Wednesday, July 8, 2020

परमेश्वरको वाणी – वेदोपदेश



परमेश्वरको वाणी – वेदोपदेश                                 
                                                           
अनुवादक एवं प्रस्तोता – अविरल डि.सी.

वेदहरू विविध र गहन विषयहरूलाई समाहित गर्दछन् जो मनुष्य जीवनलाई उच्चतम सोपानसम्म लैजानका लागि अति आवश्यक छ । सत्य र आनन्द प्राप्तिका यो एकान्त बाटो हो । अरु पन्थ र सम्प्रदायहरूमा जो राम्रोपन देखिन्छ त्यसको मूल स्रोत वेद नै हो –

१. ऋग्वेद १०.१९१.२ तिमी सबै अन्याय र पक्षपातबिना सहनशीलताका साथ सत्य मार्गमा हिँड । विद्या , ज्ञान र स्नेहलाई बढाउँनका लागि घृणा र द्वेष रहित भएर एक आपसमा संवाद गर । ज्ञान र आनन्दलाई बढाउँनका लागि मिलेर काम गर , जसरी श्रेष्ठ जन सत्य र पक्षपात रहित आचरण गर्दछन् त्यसरी नै तिमीहरू पनि कार्य गर ।

२. ऋग्वेद १०.१९१.३ तिम्रो सत्य र असत्यको विवेचन पक्षपात रहित होओस् , कुनै एक समुदायका लागि मात्र नहोस् । तिमी संगठित भएर स्वास्थ्य , विद्या र समृद्धिलाई बढाउँनका लागि सबैलाई सहयोग गर । तिम्रो मन विरोध रहित होओस् र सबैको प्रसन्नता तथा उन्नतिमा तिमी आफ्नो स्वयंको प्रसन्नता र उन्नति जान । सत्य सुखको वृद्धिमा तिमी पुरुषार्थ गर । तिमी सबै मिलेर सत्यको खोज गर एवं असत्यलाई मेटाऊ ।

३. ऋग्वेद १०.१९१.४ तिम्रो उत्साहले पूर्ण पुरुषार्थ सबैको सुखका लागि होस् । तिम्रो मन अर्थात् सबै भावनाहरू प्रेम सहित र विरोध रहित होस् । सबैसँग त्यस्तै प्रेम गर जस्तो कि तिमी आफूसँग गर्दछौ । तिम्रा इच्छाहरू , संकल्प , विश्लेषण , श्रद्धा , संयम , धर्म , जिज्ञासा , ध्यान र अनुकूलता आदि सबै केवल सत्य र सबैको कल्याण लागि होओस् तथा असत्यबाट पर होस् । सुख र विद्याको वृद्धिका लागि तिमी सबै मिलेर काम गर ।

४. यजुर्वेद १९.७७  हे मनुष्यहरू ! तिमी सदा नै जो केही पनि असत्य पाउँछौ त्यसमा श्रद्धा नराख र जो केही विश्लेषण , तर्क , तथ्य र प्रमाण आदिबाट सत्यलाई जान , त्यसलाई श्रद्धापूर्वक अपनाऊ ।

५. यजुर्वेद ३६.१८ मनुष्य कहिल्यै कुनै प्राणीसँग वैरभाव नराखोस् र एक अर्कासँग प्रेमभावमा बसोस् । मनुष्य सबै प्राणीहरूलाई आफ्नो मित्र सम्झोस् र प्रत्येकको सुख–समृद्धिका लागि कार्य गरोस् ।

६. यजुर्वेद ३६.१८ सबै मनुष्यहरूले दृढताका साथ केवल सत्यलाई स्वीकार र असत्यलाई त्याग गििरदिनुपर्छ । ईश्वरसँग प्रार्थनामा पनि सत्य अपनाउँने र असत्यलाई त्याग गर्ने प्रार्थना गर्नुपर्छ ।

७.यजुर्वेद १९.३० मनुष्य जब सत्यको पालन दृढताका साथ गर्दछ तब ऊ सत्य र सुखको अधिकारी बन्दछ । ती उत्तम गुणहरूले युक्त भएपछि उसलाई ज्ञान र सन्तोष प्राप्त हुन्छ , जसबाट सत्यको पालनमा उसको विश्वास अझ दृढ हुन्छ तथा उसको श्रद्धा पनि बढिरहन्छ । जति अधिक श्रद्धा बढ्दछ त्यति नै अधिक ज्ञान र सुख प्राप्त भइरहन्छ तथा अन्ततः यसबाट नै परमानन्द या मोक्ष मिल्दछ ।

८. अथर्ववेद १२.५.१,२ श्रम अर्थात् परम प्रयत्न र तप अर्थात् लक्ष्यको प्राप्तिका लागि चुनौतिहरू र बाधाहरूको सहर्ष सहनू , ईश्वर प्रदत्त यी गुणहरूको त्याग मनुष्यले कहिल्यै पनि नगरोस् । श्रम र तपले नै मनुष्य विश्वका महान् रहस्यहरू जान्न सक्छ  – ब्रह्म वा परमेश्वरको ज्ञान पनि पाउँन सक्छ । मनुष्य श्रम र तप गरेर आफ्नो सम्पत्तिलाई बढाऊ र राष्ट्रलार्य पनि समृद्ध गर । श्रम र तपको ग्रहण गरेर सत्य आचरणले मनुष्य उत्तम कीर्तिलाई प्राप्त गरोस् ।

९. अथर्ववेद १२.५.३ सबै मनुष्यहरू आफ्ना वस्तुहरूको उपयोग गरून् अन्यको नलेऊन् । सबै एक–अर्काप्रति पूर्ण विश्वास गरून् । सत्यका बिना विश्वास हुन सम्भव हुँदैन अतः सदा सत्यप्रति अचल रहून । मनुष्यहरू सत्यविद्या , विद्वानर निर्दोषहरूको रक्षाका लागि पूर्ण प्रयत्न गरून् । मनुष्य यज्ञले उत्तम लाभ प्राप्त गरून् – सबैका लागि हितकारी निःस्वार्थ कार्य , सत्यको ग्रहण तथा सत्य विद्याको प्रचार – प्रसार । यज्ञका लागि सधै पुरुषार्थ गर्दै गर , यसमा प्रमाद नगर ।

१०. अथर्ववेद १२.५.७–१० का यी मन्त्रहरूमा वैदिक धर्मका सम्पूर्ण तत्वहरू संक्षेपमा हेर्नुहोस् – ओजश्च – सत्य पालनले युक्त पराक्रम । तेजश्च – भय रहितता । सहश्च – सुखदुःख , हानी लाभको वास्ता नगरेर , सत्यको पालन  गर्नु ।  बलं च – विद्या , ब्रह्मचर्य , अनुशासन र व्यायाम आदि राम्रा नियमहरूद्वारा बौद्धिक र शारीरिक क्षमता बढाउनु । वाक् च – सत्य र मधुर बोल्नु । इन्द्रियं च – पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियहरू तथा मनलाई पाप कर्महरूबाट रोेकेर सदा सत्य र पुरुषार्थमा लगाउनु । श्रीश्च – सबै प्रयत्नहरूले भ्रष्ट , दुर्बल , स्वाभिमान रहित स्वार्थी शासकरूलाई निकालेर सत्य , न्याय र सम्मानमा आधारित शक्ति संपन्न राष्ट्रको निर्माण गर्नु । धर्मश्च – सदा नै सत्यलाई स्वीकार र असत्यको त्याग गर्नु र यसद्वारा सबै जीवहरूको उपकार गर्नु तथा सबैलाई आनन्द दिनु । ब्रह्म च – विद्या र ज्ञानको प्रचारका लागि विद्वान र श्रेष्ठ पुरुषहरूलाई प्रोत्साहित गर्नु । क्षत्रं च – राष्ट्र र समाजको रक्षा गर्नेवाला शूरवीरहरूलाई बढाउँनर दुष्टहरूलाई दण्ड दिन । विश्श्च – आफ्नो राष्ट्रको व्यापार – वाणिज्यलाई विश्वस्तरमा फैलाउँनु , जसबाट विश्वमा राम्रा पदार्थहरूको वृद्धि हुन्छ । त्विषिश्च – केवल सत्य र उत्तम गुणहरूको प्रचार–प्रसार । यशश्च – उत्तम कामहरूले विश्वमा श्रेष्ठ कीर्ति पाउँनु । वर्चश्च – सबै सत्य विद्याहरूले युक्त उत्तम शिक्षा पद्धतिको स्थापना गर्नु । द्रविणं च – मनुष्यहरूलाई पूर्वोक्त धर्मद्वारा सदा पुरुषार्थ गर्दै धन – सम्पत्तिलाई प्राप्त गर्नु पर्छ , प्राप्त पदार्थको रक्षा गर्नुपर्छ , रक्षित पदार्थहरूको वृद्धि गर्नुपर्छ तथा विद्या एवं सद्गुणहरूको प्रचारमा धन सम्पत्तिको यथावत उपयोग गर्नुपर्छ । आयुश्च – सबै राम्रा नियमहरूको पालनले स्वास्थ्य र आयुलाई बढाउँनु । रुपं च – शुद्ध वस्त्रहरूलाई धारण गरेर शरीरको स्वरूप राम्रो राख्नु । नाम च – उत्तम कर्महरूको आचरणले नामको प्रसिद्धि गर्नुपर्छ जसबाट मनुष्यहरूलाई पनि श्रेष्ठ कर्म गर्नमा उत्साह मिलोस् । कीर्तिश्च – सत्य ज्ञानको प्रचारले यश प्राप्त गर्नु । प्राणश्चापानश्च – श्वास प्रश्वासको नियन्त्रणले स्वास्थ्य र आयुको वृद्धि गर्नु । चक्षुश्च श्रोत्रं च – ज्ञानेन्द्रियहरूद्वारा सदा सत्यको ग्रहण र असत्यको त्याग गर्नु । पयश्च रसश्च – दूध , जल , औषध आदिको यथावत् सेवनले स्वास्थ्य र आयुको वृद्धि गर्नु । अन्न चान्नाद्यं च – वैद्यक शास्त्रहरूको रीतिले स्वास्थ्यप्रद उत्तम भोजनको सेवन गर्नु । ऋतं च – केवल सर्वोच्च परमात्माको उपानना गर्नु । सत्यं च –मन , वचन र कर्ममा समानता राख्नु । इष्टं च – परम आनन्दको प्राप्तिका लागि उपर्युक्त श्रेष्ठ कर्महरूद्वारा एक मात्र ईश्वरको नै उपासना गर्नु । पूर्तं च – इष्टको सिद्धिका लागि उचित कर्म गर्नु । प्रजा च –  साधारण मनुष्यहरू र नयाँ पुस्ताको विद्या र कर्मलाई सही शिक्षा दिनु । पशवश्च– पशुहरूको उचित हेरविचार गर्नु । यी मन्त्रहरूमा प्रयुक्त अनेक चकार (च ) को अर्थ हो “र ” जो यो संकेत दिन्छ कि सत्य र न्यायलाई बढाउँनेवाला तथा असत्य र दुःखको नाशक अन्य पनि जो गुणहरू छन् , तिनलाई पनि मनुष्यले अपनाओस् ।

११.धर्मका बारेमा विस्तारले उत्तम जानकारी ऐतरेय आरण्यक , मण्डकोपनिषद् ३.१.५,६ आदिमा उपलब्ध छ । पूर्व मीमांसा १.१.२  – का अनुसार ईश्वरले वेदहरूहरूमा मनुष्यहरूका लागि जे गर्ने आज्ञा दिन्छ , त्यो नै धर्म हो ।

१२. वैशेषिक दर्शन धर्मको व्याख्या गर्दै उल्लेख गर्दछ कि जुन आचरणले संसारमा उत्तम सुख र निःश्रेयस अर्थात् मोक्ष , सुखको प्राप्ति हुन्छ , त्यसैको नाम धर्म हो ।
सबै मनुष्यका लागि धर्म एक छ , अतः सबैले त्यही सत्य धर्म धारण गर्नुपर्छ ।

अग्ने॒ वाज॑स्य॒ गोम॑त॒ ईशा॑नः सहसो यहो।
अ॒स्मे धे॑हि जातवेदो॒ महि॒ श्रवः॑॥४॥
– ऋग्वेद १-७९-४॥

भावार्थ – जो मनुष्य विद्वान मातापिताका सन्तान भएर माता , पिता र आचार्यबाट शिक्षालाई प्राप्त गर्दछन् , तथा धेरै अन्नादि ऐश्वर्य र विद्याहरूलाई प्राप्त हुन्छ , ऊ अन्य मनुष्यहरूमा पनि त्यसको वृद्धि गरोस् ।

वैदिक धर्मको अवनतिका दश कारण






वैदिक धर्मको अवनतिका दश कारण


.............................................................







१. महाभारतको युद्ध – महाराजा इक्ष्वाकुदेखि युधिष्ठिरसम्म आर्यहरूको समस्त भूमण्डलमा साम्राज्य थियो । महाराज युधिष्ठिरको राजसूय यज्ञमा देश– विदेशका अनेक माण्डलिक राजा विविध भेँट लिएर उपस्थित भएका थिए । तर महाभारतको युद्धले आर्य जातिलाई अवनतिको त्यस्तो खाडलमा ढकेल्यो कि अबसम्म पनि तिनीहरू उठ्न सकेका छैनन् । ठुला ठुला योद्धा , वैज्ञानिक , विद्वान आदि सबै युद्धको आगोमा स्वाहा भए । जब भाइ नै भाइको रक्तपिपाशु हुन्छ अनि त्यसको लाभ स्वतः तेस्रो शक्ति सत्ताले लिन्छ । महाभारतको युद्धपश्चात् आर्य जाति यति निष्प्राण भयो कि पछि विदेशी आक्रान्ताहरूका सामुन्ने घुँडा टेक्न नै बाध्य भयो ।







२. जन्मगत वर्ण व्यवस्था – समाजको कार्यलाई ठिक प्रकारले चलाउँनका लागि ब्राह्मण वर्णद्वारा नै अन्य तिन वर्णहरूको निर्माण गुण , कर्म स्वभावका अनुसार गरियो । तर पछि यसको स्थान जन्मले लियो । यसको दुष्परिणाम यो भयो कि पहिले ब्राह्मण आदिको पद विद्या , वेदाभ्यास , विनम्रता आदि सद्गुणहरूको प्राप्तिले हुन्थ्यो । तर जन्मगत वृत्तिमा त्यो पद अनायासै प्राप्त हुन थाल्यो जसकारण विद्यार्थीमा हुने परिश्रम छुट्यो र समाजका मूर्धन्य मार्गदर्शक ब्राह्मण वर्णको कार्य आफूलाई उच्च तथा अन्य वर्णहरूलाई योग्य हुँदाहुँदै पनि नीच बताउँनमा नै सीमित भयो । वेदहरूको पठनपाठन जन्मगत ब्राह्मणसम्म मात्र सीमित भयो । “स्त्रीशुद्रौ नाधीयातामिति श्रुतेः ” स्त्री र शुद्र वेद नपढून् – यस्तो घोषणा सबैमा ब्राह्मण भाव देख्ने स्वामी शंकराचार्यद्वारा गरियो ।







३. बौद्ध धर्मको प्रादुर्भाव – आर्य जातिका लागि त्यो दिन साह्रै दुर्भाग्यपूर्ण थियो जब सम्राट अशोकले क्षात्र धर्मको परित्याग गरेर बौद्ध धर्म स्वीकार गरे । आफ्नो बाहुबलले उनले पूर्वमा बंगाल , दक्षिणमा गोदावरीसम्म , पश्चिममा सिन्धु र उत्तरमा हिमालयससम्म राज्य विस्तार गरेका थिए । उनले अन्तिमा आक्रमण कलिंग (उडिसा) देशमा गरे र लाखौँ मान्छेहरूलाई मृत्युको मुखमा ढकेलिदिए । यस क्रुरताले उनको हृदयमा वैराग्य उत्पन्न भयो । त्यसपछि उनले बौद्ध धर्म स्वीकार गरे । अहिंकाको बेसुरो राग अलाप्न थाले । उनले बौद्ध धर्मको प्रचारका लागि आफ्ना पुत्र महेन्द्र र पुत्री संघमित्रालाई देश विदेशमा पठाए “यथा राजा तथा प्रजा ” यस लोकोक्तिका अनुसार प्रजा पनि आफ्नो क्षात्र धर्म त्यागेर बौद्ध मतका अनुयायी बन्न थाले ।







४. मूतिपूजा – जैनमत , बौद्ध मतबाट मूर्तिपूजाको प्रारम्भ भयो । उनीहरूको अनुकरण गरेर वेदज्ञानले शुन्य स्वार्थी धर्मका ठेकेदारहरूले निराकार परमेश्वरका विभिन्न अवतार तथा देवीदेवताहरूका मूर्तिहरू मन्दिरहरू निर्माण गरे । पछि गएर यी मन्दिरहरूमा यति धन एकत्रित भयो कि विदेशी आक्रमणकारीहरूले ती लुटेर लगे । गजनी देशका लुटेर आक्रान्त महमूदले नगरकोट (काँगडा ) का मन्दिर लुटेर अथाह धम प्राप्त गर्यो , अनुमानतः सात सय मन सुन लुटियो । एक चाँदीको घर पनि प्राप्त भयो । यसबाट उत्साहित भएर उनले थानेश्वर एवं मथुराका देवालयहरूमा आक्रमण गर्यो । यसैप्रकारले सोह्र पटक लुट मच्चायो । उसको अन्तिम आक्रमण गुजरातको सोमनाथ मन्दिरमा भयो । उसको आगमनको सूचना पाएर स्थानीय क्षत्रिय योद्धा एवं राजपूतहरूले मन्दिरहरूको रक्षाको प्रस्ताव राखे । तर पुजारीहरूले भने कि चिन्ताको कुनै कुरा छैन , सोमनाथ भगवान् आफ्नो रक्षा स्वयं गर्न सक्नुहुन्छ एवं म्लेच्छहरूको सर्वनाश हुनेछ । महमूद गजनबीले लगभग पचास हजार मान्छेहरूलाई मुला काटेझैँ काटिदियो । असंख्य धनराशि तथा बहुमूल्य धातुहरू लुटियो र सोमनाथको मूर्ति फोडेर गजनवीले त्यसलाई मस्जिदको सिढीँमा लगाइदियो ।







५. शंकराचार्यको मायावाद – महात्मा बुद्ध पछि शंकराचार्यको अथक परिश्रमले वैदिक धर्मको प्रतिष्ठा भयो । यसमा सन्देह छैन । तर बुद्धको “सर्वं दुःखम् ” र शुन्यवादको स्थानमा “ब्रह्म सत्यं जगन्मिथ्या ” र प्रत्येक दृश्य वस्तुहरूलाई माया बताएर आर्य जातिलाई संसारबाटै विमुख गराइयो जसकारण प्रत्येक मस्तिष्कमा जगत् मिथ्याको रोगले बलियो भयो । बौद्ध मतका समान शंकराचार्यको धेरै प्रतिष्ठा भएर उनका अनुयायी धमाधम संसारको परित्याग गरेर सन्यासी बन्न थाले । जो पनि कर्तव्य कर्मबाट विमुख भएर देशमाथि भार भए । आज यिनको संख्या करिब पचास लाख बताइन्छ । यदि आज यी सबै साधु सन्यासी मिलेर विद्या , सुशिक्षा , राष्ट्रियताको कार्य गरे भने देशको कायाकल्प परिवर्तन हुन ढिलो हुनेछैन ।







 ६. फलित ज्योतिष – यस मिथ्या अन्धविश्वासले आर्य जातिको अकथनीय क्षति गरेको छ । शत्रुद्वारा आक्रमण हुँदा मुहूर्त हेर्ने , अगाडि बिरालोले , कौआ , कुकुर , गिद्द आए अपशकुन मान्नु , देवीदेवताको प्रशंसा वा रिसमाथि विश्वास गर्नु र भविष्य पुराणका कुराहरूलाई सत्य मानेर कर्तव्यबाट विमुख हुनु इत्यादि धेरै कारणहरू रहेका छन् जसबाट ग्रस्त भएर देशवासी पुरुषार्थ छोडेर भाग्यवादी बनेका छन् ।







७. छुवाछुत – जन्मबाटै वर्ण व्यवस्था मान्ने कारण समाजमा परिश्रमी वर्ग शुद्रलाई अछुत मान्न थालेका छन् , स्त्रीका लागि शिक्षाको द्वार बन्द भएका छन् , एक जातिका अनेक उपजातिहरू बनेका छन् जसमा आफूलाई उच्च तथाअन्यलाई नीच मान्ने परिपाटी स्थापित छ । कुनै कविको यो कथन तिनमा पूर्ण चरितार्थ छ – “ज्योँ ज्यो कदीलीकी पात पात मे पात , जो गप्पी की बात बात मेँ बात  । जो गधे के लात लात मे लात , त्योँ हिन्दुओँ की जात जात मेँ जात ।” कनवाहाको युद्धमा बाबर भयभीत भएर फर्कन लागेको थियो कि उसले देख्यो राणा सांगाको सेनामा स्थान स्थानमा चुलाहरू जलिरहेका थिए । यो के हो ? सोद्धा गुप्तचरले भन्यो कि हिन्दुहरू अर्को जातिकाले छोएको भोजन खान्नन् , यिनको एकता दीर्घजीवी हुन्न । जो बाहिर एक देखिन्छन् तिनै भित्र विभक्त छन् । यो सुनेर बाबरले त्यसै समय आक्रमण गर्ने आज्ञा दियो र विजय प्राप्त गर्यो ।







 ८ . समष्टि धर्मको अभाव – सत्य सनातन वैदिक धर्म सामाजिक धर्म हो । यस धर्ममा मिलेर हिँड्ने , बोलने , विचार गर्ने , खाने पिउने , धन सम्पत्तिको उपयोग गर्ने र राज्य प्राप्त गर्ने धेरै उपदेशरूप मन्त्रहरू छन् । तर महात्मा बुद्ध र शंकराचार्यको दुःख एवं मायावादले धर्मको यस समष्टि स्वरूपलाई पृथक् गरिदिएको छ । परिणाम स्वरूप मान्छेहरू केवल आफ्नो मुक्तिको लागि मात्र सोँच्न थाले । लड्ने कार्य केवल क्षत्रियहरूको मात्र भयो जबकी शास्त्रहरूमा यो स्पष्ट छ कि राष्ट्रमा विपत्ति आउँदा अन्य वर्णहरूले पनि शस्त्र उठाउँनु पर्छ । जनमानसमा यो भावना बस्यो कि “कोऊ नृप होऊ हमेँ का हानि ” यसको ठुलो दुष्परिणाम भयो , किनकी जब जनसाधारणमा यो भ्रान्ति हुन गयो कि राजधानीमा राज्य जसले गरोस् हामी त केवल कर मात्र दिन्छौँ , तब विधर्मीहरूको प्रतिरोध कसले गर्ने ?







 ९. शुद्धको अभाव – जन्मबाटै जातिको निर्धारण र छुवाछुतको रोगले आर्य जातिलाई यति जर्जरित गरिदियो कि अबसम्म यो जाति प्रगति गर्न सकेको छैन । यसको लाभ विधर्मीहरूले खुबै उठाएका छन् । उनीहरूले क्षत्रियहरूलाई प्रलोभन दिएर वा बलपूर्वक इस्लाम स्वीकार गर्न बाध्य पारे । कुआमा गाईको माँसु खसालेर , जो भाइ कुनै कारण पतित भएको थियो उनका लागि शुद्धिको द्वार बन्द भएर अपमनित भई दुई गुना धार्मिक उन्मादले हिन्दुहरूलाई मुसलमान बनाउँन लागे । बंगालको काला पहाड , जो कि पहिले काली चन्द्र शर्मा थियो , यसको प्रत्यक्ष उदाहरण हो । अलाउद्दीन खिलजीको लागि दक्षिण भारतको विजय गर्नेवाला मलिक काफुर पहिले हिन्दु थियो । पाकिस्तानको जन्मदात जिन्ना साहबकी माता पनि ब्राह्मणी थिइन् , यस्ता धेरै उदाहरण छन् । अकबर पनि हिन्दु बन्नेवाला थियो तर बीरबलले मूर्खतापूर्ण उदाहरण दिएर उनलाई रोकिदियो । यो अक्षम्य अपराध थियो । यसलाई कहिल्यै पनि भुलाउँन सकिन्न ।







१०. आपसमा फूट – यो रोग पनि महाभारतको कालदेखि नै लागेको छ । कौरव पाण्डवहरूका बीच परस्परको कलहले भयंकर युद्ध भयो । यादवहरू परस्पर लडेर मरे । जयचन्दले पृथ्वीराजलाई तल्लो देखाउँन मोहम्मद गौरीलाई निमन्त्रण दियो , पानीपतको तेस्रो युद्धमा मराठाहरू र राजा सूरजमलको मिलन भएन , महाराजा सूरजमलको छापामार युद्धको प्रस्ताव ठुक्राउँदा ऊ चुपचाप भरतपुर फर्कियो सेनासहित ,मराठाहरूले ठुलो क्षति उठाउँनु पर्यो ।अन्यथा इतिहास अरु नै हुन्थ्यो । यस कुराका अनेक साक्षी छन् कि परस्परकोफूटले नै अधिकतर विदेशीहरूलाई विजय दिलाएको छ । “घरलाई आगो लाग्यो आफ्नै टुक्कीले” यसको अतिरिक्त युद्ध नीतिको अभाव , सहिष्णु प्रवृत्ति , केवल पेट भर्न तथा स्वार्थ इत्यादि अनेक कारणहरू अरु पनि रहेका छन् ।







(व्याख्यान शतकबाट साभार तथा अविरल डि.सी. द्वारा अनुवादित – सम्पादित )

* मनुस्मृतिमा गायत्री *



* मनुस्मृतिमा गायत्री *


मनु महाराजले गायत्रीलाई विशेष महत्व दिनुभएको छ । निम्नलिखित श्लोक हेर्नुहोस् –

सहस्र कृत्वस्त्वभ्यस्य बहिरेतत् त्रिक्रं द्विजः ।
 महतोऽप्येनसो मासात् त्वचेवाहिर्विमुच्यते ।। (2.79)

– जो द्विज एक महिनासम् बाहिर एकान्त स्थानमा प्रतिदिन एक हजार पटक गायत्री मन्त्रको जाप गर्छ , ऊ धेरै ठुलो पापबाट यसरी छुट्छ जसरी सर्प काँचुलीबाट ।

त्रिभ्य एव तु वेदेभ्यः पादं पादमदूदुहत् ।
 तदित्यृचोऽस्याः सावित्र्याः परमेष्ठी प्रजापतिः ।। (2.77)

–परमेष्ठी प्रजापतिले तीन वेदहरूबाट तत् शब्दले आरम्भ हुनेवाला गायत्री मन्त्रको एक एक पाद दोहन गर्नुभयो । तत्सवितुर्वरेण्यम्, पहला पाद; भर्गो देवस्य धीमहि, दूसरा पाद; और धियो यो नः प्रचोदयात्, तीसरा पाद।

एतदक्षरमेतां च जपन् व्याहृतिपूर्विकाम् ।
 सन्ध्ययोर्वेदविद्विप्रो वेदपुण्येन युज्यते ।। (2.78)

– यस (ओम् ) अक्षरलाई , र भूः भुवः स्वः यी तीनै व्याहृतिवाला गायत्रीलाई बिहान–साँझ दुवै समय जप्नेवाला विद्वान् वेदको स्वाध्यायले पुण्यलाई प्राप्त हुन्छ ।

एतयर्चा विसंयुक्तः काले च क्रियया स्वया ।
 ब्रह्मक्षत्रियविड्योनिर्गर्हतां याति साधुषु ।। (2.80)

–यस (गायत्री) ऋचाको जापले रहित र आफ्नो क्रिया अर्थात् कर्तव्यबाट छुटेको ब्राह्मण , क्षत्रिय , वैश्यहरूमा निन्दाको पात्र बन्दछ ।

ओंकारपूर्विकास्तिस्रो महाव्याहृतयोऽव्ययाः ।
 त्रिपदा चैव सावित्री विज्ञेयं ब्रह्मणो मुखम् ।। (2.81)

–ओ३म् बाट आरम्भ हुनेवाला , तीन महाव्याहृतिहरूवाला र तीन पादवाला गायत्रीलाई वेदको मुख जान्नु पर्छ ।

योऽधीतेऽहन्यहन्येतां त्रीणि वर्षाण्यतन्द्रितः ।
 स ब्रह्म परमभ्येति वायुभूतः खमूर्तिमान् ।। (2.82)

– जो मनुष्य बिना आलस्य तीन वर्ष निरन्तर गायत्रीको जाप गर्छ , ऊ मृत्युपछि पवन–रुप पवित्र र आकाश रुप भएर परब्रह्मलाई प्राप्त गर्दछ ।

एकाक्षरं परं ब्रह्म प्राणायामाः परं तपः ।
 सावित्र्यास्तु परं नास्ति मौनात्सत्यं विशिष्यते ।। (2.83)

– एक ओ३म् अक्षर नै (परब्रह्म) प्रभु–प्राप्तिको ठुलो साधन हो । प्राणायम सबैभन्दा ठुलो तप हो । गायत्रीभन्दा ठुलो केही छैन । सत्य मौनभन्दा ठुलो केही छैन ।

क्षरन्ति सर्वा वैदिक्यो जुहोति यजतिक्रियाः ।
 अक्षरं दुष्करं ज्ञेयं ब्रह्म चैव प्रजापतिः ।। (2.84)

– वेदानुकूल यज्ञ , इष्टिहरू आदि नित्य छैनन् , नित्य रहनेवाला कठिनताले जान्न योग्य प्रजापति ब्रह्म नै हुन् , अर्थात् यज्ञादि वैदिक क्रियाहरूको फल सांसारिक हुने भएर नाशवान् छन् , गायत्री –ब्रह्म –ज्ञान त नाशवान् छैन , ब्रह्मज्ञान निःश्रेयस् हो र यज्ञ अभ्युदय ।

विधियज्ञाज् जपयज्ञो विशिष्टो दशभिर्गुणैः ।
 उपांशुः स्याच्छतगुणः सहस्रो मानसः स्मृतः ।। (2.85)

– यज्ञहरूबाट (गायत्री ) जप दशगुणा राम्रो छ । उपांशु – बिना शब्द निकालेर सुस्तरी सुस्तरी जप गर्नु सय गुणा र मनमा जप गर्नु हजार गुणा राम्रो छ ।

मनु भगवान्ले यसपछि यो बताउँनुभएको छ कि जति प्रकारका यज्ञ छन् , ती सबै गायत्री जपको सोह्रौ भागको बराबर पनि छैनन् । तर यो जप पनि तब सफल हुन्छ जब गायत्रीको साधक आफ्ना एघार इन्द्रियहरूलाई वशमा गरोस् ।
दोस्रो अध्यायको ८८ औँ श्लोकदेखि १०३ श्लोक सम्म इन्द्रियहरूको दमनको वर्णन गरेर मनु भगवान् फेरि भन्नुहुन्छ –
अपां समीपे नियतो नैत्यिकं विधिमास्थितः ।
सावित्रीमप्यधीयीत गत्वाऽरण्यं समाहितः ।। (2.104)

– वनमा या एकान्त देशमा गएर जलाशयका समीप बसेर एकाग्रचित्त भएर नित्यकर्म गर्दै गायत्रीको जाप गर्नू ।

सावित्रीमात्रसारोऽपि वरं विप्र: सुयन्त्रित: ।
नायन्त्रितस्त्रिवेदोऽपि सर्वाशी सर्वविक्रयी ।। (2.118)

– जो विद्वानले आफूलाई आफ्नो वशमा गरेको छ , ऊ केवल गायत्री मन्त्र जान्नेवाला हो । र जो नियमा वशमा रहँदैन , सर्वभक्षी छ , ऊ वेदहरूको ज्ञाता पनि होइन ।

“मनुस्मृति” को यही दोस्रो अध्यायमा यो बताइएको छ कि जब यज्ञोपवत धारण हुन्छ , तब मनुष्यको यसै शरीरका साथ दोस्रो जन्म हुन्छ तथा त्यस जन्ममा उसकी माता गायत्री हुन्छिन् –

तत्र यद् ब्रह्मजन्मास्य मौञ्जीबन्धनचिह्नितम् ।
तत्रास्य माता सावित्री पिता त्वाचार्य उच्यते ।। (2.170)

– तब जो यसको ब्रह्म जन्म हुन्छ , जसको चिह्न उपनयन हो , त्यहाँ उसकी माता गायत्री तथा आचार्य पिता कहलिन्छन् ।
भगवान् मनुले गायत्रीको सम्बन्धमा स्पष्ट बताइदिनुभएको छ कि गायत्री जपमा सबैभन्दा ठुलो जप नै हो जो भारीभन्दा भारी पाप अर्थात् कुत्सित वासनाहरूबाट मुक्त गरिदिन्छ । गायत्री वेदको मुख हो , गायत्री वेदहरूको सार हो , गायत्री माता हो , गायत्री लौकिक वैभव दिनेवाला हो , गायत्री मोक्ष दिनेवाला हो , गायत्री जपले रहित निन्दाको पात्र हो ।
“मनुस्मृति” को एघारौँ अध्यायमा पनि गायत्री जपको महिमा गायन गरिएको छ । यस ११ औँ अध्यायमा यो प्रसंग छ कि कुन पाप कुन प्रायश्चित्तले हटछ भन्ने । त्यही सारा व्रतहरू , सारा प्रायश्चित्तहरूमा गायत्री जापको विधान छ । भगवान् मनु आदेश दिनुहुन्छ कि –

सावित्रीं च जपेन्नित्यं पवित्राणि च शक्तितः ।
सर्वेष्वेव व्रतेष्वेवं प्रायश्चित्तार्थमादृतः ।। (11.225)

– सम्पूर्ण व्रतहरूमा प्रायश्तित्तका लागि श्रद्धापूर्वक यथाशक्ति नित्य गायत्री तथा पवित्र मन्त्रहरूको जाप गर्नू ।
(अविरल डि.सी. द्वारा नेपालीमा अनुवादित )

साई बाबाको पुजाको लाभ



साई बाबाको पुजाको लाभ




१. यदि तपाई मर्यादा पुरुषोत्तम श्रीरामजीलाई आफ्नो आदर्श मान्नुहुन्छ भने तपाई आफ्नो भाइसँग सम्पत्तिका लागि लड्नुहुन्न तर यदि तपाई साई बाबालाई आफ्नो आदर्श मान्नुहुन्छ भने १० गज जमीनका लागि तपाई आफ्नो भाइलाई मार्नपनि सक्नुहुन्छ तथा त्यसमा तपाईलाई कुनै लाज पनि लाग्ने छैन किनकी रामायणले तपाईलाई सदाचार सिकाउँछ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।




२. यदि तपाई रामायण पढ्नुहुन्छ भने तपाई पनि हनुमानजीझैँ मुश्किलमा परेका सदाचारी व्यक्तिहरूको मदत गर्नुहुन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


३. यदि तपाई गीता पढ्नुहुन्छ भने तपाई कर्मयोगी बन्ने प्रेरणा पाउँनुहुन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


४. यदि तपाई उपनिषद् पढ्नुहुन्छ भने तपाईलाई आत्मा र परमात्माको ज्ञान प्राप्त हुन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


५. यदि तपाई चाणक्यलाई पढ्नुहुन्छ भने तपाईमा देशभक्ति एवं समाजका बारेमा बुझाइृ आउँछ ।परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


६. यदि तपाई विदुर नीति पढ्नुहुन्छ भने तपाईलाई थाहा हुन्छ कि सत्य भन्नेमा महात्मा विदुरजीले एक राजालाई पनि छोडेनन् । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


७. यदि तपाई क्रान्तिकारी सन्त कबीरजीलाई पढ्नुभयो भने तपाई पनि निर्भय भएर हिन्दु तथा ईशाई –सबै अन्धविश्वासबाट मुक्त हुनुहुन्छ तथा पापका विरुद्ध बोल्नुहुन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


८. यदि तपाई गुरु नानकदेवजीको उपदेशमा चल्नुभयो भने तपाईमा पनि पाखण्डका विरुद्ध लडने प्रेरणा जाग्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


९. यदि तपाई महानु सन्त रविदासजीको आदर्शलाई अपनाउँनुभयो भने तपाईलाई शिक्षा मिल्छ कि शत्रुका अगाडि पनि उनीहरूको कुकृत्यका बारेमा बोलूँ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


१०. यदि तपाई गुरु गोविन्द सिंहजीलाई आदर्श मान्नुहुन्छ भने धर्ममा सबै कुराको बलिदानको प्रेरणा पाउँनुहुन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


११. यदि तपाई योगी नरहरिनाथजीलाई आदर्श मान्नुहुन्छ भने आफ्नो गौरवमय इतिहासको तथा स्वाध्यायशील जीवनको महत्व जान्नुहन्छ । परन्तु साई बाबाको कब्रले तपाईलाई त्यो सिकाउँदैन ।


दादू दुनिया बावरी कबरे पूजे उत ।
जिनको कीडे खा चुके उनसे मांगे पुत्त ।


यसैकारण साई कब्र पुजाको मूर्खता छोड्नुहोस् ।
सनातन धर्मको पालन गर्नुहोस् । जय श्रीराम ।।

कुरआन र गाईको हत्या



कुरआन र गाईको हत्या

लेखक- आचार्य डा० श्रीराम आर्य

(अनेक मुस्लिम विद्वान गाईको हत्यालाई कुरआन सम्मत बताएर गाई हत्याजस्तो घोर पापको समर्थन गर्छन् तथा हिन्दुहरूको गाईप्रतिको आस्थालाई चोट पुर्याउँछन्। इस्लामका तालिम प्राप्त विद्वानहरूले आफ्नो यस मूर्खतापूर्ण कुकृत्यका पछाडि अल्लाहलाई मुख देखाउँन पनि लायक छोडेको देखिन्न। उनीहरूले अल्लाहलाई यस प्रश्नले कलंकित गरिदिएका छन् कि अल्लाह निर्दयी वा करुणा शून्य छन्। अल्लाह पशुहरूको संरक्षक होइनन् बरु दुश्मन हुन्। यदि वास्तवमा कुरआनका ईश्वर पशुहरूका रक्षक भएको भए उसले मनुष्यहरूलाई पशुहरूको हत्या गर्नुको साटो तिनीमाथि दया र प्रेम गर्ने शिक्षा दिनेथिए। साथसाथै कुरआनमा मोशा र इब्राहिमद्वारा गाईको हत्याको समर्थ अल्लाहको ईश्वरीय वाणीमाथि प्रश्न चिह्न लगाउँछ। यसबाट पनि सिद्ध हुन्छ कि अल्लाह दयालु नभएका कारण ईश्वर मान्न सकिन्नन्। खण्डन-मण्डन साहित्यका प्रणेता र समीक्षक डा० श्रीराम आर्यको लेखनीबाट अल्लाहका पैगम्बरहरूका काला करतुत पढ्नुहोस्, जो सार्वदेशिक (साप्ताहिक) को अप्रेल १९६६ को अंकमा प्रकाशित भएको थियो। -प्रियांशु सेठ)


इस्लामको धर्म ग्रन्थ “कुरआन शरीफ” को हामीले धेरै पल्ट पारायण गरेको छु। त्यसमा हामीलाई एक स्थल पनि यस्तो प्राप्त हुन्न जसमा गाईको हत्याको आदेश दिइएको होस्। केही स्थल यस्ता छन् जहाँ गाईको हत्याको घटना त प्राप्त हुन्छन् तर तिनबाट त्यस कर्मको व्यवस्था सिद्ध भने हुँदैन। हामी ती सबै स्थल तल उद्धृत गर्छौँ-

“अनि तिमीहरूले उनका पछाडि (पूजा गर्न) बाच्छो बनायौँ र तिमीहरूले अपराध गर्यौँ ।५१। जब मोशाले आफ्नो जातिसँग भने कि तिमीहरूले बाच्छोको पुजा गरेर आफूमाथि नै अपराध गरेका गरेका छौँ तसर्थ आफ्ना सृष्टिकर्ताका सामु माफी माग...।५४। मोशाले आफ्नो कौमसँग भने कि अल्लाह तिमीहरुलाई आदेश दिन्छन् कि यौटा गाई हलाल गर। उनीहरूले भन्न थाले कि के तिमी हामीसँग ठट्टा त गर्र्दै छैनौँ। (मोशाले) भने कि ईश्वरले मलाई आफ्नो शरणमा राखून् कि म यस्तो सोझो नबनूँ ।६७। उनीहरूले भने कि ईश्वरसँग हाम्रो लागि सिफारिस गर कि हामीलाई सम्झाऊन् कि गाई कस्तो होस् । (मोशाले) भने कि ईश्वर आदेश दिन्छन् कि गाई न त बुढो होस् न त सानो न होस्, मध्यमको गाई, तिमीहरूलाई जो आदेश दिइएको छ त्यो पुरा गर ।६८। ...मोशाले भने कि त्यसको रंग सुनजस्तो उज्यालो होस् तथा हेर्नेका लागि त्यसले खुसी बनाओस् ।६९। त्यो न त खेतमा हलो जोत्नेवाली होस् न त खेतहरूलाई पानी पिलाउँने होस्, स्वस्थ, बेदाग होस्। उनीहरूले भने, अब ठिक भन्यौँ! उनीहरूले गाई हलाल गरे जसको आशा गरिएको थिएन ।७१। (र हे याकुबका छोराहरू) जब तिमीहरूले यौटा मान्छेलाई मार्यौ र झगडा गर्न थाल्यौ...।७२। अनि हामीले भन्यौँ कि गाईको कुनै टुक्रा मुर्दामाथि चढाउँनु र यसप्रकारले ईश्वर आखिरी दिनमा मुर्दाहरूलाई पुनरुत्थान गर्नेछन्। उसले तिमीहरूलाई आफ्नो प्रकृतिको चमत्कार देखाउँछ ताकि तिमीहरू जान्न सक ।७३।” कुरआन सुरह अल बकर पारा १ ।।
“इब्राहिमले ढिलो गरेन र पोलेको बाच्छाको माँसु ल्यायो ।१९।” “इब्राहिम आफनो घर दौड्यो र एक बाच्छा घिउमा भुटेको लिएर आयो ।२६। अनि उनीहरूको सामु राख्यो र (अतिथिहरूसँग) सोध्यो कि के तिमीहरू (यो) खाँदैनौँ?” कुरआन सुरह धारियात पारा २७ ।।

समीक्षा- माथिका आयातहरूबाट स्पष्ट छ किक अरबमा त्यस युगमा गाईको पुजा हुन्थ्यो। मान्छेहरूमा गाईप्रति धेरै श्रद्धा थियो। कुरआन शरीफमा गाई वा बाच्छाको नै पुजा हुने उल्लेख पनि पाइन्छ, अन्य कुनै पनि पशुको सत्कारको त्यहाँ उल्लेख छैन। यो अर्को कुरा हो कि मांसाहारी हुनाले अरबका मोशा र इब्राहिम परिवारका मान्छेहरू अन्य ऊँठ आदि पशुहरूको समान गाईहरू पनि मारेर खाइहाल्थे। समस्त कुरआनमा माथिको एक घटनाका अतिरिक्त गाईको हत्याको कुनै व्यवस्था वा आदेश पाइँदैन। गाई हत्याका लागि मोशाले गाई भक्तका हृदयबाट गाईपूजाको भावना निकाल्नका लागि ईश्वरको नाममा ती निर्दोष मान्छेहरूलाई बहकाएर गौहत्या नै गराइदिए जो उक्त वर्णनबाट स्पष्ट छ। किनकी मान्छेहरू पहिले मोशाको कुरालाई मजाकको रुपमा लिन्थे, उनीहरू हत्याका लागि तैयार थिएनन्। ईश्वरले पनि कुरआनमा भन्नु पर्यो “तिनीबाट यसको आशा थिएन कि उनीहरू गाईको हत्या गर्लान् भन्ने”। कुरआनका अनुसार मान्छेहरू मोशाको जालमा परिसकेका थिए।

यस पछि कुरआन बताउँछ कि गाईको मासुको स्पर्शले मुर्दा जिन्दा भयो। यसको अर्थ यो हो कि गाईको दूध-रक्त-मासुको उपयोगिता त कुरआनलाई पनि स्वीकार छ। यस्तो दशामा गाईको हत्या गरेर त्यसलाई समाप्त गरेर घोर मूर्खता नगरेर त्यसको दूधले प्राणीहरूको कल्याण गर्नु नै सर्वोत्तम हुनेथियो।
कुरआन सुरह अध्धारियतको माथिको उदाहरणबाट केवल इब्राहिम गाईको भक्षक भएको प्रमाण प्राप्त हुन्छ। साथै इब्राहिमले अतिथिहरूलाई यो सोध्नु कि “के तपाईहरू (गाईको मासु) खानुहुन्न” यो प्रकट गर्दछ कि अरबको त्यस युगमा भारतको आर्यहरूझैँ गौपूजक (गौभक्त) थिए। उनीहरू गाईको हत्यालाई पाप मान्थे। इब्राहिम र मोशाले जाल रचेर गाईको हत्या गर्ने प्रथा अरबमा चालु गराइदिए।


कुरआन वा कुनै अन्य पुस्तकमा कुनै पनि राम्रो वा नराम्रो ऐतिहासिक घटना अथवा कपोलकल्पित वर्णन भए मात्रै कुनै कुरा व्यवस्था अथवा सर्वमान्य तथा अनुकरणीय बन्न सक्दैन जबसम्म त्यस कुराको आचरणको स्पष्ट व्यवस्था नहोस्। अतः सिद्ध हुन्छ कि गाईको हत्या कुरआन सम्मत छैन।

Monday, July 6, 2020

वैदिक धर्म अतुलनीय


वैदिक धर्म अतुलनीय

-स्व० चौधरी चरण सिहं (भू० पूर्व प्रधानमन्त्री, भारत सरकार)

म जहाँ राजनैतिक क्षेत्रमा महात्मा गान्धीजीलाई आफ्नो गुरु वा प्रेरक मान्दछु त्यहाँ धार्मिक तथा सामाजिक क्षेत्रमा मलाई सबैभन्दा अधिक प्रेरणा दयानन्द सरस्वतीजीले दिनुभएको छ। यी दुई विभूतिहरूबाट प्रेरणा प्राप्त गरेर मैले धार्मिक एवं राजनैतिक क्षेत्रमा पदार्पण गरेको थिए। एक तर्फ आर्य समाजको मञ्चबाट हिन्दु समाजमा व्याप्त कुरीतिहरूको विरुद्ध म सक्रिय रहे भने अर्कोतर्फ कांग्रेसी कार्यकर्ताका रुपमा भारतको स्वाधीनताको यज्ञमा मैले यथाशक्ति आहुतिहरू पनि दिने प्रयास गरे।

मंगलाचरण स्वदेशी, स्वभाषा र स्वधर्मको गौरव

छात्र जीवनमा, लगभग १९–२० वर्षमा स्वामी सत्यानन्द लिखित महर्षि दयानन्द सरस्वतीको जीवनी पढेको थिए। मलाई लाग्यो कि धेरै समयपछि भारतमा सम्पूर्ण मानव गुणहरूले युक्त एक तेजस्वी विभूति महर्षिको रूपमा प्रकट भएको छ। दयानन्दजीको जीवनको एक एक घटनाले मलाई प्रभावित गर्यो, प्रेरणा दियो। स्वधर्म (वैदिक धर्म), स्वभाषा, स्वराष्ट्र, साधारणपन, सबै भावनाहरूले ओतप्रोत थियो महर्षिको जीवन। राष्ट्रियताको भावना त मानौँ उनको कणकणमा समाएको थियो। यी सबै गुणहरूका साथ तेजस्विता उहाँको जीवनको विशेष गुण थियो। यसैकारण आर्य समाजका नियमहरू सत्यलाई ग्रहण गर्ने एवं असत्यलाई तत्काल त्याग दिनुलाई प्राथमिकता दिइएको छ।
महर्षि दयानन्दको यौटा विशेषता यो थियो कि उहाँ कसैको कन्धामा चढेर अगाडि बढ्नुभएछन। अंग्रेजीमा यौटा शब्द नजान्दा नजान्दै पनि हीन भावनाका कारण आजभोलिको नेताजस्तो उहाँ कहिल्यै ग्रसित हुनुभएन। आफ्नो हिन्दी भाषा, सरल तथा साधारण जनको भाषामा उहाँले “सत्यार्थ प्रकाश” जस्तो महान् ग्रन्थ लेख्नुभयो। यस महान् ग्रन्थमा उहाँले सबैभन्दा पहिला आफ्नो हिन्दु समाजमा व्याप्त कुरीतिहरूमाथि कडा प्रहार गर्नुभयो। बालविवाह, पर्दाप्रथा, महिलाहरूको शिक्षा, छुवाछुत, धर्मको नाममा पाखण्ड आदि विभिन्न विषयमा जोडदार प्रहार स्वामीजीले जतिको गर्नुभयो त्यति अन्य कुनै धार्मिक नेता वा आचार्यले गरेनन्। आफ्नो समाजमा व्याप्त कुरीतिहरूमाथि प्रहार गर्न बाहेक स्वामीजीले राजा राममोहन राय आदि पश्चिमी प्रभावित नेताहरूझैँ वैदिक धर्मलाई ती दोषहरूका लागि दोषी बनाउँनुभएन बरु स्पष्टसँग वैदिक, हिन्दू धर्म सबै प्रकारका कुरीतिहरूबाट माथि छ। वैदिक धर्म वैज्ञानिक एवं दोषमुक्त छ तथा यसको तुलना अन्य कसैले गर्न सक्दैन।

स्वामीजीले आफ्नो वैदिक धर्मको पुनरुद्धारको उद्देश्यले आर्य समाजको स्थापना गर्नुभयो। उहाँले नाम पनि आकर्षक र प्रेरक चयन गर्नुभयो। “आर्य” अर्थात् श्रेष्ठ समाज जसमा न कुनै जाति संकीर्णता छ न कुनै समुदायको आधिक्य। जो पनि आर्य समाजको व्यापक तथा मानवमात्रको लागि हितकारी नियमहरूमा विश्वास राख्छ ऊ नै आर्यसमाजी। आर्यसमाज नामले दूरदर्शी, व्यापक र संकीर्णताले सर्वथा मुक्त दृष्टिको आभास हुन्छ।
स्वामीजीले स्वदेशी तथा स्वभाषामा अभिमान गर्न पनि देशवासीहरूलाई प्रेरणा दिनुहुन्थ्यो। अंग्रेजीलाई उहाँ विदेशी भन्दै आफ्नो भाषा तथा वेशभूषालाई अपनाउँनमा बल दिनुहुन्थ्यो। जुन परिवारहरूमा उहाँ रुक्नुहुन्थ्यो, तिनका बच्चाहरूको भेषभूषामा ध्यान दिनुहुन्थ्यो तथा प्रेरणा पनि दिनुहुन्थ्यो कि हामीले विदेशीहरूको नक्कल छोडेर स्वदेशमा बनेका कपडा लगाउँनुपर्छ। आफ्नो कामकाज “संस्कृति तथा स्वदेशी भाषा” मा गर्नु पर्छ। गाईलाई स्वामीजी भारतीय कृषि व्यवस्थाको प्रमुख आधार मान्नुहुन्थ्यो जसकारण उहाँले “गोकरुणानिधि” नामक पुस्तक लेख्नुभएको थियो तथा गोरक्षाका लागि हस्ताक्षर पनि गराउँनुभयो। उहाँ गाउँहरूको उत्थान, किसानहरूलाई शिक्षातर्फ पनि ध्यान दिन जरुरी मान्नुहुन्थ्यो।

जातिप्रथाका विरुद्ध चेतावनी

स्वामीजी दूरदर्शी हुनुहुन्थ्यो। उहाँले इतिहासको गम्भीर अध्ययन गरेर यो निष्कर्ष निकाल्नुभएको थियो कि जबसम्म हिन्दु समाज जन्मगत जातिप्रथाको कुरीतिले ग्रस्त हुन्छ ऊ पिछडिएर बस्छ। त्यसैले उहाँले सत्यार्थप्रकाशमा तथा आफ्ना प्रवचनहरूमा जातिप्रथा एवं अछुतपनमाथि कडा प्रहार गर्नुभएको थियो। उहाँ दूरदर्शी हुनुहुन्थ्यो अतः उहाँले पहिले नै यो भविष्यवाणी गर्नुभएको थियो कि यदि हिन्दु समाजले जातिप्रथा एवं अछुतपनका कारण आफ्नै भाइहरूसँग घृणा नछोडे भने समाज तीव्रताका साथ टुटेर जानेर जसको लाभ विधर्मीले स्वतः उठाउँनेछन्। उहाँले यो पनि चेतावनी दिनुभएको थियो कि अछुतपनको कलंक हिन्दू धर्मका साथसाथ देशका लागि पनि घातक हुनेछ।
महर्षिको प्रेरणाले आर्य समाजका नेताहरूले लाला लाजपत राय, परमानन्द आदिले अछुतपनका विरुद्ध अभियान चलाए। आर्य समाजले जन्मगत जातिप्रथाका हानीहरूबाट मान्छेहरूलाई सम्झाउँने प्रयास पनि गरे। तर आज त जातिवादको भावना धर्मको नाममा मात्र होइन, राजनैतिक मठाधीशहरूद्वारा राजनैतिक लाभको दृष्टिले पनि अपनाइँदै छ। आज त आर्य समाज यस दिशामा अझ तेजीका साथ सक्रिय हुन आवश्यक छ।

महर्षि दयानन्द सरस्वतीद्वारा प्रतिपादित सिद्धान्तहरू अथवा आर्य समाजका दश नियमहरूलाई पुरा पुरा पालन त धेरै नै निर्भीक, संयमी र तेजस्वी व्यक्ति नै गर्न सक्छ परन्तु यस दिशामा मैले यथासम्भव केही केही पालन गर्ने प्रयास अवश्य नै गरेको छु।
मैले सात वर्षसम्म निरन्तर गाजियावादमा वकालत गर्ने समयमा एक हरिजनको भान्सामा व्यक्तिगत जीवनमा जातिगत भावनालाई जरैदेखि उछिन्ने प्रयास गरेको छु। यसपछि उत्तरप्रदेशको मुख्यमन्त्रीका रूपमा प्रदेशका शिक्षा संस्थाहरूका साथ लाग्ने ब्राह्मण, जाट, अग्रवाल, कायस्थ आदि जातिवाचक नामहरू हटाउँने दृढताका साथ कानुन बनाएँ। मेरा अनेक साथीहरूले त्यस समय भनेका थिए कि यसबाट धेरैजना रिसाउँनेछन् भनी। मैले पनि स्पष्टसँग भनिदिए “रिसाए रिसाऊन् तर म शिक्षा क्षेत्रमा जातिगत संकीर्णता कदापि सहन सक्दिन।” जुन दिन मेरो क्षे बडौतको “जाट इण्टर कलेज” को नाम परिवर्तन गरेर जाटको स्थानमा “वैदिक” शब्द जोडियो त्यो दिन मलाई सन्तोष भयो कि लौ महर्षिको आदेशको पालन गर्नमा केही योगदान त गर्न सके। यसै प्रकारले आफ्नी पुत्रीको अन्तर्जातीय विवाहले मलाई अझै आत्मसन्तोष पनि भयो नै।

मेरो यो दृढ विश्वास छ कि देशमा महर्षि दयानन्द तथा गान्धीका आदर्शहरूमा चलेर नै सच्चा गौरव प्राप्त गर्न सकिन्छ। दुवै महापुरुषहरूले प्राचीन ऋषिहरूको समयको साधारणपन, सत्यता, न्याय एवं नैतिताका गुणहरूले युक्त भारत बनाउँने आकांक्षा राखेका थिए, “महर्षि” र “महात्मा” दुवैले यस उद्देश्य पूर्तिका लागि प्राचीन संस्कृति र धार्मिक जीवनलाई महत्व दिए। धर्मको नाममा कुनै पनि प्रकारले घुसेका कुरीतिहरूमाथि प्रहार गरे। उनीहरू स्पष्ट मत थियो कि हामी विदेशीहरूको अन्धानुकरण गरेर भारतको उत्थान कदापि गर्न सक्दैनौँ। आज हामी उनीहरूबाट दिशा ग्रहण गरेर यस लक्ष्य प्राप्तिका लागि बढ्नु पर्छ।

दीपावली ज्योतिको पर्व हो। यस दिन हामी अन्धकार अर्थात् अनैतिकता, भ्रष्टाचार, छुवाछुत आदिबाट माथि उठेर प्रकाशको मार्गमा चल्ने प्रेरणा लिन सक्छौँ। इमानदारी तथा नैतिकतालाई न अपनाएर हामी संसारमा सम्मान कदापि प्राप्त गर्न सक्नेछैनौँ।

[स्रोत- आत्मशुद्धिपथ मासिकको मार्च २०२० को अंक; नेपाली अनुवादक- अविरल डि० सी०]

Tuesday, March 17, 2020

महाभारतान्तर्गत चक्रवर्ती आर्य राजाहरूको परिचय



महाभारतान्तर्गत चक्रवर्ती आर्य राजाहरूको परिचय

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डी० सी०

आर्यजगत्का पुनरुद्धारक स्वामी दयानन्दजी सरस्वती आफ्नो ग्रन्थ सत्यार्थप्रकाशको एकादश समुल्लासमा चक्रवर्ती राजाहरूको विषयमा मैत्र्युपनिषद्को प्रमाण उद्धृत गर्दै लेख्नुहुन्छ- “सृष्टिदेखि महाभारतपर्यन्त चक्रवर्ती सार्वभौम राजा आर्यकुलमा नै भएका थिए। अब यिनका सन्तानहरूको अभाग्योदय भएर राजभ्रष्ट भएर विदेशीहरूका पादाक्रान्त हुँदै छन्। जस्तै यहाँ सुद्युम्न, भूरिद्युम्न, इन्द्रद्युम्न, कुवलयाश्व, यौवनाश्व, वद्ध्र्यश्व, अश्वपति, शशविन्दु, हरिश्चन्द्र, अम्बरीष, ननक्तु, शर्याति, ययाति, अनरण्य, अक्षसेन, मरुत्त र भरत सार्वभौम सबै भूमिमा चक्रवर्ती राजाहरूको नाम लेखिएको छ त्यस्तै स्वायम्भुवादि चक्रवर्ती राजाहरूको नाम स्पष्ट मनुस्मृति, महाभारतादि ग्रन्थहरूमा लेखिएको छ। यसलाई मिथ्या गर्नु अज्ञानी र पक्षपातीहरूको काम हो।” यी राजाहरूको राज्य आर्यावत्र्त देशदेखि लिएर समस्त भूमण्डलमा दियो। आर्यावर्त्त देश विद्याको आदिस्रोत भएका कारण आदिसभ्यताको प्रकाशक पनि हो। पश्चिमी विद्वानहरूमा अत्यन्त प्रतिष्ठित मातृलिंग (Maeterlinck) आफ्नो प्रसिद्ध ग्रन्थ 'Secret Heart' लेख्छन्-

"It is now hardly to be contested that the source (of knowledge) is to be found in India. Thence in all probability the sacred teaching spread in to Egypt, found its way to ancient Persia and Chaldia, permitted the Hebrew race and crept in Greece and the south of Europe, finally reaching China and even America." -Pg. 5
अर्थात्- अब यसमा विवादको कुनै स्थान छैन कि (विद्याको) मूलस्थान भारत वर्षमा पाइन्छ। सम्भवतः त्यहाँबाट नै यो शिक्षा मिश्रमा फैलियो, मिश्रभन्दा प्राचीन ईरान तथा कालडिया (अरब देश) को मार्ग पक्रेर, यहुदी जातिलाई प्रभावित गर्यो र फेरि युनान तथा युरोपको दक्षिण भागमा प्रविष्ट भएर अन्तमा चिन र अमेरिकामा पुग्यो।

फ्रांसका महान् सन्त एवं विचारक क्रूजे (Cruiser) ले बलपूर्वक लेखेका छन्-

"Is there is a country which can rightly claim the honour of being the cradle of human race or at least the scene of primitive civilisation, the successive developments of which carried in all parts of the ancient world, and even beyond, the blessings of knowledge which is the second life of man, that country assuredly is India." -J. beatie : Civilisation and Progress
अर्थात्- यदि कुनै देश वास्तवमा मनुष्य जातिको पालक भयो अथवा त्यस सभ्यताको, जसले विकसित भएर संसारको कुना कुनामा ज्ञानको प्रचार गर्यो, स्रोत हुने दाबी गर्न सक्छ भने निश्चय नै त्यो देश भारत नै हो।

यसै आर्यावर्त्त नाम नै ब्रह्मावर्त्त, बह्मर्षि देशले पनि प्रसिद्ध छ (हेर्नुहोस्– मनुस्मृति २/१७-२२ एवं पातञ्जल महाभाष्य २/४/१० र ६/३/१०९ )। वैदिक शिक्षाको प्रभावले यस देशका राजाहरूमा कुनै प्रकारको दुराचार विद्यमान थिएन जसकारण यिनका प्रजा यिनीबाट अत्यन्त प्रसन्न एवं सन्तुष्ट रहन्थे। हामी आफ्नो पक्षमा पाठकहरूका समक्ष महाभारत (अनुशासन पर्व, अध्याय १६५) मा आएको चक्रवर्ती राजाहरूको केही नाम एवं तिनको राज्यव्यवस्थाको उल्लेख गर्नेछौँ-

१. महाराजा मरुत्त- राजा मरुत्त जब यस पृथिवीको शासन गर्थे त्यस समय यो पृथिवी बिना जोतेर नै अन्न उत्पन्न गथ्र्यो र समस्त भूमण्डलमा देवालयहरूको मालाजस्तै दृष्टिगोचर हुन्थ्यो जसद्वार पृथिवीको शोभा बनेको थियो। (द्रोणपर्व ५५/४४)

२. महाराजा सुहोत्र- राजा सुहोत्रलाई पाएर पृथिवीको वसुमती नाम सार्थक हुन गयो। जुन समय उहाँ जनपदका स्वामी हुनुहुन्थ्यो ती दिन त्यहाँका नदी आफ्नो जलका साथ सुन पनि बगाउँथे। (द्रोणपर्व ५६/६)

३. महाराजा शिवि- औशीनरका सुपुत्र शिविले यस सम्पूर्ण पृथिवीलाई छालालेझैँ बेरेका थिए अर्थात् सर्वथा आफ्नो अधीन गरेका थिए। उनले आफ्नो ध्वनिले पृथिवीलाई प्रतिध्वनित गर्दै एकमात्र विजयशील रथद्वारा भूमण्डलको एकछत्र शासन गर्थे। आज संसारमा जंगली पशुहरू सहित जति पनि गाई, गोरु र घोडाहरू छन् त्यती संख्यामा उशीनर पुत्र शिविले आफ्नो यज्ञमा केवल गाईहरूको दान गर्दथे। प्रजापति बह्मा इन्द्रका तुल्य पराक्रमी उशीनर पुत्र शिवि बाहेक सम्पूर्ण राजाहरूमा भूत वा भविष्यकालका कुनै राजाहरूको यस्तो सम्मान दिएका थिएनन् जो शिविको कार्यभार वहन गर्न सकोस्। (द्रोणपर्व ५८/१,२,६,७,८)

४. सम्राट भरत- दुष्यन्त र शकुन्तलाका पुत्र महाधनी, महामनस्वी, महातेजस्वी भरतले पूर्व कालमा देवताहरूको प्रसन्नताका लागि यमुनातटमा तीन सय, सरस्वतीको तटमा बीस र गंगाका तटमा चौध सय अश्वमेध यज्ञ गरेका थिए। जसरी मनुष्य दुई भुजाद्वारा आकाशमा उड्न सक्दैनन् त्यसरी नै सम्पूर्ण राजाहरूमा भरतको जो महान् कर्म छ् त्यसको अनुकरण अरु राजाले गर्न सक्दैनन्। (द्रोणपर्व ६८/८,९)

५. पुरुषोत्तम राम- श्रीराम आफ्नो प्रजामाथि त्यस्तो कृपा राख्थे जस्तो पिता आफ्ना औरस पुत्रहरूप्रति राख्छन्। उनको राज्यमा कुनै पनि स्त्री अनाथ, विधवा थिइन। श्रीरामले जबसम्म राज्यको शासन गरे तबसम्म आफ्ना प्रजाहरूका लागि सदा कृपालु बने। बादलले समयमा वर्षा गरेर खेती राम्ररी सम्पन्न गर्थे, त्यसलाई फल्ने राम्रो अवसर दिन्थे। रामको राज्य-शासनकालमा सदा सुकाल रहन्थ्यो, कहिल्यै अनिकाल पर्दैनथ्यो। रामले राज्यशासन गर्ने समयमा कुनै पनि प्राणी जलमा डुब्दैनथ्यो, आगोले अनुचित रूपमा कसैलाई जलाउँदैनथ्यो तथा कसैलाई पनि रोगको भय हुन्नथ्यो। स्त्रीहरूमा पनि परस्पर विवाद हुन्नथ्यो भने त पुरुषहरूको त के कुरा गर्ने! श्रीरामको राज्यकालमा समस्त प्रजाहरू समधर्ममा तत्पर रहन्थे। श्रीरामचन्द्रजी जब राज्य गर्नुहुन्थ्यो तब सबै मनुष्य सन्तुष्ट, पूर्णकाम, निर्भय, स्वाधीन र सत्यव्रती थिए। सबै वृक्ष कुनै विघ्न बाधा बिना नै फल्थे एवं फुल्थे तथा समस्त गाईहरू एक-एक द्रोण दुध दिन्थे। महातपस्वी श्रीामले चौध वर्षसम्म वनमा निवास गरेर राज्य पाए उपरान्त दस यस्ता अश्वमेध यज्ञ गर्नुभएको थियो जो सर्वथा स्तुतिका योग्य थिए तथा जहाँ कुनै पनि याचकका लागि ढोका कहिल्यै बन्द थिएन। श्रीराम नवयुवक र श्याम वर्णका हुनुहुन्थ्यो। उहाँका आँखामा केही लालिमा शोभा दिन्थे। उहाँ यूथपति गजराजका समान शक्तिशाली हुनुहुन्थ्यो। उहाँका ठुला ठुला भुजाहरू घुँडासम्म लामा थिए। उहाँको मुख सुन्दर थियो एवं काँध पनि सिंहका समान थियो। (द्रोणपर्व, अध्याय ५९)

६. महाराजा भगीरथ- महाराजा भगीरथ जसको नाममा गंगालाई भागीरथी पनि भनिन्छ, तटका समीम निवास गर्नेबेला गंगाजी राजा भगीरथको प्रतापले भातवर्षतर्फ बग्न थाल्यो। विप्रपथगामिनी गंगाले पुत्रीभालाई प्राप्त भएर पर्याप्त दक्षिणा दिने इक्ष्वाकु वंशी भगीरथलाई आफ्नो पिता मानिन्। (द्रोणपर्व ६०/१,६,८)

७. महाराजा दिलीप- एकाग्रचित्त भएका महाराजा दिलीपले एक महायज्ञमा रत्न र धनले परिपूर्ण पृथिवीको धेरै ठुलो भाग ब्राह्मणहरूलाई दान दिएका थिए। उनको यज्ञमा सुनले बनेको यूपले शोभा पाउँथ्यो। यज्ञ गर्दा इन्द्रादि देवता सदा त्यसै यूपको आश्रय लिएर बस्थे। उनको यज्ञमाा साक्षात् विश्वावसुबिचमा बसेर सात स्वरहरूका अनुसार वीणा बजाउँथे। त्यस समय सबै प्राणीहरू यही सम्झन्थे कि यिनी मेरा अघि  बाजा बजाउँदै छन्। (द्रोणपर्व ६१/२,३,५,७)

८. महाराजा मान्धाता- यसै प्रसंगमा महाराजा मान्धाताको वर्णन यस प्रकारले छ कि उनी ठुला धर्मात्मा र मनस्वी थिए। युद्धमा इन्द्रका समान शौर्य प्रकट गर्थे। यो सारा पृथिवी एकै दिनमा उनको अधिकारमा आएको थियो। मान्धाताले समरांगणमा राजा अंगार, मरुत्त, असित, गय तथा अंगराज बृहद्रथलाई पनि पराजित गरिदिएका थिए। मान्धाताले रणभूमिमा जुन समय राजा अंगारसँग युद्ध गरेका थिए, त्यस समय देवताहरूले यस्तो सम्झेका थिए कि उनको धनुषको टंकारले सारा आकाश नै फाट्यो कि। (द्रोणपर्व ६२/९,१०) उनको राज्यको विस्तारको बारेमा भनिएको छ-

यत्र सूर्य उदेति स्म यत्र च प्रतितिष्ठति।
सर्वं तद् यौवनाश्वस्य मान्धातु: क्षेत्रमुच्यते।। (द्रोणपर्व ६२/११)
जहाँबाट सूर्य उदय हुन्छ त्यहाँबाट लिएर जहाँ अस्त हुन्छ त्यहाँ सम्म सारा क्षेत्र युवनाश्व-पुत्र मान्धाताको नै राज्य कहलिन्छ।

९. महाराजा ययाति- नहुष पुत्र राजा ययातिले समुद्रहरू सहित सारा पृथिवीलाई जितेर शम्यापातद्वारा सारा पृथिवीलाई नापेर यज्ञको वेदी बनाए जसबाट भूतलको विचित्र शोभा हुन थाल्यो। ती वेदीहरूमा मुख्य मुख्य यज्ञहरूमा मुख्य मुख्य यज्ञहरूको अनुष्ठान गर्दै सारा भारत भूमिको परिक्रमण गरिदिए। नहुष-पुत्र ययातिले व्यूह रचनायुक्त आसुर युद्धका द्वारा दैत्यहरू ए असुरहरूको संहार गरेर यो सारा पृथिवी आफ्ना पुत्रहरूमाँझ बाँडिदिए। (द्रोणपर्व, अध्याय ६३)

१०. महाराजा अम्बरीष- नृपश्रेष्ठ महाराज अम्बरीषलाई सारा प्रजाले आफ्नो पुण्यमय रक्षक मानेका थिए। ब्राह्मणहरूका प्रति अनुराग राख्नेवाला राजा अम्बरीषले यज्ञ गर्ने समय आफ्नो विशाल यज्ञ मण्डपमा शतशः राजाहरूलाई ती ब्राह्मणहरूको सेवामा नियुक्त गरेका थिए जो स्वयं पनि हजारौँ यज्ञ गरिसकेको थिए। ती यज्ञ कुशल ब्राह्मणहरूले नाभाग-पुत्र अम्बरीषको सराहना गर्दै भनेका थिए कि यस्तो यज्ञ न त पहिलेका राजाहरूले गरेका थिए न त भविष्यमा हुनेवाला राजाहरूले नै गर्नेछन्। (द्रोणपर्व ६४/१२,१५,१६)

११. महाराजा शशबिन्दु- यसै प्रकार चित्ररथका पुत्र शशबिन्दु, अमूत्र्तरथाका पुत्र राजा गय र संकृतिका पुत्र राजा रन्तिदेव थिए। शशबिन्दुको राज्यकालमा यो पृथ्वी हृष्टपुष्ट मनुष्यहरूले भरिएको थियो। यहाँ कुनै पनि विघ्न बाधा र रोगव्याधि थिएन (द्रोणपर्व ६५/११)। राजा गयले अश्वमेध नामक महायज्ञमा मणिमय बालुवावाला सुनको पृथ्वी बनाएर ब्राह्मणहरूलाई दान दिएका थिए (द्रोणपर्व ६६/११)। राजा रन्तिदेव ब्राह्मणहरूलाई “तपाईहरूको लागि, तपाईहरूको लागि” भन्दै हजारौ सुनका चम्किला निष्क दान दिने गर्थे (द्रोणपर्व ६७/४,५)।

१२. महाराजा पृथु- वेनका पुत्र महाराज पृथ्को पनि महर्षिहरूले महान् वनमा एकत्र भएर राज्याभिषेक गरेका थिए। ऋषिहरूले यो सोँचेर कि सबै लोकहरूमा धर्मको मर्यादा प्रथित गर्नेछन्, स्थापित गर्नेछन्, उनको नाम पृथु राखेका थिए। क्षत अर्थात् दुःखले सबैको त्राण गर्ने भएकाले क्षत्रिय कहलिए। वेद-नन्दन पृथुलाई देखेर समस्त प्रजाहरूले एकसाथ भने कि हामी यिनमा अनुरक्त छौँ। यस प्रकार प्रजाहरूको रञ्जन गरेका कारण नै उनको नाम राजा भयो। पृथुको शासनकालमा पृथिवी बिना जोतेर नै धान उत्पादन गथ्र्यो। वृक्षहरूको पुटपुटमा मह भरिएको हुन्थ्यो एवं सारा गाईहरू एक एक द्रोण दूध दिन्थे। मनुष्य निरोगी हुन्थे तथा उनीहरू सबै कामनाहरू सर्वथा परिपूर्ण हुन्थे, उनीहरूलाई कहिल्यै कसैको कुनै भय पनि थिएन। सबै मान्छे इच्छानुसार घरहरूमा या खेतहरूमा रहन्थे। जब उनीहरू समुद्रतर्फ यात्रा गर्थे तब समुद्रको जल पनि स्थिल हुन्थ्यो, नदीहरूको बाढी समाप्त हुन्थ्यो। उनको रथको ध्वजा कहिल्यै पनि भग्न हुन्नथ्यो। (द्रोणपर्व ६९/२,३,४,६,७,८,९)

सन्दर्भ ग्रन्थ-सत्यार्थ भास्कर-स्वामी विद्यानन्द एवं महाभारत