Saturday, September 21, 2019

मृतक श्राद्धमाथि २१ प्रश्न

◼️


मृतक श्राद्धमाथि २१ प्रश्न🤔◼️
लेखक – आचार्य डा. श्रीराम आर्य
प्रस्तुति – 🌺“ अवत्सार ”
🤔प्रश्न १ . पितर संज्ञा मृतकहरुको हो या जीवितको ? यदि जीवितहरुको हो भने मृतक श्राद्ध व्यर्थ होला । यदि मृतकहरुको हो भने
🔥आधत्त पितरो गर्भकुमार पुष्करसृजम॥ (यजुर्वेद २ - ३३)
🔥ऊर्ज वहन्तीरमृतं घृतं पय : कीलालं परिश्रुतम् ।
स्वधास्थ्य तर्पयतमे पितृन्। (यजुर्वेद २ - ३४)
🔥आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्तः पथिभिर्देवयानै :। ( यजुर्वेद १६ - ५८ )
इत्यादि वेद मंत्रबाट पितरहरुको गर्भाधान गर्नु , अन्नजल , दुध आदिको सेवन गर्नु , आउनु–जानु – बोल्नु आदि क्रियाहरु गर्नु बताइएको छ , जो कि मृतकहरुमा संभव छैन ।
यसबाट पितर संज्ञा जीवितहरुको नै संभव छ । अतः मृतकहरुको श्राद्ध गर्नु अवैदिक कर्म हो ।
🤔प्रश्न २ . जीवात्माको गति जब निज कर्म अनुसार हुन्छ भने मृतक श्राद्धको के आवश्यकता छ ?
🤔प्रश्न ३ . जब जीवात्मामा लिंगभेद हुँदैन भने शरीर त्यागेपछि त्यस तत्वलाई पितर आदि कसरी मान्न सकिन्छ ? उपनिषदमा जीवात्मालाई –
🔥नैव स्त्री न पुमानेषु न चैवायं नपुंसक: ।
यद् यच्छरीरं आधर्ते तेन - तेन स युज्यते ।
(श्वेताश्वेत उपनिषद ५ - १०)
अर्थात् – जीवात्मा स्त्री , पुरुष या नपुंसक भेदवाला होइनन् । जीवात्मा जुन जुन शरीरमा जान्छ , त्यस्तो नै कहलिन्छ ।
🤔प्रश्न ४ . शरीर त्याग पछि जीवात्माको लौकिक सम्बन्ध पिता–पुत्रादिको नष्ट भइहाल्छ भने उनका पुत्रादिद्वारा दिइएको पदार्थ उनीहरुले कसरी प्राप्त गर्छन् ?
🤔प्रश्न ५ . जो अविवाहित रहँदा रहँदै मर्छन् उनीहरुलाई पितर (मरेपछिको पौराणिक कल्पना अनुसार उनको आत्मालाई ) नबनेकाले उनीहरुको मोक्ष कसरी होला ? भीष्म पितामह तथा शुकदेवजीको के गति भयो होला ?
🤔प्रश्न ६ . जसको वंशनाश भइहाल्छ , के ती पितर भोकै मरिरहन्छन् ? यदि हो भने किन ?
🤔प्रश्न ७ . कुन कुन जीवहरुको पुनर्जन्म हुन्छ र कुन कुन जीवको पुनर्जन्म हुँदैन , किनकी मोक्ष भइहाल्छ – यो पत्ता लगाउने साधन तपाईसँग छ कि ? र बिना यो पत्ता लगाएर मृतकको श्राद्ध गर्नु निरर्थक किन होइन ?
🤔प्रश्न ८. मरेपछि स्थूल शरीर नष्ट हुन्छ , सूक्ष्म शरीरलाई भोक – प्याससँग कुनै सम्बन्ध हुँदैन न त उसलाई भोजनादिको ग्रहण गर्ने सामथ्र्य नै हुन्छ भने तपाईका पितर भोजन कसरी प्राप्त गर्छन् ?
🤔प्रश्न ९ . श्राद्धमा जो पदार्थ दिइन्छ , यदि त्यो पुनर्जन्म प्राप्त जीवहरुको योनीहरुको स्वाभाविक भोजनका अनुकूल नभए श्राद्धबाट के लाभ हुन्छ ?
🤔प्रश्न १० . यदि एक पुरुषका चार छोरा दुरस्थ नगरहरुमा एकै दि , एकै समय उनीहरुको श्राद्ध गरे भने ती पुरुषको आत्मा चारै स्थानहरुमा श्राद्ध ग्रहण गर्न तथा खान कसरी जान सक्छ ? किनकी एक देशीय जीव एक समयमा एकै स्थानमा विद्यमान हुन सक्छ ?
🤔प्रश्न ११ . श्राद्धको अधिकार सबै जातिहरुलाई किन छैन ?
🤔प्रश्न १२ . जुन जातिहरुलाई श्राद्धको अधिकार हुँदेन उनका पितर त भोकै मर्छन् होला या अरुको धन खोसेर खान्छन् होला ? त्यस दशामा तिनको झगडा–फसादको शान्ति कसले कसरी गर्छन् होला ? मरेपछिपनि जीवहरुमा उच्च – नीचको भेद कायम रहनु तपाई किन मान्नुहुन्छ ?
🤔प्रश्न १३ . मरेपछि लापता जीवात्माहरुका समीप पण्डितजी श्राद्धको मालताल पुर्याइदिन्छन् भने त्यसको प्रमाण के हो ?
🤔प्रश्न १४ . जब लापता शरीर विहीन जीवात्माहरुका समीप तपाई सामान पुर्याउन सक्ने मान्नुहुन्छ भने परदेश गएका मान्छेहरुको नाममा भोजनहरुका थालीहरु पनि त्यतै पुर्याएर किन तिनलाई भोख–प्यासबाट तृप्त गर्दैनन् ?
🤔प्रश्न १५ . कौवा र पितरहरुको श्राद्धमा के सम्बन्ध छ कि कौवालाई भोजन गराइन्छ ? के कौवा पितरहरुका प्रतिनिधि हुन् ?
प्रश्न १६ . वर्षा ऋतुमा जब नदी – तलाउहरुमा जब सर्वत्र जल भरिएको हुन्छ , आकाशमा बादल पानी भरिएका छन् भने जलदान पितरहरुको गर्नु के आवश्यकता छ ? ग्रीष्मको प्रचण्ड गर्मीमा ज्येष्ठ – वैशाखमा जलदान किन गरिदैन जबकी पानीको सबैलाई अत्यन्त आवश्यक हुन्छ ?
🤔प्रश्न १७ . वर्षभरमा केवल एक पटक मात्र तृप्त गरेर पितरहरुलाई सालभर सम्म भोका मार्न र आफ्नो पेट तीन पटक दैनिक भरेर खानु के आफ्ना बुढा पितृहरु प्रति निकृष्टतम प्रहसन होइन ? के पितरहरुको पाचन यति खराब हुन्छ कि एक पटक खाएर सालभर सम्म पनि पितृले त्यसलाई पचाउन सक्दैनन् ?
🤔प्रश्न १८ . महाभारत अनुशासन पर्व अध्याय ३२मा लेखिएको छ कि “ चिकित्सक , मन्दिरको पुजारी , दुध बेच्ने , गायत्री जाप तथा संध्यागर्ने , वेतन लिएर पढाउनेवाला , यी ब्राह्मणहरुलाई यज्ञदान तथा श्राद्धमा बोलाउनुहुन्न । यदि यिनलाई बोलाए भने दानको फल नष्ट हुन्छ तथा यज्ञ – दान तथा श्राद्ध गर्नेवालाका पितर घोर नरकमा जान्छन् ।
प्रश्न यो हो कि के उपरोक्त कर्म गर्नु , पुराण पढ्नु आदि महापाप कर्म हुन् जो यस्ता गर्नेवाला महापापी हुन् ? यिनलाई श्राद्धादिमा बोलाउँदाको पाप त श्राद्धकर्ताद्वारा गरिन्छ भने त्यसको कुकर्मको फल स्वयं बिना गरेरै पितरहरुले किन भोग्ने ?
🤔प्रश्न १९ . जब महाभारत वन पर्व अध्याय १८३ श्लोक ७७ (गीता प्रेस ) मा स्पष्ट लेखिएको छ
🔥आयुषोऽन्ते प्रहादेव क्षीण प्राय : कलेवरम् ।
सम्भवत्येव युगपदयोनो नास्त्यन्तरराभवः।
अर्थात् – एक शरीर त्यागेर अर्को शरीरलाई जीव तत्क्षण गरिहाल्छ । उसले बिना स्थूल शरीरको आश्रय लिएर एक क्षण पनि रहन सक्दैन । गीता २÷२२ले पनि जीवले पुनर्जन्मको पुष्टि गरेको छ । तब पुनर्जन्म प्राप्त जीवहरुको लागि श्राद्ध गर्नु मिथ्या कर्म किन होइन ? किनकी प्रत्यक्षमा जन्मेका बालक तथा ठुलालाई कसैलाई पनि उनीहरुको पूर्वजन्मको स्थानमा दिइएको श्राद्ध पदार्थ पुग्दैन ।
🤔प्रश्न २० . यो बताउनुहोस् कि पितरको तात्पर्य तपाईको जीवात्मासँग छ या शरीरसँग ! अथवा जीव संयुक्त शरीरसँग ? यदि जीवात्मासँग छ भने मनेपछि नाता सम्बन्ध त समाप्त भइहाल्छ । यदि शरीरसँग हो भने त्यो भष्म भएर समाप्त भइहाल्छ । यदि जीव संयुक्त शरीरसँग हो भने पितर जीवित पुरुष भए न कि मृतक ! तब श्राद्ध मुर्दाको नाममा गर्नु गलत हुन जान्छ ।
🤔प्रश्न २१ . भविष्य पुराण ब्राह्म पर्व अध्याय १८४ श्लोक ५६ मा लेखिएको छ
🔥मृतान्न मधु माँसं च यस्तु भन्जीथ ब्राह्मणः ।
स त्रीण्यहान्युपवसेदेका - हं चौदके वसेत् ।
अर्थात – जो ब्राह्मण मुर्दाका निमित्त (श्राद्धको ) अन्न , रक्सी तथा माँसुको सेवन गर्छ ऊ तीन दिन उपवास गरोस् र एक दिन जलमा बसोस् तब शुद्ध हुनेछ । यसबाट स्पष्ट छ कि श्राद्ध भोजन कुनै पनि ब्राह्मणले गर्नुहुँदैन । तब के पौराणिक ब्राह्मण श्राद्ध खाएर उक्त प्रकारले प्रायश्चित्त गर्दछ ?
लेखक – आचार्य डा. श्रीराम आर्य
प्रस्तुति – 🌺“ अवत्सार ”
🔥वैचारिक क्रान्तिका लागि “सत्यार्थ प्रकाश ” पढ्नुहोस्🔥
🌻फर्कौ वेदहरू तर्फ🌻
।। ओ३म् ।।

Thursday, September 12, 2019

स्वामी दयानन्दजीको म्याक्समूलरमाथि विचार



स्वामी दयानन्दजीको म्याक्समूलरमाथि विचार–

अहिले सम्म जति संस्कृत विद्याको प्रचार आर्यावत्र्त देशमा छ त्यति अरु कुनै देशमा भएको छैन। ज–जसले भन्छन् कि– जर्मनी देशमा संस्कृत विद्याको धेरै प्रचार छ र जति संस्कृत मोक्षमूलर साहबले पढ्नुभएको छ त्यति कसलै पढेको छैन। यो भन्नेमात्र कुरा हो किनकी “यस्मिन्देशे द्रुमो नास्ति तत्रैरण्डोऽपि द्रुमायते” अर्थात, जुन देशमा कुनै वृक्ष हुँदैन त्यस देशमा सानो झाडलाई पनि ठुलो वृक्ष मान्छन्। त्यस्तै नै युरोप देशमा संस्कृत विद्याको प्रचार नभएका कारण जर्मनीका मान्छे र मोक्षमूलर साहबले जो थोरै मात्र पनि पढेका थिए त्य स देशमा त्यो नै अधिक थियो। परन्तु आर्यावर्त देश तर्फ हेर्दा त्यो अति न्यून प्रतीत हुन्छ। किनकी मैले जर्मनी देशवासीका एक “प्रिन्सिपल” को पत्रबाट जाने कि जर्मनी देशमा संस्कृत चिट्ठीको अर्थ गर्ने पनि धेरै कम छन्। र मोक्षमूलर साहबलाई संस्कृत साहित्य र थोरै मात्राको वेदको व्याख्या देखेर मलाई विदित भयो कि मोक्षमूलर साहबले यता उता आर्यावत्र्तीय जनहरुद्वारा गरिएको टिका देखेर केही केही यथा तथा लेखेका थिए। जस्तै–

युञ्जन्ति ब्रध्नमरुषं चरन्तं परि तस्थुषः। रोचन्ते रोचना दिवि।।

यस मन्त्रको अर्थ घोडा गरिएको छ। यस भन्दा त सायणाचार्यजीको अर्थ ठिक छ जसले सूर्य अर्थ गर्नुभएको छ। परन्तु यसको ठिक अर्थ परमात्मा हो र सो मद्वारा बनाइएको “ऋग्वेदादिभाष्यभूमिका” मा हेर्नुहोला। त्यसमा यस मन्त्रको अर्थ यथार्थ गरिएको छ। यति बाट जान्नुहोला कि जर्मनी देश र मोक्षमूलर साहबमा संस्कृत विद्याको कति पाण्डित्य थियो।

यो निश्चय हो कि जति विद्या र मत भूगोलमा फैलिएको छ त्यो सबै आर्यावत्र्त देशबाट नै प्रचारित भएको हो।

सन्दर्भ– सत्यार्थ प्रकाश, एकादश समुल्लास

सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान



सन्ध्यासँग सम्बन्धित केही शंकाहरूको समाधान

डा० विवेक आर्य

शंका– मनुष्य ईश्वरको स्तुति किन गर्छ?

समाधान– ईश्वर मनुष्यसँग कुनै प्रकारको आत्मप्रशंसाको अपेक्षा गर्दैनन् र न त स्तुतिसँग प्रसन्न भएर पाप नै क्षमा गरिदिन्छन्। मनुष्यका शुभाशुभ कर्महरुका संस्कार उसको अन्तः करणमा अवश्य नै पर्दछन्। अन्तःकरणको पटमा निरन्तर एकत्रित भइरहेका यही संस्कार मनुष्यको स्वभावको निर्माण गर्दछने। पुण्य संस्कारहरुको परिणाम पुण्य स्वभाव हो र पापी संस्कारहरुको स्वभाव पापी संस्कार हो। पापी स्वभावमा परिवर्तन गर्नु सहज हुँदैन त्यसलैले पापी स्वभाव भएपछि व्यक्ति नचाहदा नचाहदै पनि पाप र प्रलोभनहरुले निरन्तर परास्त हुन्छ। यी निरन्तर पराजयहरुबाट आत्मा मलीन, बलहीन एवं जीवन आशाहीन हुन जान्छ। सन्ध्या सरोवरमा नित्य स्नान गर्ने पूर्व संचित पाप संस्कार धूलो भइहाल्छ। मनुष्यको आत्मा निर्मल, पवित्र एवं बलशाली बनिजान्छ। महर्षि मनु (२/१०२) का अनुसार प्रातः कालको संध्याबाट रात्रीका र सांयको सन्ध्याबाट दिनभरका कुसंस्कार रुपी मल नष्ट हुन्छन्। सन्ध्यामा आत्मनिरीक्षणबाट विद्यमान दोषहरु पश्चातापबाट शुद्ध हुन्छ एवं तत्पश्चात् संकल्पले अनागत पापहरुको प्रवृत्तिको दमन गरिन्छ। ईश्वरको स्तुतिले आत्मा विनम्र हुन्छ, अहंकारको नाश भइहाल्छ।

शंका– संध्या गर्ने कालमा मन एकाग्र नहुनुको कारण के हो?

समाधान– प्रारम्भिक अवस्थामा संध्या गर्नु जब आरम्भ हुन्छ तब उसमा मन एकाग्र हुन सक्दैन। चार घडी पनि चित्त शान्त गरेर बस्न असंभव लाग्नेगर्छ। संध्याको अर्थ हो सम्यक् ध्यान परन्तु जब आसन ग्रहण गरिन्छ तब मन संसारका विभिन्न अनुभवहरु, वार्तालापहरुको यात्रा गर्न थाल्छ। सबै पछिल्ला कुराहरु स्मरण हुनजान्छन् एवं चिन्ता आदिले घेरेर सन्ध्या छुट्न थाल्छ। यसको प्रमुख कारण सन्ध्याका मन्त्रहरुका गूढ भावहरुको अपरिज्ञाननै हो अर्थात् हामीले सन्ध्याको अर्थ बुझेका नै छैनौँ। मन्त्रहरुको अर्थमा लुकेको गूढ भावनामा चिन्तन गर्नाले चित्त शान्त हुन्छ। चिन्तन गर्नाले सन्ध्याका मन्त्रहरुको एक एक शब्दहरुको अर्थ जान्नुपर्छ। मन्त्रहरुको सौन्दर्य, माधुर्य र भावगाम्भीर्यलाई जान्नाले त्यसको स्मरण गर्नुपर्छ। यी मन्त्रहरुको अर्थमा स्थित भावनाहरुमा सुस्तरी सुस्तरी मन एकाग्र हुन लाग्छ। चित्त शान्त हुन थाल्छ र चंचलता कम हुन जान्छ, चिन्ताहरु टाढा भाग्छन् र अन्तः करणमा अवर्णनीय आनन्दको अनुभूति हुन थाल्छ। सुस्तरी सुस्तरी सन्ध्या साधकको मनको अंग बन्छ र सन्ध्यामा मन नलाग्ने दुविधा सदाको लागि टाढा हुन्छ।

पाठक आ–आफ्नो अनुभव बताउनुहोस्!

शंका– के केवल संस्कृतबाट नै वैदिक सन्ध्याले आत्माको कल्याण संभव छ?

समाधान– पंडित बुद्धदेवजी विद्यालंकारजीका शब्दमा “परमेश्वरको भजन संस्कृत भाषामा नै हुन सक्छ तथा अन्य भाषामा हुँदैन, ईश्वर भनेर पुकार गर्दा मात्र ऊ अधिक प्रसन्न हुन्छ किन्तु सच्चा हृदयले अल्लाह भन्दा ऊ रिसाउँछ– यो सम्झनु भारी भूल हो। त्यसो भए प्रश्न उठ्छ कि ऋषि दयानन्दले पंचमहायज्ञविधिमा जो सन्ध्या लेख्नुभएको छ त्यसद्वारा भजन किन गर्ने? यसको उत्तर यो हो कि ध्यान गर्दा जो विघ्न उपस्थित हुन्छ, ध्यान गर्नेवालालाई जुन जुन भूमिकाहरुबाट गुज्रनु पर्छ, ध्यानको लागि योगको जुन आठ अंग भनिएको छ ती सबैको यस्तो सुसंगत समावेश यसभन्दा अधिक मार्मिक तथा भावगर्भ शब्दहरुमा अन्यत्र पाइन्न। परन्तु यसको यो तात्पर्य यो होइन कि अन्य मार्गले भजन हुन सक्दैन। एक मनुष्यको शरीरको लागि कस्तो कस्तो प्रकारको भोजन अपेक्षितछ कि यसको वैज्ञानिक रीतिले विचार गरेर चलाख वैद्य, जो भोजन पत्र तैयार गर्छ, त्यसका अनुसार एक व्यायाम शील मनुष्यको शरीर अतिवेगले उन्नति गर्छ। परन्तु यदि मनुष्य व्यायामशील भए  साधारण भोजन पनि गरे त्यसबाट पर्याप्त पुष्टिकारक पदार्थ निकालिहाल्छ। मान्छेहरु कुनै देश, काल अथवा भाषामा भजन गरून् उसको आत्मा बलवानु भएर न केवल आफ्नो बरु आफ्ना भाइहरुको पनि दुःख निवारणमा पनि समर्थ हुन्छ। परन्तु जो पद्दति ठिक क्रमले बनाइएको छ त्यो शीघ्र फलदायक हुन्छ।”

Sunday, September 8, 2019

धर्म के हो?



धर्म के हो?
धर्म त्यो हो जो मनुष्य मात्रको कल्याण गर्नमा समर्थ हुन्छ, कुनै व्यक्ति या वर्ग विशेषको होइन।

धर्म त्यो हो जो जीवनको सर्वाङ्गीण विकासको मार्ग प्रशस्त गरोस्। बौद्धिक, आत्मिक, शारीरिक, सामाजिक, राष्द्रिय उन्न्तिको लागि प्रेरणा देओस्, जसमा समानता, एकता, परस्पर प्रेम, सौहार्द, सद्भावना, समदृष्टि उत्पन्न गर्नमा क्षमता होओस्, जो कर्तव्य पालन प्रति सचेत गरोस्। यस्तो धर्मलाई धारण गरेर मनुष्यको इहलोक पनि सुध्रिन्छ तथा परलोक पनि।

धर्मका प्रति यो दार्शनिक कति उदात्त र विशाल छ।
यतोऽभ्युदयनिः श्रेयसस्सिद्धिः सः धर्मः।।

जसबाट लौकिक र पारलौकिक उन्नित हुन्छ, त्यो नै धर्म हो।
पारलौकिक उन्नतिको अभिप्राय आत्मिक र पारमर्थिक उन्नति हो, अर्थात् केवल भौतिक उन्नति नै जीवनको लागि आवश्यक छैन अपितु आत्मिक उन्नतिको आवश्यकता त्यसभन्दा पनि अधिक छ।
भौतिक उन्नति शरीरको लागि हो र आत्मिक उन्नति आत्माको लागि हो। दुवै प्रकारका उन्नति नै मनुष्यको लागि महत्वपूर्ण छ।

अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः।
दानं दमो दया क्षान्तिः सर्वेषां धर्मसाधनम्।।

अहिंसा, सत्य, अस्तेय, पवित्रता, इन्द्रियहरुको संयम, दान, अन्तःकरणको संयम, दया र धैर्य धारण गर्नु यी सबै व्यक्तिहरुको लागि धर्मका साधन हुन्।

नाश्रमः कारणं धर्मे क्रियमाणे भवेद्धि सः।
अतो यदात्मनोऽपथ्यम् परेषां न तदाचरेत्।। –याज्ञवल्क्य आचार० ७,८,१,२२ प्राय० ६५
कुनै धर्मको आचरणमा कुनै विशेष आश्रम कारण हुँदैन, त्यो त गर्नाले हुन्छ। त्यसैले जो आफूलाई रुचिकर लाग्दैन त्यो अर्काले गर्नुहुँदैन।

मनुष्यले सदा यस कुराको ध्यान राख्नुपर्छ कि जसको सेवल रागद्वेष रहित विद्वान विद्वान् पुरुष नित्य गर्छन्, जसको आत्मा सत्कर्तव्य जानोस्, त्यही धर्म माननीय र करणीय हुन्छ।

सम्पूर्ण वेद, स्मृति तथा ऋषिप्रणीत शास्त्र, सत्पुरुषहरुको आचार र जुन कर्ममा आफ्नो आत्मा प्रसन्न हुन्छ अर्थात् जुन कर्म गर्नाले भय, लज्जा , शंका हुँदैन ती कर्महरुको सेवन गर्नु उचित हुँदैन।

किनकी जो मनुष्य वेदोक्त धर्म र वेदहरुबाट अविरुद्ध स्मृतिमा भनिएको धर्मको अनुष्ठान गर्दछ, त्यो यस लोकमा कीर्ति र मृत्याु पश्चात् सर्वोत्तम सुखलाई प्राप्त हुन्छ।

परन्तु जो द्रव्यादिको लोभ र काम अर्थात् विषय सेवनमा फँसेको हुँदैन, त्यसैलाई धर्मको ज्ञान हुन्छ। जो धर्मलाई जान्ने इच्छा गर्छ, उनीहरुको लागि वेद नै परम प्रमाण हो।
सत्य बोल, प्रिय बोल, अप्रिय असत्य नबोल, प्रिय असत्य नबोल। यही सनातन धर्म हो।

जो मनुष्य सुन्दर चाल चाल्छ, जो सदा प्रयत्नशील हुन्छ, जो जप र हवन नित्य गर्छ उनीहरुलाई कुनै कष्ट हुँदैन।

धर्माचरणले नै दीर्धायु, उत्तम प्रजा र अक्षय धन मनुुष्यलाई प्राप्त हुन्छ र धर्माचरण नराम्रा अधर्मयुक्त लक्ष्ँणहरुको नाश गरिदिन्छ।

जो दुराचारी पुरुष हुन्छ ऊ सर्वत्र निन्दित, दुःखभागी र व्याधिले निरन्तर अल्पायु हुँदै जान्छ।

जो अधार्मिक मनुष्य हो र जो सँग अधर्मले संचित गरिएको धन हुन्छ, जो सदा हिंसा अर्थात् वैरमा प्रवृत्त हुन्छ, ऊ नै यस लोक र परलोकमा सुख कहिल्यै प्राप्त हुन सक्दैन।

धर्माचरण गर्दै दुःख प्राप्त भएपछि अधर्ममा मनमा नलगाउनू किनकी अधार्मिक पापीजनलाई (हुन सक्छ केही कालसम्म त सुख प्राप्त भएको लाग्छ) शीघ्र नै विपरीत अर्थात् दुःख पनि प्राप्त भएको देखिन्छ।

मनुष्य निश्चय गरेर जानोस् कि यस संसारमा जसरी गाईको सेवाको फल दुख आदि शीघ्र प्राप्त हुन्छ, त्यसरी नै गरिएका अधर्मको फल पनि शीघ्र प्राप्त हुन्छ परन्तु सुस्तरी सुस्तरी अधर्म कर्ताको सुखलाई रोकेर सुखहरुको मूल काटिदिन्छ।

अधर्मात्मा पुरुष धर्मको मर्यादा तोडेर विश्वासघात आदि कर्महरुबाट अरु पदार्थमा त बढ्छ, धनादि ऐश्वर्यले खानपान, वस्त्र, आभूषण, स्थान, मान, प्रतिष्ठालाई प्राप्त हुन्छ, अन्यायले शत्रुहरुलाई पनि जित्छ, परन्तु शीघ्र नै नष्ट हुन्छ जसरी जराबाट काटिएको रुख नष्ट हुन्छ।

जसरी धमिराले सुस्तरी सुस्तरी ठुलो भारी घर बनाइहाल्छ, त्यसरी नै मनुष्य परजन्मको सहायको लागि सबै प्राणीहरुलाई पिडा नदिएर धर्मको सञ्चय सुस्तरी सुस्तरी गरुन्।

परलोकमा न माता, न पिता, न पुत्र, न सम्बन्धी सहायता गर्न सक्छन्, किन्तु एक धर्म नै सहायक हुन्छ।
यज्ञ, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र निर्लोभता– यी आठ प्रकारका धर्मका मार्ग हुन्।
यिनमा प्रारम्भिक चार दम्भ (अभिमान) का लागि पनि प्रयुक्त हुन्छन् , परन्तु अन्तिम चार (देखावटीले रहितत) महात्माहरुमा नै हुन्छन्। –विदुर नीति

दश धर्मं न जानन्ति धृतराष्ट्र निबोध तान्।
मत्तः प्रमत्तः उन्मत्त श्रान्तः क्रुद्धो बुभुक्षितः।।
त्वरमाणश्च लुब्धुश्च भीतः कामी च ते दश।
तस्मादेतेषु सर्वेषु न प्रसज्जेत पण्डितः।। –विदुर नीति १/१०१,१०२
हे धृतराष्ट्र! दश प्रकारका मनुष्य धर्मलाई जान्दैनन्, उनीहरुलाई मबाट जान– नशा सेवन गर्ने, असावधान, पागल, थाकेका, क्रुद्ध, भोका, शीघ्रकारी, लोभी, डराएका र कामी (कामवासनामा लिप्त)
अतः ज्ञानी मनुष्य यिनीसँग लगाव नराखून्।

महाराज भोज भन्छन्–
बलवानपि अशक्तोऽसौ धनवानपि निर्धनः।
श्रुतवानपि मूखश्च यो धर्मविमुखो जनः।।

त्यो व्यक्ति बलवान् हुँदा हुँदै पनि शक्तिहीन हो, धनवान् हुँदा हुँदै पनि निर्धन हो, विद्वान् हुँदा हुँदै पनि मूर्ख हो जो धर्मबाट विमुख हुन्छ।

स्वाध्याय र आर्ष पद्धति

Image may contain: 1 person, text
🌼स्वाध्याय र आर्ष पद्धति 🌼
🌻संकलक – अविरल डि.सी.🌻
स्वामी दयानन्द सरस्वतीजीको जीवन त्याग – तप तथा अनुशासनको मूर्ति थियो । सन्यासाश्रमको ग्रहण पछि उहाँ मथुरामा आउनुभयो थियो । त्यस समय स्वामी विरजानन्दजीको व्याकरण विद्याको दीप्तिले प्रदीप्त प्रतिभा मानुहुन्थ्यो । स्वामी श्रीविरजानन्द आर्ष ग्रन्थका एक प्रबल पक्षपाती एवं प्रचारक हुनुहुन्थ्यो । स्वामी दयानन्द त्यहाँ आउँदा गुरु विरजानन्द उमेरले एकासी वर्षका हुनुहुन्थ्यो ।
एक समय संवत् विक्रम संवत् १९१७ कार्तिक शुक्लपक्ष द्वितीयाको दिन स्वामी दयानन्द मथुरामा विरजानन्दजीको सानो भवन माथि गएर ढोका ठक्ठक्याउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “को हो ? ”
स्वामी दयानन्दजीले आफ्नो नाम बताउनुभयो ।
विरजानन्दजीले सोध्नुभयो – “केही व्याकरण पनि पढेका छौँ ? ”
स्वामी दयानन्दजीले भन्नुभयो – “ सारस्वत आदि व्याकरणका ग्रन्थहरु पढेको छु । ”
त्यसपछि विरजानन्दजीले ढोका खोल्नुभयो र दयानन्दजीले विरजानन्दजीलाई प्रणाम गर्नुभयो । त्यसपछि विरजानन्दजीको संकेत पाएर दयानन्दजी उहाँको समीप बस्नुभयो । शिष्यको परीक्षणको लागि गुरुले केही प्रश्न पनि सोध्नुभयो तथा उत्तर पाइसकेपछि विरजानन्दजीले भन्नुभयो – “दयानन्द ! अहिलेसम्म तिमीले जे जे अध्ययन गरेका छौँ त्यससमा अधिकांशतः अनार्ष ग्रन्थहरु छन् । आर्ष शैली अत्यन्तै सरल एवं सुन्दर छ तर पनि मानिसहरु त्यसलाई अवलम्बन गर्दैनन् । जबसम्म तिमी अनार्ष पद्धतिलाई त्याग्दैनौँ , तबसम्म आर्ष ग्रन्थहरुको महत्व र मर्मलाई बुझ्दैनौ । ”
दयानन्द सरस्वतीजीले गुरुको यो आदेश अक्षरशः पालन गरे । स्वयंले पनि व्याकरणको अध्ययन त्यही पद्धतिले गरेर अल्पावधिमा नै व्याकरणको ज्ञान प्राप्त गरे । दयानन्द सरस्वतीजीले आफ्नो अमर कृति सत्यार्थ प्रकाशमा पनि यो मर्मलाई स्पष्ट पार्नुभएको छ। तृतीय समुल्लासको पठनपाठन विधि अन्तर्गत व्याकरणको अध्ययनको लागि व्याकरण महाभाष्य , अष्टाध्यायी ग्रन्थ , दर्शन शास्त्रहरुको अध्ययनमा पूर्वमीमांसाको लागि व्यासमुनिकृति भाष्य , वैशेषिकको लागि प्रशस्तपाद भाष्य , न्यायको लागि वात्स्यायनमुनिकृत भाष्य , योगसूत्रको लागि व्यासमुनिकृतभाष्य , सांख्यको लागि भागुरिमुनिकृत भाष्य एवं वेदान्तसूत्रको लागि बौधायनमुनिकृत भाष्यको विधि निर्देश पनि गर्नुभएको छ ।
वर्तमान समयमा सनातन संस्कृतिको स्वाध्यायपरम्पराको ह्रास तथा त्यस माथि आर्ष ग्रन्थहरुको पठनपाठन न्यून हुनु आफैमा यौटा दुःखको विषय हो ।
त्यसैले आउनुहोस् ! सनातन संस्कृतिको संरक्षणको लागि स्वाध्याय गरौँ तथा स्वाध्यायहेतु आर्ष ग्रन्थहरुको उपयोग गरौँ ।
🔥 शमित्योम् 🔥

Friday, September 6, 2019

अमृतधाराः वेदोपदेश



*अमृतधाराः वेदोपदेश *
लेखक – स्वामी दर्शनानन्द जी
*प्रस्तुति– अवत्सार *

ओ३म् व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम् ।
दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।। ( यजुर्वेद १९÷३०)

*सत्यलाई कहिले जान्न सकिन्छ ? * – यस वेदमन्त्रमा परमात्मा जीवहरुलाई यस कुराको उपदेश दिन्छन् कि जब जीव सत्यलाई जान्नको लागि व्रत धारण गर्छ अर्थात् अर्थात् दृढ निश्चयले पुरा गर्ने निश्चयले पुरा गर्नको लागि व्रत गर्दछ र सत्यासत्यको खोजीमा निरन्तर लाग्छ , तब उसमा सत्य जान्ने अधिकार अर्थात् योग्यता उत्पन्न हुन्छ र जब त्यस योग्यताद्वारा गुरुसँग दीक्षा लिएर त्यस अनुसार आचरण गर्छ तब दक्षता अर्थात् उत्तम सुख र संसारमा सन्मान प्राप्त गर्दछ । जब यस प्रकार संसारमा सत्यको प्राप्तिले मान र उत्तम सुख एवं शान्ति प्राप्ति हुन्छ तब उसलाई यो देखेर अरु व्यक्तिहरुमा सत्यप्रति श्रद्धा उत्पन्न हुन्छ र ऊ स्वयं पनि सत्यमा अटल विश्वार राखेर त्यस अनुरुप आचरण गर्नेवाला बन्छ । जबसम्म परमात्माको यस आदेशको पालन हुँदैन तब सम्म सत्यमा श्रद्धा हुँदैन ।

लक्ष्य सिद्धिका चार आश्रम – परमात्माको यस नियमले चार आश्रम बनाइएका छन् । जब मनुष्य परमात्मालाई जान्नको लागि ब्रह्मचर्यको व्रत धारण गरेर त्यसमा वेदहरुको निरन्तर स्वाध्याय गर्दछ र त्यसका अनुसार प्रत्येक वेदांगलाई राम्ररी जानेर वेदार्थद्वारा पदार्थहरुलाई जान्नको लागि पुरुषार्थ गर्दछ तब उसलाई परमात्मालाई जान्ने विधि , अभ्यास एवं वैराग्यले मनलाई एकाग्र गरेर समाधिद्वारा परमात्मालाई जान्ने क्षमता प्राप्त हुन्छ , र तब समाधिको विधिलाई जानेर विधिलाई जानेर क्रमवार गृहस्थ आश्रमलाई धारण गरेर कर्म गर्दै जान्छ ।

जब मन र इन्द्रियको वशीकरण हुन्छ – जब कर्म गर्नाले दुःखको प्राप्ति हुन्छ तब ऊ संसारका पदार्थहरुलाई दुःखको साधन सम्झेर तिनबाट पृथक् हुनको लागि वानप्रस्थ आश्रममा प्रवेश गरेर सुस्तरी सुस्तरी आफ्ना इन्द्रियहरुलाई वशमा गर्ने यत्न गर्दछ । जब यस प्रकारले आचरण गर्नाले मन र इन्द्रियहरुको वशीकरण गर्नमा सफलता प्राप्त हुन्छ तब ऊ संसारका विषयहरुबाट अलग भएर केवल परमात्मासँग प्रेम गर्दछ र उसको उपासनाले आनन्द प्राप्ति देखेर जगतका सकल व्यवहारबाट ईश्वरको प्रेममा मग्न हुन्छ ।

प्रकृतिले कसलाई तान्छ – यस प्रकारका सन्यासीहरुको दर्शन गरेर मान्छेहरु परमात्माका प्रति श्रद्धा र प्रेम उत्पन्न हुन्छ । जो जन परमात्माको प्राप्तिका लागि ब्रह्मचर्य रुपी व्रत धारण गर्दैनन् , उनीहरु कसरी गृहस्थ आश्रममा आएर ईश्वरलाई जान्ने अधिकार प्राप्त गर्न सक्छन् ? यस्तै मान्छे ईश्वरलाई जान्ने अधिकार नभएर मूर्तिपूजन आदि अविद्याका कर्ममा लागिपर्छन । जसले न त ब्रह्मचर्य आश्रममा नै वेद अध्ययन गरेका छन् न त गृहस्थाश्रममा नै पञ्च यज्ञादि नित्य कर्म गर्ने अभ्यास गर्छन् , तिनीहरु कसरी परमात्मालाई जान्न सक्छन् । तिनमा परमेश्वरप्रति कसरी श्रद्धा , प्रेम र भक्ति उत्पन्न हुन्छ ! यस्तै मान्छे अर्थार्थी तथा वाममार्गी बन्छन् किनकी इन्द्रियहरु लाई वशमा राख्न नसकेर उनीको मनलाई वशमा राख्ने अवशर हुन्न । मन उनीहरुलाई प्रतिक्षण प्रकृतिका पदार्थहरुतर्फ प्रवृत्त गर्दछ अथवा खिँच्छ । उनीहरु आफ्नो समस्त जीवन यसको दासतामा व्यतीत गर्छ ।

जसलाई सुख – दुःखका साधनहरुको यथार्थ ज्ञान छैन – उनीहरु स्वयंलाई चाहे अत्यन्त योग्य तथा बुद्धिमान सम्झून् , परन्तु वास्तवमा मूर्ख हुन् किनकी उनीहरुलाई सुख–दुःखका साधनहरुको ज्ञान हुँदैन । उनीहरु अविद्याका कारण दुःख दिनेवाला वस्तुहरुलाई नै सुखको साधन सम्झन्छन् र सुख दिनेवाला परमात्माको सत्तासँग सर्वथा विमुख छन् अथवा उनीहरुमा कत्ति पनि श्रद्धा छैन ।

वेदज्ञानद्वारा नै ईश्वरको ज्ञान – परमात्माको ज्ञान , परमात्माद्वारा दिइएको सद्ज्ञान वेदद्वारा नै सम्भव छ । जसरी कुनै पनि व्यक्ति सूर्यलाई दीपकको प्रकाशले देख्दैन परन्तु सूर्यका किरणले नै सूर्यको दर्शन गराउँछन् , त्यसरी नै कुनै पनि मनुष्य मनुष्यकृत ग्रन्थ अथवा मानवीय शक्तिबाट परमात्मालाई जान्न सक्दैन , न त परमात्मालाई नजानेरै सुख र शान्ति प्राप्त गर्न सक्छ । मुक्तिको साधन केवल परमात्माको ज्ञान हो । उनी नै सारा संंसारमा शान्तिका उपाय हुन् । त्यसलाई जान्नको लागि परमात्माले वर्ण–आश्रमको व्यवस्थाबाट निस्किएर आफ्नो ध्येयधामसम्म पुग्ने उपदेश दिनुभएको छ । जो मनुष्य परमात्माद्वारा बताइएको मार्गको विपरीत हिँड्छ , ऊ प्रकृतिको उपासनाको अन्धो गुफामा खसेर आत्मिक शान्तिबाट टाढा जान्छ । परमात्माले कृपा गरे धेरै कुरा प्राप्त हुन्छ ।

*ओ३म् शान्ति ! शान्ति ! शान्ति ! *

अहमदिया मुसलमानहरुसँग वार्तालाप






अहमदिया मुसलमानहरुसँग वार्तालाप




(पुस्तक मेलामा प्रायः इस्लामिक स्टलमा तपाई केही मुसलमान इस्लामको विषयमा ठुला ठुला कुरा गरेको देख्न सक्नुहुनेछ । जब एक आर्य समाजी इस्लामिक स्टलमा जान्छ तब के भयाो दिल्ली पुस्तक मेलामा यो वार्तालाप भएको थियो । नोट– वार्तालाप गर्नेवाला आर्य मित्रको परिचय गुप्त राखिएको छ । )




पुस्तक मेलामा म एक साथीसँग हिजो आइतबार साहित्य किन्न गए । त्यहाँ मिर्जा गुलाम अहमदद्वारा स्थापित अहमदिया फिरकाको बुक स्टल लागेको थियो । त्यस बुक स्टलमा वार्तालाप मैले सुने ।




एक अहमदिया मुस्लिम एक हिन्दुलाई पाठ पढाउँदै थियो ।




“ तपाईले इस्लाम र आतंकवादको मध्य सम्बन्धको बारेमा सुन्नुभएको छ होला । तर तपाई यो कहिल्यै पनि सुन्नुभएको छैन होला कि कुनै अहमदिया सम्प्रदायबाट कुनै पनि आतंकवादी सम्बन्धित होस् । न त कुनै विषालु दुष्प्रचार तपाईले हाम्रो सम्प्रदायको बारेमा सुन्नु भएको होला ।




जसै यी शब्द मेरा कानमा पुगे तब मैले बुझिहाले कि यिनीहरु अरुलाई भ्रमित गर्दै छन् ।



मैले भने , “ मियाँ साहब , तपाई गलत भन्दै हुनुहुन्छ । ” उनीहरुले सोधे कसरी । मैले भने – तपाईका मिर्जा गुलाम अहमदले आर्य समाजका पंडित लेखरामको हत्या गराएका थिए । यसबारे उसले भविष्यवाणी पनि गरेका थिए । पछि कुनै गुण्डा पठाएर छुराले मार्न लगाए । तर अचम्मको कुरा त यो छ कि मिर्जा साहबले यति ठुलो भविष्यवाणी त गरे कि पंडित लेखरामको हत्या हुनेवाला छ तर मिर्जाजी स्वयंको मृत्यु तड्पेर भयो । उनलाई यति भयंकर मधुमेह भयो कि उन एक दिनमा २०–२० पटक पिशाब गर्थे । ”




यो सुन्नासाथ मियाँ साहब त रिसाउन थाले ।




भने कि तपाई गलत भन्दै हुनुहुन्छ ।




मैले भने कि हामी गलत कहिले थियौँ । तपाईको यो दाबी नै गलत छ कि तपाईहरु विषाल् प्रचार गर्नुहुन्छ । तपाईका मिर्जाजीले बराहिन–ए–अहमदिया र सुरमा–ए–चश्मा –ए –आर्य जस्तै किताब लेखेका थिए जसमा आर्यसमाज जस्ता संस्थाहरुको भरपूर आलोचना गरिएको छ ।




तपाईका मिर्जा साहब अंग्रेजहरुको ईशारामा काम गर्थे । उनी अंग्रेजहरुको फुटाउ र राज्य गर भन्ने सिद्धान्तका सहायक थिए ।




यो सुन्ना साथ मियाँका साथ उभिएका साथी उग्र पो भए । उनीहरुले भने कि तपाईका दाबी गलत छन् । हाम्रा मिर्जा साहब त शान्तिको सन्देश दिनुहुन्थ्यो ।

मैले भने यहाँ पनि तपाई गलत हुनुहुन्छ । तपाई कादियानी मुसलमानको दाबी छ कि मिर्जा जी पैगम्बर थिए । बाँकी मुसलमान फिर्का मिर्जाजीलाई पैगम्बर भएको मान्यतालाई मान्दैनन्। पाकिस्तामा त तपाईको सम्प्रदायलाई मुसलमान नै मानिदैन तथा त्यहाँ तपाईलाई हज गर्नबाट मनाही नै छ ।




इस्लामिक कलिमाका अनुसार मुसलमान मुहम्मद साहिबलाई अन्तिम पैगम्बर मान्छन् जबकी तपाई मिर्जा जीलाई पनि पैगम्बर मान्नुहुन्छ । यस विवादका कारण तपाईका मस्जिदहरुमा पाकिस्तानमा बम बिस्फोट , कत्ल–ए–आम पनि भइ नै रहन्छन् ।




मेरा उत्तर सुनेर मियाँ साहब मलाई पैगम्बर कति प्रकारका हुन्छन् भनेर यस कुरामा अल्झाउन कोशिश गर्यो ।




यत्तिकैमा मेरो साथीले उनीहरुद्वारा प्रकाशित एक पुस्तक “कल्कि अवतार – हिन्दुहरुको धार्मिक ग्रन्थमा ” , लेखक –खुर्शीद अहमद प्रभाकर, दरवेश उठाएर त्यसमा पृष्ठ चारमा अथर्ववेदको २०÷११५÷१ मंत्रमा अहमिद्धि शब्दबाट “अहमद” शब्द ग्रहण गर्ने धूत्र्याइ भेटे । मैले पनि उनीहरुको त्यो धुत्र्याइ देखे ।

मैले भने कि वेद संस्कृत भाषामा छ भने त्यसको व्याकरण पनि संस्कृतमा नै हुन्छ । अरबी व्याकरणले वेदहरुको अर्थ कसरी निस्कन्छ ।




मैले फेरि भने — अनि के आधारमा अहमिद्धि शब्दबाट “अहमद” शब्दको ग्रहण गर्दै छौँ । यस पक्षले मियाँ साहब निरुत्तर भए ।




मैले भने अहमिद्धिबाट “म” शब्दको ग्रहण त व्याकरण अनुकूल छ तर अहमद शब्द कुनै पनि तरिकाले सिद्ध हुँदैन । अर्को कुरा वेद कुनै बाइबल या कुरआनका समान इतिहासको पुस्तक होइन । सृष्टिको आदिमा दिइएको ईश्वरीय ज्ञान हो ।




सत्य यो हो कि तिनै मिर्जाका एक शिष्य अब्दुल हक विद्यार्थीले विश्वका धर्मग्रन्थहरुमा मुहम्मद नामको यौटा पुस्तक लेखेको थियो । त्यसै पुस्तकमा उसले यो देखाउने प्रयास गरेको थियो मुहम्मद साहबको वर्णन वेदमा पाइन्छ । यिनको त्यो धुत्र्याइको तत्कालीन आर्यसमाजका विद्वान्हरुले धेरै उत्तर दिएका छन् ।

हामीले यो भनेपछि मियाँ साहबले सोधे कि के तपाईहरु आर्यसमाजी हुनुहुन्छ ?




मैले उत्तर दिए – तपाईहरुलाई के लाग्छ । केवल आफ्नो धर्म ग्रन्थको होइन बरु अरुका मतका पुस्तकहरुको समीक्षा त केवल स्वामी दयानन्दका शिष्यले नै जान्छन् । बाँकी हिन्दूहरुलाई यति पुरुषार्थ गर्ने कुनै बानी नै हुँदैन ।




यति भनेर वार्तालाप समाप्त भयो । हाम्रो वार्तालाप सुनेर भिड जम्मा भइसकेको थियो । हिन्दुहरु मन्द मन्द मुस्कुराएर गए । जब कि मियाँ तथा उनका साथीहरुको मुख लट्किएको थियो ।




यदि तपाईलाई यो वार्तालाप राम्रो लाग्यो भने “स्वामी दयानन्दजीको जय ” भन्न नबिर्सिनुहोला ।




तपाइको मित्र

एक आर्य