🌼स्वाध्याय र आर्ष पद्धति 🌼
🌻संकलक – अविरल डि.सी.🌻
स्वामी दयानन्द सरस्वतीजीको जीवन त्याग – तप तथा अनुशासनको मूर्ति थियो । सन्यासाश्रमको ग्रहण पछि उहाँ मथुरामा आउनुभयो थियो । त्यस समय स्वामी विरजानन्दजीको व्याकरण विद्याको दीप्तिले प्रदीप्त प्रतिभा मानुहुन्थ्यो । स्वामी श्रीविरजानन्द आर्ष ग्रन्थका एक प्रबल पक्षपाती एवं प्रचारक हुनुहुन्थ्यो । स्वामी दयानन्द त्यहाँ आउँदा गुरु विरजानन्द उमेरले एकासी वर्षका हुनुहुन्थ्यो ।
एक समय संवत् विक्रम संवत् १९१७ कार्तिक शुक्लपक्ष द्वितीयाको दिन स्वामी दयानन्द मथुरामा विरजानन्दजीको सानो भवन माथि गएर ढोका ठक्ठक्याउनुभयो ।
एक समय संवत् विक्रम संवत् १९१७ कार्तिक शुक्लपक्ष द्वितीयाको दिन स्वामी दयानन्द मथुरामा विरजानन्दजीको सानो भवन माथि गएर ढोका ठक्ठक्याउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “को हो ? ”
स्वामी दयानन्दजीले आफ्नो नाम बताउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “केही व्याकरण पनि पढेका छौँ ? ”
स्वामी दयानन्दजीले भन्नुभयो – “ सारस्वत आदि व्याकरणका ग्रन्थहरु पढेको छु । ”
त्यसपछि विरजानन्दजीले ढोका खोल्नुभयो र दयानन्दजीले विरजानन्दजीलाई प्रणाम गर्नुभयो । त्यसपछि विरजानन्दजीको संकेत पाएर दयानन्दजी उहाँको समीप बस्नुभयो । शिष्यको परीक्षणको लागि गुरुले केही प्रश्न पनि सोध्नुभयो तथा उत्तर पाइसकेपछि विरजानन्दजीले भन्नुभयो – “दयानन्द ! अहिलेसम्म तिमीले जे जे अध्ययन गरेका छौँ त्यससमा अधिकांशतः अनार्ष ग्रन्थहरु छन् । आर्ष शैली अत्यन्तै सरल एवं सुन्दर छ तर पनि मानिसहरु त्यसलाई अवलम्बन गर्दैनन् । जबसम्म तिमी अनार्ष पद्धतिलाई त्याग्दैनौँ , तबसम्म आर्ष ग्रन्थहरुको महत्व र मर्मलाई बुझ्दैनौ । ”
दयानन्द सरस्वतीजीले गुरुको यो आदेश अक्षरशः पालन गरे । स्वयंले पनि व्याकरणको अध्ययन त्यही पद्धतिले गरेर अल्पावधिमा नै व्याकरणको ज्ञान प्राप्त गरे । दयानन्द सरस्वतीजीले आफ्नो अमर कृति सत्यार्थ प्रकाशमा पनि यो मर्मलाई स्पष्ट पार्नुभएको छ। तृतीय समुल्लासको पठनपाठन विधि अन्तर्गत व्याकरणको अध्ययनको लागि व्याकरण महाभाष्य , अष्टाध्यायी ग्रन्थ , दर्शन शास्त्रहरुको अध्ययनमा पूर्वमीमांसाको लागि व्यासमुनिकृति भाष्य , वैशेषिकको लागि प्रशस्तपाद भाष्य , न्यायको लागि वात्स्यायनमुनिकृत भाष्य , योगसूत्रको लागि व्यासमुनिकृतभाष्य , सांख्यको लागि भागुरिमुनिकृत भाष्य एवं वेदान्तसूत्रको लागि बौधायनमुनिकृत भाष्यको विधि निर्देश पनि गर्नुभएको छ ।
वर्तमान समयमा सनातन संस्कृतिको स्वाध्यायपरम्पराको ह्रास तथा त्यस माथि आर्ष ग्रन्थहरुको पठनपाठन न्यून हुनु आफैमा यौटा दुःखको विषय हो ।
त्यसैले आउनुहोस् ! सनातन संस्कृतिको संरक्षणको लागि स्वाध्याय गरौँ तथा स्वाध्यायहेतु आर्ष ग्रन्थहरुको उपयोग गरौँ ।
🔥 शमित्योम् 🔥
त्यसैले आउनुहोस् ! सनातन संस्कृतिको संरक्षणको लागि स्वाध्याय गरौँ तथा स्वाध्यायहेतु आर्ष ग्रन्थहरुको उपयोग गरौँ ।
🔥 शमित्योम् 🔥
No comments:
Post a Comment