Thursday, September 12, 2019

सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान



सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान

डा० विवेक आर्य

शंका– मनुष्य ईश्वरको स्तुति किन गर्छ?

समाधान– ईश्वर मनुष्यसँग कुनै प्रकारको आत्मप्रशंसाको अपेक्षा गर्दैनन् र न त स्तुतिसँग प्रसन्न भएर पाप नै क्षमा गरिदिन्छन्। मनुष्यका शुभाशुभ कर्महरुका संस्कार उसको अन्तः करणमा अवश्य नै पर्दछन्। अन्तःकरणको पटमा निरन्तर एकत्रित भइरहेका यही संस्कार मनुष्यको स्वभावको निर्माण गर्दछने। पुण्य संस्कारहरुको परिणाम पुण्य स्वभाव हो र पापी संस्कारहरुको स्वभाव पापी संस्कार हो। पापी स्वभावमा परिवर्तन गर्नु सहज हुँदैन त्यसलैले पापी स्वभाव भएपछि व्यक्ति नचाहदा नचाहदै पनि पाप र प्रलोभनहरुले निरन्तर परास्त हुन्छ। यी निरन्तर पराजयहरुबाट आत्मा मलीन, बलहीन एवं जीवन आशाहीन हुन जान्छ। सन्ध्या सरोवरमा नित्य स्नान गर्ने पूर्व संचित पाप संस्कार धूलो भइहाल्छ। मनुष्यको आत्मा निर्मल, पवित्र एवं बलशाली बनिजान्छ। महर्षि मनु (२/१०२) का अनुसार प्रातः कालको संध्याबाट रात्रीका र सांयको सन्ध्याबाट दिनभरका कुसंस्कार रुपी मल नष्ट हुन्छन्। सन्ध्यामा आत्मनिरीक्षणबाट विद्यमान दोषहरु पश्चातापबाट शुद्ध हुन्छ एवं तत्पश्चात् संकल्पले अनागत पापहरुको प्रवृत्तिको दमन गरिन्छ। ईश्वरको स्तुतिले आत्मा विनम्र हुन्छ, अहंकारको नाश भइहाल्छ।

शंका– संध्या गर्ने कालमा मन एकाग्र नहुनुको कारण के हो?

समाधान– प्रारम्भिक अवस्थामा संध्या गर्नु जब आरम्भ हुन्छ तब उसमा मन एकाग्र हुन सक्दैन। चार घडी पनि चित्त शान्त गरेर बस्न असंभव लाग्नेगर्छ। संध्याको अर्थ हो सम्यक् ध्यान परन्तु जब आसन ग्रहण गरिन्छ तब मन संसारका विभिन्न अनुभवहरु, वार्तालापहरुको यात्रा गर्न थाल्छ। सबै पछिल्ला कुराहरु स्मरण हुनजान्छन् एवं चिन्ता आदिले घेरेर सन्ध्या छुट्न थाल्छ। यसको प्रमुख कारण सन्ध्याका मन्त्रहरुका गूढ भावहरुको अपरिज्ञाननै हो अर्थात् हामीले सन्ध्याको अर्थ बुझेका नै छैनौँ। मन्त्रहरुको अर्थमा लुकेको गूढ भावनामा चिन्तन गर्नाले चित्त शान्त हुन्छ। चिन्तन गर्नाले सन्ध्याका मन्त्रहरुको एक एक शब्दहरुको अर्थ जान्नुपर्छ। मन्त्रहरुको सौन्दर्य, माधुर्य र भावगाम्भीर्यलाई जान्नाले त्यसको स्मरण गर्नुपर्छ। यी मन्त्रहरुको अर्थमा स्थित भावनाहरुमा सुस्तरी सुस्तरी मन एकाग्र हुन लाग्छ। चित्त शान्त हुन थाल्छ र चंचलता कम हुन जान्छ, चिन्ताहरु टाढा भाग्छन् र अन्तः करणमा अवर्णनीय आनन्दको अनुभूति हुन थाल्छ। सुस्तरी सुस्तरी सन्ध्या साधकको मनको अंग बन्छ र सन्ध्यामा मन नलाग्ने दुविधा सदाको लागि टाढा हुन्छ।

पाठक आ–आफ्नो अनुभव बताउनुहोस्!

शंका– के केवल संस्कृतबाट नै वैदिक सन्ध्याले आत्माको कल्याण संभव छ?

समाधान– पंडित बुद्धदेवजी विद्यालंकारजीका शब्दमा “परमेश्वरको भजन संस्कृत भाषामा नै हुन सक्छ तथा अन्य भाषामा हुँदैन, ईश्वर भनेर पुकार गर्दा मात्र ऊ अधिक प्रसन्न हुन्छ किन्तु सच्चा हृदयले अल्लाह भन्दा ऊ रिसाउँछ– यो सम्झनु भारी भूल हो। त्यसो भए प्रश्न उठ्छ कि ऋषि दयानन्दले पंचमहायज्ञविधिमा जो सन्ध्या लेख्नुभएको छ त्यसद्वारा भजन किन गर्ने? यसको उत्तर यो हो कि ध्यान गर्दा जो विघ्न उपस्थित हुन्छ, ध्यान गर्नेवालालाई जुन जुन भूमिकाहरुबाट गुज्रनु पर्छ, ध्यानको लागि योगको जुन आठ अंग भनिएको छ ती सबैको यस्तो सुसंगत समावेश यसभन्दा अधिक मार्मिक तथा भावगर्भ शब्दहरुमा अन्यत्र पाइन्न। परन्तु यसको यो तात्पर्य यो होइन कि अन्य मार्गले भजन हुन सक्दैन। एक मनुष्यको शरीरको लागि कस्तो कस्तो प्रकारको भोजन अपेक्षितछ कि यसको वैज्ञानिक रीतिले विचार गरेर चलाख वैद्य, जो भोजन पत्र तैयार गर्छ, त्यसका अनुसार एक व्यायाम शील मनुष्यको शरीर अतिवेगले उन्नति गर्छ। परन्तु यदि मनुष्य व्यायामशील भए  साधारण भोजन पनि गरे त्यसबाट पर्याप्त पुष्टिकारक पदार्थ निकालिहाल्छ। मान्छेहरु कुनै देश, काल अथवा भाषामा भजन गरून् उसको आत्मा बलवानु भएर न केवल आफ्नो बरु आफ्ना भाइहरुको पनि दुःख निवारणमा पनि समर्थ हुन्छ। परन्तु जो पद्दति ठिक क्रमले बनाइएको छ त्यो शीघ्र फलदायक हुन्छ।”

No comments:

Post a Comment