रामायणमा सीताको अग्निपरीक्षा
डॉ विवेक आर्य
रामायण महाकाव्यमा सीताको अग्निपरीक्षा एक विवादित प्रसंगको रुपमा जानिन्छ । यस प्रसंगका अनुसार रामद्वारा रावणलाई युद्धमा हराएपछि लंकामा सीतालाई स्वीकार गर्नुपूर्व सीताको अग्निपरीक्षा लिइएको थियो । अग्निमा प्रवेश गरे पश्चात पनि सीताको शरीर भष्म भएन । यसमा सीताबाट सीताको पवित्रता सिद्ध भयो र श्रीरामद्वारा सीताई पवित्र जानेर स्वीकार गरे ।
सीताको अग्निपरीक्षाको प्रसंगलाई लिएर अनेकजनको विभिन्न विभिन्न छन् । महिला अधिकारहरुको नाममा दुकानदारी गर्नेहरु यसलाई नारीजातिमाथि अत्याचार, शोषण , नारीको अपमानको रुपमा हेर्दछन् । विधर्मी मतवाला यस प्रसंगमा हिन्दु धर्मलाई नारीशोषकको रुपमा चित्रित गर्छनु जसबाट धर्मान्तरणलाई समर्थन मिलोस् । अम्बेडकरवादी यसलाई मनुवाद , ब्राह्मणवादको प्रतीकको रुपमा मुद्दा उठाएर आफ्ना निजी स्वार्थ पूर्ति गर्दछन् । त्यसमाथि हाम्रा केही भाइहरु यसलाई श्रीरामका महिमा र चमत्कारको रुपमा गुणगान गाउँछन् । किनकी उनीहरुका लागि रामचन्द्र भगवान्का अवतार हुन् र भगवानका लागि जे पनि सम्भव छ ।
यस लेखमा सीताको अग्निपरीक्षालाई तर्कको कसौटीमा पक्षपात रहित भएर परीक्षा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछौँ –
१. वाल्मीकि रामायणको श्रीरामचन्द्र महान्र व्यक्तित्व , मर्यादा पुरुषोत्तम , ज्ञानी , वीर , महामानव , ज्येष्ठ श्रेष्ठ आत्मा , परमात्माका परम भक्त , धीर – वीर पुरुष , विजयपश्चात पनि विनम्रादि गुणले विभूषित ,महानायक , सद्गृहस्थ तथाआदर्श महापुरुष थिए । यस्ता महान् व्यत्तित्वको महान् गुणहरुका समक्ष सीताको अग्निपरीक्षा गेर पवित्रतालाई निर्धारित गनर्् एक बलात् थोपडियो , आरोपित , मिथ्या एवं अस्वीकार्य घटना प्रतीत हुन्छ । श्रीरामको महान व्यक्तित्व एवं आदर्श विचारहरुका समक्ष यो प्रसंग अत्यन्त तुच्छ छ । यसबाट सिद्ध हुन्छ कि या प्रसंग बेमेल हो ।
२. वैदिक कालमा नारी जातिको स्थान समाजमा मध्य कालको समान निकृष्ट थिएन । वैदिक कालमा नारी वेदहरुका ऋषिकाहरुदेखि गार्गी ,मैत्रेयीका समान महान् विदुषी थिए , कैकेयी समान महान् क्षत्रिया थिए जो दशरथका साथ युद्धमा पराक्रम देखाउँथिन् , कौशल्याका समान दैनिक अग्निहोत्री र वेदपाठी थिइन् । सम्पूर्ण रामायणमा यस तथ्यलाई सिद्ध गरिएको छ कि रावणको अशोकवाटिकामा बन्दी सीताले रावण शक्तिशाली र समर्थ हुँदा हुँदै पनि सीताको इच्छा विरुद्ध उसको निकट जाने साहस गर्न सकेन । यो त्यस कालको सामाजिक मर्यादा एवं नारी जातिको पत्नीव्रता शत्तिको उद्बोधक थियो । रामायणकालमा सामाजिक मर्यादाको एक अन्य उदाहरण यस तथ्यबाट सिद्ध हुन्छ कि परनारीको अपहण गर्ने रावण र परपुरुषको इच्छा राख्ने शूर्पनखालाई राक्षस भनियो भने सबै प्रलोभनले विरक्त एवं एक पत्नीव्रत श्रीराम र शूर्पणखाको व्यभिचारी प्रस्ताव अस्वीकार गर्ने लक्ष्मणजीलाई देव भनिएकावे छ । यस्ता महान् समाजमा विदुषी र तपस्वी सीताको सत्य वचन नै उनको पवित्रतालाई सिद्ध गर्नको लागि पूर्ण थियो । यस आधारमा पनि अग्निपरीक्षा एक मनगढन्त प्रसंग नै हो ।
३. वैज्ञानिक दृष्टिे पनि सोच्दा यो संभव छैन कि क्नै पनि मनुष्यको शरीर अग्निमा प्रवेश गर्दा पनि ऊ नजलेर सकुशल बाँचोस् । के अग्निकुनै पवित्रताको परीक्षा लिन सक्षम हु्न्छ होला ? वैज्ञानिक तर्कका विरुद्ध सीताको अग्निपरीक्षालाई चमत्कारको संज्ञा दिनु मन बहलाउने समान हो । केवल आस्था, विश्वास र श्रद्धा रुपी मान्यतले संसार चल्दैन । कुनै पनि मान्यतालाई सत्य एवं ज्ञानले सिद्ध भए पछि मात्रै ग्रहण गर्न योग्य मान्नुपर्छ । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ ।
४. सुग्रीवकी पत्नी जसलाई बालीले बन्धक बनाएर राखेको थियो , बालीको वध पश्चात जब सुग्रीवले बिना अग्निपरीक्षा स्वीकार गर्नसक्छन् भने श्रीराम हरण गरिएकी सीतालाई किन स्वीकार गर्दैनथे होलान् ? श्रीरामलाई आदर्श मान्नेवाला यस तर्कलाई बिथोल्न सक्दैनन् ।
५. यसै पुस्तकमा रामायणको प्रक्षिप्त ( विशेषगरी उत्तरकाण्ड) को वर्णन अन्य लेखमा गरिएको छ । यसै आधारमा सीताको अग्निपरीक्षाको प्रसंग पनि प्रक्षिप्त भएका कारण अस्वीकार्य छ । रामायणको महान् गाथा त युद्ध पश्चात् हनुमानद्वारा राम विजयको सूचना सीतालाई दिएपछि , सीतासँगको पुनर्मिलन र अयोध्या फर्किपछि समाप्त भइसकेको थियो । रामायणमा मिलावट गरेर श्रीरामको आदर्श चरित्रलाई दुषित गर्ने एवं अग्निपरीक्षा व्यर्थ आरोपित गर्ने कार्य मध्यकालको देन हो । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ ।
रामायण नारी जातिको सम्मानको पनि शौर्य गाथा हो । यस ग्रन्थले सन्देश दिन्छ कि यदि एक अत्याचारी परनारीको हरण गर्छ भने सागर माथि पुल बनाउन परे पनि , वर्षौ सम्म जंगलमा भट्किन परे पनि , शक्ति जति सीमित भए पनि , दृढ निश्चयी एवं सत्य मार्गका पथिक नारी जातिको तिरस्कारको , अपमानको प्रतिशोध प्राण हरण गरेर भए पनि लिन्छन् । यस्तो महान् गाथामा सीताको अग्निपरीक्षा जस्तो अनमेल , अप्रासांगिक वर्णन प्रक्षिप्त या मिलावटी हुनु बाहेक अरु केही होइन ।
No comments:
Post a Comment