Friday, September 6, 2019

अमृतधाराः वेदोपदेश



*अमृतधाराः वेदोपदेश *
लेखक – स्वामी दर्शनानन्द जी
*प्रस्तुति– अवत्सार *

ओ३म् व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम् ।
दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।। ( यजुर्वेद १९÷३०)

*सत्यलाई कहिले जान्न सकिन्छ ? * – यस वेदमन्त्रमा परमात्मा जीवहरुलाई यस कुराको उपदेश दिन्छन् कि जब जीव सत्यलाई जान्नको लागि व्रत धारण गर्छ अर्थात् अर्थात् दृढ निश्चयले पुरा गर्ने निश्चयले पुरा गर्नको लागि व्रत गर्दछ र सत्यासत्यको खोजीमा निरन्तर लाग्छ , तब उसमा सत्य जान्ने अधिकार अर्थात् योग्यता उत्पन्न हुन्छ र जब त्यस योग्यताद्वारा गुरुसँग दीक्षा लिएर त्यस अनुसार आचरण गर्छ तब दक्षता अर्थात् उत्तम सुख र संसारमा सन्मान प्राप्त गर्दछ । जब यस प्रकार संसारमा सत्यको प्राप्तिले मान र उत्तम सुख एवं शान्ति प्राप्ति हुन्छ तब उसलाई यो देखेर अरु व्यक्तिहरुमा सत्यप्रति श्रद्धा उत्पन्न हुन्छ र ऊ स्वयं पनि सत्यमा अटल विश्वार राखेर त्यस अनुरुप आचरण गर्नेवाला बन्छ । जबसम्म परमात्माको यस आदेशको पालन हुँदैन तब सम्म सत्यमा श्रद्धा हुँदैन ।

लक्ष्य सिद्धिका चार आश्रम – परमात्माको यस नियमले चार आश्रम बनाइएका छन् । जब मनुष्य परमात्मालाई जान्नको लागि ब्रह्मचर्यको व्रत धारण गरेर त्यसमा वेदहरुको निरन्तर स्वाध्याय गर्दछ र त्यसका अनुसार प्रत्येक वेदांगलाई राम्ररी जानेर वेदार्थद्वारा पदार्थहरुलाई जान्नको लागि पुरुषार्थ गर्दछ तब उसलाई परमात्मालाई जान्ने विधि , अभ्यास एवं वैराग्यले मनलाई एकाग्र गरेर समाधिद्वारा परमात्मालाई जान्ने क्षमता प्राप्त हुन्छ , र तब समाधिको विधिलाई जानेर विधिलाई जानेर क्रमवार गृहस्थ आश्रमलाई धारण गरेर कर्म गर्दै जान्छ ।

जब मन र इन्द्रियको वशीकरण हुन्छ – जब कर्म गर्नाले दुःखको प्राप्ति हुन्छ तब ऊ संसारका पदार्थहरुलाई दुःखको साधन सम्झेर तिनबाट पृथक् हुनको लागि वानप्रस्थ आश्रममा प्रवेश गरेर सुस्तरी सुस्तरी आफ्ना इन्द्रियहरुलाई वशमा गर्ने यत्न गर्दछ । जब यस प्रकारले आचरण गर्नाले मन र इन्द्रियहरुको वशीकरण गर्नमा सफलता प्राप्त हुन्छ तब ऊ संसारका विषयहरुबाट अलग भएर केवल परमात्मासँग प्रेम गर्दछ र उसको उपासनाले आनन्द प्राप्ति देखेर जगतका सकल व्यवहारबाट ईश्वरको प्रेममा मग्न हुन्छ ।

प्रकृतिले कसलाई तान्छ – यस प्रकारका सन्यासीहरुको दर्शन गरेर मान्छेहरु परमात्माका प्रति श्रद्धा र प्रेम उत्पन्न हुन्छ । जो जन परमात्माको प्राप्तिका लागि ब्रह्मचर्य रुपी व्रत धारण गर्दैनन् , उनीहरु कसरी गृहस्थ आश्रममा आएर ईश्वरलाई जान्ने अधिकार प्राप्त गर्न सक्छन् ? यस्तै मान्छे ईश्वरलाई जान्ने अधिकार नभएर मूर्तिपूजन आदि अविद्याका कर्ममा लागिपर्छन । जसले न त ब्रह्मचर्य आश्रममा नै वेद अध्ययन गरेका छन् न त गृहस्थाश्रममा नै पञ्च यज्ञादि नित्य कर्म गर्ने अभ्यास गर्छन् , तिनीहरु कसरी परमात्मालाई जान्न सक्छन् । तिनमा परमेश्वरप्रति कसरी श्रद्धा , प्रेम र भक्ति उत्पन्न हुन्छ ! यस्तै मान्छे अर्थार्थी तथा वाममार्गी बन्छन् किनकी इन्द्रियहरु लाई वशमा राख्न नसकेर उनीको मनलाई वशमा राख्ने अवशर हुन्न । मन उनीहरुलाई प्रतिक्षण प्रकृतिका पदार्थहरुतर्फ प्रवृत्त गर्दछ अथवा खिँच्छ । उनीहरु आफ्नो समस्त जीवन यसको दासतामा व्यतीत गर्छ ।

जसलाई सुख – दुःखका साधनहरुको यथार्थ ज्ञान छैन – उनीहरु स्वयंलाई चाहे अत्यन्त योग्य तथा बुद्धिमान सम्झून् , परन्तु वास्तवमा मूर्ख हुन् किनकी उनीहरुलाई सुख–दुःखका साधनहरुको ज्ञान हुँदैन । उनीहरु अविद्याका कारण दुःख दिनेवाला वस्तुहरुलाई नै सुखको साधन सम्झन्छन् र सुख दिनेवाला परमात्माको सत्तासँग सर्वथा विमुख छन् अथवा उनीहरुमा कत्ति पनि श्रद्धा छैन ।

वेदज्ञानद्वारा नै ईश्वरको ज्ञान – परमात्माको ज्ञान , परमात्माद्वारा दिइएको सद्ज्ञान वेदद्वारा नै सम्भव छ । जसरी कुनै पनि व्यक्ति सूर्यलाई दीपकको प्रकाशले देख्दैन परन्तु सूर्यका किरणले नै सूर्यको दर्शन गराउँछन् , त्यसरी नै कुनै पनि मनुष्य मनुष्यकृत ग्रन्थ अथवा मानवीय शक्तिबाट परमात्मालाई जान्न सक्दैन , न त परमात्मालाई नजानेरै सुख र शान्ति प्राप्त गर्न सक्छ । मुक्तिको साधन केवल परमात्माको ज्ञान हो । उनी नै सारा संंसारमा शान्तिका उपाय हुन् । त्यसलाई जान्नको लागि परमात्माले वर्ण–आश्रमको व्यवस्थाबाट निस्किएर आफ्नो ध्येयधामसम्म पुग्ने उपदेश दिनुभएको छ । जो मनुष्य परमात्माद्वारा बताइएको मार्गको विपरीत हिँड्छ , ऊ प्रकृतिको उपासनाको अन्धो गुफामा खसेर आत्मिक शान्तिबाट टाढा जान्छ । परमात्माले कृपा गरे धेरै कुरा प्राप्त हुन्छ ।

*ओ३म् शान्ति ! शान्ति ! शान्ति ! *

No comments:

Post a Comment