Tuesday, September 3, 2019

दूधको दूध र पानीको पानी !



दूधको दूध र पानीको पानी ! 

वैदिक गवेषक पंडित शिवपूजन सिंह

६ डिसेम्बर १९५६ मा माननीय डा. अंबेडकरजीको देहावसान भयो । कानपुरका वैदिक गवेषक पंडित शिवपूजन सिंहजीको चर्चित “ भ्रान्ति निवारण ” सोह्र पृष्ठीय लेख “सार्वदेशिक ” मासिकको जुलाई– अगस्त १९५१ अंकमा उनको देहावसानको पाँच वर्ष तीन महिना पूर्व प्रकाशित भयो । डा. अम्बेडकरजी यस मासिकसँग राम्रोसँग परिचित हुनुहुन्थ्यो र त्यसैकारण यो चर्चित अंक पनि उनको सेवामा पठाइएको थियो । लेख डा. अम्बेडकरको वेदादि विषयक विचारहरूको समीक्षामा५४ प्रामाणिक उद्धरणहरूका साथ लेखिएको थियो। यसको प्रति विदर्भको वाशिम जनपदको आर्य समाज कारंजाको प्राचीन ग्रन्थालयमा सुरक्षित छ । 

आशा थियो कि अम्बेडकरजी जस्ता प्रतिभाशाली विद्वान् या त यसको उत्तर दिनुहुन्छ या आफ्ना पुस्तकहरूमा बताइएका अकाट्य तथ्यहरुको प्रकाशमा सम्पादि गर्नुहुन्छ होला । तर उहाँले यस्तो केही गर्नुभएन । यसको कारण सायद यो थियो कि जो जातिगत भेदभाव र अपमान उहाँले लगातार सहनुभएको थियो , त्यसको वेदना र विद्रोहले उनलाई यस्तो गर्नबाट रोकिदियो । 

डा. अम्बेडकरजीका दुवै पुस्तकहरू – अछुत को र कसरी तथा शुद्रहरूको खोज – मा  लेख शंका समाधान शैलीमा लेखिएको थियो तर डा. कुशलदेव शास्त्रीजीले यसलाई सुविधा र सरलता हेतु संवाद शैलीमा रुपान्तरित गर्नुभएको जसलाई यहाँ प्रस्तुत गरिँदै छ । यस लेखलाई स्वामी दयानन्दजीद्वारा लिखित “ ऋग्वेदादिभाष्यभूमिका” को आलोकमा पढेर सत्यासत्यको निर्णय सहर्ष लिन सकिनेछ । 

१. “ अछुत को र कसरी ” 

डा. अम्बेडकर – आर्यहरू निर्विवाद रूपमा दुई भाग र दुई संस्कृतिमा विभक्त थिए , जसमा एक ऋग्वेदीय आर्य र अर्को अथर्ववेदीय आर्य , जसको बिचमा ठुलो सांस्कृतिक खाडल थियो । ऋग्वेदीय आर्य यज्ञमा विश्वास गर्थे , अथर्ववेदीय जादु–टोनामा विश्वास गर्थे । 

पंडित शिवपूजन सिंह – दुई प्रकारका आर्यको कल्पना केवल तपाईको र तपाईजस्ता केही मस्तिष्कहरूको उपज हो । यो केवल कपोलकल्पित या कल्पना विलास हो । यसका पछाडि कुनै ऐतिहासिक प्रमाण छैन । कुनै पनि ऐतिहासिक विद्वान् पनि यसको समर्थन गर्दैन । अथर्ववेदमा कुनै पनि प्रकारको जादु टोना छैन । 

डा. अम्बेडकर – ऋग्वेदमा आर्यदेवता इन्द्रको सामना उसको शत्रु अहि – वृत्र (साँप देवता ) सँग हुन्छ , जो कालान्तरमा नाग देवताको नामले प्रसिद्ध भयो । 

पं शिवपूजन सिंह – वैदिक तथा लौकिक संस्कृतमा आकाश पातालको अन्तर छ । यहाँ इन्द्रको अर्थ सूर्य र वृत्रको अर्थ मेघ हो । यो संघर्ष आर्य देवता र नाग देवताको नभएर सूर्य र मेघको बीचमा हुनेवाला संघर्ष हो । वैदिक शब्दको विषयमा निरुक्तको यो मत मान्य हुन्छ । वैदिक निरुक्त प्रक्रियासँग अनभिज्ञ भएका कारण नै तपाईलाई यो भ्रम भएको हो । 

डा. अम्बेडकर – महामहोपाध्याय डा. काणेको मत छ कि गाईको पवित्रताका कारण नै वाजसनेही संहितामा गोमांसको भक्षणको व्यवस्था गरिएको छ । 

पं शिवपूजन सिंह – श्री काणे जीले वाजसनेही संहितको कुनै प्रमाण सन्दर्भ दिइएको छैन र न त तपाईले यजुर्वेद नै पढूने कष्ट उठाउनु भएको छ । तपाई जब यजुर्वेदको स्वाध्याय गर्नुहुनेछ तवब तपाईलाई गोवध निषेधको प्रमाण मिल्नेछ । 

डा. अम्बेडकर – ऋग्वेदबाट यो स्पष्ट छ कि तत्कालीन आर्य गोहत्या गर्थे र गोमांस खान्थे । 

पं शिवपूजन सिंह – केही पूर्वीय र पाश्चात्य विद्वान् आर्यहरू गोमांस भक्षणको दोषारोपण गर्छ् , किन्तु धेरै प्राच्य विद्वान्ले यस मतको खण्डन गरेका छन् । वेदमा गोमांस भक्षणको विरोध गर्नेवाला २२ विद्वानहरुको मसँग स–सन्दर्भ प्रमाण छ । ऋग्वेदबाट गोहत्या र गोमांस भक्षणको तपाई जो विधान भन्दै हुनुहन्छ , त्यो वैदिक र लौकिक संस्कृतको अन्तरबाट अनभिज्ञ भएका कारण भन्दै हुनुहुन्छ । जो वेदमा “उक्ष ” बलवर्धक औषधीको नाम हो जबकी लौकिक संस्कृतमा त्यसको अर्थ “गोरु” नै किन नहोस् । 

डा. अम्बेडकर – बिना माँसुको मधुपर्क हुनसक्दैन । मधुपर्कमा माँसु र विशेष रूपले गोमांसको एक आवश्यक अंश पनि हो । 

पं शिवपूजन सिंह –तपाईको यो विधान वेदहरूमा होइन बरु गृह्यसूत्रहरुमा आधारित छ । गृहसूत्रको वचन वेद विरुद्ध भएका कारण यो माननीय छैन । वेदलाई स्वतः प्रमाण मान्ने महर्षि दयानन्द सरस्वतीजीका अनुसार , “ दहीमा घिउ र मह मिलाउनु मधुपर्क भनिन्छ । यसको परिमाण १२ तोला दहीमा चार तोला शहद या चार तोला घिउ मिलाउनु हो । 

डा. अम्बेडकर  – अतिथिको लागि गोहत्याको कुरा यति सामान्य भइसकेको थियो कि अतिथिको नाम नै “ गोघ्न ” , अर्थात् गाईको हत्या गर्नुपरेको रहेको देखिन्छ । 

पं शिवपूजन सिंह – “गोघ्न ” को अर्थ गाईको हत्या गर्नेवाला होइन । यो शब्द “ गौ” र “हन ” को योगबाट बनेको छ । गौको अनेक अर्थ छ , यथा– वाणी , जल , सुखविशेष , नेत्र आदि । धातुपाठमा महर्षि पाणिनि “ हन” को अर्थ “ गति ”  र “ हिंसा ” बताउनुहुन्छ । गतिको अर्थ हो – ज्ञान , गमन र प्राप्ति । प्रायः सबै सभ्य देशमा जब कसैको घरमा अतिथि आउँछ तब उसको स्वागत गर्नको लागि गृहपति घरबाट निस्किएर केही गति गर्छ , हिँड्छ , उसँग मधुर वाणीमा बोल्छ तथा जलले उसको सत्कार गर्छ र यथासंभव उसको सुखको लागि अन्यान्य सामग्रीहरु प्रस्तुत गर्छ एवं यो जान्नको लागि कि प्रिय अतिथि यी सत्कारले प्रसन्न हुन्छ कि नाइ , गृहपतिको आँखा पनि उसमाथि लागेको हुन्छ । “गोघ्न ” को अर्थ हुन्छ – “ गौः प्राप्यते दीयते यस्मैः स गोघ्नः ” = जसका लागि गौदान दिइन्छ , त्यो अतिथि “ गोघ्न ” कहलिन्छ । 

डा. अम्बेडकर – हिन्दु ब्राह्मण होओस् या अब्राह्मण , न केवल मांसाहारी थिए परन्तु गोमांसाहारी पनि थिए । 

पं शिवपूजन सिंह – तपाईको कथन भ्रमपूर्ण छ , वेदमा गोमांस भक्षणको कुरा त के , मांस भक्षणको विधान पनि छैन । 

डा. अम्बेडकर – मनुले गोहत्याको विरोधमा कुनै कानून बनाएनन् । उनले त विशेष अवसरहरुमा “ गो–मांसाहार ” अनिवार्य ठहराएका छन् । 

पं शिवपूजन सिंह– मनुस्मृतिमा कतै पनि मांसभक्षणको वर्णन छैन । जो छ , त्यो प्रक्षिप्त छ । तपाईले पनि यसबारे कुनै प्रमाण दिनुभएको छैन कि मनुजीले भने कि गोमांस अनिवार्य ठहराएका छन् । मनु (५÷५१)का अनुसार हत्याको अनुमति दिनेवाला , अंगहरु काट्नेवाला, मार्नेवाला , किन्ने या बेच्नेवाला , पकाउनेवाला , पस्किनेवाला र खानेवाला यी सबैलाई घातक भनिएको छ । 

––––––––––––––––––––––––––––––––––––––––––––––––––
२. “शूद्रहरुको खोज ”

डा. अम्बेडकर – पुरुष सूक्त ब्राह्मणहरुले आफ्नो स्वार्थ सिद्धिका लागि प्रक्षिप्त गरेका छन् । कोल बुकको कथन छ कि पुरुष सूक्त छन्द र शैलीमा शेष ऋग्वेदसँग सर्वथा भिन्न छ । अन्य पनि अनेक विद्वान्को मत छ कि पुरुष सूक्त पनि पछि बनेको हो । 

पं शिवपूजन सिंह – तपाईले जुन पुरुष सूक्तमा आक्षेप गर्नुभएको छ त्यसले तपाईको वदप्रतिको अनभिज्ञतालाई प्रस्तुत गर्दछ । आधिभौतिक दृष्टिले चारै वर्णका पुरुषहरुको समुदाय – “संगठित समुदाय ” – “एक पुरुष” रुप हो । यस समुदाय पुरुष या राष्ट्र पुरुषको यथार्थ परिचयको लागि पुरुष सूक्तको मुख्य मन्त्र “ ब्राह्मणोऽस्य मुखमासीत् .......” (यजुवेद ३१÷११) मा विचार गर्नुपर्छ । 
उक्त मन्त्रमा भनिएको छ कि ब्राह्मण मुख हो , क्षत्रिय भुजा , वैश्य जाँघ हो भने खुट्टा शुद्र । केवल मुख , केवल भुजाहरु , केवल जंघाहरु र केवल खुटटा पुरुष होइन अपितु मुख , भुजा , जाँघ र खुट्टा “यिनको समुदाय ” पुरुष अवश्य हो । त्यो समुदाय पनि यदि असंगठित र क्रमरहित अवस्थामा भएको भए हामीलाई उसलाई पुरुष भनिन्नथ्यो । त्यस समुदायलाई पुरुष तब भनिन्छ जब एक विशेष प्रकारको क्रममा होओस् र एक विशेष प्रकारले संगठित होओस् । 

राष्ट्रमा मुखको स्थानापन्न ब्राह्मण हो , भुजाहरुको स्थानापन्न क्षत्रिय हो , जाँघको स्थानापन्न वैश्य र खुट्टाको स्थापान्न शुद्र हो । राष्ट्रमा चारै वर्ष जब शरीरको मुख आदि अवयवहरुझैँ सुव्यवस्थित हुन्छन् तब यिनको पुरुष संज्ञा हुन्छ । अव्यवस्थित या छिन्न भिन्न अवस्थामा स्थित मनुष्य समुदायलाई वैदिक परिभाषामा पुरुष शब्दले बोलाइँदैन । 

आधिभौतिक दृष्टिले यो सुव्यवस्थित तथा एकताको सूत्रमा उनिएको ज्ञान, क्षात्र , व्यापार ,परिश्रम यिनको निदर्शक जनसमुदाय नै “ एक पुरुष ” रुप हो । 
चर्चित मन्त्रका महर्षि दयानन्दजी यस प्रकार अर्थ गर्नुहुन्छ – 

“यस पुरुषको आज्ञाका अनुसार विद्या आदि उत्तम गुण , सत्य भाषण सत्योपदेश आदि श्रेष्ठ कर्महरुले ब्राह्मण वर्ण उत्पन्न हुन्छ । यिनको मुख्य गुण र कर्मले सहित हुनाले ऊ मनुष्यहरुमा उत्तम कहलिन्छ र ईश्वरले बल पराक्रम आदि पूर्वोक्त गुणहरुले युक्त क्षत्रिय वर्णलाई उत्पन्न गर्नुहुन्छ । यस पुरुषको उपदेशले खेती , व्यापार र सबै देशहरुको भाषाहरु जान्न र पशुपालन आदि मध्यम गुष्णहरुले वैश्य वर्ण सिद्ध हुन्छ । जसरी खुट्टा सबैभन्दा तलको अंग हो , त्यसरी नै मूर्खता आद गुणहरुले शुद्र वर्ण सिद्ध हुन्छ । ” 

तपाईको कथन कि पुरुष सूक्त धेरै समय पछि जोडिएको हो , सर्वथा भ्रमपूर्ण हो । मैले आफ्नो पुस्तक “ऋग्वेद दशम मण्डलमा पाश्चात्य विद्वान्हरुको कुठाराघात ” मा सम्पूर्ण पाश्चात्य र प्राच्य विद्वान्हरुको यस मतको खंडन गरिएको छु कि ऋग्वेदको दशम मण्डल , जसमा पुरुष सूक्त पनि विद्यमान छ , पछि बनेको हो । 

डा. अम्बेडकर – शूद्र क्षत्रियहरुको वंशज भएका कारण क्षत्रिय हुन् । ऋग्वेदमा सुदास , तुरवाशा , तृप्सु , भरत आदि शुद्रहरुको नाम आएको छ । 
पं शिवपूजन सिंह – वेदहरुका सबै शब्द यौगिक हुन् , रुढि होइनन् । तपाईले ऋग्वेदबाट जुन नामहरुलाई प्रदर्शित  गर्नुभएको छ त्यो ऐतिहासिक नाम होइन । वेदमा इतिहास छैन किनकी वेद सृष्टिको आदिमा दिइएको ज्ञान हो ।

डा. अम्बेडकर – छत्रपति शिवाजी शुद्र र राजपूत हूणहरुका सन्तान थिए ( शुद्रहरुको खोज , दसौँ अध्याय , पृष्ठ ,७७–९६) 

पं शिवपूजन सिंह – शिवाजी शुद्र थिएनन् बरु क्षत्रिय थिए । यसका लगि यथेष्ट प्रमाण इतिहासमा भरिएका छन् । राजस्थानका प्रख्यात इतिहासज्ञ महामहोपाध्याय डा. गौरीशंकर हीरचन्द ओझा , डि.लिट् , लेख्नुहुन्छ – “ मराठा जाति दक्षिणी हिन्दुस्थानका बस्नेवाला हुन् । त्यस जातिका प्रसिद्ध राजा छत्रपति शिवाजीको वंशका मूलपुरुष मेवाडको सिसौदिया राजवंशसँग नै थियो । कविराज श्यामल दासजी लेख्नुहुन्छ – “शिवाजी महाराणा अजय सिंहका वंशमा थिए । ”यही सिद्धान्त डा. बालकृष्णजी , एम.ए., डि.लिट् , एफ.आर.एस.एस. , को पनि थियो । 

यसै प्रकार राजपूत हूणहरुका सन्तान होइनन् किन्तु विशुद्ध क्षत्रिय थिए । श्री चिन्तामणि विनामक वैद्य , एम.ए. , श्री ई . बी . कावेल , श्री शेरिंग , श्री व्हीलर , श्री हंटर ,श्री क्रूक,पं नगेन्द्रनाथ भट्टाचार्य , एम.ए.डी.एल. आदि विद्वान् राजपुतहरुलाई शुद्ध क्षत्रिय मान्छन् । प्रिवी कौंसिलले पनि निर्णय गरेका छन् कि जो क्षत्रिय भारतमा बस्छन् र राजपुत दुवै एकै श्रेणीका हुन् । 

Source– आर्य समाज र डा. अम्बेडकर -डा. कुशलदेव शास्त्री 

No comments:

Post a Comment