Tuesday, August 25, 2020

वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन


वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन

लेखक- प्रियांशु सेठ, वाराणसी
नेपाली अनुवादक- अविरल डि० सी०

[आर्यवार्तका स्थापित आदर्शहरूलाई कलंकित गर्ने कुत्सित प्रयासहरूलाई क्रममा महर्षि भरद्वाजद्वारा मासु पस्किनेबारे युट्युबर्सका अनर्गल प्रवादको युवा गवेषकद्वारा यथोचित प्रामाणिक उत्तर दिइँदै छ। -सम्पादक शान्तिधर्मी]

महर्षि वाल्मीकिले आफ्नो काव्यग्रन्थ रामायणमा वैदिक संस्कृतिको वर्णन गर्दै एक अनुकरणीय जीवन पद्धतिको  चित्र प्रस्तुत गर्नुुएको छ जसले विभिन्न मतावलम्बीहरूका समक्ष एक आदर्श स्थापित गर्दछ। साथै यसबाट यो पनि सिद्ध हुन्छ कि सम्पूर्ण विश्वमा वेदहरूका समान अन्य कुनै धर्म ग्रन्थ छैन। धर्मको स्वरूपलाई परिभाषित गर्नमा उनको यो काव्य पूर्णतः सक्षम छ। यस ग्रन्थमा पावन वेदकाहरू आज्ञाहरूको अनुशरण गरेर सच्चिदानन्दस्वरूप परमेश्वरलाई प्राप्त गर्नमा तपोरत अनेक महान् आदर्श पात्रहरूको उल्लेखले निश्चय नै हाम्रो बुद्धिलाई प्रगल्भ, क्रियाशील, उदयशील र मोक्षमार्गमा चल्नका लागि सक्षम बनाउँछ। रामायण विश्व संस्कृतिको इतिहासमा प्रमुख ऐतिहासिक महत्व राख्छ। यस ग्रन्थको महान् प्रतिष्ठाका लागि यसभन्दा ठुलो प्रमाण अरु के होला कि यसका रचयिता 'महर्षि', नायक 'भगवान्' र नायिका 'देवी' को पदले चिनिन्छन्।

रामायणकालमा मान्छेहरू पवित्र वेद सच्छास्त्रहरूका अनुसार आफ्नो जीवनको उत्कर्ष प्राप्त गर्थे। एक सर्वव्यापक जगदीश्वरका अतिरिक्त अन्य कुनै मूर्तिको पूजोपासना जान्दैनथे र पञ्चमहायज्ञका अतिरिक्त कुनै कब्र आदि पुजाको नित्य कर्म मान्दैनथे। षट्प्रज्ञको भाव त ती पात्रहरूको मानसिक चर्याहरूमा पनि सम्मिलित थिएनन् न त मांसाहारको कुनै गन्ध पनि थियो। (हिंसाभिरभिवर्जितः) अर्थात् अयोध्या हिंसाबाट पूर्ण मुक्त थियो (अयोध्या० १००/४४)। त्यस कालका देवता दिव्यगुणयुक्त, सत्वगुणी, शान्तात्मा, काम, क्रोध, लोभ, मोहाहंकार यी पाँच विकारहरूबाट सुरक्षित, भक्त र पुण्यमान हुने गर्थे।

दुर्भाग्ययवश अभिमानको मूर्ति लंकापति रावण जब वेदहरूबाट आफ्नो इच्छानुसार घृणित कामना पूर्ण गर्न सकेन जसकारण  वेदहरूका आज्ञा उल्लंघन गर्न समेत पछि परेन। वेद-वचनहरूको उल्लंघनको मार्गले उसलाई राक्षसी प्रजातिहरूको समुहलाई हिंसा, अशिष्टता र व्यभिचारका भुमरीमा धकेलिदियो। कालान्तरमा यिनैलाई आफ्नो प्रेरणास्रोत मानेर वाममार्गीहरूले दुर्व्यसन, मद्यपान, व्यभिचार, मांसाहार जस्ता अनेक मिथ्या कल्पनाहरूको इतिहासमा प्रक्षेप गरेर विकृत गर्ने प्रयास गर्यो। यसैको आधारमा पेरियार जस्ता वाममार्गीहरूले असत्यलाई सत्यको मुखौटा लगाएर वैमनस्यको व्यापार चलाए र अन्ततः विधर्मीहरू अनेक प्रकारका आक्षेप रामायणका आदर्शहरूमाथि लगाउँन आरम्भ गरे। अबसम्म त श्रीराममाथि भिन्नभिन्न आरोप लगाएर आफ्नो मतलाई श्रेष्ठ सिद्ध गर्ने असफल प्रयास गर्ने गर्थे, तर अब त त्यही कुत्सित प्रयास श्रीरामका भाइ भरतजीमाथि लगाउँदै छन्। जब उनी श्रीरामसँग मिल्न वनमा प्रस्थान गरे, मार्गमा उनलाई भरद्वाज मुनिको दर्शन भयो। मुनि भरद्वाजले उनलाई र उनका सेनाहरूलाई भरपेट मासु खुवाए।
आउँनुहोस्, आफ्ना आदर्श भरतजी र भरद्वाज मुनि माथि लगाइएका मिथ्या आरोपहरूको निराकरण तथा त्यसका पोषकहरूको मुखमर्दन गरेर सत्यलाई पुनस्र्थापित गरौँ।

धर्मात्मा आर्य भरत

आर्य मर्यादाहरूका निष्पादक पुरुषोत्तम श्रीरामका भाइ निःस्पृह भरतजीको चरित्र अति नै विशद, आदर्श, उज्ज्वल र निष्कलंक छ। भरतजी धर्म र नीतिलाई जान्नेवाला, सत्यप्रतिज्ञ, सदाचारी, विनयका मूर्ति, सद्गुणसम्पन्न तथा भक्तिप्रधान कर्मयोगी थिए। तितिक्षा, वात्सल्य, सौम्यता, सरलता, मधुरता, क्षमा, दया, वीरता, व्यवहार-कुशलता र सहृदयता आदि गुणहरूले ती लालित्य र जाज्वल्यमान थिए । उनको वेदहरूको अध्ययनका प्रति प्रगाढ रुचिलाई वाल्मीकिजीले वर्णित गरेका छन्-
ते चापि मनुजव्याघ्रा वैदिकाध्य्यने रताः।
पितृशुश्रूषणरता धनुर्वेदे च निष्ठिताः।। -वाल्मीकि-रामायण, बालकाण्ड, सर्ग १८, श्लोक ३६-३७
अर्थात्- ती पुरुषसिंह राजकुमार प्रतिदिन वेदहरूको स्वाध्याय, पिताको सेवा तथा धनुर्वेदको अभ्यासमा दत्तचित्त रहन्थे।

भरतो वाक्यं धर्माभिजनवाञ्छुचिः। -वाल्मीकि-रामायण, अयोध्या० ७२/१६
अर्थात् भरत धार्मिक कुलमा उत्पन्न भएका थिए र उनको हृदय शुद्ध थियो।

अरण्यकाण्डमा, जब लक्ष्मण श्रीमानका समक्ष हेमन्त ऋतुको वर्णन गर्छन् र भरतको प्रशंसा गर्छन्, तब उनी भरतलाई धर्मात्मा भनेर सम्बोधित गर्छन्-
अस्मिंस्तु पुरुषव्याघ्र काले दुःखसमन्वितः।
तपश्चरति धर्मात्मा त्वद्भक्त्या भरतः पुरे।। -वा० रा०, अरण्य० १६/२७
अर्थात् पुरुषसिंह श्रीराम! यस समय धर्मात्मा भरत तपाईका लागि धेरै दुःखी छन् र तपाईमा भक्ति राख्दै नगरमा तपस्या गरिरहेका छन्।

भरतको पितृ-भक्ति-
विवाह पश्चात् दशरथजीको आज्ञा पाएर जब भरत शत्रुघ्नसहित आफ्ना मामा कैकेयनरेश युधाजित्का साथ ननिहाल गइसकेका थिए तब एक दिन यिनलाई एक अप्रिय सपना आउँछ, जसकारण यी मनमनै धेरै संतप्त भए। मित्रहरूको गोष्ठीमा हास्यविनोद गर्दा पनि प्रसन्न भएनन्। हृदयमा स्वप्नको भय नहटेका कारण यिनले पिताजीसँग जाने निश्चय गर्छन तथा बाटोमा सात रात व्यतीत गरेर आठौँ दिन अयोध्यापुरी पुगे। माता कैकेयीसँग पिताश्री दशरथको स्वर्गवासको समाचार पाउँदा शोकका कारण भरतजीको जो दशा भयो तथा पिताका लागि जसप्रकारले यिनले विलाप गरे, त्यसबाट नै उनको श्रद्धा-समन्वित सत्य पितृप्रेमको पत्तो लाग्छ। जब माताले धैर्य धारण गर्नका लागि भने, तब उत्तरमा भन्छन्-

अभिषेक्ष्यति रामं तु राजा यज्ञं नु यक्ष्यते।
इत्यहं कृतसंकल्पो हृष्टो यात्रामयासिषम्।।२७।।
तदिदं ह्यन्यथाभूतं व्यवदीर्ण मनो मम।
पितरं यो न पश्यामि नित्यं प्रियहिते रतम्।।२८।।
क स पाणिः सुखस्पर्शस्तातस्याक्लिष्टकर्मणः।
यो हि मां रजसा ध्वस्तमभीक्ष्णं परिमार्जति।।३१।। -अयोध्या०, सर्ग ७२

अर्थात् मैले त यो सोचेको थिए कि महाराज श्रीरामको राज्याभिषेक गर्नेछौँ र स्वयं यज्ञको अनुष्ठान गर्नेछौँ- यही सोँचेर मैले धेरै हर्षका साथ त्यहाँबाट यात्रा गरेको थिए।।२७।। तर यहाँ आउँदा सबै कुरा मेरो आशाको विपरीत पो पाए। मेरो हृदय चिरिएको छ, किनकी सदा आफ्नो प्रिय र हितमा लागिरहने पिताजीलाई म देखिरहेको छैन।।२८।। हाय! अनायास नै महान् कर्म गर्नेवाला मेरा पिताको त्यो कोमल हात कहाँ छ, जसको स्पर्श मेरो लागि धेरै नै सुखदायक थियो? उहाँ त्यही हातले मेरो धूलोसमान शरीर बारम्बार पुछ्नुहन्थ्यो।।३१।।

भरतको मातृ-भक्ति-
दशरथ-पुत्रहरूमा आफ्ना माताहरूप्रति अनुरक्ति र ममत्वको भाव विद्यामान थियो। ननिहालमा त्यस दुःस्वप्तका कारण भरत मानसिक अशान्ति र अस्थिरताले यति व्याकुल भइसकेका थिए कि ती वसिष्टद्वारा उनीहरूलाई अयोध्या लैजानेवाला दूतहरू (सिद्धार्थ, विजय, जयन्त, अशोक र नन्दन -अयोध्या० ६८/५) सँग सोध्छन्-

आर्या च धर्मनिरता धर्मज्ञा धर्मवादिनी।
अरोगा चापि कौसल्या माता रामस्य धीमतः।।८।।
कञ्चित् सुमित्रा धर्मज्ञा जननी लक्ष्मणस्य या।
शत्रुघ्नस्य च वीरस्य अरोगा चापि मध्यमा।।९।।
आत्मकामा सदा चण्डी क्रोधना प्राज्ञमानिनी।
अरोगा चापि मे माता कैकेयी किमुवाच ह।।१०।। -अयोध्या, सर्ग ७०

अर्थात् धर्मलाई जान्नेवाला र धर्मको चर्चा गर्नेवाली बुद्धिमान् श्रीरामकी माता धर्म परायणा आर्या कौसल्यालाई त कुनै रोग या कष्ट त छैन?।।८।। के वीर लक्ष्मण र शत्रुघ्नकी जननी मेरी माहिली आमा धर्मज्ञा सुमित्रा स्वस्थ र सुखी छिन्?।।९।। जो सदा आफ्नो नै स्वार्थ सिद्ध गर्न चाहन्छ र आफूलाई मात्र बुद्धिमति सम्झन्छिन्, ती उग्र स्वभावशाली कोपशीला मेरी माता कैकेयीलाई त कुनै कष्ट छैन?।।१०।।

कैकेयीको इच्छानुसार राजा दशरथाद्वारा श्रीरामलाई वनवास पठाउँदा माता कौसल्याको दुःखको अनुभूति भरत राम्ररी गर्न सक्थे। ती माता कैकेयीसँग भन्थे-

तथा ज्येष्ठा हि मे माता कौसल्या दीर्घदर्शिनी।
त्वयि धर्मे समास्थाय भगिन्यामिववर्तते।। -अयोध्या०, ७३/१०
अर्थात् मेरी ठुली आमा कौसल्या पनि धेरै दुरदर्शिनी हुनुहुन्छ। उहाँ धर्मको आश्रय लिएर तिमीसँग पनि बहिनीझैँ व्यवहार गर्छिन्।

भरतको भ्रातृ-स्नेह-
वेदहरूको उद्घोष 'मा भ्राता भ्रातरं द्विक्षन्' (अथर्व० ३/३०/३) को सार्थकता अयोध्या राजकुमारहरूको जीवनचरित्रमा दृष्टिगोचर हुन्छ। रामायणमा यिनको भ्रातृ-प्रेमको धेरै वर्णन छ, जो हृदयलाई आह्लादित गर्नुका साथसाथै व्यावहारिक शिक्षालाई पनि प्रकाशित गरिदिन्छ-

पिता ही भवति ज्येष्ठो धर्ममार्यस्य जानतः। -अयोध्या० ७२/३३
अर्थात् धर्मका ज्ञाता श्रेष्ठ पुरुषका लागि ठुला दाइ पिताका समान हुन्छन्।

राघवः स हि मे भ्राता ज्येष्ठः पितृसमो मतः।। -अयोध्या० ८५/९
अर्थात् श्रीरघुनाथजी मेरा ठुला दाइ हुनुहुन्छ। म उहाँलाई पिताका समान मान्छु।

भरत आफ्ना सबै भाइहरूसँग धेरै प्रेम गर्थे, तर श्रीरामसँग उनको विशेष लगाव थियो। भ्राता श्रीरामको वनवासको समाचार सुनेर भरतको मुखबाट जो गदगद वाणी निस्कन्छ, त्यो रामायणकालीन संस्कृतिको प्रेरणाप्रद श्रेष्ठता प्रकट गर्दछ-

निवर्तयित्वा रामं च तस्याहं दीप्ततेजसः।
दासभूतो भविष्यामि सुस्थितेनान्तरात्मना।। -अयोध्या० ७३/२७
अर्थात् श्रीरामलाई फर्काएर उद्दीप्त तेजवाला तिनै महापुरुषलाई नोकर बनाएर स्व्स्थचित्तले जीवन व्यतीत गर्नेछु।

रामः पूर्वो हि नो भ्राता भविष्यति महीपतिः।
अहं त्वरण्ये वत्स्यामि वर्षाणि नव पञ्च च।। -अयोध्या० ७९/८
अर्थात् श्रीरामचन्द्रजी हामीहरूका ठुला दाइ हुनुहुन्छ, अतः उहाँ नै राजा हुनुहुन्छ। उहँको साटो म नै १४ वर्ष वनवास गर्नेछु।

यदि त्वार्ये न शक्ष्यामि विनिवर्तयितुं वनात्।
वने तत्रैव वत्स्यामि यथार्यो लक्ष्मणस्तथा।। -अयोध्या० ८२/१८
अर्थात् यदि म आर्य श्रीरामलाई वनबाट नफर्काउँन सकेन भने स्व्यं पनि नरश्रेष्ठ लक्ष्मणजस्तै निवास गर्नेछु।

हेर्नुस्, कति उच्च भावना र भक्ति छ! कति पवित्र भाव छ! कति निरभिमानता र कति त्याग छ!

मुनिश्रेष्ठ भरद्वाजको दर्शन र आक्षेपको उत्तर

वाल्मीकिजीले एकतर्फ जहाँ अयोध्या राजकुमारहरूको जीवन-वृत्तान्तलाई प्रकट गरेका छन्, त्यही आफ्ना समकालीन अनेक महान् तपस्वीहरूको उल्लेख पनि गर्नुभएको छ। उहाँले प्रतिपादित गरिदिनुभएको छ कि काव्य तब मात्र विश्व-विश्रुतिका कारण बनेर कुसुमित हुन्छ, जब त्यसमा वर्णित पात्रहरूका साथसाथ तिनका मार्गदर्शकको पनि उल्लेख हुन्छ। रामायणमा मुनि भरद्वाज वाल्मीकिजीका शिष्यका रूपमा वर्णित छन् (बाल० २/४,५)। भरद्वाजको आश्रम प्रयागमा स्थित छ। त्यो नाना प्रकारको वृक्षहरू र फूलहरूबाट सुशोभित थियो (अयोध्या० ५४/४,५)। यिनैको परामर्शमा श्रीरामजीले चित्रकूटमा आफ्नो आश्रम बनाएका थिए (बाल० १/३१, अयोध्या० ५४/२८)। मुनि भरद्वाज यिनको सत्कार नाना प्रकारका अन्न, रस र फल-मूल दिएर गर्छन् (अयोध्या० ५४/१८)। अग्निपुराणको यो श्लोकले यही कुरा सिद्ध गर्दछ-
शृंगवेरं प्रयागं च भरद्वाजेन भोजितः।। -अध्याय ६, श्लोक ४६
अर्थ- शृंगवेरपुरपछि प्रयागमा भरद्वाज महर्षिले उनीहरूलाई भोजन गराए।

निर्दोष जीवहरूको मासुका भोका अधर्मी मान्छेहरू आफ्नो घाँटीमा हड्डी अट्काएर यो चित्कार लगाउँछन् कि मुनि भारद्वाजले भरत र उनका सेनाको आतिथ्य-सत्कारमा जो भोजन दिएका थियो त्यसमा मासु विद्यमान थियो। यसबाट उनीहरू यो सिद्ध गर्न चाहन्छन् कि हिन्दुहरूका पूर्वज आर्य मासुको सेवन गर्थे। आफ्ना सन्देष्टाहरूका पक्षधर्ताहरूले यो आक्षेप आंखामा बालुवा भरेर गरेका छन्। जब हामी यी मतावलम्बीहरूका ग्रन्थहरूबाट मांस भक्षणको प्रमाण दिएर प्रश्न गर्छौं तब यिनीहरू सभामा मृत्युकालको विलापझै भिख मांग्छन् किनकी यिनका ग्रन्थहरूका अनुसार मांसाहारको सम्मतिले न केवल यिनका राक्षस कोटिका पूर्वज बरु स्वयं यिनका ईश्वरले नै दिन्छन्। यिनैको पक्ष लिएर यी मतवादी हाम्रा ग्रन्थहरूमा मिथ्या दोषारोपण गरी आफ्नो मतको वकालत गर्छन्।
भरतले माँसु खाएको कुरा सम्पूर्ण वाल्मीकि-रामायणमा कतै लेखिएको छैन तथा भरद्वाजद्वारा सत्कारमा माँसु दिनेवाला प्रकरण पनि मुनि भरद्वाजको आचरण र सिद्धान्तहरूको विपरीत हो। जस्तै-

(१) जब मृत क्रौञ्च चराहरूको जोडालाई देखेर वाल्मीकिको मुखबाट करुण वाणी काव्य (श्लोक) को रुपमा प्रस्फुटित भयो, तब मुनि भरद्वाज त्यहाँ उपस्थित थिए (बाल० २/७-२१)। त्यहाँ मरेका चराहरूको माँसु खाएको कुनै उल्लेख छैन।

(२) हामी यो सिद्ध गरिसकेका छौँ कि जब राम, सीता र लक्ष्मणसहित भरद्वाजको आश्रम पुगे तब मुनि उनको सत्कार अन्न र फल-मूल दिएर गर्छन्। यो पनि ज्ञातव्य छ कि मुनिराजका चारैतर्फ मृग, चरा र मुनिजन निवास गर्थे र श्रीरामको स्वागतपूर्वक सत्कार गरेपछि भरद्वाजजी धर्मयुक्त वचन रामचन्द्रसँग बोल्छन् (अयोध्या० ५४/१९-२०)। अर्थात् भरद्वाजको आश्रमसमीप मुनि-मण्डली पनि थियो। अब बताउँनुहोस्, जसको गणना मुनिहरूको कोटीमा भइरहेको छ र जसलाई मुनि-मण्डलीमा उच्च स्थान प्राप्त छ, त्यस्तो व्यक्तिले धर्मात्मा या उसको सेनाको आतिथ्य-सत्कारमा माँसु कसरी दिन सक्छ होला?

(३) अयोध्या० ९१/३२ का अनुसार भरद्वाज मुनि भरत र उनका सेनाहरूका लागि पशुहरूको लागि शालाहरू निर्माण गर्छन्। यो उदाहरण भरद्वाजको महानतालाई प्रकट गर्दछ।

(४) धर्मज्ञ मुनिले क्रमशः वसिष्ठ र भरतलाई अर्घ्य, पाद्य र फलादि निवेदन गरेर ती दुवैका कुलको कुशल समाचार सोधे। वसिष्ठ र भरतले पनि मुनिको शरीर, अग्नि, शिष्यवर्ग, वृक्ष तथा मृग-पक्षी आदिको कुशल समाचार सोधे (अयोध्या० ९०/६,८)। यहाँ मुनिका शिष्यवर्ग (शिष्येषु) को उल्लेख प्राप्त हुन्छ। यस्तो प्रतीत हुन्छ कि त्यहाँ कुनै गुरुकुल थियो र भरद्वाजसँग विद्यार्थी शिक्षा ग्रहण गर्थे। यसबाट यो पनि पत्ता लाग्छ कि मुनि भरद्वाजको जीवहरूप्रति अत्यन्त दयापूर्ण दृष्टि थियो, अन्यथा भरत र वसिष्ठ जीवहरूको कुशल समाचार सोध्दैनथे होलान्।
भरतलाई मांसाहार भोजन कत्ति पनि अभीष्ट थिएन, अन्यथा उनी त्यही समय भरद्वाजसँग माँसुले युक्त भोजन निवेदन गर्न सक्थे। भरतको संकल्प हेर्नुहोस्-
वीर रघुनन्दन! म पनि चौध वर्षसम्म जटा र जीर धारण गरेर फल-मूलको भोजन गर्दै तपाईको आगमनको प्रतीक्षामा नगरबाट बाहिर नै रहनेछु। -अयोध्या० ११२/२३,२४

यी उदाहरणबाट सिद्ध हुन्छ कि भरद्वाज मुनिको मनको संसारमा जीवहरूप्रति करुणा तथा स्नेहयुक्त भाव भरिएको थियो। उपर्युक्त तथ्यहरूको आलोकमा हाम्रा पूर्वजहरू, आर्य भरत र मुनि भरद्वाज आदि वैदिक पथानुगामीहरूमािथ मांसाहारको दोषारोपण गर्नु अज्ञानता र अनर्गल प्रलाप नै हो।

[स्रोत- शान्तिधर्मी मासिक पत्रिकाको मे २०१९ को अंक]

ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त



ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

ईश्वर
१. ईश्वर एक छन् र तिनको मुख्य नाम 'ओ३म्' हो। आफ्ना विभिन्न गुण-कर्म-स्वभावका कारण उनी अनेक नामहरूले जानिन्छन्।
२. ईश्वर 'निराकार' छन् अर्थात् उनको कुनै मूर्ति छैन र न बन्न सक्छ। न त उनको कुनै लिंग या निशान नै छ।
३. ईश्वर 'अनादि, अजन्मा र अमर' छन्। उनी न त कहिल्यै जन्मिन्छन् न त कहिल्यै मर्छन्।
४. ईश्वर 'सच्चिदानन्दस्वरूप' छन् अर्थात् उनी सदैव आनन्दमय रहन्छन्, तर कहिल्यै क्रोधित हुन्न।
५. जीवहरूलाई उनीहरूको कर्म अनुसार यथायोग्य न्याय दिने हेतुले उनी 'न्यायकारी' कहलिन्छन्। यदि ईश्वर जीवहरूका कुकर्मका लागि उनीहरूलाई दण्ड नदिए उनी अन्यायकारी सिद्ध हुन्छन्।
६. ईश्वर न्यायकारीका साथ-साथ 'दयालु' पनि छन् अर्थात् उनी जीवहरूलाई यसकारण दण्ड दिन्छन् ताकि जीव अपराध गर्नबाट बचेर दुःखको भागी नबनोस्, यही ईश्वरको दया हो।
७. कण-कणमा व्याप्त भएकाले उनी 'सर्वव्यापक' पनि हुन् अर्थात् सबै स्थानमा उपस्थित।
८. ईश्वरलाई कसैसँग भय छैन, जसकारण उनी 'अभय' पनि हुन्।
९. ईश्वर 'प्रजापति' र 'सर्वरक्षक' हुन्।
१०. ईश्वर सदैव 'पवित्र' छन् अर्थात् उनको स्वभाव 'नित्यशुद्धबुद्धमुक्त' छन्।
११. ईश्वरलाई आफ्ना कार्य गर्नका लागि कसैको सहायताको आवश्यकता पर्दैन। ईश्वर 'सर्वशक्तिमान्' हुन् अर्थात् उनी आफ्नो सामर्थ्यले सृष्टिको उत्पत्ति, पालन र प्रलय गर्छन्। उनी आफ्नो कुनै कार्य अधुरो छोड्दैनन्।
१२. ईश्वर अवतार लिँदैनन्। श्रीरामचन्द्र तथा श्रीकृष्ण आदि महात्मा थिए, ईश्वरका अवतार होइनन्।
१३. ईश्वर 'सर्वज्ञ' छन् अर्थात् उनका लागि सबै काल एक हो। भूत, वर्तमान र भविष्यत्, यो काल त मनुष्यका लागि हो। ईश्वर त 'नित्य' छन्, उनी सबै कालमा स्थित छन्।

जीवात्मा
१. जीवात्मा, ईश्वरबाट अलग एक चेतन सत्ता हो।
२. जीवात्मा अनादि, अजन्मा र अमर छ। ऊ न जन्म लिन्छ न त त्यसको मृत्यु नै हुन्छ।
३. जीवात्मा अनेक र अन्तवान् छ। यिनको शक्ति र ज्ञानमा अल्पता हुन्छ।
४. जीवात्मा आकार रहित छ, र उसको कुनै लिंग छैन।
५. शरीरले मृत्यु अवस्थालाई प्राप्त गर्दा जीवात्मा एक शरीर छोडेर अर्को शरीरमा संचारित भइहाल्छ।
६. जीवात्मा कर्म गर्नमा स्वतन्त्र छ। जीवात्माको कमहरूको न्याय ईश्वरको न्याय व्यवस्थामा हुन्छ।
७. यदि जीवात्मा अल्पज्ञताले मुक्त भएर नित्य आनन्दको कामना गर्दछ भने उसले शारीरिक इन्द्रियहरूको माध्यमले ईश्वरको शरणमा जानुपर्छ, जसलाई मोक्ष भनिन्छ।

प्रकृति
१. प्रकृति जड़ पदार्थ हो। यो सदा नै रहनेवाला हो र सदा नै रहनेछ।
२. प्रकृति सर्वव्यापी छैन किनकी यस सृष्टिभन्दा बाहिर यस्तो कुनै स्थान पनि छ जहाँ न प्रकृति छैन न किन्तु ईश्वर नै ईश्वर छन्।
३. प्रकृतिको आधार ईश्वर हो। ईश्वर नै प्रकृतिका स्वामी पनि हुन्।
४. प्रकृति ज्ञान रहित छन्। प्रकृति ईश्वरको सहायता बिना संचालिन हुन सक्दैन।
५. संसारमा कुनै पनि यस्तो चिज छैन जसलाई जादु भन्न मिलोस्। सबै चिज नियमले हुन्छन्। प्रकृतिका सबै चिज सूर्य, चन्द्र, पृथ्वी आदि नियमले चल्छन्। नियम कहिल्यै बद्लिदैन, सदा एक समान रहन्छ।

।।ओ३म्।।

Saturday, August 15, 2020

मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र



मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र

वैदिक संस्कृति राष्ट्र रक्षालाई मनुष्य जातिको अस्तित्वको आधार घोषित गर्दछ। हाम्रा पवित्र ग्रन्थ वेदमा राष्ट्र रक्षाका प्रति आदर्श कर्तव्यहरूको उद्घोषणा यस प्रकारले गरिएको छ-

• मा व स्तेनऽईशत। -यजु० १/१
भ्रष्ट तथा चोर हामीमाथि शासन नगरून्।

• वयं तुभ्यं बलिहृतः स्याम। -अथर्व० १२/१/६२
हामी सबै मातृभूमिका लागि बलिदान दिनेवाला होवौँ।

• यतेमहि स्वराज्ये। -ऋ० ५/६६/६
हामी स्वराज्यका लागि सदा यत्न गरौँ।

• धन्वना सर्वाः प्रदिशो जयेम। - यजु० २९/३९
हामी धनुष अर्थात् युद्धसामग्रीद्वारा सबै दिशामा विजय प्राप्त गरौँ।

• सासह्याम पृतन्यतः। - ऋ० १/८/४
आक्रमण गर्नेवाला शत्रुलाई हामी पछि पारौँ।

• माता भूमिः पुत्रो अहं पृथिव्याः। -अथर्व० १२/१/१२
भ्रूमि मेरी माता हुन् र म त्यस मातृभूमिको पुत्र हुँ।

• उप सर्प मातरं भूमिमेताम्। -ऋ० १०/१८/१०
हे मनुष्य! तिमी यस मातृभूमिको सेवा गर।

• नमो मात्रे पृथिव्यै नमो मात्रे पृथिव्या। -यजुर्वेद ९/२२
मातृृभूमिलाई हाम्रो नमस्कार छ। हाम्रो बारम्बारको नमस्कार छ।

अथर्ववेदको १२ औँ काण्डको पहिलो सूक्तमा मनुष्य समाजलाई राष्ट्रका प्रति समर्पित हुनका लागि प्रेरणा दिइएको छ जो मनुष्यका राष्ट्रिय कर्तव्यहरूको सूचक हो। हेर्नुृहोस्-

• ये ग्रामा यदरण्यं या: सभा अधि भूम्याम्।
ये संग्रामा: समितयस्तेषु चारु वदेम ते।। -अथर्व० १२/१/५६
अर्थात् हे मातृभूमि! जो तिम्रा गाउँहरू छन्, जो जंगल छन्, जो सभा समिति (काउन्सिल) अथवा संग्राम स्थल छन् हामी तिनीमध्ये कुनै पनि स्थानमा किन नहोऔँ तिम्रो विषयमा उत्तम विचार तथा भाषण आदि गरौँ। तिम्रो हितको विचार हाम्रो मनमा बनिरहोस्।

• उपस्थास्ते अनमीवा अयक्ष्मा अस्मभ्यं सन्तु पृथिवि प्रसूता:।
दीर्घं न आयु: प्रतिबुध्यमाना वयं तुभ्यं बलिहृत: स्याम।। -अथर्व० १२/१/६२
अर्थात् हे मातृभूमि! हामी सबै रोगरहित र स्वस्थ भएर तिम्रो सेवामा उपस्थित हुन सकौँ। तिमीमा उत्पन्न र तैयार गरिएका स्वदेशी पदार्थ नै हाम्रो उपयोगमा सदा आउँछन्। हाम्रो आयु दीर्घ होओस्। हामी ज्ञानसम्पन्न भएर आवश्यकता पर्दा तिम्रा लागि प्राण सम्म बलि दिन सक्ने होऔँ।

कति मार्मिक उपदेश छ। यसभन्दा उत्तम राष्ट्रि धर्मको उपदेश अरु के हुन सक्ला! राष्ट्रको ऐश्वर्यलाई खुब बढाउँने यत्न गर्नुपर्छ, यस कुराको उपदेश वेदहरूमा पाइन्छ।
वेदहरूमा जहाँ ईश्वरसँग वैयक्तिक, पारिवारिक र सामाजिक कल्याणका लागि प्रार्थना गरिन्छ त्यहाँ प्रत्येक देशभक्तले यो पनि प्रार्थना नित्य गर्नुपर्छ र यसका लागि नित्य प्रयत्न पनि गर्नुपर्छ-
 
• स नो रास्व राष्ट्रमिन्द्रजूतं तस्य ते रातौ यशस: स्याम। -अथर्व० ६/३९/२
हे ईश्वर! तपाई हामीलाई परम ऐश्वर्य सम्पन्न राष्ट्र प्रदान गर्नुहोस्। हामी तपाईका शुभ दानमा सदा यशस्वी भएर बस्न सकौँ। 
राष्ट्रोन्नति कस्ता गुणहरूको धारण गरेर हुन्छ, यस कुरालाई वेदमा निम्न शब्दले स्पष्ट गरिएको छ-

• सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञ: पृथिवीं धारयन्ति। -अथर्व० १२/१/१
अर्थात् सत्य, विस्तृत अथवा विशाल ज्ञान, क्षात्र बल, ब्रह्मचर्य आदि व्रत, सुख-दुःख, शीत ताप, मान-अपमान आदि द्वन्द्वहरूको सहन, धर्न र अन्न, स्वार्थ त्याग, सेवा र परोपकारका भावना यी गुणहरू हुन् जो पृथ्वी धारण गर्नेवाला हुन्। यी सबै भावनाहरूलाई एक शब्दमा धर्मद्वारा धारण गर्न सकिन्छ।

आउँनुहोस्, वेदमा निर्दिष्ट राष्ट्रहित आज्ञाहरूको पालन गरेर राष्ट्र सेवा रुपी यज्ञमा आहुति देऔँ र यस देशलाई स्वर्गतुल्य बनाऔँ।

Saturday, August 8, 2020

श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?


श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?

लेखक- श्री विष्णु शर्मा
नेपाली अनुवादक- अविरल डि० सी०

प्रायः अनेक प्रकारका विभिन्न विचारधारावाला विद्वान् महोदयहरू गीतामा यो आक्षेप लगाउँनुहुन्छ कि गीतामा जिहाद छ र भीषण नरसंहारको आदेश दिइएको छ किन्तु आश्चर्यको कुरा यो हो कि यस्ता मान्छेहरू कहिल्यै गीता उठाएर देखेका पनि हुँदैनन्। केवल सुनेकोभनेको कुरालाई मनमा गाँठो पारेर असत्यको प्रचार गर्छन् जब कि सत्य यसभन्दा उल्टो छ। आउँनुहोसु सत्य के हो विमर्श गरौँ-

जब भगवान् कृष्णले पाण्डवहरूको अधिकार माँग्न हस्तिनापुर जानुभयो तब दुर्योधनले साफ साफ निषेध गरिदिन्छ र भन्छ-
'सूच्यग्रं नैव दास्यामि विना युद्धेन केशव!'
अर्थात् 'म बिना युद्ध गरेर सुइयोको टुप्पो अट्ने जति भूमि पनि दिनेछैन।'

यस वाक्यांशबाट दुर्योधनको मानसिकता स्पष्ट हुन्छ कि यदि उसबाट अलिकति पनि जमीन चाहिए युद्ध गर्नुपर्छ। यसबाहेक अन्य कुनै बाटो छैन।
यस प्रकार युद्धको आधारस्तम्भ दुर्योधनले शान्तिप्रस्तावलाई अवहेलना गरेर नै राखिदिन्छ। भीष्म, द्रोण, कृपाचार्य आदिले पनि विवश भएर उसैको साथ दिन्छ र आफ्नो विवशता यी शब्दमा व्यक्त गर्दछन्-

अर्थस्य पुरुषो दासो दासत्वर्थो न कस्यचित्।
इति सत्यं महाराज बद्धोऽस्म्यर्थेन कौरवैः।।
अतस्त्वां क्लीववद् वाक्यं ब्रवीमि कुरुनन्दन।
भृतोऽस्म्यर्थेन कौरव्य युद्धादन्यत् किमिच्छसि।।

महाराज! पुरुष अर्थ (धन) को दास हो, अर्थ कसैको दास होइन। यो सत्य कुरा हो। म कौरवहरूसँग अर्थ (धन) ले बाँधिएको छु। कुरुनन्दन! यसैले आज म तिम्रा सामु नपुंसकका समान वचन बोल्छु। धृतराष्ट्रका पुत्रहरूले धनद्वारा मेरो भरणपोषण गरेका छन्। यसैले (तिम्रो पक्ष भएर) उनीहरूको युद्ध गर्ने अतिरिक्त तिमी के चाहन्छौ, यो बताऊ।

(यो कथन भीष्म, द्रोण र शल्यको हो, पुनरुक्ति दोष नहोस् भनेर एक पल्ट मात्र दिइदै छ, विस्तृत जानकारीका लागि महाभारतको भीष्म पर्वको भीष्म वध पर्व पढौँ जो कि महाभारतमा गीताको पछि छ।)

यसबाट ती सबैको विवशताको पत्तो लाग्छ साथसाथै यो पनि ज्ञात हुन्छ कि यी सबै जान्दथे कि कौरवपक्ष गलत थिए र गलत पक्षको साथ दिनु त्यत्तिकै गलत हो जत्ति कि गलत काम गर्नेवाला।

यद्यपि अर्जुन विषादमा डुबेर शोकाकुल हुन गए फेरि पनि कौरवहरूलाई आततायी र दुष्ट मान्दथे-
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याजनार्दन।
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः।।
“हे जनार्दन! धृतराष्ट्रका यी पुत्रहरूको हत्या गरेर हामीलाई के सुख प्राप्त हुन सक्छ। यद्यपि यी आततायी हुन्, दुष्ट हुन् तथापि यिनको हत्याले हामीलाई नै पाप हुनेछ।” (गीता १।३६)

यहाँ आततायी शब्द धेरै नै महत्वपूर्ण छ। वशिष्ठ स्मृतिमा आततायीको लक्षण यस प्रकार दिइएको छ-
अग्निदो गरदश्चैव शस्त्रपाणिः धनापहः।
क्षेत्रदारहरश्चैव षडेत आततायिनः।।
अर्थात्-
१. घरमा आगो लगाउँनेवाला
२. विष दिने या खुवाउँनेवाला
३. शस्त्रहातमा लिएर मार्नका लागि आउँनेवाला
४. धन लुट्नेवाला
५. खेत वा भूमि लुट्नेवाला
६. स्त्री हरण गर्नेवाला

यस प्रकारका समस्त कर्म गर्नेहरू आततायी हुन् र कौरवहरूमा यी ६ लक्षण घट्छन् पनि-
१. लाक्षागृहमा आगो लगाउँने
२. भीमसेनलाई धोखाले विष खुवाउँने
३. सधै युद्धमा अस्त्र लिएर मार्न तैयार हुने
४. जुवामा पाण्डवहरूको धन, राजपाट खोस्ने
५. जयद्रथद्वारा द्रौपदीको हरण गर्नु एवं दुर्योधन तथा दुःशासनद्वारा पनि सभामा द्रौपदीको अपमान गर्नु, उनलाई निर्वस्त्र गर्ने प्रयत्न गर्नु।
६. जीविकाको लागि पाण्डवहरूलाई पाँच गाउँ पनि नदिनु

यस प्रकार समस्त कौरवहरू मारिन योग्य थिए किनकी सबै आततायी थिए। मनुस्मृतिमा पनि आततायीहरूलाई देख्ना साथ मार्ने आदेश छ-
‘आततायिनमायान्तं हन्यादेवाविचारयन्।'

यसैकारण भगवान् श्रीकृष्ण यी सबैलाई वध गर्न योग्य मान्नुहुन्थ्यो किनकी जुन देशका गणमान्य मान्छे नै पापी हुन्छन् त्यहाँका प्रजा पनि सुस्तरी सुस्तरी त्यस्तै दुर्गुणहरूको अनुकरण गर्दछन्।

वेद र गृहस्थ जीवन


वेद र गृहस्थ जीवन

वेद नै सबै सत्य विद्याहरूको पुस्तक हो। वेद ईश्वरको वाणी हो जो सबै सत्य विद्याहरूको पुस्तक हो तथा जीवनका प्रत्येक क्षेत्रमा मनुष्यलाई मार्ग दर्शन पनि गर्दछ।
ब्रह्मचर्यपूर्वक विद्या अध्ययन गर्दै गृहस्थ आश्रममा प्रवेश हुनेवालालाई वेद मार्गदर्शन गर्दै भन्छ-

गृहा मा विभीत। (यजु० ३/४१)
हे मनुष्य! विवाहित जीवनको पवित्र दायित्व र कर्तव्यहरूसँग नडराउ, तिनलाई निष्ठापूर्वक वहन गर।

विवाहमा आएका विद्वानहरूका लागि वेदको आज्ञा छ कि-
सुमंगलीरियं वधूरिमाँ समेत पश्यत।
सौभाग्यमस्यै दत्वा यथास्तं विपरेतन।। (ऋ० १०/८५/३३)
हे विद्वानहरू! यी दुलही मंगलस्वरूप छिन् अतः यिनीसँग स्नेह राख तथा मंगल दृष्टिले यिनलाई हेर। यिनलाई सौभाग्यको आशीर्वाद दिएर आफ्नो घरप्रति जाऊ।

नयाँ दुलहीका लागि वेद आदेश दिन्छ कि-
अघोर चक्षुरपतिघ्न्येधि शिवा पशुभ्यः सुमनाः सुवर्चा। (ऋ० १०/८५/४४)
हे रानी! तिमी शान्तदृष्टिवाली एवं पतिको शुभचिन्तन गर्नेवाली भएर आऊ। पशुहरूकी कल्याणकारिणी भएर आऊ। सुन्दर मनवाली र तेजस्विनी भएर गृहमा प्रवेश गर।

वेद नव दम्पत्तीलाई समाजका प्रति आदेश दिन्छ-
प्रजां कृण्वाथाम् इह पुष्यतं रयिम्। (अथर्व० १४/२/३७)
हे दम्पत्ती! तिमी समाज र राष्ट्रको ऐश्वर्य तथा उत्कर्षमा योगदान दिइराख।

मित्रहरू! वेदहरू नै जीवनको हरेक मोडमा हामीलाई मार्गदर्शन गर्नेवाला मार्गदर्शक हुन्।
।।इति ओ३म्।।

नास्तिक मत समीक्षा


नास्तिक मत समीक्षा

लेखक- पण्डित हरिदेवजी तर्क केशरी
प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

प्रश्न १- नास्तिकको के लक्षण हो? अर्थात् नास्तिक कसलाई भनिन्छ?
उत्तर- जो ईश्वरको सत्ता मान्दैन ऊ मुख्य रूपले नास्तिक भनिन्छ। तर स्वामी दयानन्द सरस्वतीजीले दश प्रकारका मान्छेलाई नास्तिक संज्ञा दिनुभएको छ। यथा-
(१) जो ईश्वरलाई मान्दैन। (२) जो आत्मा र पुनर्जन्म स्वीकार गर्दैन र जो यो भन्छ किक अग्नि, वायु, जल तथा पृथ्वीबाट आत्मा उत्मन्न हुन्छ तथा मृत्यु पनि यिनको नाश हुन्छ त्यसैले परलोकको चिन्ता गर्नु व्यर्थ हो। (३) जो ईश्वरीय ज्ञान वेदलाई मान्दैन अर्थात् ज्ञानको विरोधी हो। (४) जो अभावबाट भावको उत्पत्ति मान्दछ, कमिलाबाट हात्तीको उत्पत्तिमा विश्वास गरोस्। (५) ईश्वरबिना कर्महरूलाई स्वेच्छा फलप्रदाता मान्दछन् अर्थात् यो भनौँ कि ईश्वरले जसलाई चाह्यो उसलाई लंगडो, अन्धो, कुष्ठरोगी बनाउँछन् इत्यादि। (६) स्वभाव-वादी, जो भन्छन् कि स्वभावले नै आफै सबै बिग्रदैछ, बिगार्नेवाला पनि कोही होइन, जस्तै जैन मत। (७) जा आफूलाई ब्रह्म या भगवान मान्छ, "अहं ब्रह्मास्मि" अर्थात् म ब्रह्म हुँ भन्छ। आफै ईश्वर हुँ- जस्तै नवीन वेदान्ती। (८) जो यो भन्छ कि संसार नित्य छ, सदादेखि नै छ र सदा रहिरहनेछ। जस्तै चार्वाक। (९) जो केवल प्रत्यक्ष प्रमाणलाई मान्छ, अन्य प्रमाणलाई निषेध गर्दछ। (१०) शून्यवादी, जो भन्छ कि सबै शुन्य नै शुन्य हो, वास्तवमा कुनै वस्तुको सत्ता नै छैन। यी दश प्रकारका नास्तिकमा सबै नास्तिकहरूको गणना हुन्छ।

प्रश्न २. नास्तिक मतको प्रचार कहिले र कहाँबाट चल्यो?
उत्तर- नास्तिकमतको प्रचारको र स्थान भिन्न-भिन्न छ, परन्तु मुख्य रुपले नास्तिक मतहरूको जन्मदाता भारत देश नै हो। चार्वाक, बौद्ध र जैनीहरूले नै नास्तिकवादको आधार त्यस समय राखेका थिए जब कि पश्चिमी सभ्यताको जन्म समेत भएको थिएन, भारतवर्षमा मायावाद र नास्तिकवादको विचार आदि प्राचीन कालदेखि पाइन्छ। रामचन्द्रजीको जमानामा “जबाल” ऋषि तथा हरिवंश देशका राजा “बीना” पनि यस्तै विचार राख्थे, परन्तु भारतवर्ष प्राचीनकालदेखि नै धर्म प्रधान देश रहेको छ, त्यसैले नास्तिकवादी विचारधारालाई यहाँ कहिल्यै सफलता प्राप्त भएन। यस देशमा पुरातन कालदेखि नै ईश्वर, जीव, प्रकृतिलाई नित्य, अनादि तथा स्वतन्त्र सत्ता स्वीकार गरिएको पाइन्छ, त्यसैले नास्तिकवादको यहाँ विस्तार हुन सकेन। परन्तु यस समय भारतमा जैन, बौद्ध, कम्युनिष्ट तथा पश्चिमी विचारधाराका पोषक केही ग्रेजुएट यस नास्तिकवादी विचारधाराको अति प्रबलताका साथ प्रचार-प्रसार गरिरहेका छन्।

प्रश्न ३- नास्तिवादका सबैभन्दा प्रथम प्रचारक तथा विस्तारक नेता मुख्य रुपले को भए?
उत्तर- व्यक्तिगत रुपले नास्तिकवादका प्रचारक को-को, कहाँ-कहाँ भए र कहिले-कहिले भए निश्चयले त भन्न सकिन्न परन्तु नास्तिकताका मुख्य रूपले प्रचारक तथा प्रसारक चार्वाक मतलाई नै मान्न सकिन्छ।

प्रश्न ४- चार्वाक मत कहिले प्रचलित भयो? यसका संस्थापक को थिए?
उत्तर- यस मतका जन्मदाता को थिए, यो निश्चयले त भन्न सकिन्न, परन्तु केही जन चार्वाकका अर्थ चबाएर, खानेवाला गर्छन्, केही जन चार्वाकलाई मीठो बोल्नेवाला अर्थ गर्छन्। केही जन चार्वाकको अर्थ अधिक बोल्नेवाला अर्थ गर्छन्, केही जन चार्वाकलाई एक आचार्य नै मान्छन्, जसले यो मत प्रचलित गरे। परन्तु अन्वेषण मतका संचालक “आचार्य बृहस्पति” थिए, जो बुद्धभन्दा तीन सय वर्षपूर्व तथा ईशाबाट आठ सय वर्ष पूर्व भएको थिए।

प्रश्न ५- चार्वाक मत प्रचलित हुने कारण के थियो?
उत्तर- यस मतको प्रचलनको कारण यहाँ वाममार्गीहरूको प्राबल्य थियो। वाममार्गका दुई अर्थ छन्, एक त वामको अर्थ हुन्छ सुन्दर र अर्को हुन्छ उल्टो। वाममार्गी आफ्नो मतलाई सुन्दर मार्ग भन्छन् तर यिनका कुकर्महरू देखेर वैदिक सिद्धान्तहरूले यिनलाई कुमार्गी वा वाममार्गी अर्थात् उल्टो बाटोमा हिंड्नेवाला भनेको छ, वाममार्गी संज्ञा दिने कैयौं कारण थिए।
१. वाममार्ग पशुहरू तथा मनुष्यसम्मको बलि दिन्छन्।
२. यस मतमा व्यभिचारको जोर थियो। मातरमपि न त्यजेत- यो यिनको नारा थियो।
३. मासु, रक्सीको प्रवृत्ति मान्छेहरूमा अधिक थियो। यज्ञमा पनि मासु, रक्सीको प्रयोग हुन्थ्यो।
४. जन्तर-मन्तर, जादु-टोना, भूतप्रेत तथा बोक्सी आदिमाथि मान्छेहरूको पूर्ण विश्वास थियो।
५. प्रत्येक नराम्रो कुरा र अनिष्ट रीति-रिवाजलाई शास्त्रप्रमाणले सिद्ध गरिन्थ्यो र प्रत्येक नराम्रो कुरालाई धर्मको अंग तथा मुक्तिको साधन मानिन्थ्यो।

यस प्रकारका विचारहरूको प्रतिक्रिया र विरोधको फलस्वरूप चार्वाक वा नास्तिकमतको प्रादुर्भाव भयो। परन्तु वर्तमान समयमा यस मतको खुबै जोडका साथ प्रचार भइरहेको छ; बौद्ध, जैन, पाश्चात्य विद्वान तथा मार्क्सवादी कम्युनिष्टहरू यस मतको जोर-हल्ला का साथ प्रचार गरिरहका छन्? यिनको मुख्य मान्यता आस्तिक नास्तिक संवादका रूपमा वर्णन गरिएको छ।

आस्तिक नास्तिक संवाद

नास्तिक- यस संसारको कर्ता, धर्ता, संहर्ता कोही छैन। आगो, हावा, माटो, पानी, चारै तत्व स्वतः आफै नै स्वभावले पाइन्छन् र त्यसबाट जगत्को उत्पत्ति हुन्छ।
आस्तिक- बिना चेतन परमेश्वरको निर्माण गरिएका जड पदार्थ स्वयं परस्परमा स्वभावले नियमपूर्वक मिलेर उत्पन्न हुन सक्दैनन्। यदि स्वभावले नै भएको भए अर्को सूर्य, चन्द्र, पृथ्वी, नक्षत्र आदि आफै नै किन बन्दैन।
अर्को कुरा बनाउँनेवाला बिना कुनै वस्तु बन्दैन, र यो संसार बनाइएको हो, कार्यरूप छ अतः यसको पनि कोही न कोही कर्ता अवश्य हुनुपर्छ, जो ज्ञानपूर्वक यस जड प्रकृतिलाई कारणरूपबाट कार्यरूपमा लैजाने अथवा कार्यरूपबाट कारण रुपमा परिवर्तित गरिदिने, यो केवल सर्वज्ञसृष्टि कर्ता ईश्वर नै गर्न सक्छन्, अर्कोले होइन। त्यसलैले वेदान्त दर्शन भन्छ- "जन्माद्यस्ययत:" (१/१/२) अर्थात् जो संसारको उत्पत्ति, स्थिति, प्रलयकर्ता हो तिनै ईश्वर हुन्।
त्यस्तै यस शरीरको एक एक अंगलाई हेर्नुस्, र थाहा पाउँनुहुनेछ कि यस्तो अद्भूत रचना कुनै जीवले गर्न सक्दैन, जीव त शरीरको यौटा रौँ त बनाउँन सक्दैन अतः जसले शरीर र शरीर स्थित अंग-प्रत्यंगको अद्भूत रचना गरेको हो, त्यो परमेश्वर नै हो।

नास्तिक- यदि ईश्वरको रचनाबाट नै सृष्टि हुन्छ भने माता-पिता आदिको के आवश्यकता, बिना माता-पिताको पनि सन्तान हुनुपर्ने?
आस्तिक- सृष्टि रचना दुई प्रकारले हुन्छ; एक ऐश्वरी, अर्को जैवी। ऐश्वरी सृष्टिका कर्ता ईश्वर हुन्, जैवी सृष्टिको होइन किनकी त्यो जीवको कर्म हो। त्यो जीव नै कर्ता हो ईश्वर होइन। जसरी वृक्ष, फल, औषधी आदि ईश्वरले उत्पन्न गरे, त्यसैलाई यदि मनुष्यले कुटेन, पिसेन भने तथा रोटी आदि बनाएन भने एवं त्यसलाई खाएनन् भने के मनुष्यको साटो त्यो कार्य भगवानले गर्छन् होला त? अवश्य पनि गर्दैनन् किनकी यो कार्य जीवको हो न कि भगवानको। यदि यो कार्य जीवले नगरे उनीहरूको जीवन कष्टकर हुन जान्छ त्यसैले आदि सृष्टिमा जीवको शरीर रूपी साँचाहरूलाई बनाउँने काम ईश्वरको थियो तत्पश्चात् तिनीबाट पुत्रादि उत्पत्ति गर्नु जीवको काम हो, ईश्वरको होइन।

नास्तिक- यदि कुनै ईश्वर छन् भने उनको प्रत्यक्ष किन हुँदैन, जसबाट मान्छेहरूको उनीप्रति विश्वास हुन जाओस् कि वस्तुतः ईश्वर छन् भनेर?
आस्तिक- यो भन्नु सर्वथा अशुद्ध र भ्रमपूर्ण हो कि ईश्वर कहिल्यै प्रत्यक्ष हुन्न। हो! प्रत्यक्ष दुई प्रकारको हुन्छ। एक बाह्य प्रत्यक्ष जो इन्द्रियद्वारा हुन्छ; यथा आँखाबाट रूपको, नाकबाट गन्धको, कानबाट शब्दको, जिब्रोबाट रसको र छालाबाट स्पर्शको। अर्को आन्तरिक प्रत्यक्ष जो अन्तःकरण (मन, बुद्धि, चित्त, अहंकार) द्वारा गरिन्छ; जस्तै सुख-दुःख, राग-द्वेष, भोक-तिर्खा आदि एवं आत्मा अथवा परमात्माको प्रत्यक्ष बाह्य इन्द्रियहरूद्वारा होइन, परन्तु आन्तरिक इन्द्रिय शुद्ध मनद्वारा हुन्छ। बाह्य इन्द्रिय स्थूल छन् जसकारण स्थूल वस्तुहरूको मात्र ग्रहण गर्दछन्, अति सूक्ष्म वस्तुहरूको ग्रहण गर्दैनन्। यसैले योगीजन नै सूक्ष्म बुद्धि एवं शुद्धान्तःकरणद्वारा ईश्वरको साक्षात्कार गर्दछन् अन्यको होइन। यसैले सत्यार्थप्रकाशमा स्वामीजी लेख्नुहुन्छ-

“जसरी कानले रुप र आँखाले शब्दको ज्ञान लिन सक्दैनन्, त्यसरी नै शुद्धान्तःकरण, विद्या, योगाभ्यास र मल विक्षेप आवरणले रहित पवित्रात्माको बिना त्यस परमात्मालाई प्रत्यक्ष गर्न सकिन्न। जसरी अनपढलाई विद्याको प्राप्ति हुँदैन, त्यसरी नै योगाभ्यास र विज्ञान बिना पनि परमात्माको प्रत्यक्ष हुँदैन।”
“जसरी शब्द रूप आदिबाट पांचभूतहरू आकाश, पृथ्वी आदिको ज्ञान हुन्छ। त्यसरी नै सृष्टिमा परमात्माको रचना विशेष र ज्ञान विशेषलाई देखेर परमात्माको प्रत्यक्ष हुन्छ।”
“जसरी पाप आचरणको इच्छाको समयमा भय, लज्जा र शंका उत्पन्न हुन्छ, त्यस अन्तर्यामी ईश्वरका तर्फबाट नै हुन्छ। यसबाट पनि परमात्माको प्रत्यक्ष हुन्छ।”
“जब जीवात्मा शुद्ध भएर परमात्माको विचार गर्दछ तब उसलाई आफ्नो तथा परमात्मा दुवैको साक्षात्कार हुन्छ।”

केनोपनिषद्मा पनि भनिएको छ-
"दृश्यते त्वग्रया बुद्धया सूक्ष्मया सूक्ष्म दर्शिभि:।"
अर्थात् सूक्ष्म दृष्टि राख्नेवाला योगी र तपस्वी जन नै अत्यन्त सूक्ष्म बुद्धिद्वारा त्यस परमात्मा देवको दर्शन गर्दछन्।

यस्तै श्वेताश्वतरोपनिषदमा पनि भनिएको छ-
"ते ध्यान योगानुगता अपश्यन्"
अर्थात् ती (योगीहरू) ले ध्यान योगमा समाधिस्थ भएर त्यस ब्रह्मलाई प्रत्यक्ष गरे। र जसले प्रत्यक्ष गरे उनीहरू आनन्दले रमण गरे।

"त्वमेव प्रत्यक्षं ब्रह्मासि, त्वामेव प्रत्यक्षं ब्रह्म वदिष्यामि, ऋतं वदिष्यामि, सत्यं वदिष्यामि।। -तैत्तिरीयोपनिषद्
हे प्रीतम मैले तिमीलाई प्रत्यक्ष गरिसको छु। तिमी ब्रह्म हौँ, तिमीमा प्रत्यक्ष ब्रह्मलाई नै म ब्रह्म भन्नेछु। ठिक-ठिक भन्नेछु। सत्य नै भन्नेछु।

अतः उपरोक्त प्रमाणहरूले सिद्ध हुन्छ कि ब्रह्मको वास्तवमा प्रत्यक्ष हुन्छ। यो सर्वथा सत्य हो परन्तु साथसाथ यो पनि स्मरण रहोस् कि-
सर्वत्र स्थित छन् तर दृष्टिमा उनी आउँदैनन्।
योग साधनका बिना पत्तोमा उनी लाग्दैनन्।।

नास्तिक- कठोपनिषदमा पनि भनिएको छ कि ती परमात्मा शुद्ध मनद्वारा जान्न सकिन्छन्; यथा “मनसैवेदमाप्तव्यम्” अशुद्ध मनद्वारा होइन, तब शुद्ध मनको पहिचान के हो?
आस्तिक- जब वित्तैषण, पुत्रैषणा, लोकैषणा यी तीनै मनबाट टाढा हुन्छन् तब मन शुद्ध र पवित्र हुन जान्छ तब प्रभुको साक्षात्कार हुन्छ। यसलाई यस प्रकारले पनि भन्न सकिन्छ जब मनको दोष त्रय- मल, विक्षेप र आक्षेप, साधनत्रय- स्तुति, प्रार्थना र उपासनाद्वारा हटाउँन सकिन्छ तब मन पवित्र तथा स्थिर भएर त्यस ब्रह्मलाई प्राप्त गर्नमा समर्थ हुन्छ।

नास्तिक- मल, विक्षेप, आवरण कसलाई भनिन्छ?
आस्तिक- मनमा अरुलाई हानी नपुर्याउँने विचार तथा आत्मामा जो पापहरूका जन्म-जन्मान्तरका कुसंस्कार हुन्छन्, ती 'मल दोष' नामले भनिन्छन्।
लगातार विषयहरूको चिन्तन वा ध्यान अथवा मनको स्थिर न नहुनेको नाम नै 'विक्षेप' दोष हो।
संसारका नाशवान् पदार्थहरूको प्राप्तिबाट उत्पन्न अभिमानको पर्दा जो मनमा परिरहन्छ त्यसलाई आवरण दोष भनिन्छ।
यी दोषहरू हटेपछि नै प्रभुको दर्शन हुन्छ।

नास्तिक- ती परमात्मा एक छन् कि अनेक? संसारमा जब हामी अनेक प्रकारका निर्मित वस्तुहरू देख्छौँ तब तिनमा अनेक कर्ताहरूको अनुमान हुन्छ। यसरी नै जब हामी यस विविध प्रकारका संसारमा नाना प्रकारका वस्तुहरूलाई बनेको देख्छौँ तब यसबाट अनुमान हुन्छ कि यस संसारमा बनाउँनेवाला पनि धेरै कर्ता छन्, एक नाइ। अतः सन्देह हुन्छ कि यस संसारलाई बनाउँनेवाला पनि अनेक ईश्वर छन् एक होइनन्- कसैले सूर्य, चन्द्र बनाएका होलान्, कसैले पहाड, समुद्र र कसैले पशु-पक्षी, मनुष्यादि बनाए होलान्।
आस्तिक- यस्तो शंका गर्न उचित छैन किनकी धेरै पल्ट एकै कर्ता धेरै प्रकारका वस्तुहरूको निर्माता वा रचयिता हुन्छ, जो उसको अद्भूत बुद्धि तथा कौशलको परिचायक हुन्छ। जति प्रकारका वस्तुहरूको निर्माण कसैले जान्दछ त्यति नै ज्ञानवान् तथा बुद्धिमान् ऊ मानिन्छ। यसै प्रकार अनेक प्रकारका संसारको रचना ईश्वरको अद्भूत ज्ञान र बुद्धि कौशलको परिचय गराउँछ न कि ऊ अनेक हुने। अतः वेद, दर्शन सबै ऊ हुने साक्षी दिन्छन्, न कि अनेक हुने। यथा-
य: एकश्चर्षणीनां वसूनामिरज्यति।
इन्द्र: पञ्च क्षितीनाम्।। -ऋग्० १/७/९
जो प्रभु एक छन् र अनेकौ पृथिवीहरू एवं विविध प्रकारका धनहरूका स्वामी हुन् तथा पाँच प्रकारका प्रजा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र निषादका संरक्षक हुन् तिनको स्तुति गर।

भुवनस्य यस्पतिरेक एव नमस्यो -अथर्व० २/२/१
जो सारा संसारका स्वामी हुन् र एक छन्, तिनै प्रभु नमनीय एवं उपासनीय छन्।

न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते,
न पञ्चमो न षष्ठ: सप्तमो नाप्युच्यते।
नाष्टमो न नवमो दशमो नाप्युच्यते,
य एतं देवमेकवृतं वेद। -अथर्व १३/४/१६-२१
उनलाई दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ, दशौँ भन्न सकिन्न। जो उसलाई अद्वितीय र एक वृत्त अर्थात् एक्लै संसारको उत्पत्ति, स्थिति, प्रलयादिको व्यवहार चलाउँनेवाला जान्छ तिनै उनलाई जान्दछन्। यस प्रकार एक ईश्वर हुनेबो स्पष्ट एवं सुन्दर वर्णन वैदिक धर्मको अतिरिक्त अन्यत्र स्थानमा पाइनु असम्भव र दुष्कर छ।

नास्तिक- यदि ती ईश्वर अनेक छैनन एक छन् भने ती व्यापक छन् वा एक स्थानमा?
आस्तिक- ती सर्वव्यापक छन् एक स्थानमा होइन। यदि एक स्थानमा भएको भए अनेक प्रकारका संसारको पालन पोषण एवं संरक्षण कसरी हुन्थ्यो?

नास्तिक- यदि ती सर्वव्यापक छन् भने पुनः किन आँखाले देखिन्नन्?
आस्तिक- देख्न नसकिने धेरै कारण छन्; जस्तै सांख्य-कारिकामा भनिएको छ-
अतिदूरात सामीप्यादिन्द्रियघातान्मनो ऽनवस्थनात्।
सौक्ष्म्याद् व्यवधानादभिभवाद् समानाभिहाराच्च।।

१. देख्न नसकिने प्रथम कारण हो अति टाढा हुनु। जस्तै लण्डन वा अमेरिका टाढा भएका कारण देखिदैनन् तर तिनको सत्तालाई कसैले नकार्न सक्दैन।
२. दोस्रो कारण हो अति समीप हुनु, अति समीप भएका कारण वस्तु देखिँदैन। जस्तै आँखाको लाली या आँखाको गाजन अति नजीक भएका कारण देखिँदैन, अथवा पुस्तक आँखाको अति नजीक भए देखिँदैन।
३. इन्द्रिय विकृत या खराब भए पछि पनि वस्तु देखिँदैन। जस्तै आँखा दुखेको बेला वा आँखा फुटेपछि कसैले यो भनोस् कि सूर्य, चन्द्रादि कसैको सत्ता छैन, के यो ठिक मान्न सकिन्छ?
४. मन अस्थिर हुंदा पनि कुनै वस्तु देखिदैन। जस्तो कोही व्यक्ति अगाडिबाटै हिंडोस्, तर पनि विषयबारे सोध्दा उत्तर पाइन्छ कि मेरो ध्यान त्यसतर्फ थिएन। त्यसैले म भन्न सक्दैन कि ऊ यहांबाट हिंड्यो कि नाइ।
५. अति सूक्ष्म भएपछि पनि कुनै वस्तु देखिँदैन। जस्तै आत्मा, मन, बुद्धि, परमाणु, भोक, तिर्खा, सुख-दुख, ईर्ष्या, द्वेष आदि।
६. पर्दाका कारण पनि कहिलेकाही वस्तु देखिँदैन। जस्तै ट्रकको भित्र भएको वस्तु बाहिरबाट देखिँदैन।
७. समान वस्तुहरूको सम्मिश्रण भए पछि वा वस्तुहरू एक आपसमा मिलेका भएपछि पनि वस्तु देखिँदैन। जस्तै दुधमा पानी, तिलमा तेल, दहीमा नौनी, काठमा आगो। यसैप्रकारले परमात्मा सबै वस्तुहरूमा व्यापक भएकाले अत्यन्त सूक्ष्म भएका कारण आँखाले देखिदैन। तर-
जसरी अग्निको ज्वाला काठमा मौजुद छ।
त्यसरी नै परमात्मा हर रंगमा मौजुद छ।।
८. कुनै वस्तु कुनैको प्रभवमा दाबिएर पनि वस्तु देखिदैन। यथा दिनमा तारा सूर्यको प्रकाशका कारण देखिन्न अथवा आगोमा रहेको फलाम पनि आगोको प्रभावले देखिन्न। परन्तु ज्ञानको आँखाले त्यो देखिन्छ- यसरी नै परमात्माको दर्शनका लागि पनि भित्रका आँखाको आवश्यकता पर्दछ। कसैले ठिकै भनेको हो कि-
कहाँ ढूंढ़ा उसे किस जा न पाया-कोई पर ढूंढने वाला न पाया,
उसे पाना नहीं आसां कि हमने, न जब तक आप को खोया न पाया।

नास्तिक- यदि ऊ सबै स्थानमा व्यापक छ भने कि फोहोर, शौचालय आदिमा पनि उसको वास छ होला, यस प्रकारले त ती परमात्माको दुर्गति हुन्छ।
आस्तिक- तपाईको विचार ठिक छैन किनकी सुगन्घ, दुर्गन्ध इन्द्रियद्वारा प्रतीत हुन्छ र परमात्मा इन्द्रियातीत छ अर्थात् इन्द्रियहरूले रहित छ त्यसलाई उसलाई सुगन्ध-दुर्गन्धले रहित छ।

अर्को कुरा जो वस्तु आफूबाट भिन्न स्थानमा हुन्छ त्यसलाई आफूबाट पृथक् बाहिरबाट सुगन्ध-दुुर्गन्ध आउँछ, जो वस्तु आफूभित्रै हुन्छ त्यसलाई सुगन्ध-दुर्गन्ध आउँदैन। जस्तै मल आदि हामी भित्रै हुँदासम्म हामीलाई दुर्गन्ध आउँदैन। यसै प्रकारले यो सारा संसार र उसका सबै वस्तुहरू पनि ईश्वरभित्रै विद्यमान छन्, त्यसैले उसलाई सुगन्ध-दुर्गन्ध आउँदैन, न त त्यसको उनीमाथि कुनै प्रभाव नै पर्छ। कठोपनिषद्मा पनि भनिएको छ-

सूर्यो यथा सर्वलोकस्य चक्षुर्न लिप्यते चाक्षुषैर्बाह्यदोषै:।
एकस्तथा सर्वभूतान्तरात्मा न लिप्यते लोकदुःखेन बाह्य:। -अ० २, वल्ली ५, श्लो० ११
जसरी सूय सारा संसारको आँखा हो, तर चक्षु बाह्य दोषहरूले प्रभावित हुँदैन त्यसरी नै प्राणीहरूको अन्तरात्मा लोकमा हुनेवाला दुःखहरूले लिप्त हुँदैन किनकी ऊ सबैमा रहन्छ र उसमा सबै संसार रहन्छ। संसारमा रहँदा रहँदै पनि सबैबाट बाह्य अर्थात् सबै संसारबाट पृथक्, अलिप्त छ।

नास्तिक- जब ऊ स्वयं इन्द्रिय रहित तथा इन्द्रियहरूबाट जान्न सकिन्न भने उसको ज्ञान हुनु असम्भव छ, पुनः जान्ने प्रयत्न व्यर्थ छ?
आस्तिक- उसलाई पाउँने प्रयत्न गर्नु व्यर्थ छैन किनकी ईश्वरको सत्ताको उसको विचित्र ब्रह्माण्ड र त्यसमा विचित्र नियमानुसार कार्यहरूलाई देखेर बुद्धिमान्, ज्ञानी, तपस्वीले राम्ररी अनुभव गर्दछ। यसबाहेक प्रभु-प्राप्तिको साधन इन्द्रियहरू होइनन् जीवात्मा हो। योगाभ्यास आदि क्रियाहरूद्वारा जीवात्मा तिनको प्रत्यक्ष अनुभव गर्दछ तथा आनन्दको लाभ गर्दछ। कठोपनिषद्मा ठिक लेखिएको छ-

एको वशी सर्व भूतान्तरात्मा एकं रूपं बहुधा य: करोति।
तमात्मस्थं येऽनुपश्यन्ति धीरास्तेषां सुखं शाश्वतं नेतरेषाम्। -अ० २, वल्ली ५, श्लो० १२
अर्थात् ऊ एक, सबैलाई वशमा राख्नेवाला, सबै प्राणीहरूको अन्तरात्मामा स्थित छ। आफ्नौ आत्मामा स्थित ती परमात्मालाई जो ज्ञानी जन दर्शन लाभ गर्दछन् ती परमानन्दलाई प्राप्त गर्दछन्।

नास्तिक- ईश्वरलाई मान्नले मनुष्यको स्वतन्त्रता लुटिन्छ, त्यसैले मान्नु व्यर्थ हो?
आस्तिक- ईश्वरलाई मान्नु तथा उनको उपासना गर्नको अन्तिम फल मुक्ति हो। मुक्ति स्वतन्त्रताको केन्द्र हो, जहाँ सबै प्रकारका बन्धन टुटुछन्; अतः ईश्वरलाई मान्नाले स्वतन्त्रताका साथ दुःखहरूको समाप्ति तथा आनन्दको प्राप्ति पनिहुन्छ। त्यसैले ईश्वरलाई मान्नु तथा जान्नु आवश्यक छ, व्यर्थ छैन।

नास्तिक- ईश्वरलाई अज्ञेय अर्थात जान्न योग्य नभएको भनिएको छ भने उसलाई जान्ने श्रम गर्नु व्यर्थ छ।
आस्तिक- सृष्टि तथा उसका विविध पदार्थहरू एवं उसमा काम गरिरहेका अनेक प्रकारका नियमहरूलाई नियमहरूलाई देखेर उसका रचयिताको बोध सरलताका साथ हुन्छ। जस्तै आकाश, वायु, अणु, परमाणु आदि इन्द्रिय रहित छ परन्तु उसको निश्चय बुद्धिले भइहाल्छ, यसै प्रकारले शुद्धान्तःकरणद्वारा प्रभुको ज्ञान हुन्छ। यसमा कुनै प्रकारको कुनै बाधा वा परिश्रमको आवश्यकता छैन।

नास्तिक- ईश्वरलाई सगुण भनिएको छ। प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, त्यसैले ईश्वरलाई पन नाशावान् मानिन्छ कि?
आस्तिक- प्रत्येक सगुण वस्तु नाशवान् हुन्छ, यो कुनै नियम होइन। जब सत्व, राजस्, तमस् गुणवाला प्रकृति नै नाशवान् छैन भने ईश्वर सगुण हुँदैमा कसरी नाशवान् मान्ने। ईश्वर न्याय, दया, ज्ञानादि गुणहरूले सगुण तथा अजर, अमर, अजन्मा आदि भएकालेनिगुण भनिन्छ।

नास्तिक- जगत् नित्य छ, यसै प्रकार अनादि कालबाट चल्दै आइरहेको छ र यसैप्रकारले अनन्तकालसम्म चलिरहनेछ। संसारका समस्त वस्तुहरू आफ्नो स्व्भावले बन्छ र बिग्रन्छ- यसैले ईश्वरलाई मान्ने के आवश्यकता?
आस्तिक- जगत् मिश्रित वस्तुहरूको संग्रहको नाम हो। किनकी संसारका समस्त वस्तुहरू मिश्रित छन् त्यसैले यी कुनै न कुनै दिन अवश्य बनेका हुन्। मिश्रिमत वस्तुहरू नित्य हुँदैनन्, किन्तु नाशवान् हुन्छन्। त्यसैले जगत् नित्य होइन बरु रचिएको हो। जब रचिएको हो भने यसको रचयिता पनि अवश्य छ। उसैलाई जान्नु सत्यलाई प्राप्त गर्नु हो अतः व्यर्थ होइन।

नास्तिक- संसारमा कुनै नियम देखिँदैन। समस्त घटनाहरू आकस्मिक (Accidental) देखिन्छन् त्यसैले नियामक ईश्वरलाई मान्ने कुनै आवश्यकता छैन?
आस्तिक- संसार एक नियममा बाँधिएको छ, आकस्मिक रूपमा कहिल्यै केही हुँदैन। सूयको समयमा उदय हुनु र अस्त हुनु, दिनपछि रात तथा रातपछि दिन हुनु, ऋतुहरूको नियमले आउँनु तथा जानु, सृष्टि उत्पत्ति एवं प्रलय कुनै वस्तुमाथि दृष्टि राख्नुस् कुनै नियममा बाँधिएको देख्नुहुनेछ, जब नियम हुन्छ भने नियामक पनि अवश्य नै होला त्यसैले उपनिषद्कार भन्छन्-
भयादस्याग्रिस्तपति भयात्तपति सूर्य:।
भयादिन्द्रश्च वामुश्च मृत्युर्धावति पञ्चम:।। -कठ० अ० २, वल्ली ६, श्लोक ३
यसै ब्रह्मको भय (नियम) ले अग्नि तातो हुन्छ, उसैको भयले सूर्य प्रकाश दिन्छ, उसैको नियमले बाँधिएको बिजुली, वायु र मृत्यु आफ्नो-आफ्नो कार्य नियमपूर्वक गर्दछन्।

नास्तिक- जो गुण ईश्वरमा छन् तिनै सारा गुण प्रकृतिमा पनि छन् भने पुनः ईश्वरको के आवश्यकता?
आस्तिक- जो गुण ईश्वरमा छन् ती सबै गुण प्रकृतिमा छन् यो भन्नु ठिक होइन। ईश्वर चेतन र प्रकृति जड हो। जबसम्म ईश्वर त्यसमा गति उत्पन्न गर्दैनन् तबसम्म प्रकृति केही गर्न सक्दैन। प्रकृति जब सृष्टि अवस्थामा हुन्छ, तब काम गर्दछ। जब प्रलयावस्थामा हुन्छ, विश्राम गर्दछ। जब प्रलय समाप्त भएर सृष्टि रचनाको काल आउँछ तब ईश्वर आफ्नो शक्तिले परमाणुहरूमा गति उत्पन्न गरिदिन्छ, त्यसबाट प्रकृति सूक्ष्मावस्थाबाट स्थूलावस्थामा परिणत हुन प्रारम्भ हुन्छ। प्रथम अवस्थालाई महत्तत्व, दोस्रोलाई अहंकार, तेस्रोलाई पंचतन्मात्रा या सूक्ष्मभूत भनिन्छ, चौथो अवस्थाबाट १० इन्द्रियहरू र एघारौँ मन बन्दछ, पाँचौँ अवस्थाबाट सूक्ष्म शरीर बन्छ। यिनै पाँच स्थूल भूतहरूबाट सारा वस्तुहरू र सबै प्राणीहरूका विविध शरीर बन्दछन्। यदि ती ईश्वरले जड प्रकृतिमा गति नदिए केही हुन सक्दैन? त्यसैलै उनलाई मान्न जरुरी छ।

नास्तिक- त्यस ईश्वरलाई मान्नमा के युक्ति वा प्रमाण छ, जसबाट उसलाई मान्न सकियोस्?
आस्तिक- उसलाई मान्नमा अनेकौँ युक्ति वा प्रमाण छन् जसबाट उसको सिद्धि हुन्छ, परन्तु संक्षेपले यो भन्न सकिन्छ कि-
१. जो यस संसारका कर्ता, धर्ता र संहर्ता हुन् ती ईश्वर हुन् किनकी बिना कुनै चेतन सत्ताको सृष्टिको उत्पादन, धारण, पालन-पोषण तथा प्रलयमा परिणत हुन असम्भव छ। वेदान्तदर्शनमा भनिएको छ- "जन्माद्यस्यपत:" जसबाट संसारको उत्पत्ति, स्थिति, प्रलय हुन्छ तिनी परमेश्व हुन्।
२. जो जीवहरूका कर्मका फल प्रदाता हुन् ती ईश्वर हुन् किनकी स्वेच्छाले कुनै पनि जीव पापकर्महरूको फल भोग्न चाहँदैन।
३.जो आदि सृष्टिमा जीवहरूलाइ ज्ञान प्रदान गर्दछ उनी नै ईश्वर हुन् किनकी बिना गुरुको ज्ञान प्राप्त हुँदैन र आदि सृष्टिमा उनी बाहेक अरु कोही गुरु थिएन। सः सर्वेषामपि गुरु कालेनानवछेदात्।
४. जो यस सारा संसारलाई नियमहरूमा चलाइरहेको छ त्यस चेतन शक्तिको नाम ईश्वर हो।
तदेजति तन्नैजति तद्द्रे तद्वन्तिके।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यत:। -यजु० अ० ४०, मं० ५
ऊ सबैलाई गति दिन्छ परन्तु स्वयं गति गर्दैन, टाढाभन्दा टाढा छ र नजीकभन्दा नजीक छ। ऊ सबैको भित्र तथा बाहितर प्रत्येक वस्तुमा ओत-प्रोत भएरहेको छ।
५. समाधि सुषुप्ति मोक्षेषु ब्रह्मरूपता, समाधि, सुषुप्ति र मोक्षमा जसको सम्पर्कमा आएर जीवलाई परमानन्दको प्राप्ति हुन्छ ती परमात्मा हुन्- तर आज संसार उसलाई भुलेर महान् कष्ट पाइरहेको छ। अकबर इलाहबादीले ठिक भनेका थिए कि-

भूलती जाती है दुनिया आसमानी बाप को
बस खुदा समझा है इसने बर्फ को और भाप को
बर्फ गिर जायेगी इक दिन उड़ जायेगी भाप
देखना अकबर बचाये रखने अपने आपको

नास्तिक- तपाई भन्नुहुन्छ कि ईश्वरका इन्द्रियहरू वा शरीर हुँदैन। जब इन्द्रियहरू र शरीरहरू नै छैन, भन ऊ यस विविध संसारको रचना कसरी गर्दछ?
आस्तिक- ती सारा कार्य जो इन्द्रिय शरीर तथा अन्तःकरणद्वारा गरिन्छन्, आफ्नो सामथ्र्यले गर्दछन्। त्यसैले तिनलाई इन्द्रिय र शरीरको आवश्यकता पर्दैन। उपनिषद्मा पनि भनिएको छ-

अपाणिपादो जबनो ग्रहीता, पश्यत्यचक्षु स: श्र्णोत्यकर्ण:।
सवेत्ति वेद्य न च तस्यास्ति वेत्ता, तमाहुरग्रयं पुरुषं महान्तम्।।
अर्थात् ती परमात्मा बिना हातको सबै वस्तुहरू ग्रहण गर्दछ्, तथा खुट्टाबिना हिँड्छन्। बिना आँखाको सबै देख्छन् र बिना कानको सबै सुन्छन्। उनी सबै जान्छन् परन्तु उनलाई पूर्ण रूपले कसैले जान्दैन। उनलाई ज्ञानी, महान् र आदिपुरुष भनिन्छ।

तुलसीदास पनि भन्नुहुन्छ-
बिनु पग चले सुने बिनु काना, कर बिनु कर्म करे बिधि नाना।
बिनु वाणी वक्ता बढ़ योगी, आनन रहित सकल रस भोगी।।