Sunday, September 1, 2019

ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम



ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

मूर्तिपूजा अर्वाचीन हो, वेदादि शास्त्रहरुको बिरुद्द अनि अवैदिक छ। फेरी हामि आफ्नो ईश्वरलाई कसरी प्राप्त गर्ने? हाम्रो उपसना-बिधि कस्तो हुनु पर्ने हो?

उपसनाको अर्थ हुन्छ कि समिपस्थ हुनु अथवा आत्मको परमात्मा सँग मेल हुनु। महर्षि पतञ्जलि द्वारा वर्णित अष्टाङ्गयोग का आठ अङ्गब्रम्हरुपी सर्वोच्च सानु-शिखरमा चढ्नको लागी आठ सिंढिहरु छन्।
उनको नाम हुन्- यम्, नियम, आसन, प्राणायाम, प्रत्याहार, धाराणा, ध्यान अनि समाधि।

यहाँ प्रत्येकका संक्षिप्त विवेचन प्रस्तुत गरिएको छ-

१-- यम पाँच छन्-
(क) अहिंसा- अहिंसाको अर्थ केवल कसैको हत्या नगर्नु मात्र नभई अपितु मन वचन र कर्म द्वारा कुनै पनि प्राणीको कुनै पनि प्रकारको कष्ट नदिनु, कसैलाई हानि नपुर्याउनु अनि कसै प्रति वैरभाव नराख्नु नैं अहिंसा हो। उपासकमा यो हुनु पर्दछ कि कसै सँग पनि वैर नराखोस्, सबैलाई प्रेम गर्नु। उसको आँखामा सबैको लागि स्नेह र वोली वचनमा माधुर्य होस्। पशुहरुलाई मारेर अथवा हत्या गर्न लगाएर त्यहि मासु द्वारा आफ्नो पेट भर्नेहरु तिन कालमा पनि योगी बन्न सक्दैनन्। साधकको प्रत्येक स्थानमा, प्रत्येक समय अनि परिस्थितिमा अहिंसाव्रती हुनु पर्दछ। ‘अहिंसा परमो धर्म:’ अहिंसा परम धर्म हो। अहिंसाको उद्देश्य यो हो कि मनुष्यको भित्र लुकेको उग्र, क्रुर अनि पाशविक वृत्तिहरुको जरै देखि उखालेर फ्याँक्नु। जब मनमा हिंसाको छायाँ तक देखाई दिन्न, तब अहिंसाको सिद्दि भएको बुझ्नु पर्छ, अहिंसाको फल के हो?

महर्षि पतञ्जली लेख्छन्-

अहिंसाप्रतिष्ठायां तत्संनिधौ वैरत्याग:। -योगदर्शन साधन० ३५
हृदयमा अहिंसा प्रतिष्ठित हुँदा खेरी अहिंसकको सामु सांप, बाघ आदि हिंसक प्राणीहरु पनि वैरभाव लाई परित्याग गरि दिन्छन्।

अहिंसाको सिद्दिको बिना अन्य यमहरुको सिद्दि हुँन सक्दैन, त्यसैले यममा यसलाई सर्व प्रथम स्थान दिईएको छ।

(२) सत्य- सत्य द्वितिय यम हो। साधक मन, वचन अनि कर्म द्वारा सत्य जानुन्, सत्य मानुन्, सत्य बोलुन् अनि सत्य नैं लेखुन्, मिथ्या-असत्य नबोलुन्, न मिथ्या ब्यबहार नैं गरुन्। सत्य स्वरुप प्रमेश्वर लाई प्राप्त गर्नको लागि साधक सर्वथा सत्यनिष्ठ बन्नु पर्दछ। सत्यस्वरुप ईश्वरक सँग साक्षात्कार हुनको लागि उपासक पनि सत्य मैं जिउनु पर्दछ, सत्य स्वरुप नैं बन्नु पर्दछ र सत्य प्रति आंशिक नभएर सम्पूर्ण तथा सर्वेपरी लगाव राख्नु पर्दछ। साधानाको जग राख्नको लागि सत्यव्रती बन्न अत्यावस्यक छ। सत्य सबै भन्दा ठुलो व्रत हो।
उपासक भन्छ-

अहमनृतात्सत्यमुपैमि। यजु० १/५
म असत्यलाई त्यागेर जिवनमा सत्यलाई धारण गर्दछु।

वेदादिशास्त्र सत्यको महिमा द्वारा भरिएका छन्।
उपनिषदहरु मा भनिएको छ-

सत्येन लभ्यस्तपसा ह्येष आत्मा।- मुण्डको० ३/१/५
परमात्मा सत्य र तप बाटै प्राप्त हुन्छ।

सत्यमेव जयते नानृतम्। मुण्डको० ३/१/६
सत्यको नैं बिजय हुन्छ, असत्यको हैन।

महाभारतमा भनिएको छ-

सत्यं स्वर्गस्य सोपानम्। महा० उद्यो० ३३/४७
सत्य स्वर्गको सीढी़ हो।

महर्षि मनुको कथन छ-

नास्ति सत्यत्परो धर्मो नानृतात्पातकं परम्। -मनु० ८/८२
सत्य भन्दा ठुलो कोही धर्म र असत्य भन्दा ठुलो कोही पाप छैन।

सत्य भाषणको फल बताउदै महर्षि पतञ्जलि भन्छन्-

सत्यप्रतिष्ठायां क्रियाफलाश्रयत्वम्। -यो० द० साधन० ३६
सत्यमा प्रतिष्ठित भए पछि ब्यक्ति वाक्सिद्ध हुन्छ।

सत्यको महत्व बुझेर जिवनमा सत्यको धारण गर। सत्यमा निवास गर। सत्यमै मूर्तरुप बन। मन, वाणी र कर्म द्वारा सच्चा रह।

(३) अस्तेय- यममा तेश्रो यम हो अस्तेय। स्तेयको अर्थ चोरी गर्नु, अस्तेयको अर्थ हो मन, वचन र कर्म द्वारा चोरी नगर्नु। साधक चोरी नगरुन, सत्यको ब्यबहार गरुँन्। स्वामीको आज्ञा बिना कुनै पनि पदार्थ नउठाउँन्। स्तेयरुपी अवगुण सर्वत्र दृष्टिगोचर हुन्छ। ब्यक्तिको लागि जति आवस्यक छ त्यो भन्दा बढिमा अधिकार जमाउनको लागि जुन सुकै कार्य गरिन्छ त्यो नैतिक अनि आध्यात्मिक दृष्टिले चोरी नैं हो। आवस्यकता भन्दा बढि खानु पनि चोरी नैं हो। बस या रेलमा टिकट नलिनु अनि मेरो त पास (Pass) अथवा "सिजनल टिकट" छ, यस्तो भन्दै निस्कनु पनि चोरी हो। खोटा सिक्का चलाउनु अथवा दुकानदार द्वारा भुलवस दिएको अधिक धनलाई चुपचाप पकेटमा राख्नु पनि चोरी नैं हो। उत्कोच (घूस) दिएर आफ्नो काम बनाउनु पनि चोरी हो।

मानिसले चोरी किन गर्छ? चोरी को वास्तविक कारण मानिसका अनगिन्ति इच्छाहरु एवं अनियन्त्रित इन्द्रियहरु हुन्। चोरी बाट बच्नको लागी साधकले आफ्ना इच्छाहरुको नियन्त्रण, इन्द्रियको अनुशासित अनि मनलाई वशमा राख्नु पर्दछ।

अस्तेय को महत्वको प्रतिपादन गर्दै महर्षि पतञ्जलि लेख्छन्-

अस्तेयप्रतिष्ठायां सर्वरत्नोपस्थानम्।। यो० द० साधन० ३७
मनुष्यको हृदयमा अस्तेयको प्रतिष्ठा हुँदा खेरी उसको सामु संसारका सबै रत्न स्वयमेव उपस्थित हुन्छन् अर्थात अस्तेय मा प्रतिष्ठित व्यक्तिलाई कहिल्यै पनि धन रत्नको अभाव रहदैन।

(४) ब्रह्मचर्य- ब्रह्मचर्य दुई शब्दहरुको मेल बाट बनेको छ- ब्रह्म र चर्य। ब्रह्म को अर्थ हो ईश्वर, वेद, ज्ञान र वीर्य। चर्यको अर्थ हो चिन्तन, अध्ययन, उपार्जन अनि रक्षण। यस प्रकार ब्रह्मचर्यको अर्थ हुन्छ-साधक ले ईश्वरको चिन्तन गर्नु, ब्रह्ममै बिचरनु, वेदको अध्ययन गर्नु, ज्ञानको उपार्जन गर्नु अनि वीर्यको रक्षण गर्नु।

ब्रह्ममा विचरण गर्नको लागि मनको विषय-वासनाहरु देखी सर्वथा मुक्त हुन अत्यावश्यक हुन्छ। विषय-वासनाहरुमा कामवासना सब भन्दा प्रवल एवं घातक हो, अत: ब्रह्मचर्य को अर्थ प्रमुख रुपले वीर्यरक्षण गरिन्छ। साधक जितेन्द्रिय होस्, लम्पट नहोस्।

ब्रह्मचर्यको उद्देश्य हो- खाएको अन्नलाई ओज शक्तिमा परिवर्तित गर दिनु। ब्रह्मचर्यको अर्थ हो- मनुष्यमा विद्यमान पाशविक शक्तिहरुलाई संयमित गर्नु, तिनको संरक्षण गर्नु, तिनलाई उच्च स्तर तिर उन्मुख गर्नु अनि खाएको अन्नलाई ओजशक्तिमा रुपान्तरित गर्नु।

ब्रह्मचर्यको महिमा महान छ। उपनिषदहरुमा भनिएको छ-

नाअयमात्मा बलहीनेन लभ्य:। -मुण्डको० ३/२/४
ब्रह्मचर्य बाट हीन व्यक्ति परमात्मालाई पाउन सक्दैन।

साथकको लागी ब्रह्मचर्य त्यहि प्रकारले आवश्यक छ, जस्तै विद्युत द्वारा चल्ने गाडीको लागि विद्युत। यसको बिना साधक योगमार्गमा उन्नति गर्न सक्दैन। ब्रह्मचर्यको शक्ति द्वारा नैं चंचल इन्द्रियहरु एवं कुटिल मन माथि विजय पाउन सकिन्छ। वेदमा ब्रह्मचर्यको महिमाको संबन्धमा भनेको छ-

ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत। -अथर्व० ११/५/१९
ब्रह्मचर्य अनि तपको द्वारा विद्वानहरु मृत्युलाई पनि मारी भगाउछन्।

महर्षि पतञ्जलि लेख्छन्-

ब्रह्मचर्यप्रतिष्ठायां वीर्यलाभ:। यो० द० साधन० ३८
ब्रह्मचर्यमा प्रतिष्ठित भए पछि वार्यलाभ हुन्छ। अर्थात् ब्रह्मचर्य-प्रतिष्ठित व्यक्तिको शरिरमा परमेश्वर को विमल ज्योति प्रकाशित हुन्छ।

उपस्थेन्द्रियको अतिरिक्त अन्य इन्द्रियहरुमा पनि नियन्त्रित राख्नु पर्छ। आँखाको रुपमा जान्नु, कानलाई शब्द तिर दौड लगाउनु, नाकलाई गन्ध तिर भगाउनु, जिब्रोलाई रसपान तिर, छालालाई स्पर्श-आनन्द तिर मग्न हुन बाट रोक्नु पर्छ। सबै इन्द्रियहरुको निरोधरुपी ब्रह्मचर्य साधकलाई ब्रह्म-साक्षात्कार तिर लिएर जान्छ।

(५) अपरिग्रह- अपरिग्रहको अर्थ हो- आवश्यकता भन्दा अधिक पदार्थको संग्रह नगर्नु। साधक त्यति नै पदार्थको संग्रह गरुन जति सादा जीवन को लागि आवश्यक हुन्छ। कुनै पनि वस्तुलाई खरिद गर्नु भन्दा पहिले गम्भिरता पूर्वक सोच्नु। यदि त्यो बिना काम चल्दैन भने मात्र किन्नु। पदार्थहरुको अधिक संग्रह बाट आज मानवले दु:ख पाई रहेको छ।

बिषयहरुको अर्जन, रक्षण, क्षय (नाश), सङ्ग (उपभोग), हिंसा (संग्रह मा पर-पीडा) आदि दोषहरु देखेर तिनिहरुलाई स्विकार नगर्नु, तिनलाई त्यगि दिनु अपरिग्रह हो।

अपरिग्रहको एक अर्थ अभिमान नगर्नु पनि हो। साधक विनम्र बन्नु। उ निरभिमानी होस्, कहिल्यै पनि अभिमान नगरोस्। विद्या, धन,जल, बल आदि जुन बातमा मनुष्य अभिमान गर्छ, उनमा एक पनि यस्तो छैन जसमा अभिमान गर्न सकियोस्।

अपरिग्रहको फल के हो?

महर्षि पतञ्जलि लेख्छन्-

अपरिग्रहस्थैर्ये जन्मकथन्ता सम्बोध:। यो० द० साधन० ३९
अपरिग्रहमा प्रतिष्ठा-दृढ़ता हुँदा खेरी पूर्वजन्मको कारणहरुको बोध हुन जान्छ।

यि पाँच यमहरु नैं उपसना-योगका प्रथम अंग हुन्।

२-- नियम पनि पाँच छन्-

(१) शौच- यसको अर्थ हो पवित्रता। साधक भित्र र बाहिर बाट पवित्र रहोस्। राग द्वेषको त्याग बाट आन्तरिक र जलादि द्वारा बाह्य सम्पादित गर्नु पर्दछ। शरिरको अवस्था बाट मनमा बहुत प्रभाव पर्दछ, अत: शरिरलाई स्नान द्वारा पवित्र गर्नु पर्दछ। भेशभूषा पनि पवित्र होस् बस्ने स्थान पनि साफ-सुघ्घर होस्। फोहोरी एवं जताततै सामान अस्त व्यस्त भएको स्थानमा पनि मन लाग्न (एक चित्त हुन) सक्दैन। अन्त: शुद्धिको पनि ध्यान राख्नु पर्छ। अण्डा, माछा-मासु खानेहरु, रक्सि पिउनेहरु, सिगरेट, बिडी, चरस, गाँजा, अफिम् सेवन गर्नेहरुको मन पनि दुषित हुन जान्छ।

शौचात् स्वाङ्गजुगुप्सा परैरसंसर्ग:। यो० द० साधन० ४०
पवित्रतामा प्रतिष्ठित भए पछि आफ्नै अंग मार्फत विरक्ति अनि अरु स्त्री-पुरुषहरुको साथ संगति बाट पनि वितृष्णा हुन जान्छ।

शौच द्वारा बुद्धि शुद्धि , मनको विमलता, एकाग्रता, इन्द्रियजय र आत्मदर्शनको योग्यता प्राप्त हुन्छ।

(२) सन्तोष- सन्तोषको अर्थ एकदम गलत बुझाईएको छ। सन्तोषको अर्थ हात माथि हात राखेर निकम्मा बस्नु हैन। सन्तोषको अर्थ हो- आलस्य छोडेर सदा पुरुषार्थ गर्नु। धर्मपूर्वक पुरुषार्थ गरेर लाभमा प्रशन्न अनि हानिमा अप्रशन्न न हुनु। 'सन्तोष' सुख र शान्ति प्राप्त गर्ने चाबी हो।

महर्षि पतञ्जलि भन्छन्-

सन्तोषादनुत्तमसुखलाभ:। यो० द० साधन० ४२
सन्तोषको सिद्धि भए पछि यस्तो सुख प्राप्त हुन्छ कि त्यस्तो सुख भन्दा बढेर अर्को कुनै सुख छैन। त्यो सुख वर्णनातीत छ।

महर्षि व्यास लेख्छन्-

यच्च कामसुखं लोके यच्च दिव्यं महत्सुखम्।
तृष्णाक्षयसुखस्यैते नार्हत: षोडशीं कलाम्।। -महा० शान्ति० १७६/४६
यो संसारमा काम्य वस्तुका जो उपभोगजनित सुख छ अथवा स्वर्गको जो महान सुख हो, त्यो तृष्णाक्षय बाट उत्पन्न हुने सुखको सोह्रौ अंशको बराबर पनि छैन।

हँ, एक कुराको ध्यान राखौ- संतोष सांसारिक वातमा मात्रै गर्नु पर्छ, साधना मा हैन। साधनामा त असिम असन्तोष हुनु पर्दछ। साधकलाई प्रभु प्रति आफ्नो भक्ति अनि प्रेम बाट कहिल्यै सन्तुष्ट हुनु हुंदैन।

(३) तप- तपको सम्बन्धमा पनि अनेक भ्रान्तिहरु फैलिएका छन्। कोही मान्छन् कि एक खुट्टामा उभि रहनु अथवा एक या दुईटै हात माथि उठाएर उभिई रहनुको नाम तप हो। कोही बुझ्छन् कि शीत ऋतुमा चिसो पानिमा उभिई रहनु तप हो। कोही मान्छन् कि ग्रीष्मकालमा पञ्चाग्नि ताप्नु नैं तप हो। कसैको अनुसार त स्वयं को पृथ्वीमा गाडि दिनु तप हो। कसैको मतमा किला काँटीमाथि सुत्नु तप हो। बस्तुत: यि सबै कृयाकलापहरु तप हैनन्। तपको वास्तविक अर्थ हो- ‘द्वन्द्वसहनं तप:’- कष्ट आउँदा पनि धर्म कार्यहरुलाई गर्दै जानु तप हो। हानि-लाभ, जीवन-मरण, सुख-दु:ख, भोक-प्यास, हर्ष-शोक सबैमा समान रहनुको नाम नैं तप हो।

तपको धातु- अर्थ हो- ‘तप दाहे’- जल्नु-जलाउनु। अग्निका दुई गुण को सधैं ध्यान राख्नु पर्छ- योसले पदार्थहरुलाई शुद्ध गर्छ अनि तेजयुक्त छ। तप पनि एक प्रचण्ड प्रकृया हो जो मनुष्यको मैलालाई जलाएर उसलाई आत्मचैतन्यको प्रकाश द्वारा उद्भासित गराउछ।

बल प्राप्ति नैं तपको फल हो। जुन तप द्वारा शरिरमा कान्ति, ओज र तेजको वृद्धि हुँदैन, त्यो तप नैं होईन।

तप नगर्दा खेरी योगमा गति हुन सक्दैन। जस्तो कि भनिएको छ-

नातपस्विनो योग: सिध्यति।
जो तपस्वी होईन, उस द्वारा योगमा सिद्धि-लाभ हुन सक्दैन।

उपनिषदहरुमा भनिएको छ-

तपसा चीयते ब्रह्म। मुण्ड० १/१/८
ब्रह्मको प्राप्ति तप द्वारा नै सम्भव छ।

वेदमा भनिएको छ-

अतप्ततनूर्न तदामो अश्नुते। ऋ० ९/८३/१
जसले तपको भट्टीमा आफ्नो शरिर तपाएको छैन, त्यस्तो काँचो व्यक्ति उस प्रभुलाई प्राप्त गर्न सक्दैन।

महर्षि पतञ्जलि लेख्छन्-

कायेन्द्रियसिद्धिरशुद्धिक्षयात्तपस:। यो० द० साधन० ४३
तप द्वारा अशुद्धि को नाश भएर शरिर र इन्द्रियहरुको सिद्धि मिल्दछ। तप द्वारा शारीरिक क्रान्ति र इन्द्रियहरुमा सूक्ष्म बिषयहरुलाई ग्रहण गर्ने शक्ति उत्पन्न हुन जान्छ।

(४) स्वाध्याय- नियमको चतुर्थ अङ्ग हो स्वाध्याय। स्वाअध्यायको अर्थ हो- वेदको अध्ययन-अधियापन र ऋषि-मुनिहरु द्वारा लिखित सत्य शास्त्रहरुको पढ्नु अनि पढाउनु। वेद परमात्मको दिव्यज्ञान हो। यो मानव-कर्तबव्यहरुको बोधक शास्त्र हो, ज्ञान अनि विज्ञानको अगाध भण्डार हो। आफ्नो कर्तव्यको जान्नको लागि वेदको स्वाध्याय गर्नै पर्दछ। ऋषि-मुनि कृत ग्रन्थहरुमा वेदको व्याख्यान छ, त्यसैले ति पनि पढ्नु पर्दछ। यो विषयमा महर्षि दयानन्द लेख्छन्-

"महर्षिहरुको आशय जहाँ सम्म हुन्छ त्यहाँ सम्म सुगम अनि जसलाई ग्रहण गर्दा थोरै समय लाग्छ, यस प्रकार ले रचना गर्ने हुन्छ अनि क्षुद्राशय मानिसहरुको अभिलाषा यस्तो हुन्छ कि जहाँ सम्म बन्छ त्यहाँ सम्म कठिन रचना गर्ने, जसलाई एकदम परिश्रम गरी पढेर अल्प-लाभ उठाउन सकुन्; जस्तै पहाडलाई खनि सक्दा पनि कौडी मात्रै लाभ हुनु, अनि आर्ष ग्रन्थहरुको पढ्नु यस्तो हो कि गोता लगाउनु, बहुमुल्य मोतिहरु प्राप्त गर्नु।" -सत्यार्थप्रकाश, तृतिय समुल्लास

मोक्ष-बिधायक ग्रन्थहरु पढ्नु नैं स्वाध्याय हो। समाचार-पत्र पढ्नु, उपन्यास, किस्सा, कहानीहरु अनि अश्लिल पुस्तकहरु पढ्नु भेनको स्वाध्याय हैन। साधकले सधैं उत्तम ग्रन्थहरुकै स्वाध्याय गर्नु पर्दछ।

उपनिषदहरुमा भनिएको छ-

स्वाध्यायन्मा प्रमद:। तैत्तरीयोप० शिक्षा-११
स्वाध्यायमा, वेदको अध्ययनमा कहिल्यै पनि प्रमाद गर्नु हुँदैन।

स्वाध्यायको अर्थ हो- सत्पुरुषहरुको सङ्ग। साधक सधैं सज्जनहरुको संगतिमा रहनु पर्दछ। सत्सङ्ग द्वारा मनुष्य उच्च उठ्छ। महर्षि दयानन्दको सत्सङ्ग पाएर नास्तिक, शराबी अनि मांस भक्षि मुंशीराम परम आस्तिक स्वामी श्रद्धानन्द बनें। महता अमिरचन्द पनि बदलिए। पं० लेखराम आर्यमुसाफिर, पं० गुरुदत्त जी विद्यार्थी आदि कैयौंको जिवन बदलिए।

स्वाध्यायको एक अर्को अर्थ छ- प्रतिदिन परमात्माको सर्वोत्तम नाम ‘ओ३म्’ को अर्थपूर्वक जप गर्नु।

वेदमा भनिएको छ-

ओ३म् क्रतो स्मर। यजु० ४०/१५
हे कर्मशील जीव! तिमि ओ३म् को स्मरण गर।

अनि

ओ३म् प्रतिष्ठ। यजु० २/१३
तिमि ओ३म् मा प्रतिष्ठित होउ अर्थात् ओ३म् को ओ३म् नामक परमात्मालाई आफ्नो हृदयमा बसाल।

महर्षि पतञ्जलि स्वाध्यायको फल बताउदै भन्छन्-

स्वाध्यायादिष्टदेवतासंप्रयोग:। -यो० द० साधन० ४४
स्वाध्याय बाट नैं इष्ट देवता-परमेश्वरको दर्शन, साक्षात्कार हुन्छ।

(५) ईश्वरप्रणिधान- नियममा ईश्वरप्रणिधानको स्थान सर्वोच्च छ। ईश्वरप्रणिधानको दुई अर्थ छन्- एक, बिना कोही इच्छा, आकांक्षा र मागको आफ्नो, आफ्नो सबै कामहरुको, आफ्नो सबै संकल्पको प्रभुलाई नैं समर्पित गरिदिनु। जो परमात्मा सँग केही माग्दछन्, उनिहरुलाई त प्रभु केवल त्यहि वस्तु दिन्छन्, जो उनिहरुले मागेका हुन्छन्, परन्तु जो केही पनि माग्दैनन्, तिनलाई परमेश्वर सबै-कुरा दिन्छन्। र अन्त्यमा आफैलाई पनि दिन्छन्, आफ्नो साक्षात्कार पनि गराई दिन्छन्। दोश्रो अर्थ हो- हृदयमा ईश्वर प्रति प्रेम राख्दै, ईश्वरको विशेष भक्ति या उपसना गर्दै ईश्वरको कृपा, दया र प्रसन्नता को पात्र बन्नु। ईश्वरप्रणिधान ले अहं-भाव जति नष्ट हुन्छ र जीवनमा नम्रता आउँदछ। यसको फल के हो?

समाधिसिद्धिरीश्वरप्रणिधानात्। -यो० द० साधन० ४५
ईश्वरप्रणिधान द्वारा योगको सर्वोच्च फल समाधिको सिद्धि हुन्छ।

यि पाँच नियम मिलेर उपसना योगको दोश्रो अङ्ग कहलाउछ।

३-- आसन- यो योगको तेश्रो अंग हो। महर्षि पतञ्जलिको अनुसार आसनको अर्थ हो-

स्थिरसुखमासनम्। -यो० द० साधना० ४६
शरिर न त हल्लिने, न हिड्ने, न दुख्ने अनि चित्तमा कुनै प्रकारको उद्वेग न होस्, यस्तो अवस्थामा दीर्घकाल सम्म सुख सँग बस्नुलाई आसन भनिन्छ।

साधककले यस्तो आसनमा बस्नु पर्छ कि जहाँ कष्ट नभएर स्थिर सुखको प्राप्ति होस्। आसन दृढ भए पछि नैं उपसना सरल हुन जान्छ। एक आसनमा निश्चलतापूर्वक बस्नाले श्वास-प्रश्वासको गति संयत हुन लाग्छ र मन पनि लय हुन थाल्छ। आसन निरन्तर अभ्यास द्वारा नैं सिद्ध गर्न सकिन्छ। बिना हलचल तिन घण्टा सम्म एकै आसनमा बस्नुलाई नैं आसनजय भनिन्छ। आसनजयको पश्चात् साधक योगको श्रेष्ठ र गुरुतर विषय प्राणायामको तर्फ अग्रसर हुन लाग्दछ। योगसाधनाको लागि मुख्यासन चार छन्- सिद्धासन, पद्मासन, स्वास्तिकासन र सुखासन।

४-- प्राणायाम- प्राणायाम राजयोगको चौथो अंग हो। प्राण अनि मनको घनिष्ठ संबन्ध छ। जहाँ-जहाँ प्राण जान्छ, त्यहाँ-त्यहाँ मन पनि जान्छ। यदि प्राण वशमा हुन जान्छ भनें मन बिना प्रयासकै स्वयं वशमा हुन जान्छ।

प्राणायाम के हो?

महर्षि पतञ्जली लेख्छन्-

तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेद: प्राणायाम:। यो० द० साधन० ४९
आसन सिद्ध भए पछि श्वास अनि प्रश्वासको गतिलाई रोक्ने नाम नैं प्राणायाम हो।

महर्षि मनु ले प्राणायामको महत्ताको संबन्धमा लेख्छन्-

दह्यन्ते ध्मायमानानां धातुनां हि यथा मला:।
तथेन्द्रियाणां दह्यन्ते दोषा: प्राणस्य निग्रहात् ।। मनु० ६/७१
जस्तै अग्निमा तताउनाले स्वर्णादि धातुहरुको मैला नष्ट भएर ति शुद्ध हुन जान्छन्, त्यस्तै प्राणायाम द्वारा मन आदि इन्द्रियहरुका दोषहरु दूर भएर तिनिहरु निर्मल हुन्छन्।

५-- प्रत्याहार- प्रत्याहारको अर्थ हो- पछि फर्कनु। इन्द्रियहरुलाई उनको भोगहरु बाट फर्काउनुको नाम नैं प्रत्याहार हो। जब आँखा खुलै हुँदा पनि रुप देख्न बन्द गर्नु, कानले शब्द सुन्न बन्द गर्नु, नाकले गन्ध सुघ्न बन्द गर्नु, जिब्रोले रस नचाख्नु र छालाले स्पर्शको अनुभव नगर्नु, यस्तो अवस्थाको नाम प्रत्याहार हो।

मोटो शब्दमा भन्ने हो भनें त मनलाई एक लक्ष्यमा एकाग्र गर्नको लागि उसलाई बाह्य बिषयमा समेट्नुको नाम प्रत्याहार हो। बाह्य बिंषयहरु बाट हट्दा नैं मनलाई ध्यान-लक्ष्य मा केन्द्रित गर्न सकिन्छ। प्रत्याहार त्यो महान चावि हो जो धारणा, ध्यान र समाधिको ढोकाहरुलाई खोलि दिन्छ।

६-- धारणा- अष्टाङ्ग योगको पूर्वकथित यमादि पाँच अंग योगको बहिरंग हो, भुमिकामात्रै हो, वास्तविक योग होईन। योगको आरम्भ धारणा बाट हुन्छ। धारणाको अर्थ हो- मनलाई एकाग्र गर्नु, मनलाई कुनै एक विषयमा केन्द्रित गर्नु।

महर्षि पतंजलि लेख्छन्-

देशबन्धश्चित्तस्य धारणा। यो० द० विभूति० १
चित्तलाई कुनै देश-स्थानविशेषमा, शरिरको भित्र या बाहिर बाँध्ने-लगाउनेको नाम धारणा हो।

नाभिचक्र हृदय, भ्रूमध्य, नासिकाग्र या ब्रह्मारन्ध आदि कुनै स्थानमा चित्तलाई ठहराई राख्नेको नाम धारणा हो।

७-- ध्यान- धारणाको परिपक्वता को नाम नैं ध्यान हो।

तत्र प्रत्ययैकताना ध्यानम्। यो० द० विभूति० २
धारणामा प्रत्यय-ज्ञान एउटै बनि रहनु नैं ध्यान हो।

जुन स्थानमा चित्तलाई एकाग्र गरिएको हुन्छ, त्यो एकाग्रताको ज्ञान तेलको धारा जस्तै निरन्तर एउटै बनि रहनु अनि त्यो समय अनिय कुनै प्रकारको ज्ञान या विचार चित्तमा आउन नपाउनु, यस अवस्था लाई नैं ध्यान भनिन्छ।

८-- समाधि- निरन्तर अभ्यास र वैराग्यमा सम्यक् अवस्थिति हुँदा एकाग्रता बढ्छ तथा अखण्ड क्रमले गतिमान रहन्छ, फेरी अन्तत: प्रगाढ ध्यानमा निमग्न हुने अवस्था आउँछ, जो राजयोगको आठौं अवस्था हो। यसैलाई समाधि भन्दछन्।

पतंजलिजी भन्छन्-
तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधि:। -यो० द० विभूति० ३
ध्यानमा जब अर्थ-ध्येयमात्रको प्रकाश रहन्छ र ध्याता (उपासक) आफ्नो स्वरुप बाट शून्य जस्तै हुन जान्छ, त्यो अवस्थाको नाम समाधि हो।

योगका यि आठ अंगको साधे बिना कुनै पनि साधक साधनामा सफल हुन सक्दैन, अत: प्रत्येक उपासक, साधक, भक्त लाई यिनिहरुको अभ्यास गर्नु पर्दछ।

यहाँ प्रार्थानाको एक रुपरेखा दिईएको छ-

योगेयोगे तवस्तरं वाजेवाजे हवामहे।
सखाय इन्द्रमूतये।। ऋ० १/३०/७

हे सच्चिदानन्दस्वरुप! हे सक्वाधार! हे करुणामृतवारिधे! हे सर्वशक्तिमन्! हे न्यायकारिन्! हे परमदेव प्रभो! तपाईँ ज्योतिपुत्र अनि आनन्दको अथाह सागर हौ। देव! तपाईलाई मेरो नमस्कार छ, बारम्बार नमस्कार छ।

ओ३म्। भूर्भुवः स्व:। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्।। -यजु०३६/३

हे सर्वरक्षक! सच्चिदानन्दस्वरुप परमेश्वर! तपाईं सकल जगतको उत्पादक र वरण गर्न योग्य हुनुहुन्छ। हामि तपाईं सँग कामना गर्न योग्य, आनन्दप्रद, शुद्ध एवं तेजस्वरुपको ध्यान गर्दछौं। तपाईं हाम्रो बुद्धिलाई श्रेष्ठ मार्ग तिर जान प्रेरित गर्नुहोस्।

अत: आफ्ना प्रियतम प्रभुलाई यिनै अष्टाङ्गयोगका आठ अङ्गब्रह्मरुपी सर्वोच्च आठ सिढिहरु द्वारा प्राप्त गर्न सकिन्छ।

No comments:

Post a Comment