Saturday, September 21, 2019

मृतक श्राद्धमाथि २१ प्रश्न

◼️


मृतक श्राद्धमाथि २१ प्रश्न🤔◼️
लेखक – आचार्य डा. श्रीराम आर्य
प्रस्तुति – 🌺“ अवत्सार ”
🤔प्रश्न १ . पितर संज्ञा मृतकहरुको हो या जीवितको ? यदि जीवितहरुको हो भने मृतक श्राद्ध व्यर्थ होला । यदि मृतकहरुको हो भने
🔥आधत्त पितरो गर्भकुमार पुष्करसृजम॥ (यजुर्वेद २ - ३३)
🔥ऊर्ज वहन्तीरमृतं घृतं पय : कीलालं परिश्रुतम् ।
स्वधास्थ्य तर्पयतमे पितृन्। (यजुर्वेद २ - ३४)
🔥आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्तः पथिभिर्देवयानै :। ( यजुर्वेद १६ - ५८ )
इत्यादि वेद मंत्रबाट पितरहरुको गर्भाधान गर्नु , अन्नजल , दुध आदिको सेवन गर्नु , आउनु–जानु – बोल्नु आदि क्रियाहरु गर्नु बताइएको छ , जो कि मृतकहरुमा संभव छैन ।
यसबाट पितर संज्ञा जीवितहरुको नै संभव छ । अतः मृतकहरुको श्राद्ध गर्नु अवैदिक कर्म हो ।
🤔प्रश्न २ . जीवात्माको गति जब निज कर्म अनुसार हुन्छ भने मृतक श्राद्धको के आवश्यकता छ ?
🤔प्रश्न ३ . जब जीवात्मामा लिंगभेद हुँदैन भने शरीर त्यागेपछि त्यस तत्वलाई पितर आदि कसरी मान्न सकिन्छ ? उपनिषदमा जीवात्मालाई –
🔥नैव स्त्री न पुमानेषु न चैवायं नपुंसक: ।
यद् यच्छरीरं आधर्ते तेन - तेन स युज्यते ।
(श्वेताश्वेत उपनिषद ५ - १०)
अर्थात् – जीवात्मा स्त्री , पुरुष या नपुंसक भेदवाला होइनन् । जीवात्मा जुन जुन शरीरमा जान्छ , त्यस्तो नै कहलिन्छ ।
🤔प्रश्न ४ . शरीर त्याग पछि जीवात्माको लौकिक सम्बन्ध पिता–पुत्रादिको नष्ट भइहाल्छ भने उनका पुत्रादिद्वारा दिइएको पदार्थ उनीहरुले कसरी प्राप्त गर्छन् ?
🤔प्रश्न ५ . जो अविवाहित रहँदा रहँदै मर्छन् उनीहरुलाई पितर (मरेपछिको पौराणिक कल्पना अनुसार उनको आत्मालाई ) नबनेकाले उनीहरुको मोक्ष कसरी होला ? भीष्म पितामह तथा शुकदेवजीको के गति भयो होला ?
🤔प्रश्न ६ . जसको वंशनाश भइहाल्छ , के ती पितर भोकै मरिरहन्छन् ? यदि हो भने किन ?
🤔प्रश्न ७ . कुन कुन जीवहरुको पुनर्जन्म हुन्छ र कुन कुन जीवको पुनर्जन्म हुँदैन , किनकी मोक्ष भइहाल्छ – यो पत्ता लगाउने साधन तपाईसँग छ कि ? र बिना यो पत्ता लगाएर मृतकको श्राद्ध गर्नु निरर्थक किन होइन ?
🤔प्रश्न ८. मरेपछि स्थूल शरीर नष्ट हुन्छ , सूक्ष्म शरीरलाई भोक – प्याससँग कुनै सम्बन्ध हुँदैन न त उसलाई भोजनादिको ग्रहण गर्ने सामथ्र्य नै हुन्छ भने तपाईका पितर भोजन कसरी प्राप्त गर्छन् ?
🤔प्रश्न ९ . श्राद्धमा जो पदार्थ दिइन्छ , यदि त्यो पुनर्जन्म प्राप्त जीवहरुको योनीहरुको स्वाभाविक भोजनका अनुकूल नभए श्राद्धबाट के लाभ हुन्छ ?
🤔प्रश्न १० . यदि एक पुरुषका चार छोरा दुरस्थ नगरहरुमा एकै दि , एकै समय उनीहरुको श्राद्ध गरे भने ती पुरुषको आत्मा चारै स्थानहरुमा श्राद्ध ग्रहण गर्न तथा खान कसरी जान सक्छ ? किनकी एक देशीय जीव एक समयमा एकै स्थानमा विद्यमान हुन सक्छ ?
🤔प्रश्न ११ . श्राद्धको अधिकार सबै जातिहरुलाई किन छैन ?
🤔प्रश्न १२ . जुन जातिहरुलाई श्राद्धको अधिकार हुँदेन उनका पितर त भोकै मर्छन् होला या अरुको धन खोसेर खान्छन् होला ? त्यस दशामा तिनको झगडा–फसादको शान्ति कसले कसरी गर्छन् होला ? मरेपछिपनि जीवहरुमा उच्च – नीचको भेद कायम रहनु तपाई किन मान्नुहुन्छ ?
🤔प्रश्न १३ . मरेपछि लापता जीवात्माहरुका समीप पण्डितजी श्राद्धको मालताल पुर्याइदिन्छन् भने त्यसको प्रमाण के हो ?
🤔प्रश्न १४ . जब लापता शरीर विहीन जीवात्माहरुका समीप तपाई सामान पुर्याउन सक्ने मान्नुहुन्छ भने परदेश गएका मान्छेहरुको नाममा भोजनहरुका थालीहरु पनि त्यतै पुर्याएर किन तिनलाई भोख–प्यासबाट तृप्त गर्दैनन् ?
🤔प्रश्न १५ . कौवा र पितरहरुको श्राद्धमा के सम्बन्ध छ कि कौवालाई भोजन गराइन्छ ? के कौवा पितरहरुका प्रतिनिधि हुन् ?
प्रश्न १६ . वर्षा ऋतुमा जब नदी – तलाउहरुमा जब सर्वत्र जल भरिएको हुन्छ , आकाशमा बादल पानी भरिएका छन् भने जलदान पितरहरुको गर्नु के आवश्यकता छ ? ग्रीष्मको प्रचण्ड गर्मीमा ज्येष्ठ – वैशाखमा जलदान किन गरिदैन जबकी पानीको सबैलाई अत्यन्त आवश्यक हुन्छ ?
🤔प्रश्न १७ . वर्षभरमा केवल एक पटक मात्र तृप्त गरेर पितरहरुलाई सालभर सम्म भोका मार्न र आफ्नो पेट तीन पटक दैनिक भरेर खानु के आफ्ना बुढा पितृहरु प्रति निकृष्टतम प्रहसन होइन ? के पितरहरुको पाचन यति खराब हुन्छ कि एक पटक खाएर सालभर सम्म पनि पितृले त्यसलाई पचाउन सक्दैनन् ?
🤔प्रश्न १८ . महाभारत अनुशासन पर्व अध्याय ३२मा लेखिएको छ कि “ चिकित्सक , मन्दिरको पुजारी , दुध बेच्ने , गायत्री जाप तथा संध्यागर्ने , वेतन लिएर पढाउनेवाला , यी ब्राह्मणहरुलाई यज्ञदान तथा श्राद्धमा बोलाउनुहुन्न । यदि यिनलाई बोलाए भने दानको फल नष्ट हुन्छ तथा यज्ञ – दान तथा श्राद्ध गर्नेवालाका पितर घोर नरकमा जान्छन् ।
प्रश्न यो हो कि के उपरोक्त कर्म गर्नु , पुराण पढ्नु आदि महापाप कर्म हुन् जो यस्ता गर्नेवाला महापापी हुन् ? यिनलाई श्राद्धादिमा बोलाउँदाको पाप त श्राद्धकर्ताद्वारा गरिन्छ भने त्यसको कुकर्मको फल स्वयं बिना गरेरै पितरहरुले किन भोग्ने ?
🤔प्रश्न १९ . जब महाभारत वन पर्व अध्याय १८३ श्लोक ७७ (गीता प्रेस ) मा स्पष्ट लेखिएको छ
🔥आयुषोऽन्ते प्रहादेव क्षीण प्राय : कलेवरम् ।
सम्भवत्येव युगपदयोनो नास्त्यन्तरराभवः।
अर्थात् – एक शरीर त्यागेर अर्को शरीरलाई जीव तत्क्षण गरिहाल्छ । उसले बिना स्थूल शरीरको आश्रय लिएर एक क्षण पनि रहन सक्दैन । गीता २÷२२ले पनि जीवले पुनर्जन्मको पुष्टि गरेको छ । तब पुनर्जन्म प्राप्त जीवहरुको लागि श्राद्ध गर्नु मिथ्या कर्म किन होइन ? किनकी प्रत्यक्षमा जन्मेका बालक तथा ठुलालाई कसैलाई पनि उनीहरुको पूर्वजन्मको स्थानमा दिइएको श्राद्ध पदार्थ पुग्दैन ।
🤔प्रश्न २० . यो बताउनुहोस् कि पितरको तात्पर्य तपाईको जीवात्मासँग छ या शरीरसँग ! अथवा जीव संयुक्त शरीरसँग ? यदि जीवात्मासँग छ भने मनेपछि नाता सम्बन्ध त समाप्त भइहाल्छ । यदि शरीरसँग हो भने त्यो भष्म भएर समाप्त भइहाल्छ । यदि जीव संयुक्त शरीरसँग हो भने पितर जीवित पुरुष भए न कि मृतक ! तब श्राद्ध मुर्दाको नाममा गर्नु गलत हुन जान्छ ।
🤔प्रश्न २१ . भविष्य पुराण ब्राह्म पर्व अध्याय १८४ श्लोक ५६ मा लेखिएको छ
🔥मृतान्न मधु माँसं च यस्तु भन्जीथ ब्राह्मणः ।
स त्रीण्यहान्युपवसेदेका - हं चौदके वसेत् ।
अर्थात – जो ब्राह्मण मुर्दाका निमित्त (श्राद्धको ) अन्न , रक्सी तथा माँसुको सेवन गर्छ ऊ तीन दिन उपवास गरोस् र एक दिन जलमा बसोस् तब शुद्ध हुनेछ । यसबाट स्पष्ट छ कि श्राद्ध भोजन कुनै पनि ब्राह्मणले गर्नुहुँदैन । तब के पौराणिक ब्राह्मण श्राद्ध खाएर उक्त प्रकारले प्रायश्चित्त गर्दछ ?
लेखक – आचार्य डा. श्रीराम आर्य
प्रस्तुति – 🌺“ अवत्सार ”
🔥वैचारिक क्रान्तिका लागि “सत्यार्थ प्रकाश ” पढ्नुहोस्🔥
🌻फर्कौ वेदहरू तर्फ🌻
।। ओ३म् ।।

Thursday, September 12, 2019

स्वामी दयानन्दजीको म्याक्समूलरमाथि विचार



स्वामी दयानन्दजीको म्याक्समूलरमाथि विचार–

अहिले सम्म जति संस्कृत विद्याको प्रचार आर्यावत्र्त देशमा छ त्यति अरु कुनै देशमा भएको छैन। ज–जसले भन्छन् कि– जर्मनी देशमा संस्कृत विद्याको धेरै प्रचार छ र जति संस्कृत मोक्षमूलर साहबले पढ्नुभएको छ त्यति कसलै पढेको छैन। यो भन्नेमात्र कुरा हो किनकी “यस्मिन्देशे द्रुमो नास्ति तत्रैरण्डोऽपि द्रुमायते” अर्थात, जुन देशमा कुनै वृक्ष हुँदैन त्यस देशमा सानो झाडलाई पनि ठुलो वृक्ष मान्छन्। त्यस्तै नै युरोप देशमा संस्कृत विद्याको प्रचार नभएका कारण जर्मनीका मान्छे र मोक्षमूलर साहबले जो थोरै मात्र पनि पढेका थिए त्य स देशमा त्यो नै अधिक थियो। परन्तु आर्यावर्त देश तर्फ हेर्दा त्यो अति न्यून प्रतीत हुन्छ। किनकी मैले जर्मनी देशवासीका एक “प्रिन्सिपल” को पत्रबाट जाने कि जर्मनी देशमा संस्कृत चिट्ठीको अर्थ गर्ने पनि धेरै कम छन्। र मोक्षमूलर साहबलाई संस्कृत साहित्य र थोरै मात्राको वेदको व्याख्या देखेर मलाई विदित भयो कि मोक्षमूलर साहबले यता उता आर्यावत्र्तीय जनहरुद्वारा गरिएको टिका देखेर केही केही यथा तथा लेखेका थिए। जस्तै–

युञ्जन्ति ब्रध्नमरुषं चरन्तं परि तस्थुषः। रोचन्ते रोचना दिवि।।

यस मन्त्रको अर्थ घोडा गरिएको छ। यस भन्दा त सायणाचार्यजीको अर्थ ठिक छ जसले सूर्य अर्थ गर्नुभएको छ। परन्तु यसको ठिक अर्थ परमात्मा हो र सो मद्वारा बनाइएको “ऋग्वेदादिभाष्यभूमिका” मा हेर्नुहोला। त्यसमा यस मन्त्रको अर्थ यथार्थ गरिएको छ। यति बाट जान्नुहोला कि जर्मनी देश र मोक्षमूलर साहबमा संस्कृत विद्याको कति पाण्डित्य थियो।

यो निश्चय हो कि जति विद्या र मत भूगोलमा फैलिएको छ त्यो सबै आर्यावत्र्त देशबाट नै प्रचारित भएको हो।

सन्दर्भ– सत्यार्थ प्रकाश, एकादश समुल्लास

सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान



सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान

डा० विवेक आर्य

शंका– मनुष्य ईश्वरको स्तुति किन गर्छ?

समाधान– ईश्वर मनुष्यसँग कुनै प्रकारको आत्मप्रशंसाको अपेक्षा गर्दैनन् र न त स्तुतिसँग प्रसन्न भएर पाप नै क्षमा गरिदिन्छन्। मनुष्यका शुभाशुभ कर्महरुका संस्कार उसको अन्तः करणमा अवश्य नै पर्दछन्। अन्तःकरणको पटमा निरन्तर एकत्रित भइरहेका यही संस्कार मनुष्यको स्वभावको निर्माण गर्दछने। पुण्य संस्कारहरुको परिणाम पुण्य स्वभाव हो र पापी संस्कारहरुको स्वभाव पापी संस्कार हो। पापी स्वभावमा परिवर्तन गर्नु सहज हुँदैन त्यसलैले पापी स्वभाव भएपछि व्यक्ति नचाहदा नचाहदै पनि पाप र प्रलोभनहरुले निरन्तर परास्त हुन्छ। यी निरन्तर पराजयहरुबाट आत्मा मलीन, बलहीन एवं जीवन आशाहीन हुन जान्छ। सन्ध्या सरोवरमा नित्य स्नान गर्ने पूर्व संचित पाप संस्कार धूलो भइहाल्छ। मनुष्यको आत्मा निर्मल, पवित्र एवं बलशाली बनिजान्छ। महर्षि मनु (२/१०२) का अनुसार प्रातः कालको संध्याबाट रात्रीका र सांयको सन्ध्याबाट दिनभरका कुसंस्कार रुपी मल नष्ट हुन्छन्। सन्ध्यामा आत्मनिरीक्षणबाट विद्यमान दोषहरु पश्चातापबाट शुद्ध हुन्छ एवं तत्पश्चात् संकल्पले अनागत पापहरुको प्रवृत्तिको दमन गरिन्छ। ईश्वरको स्तुतिले आत्मा विनम्र हुन्छ, अहंकारको नाश भइहाल्छ।

शंका– संध्या गर्ने कालमा मन एकाग्र नहुनुको कारण के हो?

समाधान– प्रारम्भिक अवस्थामा संध्या गर्नु जब आरम्भ हुन्छ तब उसमा मन एकाग्र हुन सक्दैन। चार घडी पनि चित्त शान्त गरेर बस्न असंभव लाग्नेगर्छ। संध्याको अर्थ हो सम्यक् ध्यान परन्तु जब आसन ग्रहण गरिन्छ तब मन संसारका विभिन्न अनुभवहरु, वार्तालापहरुको यात्रा गर्न थाल्छ। सबै पछिल्ला कुराहरु स्मरण हुनजान्छन् एवं चिन्ता आदिले घेरेर सन्ध्या छुट्न थाल्छ। यसको प्रमुख कारण सन्ध्याका मन्त्रहरुका गूढ भावहरुको अपरिज्ञाननै हो अर्थात् हामीले सन्ध्याको अर्थ बुझेका नै छैनौँ। मन्त्रहरुको अर्थमा लुकेको गूढ भावनामा चिन्तन गर्नाले चित्त शान्त हुन्छ। चिन्तन गर्नाले सन्ध्याका मन्त्रहरुको एक एक शब्दहरुको अर्थ जान्नुपर्छ। मन्त्रहरुको सौन्दर्य, माधुर्य र भावगाम्भीर्यलाई जान्नाले त्यसको स्मरण गर्नुपर्छ। यी मन्त्रहरुको अर्थमा स्थित भावनाहरुमा सुस्तरी सुस्तरी मन एकाग्र हुन लाग्छ। चित्त शान्त हुन थाल्छ र चंचलता कम हुन जान्छ, चिन्ताहरु टाढा भाग्छन् र अन्तः करणमा अवर्णनीय आनन्दको अनुभूति हुन थाल्छ। सुस्तरी सुस्तरी सन्ध्या साधकको मनको अंग बन्छ र सन्ध्यामा मन नलाग्ने दुविधा सदाको लागि टाढा हुन्छ।

पाठक आ–आफ्नो अनुभव बताउनुहोस्!

शंका– के केवल संस्कृतबाट नै वैदिक सन्ध्याले आत्माको कल्याण संभव छ?

समाधान– पंडित बुद्धदेवजी विद्यालंकारजीका शब्दमा “परमेश्वरको भजन संस्कृत भाषामा नै हुन सक्छ तथा अन्य भाषामा हुँदैन, ईश्वर भनेर पुकार गर्दा मात्र ऊ अधिक प्रसन्न हुन्छ किन्तु सच्चा हृदयले अल्लाह भन्दा ऊ रिसाउँछ– यो सम्झनु भारी भूल हो। त्यसो भए प्रश्न उठ्छ कि ऋषि दयानन्दले पंचमहायज्ञविधिमा जो सन्ध्या लेख्नुभएको छ त्यसद्वारा भजन किन गर्ने? यसको उत्तर यो हो कि ध्यान गर्दा जो विघ्न उपस्थित हुन्छ, ध्यान गर्नेवालालाई जुन जुन भूमिकाहरुबाट गुज्रनु पर्छ, ध्यानको लागि योगको जुन आठ अंग भनिएको छ ती सबैको यस्तो सुसंगत समावेश यसभन्दा अधिक मार्मिक तथा भावगर्भ शब्दहरुमा अन्यत्र पाइन्न। परन्तु यसको यो तात्पर्य यो होइन कि अन्य मार्गले भजन हुन सक्दैन। एक मनुष्यको शरीरको लागि कस्तो कस्तो प्रकारको भोजन अपेक्षितछ कि यसको वैज्ञानिक रीतिले विचार गरेर चलाख वैद्य, जो भोजन पत्र तैयार गर्छ, त्यसका अनुसार एक व्यायाम शील मनुष्यको शरीर अतिवेगले उन्नति गर्छ। परन्तु यदि मनुष्य व्यायामशील भए  साधारण भोजन पनि गरे त्यसबाट पर्याप्त पुष्टिकारक पदार्थ निकालिहाल्छ। मान्छेहरु कुनै देश, काल अथवा भाषामा भजन गरून् उसको आत्मा बलवानु भएर न केवल आफ्नो बरु आफ्ना भाइहरुको पनि दुःख निवारणमा पनि समर्थ हुन्छ। परन्तु जो पद्दति ठिक क्रमले बनाइएको छ त्यो शीघ्र फलदायक हुन्छ।”

Sunday, September 8, 2019

धर्म के हो?



धर्म के हो?
धर्म त्यो हो जो मनुष्य मात्रको कल्याण गर्नमा समर्थ हुन्छ, कुनै व्यक्ति या वर्ग विशेषको होइन।

धर्म त्यो हो जो जीवनको सर्वाङ्गीण विकासको मार्ग प्रशस्त गरोस्। बौद्धिक, आत्मिक, शारीरिक, सामाजिक, राष्द्रिय उन्न्तिको लागि प्रेरणा देओस्, जसमा समानता, एकता, परस्पर प्रेम, सौहार्द, सद्भावना, समदृष्टि उत्पन्न गर्नमा क्षमता होओस्, जो कर्तव्य पालन प्रति सचेत गरोस्। यस्तो धर्मलाई धारण गरेर मनुष्यको इहलोक पनि सुध्रिन्छ तथा परलोक पनि।

धर्मका प्रति यो दार्शनिक कति उदात्त र विशाल छ।
यतोऽभ्युदयनिः श्रेयसस्सिद्धिः सः धर्मः।।

जसबाट लौकिक र पारलौकिक उन्नित हुन्छ, त्यो नै धर्म हो।
पारलौकिक उन्नतिको अभिप्राय आत्मिक र पारमर्थिक उन्नति हो, अर्थात् केवल भौतिक उन्नति नै जीवनको लागि आवश्यक छैन अपितु आत्मिक उन्नतिको आवश्यकता त्यसभन्दा पनि अधिक छ।
भौतिक उन्नति शरीरको लागि हो र आत्मिक उन्नति आत्माको लागि हो। दुवै प्रकारका उन्नति नै मनुष्यको लागि महत्वपूर्ण छ।

अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः।
दानं दमो दया क्षान्तिः सर्वेषां धर्मसाधनम्।।

अहिंसा, सत्य, अस्तेय, पवित्रता, इन्द्रियहरुको संयम, दान, अन्तःकरणको संयम, दया र धैर्य धारण गर्नु यी सबै व्यक्तिहरुको लागि धर्मका साधन हुन्।

नाश्रमः कारणं धर्मे क्रियमाणे भवेद्धि सः।
अतो यदात्मनोऽपथ्यम् परेषां न तदाचरेत्।। –याज्ञवल्क्य आचार० ७,८,१,२२ प्राय० ६५
कुनै धर्मको आचरणमा कुनै विशेष आश्रम कारण हुँदैन, त्यो त गर्नाले हुन्छ। त्यसैले जो आफूलाई रुचिकर लाग्दैन त्यो अर्काले गर्नुहुँदैन।

मनुष्यले सदा यस कुराको ध्यान राख्नुपर्छ कि जसको सेवल रागद्वेष रहित विद्वान विद्वान् पुरुष नित्य गर्छन्, जसको आत्मा सत्कर्तव्य जानोस्, त्यही धर्म माननीय र करणीय हुन्छ।

सम्पूर्ण वेद, स्मृति तथा ऋषिप्रणीत शास्त्र, सत्पुरुषहरुको आचार र जुन कर्ममा आफ्नो आत्मा प्रसन्न हुन्छ अर्थात् जुन कर्म गर्नाले भय, लज्जा , शंका हुँदैन ती कर्महरुको सेवन गर्नु उचित हुँदैन।

किनकी जो मनुष्य वेदोक्त धर्म र वेदहरुबाट अविरुद्ध स्मृतिमा भनिएको धर्मको अनुष्ठान गर्दछ, त्यो यस लोकमा कीर्ति र मृत्याु पश्चात् सर्वोत्तम सुखलाई प्राप्त हुन्छ।

परन्तु जो द्रव्यादिको लोभ र काम अर्थात् विषय सेवनमा फँसेको हुँदैन, त्यसैलाई धर्मको ज्ञान हुन्छ। जो धर्मलाई जान्ने इच्छा गर्छ, उनीहरुको लागि वेद नै परम प्रमाण हो।
सत्य बोल, प्रिय बोल, अप्रिय असत्य नबोल, प्रिय असत्य नबोल। यही सनातन धर्म हो।

जो मनुष्य सुन्दर चाल चाल्छ, जो सदा प्रयत्नशील हुन्छ, जो जप र हवन नित्य गर्छ उनीहरुलाई कुनै कष्ट हुँदैन।

धर्माचरणले नै दीर्धायु, उत्तम प्रजा र अक्षय धन मनुुष्यलाई प्राप्त हुन्छ र धर्माचरण नराम्रा अधर्मयुक्त लक्ष्ँणहरुको नाश गरिदिन्छ।

जो दुराचारी पुरुष हुन्छ ऊ सर्वत्र निन्दित, दुःखभागी र व्याधिले निरन्तर अल्पायु हुँदै जान्छ।

जो अधार्मिक मनुष्य हो र जो सँग अधर्मले संचित गरिएको धन हुन्छ, जो सदा हिंसा अर्थात् वैरमा प्रवृत्त हुन्छ, ऊ नै यस लोक र परलोकमा सुख कहिल्यै प्राप्त हुन सक्दैन।

धर्माचरण गर्दै दुःख प्राप्त भएपछि अधर्ममा मनमा नलगाउनू किनकी अधार्मिक पापीजनलाई (हुन सक्छ केही कालसम्म त सुख प्राप्त भएको लाग्छ) शीघ्र नै विपरीत अर्थात् दुःख पनि प्राप्त भएको देखिन्छ।

मनुष्य निश्चय गरेर जानोस् कि यस संसारमा जसरी गाईको सेवाको फल दुख आदि शीघ्र प्राप्त हुन्छ, त्यसरी नै गरिएका अधर्मको फल पनि शीघ्र प्राप्त हुन्छ परन्तु सुस्तरी सुस्तरी अधर्म कर्ताको सुखलाई रोकेर सुखहरुको मूल काटिदिन्छ।

अधर्मात्मा पुरुष धर्मको मर्यादा तोडेर विश्वासघात आदि कर्महरुबाट अरु पदार्थमा त बढ्छ, धनादि ऐश्वर्यले खानपान, वस्त्र, आभूषण, स्थान, मान, प्रतिष्ठालाई प्राप्त हुन्छ, अन्यायले शत्रुहरुलाई पनि जित्छ, परन्तु शीघ्र नै नष्ट हुन्छ जसरी जराबाट काटिएको रुख नष्ट हुन्छ।

जसरी धमिराले सुस्तरी सुस्तरी ठुलो भारी घर बनाइहाल्छ, त्यसरी नै मनुष्य परजन्मको सहायको लागि सबै प्राणीहरुलाई पिडा नदिएर धर्मको सञ्चय सुस्तरी सुस्तरी गरुन्।

परलोकमा न माता, न पिता, न पुत्र, न सम्बन्धी सहायता गर्न सक्छन्, किन्तु एक धर्म नै सहायक हुन्छ।
यज्ञ, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र निर्लोभता– यी आठ प्रकारका धर्मका मार्ग हुन्।
यिनमा प्रारम्भिक चार दम्भ (अभिमान) का लागि पनि प्रयुक्त हुन्छन् , परन्तु अन्तिम चार (देखावटीले रहितत) महात्माहरुमा नै हुन्छन्। –विदुर नीति

दश धर्मं न जानन्ति धृतराष्ट्र निबोध तान्।
मत्तः प्रमत्तः उन्मत्त श्रान्तः क्रुद्धो बुभुक्षितः।।
त्वरमाणश्च लुब्धुश्च भीतः कामी च ते दश।
तस्मादेतेषु सर्वेषु न प्रसज्जेत पण्डितः।। –विदुर नीति १/१०१,१०२
हे धृतराष्ट्र! दश प्रकारका मनुष्य धर्मलाई जान्दैनन्, उनीहरुलाई मबाट जान– नशा सेवन गर्ने, असावधान, पागल, थाकेका, क्रुद्ध, भोका, शीघ्रकारी, लोभी, डराएका र कामी (कामवासनामा लिप्त)
अतः ज्ञानी मनुष्य यिनीसँग लगाव नराखून्।

महाराज भोज भन्छन्–
बलवानपि अशक्तोऽसौ धनवानपि निर्धनः।
श्रुतवानपि मूखश्च यो धर्मविमुखो जनः।।

त्यो व्यक्ति बलवान् हुँदा हुँदै पनि शक्तिहीन हो, धनवान् हुँदा हुँदै पनि निर्धन हो, विद्वान् हुँदा हुँदै पनि मूर्ख हो जो धर्मबाट विमुख हुन्छ।

स्वाध्याय र आर्ष पद्धति

Image may contain: 1 person, text
🌼स्वाध्याय र आर्ष पद्धति 🌼
🌻संकलक – अविरल डि.सी.🌻
स्वामी दयानन्द सरस्वतीजीको जीवन त्याग – तप तथा अनुशासनको मूर्ति थियो । सन्यासाश्रमको ग्रहण पछि उहाँ मथुरामा आउनुभयो थियो । त्यस समय स्वामी विरजानन्दजीको व्याकरण विद्याको दीप्तिले प्रदीप्त प्रतिभा मानुहुन्थ्यो । स्वामी श्रीविरजानन्द आर्ष ग्रन्थका एक प्रबल पक्षपाती एवं प्रचारक हुनुहुन्थ्यो । स्वामी दयानन्द त्यहाँ आउँदा गुरु विरजानन्द उमेरले एकासी वर्षका हुनुहुन्थ्यो ।
एक समय संवत् विक्रम संवत् १९१७ कार्तिक शुक्लपक्ष द्वितीयाको दिन स्वामी दयानन्द मथुरामा विरजानन्दजीको सानो भवन माथि गएर ढोका ठक्ठक्याउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “को हो ? ”
स्वामी दयानन्दजीले आफ्नो नाम बताउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “केही व्याकरण पनि पढेका छौँ ? ”
स्वामी दयानन्दजीले भन्नुभयो – “ सारस्वत आदि व्याकरणका ग्रन्थहरु पढेको छु । ”
त्यसपछि विरजानन्दजीले ढोका खोल्नुभयो र दयानन्दजीले विरजानन्दजीलाई प्रणाम गर्नुभयो । त्यसपछि विरजानन्दजीको संकेत पाएर दयानन्दजी उहाँको समीप बस्नुभयो । शिष्यको परीक्षणको लागि गुरुले केही प्रश्न पनि सोध्नुभयो तथा उत्तर पाइसकेपछि विरजानन्दजीले भन्नुभयो – “दयानन्द ! अहिलेसम्म तिमीले जे जे अध्ययन गरेका छौँ त्यससमा अधिकांशतः अनार्ष ग्रन्थहरु छन् । आर्ष शैली अत्यन्तै सरल एवं सुन्दर छ तर पनि मानिसहरु त्यसलाई अवलम्बन गर्दैनन् । जबसम्म तिमी अनार्ष पद्धतिलाई त्याग्दैनौँ , तबसम्म आर्ष ग्रन्थहरुको महत्व र मर्मलाई बुझ्दैनौ । ”
दयानन्द सरस्वतीजीले गुरुको यो आदेश अक्षरशः पालन गरे । स्वयंले पनि व्याकरणको अध्ययन त्यही पद्धतिले गरेर अल्पावधिमा नै व्याकरणको ज्ञान प्राप्त गरे । दयानन्द सरस्वतीजीले आफ्नो अमर कृति सत्यार्थ प्रकाशमा पनि यो मर्मलाई स्पष्ट पार्नुभएको छ। तृतीय समुल्लासको पठनपाठन विधि अन्तर्गत व्याकरणको अध्ययनको लागि व्याकरण महाभाष्य , अष्टाध्यायी ग्रन्थ , दर्शन शास्त्रहरुको अध्ययनमा पूर्वमीमांसाको लागि व्यासमुनिकृति भाष्य , वैशेषिकको लागि प्रशस्तपाद भाष्य , न्यायको लागि वात्स्यायनमुनिकृत भाष्य , योगसूत्रको लागि व्यासमुनिकृतभाष्य , सांख्यको लागि भागुरिमुनिकृत भाष्य एवं वेदान्तसूत्रको लागि बौधायनमुनिकृत भाष्यको विधि निर्देश पनि गर्नुभएको छ ।
वर्तमान समयमा सनातन संस्कृतिको स्वाध्यायपरम्पराको ह्रास तथा त्यस माथि आर्ष ग्रन्थहरुको पठनपाठन न्यून हुनु आफैमा यौटा दुःखको विषय हो ।
त्यसैले आउनुहोस् ! सनातन संस्कृतिको संरक्षणको लागि स्वाध्याय गरौँ तथा स्वाध्यायहेतु आर्ष ग्रन्थहरुको उपयोग गरौँ ।
🔥 शमित्योम् 🔥

Friday, September 6, 2019

अमृतधाराः वेदोपदेश



*अमृतधाराः वेदोपदेश *
लेखक – स्वामी दर्शनानन्द जी
*प्रस्तुति– अवत्सार *

ओ३म् व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम् ।
दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।। ( यजुर्वेद १९÷३०)

*सत्यलाई कहिले जान्न सकिन्छ ? * – यस वेदमन्त्रमा परमात्मा जीवहरुलाई यस कुराको उपदेश दिन्छन् कि जब जीव सत्यलाई जान्नको लागि व्रत धारण गर्छ अर्थात् अर्थात् दृढ निश्चयले पुरा गर्ने निश्चयले पुरा गर्नको लागि व्रत गर्दछ र सत्यासत्यको खोजीमा निरन्तर लाग्छ , तब उसमा सत्य जान्ने अधिकार अर्थात् योग्यता उत्पन्न हुन्छ र जब त्यस योग्यताद्वारा गुरुसँग दीक्षा लिएर त्यस अनुसार आचरण गर्छ तब दक्षता अर्थात् उत्तम सुख र संसारमा सन्मान प्राप्त गर्दछ । जब यस प्रकार संसारमा सत्यको प्राप्तिले मान र उत्तम सुख एवं शान्ति प्राप्ति हुन्छ तब उसलाई यो देखेर अरु व्यक्तिहरुमा सत्यप्रति श्रद्धा उत्पन्न हुन्छ र ऊ स्वयं पनि सत्यमा अटल विश्वार राखेर त्यस अनुरुप आचरण गर्नेवाला बन्छ । जबसम्म परमात्माको यस आदेशको पालन हुँदैन तब सम्म सत्यमा श्रद्धा हुँदैन ।

लक्ष्य सिद्धिका चार आश्रम – परमात्माको यस नियमले चार आश्रम बनाइएका छन् । जब मनुष्य परमात्मालाई जान्नको लागि ब्रह्मचर्यको व्रत धारण गरेर त्यसमा वेदहरुको निरन्तर स्वाध्याय गर्दछ र त्यसका अनुसार प्रत्येक वेदांगलाई राम्ररी जानेर वेदार्थद्वारा पदार्थहरुलाई जान्नको लागि पुरुषार्थ गर्दछ तब उसलाई परमात्मालाई जान्ने विधि , अभ्यास एवं वैराग्यले मनलाई एकाग्र गरेर समाधिद्वारा परमात्मालाई जान्ने क्षमता प्राप्त हुन्छ , र तब समाधिको विधिलाई जानेर विधिलाई जानेर क्रमवार गृहस्थ आश्रमलाई धारण गरेर कर्म गर्दै जान्छ ।

जब मन र इन्द्रियको वशीकरण हुन्छ – जब कर्म गर्नाले दुःखको प्राप्ति हुन्छ तब ऊ संसारका पदार्थहरुलाई दुःखको साधन सम्झेर तिनबाट पृथक् हुनको लागि वानप्रस्थ आश्रममा प्रवेश गरेर सुस्तरी सुस्तरी आफ्ना इन्द्रियहरुलाई वशमा गर्ने यत्न गर्दछ । जब यस प्रकारले आचरण गर्नाले मन र इन्द्रियहरुको वशीकरण गर्नमा सफलता प्राप्त हुन्छ तब ऊ संसारका विषयहरुबाट अलग भएर केवल परमात्मासँग प्रेम गर्दछ र उसको उपासनाले आनन्द प्राप्ति देखेर जगतका सकल व्यवहारबाट ईश्वरको प्रेममा मग्न हुन्छ ।

प्रकृतिले कसलाई तान्छ – यस प्रकारका सन्यासीहरुको दर्शन गरेर मान्छेहरु परमात्माका प्रति श्रद्धा र प्रेम उत्पन्न हुन्छ । जो जन परमात्माको प्राप्तिका लागि ब्रह्मचर्य रुपी व्रत धारण गर्दैनन् , उनीहरु कसरी गृहस्थ आश्रममा आएर ईश्वरलाई जान्ने अधिकार प्राप्त गर्न सक्छन् ? यस्तै मान्छे ईश्वरलाई जान्ने अधिकार नभएर मूर्तिपूजन आदि अविद्याका कर्ममा लागिपर्छन । जसले न त ब्रह्मचर्य आश्रममा नै वेद अध्ययन गरेका छन् न त गृहस्थाश्रममा नै पञ्च यज्ञादि नित्य कर्म गर्ने अभ्यास गर्छन् , तिनीहरु कसरी परमात्मालाई जान्न सक्छन् । तिनमा परमेश्वरप्रति कसरी श्रद्धा , प्रेम र भक्ति उत्पन्न हुन्छ ! यस्तै मान्छे अर्थार्थी तथा वाममार्गी बन्छन् किनकी इन्द्रियहरु लाई वशमा राख्न नसकेर उनीको मनलाई वशमा राख्ने अवशर हुन्न । मन उनीहरुलाई प्रतिक्षण प्रकृतिका पदार्थहरुतर्फ प्रवृत्त गर्दछ अथवा खिँच्छ । उनीहरु आफ्नो समस्त जीवन यसको दासतामा व्यतीत गर्छ ।

जसलाई सुख – दुःखका साधनहरुको यथार्थ ज्ञान छैन – उनीहरु स्वयंलाई चाहे अत्यन्त योग्य तथा बुद्धिमान सम्झून् , परन्तु वास्तवमा मूर्ख हुन् किनकी उनीहरुलाई सुख–दुःखका साधनहरुको ज्ञान हुँदैन । उनीहरु अविद्याका कारण दुःख दिनेवाला वस्तुहरुलाई नै सुखको साधन सम्झन्छन् र सुख दिनेवाला परमात्माको सत्तासँग सर्वथा विमुख छन् अथवा उनीहरुमा कत्ति पनि श्रद्धा छैन ।

वेदज्ञानद्वारा नै ईश्वरको ज्ञान – परमात्माको ज्ञान , परमात्माद्वारा दिइएको सद्ज्ञान वेदद्वारा नै सम्भव छ । जसरी कुनै पनि व्यक्ति सूर्यलाई दीपकको प्रकाशले देख्दैन परन्तु सूर्यका किरणले नै सूर्यको दर्शन गराउँछन् , त्यसरी नै कुनै पनि मनुष्य मनुष्यकृत ग्रन्थ अथवा मानवीय शक्तिबाट परमात्मालाई जान्न सक्दैन , न त परमात्मालाई नजानेरै सुख र शान्ति प्राप्त गर्न सक्छ । मुक्तिको साधन केवल परमात्माको ज्ञान हो । उनी नै सारा संंसारमा शान्तिका उपाय हुन् । त्यसलाई जान्नको लागि परमात्माले वर्ण–आश्रमको व्यवस्थाबाट निस्किएर आफ्नो ध्येयधामसम्म पुग्ने उपदेश दिनुभएको छ । जो मनुष्य परमात्माद्वारा बताइएको मार्गको विपरीत हिँड्छ , ऊ प्रकृतिको उपासनाको अन्धो गुफामा खसेर आत्मिक शान्तिबाट टाढा जान्छ । परमात्माले कृपा गरे धेरै कुरा प्राप्त हुन्छ ।

*ओ३म् शान्ति ! शान्ति ! शान्ति ! *

अहमदिया मुसलमानहरुसँग वार्तालाप






अहमदिया मुसलमानहरुसँग वार्तालाप




(पुस्तक मेलामा प्रायः इस्लामिक स्टलमा तपाई केही मुसलमान इस्लामको विषयमा ठुला ठुला कुरा गरेको देख्न सक्नुहुनेछ । जब एक आर्य समाजी इस्लामिक स्टलमा जान्छ तब के भयाो दिल्ली पुस्तक मेलामा यो वार्तालाप भएको थियो । नोट– वार्तालाप गर्नेवाला आर्य मित्रको परिचय गुप्त राखिएको छ । )




पुस्तक मेलामा म एक साथीसँग हिजो आइतबार साहित्य किन्न गए । त्यहाँ मिर्जा गुलाम अहमदद्वारा स्थापित अहमदिया फिरकाको बुक स्टल लागेको थियो । त्यस बुक स्टलमा वार्तालाप मैले सुने ।




एक अहमदिया मुस्लिम एक हिन्दुलाई पाठ पढाउँदै थियो ।




“ तपाईले इस्लाम र आतंकवादको मध्य सम्बन्धको बारेमा सुन्नुभएको छ होला । तर तपाई यो कहिल्यै पनि सुन्नुभएको छैन होला कि कुनै अहमदिया सम्प्रदायबाट कुनै पनि आतंकवादी सम्बन्धित होस् । न त कुनै विषालु दुष्प्रचार तपाईले हाम्रो सम्प्रदायको बारेमा सुन्नु भएको होला ।




जसै यी शब्द मेरा कानमा पुगे तब मैले बुझिहाले कि यिनीहरु अरुलाई भ्रमित गर्दै छन् ।



मैले भने , “ मियाँ साहब , तपाई गलत भन्दै हुनुहुन्छ । ” उनीहरुले सोधे कसरी । मैले भने – तपाईका मिर्जा गुलाम अहमदले आर्य समाजका पंडित लेखरामको हत्या गराएका थिए । यसबारे उसले भविष्यवाणी पनि गरेका थिए । पछि कुनै गुण्डा पठाएर छुराले मार्न लगाए । तर अचम्मको कुरा त यो छ कि मिर्जा साहबले यति ठुलो भविष्यवाणी त गरे कि पंडित लेखरामको हत्या हुनेवाला छ तर मिर्जाजी स्वयंको मृत्यु तड्पेर भयो । उनलाई यति भयंकर मधुमेह भयो कि उन एक दिनमा २०–२० पटक पिशाब गर्थे । ”




यो सुन्नासाथ मियाँ साहब त रिसाउन थाले ।




भने कि तपाई गलत भन्दै हुनुहुन्छ ।




मैले भने कि हामी गलत कहिले थियौँ । तपाईको यो दाबी नै गलत छ कि तपाईहरु विषाल् प्रचार गर्नुहुन्छ । तपाईका मिर्जाजीले बराहिन–ए–अहमदिया र सुरमा–ए–चश्मा –ए –आर्य जस्तै किताब लेखेका थिए जसमा आर्यसमाज जस्ता संस्थाहरुको भरपूर आलोचना गरिएको छ ।




तपाईका मिर्जा साहब अंग्रेजहरुको ईशारामा काम गर्थे । उनी अंग्रेजहरुको फुटाउ र राज्य गर भन्ने सिद्धान्तका सहायक थिए ।




यो सुन्ना साथ मियाँका साथ उभिएका साथी उग्र पो भए । उनीहरुले भने कि तपाईका दाबी गलत छन् । हाम्रा मिर्जा साहब त शान्तिको सन्देश दिनुहुन्थ्यो ।

मैले भने यहाँ पनि तपाई गलत हुनुहुन्छ । तपाई कादियानी मुसलमानको दाबी छ कि मिर्जा जी पैगम्बर थिए । बाँकी मुसलमान फिर्का मिर्जाजीलाई पैगम्बर भएको मान्यतालाई मान्दैनन्। पाकिस्तामा त तपाईको सम्प्रदायलाई मुसलमान नै मानिदैन तथा त्यहाँ तपाईलाई हज गर्नबाट मनाही नै छ ।




इस्लामिक कलिमाका अनुसार मुसलमान मुहम्मद साहिबलाई अन्तिम पैगम्बर मान्छन् जबकी तपाई मिर्जा जीलाई पनि पैगम्बर मान्नुहुन्छ । यस विवादका कारण तपाईका मस्जिदहरुमा पाकिस्तानमा बम बिस्फोट , कत्ल–ए–आम पनि भइ नै रहन्छन् ।




मेरा उत्तर सुनेर मियाँ साहब मलाई पैगम्बर कति प्रकारका हुन्छन् भनेर यस कुरामा अल्झाउन कोशिश गर्यो ।




यत्तिकैमा मेरो साथीले उनीहरुद्वारा प्रकाशित एक पुस्तक “कल्कि अवतार – हिन्दुहरुको धार्मिक ग्रन्थमा ” , लेखक –खुर्शीद अहमद प्रभाकर, दरवेश उठाएर त्यसमा पृष्ठ चारमा अथर्ववेदको २०÷११५÷१ मंत्रमा अहमिद्धि शब्दबाट “अहमद” शब्द ग्रहण गर्ने धूत्र्याइ भेटे । मैले पनि उनीहरुको त्यो धुत्र्याइ देखे ।

मैले भने कि वेद संस्कृत भाषामा छ भने त्यसको व्याकरण पनि संस्कृतमा नै हुन्छ । अरबी व्याकरणले वेदहरुको अर्थ कसरी निस्कन्छ ।




मैले फेरि भने — अनि के आधारमा अहमिद्धि शब्दबाट “अहमद” शब्दको ग्रहण गर्दै छौँ । यस पक्षले मियाँ साहब निरुत्तर भए ।




मैले भने अहमिद्धिबाट “म” शब्दको ग्रहण त व्याकरण अनुकूल छ तर अहमद शब्द कुनै पनि तरिकाले सिद्ध हुँदैन । अर्को कुरा वेद कुनै बाइबल या कुरआनका समान इतिहासको पुस्तक होइन । सृष्टिको आदिमा दिइएको ईश्वरीय ज्ञान हो ।




सत्य यो हो कि तिनै मिर्जाका एक शिष्य अब्दुल हक विद्यार्थीले विश्वका धर्मग्रन्थहरुमा मुहम्मद नामको यौटा पुस्तक लेखेको थियो । त्यसै पुस्तकमा उसले यो देखाउने प्रयास गरेको थियो मुहम्मद साहबको वर्णन वेदमा पाइन्छ । यिनको त्यो धुत्र्याइको तत्कालीन आर्यसमाजका विद्वान्हरुले धेरै उत्तर दिएका छन् ।

हामीले यो भनेपछि मियाँ साहबले सोधे कि के तपाईहरु आर्यसमाजी हुनुहुन्छ ?




मैले उत्तर दिए – तपाईहरुलाई के लाग्छ । केवल आफ्नो धर्म ग्रन्थको होइन बरु अरुका मतका पुस्तकहरुको समीक्षा त केवल स्वामी दयानन्दका शिष्यले नै जान्छन् । बाँकी हिन्दूहरुलाई यति पुरुषार्थ गर्ने कुनै बानी नै हुँदैन ।




यति भनेर वार्तालाप समाप्त भयो । हाम्रो वार्तालाप सुनेर भिड जम्मा भइसकेको थियो । हिन्दुहरु मन्द मन्द मुस्कुराएर गए । जब कि मियाँ तथा उनका साथीहरुको मुख लट्किएको थियो ।




यदि तपाईलाई यो वार्तालाप राम्रो लाग्यो भने “स्वामी दयानन्दजीको जय ” भन्न नबिर्सिनुहोला ।




तपाइको मित्र

एक आर्य

Thursday, September 5, 2019

रामायणमा सीताको अग्निपरीक्षा

 

रामायणमा सीताको अग्निपरीक्षा 

डॉ विवेक आर्य 

रामायण महाकाव्यमा सीताको अग्निपरीक्षा एक विवादित प्रसंगको रुपमा जानिन्छ । यस प्रसंगका अनुसार रामद्वारा रावणलाई युद्धमा हराएपछि लंकामा सीतालाई स्वीकार गर्नुपूर्व सीताको अग्निपरीक्षा लिइएको थियो । अग्निमा प्रवेश गरे पश्चात पनि सीताको शरीर भष्म भएन । यसमा सीताबाट सीताको पवित्रता सिद्ध भयो र श्रीरामद्वारा सीताई पवित्र जानेर स्वीकार गरे । 

सीताको अग्निपरीक्षाको प्रसंगलाई लिएर अनेकजनको विभिन्न विभिन्न छन् । महिला अधिकारहरुको नाममा दुकानदारी गर्नेहरु यसलाई नारीजातिमाथि अत्याचार, शोषण , नारीको अपमानको रुपमा हेर्दछन् । विधर्मी मतवाला यस प्रसंगमा हिन्दु धर्मलाई नारीशोषकको रुपमा चित्रित गर्छनु जसबाट धर्मान्तरणलाई समर्थन मिलोस् । अम्बेडकरवादी यसलाई मनुवाद , ब्राह्मणवादको प्रतीकको रुपमा मुद्दा उठाएर आफ्ना निजी स्वार्थ पूर्ति गर्दछन् । त्यसमाथि हाम्रा केही भाइहरु यसलाई श्रीरामका महिमा र चमत्कारको रुपमा गुणगान गाउँछन् । किनकी उनीहरुका लागि रामचन्द्र भगवान्का अवतार हुन् र भगवानका लागि जे पनि सम्भव छ । 
यस लेखमा सीताको अग्निपरीक्षालाई तर्कको कसौटीमा पक्षपात रहित भएर परीक्षा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछौँ – 

१. वाल्मीकि रामायणको श्रीरामचन्द्र महान्र व्यक्तित्व , मर्यादा पुरुषोत्तम , ज्ञानी , वीर , महामानव , ज्येष्ठ श्रेष्ठ आत्मा , परमात्माका परम भक्त , धीर – वीर पुरुष , विजयपश्चात पनि विनम्रादि गुणले विभूषित ,महानायक , सद्गृहस्थ तथाआदर्श महापुरुष थिए । यस्ता महान् व्यत्तित्वको महान् गुणहरुका समक्ष सीताको अग्निपरीक्षा गेर पवित्रतालाई निर्धारित गनर्् एक बलात् थोपडियो , आरोपित , मिथ्या एवं अस्वीकार्य घटना प्रतीत हुन्छ । श्रीरामको महान व्यक्तित्व एवं आदर्श विचारहरुका समक्ष यो प्रसंग अत्यन्त तुच्छ छ । यसबाट सिद्ध हुन्छ कि या प्रसंग बेमेल हो । 

२. वैदिक कालमा नारी जातिको स्थान समाजमा मध्य कालको समान निकृष्ट थिएन । वैदिक कालमा  नारी वेदहरुका ऋषिकाहरुदेखि गार्गी ,मैत्रेयीका समान महान् विदुषी थिए , कैकेयी समान महान् क्षत्रिया थिए जो दशरथका साथ युद्धमा पराक्रम देखाउँथिन् , कौशल्याका समान दैनिक अग्निहोत्री र वेदपाठी थिइन् । सम्पूर्ण रामायणमा यस तथ्यलाई सिद्ध गरिएको छ कि रावणको अशोकवाटिकामा बन्दी सीताले रावण शक्तिशाली र समर्थ हुँदा हुँदै पनि सीताको इच्छा  विरुद्ध उसको निकट जाने साहस गर्न सकेन । यो त्यस कालको सामाजिक मर्यादा एवं नारी जातिको पत्नीव्रता शत्तिको उद्बोधक थियो । रामायणकालमा सामाजिक मर्यादाको एक अन्य उदाहरण यस तथ्यबाट सिद्ध हुन्छ कि परनारीको अपहण गर्ने रावण र परपुरुषको इच्छा राख्ने शूर्पनखालाई राक्षस भनियो भने सबै प्रलोभनले विरक्त एवं एक पत्नीव्रत श्रीराम र शूर्पणखाको व्यभिचारी प्रस्ताव अस्वीकार गर्ने लक्ष्मणजीलाई देव भनिएकावे छ । यस्ता महान् समाजमा विदुषी र तपस्वी सीताको सत्य वचन नै उनको पवित्रतालाई सिद्ध गर्नको लागि पूर्ण थियो । यस आधारमा पनि अग्निपरीक्षा एक मनगढन्त प्रसंग नै हो । 

३. वैज्ञानिक दृष्टिे पनि सोच्दा यो संभव छैन कि क्नै पनि मनुष्यको शरीर अग्निमा प्रवेश गर्दा पनि ऊ नजलेर सकुशल बाँचोस् । के अग्निकुनै पवित्रताको परीक्षा लिन सक्षम हु्न्छ होला ? वैज्ञानिक तर्कका विरुद्ध सीताको अग्निपरीक्षालाई चमत्कारको संज्ञा दिनु मन बहलाउने समान हो । केवल आस्था, विश्वास र श्रद्धा रुपी मान्यतले संसार चल्दैन । कुनै पनि मान्यतालाई सत्य एवं ज्ञानले सिद्ध भए पछि मात्रै ग्रहण गर्न योग्य मान्नुपर्छ । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ । 

४. सुग्रीवकी पत्नी जसलाई बालीले बन्धक बनाएर राखेको थियो , बालीको वध पश्चात जब सुग्रीवले बिना अग्निपरीक्षा स्वीकार गर्नसक्छन् भने श्रीराम हरण गरिएकी सीतालाई किन स्वीकार गर्दैनथे होलान् ? श्रीरामलाई आदर्श मान्नेवाला यस तर्कलाई बिथोल्न सक्दैनन् । 

५. यसै पुस्तकमा रामायणको प्रक्षिप्त ( विशेषगरी उत्तरकाण्ड) को वर्णन अन्य लेखमा गरिएको छ । यसै आधारमा सीताको अग्निपरीक्षाको प्रसंग पनि प्रक्षिप्त भएका कारण अस्वीकार्य छ । रामायणको महान् गाथा त युद्ध पश्चात् हनुमानद्वारा राम विजयको सूचना सीतालाई दिएपछि , सीतासँगको पुनर्मिलन र अयोध्या फर्किपछि समाप्त  भइसकेको थियो । रामायणमा मिलावट गरेर श्रीरामको आदर्श चरित्रलाई दुषित गर्ने एवं अग्निपरीक्षा व्यर्थ आरोपित गर्ने कार्य मध्यकालको देन हो । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ । 
रामायण नारी जातिको सम्मानको पनि शौर्य गाथा हो । यस ग्रन्थले सन्देश दिन्छ कि यदि  एक अत्याचारी परनारीको हरण गर्छ भने सागर माथि पुल बनाउन परे पनि , वर्षौ सम्म जंगलमा भट्किन परे पनि , शक्ति जति सीमित भए पनि , दृढ निश्चयी एवं सत्य मार्गका पथिक नारी जातिको तिरस्कारको , अपमानको प्रतिशोध प्राण हरण गरेर भए पनि लिन्छन् । यस्तो महान् गाथामा सीताको अग्निपरीक्षा जस्तो अनमेल , अप्रासांगिक वर्णन प्रक्षिप्त या मिलावटी हुनु बाहेक अरु केही होइन ।

Tuesday, September 3, 2019

दूधको दूध र पानीको पानी !



दूधको दूध र पानीको पानी ! 

वैदिक गवेषक पंडित शिवपूजन सिंह

६ डिसेम्बर १९५६ मा माननीय डा. अंबेडकरजीको देहावसान भयो । कानपुरका वैदिक गवेषक पंडित शिवपूजन सिंहजीको चर्चित “ भ्रान्ति निवारण ” सोह्र पृष्ठीय लेख “सार्वदेशिक ” मासिकको जुलाई– अगस्त १९५१ अंकमा उनको देहावसानको पाँच वर्ष तीन महिना पूर्व प्रकाशित भयो । डा. अम्बेडकरजी यस मासिकसँग राम्रोसँग परिचित हुनुहुन्थ्यो र त्यसैकारण यो चर्चित अंक पनि उनको सेवामा पठाइएको थियो । लेख डा. अम्बेडकरको वेदादि विषयक विचारहरूको समीक्षामा५४ प्रामाणिक उद्धरणहरूका साथ लेखिएको थियो। यसको प्रति विदर्भको वाशिम जनपदको आर्य समाज कारंजाको प्राचीन ग्रन्थालयमा सुरक्षित छ । 

आशा थियो कि अम्बेडकरजी जस्ता प्रतिभाशाली विद्वान् या त यसको उत्तर दिनुहुन्छ या आफ्ना पुस्तकहरूमा बताइएका अकाट्य तथ्यहरुको प्रकाशमा सम्पादि गर्नुहुन्छ होला । तर उहाँले यस्तो केही गर्नुभएन । यसको कारण सायद यो थियो कि जो जातिगत भेदभाव र अपमान उहाँले लगातार सहनुभएको थियो , त्यसको वेदना र विद्रोहले उनलाई यस्तो गर्नबाट रोकिदियो । 

डा. अम्बेडकरजीका दुवै पुस्तकहरू – अछुत को र कसरी तथा शुद्रहरूको खोज – मा  लेख शंका समाधान शैलीमा लेखिएको थियो तर डा. कुशलदेव शास्त्रीजीले यसलाई सुविधा र सरलता हेतु संवाद शैलीमा रुपान्तरित गर्नुभएको जसलाई यहाँ प्रस्तुत गरिँदै छ । यस लेखलाई स्वामी दयानन्दजीद्वारा लिखित “ ऋग्वेदादिभाष्यभूमिका” को आलोकमा पढेर सत्यासत्यको निर्णय सहर्ष लिन सकिनेछ । 

१. “ अछुत को र कसरी ” 

डा. अम्बेडकर – आर्यहरू निर्विवाद रूपमा दुई भाग र दुई संस्कृतिमा विभक्त थिए , जसमा एक ऋग्वेदीय आर्य र अर्को अथर्ववेदीय आर्य , जसको बिचमा ठुलो सांस्कृतिक खाडल थियो । ऋग्वेदीय आर्य यज्ञमा विश्वास गर्थे , अथर्ववेदीय जादु–टोनामा विश्वास गर्थे । 

पंडित शिवपूजन सिंह – दुई प्रकारका आर्यको कल्पना केवल तपाईको र तपाईजस्ता केही मस्तिष्कहरूको उपज हो । यो केवल कपोलकल्पित या कल्पना विलास हो । यसका पछाडि कुनै ऐतिहासिक प्रमाण छैन । कुनै पनि ऐतिहासिक विद्वान् पनि यसको समर्थन गर्दैन । अथर्ववेदमा कुनै पनि प्रकारको जादु टोना छैन । 

डा. अम्बेडकर – ऋग्वेदमा आर्यदेवता इन्द्रको सामना उसको शत्रु अहि – वृत्र (साँप देवता ) सँग हुन्छ , जो कालान्तरमा नाग देवताको नामले प्रसिद्ध भयो । 

पं शिवपूजन सिंह – वैदिक तथा लौकिक संस्कृतमा आकाश पातालको अन्तर छ । यहाँ इन्द्रको अर्थ सूर्य र वृत्रको अर्थ मेघ हो । यो संघर्ष आर्य देवता र नाग देवताको नभएर सूर्य र मेघको बीचमा हुनेवाला संघर्ष हो । वैदिक शब्दको विषयमा निरुक्तको यो मत मान्य हुन्छ । वैदिक निरुक्त प्रक्रियासँग अनभिज्ञ भएका कारण नै तपाईलाई यो भ्रम भएको हो । 

डा. अम्बेडकर – महामहोपाध्याय डा. काणेको मत छ कि गाईको पवित्रताका कारण नै वाजसनेही संहितामा गोमांसको भक्षणको व्यवस्था गरिएको छ । 

पं शिवपूजन सिंह – श्री काणे जीले वाजसनेही संहितको कुनै प्रमाण सन्दर्भ दिइएको छैन र न त तपाईले यजुर्वेद नै पढूने कष्ट उठाउनु भएको छ । तपाई जब यजुर्वेदको स्वाध्याय गर्नुहुनेछ तवब तपाईलाई गोवध निषेधको प्रमाण मिल्नेछ । 

डा. अम्बेडकर – ऋग्वेदबाट यो स्पष्ट छ कि तत्कालीन आर्य गोहत्या गर्थे र गोमांस खान्थे । 

पं शिवपूजन सिंह – केही पूर्वीय र पाश्चात्य विद्वान् आर्यहरू गोमांस भक्षणको दोषारोपण गर्छ् , किन्तु धेरै प्राच्य विद्वान्ले यस मतको खण्डन गरेका छन् । वेदमा गोमांस भक्षणको विरोध गर्नेवाला २२ विद्वानहरुको मसँग स–सन्दर्भ प्रमाण छ । ऋग्वेदबाट गोहत्या र गोमांस भक्षणको तपाई जो विधान भन्दै हुनुहन्छ , त्यो वैदिक र लौकिक संस्कृतको अन्तरबाट अनभिज्ञ भएका कारण भन्दै हुनुहुन्छ । जो वेदमा “उक्ष ” बलवर्धक औषधीको नाम हो जबकी लौकिक संस्कृतमा त्यसको अर्थ “गोरु” नै किन नहोस् । 

डा. अम्बेडकर – बिना माँसुको मधुपर्क हुनसक्दैन । मधुपर्कमा माँसु र विशेष रूपले गोमांसको एक आवश्यक अंश पनि हो । 

पं शिवपूजन सिंह –तपाईको यो विधान वेदहरूमा होइन बरु गृह्यसूत्रहरुमा आधारित छ । गृहसूत्रको वचन वेद विरुद्ध भएका कारण यो माननीय छैन । वेदलाई स्वतः प्रमाण मान्ने महर्षि दयानन्द सरस्वतीजीका अनुसार , “ दहीमा घिउ र मह मिलाउनु मधुपर्क भनिन्छ । यसको परिमाण १२ तोला दहीमा चार तोला शहद या चार तोला घिउ मिलाउनु हो । 

डा. अम्बेडकर  – अतिथिको लागि गोहत्याको कुरा यति सामान्य भइसकेको थियो कि अतिथिको नाम नै “ गोघ्न ” , अर्थात् गाईको हत्या गर्नुपरेको रहेको देखिन्छ । 

पं शिवपूजन सिंह – “गोघ्न ” को अर्थ गाईको हत्या गर्नेवाला होइन । यो शब्द “ गौ” र “हन ” को योगबाट बनेको छ । गौको अनेक अर्थ छ , यथा– वाणी , जल , सुखविशेष , नेत्र आदि । धातुपाठमा महर्षि पाणिनि “ हन” को अर्थ “ गति ”  र “ हिंसा ” बताउनुहुन्छ । गतिको अर्थ हो – ज्ञान , गमन र प्राप्ति । प्रायः सबै सभ्य देशमा जब कसैको घरमा अतिथि आउँछ तब उसको स्वागत गर्नको लागि गृहपति घरबाट निस्किएर केही गति गर्छ , हिँड्छ , उसँग मधुर वाणीमा बोल्छ तथा जलले उसको सत्कार गर्छ र यथासंभव उसको सुखको लागि अन्यान्य सामग्रीहरु प्रस्तुत गर्छ एवं यो जान्नको लागि कि प्रिय अतिथि यी सत्कारले प्रसन्न हुन्छ कि नाइ , गृहपतिको आँखा पनि उसमाथि लागेको हुन्छ । “गोघ्न ” को अर्थ हुन्छ – “ गौः प्राप्यते दीयते यस्मैः स गोघ्नः ” = जसका लागि गौदान दिइन्छ , त्यो अतिथि “ गोघ्न ” कहलिन्छ । 

डा. अम्बेडकर – हिन्दु ब्राह्मण होओस् या अब्राह्मण , न केवल मांसाहारी थिए परन्तु गोमांसाहारी पनि थिए । 

पं शिवपूजन सिंह – तपाईको कथन भ्रमपूर्ण छ , वेदमा गोमांस भक्षणको कुरा त के , मांस भक्षणको विधान पनि छैन । 

डा. अम्बेडकर – मनुले गोहत्याको विरोधमा कुनै कानून बनाएनन् । उनले त विशेष अवसरहरुमा “ गो–मांसाहार ” अनिवार्य ठहराएका छन् । 

पं शिवपूजन सिंह– मनुस्मृतिमा कतै पनि मांसभक्षणको वर्णन छैन । जो छ , त्यो प्रक्षिप्त छ । तपाईले पनि यसबारे कुनै प्रमाण दिनुभएको छैन कि मनुजीले भने कि गोमांस अनिवार्य ठहराएका छन् । मनु (५÷५१)का अनुसार हत्याको अनुमति दिनेवाला , अंगहरु काट्नेवाला, मार्नेवाला , किन्ने या बेच्नेवाला , पकाउनेवाला , पस्किनेवाला र खानेवाला यी सबैलाई घातक भनिएको छ । 

––––––––––––––––––––––––––––––––––––––––––––––––––
२. “शूद्रहरुको खोज ”

डा. अम्बेडकर – पुरुष सूक्त ब्राह्मणहरुले आफ्नो स्वार्थ सिद्धिका लागि प्रक्षिप्त गरेका छन् । कोल बुकको कथन छ कि पुरुष सूक्त छन्द र शैलीमा शेष ऋग्वेदसँग सर्वथा भिन्न छ । अन्य पनि अनेक विद्वान्को मत छ कि पुरुष सूक्त पनि पछि बनेको हो । 

पं शिवपूजन सिंह – तपाईले जुन पुरुष सूक्तमा आक्षेप गर्नुभएको छ त्यसले तपाईको वदप्रतिको अनभिज्ञतालाई प्रस्तुत गर्दछ । आधिभौतिक दृष्टिले चारै वर्णका पुरुषहरुको समुदाय – “संगठित समुदाय ” – “एक पुरुष” रुप हो । यस समुदाय पुरुष या राष्ट्र पुरुषको यथार्थ परिचयको लागि पुरुष सूक्तको मुख्य मन्त्र “ ब्राह्मणोऽस्य मुखमासीत् .......” (यजुवेद ३१÷११) मा विचार गर्नुपर्छ । 
उक्त मन्त्रमा भनिएको छ कि ब्राह्मण मुख हो , क्षत्रिय भुजा , वैश्य जाँघ हो भने खुट्टा शुद्र । केवल मुख , केवल भुजाहरु , केवल जंघाहरु र केवल खुटटा पुरुष होइन अपितु मुख , भुजा , जाँघ र खुट्टा “यिनको समुदाय ” पुरुष अवश्य हो । त्यो समुदाय पनि यदि असंगठित र क्रमरहित अवस्थामा भएको भए हामीलाई उसलाई पुरुष भनिन्नथ्यो । त्यस समुदायलाई पुरुष तब भनिन्छ जब एक विशेष प्रकारको क्रममा होओस् र एक विशेष प्रकारले संगठित होओस् । 

राष्ट्रमा मुखको स्थानापन्न ब्राह्मण हो , भुजाहरुको स्थानापन्न क्षत्रिय हो , जाँघको स्थानापन्न वैश्य र खुट्टाको स्थापान्न शुद्र हो । राष्ट्रमा चारै वर्ष जब शरीरको मुख आदि अवयवहरुझैँ सुव्यवस्थित हुन्छन् तब यिनको पुरुष संज्ञा हुन्छ । अव्यवस्थित या छिन्न भिन्न अवस्थामा स्थित मनुष्य समुदायलाई वैदिक परिभाषामा पुरुष शब्दले बोलाइँदैन । 

आधिभौतिक दृष्टिले यो सुव्यवस्थित तथा एकताको सूत्रमा उनिएको ज्ञान, क्षात्र , व्यापार ,परिश्रम यिनको निदर्शक जनसमुदाय नै “ एक पुरुष ” रुप हो । 
चर्चित मन्त्रका महर्षि दयानन्दजी यस प्रकार अर्थ गर्नुहुन्छ – 

“यस पुरुषको आज्ञाका अनुसार विद्या आदि उत्तम गुण , सत्य भाषण सत्योपदेश आदि श्रेष्ठ कर्महरुले ब्राह्मण वर्ण उत्पन्न हुन्छ । यिनको मुख्य गुण र कर्मले सहित हुनाले ऊ मनुष्यहरुमा उत्तम कहलिन्छ र ईश्वरले बल पराक्रम आदि पूर्वोक्त गुणहरुले युक्त क्षत्रिय वर्णलाई उत्पन्न गर्नुहुन्छ । यस पुरुषको उपदेशले खेती , व्यापार र सबै देशहरुको भाषाहरु जान्न र पशुपालन आदि मध्यम गुष्णहरुले वैश्य वर्ण सिद्ध हुन्छ । जसरी खुट्टा सबैभन्दा तलको अंग हो , त्यसरी नै मूर्खता आद गुणहरुले शुद्र वर्ण सिद्ध हुन्छ । ” 

तपाईको कथन कि पुरुष सूक्त धेरै समय पछि जोडिएको हो , सर्वथा भ्रमपूर्ण हो । मैले आफ्नो पुस्तक “ऋग्वेद दशम मण्डलमा पाश्चात्य विद्वान्हरुको कुठाराघात ” मा सम्पूर्ण पाश्चात्य र प्राच्य विद्वान्हरुको यस मतको खंडन गरिएको छु कि ऋग्वेदको दशम मण्डल , जसमा पुरुष सूक्त पनि विद्यमान छ , पछि बनेको हो । 

डा. अम्बेडकर – शूद्र क्षत्रियहरुको वंशज भएका कारण क्षत्रिय हुन् । ऋग्वेदमा सुदास , तुरवाशा , तृप्सु , भरत आदि शुद्रहरुको नाम आएको छ । 
पं शिवपूजन सिंह – वेदहरुका सबै शब्द यौगिक हुन् , रुढि होइनन् । तपाईले ऋग्वेदबाट जुन नामहरुलाई प्रदर्शित  गर्नुभएको छ त्यो ऐतिहासिक नाम होइन । वेदमा इतिहास छैन किनकी वेद सृष्टिको आदिमा दिइएको ज्ञान हो ।

डा. अम्बेडकर – छत्रपति शिवाजी शुद्र र राजपूत हूणहरुका सन्तान थिए ( शुद्रहरुको खोज , दसौँ अध्याय , पृष्ठ ,७७–९६) 

पं शिवपूजन सिंह – शिवाजी शुद्र थिएनन् बरु क्षत्रिय थिए । यसका लगि यथेष्ट प्रमाण इतिहासमा भरिएका छन् । राजस्थानका प्रख्यात इतिहासज्ञ महामहोपाध्याय डा. गौरीशंकर हीरचन्द ओझा , डि.लिट् , लेख्नुहुन्छ – “ मराठा जाति दक्षिणी हिन्दुस्थानका बस्नेवाला हुन् । त्यस जातिका प्रसिद्ध राजा छत्रपति शिवाजीको वंशका मूलपुरुष मेवाडको सिसौदिया राजवंशसँग नै थियो । कविराज श्यामल दासजी लेख्नुहुन्छ – “शिवाजी महाराणा अजय सिंहका वंशमा थिए । ”यही सिद्धान्त डा. बालकृष्णजी , एम.ए., डि.लिट् , एफ.आर.एस.एस. , को पनि थियो । 

यसै प्रकार राजपूत हूणहरुका सन्तान होइनन् किन्तु विशुद्ध क्षत्रिय थिए । श्री चिन्तामणि विनामक वैद्य , एम.ए. , श्री ई . बी . कावेल , श्री शेरिंग , श्री व्हीलर , श्री हंटर ,श्री क्रूक,पं नगेन्द्रनाथ भट्टाचार्य , एम.ए.डी.एल. आदि विद्वान् राजपुतहरुलाई शुद्ध क्षत्रिय मान्छन् । प्रिवी कौंसिलले पनि निर्णय गरेका छन् कि जो क्षत्रिय भारतमा बस्छन् र राजपुत दुवै एकै श्रेणीका हुन् । 

Source– आर्य समाज र डा. अम्बेडकर -डा. कुशलदेव शास्त्री 

Sunday, September 1, 2019

स्त्रिलाई वेद पढ़ने अधिकार



स्त्रिलाई वेद पढ़ने अधिकार

लेखक- प्रो० उमाकान्त उपाध्याय (आर्य समाज कलकत्ता)
प्रस्तुति- अवत्सार
नेपाली अनुवादक- नबराज आर्य

(आर्य संसार - १९९४ बाट संकलित)
कलकत्ता आर्य समाज द्वारा प्रेसित विज्ञप्ति

[पुरी का शङ्कराचार्य श्री निश्चलानन्द जी ले कलकत्तामा एक महिला लाई वेदपाठ गर्नलाई रोके। यो बड़ो अशोभनीय एवं आत्मघाती कार्य थियो। कलकत्तामा यस बाट उग्र चर्चा खडा भयो। महिलाहरुलाई वेदाधिकार त आर्यसमाज को सीधा मोर्चा नैं हो। हामिहरुले  आर्य समाज को तर्फ बाट प्रेस कान्फ्रेन्स गर्यौं। अधिक संख्यामा प्रेस वालाहरु आर्यसमाज मा आए अनि हाम्रो विज्ञप्तिको राम्रो स्वागत पनि भयो। उ०प्र० गुजरात आदि प्रान्तहरु बाट पनि हाम्रो चैलेन्ज को प्रकाशनको समाचार आए। हामि आफ्नो विज्ञप्ति लाई अविकल छापि रहेका छौं। -सम्पादक]

पुरी का शंकराचार्य श्री स्वामी निश्चलानन्द जी सरस्वती ले कलकत्ता इन्स्टीच्यूट हल मा रविवार १६ जनवरी १९९४ को दिन  शारदेश्वरी आश्रम को पुरोगम मा श्रीमती अरुन्धती राय चौधरी लाई वेद मन्त्र पढ़न बाट मनाही गरि दिए। स्वाभाविक हो कि यस बाट प्रबुद्ध उदार वर्गमा अनि विशेषरूप ले महिलाहरुमा क्षोभ उत्पन्न भयो। श्री स्वामी निश्चलानन्द जी को यो मत छ कि वेदमा स्त्रिलाई वेद पढ़ने निषेध गरिएको छ। यो पनि समाचार छापियो कि प्रसिद्ध वैदिक विदुषी श्रीमती सुकुमारी भट्टाचार्या ले यो स्वीकार गर्नु भयो कि वेदमा स्त्रिलाई वेदाधिकार को निषेध छ। अतः सुकुमारी जी ले यो पनि भन्नुभयो कि वेद को २०वीं शताब्दी मा यति के औचित्य छ कि उसको प्रत्येक शब्द स्वीकार गरियोस्। स्वामी निश्चलानन्द जी शंकराचार्य ले यो पनि भनें कि स्त्रिको उपनयन संस्कार हुँदैन अतः उनिहरुलाई वेद पढ़ने अधिकार छैन।

प्रमाण-हीन-वक्तव्य- स्वामी शंकराचार्य जी ले या श्रीमती सुकुमारी भट्टाचार्य जी ले यो भनेनन् कि  कुन वेद मा स्त्रिलाई वेदाधिकार को निषेध कहाँ छ। हामि बड़ो आदरको साथ नम्रतापूर्वक यि धर्माचार्यहरुको र विद्वानहरुको सेवा मा श्रद्धापूर्वक निवेदन गरिन चाहन्छौं कि ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यि चारै संहिताहरुमा कहीं एउटा पनि मन्त्र या मन्त्रांश यस्तो छैन जो स्त्रि ले वेद पढ़्न को निषेध गरिएको होस्। हामि बड़ो नम्रता पूर्वक, किन्तु सत्य रक्षा को लागि अत्यन्त सबल शब्दमा बड़ो दृढ़ता पूर्वक यो भन्न चाहन्छौं, कि चारै वेदमा कहीं पनि स्त्रिलाई वेदाधिकार को निषेध हामिलाई मिलेको छैन। हामिले आर्यसमाज को र अन्य व्यक्तिगत परिवारका वेद पारायण महायज्ञका प्रसंग मा कायौं पटक चारै वेद का पारायण पाठ गरेका छौं। आज सम्म शताधिक वेद पारायण यज्ञहरुमा वेद पाठ गरि रहेको छु। बीस सहस्र भन्दा पवि धेरै संहिता मन्त्रहरुमा कहीं पनि स्त्रिलाई वेदाधिकार को निषेध को गन्ध सम्म छैन। मैले व्यक्तिगत रूपले आफ्नो अध्ययन र पाठको आधार मा यो तथ्य सत्यापित गरि रहेको छु।

"सा मा सत्योक्तिः परिपातु विश्वतः" ऋ०७।८।१२।२
वेद भगवान को सत्यउक्ति हाम्रो सब प्रकारले रक्षा गरुन्।

मानवमात्रलाई वेदाधिकार- मंध्यकाल मा जब कैयौं प्रकारका अनार्ष मिथ्या अनि साम्प्रदायिक मतवाद प्रचलित हुन थाले तब कर्म काण्ड का अनार्ष ग्रन्थहरुमा 'न स्त्री शूद्रौ, वेदमधीयाताम।' अनि 'स्त्री शूद्र द्विज बन्धूनामन्त्रयी न श्रुति गोचरा' जस्ता उक्तिहरु अनि विधान प्रचलित भए। यो भारतीय संस्कृति र वैदिक परम्परा को अन्धकारपूर्ण युग थियो। वेद मनुष्य मात्र को लागि हो। वेद परमेश्वर को वाणी हो। जस्तै पृथ्वी, जल, वायु, सूर्य, आकाश परमेश्वर निर्मित हो र मनुष्यमात्रको लागि हो, उसै प्रकार वेद पवि परमेश्वर को वाणी भएको कारण मनुष्यमात्र को लागि हो। प्रसिद्ध वेदोद्धारक स्वामी दयानन्द सरस्वती ले यजुर्वेद को २६वें अध्याय को दोश्रो मन्त्र को प्रमाण दिएर भनेका छन्-

“यथेमां वाचं कल्याणीमवदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्रायचार्याय च स्वाय चारणाय॥"
अर्थात्- परमेश्वर उपदेश गर्दछन् कि जस्तै म सब मनुष्यहरुको लागि यस कल्याणी वेदवाणी को उपदेश गर्दछु त्यस्तै सब मनुष्य गर्ने गरुन्। यसमा प्रजनेभ्यः शब्द त छ नैं वैश्य, शूद्र अनि अति शूद्र आदि को गणना पनि आएको छ। यो बड़ो सुस्पष्ट प्रमाण हो। वेद का विद्वाहरुले स्वामी दयानन्द सरस्वती को यो अद्भुत प्रमाण लाई हृदय खोलेर देश अनि विदेश मा स्वागत गरे। त्यो अन्धकार युग मा यो वेद को सूर्यवत् प्रकाश थियो। कलकत्ता विश्वविद्यालय का प्रसिद्ध वेद विद्वान श्री सत्यव्रत सामश्रमी ले आफ्नो अति सम्मानित ग्रन्थ "ऐतरेयालोचन'' मा लेखेका छन् कि स्वामी दयानन्दले मनुष्य मात्र को वेदाधिकार मा साक्षात वेदमन्त्र लाई प्रमाण प्रस्तुत गरि दिएका छन्।

विश्व विख्यात विचारक, अनि समालोचक रोमा रोलाँ ले स्वामी दयानन्द लाई यो भनेंर श्रद्धांजलि दिएका छन् कि साँच्चै त्यो दिन भारतको लागि एक नव युग को निर्माण को दिन थियो जब स्वामी दयानन्द ले एक ब्राह्मण संन्यासी भएर पनि सैकड़ों वर्ष देखि तालामा बन्द वेदलाई मनुष्य मात्र को पढ़नुको अधिकारको प्रतिपादन गरे।
स्वामी दयानन्द जी ले त आर्य समाज को नियमहरुमा एक नियम नैं बनाइ दिए कि वेद लाई पढ़्नु पढ़ाउनु  परम धर्म हो। आज स्वामी निश्चलानन्द जी जो जे पनि भनुन् भन्नमा स्वतंत्र छन् किन्तु आजका दिनमा दर्जनौं कन्या गुरुकुलहरुमा हजारौं छात्राहरप वेद पढ़ि रहेका छन। अनि सैकड़ौं वेद विद्या की गम्भीर विदुषिहरु, आचार्याहरु वेद पढ़ाई रहेका छन्।

प्राचीन काल मा वेद विदुषी महिलाहरु- ऋषि मन्त्रद्रष्टा थिए, ऋषिकाहरु पनि मन्त्रद्रष्टा हुन्छन्। लोपामुद्रा, गार्गी, मैत्रेयी इत्यादि कैयौँ इतिहास प्रसिद्ध ऋषिकाहरु छन्। सोह्र ऋषिकाहरु ऋग्वेद मा छन्।
संस्कारमा स्त्रिहरु मन्त्र पाठ गर्ने गर्दथे “इमं मन्त्रं पत्नी पठेत्” यस्तो कर्मकाण्ड का ग्रन्थमा निर्देश छ अतः स्त्रीलाई मन्त्र पाठ स्वतः सिद्ध छ।

कन्याहरुको उपनयन- कन्याहरुको पनि उपनयन हुन्थ्यो र आज पनि कैयौं वैदिक परिवारहरुमा कन्याको उपनयन हुन्छ अनि स्त्रिहरु यज्ञोपवीत लगाउँदछन्। सन्ध्या अग्नि होत्र गर्छन् वेदपाठ पनि गर्दछन्। निर्णय सिन्धु तृतीय परिच्छेदमा लेखेको छ कि-

"पुराकल्पेतु नारीणा नौञ्जीबन्धनमिष्यते। अध्ययनंच वेदानां भिक्षाचर्यं तथैव च॥"

यसमा यज्ञोपवीत अनि वेदको अध्ययन दुई वटै को विधान छ।

शंकराचार्य निश्चलानन्द सरस्वती जी ले कसरी विरोध गर्दछन् यो उनै जानुन्।
हारीत संहिता मा दुई प्रकार का स्त्रिहरुको उल्लेख छ-
(१) ब्रह्मवादिनी
(२) सद्योवधू

ब्रह्मवादिनी- तत्र ब्रह्मवादिनीनाम् उपनयनं अग्निबधनं वेदाध्ययनं स्वगृहे भिक्षा इति।
पराशर संहिता अनुसार ब्रह्मवादिनी स्त्रिको उपनयन हुन्छ, तिनिहरु अग्नि होत्र गर्छन्, वेदाध्ययन गर्दछन् र अपने परिवारमा भिक्षावृत्ति गर्दछन्।

सद्योवधू- ‘सद्योबधूनां तू उपस्थिते विवाहे कथंचित् उपनयनं कृत्वा विवाहः कार्यः।' - सद्योवधू ति स्त्रि हुन् जसको विवाहको समय उपनयन गरेर विवाह गरि दिईन्छ। जस्तो आजकल पुरुषको विवाहमा कैयौं स्थानमा हुने गरेको छ।

वेदमा उपनीता स्त्री- ऋग्वेद को मण्डल १० सूक्त १०९ मन्त्र ४ मा लेखेको छ कि- “भीमा जाया ब्राह्मणस्योपनीता” यहाँ उपनीता जाया एकदम सुस्पष्ट छ।

आचार्या अनि उपाध्याया उनि स्त्रि हुन्, जो स्वयं पढ़ाउँदैनन् तब पनि आचार्य की स्त्री आचार्यानी र उपाध्याय की स्त्री उपाध्यायानी कहलिन्छन्।

शंकर दिग्विजय मा मण्डन मिश्र की पत्नी भारती देवी को विषयमा लेखेको छ कि-
'शास्त्रणि सर्वाणिषडवेदान् काव्यादिकान्वेत्ति यदत्र सर्वम्।'
इसमें भारती देवी लाई षडङ्गवेदाध्ययन को बात सुस्पष्ट छ।

कौशल्या ले अग्निहोत्र- अग्निहोत्र मा वेदमन्त्र बोलिन्छ पढिन्छ। अनि कौशल्या अग्निहोत्र गर्दथिन् बाल्मीकि रामायण मा अयोध्या काण्ड अ: २०-१५ श्लोक मा द्रष्टव्य छ-

साक्षौमवसना हृष्टा नित्यं व्रतपरायणा।
अग्नि जहोतिस्म तदा मन्त्रवत्कृतमज्जला।।

कौशल्या रेशमी वस्त्र पहिरिएर व्रत पारायण भएर प्रसन्न मुद्रा मा मन्त्र पूर्वक अग्निहोत्र गरि रहेकी थिईन्। यसै प्रकार अयोध्या काण्ड आ० २५ श्लोक ४६ मा कौशल्या को यथाविधि स्वतिवाचन को पनि वर्णन छ।

सीता को सन्ध्या- लंकामा हनुमान सीता लाई खोज्दै अशोक वाटिका मा गए किन्तु उनलाई सीता मिलिनन्। हनुमानले वहाँ एक पवित्र जल वाली नदी देखे। हनुमानल्ई निश्चय थियो कि यदि सीता यहाँ छन् भनें सन्ध्या को समय आएको छ अनि सीता यहाँ सन्ध्या गर्नको लागि अवश्य आउने छिन्। सुन्दरकाण्ड अ० १४, श्लोक ४९ मा लेखेको छ कि-

सन्ध्याकालमनाः श्यामा ध्रुवमेष्यति जानकी।
नदींचेमांशुभजला सध्यार्थ वरवर्णिनी॥
अर्थात् वर वर्णिनी सीता यो शुभ जल वाली नदी मा सन्ध्या गर्नको निमित्ति अवश्य आउने छन्।

यो सानो प्रयासमा हामिले साक्षात् वेद वचन उद्धृत गरेर यो प्रमाण दिएका छौं कि वेद मनुष्य मात्र को लागि हो अनि 'धर्मजिज्ञासमानानां प्रमाणं परमं श्रुतिः' धर्मको लागि वेद परम प्रमाण हो। कुनै वेद संहितामा या वैदिक ऋषि कृत ग्रन्थ मा स्त्रिलाई वेद पढ़नको निषेध छैन। वेदका लोपामुद्रा, गार्गी, भारती आदि स्त्रिहरु विदुषी थिए र वेद पढ़्दथे। आज पनि वेद पढ़्दछन्।

आर्य समाज को आह्वाहन- आर्य समाज सदा शास्त्र विचार को लागि श्रद्धा र आदर पूर्वक सदैव प्रस्तुत छ। हामि विदुषी वेद का आचार्या स्त्रिहरुको नैं शास्त्र विचारको लागि कुनै पनि समय बोलाउने छैं अनि विदुषी स्त्रिहरु नैं वेद शास्त्रहरुको प्रमाणहरु मार्फत् यो सिद्ध गरि दिनलाई प्रस्तुत छ कि पुरुष कै समान नैं स्त्रिलाई पनि उत्तिकै वेदाधिकार छ। हामि बड़ो आदर र प्रेम बाट जगतगुरु स्वामी निश्चलानन्द जी सरस्वती पुरी का शंकराचार्य सँग प्रार्थना गर्दछौं कि वहाँ द्वारा कोई प्रमाण वेद संहिताहरु बाट स्त्रिलाई वेद पाठ को अनाधिकार को लागि प्रस्तुत गरुन्। हामि अनि वेद भक्त नारिहरु उनलाई प्रमाण दिनको लागि आह्वान गर्दछौं। -सत्यमेव जयते ना नृतम्।

॥ओ३म्॥

ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम



ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

मूर्तिपूजा अर्वाचीन हो, वेदादि शास्त्रहरुको बिरुद्द अनि अवैदिक छ। फेरी हामि आफ्नो ईश्वरलाई कसरी प्राप्त गर्ने? हाम्रो उपसना-बिधि कस्तो हुनु पर्ने हो?

उपसनाको अर्थ हुन्छ कि समिपस्थ हुनु अथवा आत्मको परमात्मा सँग मेल हुनु। महर्षि पतञ्जलि द्वारा वर्णित अष्टाङ्गयोग का आठ अङ्गब्रम्हरुपी सर्वोच्च सानु-शिखरमा चढ्नको लागी आठ सिंढिहरु छन्।
उनको नाम हुन्- यम्, नियम, आसन, प्राणायाम, प्रत्याहार, धाराणा, ध्यान अनि समाधि।

यहाँ प्रत्येकका संक्षिप्त विवेचन प्रस्तुत गरिएको छ-

१-- यम पाँच छन्-
(क) अहिंसा- अहिंसाको अर्थ केवल कसैको हत्या नगर्नु मात्र नभई अपितु मन वचन र कर्म द्वारा कुनै पनि प्राणीको कुनै पनि प्रकारको कष्ट नदिनु, कसैलाई हानि नपुर्याउनु अनि कसै प्रति वैरभाव नराख्नु नैं अहिंसा हो। उपासकमा यो हुनु पर्दछ कि कसै सँग पनि वैर नराखोस्, सबैलाई प्रेम गर्नु। उसको आँखामा सबैको लागि स्नेह र वोली वचनमा माधुर्य होस्। पशुहरुलाई मारेर अथवा हत्या गर्न लगाएर त्यहि मासु द्वारा आफ्नो पेट भर्नेहरु तिन कालमा पनि योगी बन्न सक्दैनन्। साधकको प्रत्येक स्थानमा, प्रत्येक समय अनि परिस्थितिमा अहिंसाव्रती हुनु पर्दछ। ‘अहिंसा परमो धर्म:’ अहिंसा परम धर्म हो। अहिंसाको उद्देश्य यो हो कि मनुष्यको भित्र लुकेको उग्र, क्रुर अनि पाशविक वृत्तिहरुको जरै देखि उखालेर फ्याँक्नु। जब मनमा हिंसाको छायाँ तक देखाई दिन्न, तब अहिंसाको सिद्दि भएको बुझ्नु पर्छ, अहिंसाको फल के हो?

महर्षि पतञ्जली लेख्छन्-

अहिंसाप्रतिष्ठायां तत्संनिधौ वैरत्याग:। -योगदर्शन साधन० ३५
हृदयमा अहिंसा प्रतिष्ठित हुँदा खेरी अहिंसकको सामु सांप, बाघ आदि हिंसक प्राणीहरु पनि वैरभाव लाई परित्याग गरि दिन्छन्।

अहिंसाको सिद्दिको बिना अन्य यमहरुको सिद्दि हुँन सक्दैन, त्यसैले यममा यसलाई सर्व प्रथम स्थान दिईएको छ।

(२) सत्य- सत्य द्वितिय यम हो। साधक मन, वचन अनि कर्म द्वारा सत्य जानुन्, सत्य मानुन्, सत्य बोलुन् अनि सत्य नैं लेखुन्, मिथ्या-असत्य नबोलुन्, न मिथ्या ब्यबहार नैं गरुन्। सत्य स्वरुप प्रमेश्वर लाई प्राप्त गर्नको लागि साधक सर्वथा सत्यनिष्ठ बन्नु पर्दछ। सत्यस्वरुप ईश्वरक सँग साक्षात्कार हुनको लागि उपासक पनि सत्य मैं जिउनु पर्दछ, सत्य स्वरुप नैं बन्नु पर्दछ र सत्य प्रति आंशिक नभएर सम्पूर्ण तथा सर्वेपरी लगाव राख्नु पर्दछ। साधानाको जग राख्नको लागि सत्यव्रती बन्न अत्यावस्यक छ। सत्य सबै भन्दा ठुलो व्रत हो।
उपासक भन्छ-

अहमनृतात्सत्यमुपैमि। यजु० १/५
म असत्यलाई त्यागेर जिवनमा सत्यलाई धारण गर्दछु।

वेदादिशास्त्र सत्यको महिमा द्वारा भरिएका छन्।
उपनिषदहरु मा भनिएको छ-

सत्येन लभ्यस्तपसा ह्येष आत्मा।- मुण्डको० ३/१/५
परमात्मा सत्य र तप बाटै प्राप्त हुन्छ।

सत्यमेव जयते नानृतम्। मुण्डको० ३/१/६
सत्यको नैं बिजय हुन्छ, असत्यको हैन।

महाभारतमा भनिएको छ-

सत्यं स्वर्गस्य सोपानम्। महा० उद्यो० ३३/४७
सत्य स्वर्गको सीढी़ हो।

महर्षि मनुको कथन छ-

नास्ति सत्यत्परो धर्मो नानृतात्पातकं परम्। -मनु० ८/८२
सत्य भन्दा ठुलो कोही धर्म र असत्य भन्दा ठुलो कोही पाप छैन।

सत्य भाषणको फल बताउदै महर्षि पतञ्जलि भन्छन्-

सत्यप्रतिष्ठायां क्रियाफलाश्रयत्वम्। -यो० द० साधन० ३६
सत्यमा प्रतिष्ठित भए पछि ब्यक्ति वाक्सिद्ध हुन्छ।

सत्यको महत्व बुझेर जिवनमा सत्यको धारण गर। सत्यमा निवास गर। सत्यमै मूर्तरुप बन। मन, वाणी र कर्म द्वारा सच्चा रह।

(३) अस्तेय- यममा तेश्रो यम हो अस्तेय। स्तेयको अर्थ चोरी गर्नु, अस्तेयको अर्थ हो मन, वचन र कर्म द्वारा चोरी नगर्नु। साधक चोरी नगरुन, सत्यको ब्यबहार गरुँन्। स्वामीको आज्ञा बिना कुनै पनि पदार्थ नउठाउँन्। स्तेयरुपी अवगुण सर्वत्र दृष्टिगोचर हुन्छ। ब्यक्तिको लागि जति आवस्यक छ त्यो भन्दा बढिमा अधिकार जमाउनको लागि जुन सुकै कार्य गरिन्छ त्यो नैतिक अनि आध्यात्मिक दृष्टिले चोरी नैं हो। आवस्यकता भन्दा बढि खानु पनि चोरी नैं हो। बस या रेलमा टिकट नलिनु अनि मेरो त पास (Pass) अथवा "सिजनल टिकट" छ, यस्तो भन्दै निस्कनु पनि चोरी हो। खोटा सिक्का चलाउनु अथवा दुकानदार द्वारा भुलवस दिएको अधिक धनलाई चुपचाप पकेटमा राख्नु पनि चोरी नैं हो। उत्कोच (घूस) दिएर आफ्नो काम बनाउनु पनि चोरी हो।

मानिसले चोरी किन गर्छ? चोरी को वास्तविक कारण मानिसका अनगिन्ति इच्छाहरु एवं अनियन्त्रित इन्द्रियहरु हुन्। चोरी बाट बच्नको लागी साधकले आफ्ना इच्छाहरुको नियन्त्रण, इन्द्रियको अनुशासित अनि मनलाई वशमा राख्नु पर्दछ।

अस्तेय को महत्वको प्रतिपादन गर्दै महर्षि पतञ्जलि लेख्छन्-

अस्तेयप्रतिष्ठायां सर्वरत्नोपस्थानम्।। यो० द० साधन० ३७
मनुष्यको हृदयमा अस्तेयको प्रतिष्ठा हुँदा खेरी उसको सामु संसारका सबै रत्न स्वयमेव उपस्थित हुन्छन् अर्थात अस्तेय मा प्रतिष्ठित व्यक्तिलाई कहिल्यै पनि धन रत्नको अभाव रहदैन।

(४) ब्रह्मचर्य- ब्रह्मचर्य दुई शब्दहरुको मेल बाट बनेको छ- ब्रह्म र चर्य। ब्रह्म को अर्थ हो ईश्वर, वेद, ज्ञान र वीर्य। चर्यको अर्थ हो चिन्तन, अध्ययन, उपार्जन अनि रक्षण। यस प्रकार ब्रह्मचर्यको अर्थ हुन्छ-साधक ले ईश्वरको चिन्तन गर्नु, ब्रह्ममै बिचरनु, वेदको अध्ययन गर्नु, ज्ञानको उपार्जन गर्नु अनि वीर्यको रक्षण गर्नु।

ब्रह्ममा विचरण गर्नको लागि मनको विषय-वासनाहरु देखी सर्वथा मुक्त हुन अत्यावश्यक हुन्छ। विषय-वासनाहरुमा कामवासना सब भन्दा प्रवल एवं घातक हो, अत: ब्रह्मचर्य को अर्थ प्रमुख रुपले वीर्यरक्षण गरिन्छ। साधक जितेन्द्रिय होस्, लम्पट नहोस्।

ब्रह्मचर्यको उद्देश्य हो- खाएको अन्नलाई ओज शक्तिमा परिवर्तित गर दिनु। ब्रह्मचर्यको अर्थ हो- मनुष्यमा विद्यमान पाशविक शक्तिहरुलाई संयमित गर्नु, तिनको संरक्षण गर्नु, तिनलाई उच्च स्तर तिर उन्मुख गर्नु अनि खाएको अन्नलाई ओजशक्तिमा रुपान्तरित गर्नु।

ब्रह्मचर्यको महिमा महान छ। उपनिषदहरुमा भनिएको छ-

नाअयमात्मा बलहीनेन लभ्य:। -मुण्डको० ३/२/४
ब्रह्मचर्य बाट हीन व्यक्ति परमात्मालाई पाउन सक्दैन।

साथकको लागी ब्रह्मचर्य त्यहि प्रकारले आवश्यक छ, जस्तै विद्युत द्वारा चल्ने गाडीको लागि विद्युत। यसको बिना साधक योगमार्गमा उन्नति गर्न सक्दैन। ब्रह्मचर्यको शक्ति द्वारा नैं चंचल इन्द्रियहरु एवं कुटिल मन माथि विजय पाउन सकिन्छ। वेदमा ब्रह्मचर्यको महिमाको संबन्धमा भनेको छ-

ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत। -अथर्व० ११/५/१९
ब्रह्मचर्य अनि तपको द्वारा विद्वानहरु मृत्युलाई पनि मारी भगाउछन्।

महर्षि पतञ्जलि लेख्छन्-

ब्रह्मचर्यप्रतिष्ठायां वीर्यलाभ:। यो० द० साधन० ३८
ब्रह्मचर्यमा प्रतिष्ठित भए पछि वार्यलाभ हुन्छ। अर्थात् ब्रह्मचर्य-प्रतिष्ठित व्यक्तिको शरिरमा परमेश्वर को विमल ज्योति प्रकाशित हुन्छ।

उपस्थेन्द्रियको अतिरिक्त अन्य इन्द्रियहरुमा पनि नियन्त्रित राख्नु पर्छ। आँखाको रुपमा जान्नु, कानलाई शब्द तिर दौड लगाउनु, नाकलाई गन्ध तिर भगाउनु, जिब्रोलाई रसपान तिर, छालालाई स्पर्श-आनन्द तिर मग्न हुन बाट रोक्नु पर्छ। सबै इन्द्रियहरुको निरोधरुपी ब्रह्मचर्य साधकलाई ब्रह्म-साक्षात्कार तिर लिएर जान्छ।

(५) अपरिग्रह- अपरिग्रहको अर्थ हो- आवश्यकता भन्दा अधिक पदार्थको संग्रह नगर्नु। साधक त्यति नै पदार्थको संग्रह गरुन जति सादा जीवन को लागि आवश्यक हुन्छ। कुनै पनि वस्तुलाई खरिद गर्नु भन्दा पहिले गम्भिरता पूर्वक सोच्नु। यदि त्यो बिना काम चल्दैन भने मात्र किन्नु। पदार्थहरुको अधिक संग्रह बाट आज मानवले दु:ख पाई रहेको छ।

बिषयहरुको अर्जन, रक्षण, क्षय (नाश), सङ्ग (उपभोग), हिंसा (संग्रह मा पर-पीडा) आदि दोषहरु देखेर तिनिहरुलाई स्विकार नगर्नु, तिनलाई त्यगि दिनु अपरिग्रह हो।

अपरिग्रहको एक अर्थ अभिमान नगर्नु पनि हो। साधक विनम्र बन्नु। उ निरभिमानी होस्, कहिल्यै पनि अभिमान नगरोस्। विद्या, धन,जल, बल आदि जुन बातमा मनुष्य अभिमान गर्छ, उनमा एक पनि यस्तो छैन जसमा अभिमान गर्न सकियोस्।

अपरिग्रहको फल के हो?

महर्षि पतञ्जलि लेख्छन्-

अपरिग्रहस्थैर्ये जन्मकथन्ता सम्बोध:। यो० द० साधन० ३९
अपरिग्रहमा प्रतिष्ठा-दृढ़ता हुँदा खेरी पूर्वजन्मको कारणहरुको बोध हुन जान्छ।

यि पाँच यमहरु नैं उपसना-योगका प्रथम अंग हुन्।

२-- नियम पनि पाँच छन्-

(१) शौच- यसको अर्थ हो पवित्रता। साधक भित्र र बाहिर बाट पवित्र रहोस्। राग द्वेषको त्याग बाट आन्तरिक र जलादि द्वारा बाह्य सम्पादित गर्नु पर्दछ। शरिरको अवस्था बाट मनमा बहुत प्रभाव पर्दछ, अत: शरिरलाई स्नान द्वारा पवित्र गर्नु पर्दछ। भेशभूषा पनि पवित्र होस् बस्ने स्थान पनि साफ-सुघ्घर होस्। फोहोरी एवं जताततै सामान अस्त व्यस्त भएको स्थानमा पनि मन लाग्न (एक चित्त हुन) सक्दैन। अन्त: शुद्धिको पनि ध्यान राख्नु पर्छ। अण्डा, माछा-मासु खानेहरु, रक्सि पिउनेहरु, सिगरेट, बिडी, चरस, गाँजा, अफिम् सेवन गर्नेहरुको मन पनि दुषित हुन जान्छ।

शौचात् स्वाङ्गजुगुप्सा परैरसंसर्ग:। यो० द० साधन० ४०
पवित्रतामा प्रतिष्ठित भए पछि आफ्नै अंग मार्फत विरक्ति अनि अरु स्त्री-पुरुषहरुको साथ संगति बाट पनि वितृष्णा हुन जान्छ।

शौच द्वारा बुद्धि शुद्धि , मनको विमलता, एकाग्रता, इन्द्रियजय र आत्मदर्शनको योग्यता प्राप्त हुन्छ।

(२) सन्तोष- सन्तोषको अर्थ एकदम गलत बुझाईएको छ। सन्तोषको अर्थ हात माथि हात राखेर निकम्मा बस्नु हैन। सन्तोषको अर्थ हो- आलस्य छोडेर सदा पुरुषार्थ गर्नु। धर्मपूर्वक पुरुषार्थ गरेर लाभमा प्रशन्न अनि हानिमा अप्रशन्न न हुनु। 'सन्तोष' सुख र शान्ति प्राप्त गर्ने चाबी हो।

महर्षि पतञ्जलि भन्छन्-

सन्तोषादनुत्तमसुखलाभ:। यो० द० साधन० ४२
सन्तोषको सिद्धि भए पछि यस्तो सुख प्राप्त हुन्छ कि त्यस्तो सुख भन्दा बढेर अर्को कुनै सुख छैन। त्यो सुख वर्णनातीत छ।

महर्षि व्यास लेख्छन्-

यच्च कामसुखं लोके यच्च दिव्यं महत्सुखम्।
तृष्णाक्षयसुखस्यैते नार्हत: षोडशीं कलाम्।। -महा० शान्ति० १७६/४६
यो संसारमा काम्य वस्तुका जो उपभोगजनित सुख छ अथवा स्वर्गको जो महान सुख हो, त्यो तृष्णाक्षय बाट उत्पन्न हुने सुखको सोह्रौ अंशको बराबर पनि छैन।

हँ, एक कुराको ध्यान राखौ- संतोष सांसारिक वातमा मात्रै गर्नु पर्छ, साधना मा हैन। साधनामा त असिम असन्तोष हुनु पर्दछ। साधकलाई प्रभु प्रति आफ्नो भक्ति अनि प्रेम बाट कहिल्यै सन्तुष्ट हुनु हुंदैन।

(३) तप- तपको सम्बन्धमा पनि अनेक भ्रान्तिहरु फैलिएका छन्। कोही मान्छन् कि एक खुट्टामा उभि रहनु अथवा एक या दुईटै हात माथि उठाएर उभिई रहनुको नाम तप हो। कोही बुझ्छन् कि शीत ऋतुमा चिसो पानिमा उभिई रहनु तप हो। कोही मान्छन् कि ग्रीष्मकालमा पञ्चाग्नि ताप्नु नैं तप हो। कसैको अनुसार त स्वयं को पृथ्वीमा गाडि दिनु तप हो। कसैको मतमा किला काँटीमाथि सुत्नु तप हो। बस्तुत: यि सबै कृयाकलापहरु तप हैनन्। तपको वास्तविक अर्थ हो- ‘द्वन्द्वसहनं तप:’- कष्ट आउँदा पनि धर्म कार्यहरुलाई गर्दै जानु तप हो। हानि-लाभ, जीवन-मरण, सुख-दु:ख, भोक-प्यास, हर्ष-शोक सबैमा समान रहनुको नाम नैं तप हो।

तपको धातु- अर्थ हो- ‘तप दाहे’- जल्नु-जलाउनु। अग्निका दुई गुण को सधैं ध्यान राख्नु पर्छ- योसले पदार्थहरुलाई शुद्ध गर्छ अनि तेजयुक्त छ। तप पनि एक प्रचण्ड प्रकृया हो जो मनुष्यको मैलालाई जलाएर उसलाई आत्मचैतन्यको प्रकाश द्वारा उद्भासित गराउछ।

बल प्राप्ति नैं तपको फल हो। जुन तप द्वारा शरिरमा कान्ति, ओज र तेजको वृद्धि हुँदैन, त्यो तप नैं होईन।

तप नगर्दा खेरी योगमा गति हुन सक्दैन। जस्तो कि भनिएको छ-

नातपस्विनो योग: सिध्यति।
जो तपस्वी होईन, उस द्वारा योगमा सिद्धि-लाभ हुन सक्दैन।

उपनिषदहरुमा भनिएको छ-

तपसा चीयते ब्रह्म। मुण्ड० १/१/८
ब्रह्मको प्राप्ति तप द्वारा नै सम्भव छ।

वेदमा भनिएको छ-

अतप्ततनूर्न तदामो अश्नुते। ऋ० ९/८३/१
जसले तपको भट्टीमा आफ्नो शरिर तपाएको छैन, त्यस्तो काँचो व्यक्ति उस प्रभुलाई प्राप्त गर्न सक्दैन।

महर्षि पतञ्जलि लेख्छन्-

कायेन्द्रियसिद्धिरशुद्धिक्षयात्तपस:। यो० द० साधन० ४३
तप द्वारा अशुद्धि को नाश भएर शरिर र इन्द्रियहरुको सिद्धि मिल्दछ। तप द्वारा शारीरिक क्रान्ति र इन्द्रियहरुमा सूक्ष्म बिषयहरुलाई ग्रहण गर्ने शक्ति उत्पन्न हुन जान्छ।

(४) स्वाध्याय- नियमको चतुर्थ अङ्ग हो स्वाध्याय। स्वाअध्यायको अर्थ हो- वेदको अध्ययन-अधियापन र ऋषि-मुनिहरु द्वारा लिखित सत्य शास्त्रहरुको पढ्नु अनि पढाउनु। वेद परमात्मको दिव्यज्ञान हो। यो मानव-कर्तबव्यहरुको बोधक शास्त्र हो, ज्ञान अनि विज्ञानको अगाध भण्डार हो। आफ्नो कर्तव्यको जान्नको लागि वेदको स्वाध्याय गर्नै पर्दछ। ऋषि-मुनि कृत ग्रन्थहरुमा वेदको व्याख्यान छ, त्यसैले ति पनि पढ्नु पर्दछ। यो विषयमा महर्षि दयानन्द लेख्छन्-

"महर्षिहरुको आशय जहाँ सम्म हुन्छ त्यहाँ सम्म सुगम अनि जसलाई ग्रहण गर्दा थोरै समय लाग्छ, यस प्रकार ले रचना गर्ने हुन्छ अनि क्षुद्राशय मानिसहरुको अभिलाषा यस्तो हुन्छ कि जहाँ सम्म बन्छ त्यहाँ सम्म कठिन रचना गर्ने, जसलाई एकदम परिश्रम गरी पढेर अल्प-लाभ उठाउन सकुन्; जस्तै पहाडलाई खनि सक्दा पनि कौडी मात्रै लाभ हुनु, अनि आर्ष ग्रन्थहरुको पढ्नु यस्तो हो कि गोता लगाउनु, बहुमुल्य मोतिहरु प्राप्त गर्नु।" -सत्यार्थप्रकाश, तृतिय समुल्लास

मोक्ष-बिधायक ग्रन्थहरु पढ्नु नैं स्वाध्याय हो। समाचार-पत्र पढ्नु, उपन्यास, किस्सा, कहानीहरु अनि अश्लिल पुस्तकहरु पढ्नु भेनको स्वाध्याय हैन। साधकले सधैं उत्तम ग्रन्थहरुकै स्वाध्याय गर्नु पर्दछ।

उपनिषदहरुमा भनिएको छ-

स्वाध्यायन्मा प्रमद:। तैत्तरीयोप० शिक्षा-११
स्वाध्यायमा, वेदको अध्ययनमा कहिल्यै पनि प्रमाद गर्नु हुँदैन।

स्वाध्यायको अर्थ हो- सत्पुरुषहरुको सङ्ग। साधक सधैं सज्जनहरुको संगतिमा रहनु पर्दछ। सत्सङ्ग द्वारा मनुष्य उच्च उठ्छ। महर्षि दयानन्दको सत्सङ्ग पाएर नास्तिक, शराबी अनि मांस भक्षि मुंशीराम परम आस्तिक स्वामी श्रद्धानन्द बनें। महता अमिरचन्द पनि बदलिए। पं० लेखराम आर्यमुसाफिर, पं० गुरुदत्त जी विद्यार्थी आदि कैयौंको जिवन बदलिए।

स्वाध्यायको एक अर्को अर्थ छ- प्रतिदिन परमात्माको सर्वोत्तम नाम ‘ओ३म्’ को अर्थपूर्वक जप गर्नु।

वेदमा भनिएको छ-

ओ३म् क्रतो स्मर। यजु० ४०/१५
हे कर्मशील जीव! तिमि ओ३म् को स्मरण गर।

अनि

ओ३म् प्रतिष्ठ। यजु० २/१३
तिमि ओ३म् मा प्रतिष्ठित होउ अर्थात् ओ३म् को ओ३म् नामक परमात्मालाई आफ्नो हृदयमा बसाल।

महर्षि पतञ्जलि स्वाध्यायको फल बताउदै भन्छन्-

स्वाध्यायादिष्टदेवतासंप्रयोग:। -यो० द० साधन० ४४
स्वाध्याय बाट नैं इष्ट देवता-परमेश्वरको दर्शन, साक्षात्कार हुन्छ।

(५) ईश्वरप्रणिधान- नियममा ईश्वरप्रणिधानको स्थान सर्वोच्च छ। ईश्वरप्रणिधानको दुई अर्थ छन्- एक, बिना कोही इच्छा, आकांक्षा र मागको आफ्नो, आफ्नो सबै कामहरुको, आफ्नो सबै संकल्पको प्रभुलाई नैं समर्पित गरिदिनु। जो परमात्मा सँग केही माग्दछन्, उनिहरुलाई त प्रभु केवल त्यहि वस्तु दिन्छन्, जो उनिहरुले मागेका हुन्छन्, परन्तु जो केही पनि माग्दैनन्, तिनलाई परमेश्वर सबै-कुरा दिन्छन्। र अन्त्यमा आफैलाई पनि दिन्छन्, आफ्नो साक्षात्कार पनि गराई दिन्छन्। दोश्रो अर्थ हो- हृदयमा ईश्वर प्रति प्रेम राख्दै, ईश्वरको विशेष भक्ति या उपसना गर्दै ईश्वरको कृपा, दया र प्रसन्नता को पात्र बन्नु। ईश्वरप्रणिधान ले अहं-भाव जति नष्ट हुन्छ र जीवनमा नम्रता आउँदछ। यसको फल के हो?

समाधिसिद्धिरीश्वरप्रणिधानात्। -यो० द० साधन० ४५
ईश्वरप्रणिधान द्वारा योगको सर्वोच्च फल समाधिको सिद्धि हुन्छ।

यि पाँच नियम मिलेर उपसना योगको दोश्रो अङ्ग कहलाउछ।

३-- आसन- यो योगको तेश्रो अंग हो। महर्षि पतञ्जलिको अनुसार आसनको अर्थ हो-

स्थिरसुखमासनम्। -यो० द० साधना० ४६
शरिर न त हल्लिने, न हिड्ने, न दुख्ने अनि चित्तमा कुनै प्रकारको उद्वेग न होस्, यस्तो अवस्थामा दीर्घकाल सम्म सुख सँग बस्नुलाई आसन भनिन्छ।

साधककले यस्तो आसनमा बस्नु पर्छ कि जहाँ कष्ट नभएर स्थिर सुखको प्राप्ति होस्। आसन दृढ भए पछि नैं उपसना सरल हुन जान्छ। एक आसनमा निश्चलतापूर्वक बस्नाले श्वास-प्रश्वासको गति संयत हुन लाग्छ र मन पनि लय हुन थाल्छ। आसन निरन्तर अभ्यास द्वारा नैं सिद्ध गर्न सकिन्छ। बिना हलचल तिन घण्टा सम्म एकै आसनमा बस्नुलाई नैं आसनजय भनिन्छ। आसनजयको पश्चात् साधक योगको श्रेष्ठ र गुरुतर विषय प्राणायामको तर्फ अग्रसर हुन लाग्दछ। योगसाधनाको लागि मुख्यासन चार छन्- सिद्धासन, पद्मासन, स्वास्तिकासन र सुखासन।

४-- प्राणायाम- प्राणायाम राजयोगको चौथो अंग हो। प्राण अनि मनको घनिष्ठ संबन्ध छ। जहाँ-जहाँ प्राण जान्छ, त्यहाँ-त्यहाँ मन पनि जान्छ। यदि प्राण वशमा हुन जान्छ भनें मन बिना प्रयासकै स्वयं वशमा हुन जान्छ।

प्राणायाम के हो?

महर्षि पतञ्जली लेख्छन्-

तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेद: प्राणायाम:। यो० द० साधन० ४९
आसन सिद्ध भए पछि श्वास अनि प्रश्वासको गतिलाई रोक्ने नाम नैं प्राणायाम हो।

महर्षि मनु ले प्राणायामको महत्ताको संबन्धमा लेख्छन्-

दह्यन्ते ध्मायमानानां धातुनां हि यथा मला:।
तथेन्द्रियाणां दह्यन्ते दोषा: प्राणस्य निग्रहात् ।। मनु० ६/७१
जस्तै अग्निमा तताउनाले स्वर्णादि धातुहरुको मैला नष्ट भएर ति शुद्ध हुन जान्छन्, त्यस्तै प्राणायाम द्वारा मन आदि इन्द्रियहरुका दोषहरु दूर भएर तिनिहरु निर्मल हुन्छन्।

५-- प्रत्याहार- प्रत्याहारको अर्थ हो- पछि फर्कनु। इन्द्रियहरुलाई उनको भोगहरु बाट फर्काउनुको नाम नैं प्रत्याहार हो। जब आँखा खुलै हुँदा पनि रुप देख्न बन्द गर्नु, कानले शब्द सुन्न बन्द गर्नु, नाकले गन्ध सुघ्न बन्द गर्नु, जिब्रोले रस नचाख्नु र छालाले स्पर्शको अनुभव नगर्नु, यस्तो अवस्थाको नाम प्रत्याहार हो।

मोटो शब्दमा भन्ने हो भनें त मनलाई एक लक्ष्यमा एकाग्र गर्नको लागि उसलाई बाह्य बिषयमा समेट्नुको नाम प्रत्याहार हो। बाह्य बिंषयहरु बाट हट्दा नैं मनलाई ध्यान-लक्ष्य मा केन्द्रित गर्न सकिन्छ। प्रत्याहार त्यो महान चावि हो जो धारणा, ध्यान र समाधिको ढोकाहरुलाई खोलि दिन्छ।

६-- धारणा- अष्टाङ्ग योगको पूर्वकथित यमादि पाँच अंग योगको बहिरंग हो, भुमिकामात्रै हो, वास्तविक योग होईन। योगको आरम्भ धारणा बाट हुन्छ। धारणाको अर्थ हो- मनलाई एकाग्र गर्नु, मनलाई कुनै एक विषयमा केन्द्रित गर्नु।

महर्षि पतंजलि लेख्छन्-

देशबन्धश्चित्तस्य धारणा। यो० द० विभूति० १
चित्तलाई कुनै देश-स्थानविशेषमा, शरिरको भित्र या बाहिर बाँध्ने-लगाउनेको नाम धारणा हो।

नाभिचक्र हृदय, भ्रूमध्य, नासिकाग्र या ब्रह्मारन्ध आदि कुनै स्थानमा चित्तलाई ठहराई राख्नेको नाम धारणा हो।

७-- ध्यान- धारणाको परिपक्वता को नाम नैं ध्यान हो।

तत्र प्रत्ययैकताना ध्यानम्। यो० द० विभूति० २
धारणामा प्रत्यय-ज्ञान एउटै बनि रहनु नैं ध्यान हो।

जुन स्थानमा चित्तलाई एकाग्र गरिएको हुन्छ, त्यो एकाग्रताको ज्ञान तेलको धारा जस्तै निरन्तर एउटै बनि रहनु अनि त्यो समय अनिय कुनै प्रकारको ज्ञान या विचार चित्तमा आउन नपाउनु, यस अवस्था लाई नैं ध्यान भनिन्छ।

८-- समाधि- निरन्तर अभ्यास र वैराग्यमा सम्यक् अवस्थिति हुँदा एकाग्रता बढ्छ तथा अखण्ड क्रमले गतिमान रहन्छ, फेरी अन्तत: प्रगाढ ध्यानमा निमग्न हुने अवस्था आउँछ, जो राजयोगको आठौं अवस्था हो। यसैलाई समाधि भन्दछन्।

पतंजलिजी भन्छन्-
तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधि:। -यो० द० विभूति० ३
ध्यानमा जब अर्थ-ध्येयमात्रको प्रकाश रहन्छ र ध्याता (उपासक) आफ्नो स्वरुप बाट शून्य जस्तै हुन जान्छ, त्यो अवस्थाको नाम समाधि हो।

योगका यि आठ अंगको साधे बिना कुनै पनि साधक साधनामा सफल हुन सक्दैन, अत: प्रत्येक उपासक, साधक, भक्त लाई यिनिहरुको अभ्यास गर्नु पर्दछ।

यहाँ प्रार्थानाको एक रुपरेखा दिईएको छ-

योगेयोगे तवस्तरं वाजेवाजे हवामहे।
सखाय इन्द्रमूतये।। ऋ० १/३०/७

हे सच्चिदानन्दस्वरुप! हे सक्वाधार! हे करुणामृतवारिधे! हे सर्वशक्तिमन्! हे न्यायकारिन्! हे परमदेव प्रभो! तपाईँ ज्योतिपुत्र अनि आनन्दको अथाह सागर हौ। देव! तपाईलाई मेरो नमस्कार छ, बारम्बार नमस्कार छ।

ओ३म्। भूर्भुवः स्व:। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्।। -यजु०३६/३

हे सर्वरक्षक! सच्चिदानन्दस्वरुप परमेश्वर! तपाईं सकल जगतको उत्पादक र वरण गर्न योग्य हुनुहुन्छ। हामि तपाईं सँग कामना गर्न योग्य, आनन्दप्रद, शुद्ध एवं तेजस्वरुपको ध्यान गर्दछौं। तपाईं हाम्रो बुद्धिलाई श्रेष्ठ मार्ग तिर जान प्रेरित गर्नुहोस्।

अत: आफ्ना प्रियतम प्रभुलाई यिनै अष्टाङ्गयोगका आठ अङ्गब्रह्मरुपी सर्वोच्च आठ सिढिहरु द्वारा प्राप्त गर्न सकिन्छ।