Friday, September 6, 2019

अमृतधाराः वेदोपदेश



*अमृतधाराः वेदोपदेश *
लेखक – स्वामी दर्शनानन्द जी
*प्रस्तुति– अवत्सार *

ओ३म् व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम् ।
दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।। ( यजुर्वेद १९÷३०)

*सत्यलाई कहिले जान्न सकिन्छ ? * – यस वेदमन्त्रमा परमात्मा जीवहरुलाई यस कुराको उपदेश दिन्छन् कि जब जीव सत्यलाई जान्नको लागि व्रत धारण गर्छ अर्थात् अर्थात् दृढ निश्चयले पुरा गर्ने निश्चयले पुरा गर्नको लागि व्रत गर्दछ र सत्यासत्यको खोजीमा निरन्तर लाग्छ , तब उसमा सत्य जान्ने अधिकार अर्थात् योग्यता उत्पन्न हुन्छ र जब त्यस योग्यताद्वारा गुरुसँग दीक्षा लिएर त्यस अनुसार आचरण गर्छ तब दक्षता अर्थात् उत्तम सुख र संसारमा सन्मान प्राप्त गर्दछ । जब यस प्रकार संसारमा सत्यको प्राप्तिले मान र उत्तम सुख एवं शान्ति प्राप्ति हुन्छ तब उसलाई यो देखेर अरु व्यक्तिहरुमा सत्यप्रति श्रद्धा उत्पन्न हुन्छ र ऊ स्वयं पनि सत्यमा अटल विश्वार राखेर त्यस अनुरुप आचरण गर्नेवाला बन्छ । जबसम्म परमात्माको यस आदेशको पालन हुँदैन तब सम्म सत्यमा श्रद्धा हुँदैन ।

लक्ष्य सिद्धिका चार आश्रम – परमात्माको यस नियमले चार आश्रम बनाइएका छन् । जब मनुष्य परमात्मालाई जान्नको लागि ब्रह्मचर्यको व्रत धारण गरेर त्यसमा वेदहरुको निरन्तर स्वाध्याय गर्दछ र त्यसका अनुसार प्रत्येक वेदांगलाई राम्ररी जानेर वेदार्थद्वारा पदार्थहरुलाई जान्नको लागि पुरुषार्थ गर्दछ तब उसलाई परमात्मालाई जान्ने विधि , अभ्यास एवं वैराग्यले मनलाई एकाग्र गरेर समाधिद्वारा परमात्मालाई जान्ने क्षमता प्राप्त हुन्छ , र तब समाधिको विधिलाई जानेर विधिलाई जानेर क्रमवार गृहस्थ आश्रमलाई धारण गरेर कर्म गर्दै जान्छ ।

जब मन र इन्द्रियको वशीकरण हुन्छ – जब कर्म गर्नाले दुःखको प्राप्ति हुन्छ तब ऊ संसारका पदार्थहरुलाई दुःखको साधन सम्झेर तिनबाट पृथक् हुनको लागि वानप्रस्थ आश्रममा प्रवेश गरेर सुस्तरी सुस्तरी आफ्ना इन्द्रियहरुलाई वशमा गर्ने यत्न गर्दछ । जब यस प्रकारले आचरण गर्नाले मन र इन्द्रियहरुको वशीकरण गर्नमा सफलता प्राप्त हुन्छ तब ऊ संसारका विषयहरुबाट अलग भएर केवल परमात्मासँग प्रेम गर्दछ र उसको उपासनाले आनन्द प्राप्ति देखेर जगतका सकल व्यवहारबाट ईश्वरको प्रेममा मग्न हुन्छ ।

प्रकृतिले कसलाई तान्छ – यस प्रकारका सन्यासीहरुको दर्शन गरेर मान्छेहरु परमात्माका प्रति श्रद्धा र प्रेम उत्पन्न हुन्छ । जो जन परमात्माको प्राप्तिका लागि ब्रह्मचर्य रुपी व्रत धारण गर्दैनन् , उनीहरु कसरी गृहस्थ आश्रममा आएर ईश्वरलाई जान्ने अधिकार प्राप्त गर्न सक्छन् ? यस्तै मान्छे ईश्वरलाई जान्ने अधिकार नभएर मूर्तिपूजन आदि अविद्याका कर्ममा लागिपर्छन । जसले न त ब्रह्मचर्य आश्रममा नै वेद अध्ययन गरेका छन् न त गृहस्थाश्रममा नै पञ्च यज्ञादि नित्य कर्म गर्ने अभ्यास गर्छन् , तिनीहरु कसरी परमात्मालाई जान्न सक्छन् । तिनमा परमेश्वरप्रति कसरी श्रद्धा , प्रेम र भक्ति उत्पन्न हुन्छ ! यस्तै मान्छे अर्थार्थी तथा वाममार्गी बन्छन् किनकी इन्द्रियहरु लाई वशमा राख्न नसकेर उनीको मनलाई वशमा राख्ने अवशर हुन्न । मन उनीहरुलाई प्रतिक्षण प्रकृतिका पदार्थहरुतर्फ प्रवृत्त गर्दछ अथवा खिँच्छ । उनीहरु आफ्नो समस्त जीवन यसको दासतामा व्यतीत गर्छ ।

जसलाई सुख – दुःखका साधनहरुको यथार्थ ज्ञान छैन – उनीहरु स्वयंलाई चाहे अत्यन्त योग्य तथा बुद्धिमान सम्झून् , परन्तु वास्तवमा मूर्ख हुन् किनकी उनीहरुलाई सुख–दुःखका साधनहरुको ज्ञान हुँदैन । उनीहरु अविद्याका कारण दुःख दिनेवाला वस्तुहरुलाई नै सुखको साधन सम्झन्छन् र सुख दिनेवाला परमात्माको सत्तासँग सर्वथा विमुख छन् अथवा उनीहरुमा कत्ति पनि श्रद्धा छैन ।

वेदज्ञानद्वारा नै ईश्वरको ज्ञान – परमात्माको ज्ञान , परमात्माद्वारा दिइएको सद्ज्ञान वेदद्वारा नै सम्भव छ । जसरी कुनै पनि व्यक्ति सूर्यलाई दीपकको प्रकाशले देख्दैन परन्तु सूर्यका किरणले नै सूर्यको दर्शन गराउँछन् , त्यसरी नै कुनै पनि मनुष्य मनुष्यकृत ग्रन्थ अथवा मानवीय शक्तिबाट परमात्मालाई जान्न सक्दैन , न त परमात्मालाई नजानेरै सुख र शान्ति प्राप्त गर्न सक्छ । मुक्तिको साधन केवल परमात्माको ज्ञान हो । उनी नै सारा संंसारमा शान्तिका उपाय हुन् । त्यसलाई जान्नको लागि परमात्माले वर्ण–आश्रमको व्यवस्थाबाट निस्किएर आफ्नो ध्येयधामसम्म पुग्ने उपदेश दिनुभएको छ । जो मनुष्य परमात्माद्वारा बताइएको मार्गको विपरीत हिँड्छ , ऊ प्रकृतिको उपासनाको अन्धो गुफामा खसेर आत्मिक शान्तिबाट टाढा जान्छ । परमात्माले कृपा गरे धेरै कुरा प्राप्त हुन्छ ।

*ओ३म् शान्ति ! शान्ति ! शान्ति ! *

अहमदिया मुसलमानहरुसँग वार्तालाप






अहमदिया मुसलमानहरुसँग वार्तालाप




(पुस्तक मेलामा प्रायः इस्लामिक स्टलमा तपाई केही मुसलमान इस्लामको विषयमा ठुला ठुला कुरा गरेको देख्न सक्नुहुनेछ । जब एक आर्य समाजी इस्लामिक स्टलमा जान्छ तब के भयाो दिल्ली पुस्तक मेलामा यो वार्तालाप भएको थियो । नोट– वार्तालाप गर्नेवाला आर्य मित्रको परिचय गुप्त राखिएको छ । )




पुस्तक मेलामा म एक साथीसँग हिजो आइतबार साहित्य किन्न गए । त्यहाँ मिर्जा गुलाम अहमदद्वारा स्थापित अहमदिया फिरकाको बुक स्टल लागेको थियो । त्यस बुक स्टलमा वार्तालाप मैले सुने ।




एक अहमदिया मुस्लिम एक हिन्दुलाई पाठ पढाउँदै थियो ।




“ तपाईले इस्लाम र आतंकवादको मध्य सम्बन्धको बारेमा सुन्नुभएको छ होला । तर तपाई यो कहिल्यै पनि सुन्नुभएको छैन होला कि कुनै अहमदिया सम्प्रदायबाट कुनै पनि आतंकवादी सम्बन्धित होस् । न त कुनै विषालु दुष्प्रचार तपाईले हाम्रो सम्प्रदायको बारेमा सुन्नु भएको होला ।




जसै यी शब्द मेरा कानमा पुगे तब मैले बुझिहाले कि यिनीहरु अरुलाई भ्रमित गर्दै छन् ।



मैले भने , “ मियाँ साहब , तपाई गलत भन्दै हुनुहुन्छ । ” उनीहरुले सोधे कसरी । मैले भने – तपाईका मिर्जा गुलाम अहमदले आर्य समाजका पंडित लेखरामको हत्या गराएका थिए । यसबारे उसले भविष्यवाणी पनि गरेका थिए । पछि कुनै गुण्डा पठाएर छुराले मार्न लगाए । तर अचम्मको कुरा त यो छ कि मिर्जा साहबले यति ठुलो भविष्यवाणी त गरे कि पंडित लेखरामको हत्या हुनेवाला छ तर मिर्जाजी स्वयंको मृत्यु तड्पेर भयो । उनलाई यति भयंकर मधुमेह भयो कि उन एक दिनमा २०–२० पटक पिशाब गर्थे । ”




यो सुन्नासाथ मियाँ साहब त रिसाउन थाले ।




भने कि तपाई गलत भन्दै हुनुहुन्छ ।




मैले भने कि हामी गलत कहिले थियौँ । तपाईको यो दाबी नै गलत छ कि तपाईहरु विषाल् प्रचार गर्नुहुन्छ । तपाईका मिर्जाजीले बराहिन–ए–अहमदिया र सुरमा–ए–चश्मा –ए –आर्य जस्तै किताब लेखेका थिए जसमा आर्यसमाज जस्ता संस्थाहरुको भरपूर आलोचना गरिएको छ ।




तपाईका मिर्जा साहब अंग्रेजहरुको ईशारामा काम गर्थे । उनी अंग्रेजहरुको फुटाउ र राज्य गर भन्ने सिद्धान्तका सहायक थिए ।




यो सुन्ना साथ मियाँका साथ उभिएका साथी उग्र पो भए । उनीहरुले भने कि तपाईका दाबी गलत छन् । हाम्रा मिर्जा साहब त शान्तिको सन्देश दिनुहुन्थ्यो ।

मैले भने यहाँ पनि तपाई गलत हुनुहुन्छ । तपाई कादियानी मुसलमानको दाबी छ कि मिर्जा जी पैगम्बर थिए । बाँकी मुसलमान फिर्का मिर्जाजीलाई पैगम्बर भएको मान्यतालाई मान्दैनन्। पाकिस्तामा त तपाईको सम्प्रदायलाई मुसलमान नै मानिदैन तथा त्यहाँ तपाईलाई हज गर्नबाट मनाही नै छ ।




इस्लामिक कलिमाका अनुसार मुसलमान मुहम्मद साहिबलाई अन्तिम पैगम्बर मान्छन् जबकी तपाई मिर्जा जीलाई पनि पैगम्बर मान्नुहुन्छ । यस विवादका कारण तपाईका मस्जिदहरुमा पाकिस्तानमा बम बिस्फोट , कत्ल–ए–आम पनि भइ नै रहन्छन् ।




मेरा उत्तर सुनेर मियाँ साहब मलाई पैगम्बर कति प्रकारका हुन्छन् भनेर यस कुरामा अल्झाउन कोशिश गर्यो ।




यत्तिकैमा मेरो साथीले उनीहरुद्वारा प्रकाशित एक पुस्तक “कल्कि अवतार – हिन्दुहरुको धार्मिक ग्रन्थमा ” , लेखक –खुर्शीद अहमद प्रभाकर, दरवेश उठाएर त्यसमा पृष्ठ चारमा अथर्ववेदको २०÷११५÷१ मंत्रमा अहमिद्धि शब्दबाट “अहमद” शब्द ग्रहण गर्ने धूत्र्याइ भेटे । मैले पनि उनीहरुको त्यो धुत्र्याइ देखे ।

मैले भने कि वेद संस्कृत भाषामा छ भने त्यसको व्याकरण पनि संस्कृतमा नै हुन्छ । अरबी व्याकरणले वेदहरुको अर्थ कसरी निस्कन्छ ।




मैले फेरि भने — अनि के आधारमा अहमिद्धि शब्दबाट “अहमद” शब्दको ग्रहण गर्दै छौँ । यस पक्षले मियाँ साहब निरुत्तर भए ।




मैले भने अहमिद्धिबाट “म” शब्दको ग्रहण त व्याकरण अनुकूल छ तर अहमद शब्द कुनै पनि तरिकाले सिद्ध हुँदैन । अर्को कुरा वेद कुनै बाइबल या कुरआनका समान इतिहासको पुस्तक होइन । सृष्टिको आदिमा दिइएको ईश्वरीय ज्ञान हो ।




सत्य यो हो कि तिनै मिर्जाका एक शिष्य अब्दुल हक विद्यार्थीले विश्वका धर्मग्रन्थहरुमा मुहम्मद नामको यौटा पुस्तक लेखेको थियो । त्यसै पुस्तकमा उसले यो देखाउने प्रयास गरेको थियो मुहम्मद साहबको वर्णन वेदमा पाइन्छ । यिनको त्यो धुत्र्याइको तत्कालीन आर्यसमाजका विद्वान्हरुले धेरै उत्तर दिएका छन् ।

हामीले यो भनेपछि मियाँ साहबले सोधे कि के तपाईहरु आर्यसमाजी हुनुहुन्छ ?




मैले उत्तर दिए – तपाईहरुलाई के लाग्छ । केवल आफ्नो धर्म ग्रन्थको होइन बरु अरुका मतका पुस्तकहरुको समीक्षा त केवल स्वामी दयानन्दका शिष्यले नै जान्छन् । बाँकी हिन्दूहरुलाई यति पुरुषार्थ गर्ने कुनै बानी नै हुँदैन ।




यति भनेर वार्तालाप समाप्त भयो । हाम्रो वार्तालाप सुनेर भिड जम्मा भइसकेको थियो । हिन्दुहरु मन्द मन्द मुस्कुराएर गए । जब कि मियाँ तथा उनका साथीहरुको मुख लट्किएको थियो ।




यदि तपाईलाई यो वार्तालाप राम्रो लाग्यो भने “स्वामी दयानन्दजीको जय ” भन्न नबिर्सिनुहोला ।




तपाइको मित्र

एक आर्य

Thursday, September 5, 2019

रामायणमा सीताको अग्निपरीक्षा

 

रामायणमा सीताको अग्निपरीक्षा 

डॉ विवेक आर्य 

रामायण महाकाव्यमा सीताको अग्निपरीक्षा एक विवादित प्रसंगको रुपमा जानिन्छ । यस प्रसंगका अनुसार रामद्वारा रावणलाई युद्धमा हराएपछि लंकामा सीतालाई स्वीकार गर्नुपूर्व सीताको अग्निपरीक्षा लिइएको थियो । अग्निमा प्रवेश गरे पश्चात पनि सीताको शरीर भष्म भएन । यसमा सीताबाट सीताको पवित्रता सिद्ध भयो र श्रीरामद्वारा सीताई पवित्र जानेर स्वीकार गरे । 

सीताको अग्निपरीक्षाको प्रसंगलाई लिएर अनेकजनको विभिन्न विभिन्न छन् । महिला अधिकारहरुको नाममा दुकानदारी गर्नेहरु यसलाई नारीजातिमाथि अत्याचार, शोषण , नारीको अपमानको रुपमा हेर्दछन् । विधर्मी मतवाला यस प्रसंगमा हिन्दु धर्मलाई नारीशोषकको रुपमा चित्रित गर्छनु जसबाट धर्मान्तरणलाई समर्थन मिलोस् । अम्बेडकरवादी यसलाई मनुवाद , ब्राह्मणवादको प्रतीकको रुपमा मुद्दा उठाएर आफ्ना निजी स्वार्थ पूर्ति गर्दछन् । त्यसमाथि हाम्रा केही भाइहरु यसलाई श्रीरामका महिमा र चमत्कारको रुपमा गुणगान गाउँछन् । किनकी उनीहरुका लागि रामचन्द्र भगवान्का अवतार हुन् र भगवानका लागि जे पनि सम्भव छ । 
यस लेखमा सीताको अग्निपरीक्षालाई तर्कको कसौटीमा पक्षपात रहित भएर परीक्षा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछौँ – 

१. वाल्मीकि रामायणको श्रीरामचन्द्र महान्र व्यक्तित्व , मर्यादा पुरुषोत्तम , ज्ञानी , वीर , महामानव , ज्येष्ठ श्रेष्ठ आत्मा , परमात्माका परम भक्त , धीर – वीर पुरुष , विजयपश्चात पनि विनम्रादि गुणले विभूषित ,महानायक , सद्गृहस्थ तथाआदर्श महापुरुष थिए । यस्ता महान् व्यत्तित्वको महान् गुणहरुका समक्ष सीताको अग्निपरीक्षा गेर पवित्रतालाई निर्धारित गनर्् एक बलात् थोपडियो , आरोपित , मिथ्या एवं अस्वीकार्य घटना प्रतीत हुन्छ । श्रीरामको महान व्यक्तित्व एवं आदर्श विचारहरुका समक्ष यो प्रसंग अत्यन्त तुच्छ छ । यसबाट सिद्ध हुन्छ कि या प्रसंग बेमेल हो । 

२. वैदिक कालमा नारी जातिको स्थान समाजमा मध्य कालको समान निकृष्ट थिएन । वैदिक कालमा  नारी वेदहरुका ऋषिकाहरुदेखि गार्गी ,मैत्रेयीका समान महान् विदुषी थिए , कैकेयी समान महान् क्षत्रिया थिए जो दशरथका साथ युद्धमा पराक्रम देखाउँथिन् , कौशल्याका समान दैनिक अग्निहोत्री र वेदपाठी थिइन् । सम्पूर्ण रामायणमा यस तथ्यलाई सिद्ध गरिएको छ कि रावणको अशोकवाटिकामा बन्दी सीताले रावण शक्तिशाली र समर्थ हुँदा हुँदै पनि सीताको इच्छा  विरुद्ध उसको निकट जाने साहस गर्न सकेन । यो त्यस कालको सामाजिक मर्यादा एवं नारी जातिको पत्नीव्रता शत्तिको उद्बोधक थियो । रामायणकालमा सामाजिक मर्यादाको एक अन्य उदाहरण यस तथ्यबाट सिद्ध हुन्छ कि परनारीको अपहण गर्ने रावण र परपुरुषको इच्छा राख्ने शूर्पनखालाई राक्षस भनियो भने सबै प्रलोभनले विरक्त एवं एक पत्नीव्रत श्रीराम र शूर्पणखाको व्यभिचारी प्रस्ताव अस्वीकार गर्ने लक्ष्मणजीलाई देव भनिएकावे छ । यस्ता महान् समाजमा विदुषी र तपस्वी सीताको सत्य वचन नै उनको पवित्रतालाई सिद्ध गर्नको लागि पूर्ण थियो । यस आधारमा पनि अग्निपरीक्षा एक मनगढन्त प्रसंग नै हो । 

३. वैज्ञानिक दृष्टिे पनि सोच्दा यो संभव छैन कि क्नै पनि मनुष्यको शरीर अग्निमा प्रवेश गर्दा पनि ऊ नजलेर सकुशल बाँचोस् । के अग्निकुनै पवित्रताको परीक्षा लिन सक्षम हु्न्छ होला ? वैज्ञानिक तर्कका विरुद्ध सीताको अग्निपरीक्षालाई चमत्कारको संज्ञा दिनु मन बहलाउने समान हो । केवल आस्था, विश्वास र श्रद्धा रुपी मान्यतले संसार चल्दैन । कुनै पनि मान्यतालाई सत्य एवं ज्ञानले सिद्ध भए पछि मात्रै ग्रहण गर्न योग्य मान्नुपर्छ । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ । 

४. सुग्रीवकी पत्नी जसलाई बालीले बन्धक बनाएर राखेको थियो , बालीको वध पश्चात जब सुग्रीवले बिना अग्निपरीक्षा स्वीकार गर्नसक्छन् भने श्रीराम हरण गरिएकी सीतालाई किन स्वीकार गर्दैनथे होलान् ? श्रीरामलाई आदर्श मान्नेवाला यस तर्कलाई बिथोल्न सक्दैनन् । 

५. यसै पुस्तकमा रामायणको प्रक्षिप्त ( विशेषगरी उत्तरकाण्ड) को वर्णन अन्य लेखमा गरिएको छ । यसै आधारमा सीताको अग्निपरीक्षाको प्रसंग पनि प्रक्षिप्त भएका कारण अस्वीकार्य छ । रामायणको महान् गाथा त युद्ध पश्चात् हनुमानद्वारा राम विजयको सूचना सीतालाई दिएपछि , सीतासँगको पुनर्मिलन र अयोध्या फर्किपछि समाप्त  भइसकेको थियो । रामायणमा मिलावट गरेर श्रीरामको आदर्श चरित्रलाई दुषित गर्ने एवं अग्निपरीक्षा व्यर्थ आरोपित गर्ने कार्य मध्यकालको देन हो । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्त प्रसंग सिद्ध हुन्छ । 
रामायण नारी जातिको सम्मानको पनि शौर्य गाथा हो । यस ग्रन्थले सन्देश दिन्छ कि यदि  एक अत्याचारी परनारीको हरण गर्छ भने सागर माथि पुल बनाउन परे पनि , वर्षौ सम्म जंगलमा भट्किन परे पनि , शक्ति जति सीमित भए पनि , दृढ निश्चयी एवं सत्य मार्गका पथिक नारी जातिको तिरस्कारको , अपमानको प्रतिशोध प्राण हरण गरेर भए पनि लिन्छन् । यस्तो महान् गाथामा सीताको अग्निपरीक्षा जस्तो अनमेल , अप्रासांगिक वर्णन प्रक्षिप्त या मिलावटी हुनु बाहेक अरु केही होइन ।

Tuesday, September 3, 2019

दूधको दूध र पानीको पानी !



दूधको दूध र पानीको पानी ! 

वैदिक गवेषक पंडित शिवपूजन सिंह

६ डिसेम्बर १९५६ मा माननीय डा. अंबेडकरजीको देहावसान भयो । कानपुरका वैदिक गवेषक पंडित शिवपूजन सिंहजीको चर्चित “ भ्रान्ति निवारण ” सोह्र पृष्ठीय लेख “सार्वदेशिक ” मासिकको जुलाई– अगस्त १९५१ अंकमा उनको देहावसानको पाँच वर्ष तीन महिना पूर्व प्रकाशित भयो । डा. अम्बेडकरजी यस मासिकसँग राम्रोसँग परिचित हुनुहुन्थ्यो र त्यसैकारण यो चर्चित अंक पनि उनको सेवामा पठाइएको थियो । लेख डा. अम्बेडकरको वेदादि विषयक विचारहरूको समीक्षामा५४ प्रामाणिक उद्धरणहरूका साथ लेखिएको थियो। यसको प्रति विदर्भको वाशिम जनपदको आर्य समाज कारंजाको प्राचीन ग्रन्थालयमा सुरक्षित छ । 

आशा थियो कि अम्बेडकरजी जस्ता प्रतिभाशाली विद्वान् या त यसको उत्तर दिनुहुन्छ या आफ्ना पुस्तकहरूमा बताइएका अकाट्य तथ्यहरुको प्रकाशमा सम्पादि गर्नुहुन्छ होला । तर उहाँले यस्तो केही गर्नुभएन । यसको कारण सायद यो थियो कि जो जातिगत भेदभाव र अपमान उहाँले लगातार सहनुभएको थियो , त्यसको वेदना र विद्रोहले उनलाई यस्तो गर्नबाट रोकिदियो । 

डा. अम्बेडकरजीका दुवै पुस्तकहरू – अछुत को र कसरी तथा शुद्रहरूको खोज – मा  लेख शंका समाधान शैलीमा लेखिएको थियो तर डा. कुशलदेव शास्त्रीजीले यसलाई सुविधा र सरलता हेतु संवाद शैलीमा रुपान्तरित गर्नुभएको जसलाई यहाँ प्रस्तुत गरिँदै छ । यस लेखलाई स्वामी दयानन्दजीद्वारा लिखित “ ऋग्वेदादिभाष्यभूमिका” को आलोकमा पढेर सत्यासत्यको निर्णय सहर्ष लिन सकिनेछ । 

१. “ अछुत को र कसरी ” 

डा. अम्बेडकर – आर्यहरू निर्विवाद रूपमा दुई भाग र दुई संस्कृतिमा विभक्त थिए , जसमा एक ऋग्वेदीय आर्य र अर्को अथर्ववेदीय आर्य , जसको बिचमा ठुलो सांस्कृतिक खाडल थियो । ऋग्वेदीय आर्य यज्ञमा विश्वास गर्थे , अथर्ववेदीय जादु–टोनामा विश्वास गर्थे । 

पंडित शिवपूजन सिंह – दुई प्रकारका आर्यको कल्पना केवल तपाईको र तपाईजस्ता केही मस्तिष्कहरूको उपज हो । यो केवल कपोलकल्पित या कल्पना विलास हो । यसका पछाडि कुनै ऐतिहासिक प्रमाण छैन । कुनै पनि ऐतिहासिक विद्वान् पनि यसको समर्थन गर्दैन । अथर्ववेदमा कुनै पनि प्रकारको जादु टोना छैन । 

डा. अम्बेडकर – ऋग्वेदमा आर्यदेवता इन्द्रको सामना उसको शत्रु अहि – वृत्र (साँप देवता ) सँग हुन्छ , जो कालान्तरमा नाग देवताको नामले प्रसिद्ध भयो । 

पं शिवपूजन सिंह – वैदिक तथा लौकिक संस्कृतमा आकाश पातालको अन्तर छ । यहाँ इन्द्रको अर्थ सूर्य र वृत्रको अर्थ मेघ हो । यो संघर्ष आर्य देवता र नाग देवताको नभएर सूर्य र मेघको बीचमा हुनेवाला संघर्ष हो । वैदिक शब्दको विषयमा निरुक्तको यो मत मान्य हुन्छ । वैदिक निरुक्त प्रक्रियासँग अनभिज्ञ भएका कारण नै तपाईलाई यो भ्रम भएको हो । 

डा. अम्बेडकर – महामहोपाध्याय डा. काणेको मत छ कि गाईको पवित्रताका कारण नै वाजसनेही संहितामा गोमांसको भक्षणको व्यवस्था गरिएको छ । 

पं शिवपूजन सिंह – श्री काणे जीले वाजसनेही संहितको कुनै प्रमाण सन्दर्भ दिइएको छैन र न त तपाईले यजुर्वेद नै पढूने कष्ट उठाउनु भएको छ । तपाई जब यजुर्वेदको स्वाध्याय गर्नुहुनेछ तवब तपाईलाई गोवध निषेधको प्रमाण मिल्नेछ । 

डा. अम्बेडकर – ऋग्वेदबाट यो स्पष्ट छ कि तत्कालीन आर्य गोहत्या गर्थे र गोमांस खान्थे । 

पं शिवपूजन सिंह – केही पूर्वीय र पाश्चात्य विद्वान् आर्यहरू गोमांस भक्षणको दोषारोपण गर्छ् , किन्तु धेरै प्राच्य विद्वान्ले यस मतको खण्डन गरेका छन् । वेदमा गोमांस भक्षणको विरोध गर्नेवाला २२ विद्वानहरुको मसँग स–सन्दर्भ प्रमाण छ । ऋग्वेदबाट गोहत्या र गोमांस भक्षणको तपाई जो विधान भन्दै हुनुहन्छ , त्यो वैदिक र लौकिक संस्कृतको अन्तरबाट अनभिज्ञ भएका कारण भन्दै हुनुहुन्छ । जो वेदमा “उक्ष ” बलवर्धक औषधीको नाम हो जबकी लौकिक संस्कृतमा त्यसको अर्थ “गोरु” नै किन नहोस् । 

डा. अम्बेडकर – बिना माँसुको मधुपर्क हुनसक्दैन । मधुपर्कमा माँसु र विशेष रूपले गोमांसको एक आवश्यक अंश पनि हो । 

पं शिवपूजन सिंह –तपाईको यो विधान वेदहरूमा होइन बरु गृह्यसूत्रहरुमा आधारित छ । गृहसूत्रको वचन वेद विरुद्ध भएका कारण यो माननीय छैन । वेदलाई स्वतः प्रमाण मान्ने महर्षि दयानन्द सरस्वतीजीका अनुसार , “ दहीमा घिउ र मह मिलाउनु मधुपर्क भनिन्छ । यसको परिमाण १२ तोला दहीमा चार तोला शहद या चार तोला घिउ मिलाउनु हो । 

डा. अम्बेडकर  – अतिथिको लागि गोहत्याको कुरा यति सामान्य भइसकेको थियो कि अतिथिको नाम नै “ गोघ्न ” , अर्थात् गाईको हत्या गर्नुपरेको रहेको देखिन्छ । 

पं शिवपूजन सिंह – “गोघ्न ” को अर्थ गाईको हत्या गर्नेवाला होइन । यो शब्द “ गौ” र “हन ” को योगबाट बनेको छ । गौको अनेक अर्थ छ , यथा– वाणी , जल , सुखविशेष , नेत्र आदि । धातुपाठमा महर्षि पाणिनि “ हन” को अर्थ “ गति ”  र “ हिंसा ” बताउनुहुन्छ । गतिको अर्थ हो – ज्ञान , गमन र प्राप्ति । प्रायः सबै सभ्य देशमा जब कसैको घरमा अतिथि आउँछ तब उसको स्वागत गर्नको लागि गृहपति घरबाट निस्किएर केही गति गर्छ , हिँड्छ , उसँग मधुर वाणीमा बोल्छ तथा जलले उसको सत्कार गर्छ र यथासंभव उसको सुखको लागि अन्यान्य सामग्रीहरु प्रस्तुत गर्छ एवं यो जान्नको लागि कि प्रिय अतिथि यी सत्कारले प्रसन्न हुन्छ कि नाइ , गृहपतिको आँखा पनि उसमाथि लागेको हुन्छ । “गोघ्न ” को अर्थ हुन्छ – “ गौः प्राप्यते दीयते यस्मैः स गोघ्नः ” = जसका लागि गौदान दिइन्छ , त्यो अतिथि “ गोघ्न ” कहलिन्छ । 

डा. अम्बेडकर – हिन्दु ब्राह्मण होओस् या अब्राह्मण , न केवल मांसाहारी थिए परन्तु गोमांसाहारी पनि थिए । 

पं शिवपूजन सिंह – तपाईको कथन भ्रमपूर्ण छ , वेदमा गोमांस भक्षणको कुरा त के , मांस भक्षणको विधान पनि छैन । 

डा. अम्बेडकर – मनुले गोहत्याको विरोधमा कुनै कानून बनाएनन् । उनले त विशेष अवसरहरुमा “ गो–मांसाहार ” अनिवार्य ठहराएका छन् । 

पं शिवपूजन सिंह– मनुस्मृतिमा कतै पनि मांसभक्षणको वर्णन छैन । जो छ , त्यो प्रक्षिप्त छ । तपाईले पनि यसबारे कुनै प्रमाण दिनुभएको छैन कि मनुजीले भने कि गोमांस अनिवार्य ठहराएका छन् । मनु (५÷५१)का अनुसार हत्याको अनुमति दिनेवाला , अंगहरु काट्नेवाला, मार्नेवाला , किन्ने या बेच्नेवाला , पकाउनेवाला , पस्किनेवाला र खानेवाला यी सबैलाई घातक भनिएको छ । 

––––––––––––––––––––––––––––––––––––––––––––––––––
२. “शूद्रहरुको खोज ”

डा. अम्बेडकर – पुरुष सूक्त ब्राह्मणहरुले आफ्नो स्वार्थ सिद्धिका लागि प्रक्षिप्त गरेका छन् । कोल बुकको कथन छ कि पुरुष सूक्त छन्द र शैलीमा शेष ऋग्वेदसँग सर्वथा भिन्न छ । अन्य पनि अनेक विद्वान्को मत छ कि पुरुष सूक्त पनि पछि बनेको हो । 

पं शिवपूजन सिंह – तपाईले जुन पुरुष सूक्तमा आक्षेप गर्नुभएको छ त्यसले तपाईको वदप्रतिको अनभिज्ञतालाई प्रस्तुत गर्दछ । आधिभौतिक दृष्टिले चारै वर्णका पुरुषहरुको समुदाय – “संगठित समुदाय ” – “एक पुरुष” रुप हो । यस समुदाय पुरुष या राष्ट्र पुरुषको यथार्थ परिचयको लागि पुरुष सूक्तको मुख्य मन्त्र “ ब्राह्मणोऽस्य मुखमासीत् .......” (यजुवेद ३१÷११) मा विचार गर्नुपर्छ । 
उक्त मन्त्रमा भनिएको छ कि ब्राह्मण मुख हो , क्षत्रिय भुजा , वैश्य जाँघ हो भने खुट्टा शुद्र । केवल मुख , केवल भुजाहरु , केवल जंघाहरु र केवल खुटटा पुरुष होइन अपितु मुख , भुजा , जाँघ र खुट्टा “यिनको समुदाय ” पुरुष अवश्य हो । त्यो समुदाय पनि यदि असंगठित र क्रमरहित अवस्थामा भएको भए हामीलाई उसलाई पुरुष भनिन्नथ्यो । त्यस समुदायलाई पुरुष तब भनिन्छ जब एक विशेष प्रकारको क्रममा होओस् र एक विशेष प्रकारले संगठित होओस् । 

राष्ट्रमा मुखको स्थानापन्न ब्राह्मण हो , भुजाहरुको स्थानापन्न क्षत्रिय हो , जाँघको स्थानापन्न वैश्य र खुट्टाको स्थापान्न शुद्र हो । राष्ट्रमा चारै वर्ष जब शरीरको मुख आदि अवयवहरुझैँ सुव्यवस्थित हुन्छन् तब यिनको पुरुष संज्ञा हुन्छ । अव्यवस्थित या छिन्न भिन्न अवस्थामा स्थित मनुष्य समुदायलाई वैदिक परिभाषामा पुरुष शब्दले बोलाइँदैन । 

आधिभौतिक दृष्टिले यो सुव्यवस्थित तथा एकताको सूत्रमा उनिएको ज्ञान, क्षात्र , व्यापार ,परिश्रम यिनको निदर्शक जनसमुदाय नै “ एक पुरुष ” रुप हो । 
चर्चित मन्त्रका महर्षि दयानन्दजी यस प्रकार अर्थ गर्नुहुन्छ – 

“यस पुरुषको आज्ञाका अनुसार विद्या आदि उत्तम गुण , सत्य भाषण सत्योपदेश आदि श्रेष्ठ कर्महरुले ब्राह्मण वर्ण उत्पन्न हुन्छ । यिनको मुख्य गुण र कर्मले सहित हुनाले ऊ मनुष्यहरुमा उत्तम कहलिन्छ र ईश्वरले बल पराक्रम आदि पूर्वोक्त गुणहरुले युक्त क्षत्रिय वर्णलाई उत्पन्न गर्नुहुन्छ । यस पुरुषको उपदेशले खेती , व्यापार र सबै देशहरुको भाषाहरु जान्न र पशुपालन आदि मध्यम गुष्णहरुले वैश्य वर्ण सिद्ध हुन्छ । जसरी खुट्टा सबैभन्दा तलको अंग हो , त्यसरी नै मूर्खता आद गुणहरुले शुद्र वर्ण सिद्ध हुन्छ । ” 

तपाईको कथन कि पुरुष सूक्त धेरै समय पछि जोडिएको हो , सर्वथा भ्रमपूर्ण हो । मैले आफ्नो पुस्तक “ऋग्वेद दशम मण्डलमा पाश्चात्य विद्वान्हरुको कुठाराघात ” मा सम्पूर्ण पाश्चात्य र प्राच्य विद्वान्हरुको यस मतको खंडन गरिएको छु कि ऋग्वेदको दशम मण्डल , जसमा पुरुष सूक्त पनि विद्यमान छ , पछि बनेको हो । 

डा. अम्बेडकर – शूद्र क्षत्रियहरुको वंशज भएका कारण क्षत्रिय हुन् । ऋग्वेदमा सुदास , तुरवाशा , तृप्सु , भरत आदि शुद्रहरुको नाम आएको छ । 
पं शिवपूजन सिंह – वेदहरुका सबै शब्द यौगिक हुन् , रुढि होइनन् । तपाईले ऋग्वेदबाट जुन नामहरुलाई प्रदर्शित  गर्नुभएको छ त्यो ऐतिहासिक नाम होइन । वेदमा इतिहास छैन किनकी वेद सृष्टिको आदिमा दिइएको ज्ञान हो ।

डा. अम्बेडकर – छत्रपति शिवाजी शुद्र र राजपूत हूणहरुका सन्तान थिए ( शुद्रहरुको खोज , दसौँ अध्याय , पृष्ठ ,७७–९६) 

पं शिवपूजन सिंह – शिवाजी शुद्र थिएनन् बरु क्षत्रिय थिए । यसका लगि यथेष्ट प्रमाण इतिहासमा भरिएका छन् । राजस्थानका प्रख्यात इतिहासज्ञ महामहोपाध्याय डा. गौरीशंकर हीरचन्द ओझा , डि.लिट् , लेख्नुहुन्छ – “ मराठा जाति दक्षिणी हिन्दुस्थानका बस्नेवाला हुन् । त्यस जातिका प्रसिद्ध राजा छत्रपति शिवाजीको वंशका मूलपुरुष मेवाडको सिसौदिया राजवंशसँग नै थियो । कविराज श्यामल दासजी लेख्नुहुन्छ – “शिवाजी महाराणा अजय सिंहका वंशमा थिए । ”यही सिद्धान्त डा. बालकृष्णजी , एम.ए., डि.लिट् , एफ.आर.एस.एस. , को पनि थियो । 

यसै प्रकार राजपूत हूणहरुका सन्तान होइनन् किन्तु विशुद्ध क्षत्रिय थिए । श्री चिन्तामणि विनामक वैद्य , एम.ए. , श्री ई . बी . कावेल , श्री शेरिंग , श्री व्हीलर , श्री हंटर ,श्री क्रूक,पं नगेन्द्रनाथ भट्टाचार्य , एम.ए.डी.एल. आदि विद्वान् राजपुतहरुलाई शुद्ध क्षत्रिय मान्छन् । प्रिवी कौंसिलले पनि निर्णय गरेका छन् कि जो क्षत्रिय भारतमा बस्छन् र राजपुत दुवै एकै श्रेणीका हुन् । 

Source– आर्य समाज र डा. अम्बेडकर -डा. कुशलदेव शास्त्री 

Sunday, September 1, 2019

स्त्रिलाई वेद पढ़ने अधिकार



स्त्रिलाई वेद पढ़ने अधिकार

लेखक- प्रो० उमाकान्त उपाध्याय (आर्य समाज कलकत्ता)
प्रस्तुति- अवत्सार
नेपाली अनुवादक- नबराज आर्य

(आर्य संसार - १९९४ बाट संकलित)
कलकत्ता आर्य समाज द्वारा प्रेसित विज्ञप्ति

[पुरी का शङ्कराचार्य श्री निश्चलानन्द जी ले कलकत्तामा एक महिला लाई वेदपाठ गर्नलाई रोके। यो बड़ो अशोभनीय एवं आत्मघाती कार्य थियो। कलकत्तामा यस बाट उग्र चर्चा खडा भयो। महिलाहरुलाई वेदाधिकार त आर्यसमाज को सीधा मोर्चा नैं हो। हामिहरुले  आर्य समाज को तर्फ बाट प्रेस कान्फ्रेन्स गर्यौं। अधिक संख्यामा प्रेस वालाहरु आर्यसमाज मा आए अनि हाम्रो विज्ञप्तिको राम्रो स्वागत पनि भयो। उ०प्र० गुजरात आदि प्रान्तहरु बाट पनि हाम्रो चैलेन्ज को प्रकाशनको समाचार आए। हामि आफ्नो विज्ञप्ति लाई अविकल छापि रहेका छौं। -सम्पादक]

पुरी का शंकराचार्य श्री स्वामी निश्चलानन्द जी सरस्वती ले कलकत्ता इन्स्टीच्यूट हल मा रविवार १६ जनवरी १९९४ को दिन  शारदेश्वरी आश्रम को पुरोगम मा श्रीमती अरुन्धती राय चौधरी लाई वेद मन्त्र पढ़न बाट मनाही गरि दिए। स्वाभाविक हो कि यस बाट प्रबुद्ध उदार वर्गमा अनि विशेषरूप ले महिलाहरुमा क्षोभ उत्पन्न भयो। श्री स्वामी निश्चलानन्द जी को यो मत छ कि वेदमा स्त्रिलाई वेद पढ़ने निषेध गरिएको छ। यो पनि समाचार छापियो कि प्रसिद्ध वैदिक विदुषी श्रीमती सुकुमारी भट्टाचार्या ले यो स्वीकार गर्नु भयो कि वेदमा स्त्रिलाई वेदाधिकार को निषेध छ। अतः सुकुमारी जी ले यो पनि भन्नुभयो कि वेद को २०वीं शताब्दी मा यति के औचित्य छ कि उसको प्रत्येक शब्द स्वीकार गरियोस्। स्वामी निश्चलानन्द जी शंकराचार्य ले यो पनि भनें कि स्त्रिको उपनयन संस्कार हुँदैन अतः उनिहरुलाई वेद पढ़ने अधिकार छैन।

प्रमाण-हीन-वक्तव्य- स्वामी शंकराचार्य जी ले या श्रीमती सुकुमारी भट्टाचार्य जी ले यो भनेनन् कि  कुन वेद मा स्त्रिलाई वेदाधिकार को निषेध कहाँ छ। हामि बड़ो आदरको साथ नम्रतापूर्वक यि धर्माचार्यहरुको र विद्वानहरुको सेवा मा श्रद्धापूर्वक निवेदन गरिन चाहन्छौं कि ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यि चारै संहिताहरुमा कहीं एउटा पनि मन्त्र या मन्त्रांश यस्तो छैन जो स्त्रि ले वेद पढ़्न को निषेध गरिएको होस्। हामि बड़ो नम्रता पूर्वक, किन्तु सत्य रक्षा को लागि अत्यन्त सबल शब्दमा बड़ो दृढ़ता पूर्वक यो भन्न चाहन्छौं, कि चारै वेदमा कहीं पनि स्त्रिलाई वेदाधिकार को निषेध हामिलाई मिलेको छैन। हामिले आर्यसमाज को र अन्य व्यक्तिगत परिवारका वेद पारायण महायज्ञका प्रसंग मा कायौं पटक चारै वेद का पारायण पाठ गरेका छौं। आज सम्म शताधिक वेद पारायण यज्ञहरुमा वेद पाठ गरि रहेको छु। बीस सहस्र भन्दा पवि धेरै संहिता मन्त्रहरुमा कहीं पनि स्त्रिलाई वेदाधिकार को निषेध को गन्ध सम्म छैन। मैले व्यक्तिगत रूपले आफ्नो अध्ययन र पाठको आधार मा यो तथ्य सत्यापित गरि रहेको छु।

"सा मा सत्योक्तिः परिपातु विश्वतः" ऋ०७।८।१२।२
वेद भगवान को सत्यउक्ति हाम्रो सब प्रकारले रक्षा गरुन्।

मानवमात्रलाई वेदाधिकार- मंध्यकाल मा जब कैयौं प्रकारका अनार्ष मिथ्या अनि साम्प्रदायिक मतवाद प्रचलित हुन थाले तब कर्म काण्ड का अनार्ष ग्रन्थहरुमा 'न स्त्री शूद्रौ, वेदमधीयाताम।' अनि 'स्त्री शूद्र द्विज बन्धूनामन्त्रयी न श्रुति गोचरा' जस्ता उक्तिहरु अनि विधान प्रचलित भए। यो भारतीय संस्कृति र वैदिक परम्परा को अन्धकारपूर्ण युग थियो। वेद मनुष्य मात्र को लागि हो। वेद परमेश्वर को वाणी हो। जस्तै पृथ्वी, जल, वायु, सूर्य, आकाश परमेश्वर निर्मित हो र मनुष्यमात्रको लागि हो, उसै प्रकार वेद पवि परमेश्वर को वाणी भएको कारण मनुष्यमात्र को लागि हो। प्रसिद्ध वेदोद्धारक स्वामी दयानन्द सरस्वती ले यजुर्वेद को २६वें अध्याय को दोश्रो मन्त्र को प्रमाण दिएर भनेका छन्-

“यथेमां वाचं कल्याणीमवदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्रायचार्याय च स्वाय चारणाय॥"
अर्थात्- परमेश्वर उपदेश गर्दछन् कि जस्तै म सब मनुष्यहरुको लागि यस कल्याणी वेदवाणी को उपदेश गर्दछु त्यस्तै सब मनुष्य गर्ने गरुन्। यसमा प्रजनेभ्यः शब्द त छ नैं वैश्य, शूद्र अनि अति शूद्र आदि को गणना पनि आएको छ। यो बड़ो सुस्पष्ट प्रमाण हो। वेद का विद्वाहरुले स्वामी दयानन्द सरस्वती को यो अद्भुत प्रमाण लाई हृदय खोलेर देश अनि विदेश मा स्वागत गरे। त्यो अन्धकार युग मा यो वेद को सूर्यवत् प्रकाश थियो। कलकत्ता विश्वविद्यालय का प्रसिद्ध वेद विद्वान श्री सत्यव्रत सामश्रमी ले आफ्नो अति सम्मानित ग्रन्थ "ऐतरेयालोचन'' मा लेखेका छन् कि स्वामी दयानन्दले मनुष्य मात्र को वेदाधिकार मा साक्षात वेदमन्त्र लाई प्रमाण प्रस्तुत गरि दिएका छन्।

विश्व विख्यात विचारक, अनि समालोचक रोमा रोलाँ ले स्वामी दयानन्द लाई यो भनेंर श्रद्धांजलि दिएका छन् कि साँच्चै त्यो दिन भारतको लागि एक नव युग को निर्माण को दिन थियो जब स्वामी दयानन्द ले एक ब्राह्मण संन्यासी भएर पनि सैकड़ों वर्ष देखि तालामा बन्द वेदलाई मनुष्य मात्र को पढ़नुको अधिकारको प्रतिपादन गरे।
स्वामी दयानन्द जी ले त आर्य समाज को नियमहरुमा एक नियम नैं बनाइ दिए कि वेद लाई पढ़्नु पढ़ाउनु  परम धर्म हो। आज स्वामी निश्चलानन्द जी जो जे पनि भनुन् भन्नमा स्वतंत्र छन् किन्तु आजका दिनमा दर्जनौं कन्या गुरुकुलहरुमा हजारौं छात्राहरप वेद पढ़ि रहेका छन। अनि सैकड़ौं वेद विद्या की गम्भीर विदुषिहरु, आचार्याहरु वेद पढ़ाई रहेका छन्।

प्राचीन काल मा वेद विदुषी महिलाहरु- ऋषि मन्त्रद्रष्टा थिए, ऋषिकाहरु पनि मन्त्रद्रष्टा हुन्छन्। लोपामुद्रा, गार्गी, मैत्रेयी इत्यादि कैयौँ इतिहास प्रसिद्ध ऋषिकाहरु छन्। सोह्र ऋषिकाहरु ऋग्वेद मा छन्।
संस्कारमा स्त्रिहरु मन्त्र पाठ गर्ने गर्दथे “इमं मन्त्रं पत्नी पठेत्” यस्तो कर्मकाण्ड का ग्रन्थमा निर्देश छ अतः स्त्रीलाई मन्त्र पाठ स्वतः सिद्ध छ।

कन्याहरुको उपनयन- कन्याहरुको पनि उपनयन हुन्थ्यो र आज पनि कैयौं वैदिक परिवारहरुमा कन्याको उपनयन हुन्छ अनि स्त्रिहरु यज्ञोपवीत लगाउँदछन्। सन्ध्या अग्नि होत्र गर्छन् वेदपाठ पनि गर्दछन्। निर्णय सिन्धु तृतीय परिच्छेदमा लेखेको छ कि-

"पुराकल्पेतु नारीणा नौञ्जीबन्धनमिष्यते। अध्ययनंच वेदानां भिक्षाचर्यं तथैव च॥"

यसमा यज्ञोपवीत अनि वेदको अध्ययन दुई वटै को विधान छ।

शंकराचार्य निश्चलानन्द सरस्वती जी ले कसरी विरोध गर्दछन् यो उनै जानुन्।
हारीत संहिता मा दुई प्रकार का स्त्रिहरुको उल्लेख छ-
(१) ब्रह्मवादिनी
(२) सद्योवधू

ब्रह्मवादिनी- तत्र ब्रह्मवादिनीनाम् उपनयनं अग्निबधनं वेदाध्ययनं स्वगृहे भिक्षा इति।
पराशर संहिता अनुसार ब्रह्मवादिनी स्त्रिको उपनयन हुन्छ, तिनिहरु अग्नि होत्र गर्छन्, वेदाध्ययन गर्दछन् र अपने परिवारमा भिक्षावृत्ति गर्दछन्।

सद्योवधू- ‘सद्योबधूनां तू उपस्थिते विवाहे कथंचित् उपनयनं कृत्वा विवाहः कार्यः।' - सद्योवधू ति स्त्रि हुन् जसको विवाहको समय उपनयन गरेर विवाह गरि दिईन्छ। जस्तो आजकल पुरुषको विवाहमा कैयौं स्थानमा हुने गरेको छ।

वेदमा उपनीता स्त्री- ऋग्वेद को मण्डल १० सूक्त १०९ मन्त्र ४ मा लेखेको छ कि- “भीमा जाया ब्राह्मणस्योपनीता” यहाँ उपनीता जाया एकदम सुस्पष्ट छ।

आचार्या अनि उपाध्याया उनि स्त्रि हुन्, जो स्वयं पढ़ाउँदैनन् तब पनि आचार्य की स्त्री आचार्यानी र उपाध्याय की स्त्री उपाध्यायानी कहलिन्छन्।

शंकर दिग्विजय मा मण्डन मिश्र की पत्नी भारती देवी को विषयमा लेखेको छ कि-
'शास्त्रणि सर्वाणिषडवेदान् काव्यादिकान्वेत्ति यदत्र सर्वम्।'
इसमें भारती देवी लाई षडङ्गवेदाध्ययन को बात सुस्पष्ट छ।

कौशल्या ले अग्निहोत्र- अग्निहोत्र मा वेदमन्त्र बोलिन्छ पढिन्छ। अनि कौशल्या अग्निहोत्र गर्दथिन् बाल्मीकि रामायण मा अयोध्या काण्ड अ: २०-१५ श्लोक मा द्रष्टव्य छ-

साक्षौमवसना हृष्टा नित्यं व्रतपरायणा।
अग्नि जहोतिस्म तदा मन्त्रवत्कृतमज्जला।।

कौशल्या रेशमी वस्त्र पहिरिएर व्रत पारायण भएर प्रसन्न मुद्रा मा मन्त्र पूर्वक अग्निहोत्र गरि रहेकी थिईन्। यसै प्रकार अयोध्या काण्ड आ० २५ श्लोक ४६ मा कौशल्या को यथाविधि स्वतिवाचन को पनि वर्णन छ।

सीता को सन्ध्या- लंकामा हनुमान सीता लाई खोज्दै अशोक वाटिका मा गए किन्तु उनलाई सीता मिलिनन्। हनुमानले वहाँ एक पवित्र जल वाली नदी देखे। हनुमानल्ई निश्चय थियो कि यदि सीता यहाँ छन् भनें सन्ध्या को समय आएको छ अनि सीता यहाँ सन्ध्या गर्नको लागि अवश्य आउने छिन्। सुन्दरकाण्ड अ० १४, श्लोक ४९ मा लेखेको छ कि-

सन्ध्याकालमनाः श्यामा ध्रुवमेष्यति जानकी।
नदींचेमांशुभजला सध्यार्थ वरवर्णिनी॥
अर्थात् वर वर्णिनी सीता यो शुभ जल वाली नदी मा सन्ध्या गर्नको निमित्ति अवश्य आउने छन्।

यो सानो प्रयासमा हामिले साक्षात् वेद वचन उद्धृत गरेर यो प्रमाण दिएका छौं कि वेद मनुष्य मात्र को लागि हो अनि 'धर्मजिज्ञासमानानां प्रमाणं परमं श्रुतिः' धर्मको लागि वेद परम प्रमाण हो। कुनै वेद संहितामा या वैदिक ऋषि कृत ग्रन्थ मा स्त्रिलाई वेद पढ़नको निषेध छैन। वेदका लोपामुद्रा, गार्गी, भारती आदि स्त्रिहरु विदुषी थिए र वेद पढ़्दथे। आज पनि वेद पढ़्दछन्।

आर्य समाज को आह्वाहन- आर्य समाज सदा शास्त्र विचार को लागि श्रद्धा र आदर पूर्वक सदैव प्रस्तुत छ। हामि विदुषी वेद का आचार्या स्त्रिहरुको नैं शास्त्र विचारको लागि कुनै पनि समय बोलाउने छैं अनि विदुषी स्त्रिहरु नैं वेद शास्त्रहरुको प्रमाणहरु मार्फत् यो सिद्ध गरि दिनलाई प्रस्तुत छ कि पुरुष कै समान नैं स्त्रिलाई पनि उत्तिकै वेदाधिकार छ। हामि बड़ो आदर र प्रेम बाट जगतगुरु स्वामी निश्चलानन्द जी सरस्वती पुरी का शंकराचार्य सँग प्रार्थना गर्दछौं कि वहाँ द्वारा कोई प्रमाण वेद संहिताहरु बाट स्त्रिलाई वेद पाठ को अनाधिकार को लागि प्रस्तुत गरुन्। हामि अनि वेद भक्त नारिहरु उनलाई प्रमाण दिनको लागि आह्वान गर्दछौं। -सत्यमेव जयते ना नृतम्।

॥ओ३म्॥

ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम



ईश्वर प्राप्तिको उपाय पतञ्जली प्रणीत यम-नियम

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

मूर्तिपूजा अर्वाचीन हो, वेदादि शास्त्रहरुको बिरुद्द अनि अवैदिक छ। फेरी हामि आफ्नो ईश्वरलाई कसरी प्राप्त गर्ने? हाम्रो उपसना-बिधि कस्तो हुनु पर्ने हो?

उपसनाको अर्थ हुन्छ कि समिपस्थ हुनु अथवा आत्मको परमात्मा सँग मेल हुनु। महर्षि पतञ्जलि द्वारा वर्णित अष्टाङ्गयोग का आठ अङ्गब्रम्हरुपी सर्वोच्च सानु-शिखरमा चढ्नको लागी आठ सिंढिहरु छन्।
उनको नाम हुन्- यम्, नियम, आसन, प्राणायाम, प्रत्याहार, धाराणा, ध्यान अनि समाधि।

यहाँ प्रत्येकका संक्षिप्त विवेचन प्रस्तुत गरिएको छ-

१-- यम पाँच छन्-
(क) अहिंसा- अहिंसाको अर्थ केवल कसैको हत्या नगर्नु मात्र नभई अपितु मन वचन र कर्म द्वारा कुनै पनि प्राणीको कुनै पनि प्रकारको कष्ट नदिनु, कसैलाई हानि नपुर्याउनु अनि कसै प्रति वैरभाव नराख्नु नैं अहिंसा हो। उपासकमा यो हुनु पर्दछ कि कसै सँग पनि वैर नराखोस्, सबैलाई प्रेम गर्नु। उसको आँखामा सबैको लागि स्नेह र वोली वचनमा माधुर्य होस्। पशुहरुलाई मारेर अथवा हत्या गर्न लगाएर त्यहि मासु द्वारा आफ्नो पेट भर्नेहरु तिन कालमा पनि योगी बन्न सक्दैनन्। साधकको प्रत्येक स्थानमा, प्रत्येक समय अनि परिस्थितिमा अहिंसाव्रती हुनु पर्दछ। ‘अहिंसा परमो धर्म:’ अहिंसा परम धर्म हो। अहिंसाको उद्देश्य यो हो कि मनुष्यको भित्र लुकेको उग्र, क्रुर अनि पाशविक वृत्तिहरुको जरै देखि उखालेर फ्याँक्नु। जब मनमा हिंसाको छायाँ तक देखाई दिन्न, तब अहिंसाको सिद्दि भएको बुझ्नु पर्छ, अहिंसाको फल के हो?

महर्षि पतञ्जली लेख्छन्-

अहिंसाप्रतिष्ठायां तत्संनिधौ वैरत्याग:। -योगदर्शन साधन० ३५
हृदयमा अहिंसा प्रतिष्ठित हुँदा खेरी अहिंसकको सामु सांप, बाघ आदि हिंसक प्राणीहरु पनि वैरभाव लाई परित्याग गरि दिन्छन्।

अहिंसाको सिद्दिको बिना अन्य यमहरुको सिद्दि हुँन सक्दैन, त्यसैले यममा यसलाई सर्व प्रथम स्थान दिईएको छ।

(२) सत्य- सत्य द्वितिय यम हो। साधक मन, वचन अनि कर्म द्वारा सत्य जानुन्, सत्य मानुन्, सत्य बोलुन् अनि सत्य नैं लेखुन्, मिथ्या-असत्य नबोलुन्, न मिथ्या ब्यबहार नैं गरुन्। सत्य स्वरुप प्रमेश्वर लाई प्राप्त गर्नको लागि साधक सर्वथा सत्यनिष्ठ बन्नु पर्दछ। सत्यस्वरुप ईश्वरक सँग साक्षात्कार हुनको लागि उपासक पनि सत्य मैं जिउनु पर्दछ, सत्य स्वरुप नैं बन्नु पर्दछ र सत्य प्रति आंशिक नभएर सम्पूर्ण तथा सर्वेपरी लगाव राख्नु पर्दछ। साधानाको जग राख्नको लागि सत्यव्रती बन्न अत्यावस्यक छ। सत्य सबै भन्दा ठुलो व्रत हो।
उपासक भन्छ-

अहमनृतात्सत्यमुपैमि। यजु० १/५
म असत्यलाई त्यागेर जिवनमा सत्यलाई धारण गर्दछु।

वेदादिशास्त्र सत्यको महिमा द्वारा भरिएका छन्।
उपनिषदहरु मा भनिएको छ-

सत्येन लभ्यस्तपसा ह्येष आत्मा।- मुण्डको० ३/१/५
परमात्मा सत्य र तप बाटै प्राप्त हुन्छ।

सत्यमेव जयते नानृतम्। मुण्डको० ३/१/६
सत्यको नैं बिजय हुन्छ, असत्यको हैन।

महाभारतमा भनिएको छ-

सत्यं स्वर्गस्य सोपानम्। महा० उद्यो० ३३/४७
सत्य स्वर्गको सीढी़ हो।

महर्षि मनुको कथन छ-

नास्ति सत्यत्परो धर्मो नानृतात्पातकं परम्। -मनु० ८/८२
सत्य भन्दा ठुलो कोही धर्म र असत्य भन्दा ठुलो कोही पाप छैन।

सत्य भाषणको फल बताउदै महर्षि पतञ्जलि भन्छन्-

सत्यप्रतिष्ठायां क्रियाफलाश्रयत्वम्। -यो० द० साधन० ३६
सत्यमा प्रतिष्ठित भए पछि ब्यक्ति वाक्सिद्ध हुन्छ।

सत्यको महत्व बुझेर जिवनमा सत्यको धारण गर। सत्यमा निवास गर। सत्यमै मूर्तरुप बन। मन, वाणी र कर्म द्वारा सच्चा रह।

(३) अस्तेय- यममा तेश्रो यम हो अस्तेय। स्तेयको अर्थ चोरी गर्नु, अस्तेयको अर्थ हो मन, वचन र कर्म द्वारा चोरी नगर्नु। साधक चोरी नगरुन, सत्यको ब्यबहार गरुँन्। स्वामीको आज्ञा बिना कुनै पनि पदार्थ नउठाउँन्। स्तेयरुपी अवगुण सर्वत्र दृष्टिगोचर हुन्छ। ब्यक्तिको लागि जति आवस्यक छ त्यो भन्दा बढिमा अधिकार जमाउनको लागि जुन सुकै कार्य गरिन्छ त्यो नैतिक अनि आध्यात्मिक दृष्टिले चोरी नैं हो। आवस्यकता भन्दा बढि खानु पनि चोरी नैं हो। बस या रेलमा टिकट नलिनु अनि मेरो त पास (Pass) अथवा "सिजनल टिकट" छ, यस्तो भन्दै निस्कनु पनि चोरी हो। खोटा सिक्का चलाउनु अथवा दुकानदार द्वारा भुलवस दिएको अधिक धनलाई चुपचाप पकेटमा राख्नु पनि चोरी नैं हो। उत्कोच (घूस) दिएर आफ्नो काम बनाउनु पनि चोरी हो।

मानिसले चोरी किन गर्छ? चोरी को वास्तविक कारण मानिसका अनगिन्ति इच्छाहरु एवं अनियन्त्रित इन्द्रियहरु हुन्। चोरी बाट बच्नको लागी साधकले आफ्ना इच्छाहरुको नियन्त्रण, इन्द्रियको अनुशासित अनि मनलाई वशमा राख्नु पर्दछ।

अस्तेय को महत्वको प्रतिपादन गर्दै महर्षि पतञ्जलि लेख्छन्-

अस्तेयप्रतिष्ठायां सर्वरत्नोपस्थानम्।। यो० द० साधन० ३७
मनुष्यको हृदयमा अस्तेयको प्रतिष्ठा हुँदा खेरी उसको सामु संसारका सबै रत्न स्वयमेव उपस्थित हुन्छन् अर्थात अस्तेय मा प्रतिष्ठित व्यक्तिलाई कहिल्यै पनि धन रत्नको अभाव रहदैन।

(४) ब्रह्मचर्य- ब्रह्मचर्य दुई शब्दहरुको मेल बाट बनेको छ- ब्रह्म र चर्य। ब्रह्म को अर्थ हो ईश्वर, वेद, ज्ञान र वीर्य। चर्यको अर्थ हो चिन्तन, अध्ययन, उपार्जन अनि रक्षण। यस प्रकार ब्रह्मचर्यको अर्थ हुन्छ-साधक ले ईश्वरको चिन्तन गर्नु, ब्रह्ममै बिचरनु, वेदको अध्ययन गर्नु, ज्ञानको उपार्जन गर्नु अनि वीर्यको रक्षण गर्नु।

ब्रह्ममा विचरण गर्नको लागि मनको विषय-वासनाहरु देखी सर्वथा मुक्त हुन अत्यावश्यक हुन्छ। विषय-वासनाहरुमा कामवासना सब भन्दा प्रवल एवं घातक हो, अत: ब्रह्मचर्य को अर्थ प्रमुख रुपले वीर्यरक्षण गरिन्छ। साधक जितेन्द्रिय होस्, लम्पट नहोस्।

ब्रह्मचर्यको उद्देश्य हो- खाएको अन्नलाई ओज शक्तिमा परिवर्तित गर दिनु। ब्रह्मचर्यको अर्थ हो- मनुष्यमा विद्यमान पाशविक शक्तिहरुलाई संयमित गर्नु, तिनको संरक्षण गर्नु, तिनलाई उच्च स्तर तिर उन्मुख गर्नु अनि खाएको अन्नलाई ओजशक्तिमा रुपान्तरित गर्नु।

ब्रह्मचर्यको महिमा महान छ। उपनिषदहरुमा भनिएको छ-

नाअयमात्मा बलहीनेन लभ्य:। -मुण्डको० ३/२/४
ब्रह्मचर्य बाट हीन व्यक्ति परमात्मालाई पाउन सक्दैन।

साथकको लागी ब्रह्मचर्य त्यहि प्रकारले आवश्यक छ, जस्तै विद्युत द्वारा चल्ने गाडीको लागि विद्युत। यसको बिना साधक योगमार्गमा उन्नति गर्न सक्दैन। ब्रह्मचर्यको शक्ति द्वारा नैं चंचल इन्द्रियहरु एवं कुटिल मन माथि विजय पाउन सकिन्छ। वेदमा ब्रह्मचर्यको महिमाको संबन्धमा भनेको छ-

ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत। -अथर्व० ११/५/१९
ब्रह्मचर्य अनि तपको द्वारा विद्वानहरु मृत्युलाई पनि मारी भगाउछन्।

महर्षि पतञ्जलि लेख्छन्-

ब्रह्मचर्यप्रतिष्ठायां वीर्यलाभ:। यो० द० साधन० ३८
ब्रह्मचर्यमा प्रतिष्ठित भए पछि वार्यलाभ हुन्छ। अर्थात् ब्रह्मचर्य-प्रतिष्ठित व्यक्तिको शरिरमा परमेश्वर को विमल ज्योति प्रकाशित हुन्छ।

उपस्थेन्द्रियको अतिरिक्त अन्य इन्द्रियहरुमा पनि नियन्त्रित राख्नु पर्छ। आँखाको रुपमा जान्नु, कानलाई शब्द तिर दौड लगाउनु, नाकलाई गन्ध तिर भगाउनु, जिब्रोलाई रसपान तिर, छालालाई स्पर्श-आनन्द तिर मग्न हुन बाट रोक्नु पर्छ। सबै इन्द्रियहरुको निरोधरुपी ब्रह्मचर्य साधकलाई ब्रह्म-साक्षात्कार तिर लिएर जान्छ।

(५) अपरिग्रह- अपरिग्रहको अर्थ हो- आवश्यकता भन्दा अधिक पदार्थको संग्रह नगर्नु। साधक त्यति नै पदार्थको संग्रह गरुन जति सादा जीवन को लागि आवश्यक हुन्छ। कुनै पनि वस्तुलाई खरिद गर्नु भन्दा पहिले गम्भिरता पूर्वक सोच्नु। यदि त्यो बिना काम चल्दैन भने मात्र किन्नु। पदार्थहरुको अधिक संग्रह बाट आज मानवले दु:ख पाई रहेको छ।

बिषयहरुको अर्जन, रक्षण, क्षय (नाश), सङ्ग (उपभोग), हिंसा (संग्रह मा पर-पीडा) आदि दोषहरु देखेर तिनिहरुलाई स्विकार नगर्नु, तिनलाई त्यगि दिनु अपरिग्रह हो।

अपरिग्रहको एक अर्थ अभिमान नगर्नु पनि हो। साधक विनम्र बन्नु। उ निरभिमानी होस्, कहिल्यै पनि अभिमान नगरोस्। विद्या, धन,जल, बल आदि जुन बातमा मनुष्य अभिमान गर्छ, उनमा एक पनि यस्तो छैन जसमा अभिमान गर्न सकियोस्।

अपरिग्रहको फल के हो?

महर्षि पतञ्जलि लेख्छन्-

अपरिग्रहस्थैर्ये जन्मकथन्ता सम्बोध:। यो० द० साधन० ३९
अपरिग्रहमा प्रतिष्ठा-दृढ़ता हुँदा खेरी पूर्वजन्मको कारणहरुको बोध हुन जान्छ।

यि पाँच यमहरु नैं उपसना-योगका प्रथम अंग हुन्।

२-- नियम पनि पाँच छन्-

(१) शौच- यसको अर्थ हो पवित्रता। साधक भित्र र बाहिर बाट पवित्र रहोस्। राग द्वेषको त्याग बाट आन्तरिक र जलादि द्वारा बाह्य सम्पादित गर्नु पर्दछ। शरिरको अवस्था बाट मनमा बहुत प्रभाव पर्दछ, अत: शरिरलाई स्नान द्वारा पवित्र गर्नु पर्दछ। भेशभूषा पनि पवित्र होस् बस्ने स्थान पनि साफ-सुघ्घर होस्। फोहोरी एवं जताततै सामान अस्त व्यस्त भएको स्थानमा पनि मन लाग्न (एक चित्त हुन) सक्दैन। अन्त: शुद्धिको पनि ध्यान राख्नु पर्छ। अण्डा, माछा-मासु खानेहरु, रक्सि पिउनेहरु, सिगरेट, बिडी, चरस, गाँजा, अफिम् सेवन गर्नेहरुको मन पनि दुषित हुन जान्छ।

शौचात् स्वाङ्गजुगुप्सा परैरसंसर्ग:। यो० द० साधन० ४०
पवित्रतामा प्रतिष्ठित भए पछि आफ्नै अंग मार्फत विरक्ति अनि अरु स्त्री-पुरुषहरुको साथ संगति बाट पनि वितृष्णा हुन जान्छ।

शौच द्वारा बुद्धि शुद्धि , मनको विमलता, एकाग्रता, इन्द्रियजय र आत्मदर्शनको योग्यता प्राप्त हुन्छ।

(२) सन्तोष- सन्तोषको अर्थ एकदम गलत बुझाईएको छ। सन्तोषको अर्थ हात माथि हात राखेर निकम्मा बस्नु हैन। सन्तोषको अर्थ हो- आलस्य छोडेर सदा पुरुषार्थ गर्नु। धर्मपूर्वक पुरुषार्थ गरेर लाभमा प्रशन्न अनि हानिमा अप्रशन्न न हुनु। 'सन्तोष' सुख र शान्ति प्राप्त गर्ने चाबी हो।

महर्षि पतञ्जलि भन्छन्-

सन्तोषादनुत्तमसुखलाभ:। यो० द० साधन० ४२
सन्तोषको सिद्धि भए पछि यस्तो सुख प्राप्त हुन्छ कि त्यस्तो सुख भन्दा बढेर अर्को कुनै सुख छैन। त्यो सुख वर्णनातीत छ।

महर्षि व्यास लेख्छन्-

यच्च कामसुखं लोके यच्च दिव्यं महत्सुखम्।
तृष्णाक्षयसुखस्यैते नार्हत: षोडशीं कलाम्।। -महा० शान्ति० १७६/४६
यो संसारमा काम्य वस्तुका जो उपभोगजनित सुख छ अथवा स्वर्गको जो महान सुख हो, त्यो तृष्णाक्षय बाट उत्पन्न हुने सुखको सोह्रौ अंशको बराबर पनि छैन।

हँ, एक कुराको ध्यान राखौ- संतोष सांसारिक वातमा मात्रै गर्नु पर्छ, साधना मा हैन। साधनामा त असिम असन्तोष हुनु पर्दछ। साधकलाई प्रभु प्रति आफ्नो भक्ति अनि प्रेम बाट कहिल्यै सन्तुष्ट हुनु हुंदैन।

(३) तप- तपको सम्बन्धमा पनि अनेक भ्रान्तिहरु फैलिएका छन्। कोही मान्छन् कि एक खुट्टामा उभि रहनु अथवा एक या दुईटै हात माथि उठाएर उभिई रहनुको नाम तप हो। कोही बुझ्छन् कि शीत ऋतुमा चिसो पानिमा उभिई रहनु तप हो। कोही मान्छन् कि ग्रीष्मकालमा पञ्चाग्नि ताप्नु नैं तप हो। कसैको अनुसार त स्वयं को पृथ्वीमा गाडि दिनु तप हो। कसैको मतमा किला काँटीमाथि सुत्नु तप हो। बस्तुत: यि सबै कृयाकलापहरु तप हैनन्। तपको वास्तविक अर्थ हो- ‘द्वन्द्वसहनं तप:’- कष्ट आउँदा पनि धर्म कार्यहरुलाई गर्दै जानु तप हो। हानि-लाभ, जीवन-मरण, सुख-दु:ख, भोक-प्यास, हर्ष-शोक सबैमा समान रहनुको नाम नैं तप हो।

तपको धातु- अर्थ हो- ‘तप दाहे’- जल्नु-जलाउनु। अग्निका दुई गुण को सधैं ध्यान राख्नु पर्छ- योसले पदार्थहरुलाई शुद्ध गर्छ अनि तेजयुक्त छ। तप पनि एक प्रचण्ड प्रकृया हो जो मनुष्यको मैलालाई जलाएर उसलाई आत्मचैतन्यको प्रकाश द्वारा उद्भासित गराउछ।

बल प्राप्ति नैं तपको फल हो। जुन तप द्वारा शरिरमा कान्ति, ओज र तेजको वृद्धि हुँदैन, त्यो तप नैं होईन।

तप नगर्दा खेरी योगमा गति हुन सक्दैन। जस्तो कि भनिएको छ-

नातपस्विनो योग: सिध्यति।
जो तपस्वी होईन, उस द्वारा योगमा सिद्धि-लाभ हुन सक्दैन।

उपनिषदहरुमा भनिएको छ-

तपसा चीयते ब्रह्म। मुण्ड० १/१/८
ब्रह्मको प्राप्ति तप द्वारा नै सम्भव छ।

वेदमा भनिएको छ-

अतप्ततनूर्न तदामो अश्नुते। ऋ० ९/८३/१
जसले तपको भट्टीमा आफ्नो शरिर तपाएको छैन, त्यस्तो काँचो व्यक्ति उस प्रभुलाई प्राप्त गर्न सक्दैन।

महर्षि पतञ्जलि लेख्छन्-

कायेन्द्रियसिद्धिरशुद्धिक्षयात्तपस:। यो० द० साधन० ४३
तप द्वारा अशुद्धि को नाश भएर शरिर र इन्द्रियहरुको सिद्धि मिल्दछ। तप द्वारा शारीरिक क्रान्ति र इन्द्रियहरुमा सूक्ष्म बिषयहरुलाई ग्रहण गर्ने शक्ति उत्पन्न हुन जान्छ।

(४) स्वाध्याय- नियमको चतुर्थ अङ्ग हो स्वाध्याय। स्वाअध्यायको अर्थ हो- वेदको अध्ययन-अधियापन र ऋषि-मुनिहरु द्वारा लिखित सत्य शास्त्रहरुको पढ्नु अनि पढाउनु। वेद परमात्मको दिव्यज्ञान हो। यो मानव-कर्तबव्यहरुको बोधक शास्त्र हो, ज्ञान अनि विज्ञानको अगाध भण्डार हो। आफ्नो कर्तव्यको जान्नको लागि वेदको स्वाध्याय गर्नै पर्दछ। ऋषि-मुनि कृत ग्रन्थहरुमा वेदको व्याख्यान छ, त्यसैले ति पनि पढ्नु पर्दछ। यो विषयमा महर्षि दयानन्द लेख्छन्-

"महर्षिहरुको आशय जहाँ सम्म हुन्छ त्यहाँ सम्म सुगम अनि जसलाई ग्रहण गर्दा थोरै समय लाग्छ, यस प्रकार ले रचना गर्ने हुन्छ अनि क्षुद्राशय मानिसहरुको अभिलाषा यस्तो हुन्छ कि जहाँ सम्म बन्छ त्यहाँ सम्म कठिन रचना गर्ने, जसलाई एकदम परिश्रम गरी पढेर अल्प-लाभ उठाउन सकुन्; जस्तै पहाडलाई खनि सक्दा पनि कौडी मात्रै लाभ हुनु, अनि आर्ष ग्रन्थहरुको पढ्नु यस्तो हो कि गोता लगाउनु, बहुमुल्य मोतिहरु प्राप्त गर्नु।" -सत्यार्थप्रकाश, तृतिय समुल्लास

मोक्ष-बिधायक ग्रन्थहरु पढ्नु नैं स्वाध्याय हो। समाचार-पत्र पढ्नु, उपन्यास, किस्सा, कहानीहरु अनि अश्लिल पुस्तकहरु पढ्नु भेनको स्वाध्याय हैन। साधकले सधैं उत्तम ग्रन्थहरुकै स्वाध्याय गर्नु पर्दछ।

उपनिषदहरुमा भनिएको छ-

स्वाध्यायन्मा प्रमद:। तैत्तरीयोप० शिक्षा-११
स्वाध्यायमा, वेदको अध्ययनमा कहिल्यै पनि प्रमाद गर्नु हुँदैन।

स्वाध्यायको अर्थ हो- सत्पुरुषहरुको सङ्ग। साधक सधैं सज्जनहरुको संगतिमा रहनु पर्दछ। सत्सङ्ग द्वारा मनुष्य उच्च उठ्छ। महर्षि दयानन्दको सत्सङ्ग पाएर नास्तिक, शराबी अनि मांस भक्षि मुंशीराम परम आस्तिक स्वामी श्रद्धानन्द बनें। महता अमिरचन्द पनि बदलिए। पं० लेखराम आर्यमुसाफिर, पं० गुरुदत्त जी विद्यार्थी आदि कैयौंको जिवन बदलिए।

स्वाध्यायको एक अर्को अर्थ छ- प्रतिदिन परमात्माको सर्वोत्तम नाम ‘ओ३म्’ को अर्थपूर्वक जप गर्नु।

वेदमा भनिएको छ-

ओ३म् क्रतो स्मर। यजु० ४०/१५
हे कर्मशील जीव! तिमि ओ३म् को स्मरण गर।

अनि

ओ३म् प्रतिष्ठ। यजु० २/१३
तिमि ओ३म् मा प्रतिष्ठित होउ अर्थात् ओ३म् को ओ३म् नामक परमात्मालाई आफ्नो हृदयमा बसाल।

महर्षि पतञ्जलि स्वाध्यायको फल बताउदै भन्छन्-

स्वाध्यायादिष्टदेवतासंप्रयोग:। -यो० द० साधन० ४४
स्वाध्याय बाट नैं इष्ट देवता-परमेश्वरको दर्शन, साक्षात्कार हुन्छ।

(५) ईश्वरप्रणिधान- नियममा ईश्वरप्रणिधानको स्थान सर्वोच्च छ। ईश्वरप्रणिधानको दुई अर्थ छन्- एक, बिना कोही इच्छा, आकांक्षा र मागको आफ्नो, आफ्नो सबै कामहरुको, आफ्नो सबै संकल्पको प्रभुलाई नैं समर्पित गरिदिनु। जो परमात्मा सँग केही माग्दछन्, उनिहरुलाई त प्रभु केवल त्यहि वस्तु दिन्छन्, जो उनिहरुले मागेका हुन्छन्, परन्तु जो केही पनि माग्दैनन्, तिनलाई परमेश्वर सबै-कुरा दिन्छन्। र अन्त्यमा आफैलाई पनि दिन्छन्, आफ्नो साक्षात्कार पनि गराई दिन्छन्। दोश्रो अर्थ हो- हृदयमा ईश्वर प्रति प्रेम राख्दै, ईश्वरको विशेष भक्ति या उपसना गर्दै ईश्वरको कृपा, दया र प्रसन्नता को पात्र बन्नु। ईश्वरप्रणिधान ले अहं-भाव जति नष्ट हुन्छ र जीवनमा नम्रता आउँदछ। यसको फल के हो?

समाधिसिद्धिरीश्वरप्रणिधानात्। -यो० द० साधन० ४५
ईश्वरप्रणिधान द्वारा योगको सर्वोच्च फल समाधिको सिद्धि हुन्छ।

यि पाँच नियम मिलेर उपसना योगको दोश्रो अङ्ग कहलाउछ।

३-- आसन- यो योगको तेश्रो अंग हो। महर्षि पतञ्जलिको अनुसार आसनको अर्थ हो-

स्थिरसुखमासनम्। -यो० द० साधना० ४६
शरिर न त हल्लिने, न हिड्ने, न दुख्ने अनि चित्तमा कुनै प्रकारको उद्वेग न होस्, यस्तो अवस्थामा दीर्घकाल सम्म सुख सँग बस्नुलाई आसन भनिन्छ।

साधककले यस्तो आसनमा बस्नु पर्छ कि जहाँ कष्ट नभएर स्थिर सुखको प्राप्ति होस्। आसन दृढ भए पछि नैं उपसना सरल हुन जान्छ। एक आसनमा निश्चलतापूर्वक बस्नाले श्वास-प्रश्वासको गति संयत हुन लाग्छ र मन पनि लय हुन थाल्छ। आसन निरन्तर अभ्यास द्वारा नैं सिद्ध गर्न सकिन्छ। बिना हलचल तिन घण्टा सम्म एकै आसनमा बस्नुलाई नैं आसनजय भनिन्छ। आसनजयको पश्चात् साधक योगको श्रेष्ठ र गुरुतर विषय प्राणायामको तर्फ अग्रसर हुन लाग्दछ। योगसाधनाको लागि मुख्यासन चार छन्- सिद्धासन, पद्मासन, स्वास्तिकासन र सुखासन।

४-- प्राणायाम- प्राणायाम राजयोगको चौथो अंग हो। प्राण अनि मनको घनिष्ठ संबन्ध छ। जहाँ-जहाँ प्राण जान्छ, त्यहाँ-त्यहाँ मन पनि जान्छ। यदि प्राण वशमा हुन जान्छ भनें मन बिना प्रयासकै स्वयं वशमा हुन जान्छ।

प्राणायाम के हो?

महर्षि पतञ्जली लेख्छन्-

तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेद: प्राणायाम:। यो० द० साधन० ४९
आसन सिद्ध भए पछि श्वास अनि प्रश्वासको गतिलाई रोक्ने नाम नैं प्राणायाम हो।

महर्षि मनु ले प्राणायामको महत्ताको संबन्धमा लेख्छन्-

दह्यन्ते ध्मायमानानां धातुनां हि यथा मला:।
तथेन्द्रियाणां दह्यन्ते दोषा: प्राणस्य निग्रहात् ।। मनु० ६/७१
जस्तै अग्निमा तताउनाले स्वर्णादि धातुहरुको मैला नष्ट भएर ति शुद्ध हुन जान्छन्, त्यस्तै प्राणायाम द्वारा मन आदि इन्द्रियहरुका दोषहरु दूर भएर तिनिहरु निर्मल हुन्छन्।

५-- प्रत्याहार- प्रत्याहारको अर्थ हो- पछि फर्कनु। इन्द्रियहरुलाई उनको भोगहरु बाट फर्काउनुको नाम नैं प्रत्याहार हो। जब आँखा खुलै हुँदा पनि रुप देख्न बन्द गर्नु, कानले शब्द सुन्न बन्द गर्नु, नाकले गन्ध सुघ्न बन्द गर्नु, जिब्रोले रस नचाख्नु र छालाले स्पर्शको अनुभव नगर्नु, यस्तो अवस्थाको नाम प्रत्याहार हो।

मोटो शब्दमा भन्ने हो भनें त मनलाई एक लक्ष्यमा एकाग्र गर्नको लागि उसलाई बाह्य बिषयमा समेट्नुको नाम प्रत्याहार हो। बाह्य बिंषयहरु बाट हट्दा नैं मनलाई ध्यान-लक्ष्य मा केन्द्रित गर्न सकिन्छ। प्रत्याहार त्यो महान चावि हो जो धारणा, ध्यान र समाधिको ढोकाहरुलाई खोलि दिन्छ।

६-- धारणा- अष्टाङ्ग योगको पूर्वकथित यमादि पाँच अंग योगको बहिरंग हो, भुमिकामात्रै हो, वास्तविक योग होईन। योगको आरम्भ धारणा बाट हुन्छ। धारणाको अर्थ हो- मनलाई एकाग्र गर्नु, मनलाई कुनै एक विषयमा केन्द्रित गर्नु।

महर्षि पतंजलि लेख्छन्-

देशबन्धश्चित्तस्य धारणा। यो० द० विभूति० १
चित्तलाई कुनै देश-स्थानविशेषमा, शरिरको भित्र या बाहिर बाँध्ने-लगाउनेको नाम धारणा हो।

नाभिचक्र हृदय, भ्रूमध्य, नासिकाग्र या ब्रह्मारन्ध आदि कुनै स्थानमा चित्तलाई ठहराई राख्नेको नाम धारणा हो।

७-- ध्यान- धारणाको परिपक्वता को नाम नैं ध्यान हो।

तत्र प्रत्ययैकताना ध्यानम्। यो० द० विभूति० २
धारणामा प्रत्यय-ज्ञान एउटै बनि रहनु नैं ध्यान हो।

जुन स्थानमा चित्तलाई एकाग्र गरिएको हुन्छ, त्यो एकाग्रताको ज्ञान तेलको धारा जस्तै निरन्तर एउटै बनि रहनु अनि त्यो समय अनिय कुनै प्रकारको ज्ञान या विचार चित्तमा आउन नपाउनु, यस अवस्था लाई नैं ध्यान भनिन्छ।

८-- समाधि- निरन्तर अभ्यास र वैराग्यमा सम्यक् अवस्थिति हुँदा एकाग्रता बढ्छ तथा अखण्ड क्रमले गतिमान रहन्छ, फेरी अन्तत: प्रगाढ ध्यानमा निमग्न हुने अवस्था आउँछ, जो राजयोगको आठौं अवस्था हो। यसैलाई समाधि भन्दछन्।

पतंजलिजी भन्छन्-
तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधि:। -यो० द० विभूति० ३
ध्यानमा जब अर्थ-ध्येयमात्रको प्रकाश रहन्छ र ध्याता (उपासक) आफ्नो स्वरुप बाट शून्य जस्तै हुन जान्छ, त्यो अवस्थाको नाम समाधि हो।

योगका यि आठ अंगको साधे बिना कुनै पनि साधक साधनामा सफल हुन सक्दैन, अत: प्रत्येक उपासक, साधक, भक्त लाई यिनिहरुको अभ्यास गर्नु पर्दछ।

यहाँ प्रार्थानाको एक रुपरेखा दिईएको छ-

योगेयोगे तवस्तरं वाजेवाजे हवामहे।
सखाय इन्द्रमूतये।। ऋ० १/३०/७

हे सच्चिदानन्दस्वरुप! हे सक्वाधार! हे करुणामृतवारिधे! हे सर्वशक्तिमन्! हे न्यायकारिन्! हे परमदेव प्रभो! तपाईँ ज्योतिपुत्र अनि आनन्दको अथाह सागर हौ। देव! तपाईलाई मेरो नमस्कार छ, बारम्बार नमस्कार छ।

ओ३म्। भूर्भुवः स्व:। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्।। -यजु०३६/३

हे सर्वरक्षक! सच्चिदानन्दस्वरुप परमेश्वर! तपाईं सकल जगतको उत्पादक र वरण गर्न योग्य हुनुहुन्छ। हामि तपाईं सँग कामना गर्न योग्य, आनन्दप्रद, शुद्ध एवं तेजस्वरुपको ध्यान गर्दछौं। तपाईं हाम्रो बुद्धिलाई श्रेष्ठ मार्ग तिर जान प्रेरित गर्नुहोस्।

अत: आफ्ना प्रियतम प्रभुलाई यिनै अष्टाङ्गयोगका आठ अङ्गब्रह्मरुपी सर्वोच्च आठ सिढिहरु द्वारा प्राप्त गर्न सकिन्छ।

वेदमा ईश्वर एक भएको प्रमाण



वेदमा ईश्वर एक भएको प्रमाण

लेखक- पंडित धर्मदेव विद्यामार्तण्ड

वेदमा ईश्वर एक हुनुको (Monotheism) वर्णन छ जबकि पश्चिमी विद्वानहरु द्वारा वेदमा अनेक ईश्वर (Polytheism) भएको बताईएको छ। स्वामी दयानंद द्वारा वेद विषयक वैचारिक क्रान्तिको मैक्समूलर मा यति प्रभाव भयो कि कालान्तरमा मैक्समूलर पनि वेदमा एकेश्वरवादको धारणा लाई समर्थन गर्नको लागि विवश भए। यो सन्दर्भ मा वेदका प्रकाण्ड विद्वान् पण्डित धर्मदेव विद्यामार्तण्ड जी द्वारा लिखित यो अलभ्य लेख "वैदिक ईश्वरवाद" हाम्रो शंकाको समाधान गर्नुको साथ-साथ अत्यन्त रोचक र विचारणीय छ।

(१) कैयौं विद्वानहरु 'वेद असभ्य जंगली मानिसहरु द्वारा बनाईयो अनि तिनमा इष्टको प्राप्ति र अनिष्टको परिहारको लागि अग्नि, वायु, सूर्य, नदी, समुद्र, पर्वत आदि को पूजाको इन्द्र, मित्र, वरुण, मरुत आदि देवहरुको नाम द्वारा उपदेश छ' यस्तो बताउँछन्।

(२) अन्य कैयौं विद्वान्हरु वेदमा अनेकेश्वरवादको जसलाई अंग्रेजीमा (Polytheism) भन्छन् विधान हैन किन्तु Henotheism वा हीनदेवतावादको प्रतिपादन हो यस्तो भन्दछन्। जसको अभिप्राय यो हो कि जब कोई भक्त अग्निको स्तुति गर्न लाग्छ त त्यो उसैलाई सर्वोत्तम, सबको उत्पादक अनि सर्वशक्तिमान् मानेर उसैको पूजा गर्दछ र दोश्रा सब देवताहरुलाई उसको अपेक्षा हीन मान्दछ। जब उहि कवि इन्द्रको स्तुति गर्न थाल्छ त उहि नैं सबैको स्वामी, सबको पिता अनि सर्वशक्तिमान् मान्छ र अन्य सब देवहरुलाऊ उसको अपेक्षा हीन बताउँदछ। यस प्रकार वरुण, सविता आदिका विषयमा पनि सम्झनु पर्दछ।  सुप्रसिद्ध जर्मन विद्वान् प्रो० मैक्समूलर ले धेरै समय सम्म यसै मतको समर्थन गरेका थिए यद्यपि अफ्नो अंतिम ग्रन्थ "Six Systems Of Philosophy" लाई लेख्ने समयमा उनको विचारहरुमा परिवर्तन भई सकेको थियो यस्तै स्पष्ट प्रतीत हुन्छ।

(३) अन्य कैयौं विकासवादी र ऐतिहासिक यो भन्छन् कि वैदिक कवि मनुष्यहरु पहिले अनेकेश्वरवाद वा बहुदेवतावाद (Poly-theism) लाई नैं मान्दथे फेरी उनिहरु हीनदेवतावादलाई मान्न लाग्न थाले। क्रमै सँग जब उनिहरुको बुद्धि विकसित हुँदै गयो तब विशुद्ध एकेश्वरवाद (Pure monotheism) को कल्पना उनिहरुको मनमा उत्पन्न भयो। यस प्रकार विकासवादको दृष्टि द्वारा एकेश्वरवादको प्रतिपादन गर्ने मन्त्रहरु नवीन हुन्।

(४) अन्य विद्वान यस्तो मान्छन् कि वेद ईश्वरीय ज्ञान रूप हो। ऋषि मन्त्रहरुका कर्त्ता हैनन् किन्तु "ऋषयो मन्त्र द्रष्टार" "ऋषिर्दर्शनान् सहीमान् ददर्शेति" "तद् यदेनास्तपस्यमानान् ब्रह्म स्वम्भ्य भ्यानर्शत् तदृषीणामृषित्वमिति विज्ञायते" (निरुक्तम्)।

इत्यादि प्रमाणहरुबाट उनिहरु मन्त्रका द्रष्टा अर्थात् वेदका गूढ़ अर्थहरु सम्झेर उनका प्रचार गर्ने वाला थिए। परमदयालु सर्वज्ञ भगवान् द्वारा प्राणिमात्रको उपकारको लागि सृष्टिको शुरुमा प्रकट भएको कारण वेद विशुद्ध रूपमा एकेश्वरवादको नैं प्रतिपादन गरेका छन् न कि अनेकेश्वरवादको। यो अन्तिम पक्ष नै हामिहरुलाई मान्य छ। उसका समर्थक केही स्पष्ट प्रमाणहरुको यहां उल्लेख गरेर दोश्रा विचारहरुको आलोचना गरिन्छ। निम्नलिखित वेद मन्त्र एकेश्वरवादको अत्यन्त स्पष्ट शब्दहरुमा प्रतिपादन गर्दछन्।

(१) इंद्र मित्रं वरुणमग्निमाहुरथो दिव्य: स सुपर्णो गरुत्मान्। एकं सद्विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहु:।। ऋ० १/१६४/४६

यो मन्त्रमा यो स्पष्टतया बताइएको छ कि परमेश्वर एकै छ किन्तु विद्वान् उसको अनन्त गुणहरुलाई सूचित गर्नको लागि इन्द्र मित्र वरुण आदि नामहरुले पुकार्दछन्। यस प्रकार इन्द्र मित्र वरुणादि शब्द मुख्यतया ईश्वर-वाचक हुन् यो स्पष्ट सिद्ध हुन्छ। परमात्मा परमैश्वर्य सम्पन्न हुनाले इन्द्र, सबका मित्र तथा प्रेममय हुनाले मित्र, सबै भन्दा उत्तम र वरणीय तथा अविद्यादि दोष निवारक हुनाले वरुण, ज्ञान स्वरूप अनि अग्रणी सबै भन्दा श्रेष्ठ हुनाले अग्नि पद द्वारा उसलाई भनिन्छ। ब्रह्मा, विष्णु, शिव, महेश्वर, महादेव, बृहस्पति इत्यादि शब्द प्रधानतया उहि एक परमेश्वरलाई सूचित गर्दछ। यो निम्न मन्त्रहरु बाट सिद्ध हुन्छ।

(२) त्वमग्न इन्द्रो वृषभ: सतामसि त्वं विष्णुरुरुगायो नमस्य:। त्वं ब्रह्मा रयिविद्ब्रह्मणस्पते त्वं विधर्त: सचसे पुरंध्या।। ऋ० २/१/३

(३) त्वमग्ने राजा वरुणो धृतव्रतस्त्वं मित्रो भवसि दस्म ईड्य:। त्वमर्यमा सत्पतिर्यस्य सम्भुजं त्वमंशो विदथे देव भाजयु:।। ऋ० २/१/४

(४) त्वमग्ने रुद्रो असुरो महो दिवस्त्वं शर्धो मारुतं पृक्ष ईशिषे। त्वं वातैररुणैर्यासि शंगयस्त्वं पूषा विधत: पासि नु त्मना।। ऋ० २/१/६

(५) सोऽर्यमा स वरुण: स रुद्र: स महादेव:।
सो अग्नि: स उ सूर्य: स उ एव महायम:। अथर्व० १३/४/४, ५

(६) त्वमिन्द्रस्त्वम्महेन्द्रस्त्वं लोकस्त्वं प्रजापति:। तुभ्यं यज्ञो वि तायते तुभ्यं जुह्वति जुह्वतस्तवेद्विष्णो बहुधा वीर्याणि।। अथर्व० १७/१/१८

यिनि मन्त्रहरुमा यदि निष्पक्ष विचार गरियो भनें स्पष्ट ज्ञात हुन्छ कि एकै परमात्माको ब्रह्मा, विष्णु, रुद्र, इन्द्र, वृषभ, बृहस्पति, अग्नि, प्रजापति, वरुण, मित्र, अर्यमा, पूषा आदि नाम हो र यस प्रकार वेदमा अनेकेश्वरवादको भ्रम को कोई स्थान रहदैन। सत्य ग्रहण गर्नमा उद्यत अनि पाश्चात्य विद्वानहरुको मानसिक दासतालाई स्वीकार गर्ने वाले विद्वानहरु ले यिनि मन्त्रहरुमा राम्रो प्रकार मनन गर्नु पर्छ तब उनिहरुमा वैदिक एकेश्वरवादमा दृढ़ विश्वास हुन जानेछ, यसमा कुनै सन्देह छैन। यिनि मन्त्रहरु उपर विचार गर्दा खेरी हीन देवतावादको पनि खण्डन हुन जान्छ।

(७) तदेवाग्निस्तदादित्यस्तद्वायुस्तदु चन्द्रमा:।
तदेव शुक्रं तद् ब्रह्म ताऽआप: स प्रजापति:।। यजु० ३२/१

यो मन्त्र पनि एकेश्वरवादको प्रतिपादन गर्दै उसै परमेश्वरको अग्नि, आदित्य, वायु, चन्द्रादि नाम हो, यो बातको स्पष्ट घोषित गर्दछ। यस्ता मन्त्रहरुका भावलाई लिएर नैं कैवल्योपनिषद् मा-

सब्रह्मा सविष्णु सरुद्र: सशिव: सोऽक्षर:।
स परम:स्वराट्। स इन्द्र: स कालाग्नि: स चन्द्रमा:।।

यस्तो भनिएको छ।

भगवान् मनुले पनि-

प्रशासितारं सर्वेषां अणीयांसं अणोरपि।
रुक्माभं स्वप्नधीगम्यं विद्यात्तं पुरुषं परम्।।
एतं एके वदन्त्यग्निं मनुं अन्ये प्रजापतिम्।
इन्द्रं एके परे प्राणं अपरे ब्रह्म शाश्वतम्।। मनु० १२/१२१-१२३

इत्यादि श्लोकहरु द्वारा उहि वैदिक भावको समर्थन गरेको छ।

(८) यो नः पिता जनिता यो विधाता धामानि वेद भुवनानि विश्वा। यो देवानां नामध एक एव तं सम्प्रश्नं भुवना यन्त्यन्या।। ऋ० १०/८२/३

इस मन्त्रमा पनि परमात्मा एकै हो जो देवहरुका नाम अग्नि, मित्र, वरुणादि लाई धारण गर्ने वाला हो। यस्तो साफ भनेको छ। यही मन्त्र अथर्ववेद को २/१/३ मा थोरै पाठ भेद का साथ यस प्रकार पाईन्छ-

"स नः पिता जनिता स उत बन्धुर्धामानि वेद भुवनानि विश्वा। यो देवानां नामध एक एव तं सम्प्रश्नं भुवना यन्ति सर्वा।।"

यिनि दुई मन्त्रहरुमा प्रयुक्त "यो देवानां नामध एक एव" यो अंश विशेष मननीय छ जो वेदमा अनेकेश्वर वाद विषय को भ्रम लाई दूर गर्नको लागि पर्याप्त छ।

(९) परमात्मा एकै छ जो सर्वदा अनि सर्वशक्तिमान हुनाले एक मात्र स्तुति गर्न योग्य हो यस्तो निम्नलिखित ऋग्वेदीय मन्त्र मा उपदेश गरिएको छ।

"य एक इत्तमु ष्टुहि कृष्टीनां विचर्षणि:। पतिर्जज्ञे वृषक्रतु:।।" ऋ० ६/४५/१६

यो मन्त्रमा अत्यन्त स्पष्ट शब्दमा एकेश्वरवादको प्रतिपादन छ। यस्तो अवस्थामा वेद अनेकेश्वरवाद वा हीन-देवतावादको समर्थन गर्दछ, यस्तो भन्नलाई कति अशुद्ध तथा पक्षपात सूचक छ यो बुद्धिमान स्वयं निश्चय गर्न सक्दछन्।

(१०) ऋग्वेद ८/१/१ साम-द ३/१/१० मा पाईने निम्न मन्त्र इन्द्र पद मार्फत परमात्माको बोध गराउदै अनेकेश्वरवादको खण्डन र एकेश्वरवादको प्रबल समर्थन गर्दछ।

"मा चिदन्यद्वि शंसत सखायो मा रिषण्यत। इन्द्रमित्स्तोता वृषणं सचा सुते मुहुरुक्था च शंसत।।"

अर्थ- हे मित्रहरु! केवल सर्वैश्वर्य सम्पन्न परमात्माको स्तुति गर अन्य कसैको हैन। यस प्रकार अरुको स्तुति गरेर दुःखी न होउ। बार-बार यज्ञादि सब शुभ कर्महरुमा समस्त सुखवर्षक भगवान् को नैं स्तुति गरि रह।

(११) त्यहि एक इन्द्रादि पद वाच्य परमात्मा नैं पूजा गर्न योग्य हो अन्य हैन, यो भाव निम्न मन्त्रमा पनि  स्पष्टतया पाईन्छ।

"य एक इद्धव्यश्चर्षणीनामिन्द्रं तं गीर्भिरभ्यर्च आभि:। य: पत्यते वृषभो वृष्ण्यावान्त्सत्य: सत्वा पुरुमाय: सहस्वान्।।" ऋ० ६/२२/१

'चर्षणी' शब्दको अर्थ निघण्टुमा मनुष्य दिएको नैं छ अतः त्यो एक परमेश्वर नैं सब मनुष्यहरुको पूजनीय हो यहि मन्त्रार्थ हो।

(१२) प्रजापति (सारी प्रजाको पालक) परमात्मा एकै हो र उहि सर्व व्यापक, सर्वशक्तिमान् अनि सर्वज्ञ हुनाले पूजनीय छ, यो हिरण्यगर्भ सूक्तमा अनेकेश्वरवादको निराकरण गर्दै यस प्रकार स्पष्ट बताईएको छ।

"प्रजापते न त्वदेतान्यन्यो विश्वा जातानि परिता बभूव। यत्कामास्ते जुहुमस्तन्नो अस्तु वयं स्याम पतयो रयीणाम्।।"

यहि सुप्रसिद्ध हिरण्यगर्भ सूक्त को "हिरण्यगर्भ: समवर्तताग्रे"। यहि प्रथम मन्त्र को पहिल्यै उद्धत गरि सकिएको छ। त्यहि  सूक्तमा।

"यो देवेष्वधिदेव एक आसीत कस्मै देवाय हविषा विधेम।।"
यही मन्त्र परमात्मालाई देवाधिदेव भन्दै उसैको पूजनीयताको प्रतिपादन गर्दछ। यो सूक्त को बारेमा प्रो० मैक्समूलर ने "History of the Sanskrit Literature" पृ० ५६८ मा यस प्रकार लेख्छन्-

"I add only one more hymn (RIG 10.121) in which the idea of one God is expressed with such power and decision, that it will make us hesitate before we deny to the Aryan nature an instinctive monotheism."

अर्थात् मैले एक अरु सूक्त ऋ० १०/१२१ को उद्धृत गर्दछु जसमा एकेश्वरवादको यस्तो स्पष्ट तथा प्रबल शब्दहरुमा प्रतिपादन छ कि हामि आर्य जातिमा स्वाभाविक एकेश्वरवाद द्वारा नमान्दामा धेरै नैं संकुचित हुन पर्छ।

(१३) अथर्व वेद को १३ काण्डमा पनि अनेकेश्वर लाई निराकरण गर्दै एकेश्वरवाद लाई यिनि स्पष्ट शब्दहरुमा प्रतिपादन छ।

"न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते न पञ्चमो न षष्ठ: सप्तमो नाप्युच्यते। नाष्टमो न नवमो दशमो नाप्युच्यते स एष एक एक वृदेक एव।।" अथर्व० १३/४/१६-२१

यहां एक (वृत् को अर्थ एक सन् वृणोति- व्याप्नोति सर्वे जगत्) यो व्युत्पत्ति मार्फत सर्वव्यापक हो। के यस बाट साफ एकेश्वरवादको प्रतिपादन हुन सक्छ? यस्तो हुँदा खेरी पनि जो महानुभाव वेदलाई अनेकेश्वरवाद प्रतिपादक भन्दछन् उनका विकासवादादि विषयमा पक्षपात नैं सूचित हुन्छ न कि सत्य ग्रहण गर्नेको इच्छा।

(१४) उ एक परमेश्वर नै सारा संसारको स्वामी अनि पूजनीय छ यस विषयमा निम्नलिखित दुई अथर्ववेदका मन्त्रले पनि स्पष्टतया बताउँदछन्।

"दिव्यो गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्यो विक्ष्वीड्य:। तं त्वा यौमि ब्रह्मणा दिव्य देव नमस्ते अस्तु दिवि ते सधस्थम्।।" अथर्व० २/२/१

(१५) मृडाद्गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्य: सुशेवा:।। अथर्व० २/२/२

यहां गन्धर्व: को अर्थ (गा वाणी सूर्य भूमि वा धरतीति गन्धर्व) यो व्युत्पत्ति को अनुसार वाणी सूर्य वा भूमि लाई धारण गर्ने वाला अनि सुशेवा को उत्तम, सुखदायक हो। यो मन्त्र मा प्रयुक्त 'एक एव नमस्य' उहि एक परमेश्वर नैं पूजा गर्न योग्य छ यि शब्द वेदमा अनेकेश्वरवाद विषयक भ्रमलाई दूर गर्नको लागि पर्याप्त छन् यदि यिनि उपर निष्पक्ष भएर विचार गरियोस्। अरु पनि सैकड़ौं प्रमाण वेद लाई विशुद्ध एकेश्वरवाद को सिद्ध गर्नको लागि दिन सकिन्छ किन्तु विस्तारभयले यो विषय लाई यहीं समाप्त गरिन्छ। भिन्न २ वेद अनि स्थलहरु बाट उद्धृत यि मन्त्र स्पष्ट सिद्ध गर्छन् कि वेदमा एकेश्वरवाद ओत प्रोत छ। अनेकेश्वरवाद हीनदेवतावाद (Henotheism) वा विकासवाद (Evolution theory) को द्वारा यिनि मन्त्रहरुको कुनै पनि प्रकारले व्याख्या गर्न सकिदैन। यसकारण निष्पक्ष अनेक प्रसिद्ध पाश्चात्य विद्वान् पनि अब वेदमा एकेश्वरवादको प्रतिपादन छ यस बातलाई मान्न लागेका छन् जस्तै कि निम्न उद्धरणहरु द्वारा प्रमाणित हुन्छ।

पाश्चात्य विद्वान र वैदिक एकेश्वरवाद

(१) प्रो० मैक्समूलरको History of the Sanskrit Literature बाट एक उद्धरण पहिल्यै दिई सकिएको छ। निम्न उद्धरण उनको अन्तिम ग्रन्थ "Six Systems Of Philosophy" सबाट दिईएको छ जिसमा उनले स्पष्टतया स्वीकार गरेका छन् कि  इन्द्र, अग्नि, मातरिश्वा, प्रजापति आदि नामहरु बाट वेदमा वस्तुतः एक ईश्वर कै प्रतिपादन छ।

“Whatever is the age when the collection of our Rigveda Sanhita was finished, it was before that age that the conception had been formed that there is but one, One Being, neither male nor female, a Being raised high above all the conditions and limitations of personality and nevertheless the Being that was really meant by all such names as Indra, Agni, Matarishva and by the name of Praja Pati- Lord of creatures. In fact, the Vedic Poets had arrived at a conception of Godhood which was reached once more by some of the Christian Philosophers of Alexandria, but which even at present is beyond the reach of many who call themselves Christians."

(२) मि० चार्ल्स कोलमैन (Charles Coleman) नामक सुप्रसिद्ध पाश्चात्य विद्वान् ले वैदिक ईश्वरवादको विषयमा अफ्नो अभिप्राय यि शब्दहरुमा प्रकट गरेका छन्।

“The Almighty, Infinite, Eternal, Incomprehensible, Self-existent, Being, He who sees everything though never seen is Brahma, the One Unknown True Being, the Creator, the Preserver and Destroyer of the Universe. Under such and innumerable other definitions is the Deity acknowledged in the Vedas.”
(Mythology of the Hindus)

भावार्थ यो हो कि वेदमा परमात्मालाई एक सर्वशक्तिमान्, सर्वव्यापक, अनन्त, नित्य, अविक्षेय, स्वयम्भू, सर्व द्रष्टा, जगतको कर्ता, धर्ता अनि संहर्ता आदि रूप द्वारा बताइएको छ।

(३) कौन्ट जार्न्स जर्ना नामक प्रसिद्ध विद्वान् ले 'Theogony of the Hindus' नामक पुस्तकमा वेद मन्त्रहरुको प्रमाण दिदै लेखेका छन्-

“These truly sublime ideas can not fail to convince us that the Vedas recognise only one God, which is Almighty, Infinite, Eternal, Self-existent, the Light and Lord of the Universe.”

अर्थात यिनि उदाहरणहरु द्वारा हामिलाई यो विश्वास हुए बिना नभई हुन सक्दैन कि वेद एकै परमात्मालाई स्वीकार गर्छन् अनि उसैको प्रतिपादन गर्छन् जो सर्वशक्तिमान, अनन्त, नित्य, स्वयम्भू, जगतको प्रकाशक अनि स्वामी हो।

(४) कोलब्रूक (Colebrook) नामक प्रसिद्ध अंग्रेज विद्वानले प्राचीन हिन्दू धर्मको विषयमा यस प्रकार लेखेका छन्-

“The ancient Hindu Religion as founded on the hindu scriptures (Vedas) recognise but one God.”
(Asiatic Researches Vol III P 385)

सारांश यो हो कि हिन्दू धर्म ग्रन्थहरु (वेदादि शास्त्रहरु) मा आश्रित हिन्दू धर्म एकेश्वरवादको नैं प्रतिपादन गर्दछन्।

(५) अर्नेस्ट वुड (Ernest Wood) नामक सुप्रसिद्ध अंग्रेज विद्वान ले "An English man defends mother Indra" नामक पुस्तकमा ईश्वरवादको विषयमा यों लेख्छन्-

In the eyes of the Hindus, there is but one, Supreme God. This was stated long ago in the Rigveda in the following words “एकं सद्विप्रा बहुधा वदन्ति” Which may be translated, “The sages name the One Being variously.”
(Page 128.)

अर्थात् हिन्दुहरुको दृष्टि मा एकै परमात्मा छन्। यसको प्रतिपादन बहुत प्राचीन समयमा ऋग्वेदमा 'एकं सद्विप्रा बहुधा वदन्ति' इत्यादि शब्दहरु द्वारा गरिएको थियो जसको अर्थ हो कि विद्वान्हरु एकै परमेश्वर को अनेक नामहरु मार्फत पुकार्दछन्।

अन्य अरु पनि अनेक उद्धरण पाश्चात्य विद्वानहरुका ग्रन्थहरु द्वारा वैदिक एकेश्वरवादको समर्थनमा दिन सकिन्छ किन्तु विस्तार को भयले अहिलेलाई यत्ति नैं पर्याप्त सम्झेर देवताहरुको विषयमा विचार प्रारम्भ गरिन्छ।