Sunday, September 1, 2019

वेदमा ईश्वर एक भएको प्रमाण



वेदमा ईश्वर एक भएको प्रमाण

लेखक- पंडित धर्मदेव विद्यामार्तण्ड

वेदमा ईश्वर एक हुनुको (Monotheism) वर्णन छ जबकि पश्चिमी विद्वानहरु द्वारा वेदमा अनेक ईश्वर (Polytheism) भएको बताईएको छ। स्वामी दयानंद द्वारा वेद विषयक वैचारिक क्रान्तिको मैक्समूलर मा यति प्रभाव भयो कि कालान्तरमा मैक्समूलर पनि वेदमा एकेश्वरवादको धारणा लाई समर्थन गर्नको लागि विवश भए। यो सन्दर्भ मा वेदका प्रकाण्ड विद्वान् पण्डित धर्मदेव विद्यामार्तण्ड जी द्वारा लिखित यो अलभ्य लेख "वैदिक ईश्वरवाद" हाम्रो शंकाको समाधान गर्नुको साथ-साथ अत्यन्त रोचक र विचारणीय छ।

(१) कैयौं विद्वानहरु 'वेद असभ्य जंगली मानिसहरु द्वारा बनाईयो अनि तिनमा इष्टको प्राप्ति र अनिष्टको परिहारको लागि अग्नि, वायु, सूर्य, नदी, समुद्र, पर्वत आदि को पूजाको इन्द्र, मित्र, वरुण, मरुत आदि देवहरुको नाम द्वारा उपदेश छ' यस्तो बताउँछन्।

(२) अन्य कैयौं विद्वान्हरु वेदमा अनेकेश्वरवादको जसलाई अंग्रेजीमा (Polytheism) भन्छन् विधान हैन किन्तु Henotheism वा हीनदेवतावादको प्रतिपादन हो यस्तो भन्दछन्। जसको अभिप्राय यो हो कि जब कोई भक्त अग्निको स्तुति गर्न लाग्छ त त्यो उसैलाई सर्वोत्तम, सबको उत्पादक अनि सर्वशक्तिमान् मानेर उसैको पूजा गर्दछ र दोश्रा सब देवताहरुलाई उसको अपेक्षा हीन मान्दछ। जब उहि कवि इन्द्रको स्तुति गर्न थाल्छ त उहि नैं सबैको स्वामी, सबको पिता अनि सर्वशक्तिमान् मान्छ र अन्य सब देवहरुलाऊ उसको अपेक्षा हीन बताउँदछ। यस प्रकार वरुण, सविता आदिका विषयमा पनि सम्झनु पर्दछ।  सुप्रसिद्ध जर्मन विद्वान् प्रो० मैक्समूलर ले धेरै समय सम्म यसै मतको समर्थन गरेका थिए यद्यपि अफ्नो अंतिम ग्रन्थ "Six Systems Of Philosophy" लाई लेख्ने समयमा उनको विचारहरुमा परिवर्तन भई सकेको थियो यस्तै स्पष्ट प्रतीत हुन्छ।

(३) अन्य कैयौं विकासवादी र ऐतिहासिक यो भन्छन् कि वैदिक कवि मनुष्यहरु पहिले अनेकेश्वरवाद वा बहुदेवतावाद (Poly-theism) लाई नैं मान्दथे फेरी उनिहरु हीनदेवतावादलाई मान्न लाग्न थाले। क्रमै सँग जब उनिहरुको बुद्धि विकसित हुँदै गयो तब विशुद्ध एकेश्वरवाद (Pure monotheism) को कल्पना उनिहरुको मनमा उत्पन्न भयो। यस प्रकार विकासवादको दृष्टि द्वारा एकेश्वरवादको प्रतिपादन गर्ने मन्त्रहरु नवीन हुन्।

(४) अन्य विद्वान यस्तो मान्छन् कि वेद ईश्वरीय ज्ञान रूप हो। ऋषि मन्त्रहरुका कर्त्ता हैनन् किन्तु "ऋषयो मन्त्र द्रष्टार" "ऋषिर्दर्शनान् सहीमान् ददर्शेति" "तद् यदेनास्तपस्यमानान् ब्रह्म स्वम्भ्य भ्यानर्शत् तदृषीणामृषित्वमिति विज्ञायते" (निरुक्तम्)।

इत्यादि प्रमाणहरुबाट उनिहरु मन्त्रका द्रष्टा अर्थात् वेदका गूढ़ अर्थहरु सम्झेर उनका प्रचार गर्ने वाला थिए। परमदयालु सर्वज्ञ भगवान् द्वारा प्राणिमात्रको उपकारको लागि सृष्टिको शुरुमा प्रकट भएको कारण वेद विशुद्ध रूपमा एकेश्वरवादको नैं प्रतिपादन गरेका छन् न कि अनेकेश्वरवादको। यो अन्तिम पक्ष नै हामिहरुलाई मान्य छ। उसका समर्थक केही स्पष्ट प्रमाणहरुको यहां उल्लेख गरेर दोश्रा विचारहरुको आलोचना गरिन्छ। निम्नलिखित वेद मन्त्र एकेश्वरवादको अत्यन्त स्पष्ट शब्दहरुमा प्रतिपादन गर्दछन्।

(१) इंद्र मित्रं वरुणमग्निमाहुरथो दिव्य: स सुपर्णो गरुत्मान्। एकं सद्विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहु:।। ऋ० १/१६४/४६

यो मन्त्रमा यो स्पष्टतया बताइएको छ कि परमेश्वर एकै छ किन्तु विद्वान् उसको अनन्त गुणहरुलाई सूचित गर्नको लागि इन्द्र मित्र वरुण आदि नामहरुले पुकार्दछन्। यस प्रकार इन्द्र मित्र वरुणादि शब्द मुख्यतया ईश्वर-वाचक हुन् यो स्पष्ट सिद्ध हुन्छ। परमात्मा परमैश्वर्य सम्पन्न हुनाले इन्द्र, सबका मित्र तथा प्रेममय हुनाले मित्र, सबै भन्दा उत्तम र वरणीय तथा अविद्यादि दोष निवारक हुनाले वरुण, ज्ञान स्वरूप अनि अग्रणी सबै भन्दा श्रेष्ठ हुनाले अग्नि पद द्वारा उसलाई भनिन्छ। ब्रह्मा, विष्णु, शिव, महेश्वर, महादेव, बृहस्पति इत्यादि शब्द प्रधानतया उहि एक परमेश्वरलाई सूचित गर्दछ। यो निम्न मन्त्रहरु बाट सिद्ध हुन्छ।

(२) त्वमग्न इन्द्रो वृषभ: सतामसि त्वं विष्णुरुरुगायो नमस्य:। त्वं ब्रह्मा रयिविद्ब्रह्मणस्पते त्वं विधर्त: सचसे पुरंध्या।। ऋ० २/१/३

(३) त्वमग्ने राजा वरुणो धृतव्रतस्त्वं मित्रो भवसि दस्म ईड्य:। त्वमर्यमा सत्पतिर्यस्य सम्भुजं त्वमंशो विदथे देव भाजयु:।। ऋ० २/१/४

(४) त्वमग्ने रुद्रो असुरो महो दिवस्त्वं शर्धो मारुतं पृक्ष ईशिषे। त्वं वातैररुणैर्यासि शंगयस्त्वं पूषा विधत: पासि नु त्मना।। ऋ० २/१/६

(५) सोऽर्यमा स वरुण: स रुद्र: स महादेव:।
सो अग्नि: स उ सूर्य: स उ एव महायम:। अथर्व० १३/४/४, ५

(६) त्वमिन्द्रस्त्वम्महेन्द्रस्त्वं लोकस्त्वं प्रजापति:। तुभ्यं यज्ञो वि तायते तुभ्यं जुह्वति जुह्वतस्तवेद्विष्णो बहुधा वीर्याणि।। अथर्व० १७/१/१८

यिनि मन्त्रहरुमा यदि निष्पक्ष विचार गरियो भनें स्पष्ट ज्ञात हुन्छ कि एकै परमात्माको ब्रह्मा, विष्णु, रुद्र, इन्द्र, वृषभ, बृहस्पति, अग्नि, प्रजापति, वरुण, मित्र, अर्यमा, पूषा आदि नाम हो र यस प्रकार वेदमा अनेकेश्वरवादको भ्रम को कोई स्थान रहदैन। सत्य ग्रहण गर्नमा उद्यत अनि पाश्चात्य विद्वानहरुको मानसिक दासतालाई स्वीकार गर्ने वाले विद्वानहरु ले यिनि मन्त्रहरुमा राम्रो प्रकार मनन गर्नु पर्छ तब उनिहरुमा वैदिक एकेश्वरवादमा दृढ़ विश्वास हुन जानेछ, यसमा कुनै सन्देह छैन। यिनि मन्त्रहरु उपर विचार गर्दा खेरी हीन देवतावादको पनि खण्डन हुन जान्छ।

(७) तदेवाग्निस्तदादित्यस्तद्वायुस्तदु चन्द्रमा:।
तदेव शुक्रं तद् ब्रह्म ताऽआप: स प्रजापति:।। यजु० ३२/१

यो मन्त्र पनि एकेश्वरवादको प्रतिपादन गर्दै उसै परमेश्वरको अग्नि, आदित्य, वायु, चन्द्रादि नाम हो, यो बातको स्पष्ट घोषित गर्दछ। यस्ता मन्त्रहरुका भावलाई लिएर नैं कैवल्योपनिषद् मा-

सब्रह्मा सविष्णु सरुद्र: सशिव: सोऽक्षर:।
स परम:स्वराट्। स इन्द्र: स कालाग्नि: स चन्द्रमा:।।

यस्तो भनिएको छ।

भगवान् मनुले पनि-

प्रशासितारं सर्वेषां अणीयांसं अणोरपि।
रुक्माभं स्वप्नधीगम्यं विद्यात्तं पुरुषं परम्।।
एतं एके वदन्त्यग्निं मनुं अन्ये प्रजापतिम्।
इन्द्रं एके परे प्राणं अपरे ब्रह्म शाश्वतम्।। मनु० १२/१२१-१२३

इत्यादि श्लोकहरु द्वारा उहि वैदिक भावको समर्थन गरेको छ।

(८) यो नः पिता जनिता यो विधाता धामानि वेद भुवनानि विश्वा। यो देवानां नामध एक एव तं सम्प्रश्नं भुवना यन्त्यन्या।। ऋ० १०/८२/३

इस मन्त्रमा पनि परमात्मा एकै हो जो देवहरुका नाम अग्नि, मित्र, वरुणादि लाई धारण गर्ने वाला हो। यस्तो साफ भनेको छ। यही मन्त्र अथर्ववेद को २/१/३ मा थोरै पाठ भेद का साथ यस प्रकार पाईन्छ-

"स नः पिता जनिता स उत बन्धुर्धामानि वेद भुवनानि विश्वा। यो देवानां नामध एक एव तं सम्प्रश्नं भुवना यन्ति सर्वा।।"

यिनि दुई मन्त्रहरुमा प्रयुक्त "यो देवानां नामध एक एव" यो अंश विशेष मननीय छ जो वेदमा अनेकेश्वर वाद विषय को भ्रम लाई दूर गर्नको लागि पर्याप्त छ।

(९) परमात्मा एकै छ जो सर्वदा अनि सर्वशक्तिमान हुनाले एक मात्र स्तुति गर्न योग्य हो यस्तो निम्नलिखित ऋग्वेदीय मन्त्र मा उपदेश गरिएको छ।

"य एक इत्तमु ष्टुहि कृष्टीनां विचर्षणि:। पतिर्जज्ञे वृषक्रतु:।।" ऋ० ६/४५/१६

यो मन्त्रमा अत्यन्त स्पष्ट शब्दमा एकेश्वरवादको प्रतिपादन छ। यस्तो अवस्थामा वेद अनेकेश्वरवाद वा हीन-देवतावादको समर्थन गर्दछ, यस्तो भन्नलाई कति अशुद्ध तथा पक्षपात सूचक छ यो बुद्धिमान स्वयं निश्चय गर्न सक्दछन्।

(१०) ऋग्वेद ८/१/१ साम-द ३/१/१० मा पाईने निम्न मन्त्र इन्द्र पद मार्फत परमात्माको बोध गराउदै अनेकेश्वरवादको खण्डन र एकेश्वरवादको प्रबल समर्थन गर्दछ।

"मा चिदन्यद्वि शंसत सखायो मा रिषण्यत। इन्द्रमित्स्तोता वृषणं सचा सुते मुहुरुक्था च शंसत।।"

अर्थ- हे मित्रहरु! केवल सर्वैश्वर्य सम्पन्न परमात्माको स्तुति गर अन्य कसैको हैन। यस प्रकार अरुको स्तुति गरेर दुःखी न होउ। बार-बार यज्ञादि सब शुभ कर्महरुमा समस्त सुखवर्षक भगवान् को नैं स्तुति गरि रह।

(११) त्यहि एक इन्द्रादि पद वाच्य परमात्मा नैं पूजा गर्न योग्य हो अन्य हैन, यो भाव निम्न मन्त्रमा पनि  स्पष्टतया पाईन्छ।

"य एक इद्धव्यश्चर्षणीनामिन्द्रं तं गीर्भिरभ्यर्च आभि:। य: पत्यते वृषभो वृष्ण्यावान्त्सत्य: सत्वा पुरुमाय: सहस्वान्।।" ऋ० ६/२२/१

'चर्षणी' शब्दको अर्थ निघण्टुमा मनुष्य दिएको नैं छ अतः त्यो एक परमेश्वर नैं सब मनुष्यहरुको पूजनीय हो यहि मन्त्रार्थ हो।

(१२) प्रजापति (सारी प्रजाको पालक) परमात्मा एकै हो र उहि सर्व व्यापक, सर्वशक्तिमान् अनि सर्वज्ञ हुनाले पूजनीय छ, यो हिरण्यगर्भ सूक्तमा अनेकेश्वरवादको निराकरण गर्दै यस प्रकार स्पष्ट बताईएको छ।

"प्रजापते न त्वदेतान्यन्यो विश्वा जातानि परिता बभूव। यत्कामास्ते जुहुमस्तन्नो अस्तु वयं स्याम पतयो रयीणाम्।।"

यहि सुप्रसिद्ध हिरण्यगर्भ सूक्त को "हिरण्यगर्भ: समवर्तताग्रे"। यहि प्रथम मन्त्र को पहिल्यै उद्धत गरि सकिएको छ। त्यहि  सूक्तमा।

"यो देवेष्वधिदेव एक आसीत कस्मै देवाय हविषा विधेम।।"
यही मन्त्र परमात्मालाई देवाधिदेव भन्दै उसैको पूजनीयताको प्रतिपादन गर्दछ। यो सूक्त को बारेमा प्रो० मैक्समूलर ने "History of the Sanskrit Literature" पृ० ५६८ मा यस प्रकार लेख्छन्-

"I add only one more hymn (RIG 10.121) in which the idea of one God is expressed with such power and decision, that it will make us hesitate before we deny to the Aryan nature an instinctive monotheism."

अर्थात् मैले एक अरु सूक्त ऋ० १०/१२१ को उद्धृत गर्दछु जसमा एकेश्वरवादको यस्तो स्पष्ट तथा प्रबल शब्दहरुमा प्रतिपादन छ कि हामि आर्य जातिमा स्वाभाविक एकेश्वरवाद द्वारा नमान्दामा धेरै नैं संकुचित हुन पर्छ।

(१३) अथर्व वेद को १३ काण्डमा पनि अनेकेश्वर लाई निराकरण गर्दै एकेश्वरवाद लाई यिनि स्पष्ट शब्दहरुमा प्रतिपादन छ।

"न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते न पञ्चमो न षष्ठ: सप्तमो नाप्युच्यते। नाष्टमो न नवमो दशमो नाप्युच्यते स एष एक एक वृदेक एव।।" अथर्व० १३/४/१६-२१

यहां एक (वृत् को अर्थ एक सन् वृणोति- व्याप्नोति सर्वे जगत्) यो व्युत्पत्ति मार्फत सर्वव्यापक हो। के यस बाट साफ एकेश्वरवादको प्रतिपादन हुन सक्छ? यस्तो हुँदा खेरी पनि जो महानुभाव वेदलाई अनेकेश्वरवाद प्रतिपादक भन्दछन् उनका विकासवादादि विषयमा पक्षपात नैं सूचित हुन्छ न कि सत्य ग्रहण गर्नेको इच्छा।

(१४) उ एक परमेश्वर नै सारा संसारको स्वामी अनि पूजनीय छ यस विषयमा निम्नलिखित दुई अथर्ववेदका मन्त्रले पनि स्पष्टतया बताउँदछन्।

"दिव्यो गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्यो विक्ष्वीड्य:। तं त्वा यौमि ब्रह्मणा दिव्य देव नमस्ते अस्तु दिवि ते सधस्थम्।।" अथर्व० २/२/१

(१५) मृडाद्गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्य: सुशेवा:।। अथर्व० २/२/२

यहां गन्धर्व: को अर्थ (गा वाणी सूर्य भूमि वा धरतीति गन्धर्व) यो व्युत्पत्ति को अनुसार वाणी सूर्य वा भूमि लाई धारण गर्ने वाला अनि सुशेवा को उत्तम, सुखदायक हो। यो मन्त्र मा प्रयुक्त 'एक एव नमस्य' उहि एक परमेश्वर नैं पूजा गर्न योग्य छ यि शब्द वेदमा अनेकेश्वरवाद विषयक भ्रमलाई दूर गर्नको लागि पर्याप्त छन् यदि यिनि उपर निष्पक्ष भएर विचार गरियोस्। अरु पनि सैकड़ौं प्रमाण वेद लाई विशुद्ध एकेश्वरवाद को सिद्ध गर्नको लागि दिन सकिन्छ किन्तु विस्तारभयले यो विषय लाई यहीं समाप्त गरिन्छ। भिन्न २ वेद अनि स्थलहरु बाट उद्धृत यि मन्त्र स्पष्ट सिद्ध गर्छन् कि वेदमा एकेश्वरवाद ओत प्रोत छ। अनेकेश्वरवाद हीनदेवतावाद (Henotheism) वा विकासवाद (Evolution theory) को द्वारा यिनि मन्त्रहरुको कुनै पनि प्रकारले व्याख्या गर्न सकिदैन। यसकारण निष्पक्ष अनेक प्रसिद्ध पाश्चात्य विद्वान् पनि अब वेदमा एकेश्वरवादको प्रतिपादन छ यस बातलाई मान्न लागेका छन् जस्तै कि निम्न उद्धरणहरु द्वारा प्रमाणित हुन्छ।

पाश्चात्य विद्वान र वैदिक एकेश्वरवाद

(१) प्रो० मैक्समूलरको History of the Sanskrit Literature बाट एक उद्धरण पहिल्यै दिई सकिएको छ। निम्न उद्धरण उनको अन्तिम ग्रन्थ "Six Systems Of Philosophy" सबाट दिईएको छ जिसमा उनले स्पष्टतया स्वीकार गरेका छन् कि  इन्द्र, अग्नि, मातरिश्वा, प्रजापति आदि नामहरु बाट वेदमा वस्तुतः एक ईश्वर कै प्रतिपादन छ।

“Whatever is the age when the collection of our Rigveda Sanhita was finished, it was before that age that the conception had been formed that there is but one, One Being, neither male nor female, a Being raised high above all the conditions and limitations of personality and nevertheless the Being that was really meant by all such names as Indra, Agni, Matarishva and by the name of Praja Pati- Lord of creatures. In fact, the Vedic Poets had arrived at a conception of Godhood which was reached once more by some of the Christian Philosophers of Alexandria, but which even at present is beyond the reach of many who call themselves Christians."

(२) मि० चार्ल्स कोलमैन (Charles Coleman) नामक सुप्रसिद्ध पाश्चात्य विद्वान् ले वैदिक ईश्वरवादको विषयमा अफ्नो अभिप्राय यि शब्दहरुमा प्रकट गरेका छन्।

“The Almighty, Infinite, Eternal, Incomprehensible, Self-existent, Being, He who sees everything though never seen is Brahma, the One Unknown True Being, the Creator, the Preserver and Destroyer of the Universe. Under such and innumerable other definitions is the Deity acknowledged in the Vedas.”
(Mythology of the Hindus)

भावार्थ यो हो कि वेदमा परमात्मालाई एक सर्वशक्तिमान्, सर्वव्यापक, अनन्त, नित्य, अविक्षेय, स्वयम्भू, सर्व द्रष्टा, जगतको कर्ता, धर्ता अनि संहर्ता आदि रूप द्वारा बताइएको छ।

(३) कौन्ट जार्न्स जर्ना नामक प्रसिद्ध विद्वान् ले 'Theogony of the Hindus' नामक पुस्तकमा वेद मन्त्रहरुको प्रमाण दिदै लेखेका छन्-

“These truly sublime ideas can not fail to convince us that the Vedas recognise only one God, which is Almighty, Infinite, Eternal, Self-existent, the Light and Lord of the Universe.”

अर्थात यिनि उदाहरणहरु द्वारा हामिलाई यो विश्वास हुए बिना नभई हुन सक्दैन कि वेद एकै परमात्मालाई स्वीकार गर्छन् अनि उसैको प्रतिपादन गर्छन् जो सर्वशक्तिमान, अनन्त, नित्य, स्वयम्भू, जगतको प्रकाशक अनि स्वामी हो।

(४) कोलब्रूक (Colebrook) नामक प्रसिद्ध अंग्रेज विद्वानले प्राचीन हिन्दू धर्मको विषयमा यस प्रकार लेखेका छन्-

“The ancient Hindu Religion as founded on the hindu scriptures (Vedas) recognise but one God.”
(Asiatic Researches Vol III P 385)

सारांश यो हो कि हिन्दू धर्म ग्रन्थहरु (वेदादि शास्त्रहरु) मा आश्रित हिन्दू धर्म एकेश्वरवादको नैं प्रतिपादन गर्दछन्।

(५) अर्नेस्ट वुड (Ernest Wood) नामक सुप्रसिद्ध अंग्रेज विद्वान ले "An English man defends mother Indra" नामक पुस्तकमा ईश्वरवादको विषयमा यों लेख्छन्-

In the eyes of the Hindus, there is but one, Supreme God. This was stated long ago in the Rigveda in the following words “एकं सद्विप्रा बहुधा वदन्ति” Which may be translated, “The sages name the One Being variously.”
(Page 128.)

अर्थात् हिन्दुहरुको दृष्टि मा एकै परमात्मा छन्। यसको प्रतिपादन बहुत प्राचीन समयमा ऋग्वेदमा 'एकं सद्विप्रा बहुधा वदन्ति' इत्यादि शब्दहरु द्वारा गरिएको थियो जसको अर्थ हो कि विद्वान्हरु एकै परमेश्वर को अनेक नामहरु मार्फत पुकार्दछन्।

अन्य अरु पनि अनेक उद्धरण पाश्चात्य विद्वानहरुका ग्रन्थहरु द्वारा वैदिक एकेश्वरवादको समर्थनमा दिन सकिन्छ किन्तु विस्तार को भयले अहिलेलाई यत्ति नैं पर्याप्त सम्झेर देवताहरुको विषयमा विचार प्रारम्भ गरिन्छ।

No comments:

Post a Comment