ने पक्षधर हुनुहुन्थ्यो परन्तु नारी जातिलाई गृह स्वामिनीदेखि प्राचीनकालका महान् विदुषी गार्गी र मैत्रेयीका समान विद्वान बनाउँन चाहनुहुन्थ्यो। स्वामीजीका अनुसार नारी ताडन होइन सम्मानको योग्य हुन्।

सत्यार्थ प्रकाशमा स्वामी दयानन्द क्रान्तिकारी उद्घोष गर्दै लेख्नुहुन्छ-
“जन्मदेखि पाँचौँ वर्षसम्म बालकहरूलाई माता तथा ६ देखि आठौँ वर्षसम्म पिताले शिक्षा देऊन् र ९ वौँ को प्रारम्भमा द्विज आफ्ना संतानहरूलाई उपनयन गरेर जहाँ पूर्ण विद्वान तथा पूर्ण विदुषी स्त्री, शिक्षा र विद्या दान हुन्छ त्यहाँ आफ्ना पुत्रपुत्री पठाऊन्।”

“केटाहरूलाई केटाहरूको तथा केटीहरूलाई केटीहरूको शालामा पठाइयोस्, केटा तथा केटीहरूको पाठशाला कम्तीमा पनि एक अर्काबाट दुई कोस टाढा होस्। जो त्यहाँ अध्यापिका र अध्यापक अथवा सेवक, अनुचर होऊन्, ती कन्याहरूको पाठशालामा स्त्रीहरू तथा पुरुषहरूको पाठशालामा सबै पुरुषहरू होऊन्। स्त्रीहरूको पाठशालामा पाँच वर्षको केटा र पुरुषहरूको पाठशालामा पाँच वर्षो केटी पनि जान नपाओसु।”

जबसम्म तिनीहरू ब्रह्मचारी रहन्छन् तबसम्म पुरुषको दर्शन, स्पर्श, एकान्त सेवन, विषय-कथा, परस्पर क्रीडा-, विषयको ध्यान र संग - यी आठ प्रकारका मैथुनहरूबाट टाढा रहून्। यसमा राजनियम र जाति नियम पनि हुनुपर्छ कि पाँचौँ अथवा आठौँ वर्षभन्दा पछि आफ्ना छोरा छोरीलाई घरमा राख्न नपाइयोस्, पाठशालामा अवश्य नै पठाइयोस्। जसले पठाउँदैनन् उनीहरूलाई दण्ड दिइयोस्।

स्वामी दयानन्द नारी शिक्षाको महत्व यथार्थमा जान्नुभएको थियो किनकी माता नै शिशुकी प्रथम गुरु हुन्छिन्। यसैकारण नारीहरू शिक्षित हुनु अत्यन्त महत्वपूर्ण पनि हुन्छ। स्वामीजी शिक्षाका प्रबल पक्षधर हुनुहुन्थ्यो पन्तु सहशिक्षाका पक्षधर हुनुहुन्नथ्यो जसकारण उहाँले केटा तथा केटीहरूका लागि न केवल पाठशाला बरु उनीहरूलाई पढाउँने शिक्षकहरूका लागि पनि यही नियम बताउनुभएको थियो कि केवल पुरुष अध्यापक केटाहरूका लागि एवं स्त्री अध्यापिका केटीहरूका लागि।

हेर्दा यो नियम समाजमा हुने दुराचार, बलात्कार, शारीरिक शोषण, चरित्रहीनता आदिबाट युवक-युवतीहरूको रक्षा गरेर उनीहरूलाई राष्ट्रका लागि तैयार गर्नका लागि पनि दूरगामी सोँच हो। स्वामीजी दुराचारको भावना मनुष्यका लागि विनाशकारी मान्नुहुन्थ्यो जसकारण उहाँको मान्यता थियो कि यदि माता र पिताको चरित्र उज्ज्वल भए मात्र सन्तार सुयोग्य एवं चरित्रवान् हुनेछन्। स्वामीजीको चिन्तनमा अशिक्षित राख्ने मातापिता राजाद्वारा दण्डित गर्न प्रशंसनीय हो किनकी यदि देशको पछिल्लो पुस्ताको विकास उचित प्रकारले भयो तथा उनीहरूको आधार विधिवत् रूपमा राखियो भने मात्र तिनीहरू समाजका जिम्मेवार नागरिक बन्न सक्छन्। जसको आधारमा नै दोष हुन्छ उनीहरू समाज र राष्ट्रका प्रति आफ्ना कर्तव्यहरू कसरी निर्वहन गर्न सक्छन्। आजभन्दा १५० वर्ष पूर्व स्वामी दयानन्दजीका विचारहरूले शिक्षा चेतनाको प्रचार भयो जसकारण देशमा हजारौँ शिक्षण संस्थाहरू खुले, अनेक विद्यालय, गुरुकुल आदि प्रारम्भ भए जसबाट शिक्षा क्षेत्रमा अभूतपूर्व प्रगति भयो। उत्तर भारतमा सर्वप्रथम जालन्धरमा कन्या पाठशालाको स्थापना लाला देवराजद्वारा भएको थियो। कालान्तरमा कन्या गुरुकुल देहरादून जस्ता संस्थाहरू।

यो नारी उद्धारका हेतु स्वामी दयानन्दका क्रान्तिकारी चिन्तनको नै परिणाम थियो।