Tuesday, January 30, 2018

आर्य समाजसँग हिन्दु एकताको लागि के उपाय छ ?



आर्य समाजसँग हिन्दु एकताको लागि के उपाय छ ?

हिन्दु समाजको विखण्डनका धेरै कारण रहेका छन् जस्तै कि जातिवाद , भाषावाद , प्रान्तवाद , बहु उपासना पद्धति , छुवाछुत आदि जसमा कार्य गरेर फुटेका हिन्दु सम्प्रदायहरुलाई फेरि एकताको सूत्रमा फेरि जोड्न सकिन्छ । धेरै हिन्दु संस्थाहरु आज पनि यस कार्यमा असमर्थ देखिएका छन् किनकी उनीहरुसँग कुनै खास योजना छैन । कति मठहरु हुँदा हुँदै पनि तिनमा विराजित शंकराचार्य , मठाधीश तथा पीठाधीश्वरहरुको अवस्थितिमा पनि हिन्दु समाज दिनानुदिन कमजोर हुँदै छ । यस परिस्थितिमा आर्य समाज राष्ट्रवादको प्रखर विचारधारा लिएर हिन्दूहरुलाई एक र संगठित गर्नमा सफल रहेको देखिन्छ । यसको कारण यो पनि हो कि आर्य समाज कुनै किसिमको सम्झौतावादको स्वीकार गर्दैन । त्यसका साथसाथै आर्य समाजसँग हिन्दु एकताका लागि निम्नलिखित उपायहरु रहेकाछन् ।

१. धर्मशास्त्रहरुको स्वाध्ययन ः अधिक भन्दा अधिक  हिन्दु युवाहरुमा वैदिक ग्रन्थहरु पढ्नको लागि प्रवृत्ति उत्पन्न गर्नु किनकी धेरै इस्लामी , इशाइ तथा वामपन्थी आदि संस्थाहरु हिन्दुहरुको यही अज्ञानताको लाभ उठाएर उनीहरुलाई विखण्डनतिर लैजान्छन् । तथा यिनीहरुको उद्देश्य आर्र्यावत्र्तका करोडौ हिन्दुहरुलाई विखण्डन गरेर देशको विखण्डन गर्नु नै हो । धर्मशास्त्रहरुको ज्ञान रहित हिन्दुहरु धर्मशास्त्रहरुको सही गलत विवेचनाको फरक छुट्याउन सक्दैनन् र विधर्मीहरुको शिकार हुन्छन् । परन्तु आफ्ना धर्म सिद्धान्तहरुको ज्ञान राख्ने व्यक्ति न केवल आफु भट्किन्छ बरु भट्किएकालाई पनि तर्क र सुक्तिहरुको सुझबुझबाट आफ्नो स्वधर्ममा फिर्ता ल्याउन सफल हुन्छ । आर्य समाजका अनुसार प्रत्येक जिल्ला स्तरमा कममा पनि १० युवा युवती तैयार रहनु पर्छ , जसलाई वैदिक धर्मको जानकारी होस् तथा कुरआन , बाइबल आदिको तुलनात्मक अध्ययन पनि होस् जो विधर्मीहरुलाई खुल्ला खण्डन र वेद मण्डन गरेर वैदिक धर्मको जतन गर्न सकून् ।

२. मन्दिरहरुमा वेद गोष्ठी ः जति पनि मन्दिरहरु छन् त्यहाँ यज्ञादि कर्म पछि वैदिक विद्वानलाई आमन्त्रित गरेर समान्य जनहरुका शंकाहरुको निवारण गराउनु । त्यसका साथसाथै करिब एक घण्टाको यस कार्यक्रम पछि हिन्दु समाजमा समस्याहरुमा विचार गरेर तिनको शमनबारे विचार पनि गर्नु । यस पछि त समाजमा जति पाखण्डी बाबा छन् उनीहरुका पछि जाने आवश्यकता नै पर्दैन ।

३. वैदिक गुरुकुलहरुलाई प्रोत्साहन ः हिन्दु जनताहरु आफ्नो पैसा पानीझैँ व्यर्थमा बगाउँछन् । त्यो धनको कुनै उपभोग हुँदैन र मन्दिरका पुजारीहरु त्यस पैसाबाट आफ्नो घर बलियो बनाउँछन् । यसको साटो यदि वैदिक गुरुकुलमा त्यो पैसा खर्च गर्न सकियो भने निश्चय पनि त्यहाँ पढ्ने विद्यार्थीहरुबाट वर्षेणी हजारौ यस्ता वैदिक धर्मका योद्धाहरुको उत्पादन हुन्छ जसले हिन्दु समाजकै हितका लागि उर्जा दिन सक्छन् । यसबाट समाज अज्ञानता रहित पनि हुन्छ ।

४. धर्मसभाको निर्माण ः यति मठहरुको अवस्थितिमा पनि हाम्रो देश खाडलमा खसिरहेको छ किनकी यी मठहरुमा बस्ने हाम्रा धर्मस्तम्भहरु विद्वान् नभएर केवल परम्पराहरुका अध्यक्ष मात्र हुन् । यसको स्थानमा वैदिक गुरुकुलहरुबाट पढेका विद्वान् एवं विदुषीहरुलाई धर्म संसद या मुख्य अध्यक्ष बनाइनु पर्छ । अथवा जस्तो कि मनुस्मृतिमा पनि भनिएको छ धर्मसभामा कम्तीमा पनि तीन वेदविज्ञ , एक दार्शनिक आदि मिलाएर दश विद्वान्हरु हुनुपर्छ । यस्तो भएपछि हिन्दु समाजमा हुँदै गरेको दुर्दशाप्रति तुरन्तै कुनै सशक्त कार्यवाही लिन सकिन्छ । यही धर्मसभा हिन्दु समाजमा भइरहेको धर्म परिवर्तन , सामुहिक पलायन , लव जिहाद , बलात्कार , साम्प्रदायिक हिंसा आदिमा निर्णय लिनमा सक्षम हुन्छ ।

५. अन्तर्जातीय विवाह ः जस्तो कि मनुस्मृतिमा विवाहका नियमहरु छन् जसले विवाहमा परस्पर गुण , कर्म र स्वभाव आदिको मिलानमा नै  स्त्री र पुरुषको विवाहको मर्यादा तोकेको छ , त्यस्तै अन्तर्जातीय विवाहको प्रचलनलाई पनि बढाउनु पर्छ जसबाट समाजबाट जातिवादको नाश हुन्छ । यसबाट न केवल दुई भिन्न विचारधाराका स्त्री पुरुष मात्र नभएर धरै परिवारको बिच नै स्वस्थपरक सम्बन्धको स्थापना हुन्छ । यसबाट समाजमा ठुलो र सानोको मान्यता नै समाप्त हुन्छ र समाज एक शान्ति स्थलमा परिणत हुन्छ केवल अन्तर्जातीय विवाहको प्रभावले ।

६. वर्णव्यवस्थाको स्थापना ः हाम्रो वैदिक धर्मको शीला स्तम्भ वर्णव्यवस्था हो जसलाई खडा गर्नको लागि हामीले गुणहरुको आधारलाई शीरोधार्य गर्न आवश्यक छ । यसबाट समाजमा जन्मले नीच भनेर अवहेलित पनि उच्च विद्याको अध्ययनबाट उच्च ब्राह्मण तहमा जान सकोस् । यस्ता कैयौ गुरुकुलहरुका वाल्मीकि आदिका बच्चाहरुले अध्ययन गरेर ब्राह्मण बनेर यज्ञादि कार्य गर्ने र गराउने छन् । यस प्रकारको व्यवस्थामा धन आदिको लोभ देखाएर कुनै पनि ईशाई संगठनले कुनै किसिमको षड्यन्त्र गर्न सक्दैन ।

७. युुवा प्रचारकहरुको निर्माण ः कलेजहरुमा हिन्दुहरुलाई वामपन्थी , चरित्रहीन तथा नास्तिक बनाउनको लागि धेरै संस्थाहरु सक्रिय रहेका छन् । प्रत्येक कलेज या स्कुलमा कम्तीमा पनि ५–१० वटाको टिम होओस् जो वैदिक धर्मको बारेमा सटीक , तार्किक  र विज्ञानसम्मत जानकारी दिनसकून् र साथ साथै अवैदिक मत जस्तै इस्लाम , इसाइ र वाममार्गको कमीहरु बताएर सचेतना बढाउन सकून् । यस्तो गर्नाले हाम्रा धेरै हिन्दु युवा विधर्मी हुनबाट बच्नेछन् । तथा यस टिमलाई प्रति महिना केही वेतन आर्य हिन्दु सभाबाट उपलब्ध पनि गराइयोस् ।

८. शुद्धीकरणको प्रोत्साहन ः विधर्मीहरुलाई समाप्त गर्ने उद्देश्यका साथ हामीले उनीहरुको मत पन्थको तर्कपूर्ण समीक्षा गरेर उनीहरुको कमी कमजोरीहरु देखाएर वैदिक धर्मको श्रेष्ठता सिद्ध गरेर उनीहरुको शुद्धि गर्नु शुद्धीकरण कहलाइन्छ । तथा यस कार्यको लागि बृहत् स्तरमा प्रचारक , कोष र कार्यकर्ताको आवश्यकता रहन्छ ।

९. क्षत्रिय दलको निर्माण ः प्रत्येक जिल्ला स्तरमा विधर्मीहरुको गुुण्डागर्दी रोक्नको लागि हिन्दु समाजमो लागि लगभग ५ंं००– १००० क्षत्रियहरुको आवश्यकता रहने छ जो तलवार , लट्ठी , पिस्तल , बन्दुक , धनु आदि चलाउनमा पारंगत होऊन् र मल्लयुद्ध आदिले स्वस्थ पनि । यस्तो  गर्नको लागि प्रत्येक मन्दिरको समीपमा व्यायामशाला आवश्यक  छ जसमा सबै स्तरमा धेरै भन्दा धेरै हिन्दुहरुले भाग लेऊन् र शारीरिक रुपमा स्वस्थ र सबल रहून् ।

१० . क्रियात्मक योगाभ्यासको निर्माण ः यदि हामीले समाजमा व्याप्त शंकाको समाधानको तुष्टि गर्न सक्यौँ भने र ईश्वरको सत्य स्वरुप स्पष्ट गरेर संध्या र उपासनाको ठिक ठिक प्रचार गर्न सक्यौँ भने मानसिक शान्तिको प्रकाशबाट पाखण्ड निर्मूृल भएर दर्गाह , मजार आदिमा जाने आवश्यकता पनि रहदैन ।
यिनै उपायहरुबाट हिन्दुहरु एक हुन्छन् ।

–कुमार आर्य

Monday, January 29, 2018

ब्राह्मण शब्दलाई लिएर भ्रान्तिहरु एवं तिनको निवारण




ब्राह्मण शब्दलाई लिएर भ्रान्तिहरु एवं तिनको निवारण

डा० विवेक आर्य

ब्राह्मण शब्दलाई लिएर धेरै भ्रान्तिहरु विद्यमान रहेका छन्। यिनीहरुको समाधान गर्न अत्यन्त आवश्यक रहेको छ किनकी हिन्दु समाजको सबैभन्दा ठुलो कमजोरी जातिवाद रहेको छ। ब्राह्मण शब्दको सत्य अर्थलाई जान्न नसकेर नै जातिवादलाई प्रोत्साहन मिलेको छ।

शंका १- ब्राह्मणको परिभाषा के हो?

समाधान- पठन-पाठन गर्नाले, ब्रह्मचर्य, अनुशासन, सत्यभाषण आदि व्रतहरुको पालनले, परोपकार आदि सत्कर्महरु गर्नाले, वेद, विज्ञान आदि पढ्नाले, कर्तव्यको पालन गर्नाले, दान गर्नाले र आदर्शहरु प्रति समर्पित रहनाले मनुष्यको यो शरीर ब्राह्मणको शरीर बन्दछ। -मनुस्मृति २/२८

शंका २- ब्राह्मण जाति हो अथवा वर्ण हो?

समाधान- ब्राह्मण वर्ण हो जाति होइन। वर्णको अर्थ हो चयन गर्नु या छान्नु र सामान्यतः शब्द वरण पनि यही अर्थ राख्दछ। व्यक्ति आफ्नो रुचि, योग्यता, र कर्म अनुसार यसको स्वयं नै वरण गर्दछ। वैदिक वर्ण व्यवस्थामा चार वर्ण रहेका छन्। ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र्र।

ब्राह्मणको कर्म हो विधिवत् पढ्नु र पढाउनु, यज्ञ गर्नु र गराउनु, दान प्राप्त गर्नु र सुपात्रहरुमा दान दिनु।

क्षत्रियको कर्म हो विधिवत् पढ्नु, यज्ञ गर्नु, प्रजाहरुको पालन पोषण र रक्षा गर्नु, सुपात्रहरुमा दान दिनु, धन ऐश्वर्यमा लिप्त नभएर जितेन्द्रिय रहनु।

वैश्यको धर्म हो कि पशुहरुको लालन पोषण, सुपात्राहरुमा दान दिनु, यज्ञ गर्नु, विधिवत् अध्ययन गराउनु, व्यापार गर्नु, धन कमाउनु, खेती गर्नु।

शुद्रको काम हो सबै चार वर्णका व्यक्तिहरुलाई सेवा भावले सहाय पुर्याउनु, श्रम गर्नु आदि।

शुद्र शब्दलाई मनु या वेदले कतै पनि अपमानजनक, तल्लो अथवा निकृष्ट मानेको छैन। मनुका अनुसार चारै वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र आर्य हुन्। -मनुस्मृति १०/४

शंका ३- मनुष्यहरुमा कति जाति छन्?

समाधान- मनुष्यहरुमा केवल एक जाति छ। त्यो हो मनुष्य जाति। अन्य कुनै जाति छैन।

शंका ४- चार वर्णहरुको विभाजनको के आधार रहेको छ?

समाधान- वर्ण विभाजनको मुख्य प्रयोजन कर्मको विभाजन रहेको छ। वर्ण विभाजनको आधार व्यक्तिको योग्यता रहेको छ। आज पनि शिक्षाको उपरान्त व्यक्ति डाक्टर, इन्जिनियर, वकिल आदि बन्दछ। जन्मले कोही पनि डाक्टर, इन्जिनियर या वकिल बन्दैन। यसैलाई नै वर्ण व्यवस्था भनिन्छ।

शंका ५- कोही पनि ब्राह्मण जन्मले हुन्छ या गुण, कर्म र स्वभावले हुन्छ?

समाधान- व्यक्तिको योग्यताको निर्धारण शिक्षाको उपरान्त नै हुने गर्छ। जन्मको आधारमा होइन। कुनै पनि व्यक्तिको गुण, कर्म र स्वभावका आधारमा उसको वर्णको चयन हुन्छ। कोही पनि अज्ञानी व्यक्तिले आफुलाई ब्राह्मण भन्नु अज्ञानता नै हो।

मनुको उपदेश पढ्नुहोस्

जसरी काठले बनेको हात्ती र छालाले बनेको हरिण केवल नामको लागि मात्र हात्ती र हरिण हुन् त्यस्तै नपढेको ब्राह्मण पनि केवल नामको लागि मात्र ब्राह्मण हुन्छ। -मनुस्मृति २/१५७

शंका ६- के ब्राह्मण पिताको सन्तान केवल यसैकारणले ब्राह्मण कहलाइन्छ कि उसका पिता ब्राह्मण हुन्?

समाधान- यो भ्रान्ति हो कि ब्राह्मण पिताको सन्तान केवल यसै कारणले ब्राह्मण कहलिन्छ किनकी उसका पिता ब्राह्मण हुन्। जस्तै एक डाक्टरको सन्तान तब मात्र डाक्टर कहलिन्छ जब उसले MBBS पास गरोस्। जसरी एक इन्जिनियरको सन्तान तब मात्र इन्जिनियर कहलिन्छ जब उसले BTech पास गरोस्। बिना पढेर यो सम्भव छैन। त्यस्तै ब्राह्मण एक आर्जन गरिने एक पुरानो उपाधि हो।

मनुको उपदेश पढ्नुुहोस्

माता पिताका सन्ततिको माताको गर्भबाट भएको जन्म साधारण जन्म हो। वास्तविक जन्म त शिक्षा पूर्ण गरिसकेर मात्र हुन्छ। -मनुस्मृति २/१४७

शंका ७- प्राचीन कालमा ब्राह्मण बन्नको लागि के गर्नु पथ्र्यो?

उत्तर- प्राचीन समयमा ब्राह्मण बन्नको लागि शिक्षित र गुणवान दुवै हुनुपथ्र्यो।

मनुको उपदेश हेरौँ

वेदहरुमा पारंगत आचार्यबाट शिष्यलाई मन्त्र दीक्षा दिएको उपरान्त वास्तविक मनुष्यको जन्म हुन्छ। -मनुस्मृति २/१४८

ब्राह्मण, क्षत्रिय र वैश्य, यी तीन वर्ण विद्याध्ययनबाट दोस्रो जन्म प्राप्त गर्छन्। विद्याध्ययन गर्न नसक्ने शुद्र चौथो वर्ण हो। -मनुस्मृति १०/४

आजभोलि केही व्यक्तिहरु यसकारण आफूलाई ब्राह्मण भनेर अभिमान गर्दछन् किनकी उनीहरुका पूर्वज ब्राह्मण थिए। यो गलत धारणा हो। योग्यता अर्जित गरेबिना कोही ब्राह्मण हुँदैन। हाम्रा प्राचीन ब्राह्मण तपले आफ्नो ज्ञानले आफ्नो विद्याले संसारको मार्गदर्शन गर्दथे। त्यसैले यो आर्यावत्र्त विश्वगुरु थियो।

शंका ८- ब्राह्मणलाई श्रेष्ठ किन मान्ने?

समाधान- ब्राह्मण एक गुणवाचक वर्ण हो। समाजमा सबैभन्दा ज्ञानी, बुद्धिमान्, शिक्षित समाजको मार्गदर्शन गराउनेवाला, त्यागी, तपस्वी व्यक्ति नै ब्राह्मण कहलिने अधिकारी छ। त्यसैले ब्राह्मण वर्ण श्रेष्ठ हो। वैदिक विचारधारामा ब्राह्मणलाई यदि सबैभन्दा अधिक सम्मान दिइएको छ भने ब्राह्मणलाई गल्ती गर्दा सबैभन्दा अधिक दण्ड पनि दिइएको छ।

मनुको उपदेश हेरौँ

यौटै अपराधको लागि शुद्रालाई सबैभन्दा कम दण्ड, वैश्यलाई दुईगुणा, क्षत्रियलाई तीन गुुणा रा ब्राह्मणलाई सोह्र या १२८ गुणा दण्ड दिइनु पर्छ। -मनुस्मृति ८/३३७ एवं ८/३३८

यी श्लोकहरुको आधारमा कोही पनि मनु महाराजलाई पक्षपाती भन्न सक्दैन।

शंका ९- के शुद्र ब्राह्मण र ब्राह्मण शुद्र बन्न सक्छन्?

समाधान- ब्राह्मण, शुद्रादि वर्ण गुण, कर्म र स्वभावको आधारमा विभाजित छन्। त्यसैले यिनमा परिवर्तन सम्भव छ। कोही पनि व्यक्ति जन्मले ब्राह्मण हुँदैन। परन्नु शिक्षा प्राप्तिको पश्चात् नै उसको वर्ण निर्धारण हुन्छ।

मनुको उपदेश हेरौँ

ब्राह्मण शुद्र बन्न सक्छ र शुद्र ब्राह्मण बन्न सक्छ। यसै प्रकारले क्षत्रिय र वैश्य पनि आफ्नो वर्ण बदल्न सक्छन्। -मनुस्मृति १०/६४

शरीर र मनले शुद्ध, पवित्र रहनेवाला, उत्कृष्ट व्यक्तिहरुको सान्निध्यमा रहनेवाला, मधुरभाषी, अहंकार रहित, आफूभन्दा उत्तम वर्णवालाको सेवा गर्नेवाला शुद्र पनि उत्तम ब्राह्मण जन्म र द्विज वर्णलाई प्राप्त गर्दछ। -मनुस्मृति ९/३३५

जो मनुष्य नित्य प्रातः र साँझ ईश्वरको आराधना गर्दैन, उसलाई शुद्र जान्नु पर्छ। -मनुस्मृति २/१०३

जब सम्म व्यक्ति वेदहरुको शिक्षामा दीक्षित हुँदैन ऊ शुद्रको नै समान छ। -मनुस्मृति २/१७२

ब्राह्मण- वर्णस्थ व्यक्ति श्रेष्ठ-अतिश्रेष्ठ व्यक्तिहरुको सँग गर्दै र नीच- नीचतर व्यक्तिहरुको सँग छोडेर अधिक श्रेष्ठ बन्दछ। यसको विपरीत आचरणले ऊ पतित भएर शुद्र बन्दछ। -मनुस्मृति ४/२४५

जो ब्राह्मण, क्षत्रिय या वैश्य वेदहरुको अध्ययनर र पालनलाई छोडेर अन्य विषयहरुमा परिश्रम गर्दछन्, उनीहरु शुद्र बन्दछन्। -मनुस्मृति २/१६८

शंका १०- के आज जो आफूलाई ब्राह्मण भन्दछन्, उनीहरु नै हाम्रा प्राचीन विद्या र ज्ञानको रक्षा गर्ने प्रहरी थिए?

समाधान- आजभोलि जो ब्राह्मण कुलमा जन्मेर प्राचीन कालका ब्राह्मणहरु झैँ वैदिक धर्मको रक्षाको लागि पुरुषार्थ गर्दैछन् भने निश्चय नै उनीहरु ब्राह्मणझैँ सम्मानका पात्र हुन्। तर यदि कोही ब्राह्मण कुलमा जन्मेर ब्राह्मण धर्मको विपरीत कार्य गर्दै छ भने ऊ कुनै पनि तरीकाले ब्राह्मण कहलिन लायक छैन। यौटा उदाहरणको रुपमा, एक व्यक्ति युनिवर्सिटीमा प्रोफेसर छ, शाकाहारी छ, चरित्रवान छ र धर्मको लागि पुरुषार्थ गर्दछ। उसको वर्ण ब्राह्मण कहलिन्छ यदि ऊ शुद्र पिताको नै सन्तान किन नहोस्। यसको विपरीत कुनै व्यक्ति अनपढ छ, मांसाहारी छ, चरित्रहीन छ तथा कुनै पनि तरिकाले समाजको हितको कार्य गर्दैन भने उसको पिता जति नै प्रतिष्ठित ब्राह्मण किन भएपनि ऊ कुनै पनि तरिकाले ब्राह्मण कहलिन लायक छैन। केवल टुप्पी पालेर, जनै लगाएर कोही पनि ब्राह्मण हुँदैन। यी दुवै वैदिक व्रतहरुसँग जोडिएका कर्म अर्थात धर्मको पालन अनिवार्य छ। प्राचीन कालमा धर्मरुपी आचरण एवं पुरुषार्थको कारणले नै ब्राह्मणहरुको मान थियो।

यस लेखका माध्यमबाट मैले ब्राह्मण शब्दलाई लिएर समाजमा व्याप्त भ्रान्तिहरुको निराकरणको प्रयास गरेको छु। ब्राह्मण शब्दको वेदमा धेरै महत्ता रहेको छ। तर यस महत्ताको कारण जन्मना ब्राह्मण होइन कर्मणा ब्राह्मण हुनु नै हो। मध्यकालमा हाम्रो वर्णव्यवस्था जाति व्यवस्थामा परिवर्तित भयो। विडम्बना त यो छ कि यस विकारलाई हामी अझैँ पनि पालन गर्दै छौँ। जातिवादले हिन्दुहरुको एकता समाप्त भयो। भाइ-भाइमा द्वेष बढेर गयो। यसै कारण हामी कमजोर भयौँ र विदेशी विधर्मीहरुको दास भयौँ। हिन्दूहरुको १२०० वर्षको दमनको यदि कुनै कारण छ भने त्यो हो जातिवाद। यही हाम्रो प्रमुख शत्रु हो। आउनुहोस्, यस जातिवाद रुपी शत्रुलाई जरैबाट नष्ट गर्ने संकल्प लिऔँ।

Saturday, January 27, 2018

शहीद शुक्रराज शास्त्री



[अमर धर्म बलीदानी हुतात्मा शुक्रराज शास्त्रीको अन्तिम दिन को बारेमा जेलमा रहेका महानुभाव र अन्यको सम्झना . पढ़नुस केहि खास इतिहासका पाना जसलाई सधै लुकाइयो . ]

‘शुक्रराज शास्त्री आर्य समाजी भएकाले वहाँले मात्र होइन, वहाँको पिताजीले पनि धर्म प्रचार गरे बापत यातना खानुप¥यो.' नेपालका पुर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य .

भीमनिधि तिवारी
शहीद शुक्रराजको दर्शन गर्न म पचली गएको थिएँ । ठुलो भीडको बीच एउटा फोटो ग्राफरले शहिदको फोटो खिच्न लाग्दा पुलिसहरुले उसलाई झपारेर घोक्रयाएर पठाएको मैले देखे, अनि मलाई सुझ्यो यो मूर्तिको अवस्य पनि ऐतिहासिक महत्व हुन्छ । अनि त्यो काम मैले लिएँ यानि शब्दचित्र लेख्न थालें – शहीदको मुखाकृति, आंसिक ढांचा, वेषभूषा आदिको निरीक्षण गर्ने रनिकै टाढा गएर कामीमा त्यो उतार्ने, फेरि आउने निरीक्षण गर्ने र फेरि टाढा जाने उतार्ने यही क्रमले मैले शब्द चित्र तयार गरें । शहीद शुक्रराज शास्त्री–
स्थान पचलीको चौबाटो, पात सबै झरेको, रुखको आग्नेय कोणपट्टिको हाँगामा झुण्डयाइएका, घांटी छड्के परेको, आँखा चिम्लेका ।

वस्त्र – डम्बरकुमारी, फलाटिनको भोटो, फन फन बेरिएको घोती, जनैमा साँचो देखिएको, मुडुलो शिर, टुस् ि दाह्री लामा । कागजको पाता छातिमा झुण्डिने गरेर घाँटीमा बाँधिदिएको, जसमा लेखिएको थियो – भर्खर शिक्षा पाएका नवयुवकहरुलाई भड्काएर देशमा बिद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजाय भयो ।

चन्द्रकान्तादेवी मल्ल ( शुक्रराज शास्त्री कि बहिनी) को आत्मकथा पेज १०६– १०७)। 
उनलाई फाँसी दिनु दुई दिन अगाडी उनीसंग परिवारका सदस्यहरुले भेट्न आउनु भन्ने सूचना हामीलाई दिइयो । संम्वत १९९५ साल मार्गमा उनी पक्रिएको चार दिन पछि उनकी श्रीमती सुत्केरी भएकी थिइन् । त्यसको केही दिन पििछ नै नवजात छोरी र श्रीमती मेनकादेवीको पनि मृत्यु भएको थियो । त्यसैले आमा, बा, भाउज्यु, गायत्रीदेवी राम भेट्न गयौं । सेन्ट्रल जेलको ढोकाबाट शास्त्रीजी छाती फुलाउँदै, हास्दै आउनु भयो । त्यस बेला उनको अनुहार हेर्दा उनले ज्यान सजायँ पाएकै होइन जस्तो लाग्यो । हाम्रो समेत मनचङ्गा होला जस्तो लाग्यो ।

छोरालाई देख्ने बित्तिकै पिताजीले भन्नुभयो– “शुक्र, तिमीलाई ज्यान सजायँ दिने बेला यो यो वेदमन्त्र पढेर आफ्नो प्राण विसर्जन गर । स्याबास् बेटा ।”
कसको हृदयले त्यस्तो भन्न सक्ला ? जस्तो छोरा, त्यस्तै बाबु !
एकातिर जेलको कप्तान लेनदेनको अन्तिम वार्तालाप गरन भनेर कराइरहेको थियो । तर त्यस बेला लेनदेनको कुरा गर्नुृ नै व्यर्थ थियो । नेपालको एक वीर पुत्र सँधैको लागि बिलाउन लागेको थियो । 

अर्कोतिर केही मानिसहरु शास्त्रीजीलाई माफी माग्न सम्झाइरहेका थिए । उनीहरुतिर फर्केर उनले जवाफ दिए –“माफी माग्ने किन ? मैले के अपराध गरेको छु र ? यदि मैले दोष गरेको छु भने दोषीलाई माफी माग्न लगाउने किन ? दोष गरेको छु भने सजायँ पाउनै पर्छ । गोलीले उडाउने मन छ भने गोलीले उडाइ देओस् । रुखमा लट्काउने मन छ भने रुखमा लट्काइ देओस् । तोपको मुहानमा राख्ने मन छ भने तोपको मुहानैमा राखेर उडाओस् । माफी मागेर म सदा अमर रहने भए म माफी माग्छु । मर्नु नै छ भने माफी किन माग्ने ? सबैले मृत्युको निमन्त्रणा स्वीकार गर्नै पर्दछ, सबैलाई मृत्युको बाटो जानैपर्छ । ”

१९९७ साल माघ ११ गते बिहान शास्त्रीजीलाई पचलीमा रुखमा झुण्डयाइ राखेको हेर्न पिताजी जानु भयो । साथमा जेठी भाउज्यु, म र गायत्रीदेवी थियौ । हामीहरुसँगै मेरै भतिजा ऐश्वर्यलाल र माहिला छोरा सौन्दर्यलाल पनि थिए । पिताजी बयासी (८२) वर्ष भइ सक्नु भएको थियो । लठ्ठीको भरमा रुखमुनि उभिनु भयो । शहिद भएका आफ्ना छोराको लाशलाई प्रमाण गर्दै पिताजीले भन्नुभयो – “स्याबास ! बेटा तुम धन्य हो । तुमने मां बापका ही नहि देशका ही गौरब बढाया है । बेटा होना ते ऐसा हि होना ।”

त्यस्तो बिपदको समय, पुत्र शोकको बेलामा पनि त्यस्तो बोल्ने त्यस बेला कोही थियो त माधवराज जोशी नै थिए । बुढो भइ सकेका भनेर पिताजीलाई हूलका हूल मानिसहरुले घरसम्म पु¥याउन आए ।
हामीहरु त्यहाँ हेरिरहँदा पालो बसेका सिपाहीहरु कराए –“ए, हूल नगर, हूल नगर !” मलाई जोश चल्यो, मैले भने –“के हूल भो भनी कराएको, हूलैलाई देखाउँछौ भनी देखाएपछि हूल हुँदैन त ?”

शुक्रराज शास्त्रीलाई फाासी दिन वि.सं. १९९७ माघ १० गते बेलुका जेलको कोठाबाट बाहिर निकालियो । दिनभर व्रत बसेका थिए । घरबाट ल्याइदिएको दुधसँग खानका लागि बेलुका रोटी पकाउदै थिए । तर राणा सरकारका प्रहरी प्रमुख नर शमसेर राणाको आदेशमा उनलाई रोटी पकाउन नदिएर बलजफ्ती कोठाबाट बाहिर निकाल्न लगायो र राती १० बजेसम्म जेलको अफिसमा नै भोकै राख्यो । त्यसपछि एक लहरी सिपाहीहरुले उनलाई लिएर जेल नजिकै पर्ने टेकुको पचली मा पु¥याए । प्रहरी प्रमुख नर शमसेर राणा अघिदेखि नै त्यहाँ उपस्थित थिए । शुक्रराज शास्त्रीले बागमतीमा नुहाएर वेद पाठ गर्ने र फाँसी आफै लगाउने कुरा राखे । बागमतीमा नुहाएर वेदका ऋचा पाठ गरे । टेकुको पचलीको चौबाटोमा रहेको खरीको रुखको हाँगामा झुण्डाएको डोरी समाते । प्रहरीप्रमुख नरशम्सेरले फासी लगाउन आदेश दिदै गरेको बेलामा पेट्रोम्याक्स बालेर २०–३० जना व्यक्ति आइरहेको देखेर नर शमसेर, हरि शमसेर, रंग विक्रम र जेलर खडग बहादुर सुनुवारका साथै अरु सिपाहीहरु समेत भागे । राणा सरकारका ती भाइ भारदारहरुले तिनीहरुलाई विद्र्रोही ठानेका थिए । पछि उनीहरुले थाहा पाए ती मानिसहरु भोज सकेर फर्केका थिए । त्यो थाहा पाइ भागेका राणा भाइभारदारहरु फर्केर आए । शुक्रराज शास्त्री त्यही नै उभिरहेका थिए । सबै फर्केपछि शुक्रराज शास्त्रीले फाँसी आफै लगाई टेकेको ढुङ्गा खुट्टाले लडाए । 

वि.सं १९९७ माघ ११ गते बिहान टेकुको पचलीको खरीको रुखमा नेपाली जनताले शास्त्रीजीलाई झुण्डाएको अवस्थामा पाए । त्यतिखेर उनले डम्बर कुमारीको वस्त्र, घरबाट उनकी आमाले तगेर पठाएको फलाटिनको खैरो भोटो, निलो मसिनो किनारा भएको सेतो धोती फनफनी बेरेका थिए । जनैमा झुण्डिएको सांचो भोटो बाहिर देखिएको थियो । टाउको मुडुलो, दाह्री लामा थिए । दिनभरी नेपाली जनता तर्साउन शास्त्रीको लाशको प्रदर्शनी गराए ।

शास्त्रीजीसंग जेलमा रहेका गोविन्द प्रसाद उपाध्यायले आफ्नो संस्मरणमा अन्तिम साँझको बारेमा यस्तो लेख्नुभएको छ । शास्त्रीजीले घरबाट ल्याएको दुधसँग रोटी खान पकाउदै थिए तर खानै नदिएर बाहिर लगे । बाहिर जाँदा जाँदै उनले सबै भाइलाई – “नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो ।” भन्दै हिडे । आखिर बाहिर चोकमा १२ बजेसम्म जाडोमा कठयाङग्राएर राखियो । बागमतीमा नुहाएर वेदका ऋचाहरुको उदघोष गरे । उनले रुखको डोरीलाई हेरेर पशन्नता पुर्वक भने –“जुद्ध शमसेर, आज मेरो प्राण लिन उत्सुक छ । तर म मर्दिन । मेरो आत्मा अमर छ । यो नश्वर देह मातृभूमिको सेवाका निमित्त अर्पण गर्न पाउनु मेरो सौभाग्य हो ।” आफै फाँसी गलामा लगाउन पुगे ।

Friday, January 26, 2018

संसारका सबै विकासवादीहरुलाई प्रश्न



संसारका सबै विकासवादीहरुलाई प्रश्न 

भर्खरै केन्द्रिय मानव संसाधन विकास राज्यमन्त्री माननीय डा. सत्यपालसिंहजीको यस कथन कि मनुष्यको बाँदरबाट भएको होइना , पुरै भारतका बुद्धिजीवीहरुको लागि खलबलीको विषय बनेको छ । केही वैज्ञानिक सोँचका महानुभावहरु यसलाई रुढिबादी सोचको संज्ञा दिँदै छन् । म ती महानुभावहरुसँग निवेदन गर्छु कि मन्त्रीजीको उक्त विचार रुढिवादी होइन बरु सुदृढ तर्कहरुमा आधारित वैदिक विज्ञानको नै पक्ष हो । यस्तो होइन कि विकासवादको विरोेध केही भारतीय विद्वान्हरु मात्रै गर्दछन् परन्तु केही युुरोेपियन वैज्ञानिक पनि यसलाई नकार्छन् । म विकासवादका समर्थक विश्वभरका विकासवादीहरुसँग प्रश्न गर्न चाहन्छु । यी प्रश्नहरु प्रारम्भिक रहेका छन् र यिनको उत्तर पाएपछि पुनः अरु प्रश्न गरिनेछन् । शारीरिक विकास

१. विकासवादीहरु अमोबाबाट विकसित बाँदरबाट पुनः सुस्तरी मनुष्यको उत्पत्ति भएको मान्दछन् । तिनीहरुले बताऊन् कि अमोबाको उत्पत्ति कसरी भयो ?

२. यदि कुनै अरु ग्रहबाट जीवन आएको हो भने त्यहाँ उत्पत्ति कसरी भयो ? यदि त्यहाँ जीवन हुन सक्छ भने पृथ्वीमा किन हुनसक्दैन ?

३. यदि अमोबाको उत्पत्ति कुनै रासायनिक प्रक्रियाबाट भएको हो भने मनुष्यको शुक्रकीट तथा अण्डाणुको उत्पत्ति त्यसै प्रकारले किन हुन सक्दैन ?

४. उड्ने आवश्यकता भएपछि यदि प्राणीहरुका पखेटा आउन सक्छन् भने मनुष्य त जबदेखि उत्पन्न भयो तबदेखि उड्ने इच्छाको पूर्तिको लागि हवाई जहाजको निर्माणमा लागेको छ । तर पनि उसका त पखेटा त आएनन् ? यदि यस्तो भएको भए हवाई जहाजको के आवश्यकता पथ्र्यो ?

५. शीत प्रदेशहरुमा शरीरमा लामा रौँ विकसित हुने कुरा पनि गरिन्छ । त्यसो हो भने शीत प्रदेशमा बस्ने मानिसहरुको शरीरमा किन रौँहरु उम्रिएनन् ? उसलाई किन कम्बल आदिको आवश्यकता हुन्छ ?

६. जिराफको घाँटी यस कारण लामो भयो किनकी धतीमा घाँस सुकेर गएपछि माथि रुखका पातहरु खान घाँती लामो गरेर खानुपर्ने बाध्यता आयो । कसैले यहाँ यो बताओस् कि कति वर्षसम्म तल घाँस सुक्यो र रुखका पातहरु हरिया नै रहे ? त्यसो भए फेरि कसरी आज पनि बाख्राहरु दुइटा खुट्टा रुखमा अड्याएर पातहरु खान्छ , उसको घाँटी किन लामो भएन ?

७. बाँदरको पुच्छर गायब भएर मान्छे भयो । अब यहाँ विचार गरौँ बाँदरले किन आफ्नो पुच्छरको प्रयोग बन्द गर्यो ? कसैले यो पनि बताओस् कि बाँदरले आफ्नो पुच्छरको उपयोग कुन कामको गर्दछ ? यदि यस्तै हो भने मनुष्यका नाक , कान गायब हुनुपर्ने र प्वाल मात्र बाँकि रहनुपर्ने ! मनुष्यले लाखौ वर्षदेखि कपाल र नङ काट्छ , त्यही पनि ती बढिरहन्छन् , यस्तो किन ?

८. सबै बाँदरहरुको बिकास भएर मानव किन भएनन् ? केही त अझैँ अमोबाको रुपमा छन् र हामी मनुष्य बनिसक्यौँ ।

९ भनिन्छ कि साँपहरुको पहिले खुट्टा थिए रे , पछि सुस्तरी सुस्तरी घिसिएर गायब भए । अब यहाँ विचार गरौँ कि खुट्टा कसरी गायब भए ? सबै प्राणीहरुका खुट्टा घिसिन्छन् ।

१०. बिना हड्डीवाला जनावरबाट हड्डीवाला जनावर कसरी बने ? उनीहरुलाई हड्डीहरुको आवश्यकता किन भयो ?

११. बाँदर र मनुष्यको बीच बन्नेवाला प्राणीहरुको शृङ्खला कहाँ गयो ?

१२. विकास मनुष्यमा आएर किन रोकियो ? कसले यसलाई विराम दियो ? के अब उसलाई विकासको कुनै आवश्यकता छैन ?

बौद्धिक र भाषा सम्बन्धी विकास

१. भनिन्छ नि मनुुष्यले सुस्तरी सुस्तरी बुद्धिको विकास गर्यो । तब प्रश्न यो रहन्छ कि बाँदर र अन्य प्राणीमा बौद्धिक विकास किन भएन ?

२. मानवको जन्मको समयमा यस धर्तीमा केवल पशुपक्षी नै थिए । तब उसले उनीहरुको व्यवहार किन सिकेन ? मानवीय व्यवहारको विकास कसरी भयो ? करोडौ वनवासीहरुमा अहिले सम्म विशेष बौद्धिक विकास किन हुन सकेन ?

३. गाई , भैँसी , घोडा , ब्राख्रा , ऊँठ , हात्ती करोडौ वर्ष सम्म मनुष्यका पालुवा जनावर रहेर बसे तर पनि उनीहरुले मानवीय व्यवहार सिक्न सकेनन् भने मनुष्यमा यही विकास कसरी भयो ?

४. दीपकले जलिरहेको किरा करोडौ वर्षमा यति बौद्धिक विकास गर्न सक्दैन कि स्वयंंलाई जल्नबाट रोक्द सकोस् र मानव बाँदर भन्दा यति बुद्धिमान भयो कि मंगल ग्रहको यात्रा गरोस् ? के यति जान्ने बुद्धि पनि विकासवादीहरुमा विकास भएन ? पहिला सपेरा साँपलाई वीण बजाएर पक्रन्थ्यो र आज पनि यस्तै गर्छ परन्तु साँपमा यति पनि ज्ञानको विकास भएन कि सपेराको पकडमा नआओस् ?

५. पहिला मनुष्य बल , स्मरण शक्ति एवं शारीरिक प्रतिरोधी क्षमताको दृष्टिले वर्तमानको अपेक्षा बढी समृद्ध थियो । आज यो ह्रास हुँदै छ जबकी विकास हुनु पथ्र्यो ।

६. संस्कृत भाषा जो दुनियाको अधिक समृद्ध भाषा हो , त्यसको व्याकरण वर्तमान विश्वका सबै भाषाहरुको अपेक्षा अधिक समृद्ध र व्यवस्थित छ । तब भाषाको दृष्टिले विकासको स्थानमा ह्रास किन ?

७ . प्राचीन ऋषिहरुका ग्रन्थमा भरिएका विज्ञानका सम्मुख वर्तमान विज्ञान अनेक दृष्टिले पछि छ , जुन म अहिले सिद्ध गर्नेवाला छु , भने यो विज्ञानको ह्रास कसरी भयो ? पहिला केवल अन्तः प्रज्ञाले ऋषिहरु सृष्टिको ज्ञान गरिहाल्थे भने आज यो ज्ञान अनेकौ संसाधनद्वारा पनि हुन सक्दैन । यो उल्टो क्रम कसरी भयो ?

अब विचार गरौँ कि यदि पशु पक्षीमा बौद्धिक विकास भएको भए आज यौटा पनि पशु पक्षी मनुष्यका वशमा आउने थिएनन् । यो कति अज्ञानता हो कि पशुपक्षीहरुमा बौद्धिक विकास हुँदैन परन्तु शारीरिक विकासद्वारा उनीहरु मनुष्य भएको मानिन्छ र मनुष्यमा शारीरिक विकास नभएर केवल भाषा र बौद्धिक विकास हुन्छ । यसका कारण के विकासवादीहरु मलाई बताउँछन् कि ?

आज विकासवादको भाषा बोल्नेवाला तथा पौराणिक बन्धु श्री हनुमान् जीलाई बाँदर मान्नेहरुलाई वाल्मीकि रामायणको गम्भीर ज्ञान छैन । वस्तुतः ऋक्षः, गृध , किन्नर , असुर , देव , नाग आदि मनुष्य जातिका नै विभिन्न वर्ग थिए । ऐतिहासिक ग्रन्थहरुमा प्रक्षेपहरुको पहिचान परिश्रम साध्य एव बुद्धिगम्य कार्य हो ।

तथा त्यहाँ जहाँ कोही प्रबुद्ध जन कुनै वैज्ञानिक पत्रिकामा पेपर प्रकाशित हुनुुलाई प्रमाणिकताको कसौटी मान्दछन् ,उनीहरुमा मेरो संक्षिप्त विनम्र निवेदन छ –

१. बिग ब्याङ्ग थियोरी तथा यसको विरुद्ध अनादि ब्रह्माण्ड थियोरी , दुवै पक्षका पत्र यी पत्रिकाहरुमा छापिन्छ । तब कुन थियोरीलाई सत्य मान्ने ?

२. ब्ल्याक होल र यसको विपरीत ब्लयाक होल नहुनेबारेका सिद्धान्तहरु यी पत्रिकाहरुमा छापिन्छन् । तब कुन थियोरीलाई सत्य मान्ने ?

३. ब्रह्माण्डको प्रसार तथा यसको प्रसार नहुने विषयका थियोरी प्रकाशित छन् । तब कुन थियोरीलाई सत्य मान्ने ? यस्ता अनेकौ उदाहरण छन् । त्यसकारण यो आवश्यक छैन कि कुनै एक वर्ग विशेषबाट मात्रै सत्यताको प्रमाण पाउन सकिन्छ । हाम्रा वैदिक दृष्टिमा उचित तर्क , पवित्र गम्भीर ऊहा एवं योगसाधनाले प्राप्त निष्कर्ष वर्तमान संसाधनद्वारा गरिएका प्रयोग , प्रक्षेपण र गणितभन्दा अधिक प्रामाणिक हुन्छन् । यदि प्रयोग , प्रक्षेपण तथा गणितका साथ सुतर्क , ऊहाको साथ नभएपछि वैज्ञानिकहरुको सम्पूर्ण श्रम नै व्यर्थ जाँदछ । यही कारण हो कि प्रयोग , परीक्षण , प्रेक्षण तथा गणितका आधार मान्नेवाला तथा यी संसाधनमा प्रतिवर्ष खरबौँ खर्च गर्नेवाला विज्ञानका क्षेत्रमा नाना थरी विरोधी थ्योरिजहरुको प्रतिपादन हुन्छ । तथा यहाँ सबैले आफूलाई नै सत्य मान्दछन् । यदि विज्ञान सर्वत्र गणित र प्रयोगहरुको आधार मान्दछ भने के कोही विकासवादमा गणित र प्रयोगहरुको आश्रय लिएर देखाउँछ ?

यसकारण मेरो सम्मान योग्य वैज्ञानिक एवं देश तथा संसारमा प्रबुद्ध जनहरुसँग बिन्ती छ कि प्रत्येक प्राचीन ज्ञानको अन्ध भक्ति र वर्तमान पद्धतिको अन्धानुकरण गरेर आफ्नो बौद्धिक दासत्वको परिचय नदेऔँ । तार्किक दृष्टिको प्र्रयोग गरेर सत्यको ग्रहण र असत्यको त्याग गर्ने प्रयास गरौँ । हो , आफ्नो साम्प्रदायिक रुढिवादी सोँचलाई विज्ञानको समक्ष खडा गर्नु निश्चय नै आपत्तिजनक छ ।

– आचार्य अग्नीव्रत नैष्ठिक , वैदिक वैज्ञानिक

अध्यक्ष , श्री वैदिक स्वस्ति पन्धा न्यास

Wednesday, January 24, 2018

वेदमा प्रजापति



वेदमा प्रजापति

डा. विवेक आर्य


प्रजापति ( प्रजा+पति ) दुई शब्दबाट बनेको छ प्रजा र पति जसको अर्थ हो राज्य र जनताको रक्षक । वैदिक साहित्यका अनुसार प्रजापति शब्दको प्रयोग परमात्मा , राजा , विद्वान् , सूर्य आदिका लागि हुन्छ ।


परमात्माका धेरै नामहरुमा प्रजापति पनि एक नाम हो । परमात्माका असंख्य गुणहरु अनुरुप अनेकौ नामहरु रहेका छन् । प्रत्येक नाम कुनै विशेष गुणमा आधारित छ ।


परमात्मा सर्वशक्तिकमान् हुन् जसले ब्रह्माण्डको रक्षा गर्दछन् । त्यसैले परमात्मालाई प्रजापति भनेर सम्बोधित गरिन्छ । वेदमा धेरै मन्त्रहरु छन् जहाँ परमात्मालाई प्रजापति भनेर सम्बोधन गरिएको छ ।




ऋग्वेदको १०.२१ सूक्तले परमात्मालाई प्रजापति या रक्षकको रुपमा व्याख्या गरेको छ ।


ऋग्वेदको हिरण्यगर्भ सूक्त १०.१२१.१० मा प्रजापतिबारे यस्तो भनिएको छ –


प्रजापते न तवदेतान्यन्यो विश्वा जातानि परि ताबभूव । यत्कामास्ते जुहुमस्तन नो अस्तु वयं सयाम पतयोरयाीणाम् ।।


भावार्थ ः हे प्रजापति ! तपाई नै एक कर्ता हुनुहुन्छ । तपाई नै एक पालन गर्ने हुनुहुन्छ तथा तपाई नै एक संहारकर्ता हुनुहुन्छ । सबै आत्माको मुक्तिहेतु सृष्टिकर्ता तपाई एक हुनुहुन्छ । तपाई नै यस ब्रह्माण्डमा सर्वोच्च र सर्वाधिकृत हुनुहुन्छ ।


यजुर्वेद १३.४ ले यस मन्त्रका देवता प्रजापति भनेको छ । यो मन्त्र परमेश्वरको हिरण्यगर्भ नामसँग सम्बन्धित छ ।


ईश्वरको अतिरिक्त एक न्यायी राजा , इमानदार विद्वानलाई पनि प्रजापति भनिन्छ । यौटा राजाले आफ्नो मुलुकलाई वैरीहरुबाट जोगाउँछ । विद्वान्ले अज्ञानताबाट जोगाउँछ । त्यसैले उनीलाई प्रजापति भनिन्छ ।


निर्जीवहरुमा सूर्यलाई पनि प्रजापति भनिन्छ किनकी सूर्यले अन्धकारबाट जोगाउँछ । सूर्यले आफ्नो प्रकाश भेदभाव बिना सबैलाई दिन्छ त्यसैले यसलाई पनि प्रजापति भनिन्छ ।


अचेल प्रजापतिको नाममा धेरै भ्रमहरुको सिर्जना गरिन्छ विशेष गरेर ईशाईहरुद्वारा जसले गलत व्याख्याको आधारमा यशुलाई प्रजापति सिद्ध गर्न खोज्छन् । तिनीहरु गलत ढंगले वेदले येशुलाई प्रजापति भनेर सम्बोधन गर्ने भ्रम सिर्नना गर्छन् । यो एक ईशाई षड्यन्त्र हो जस–अन्तर्गत हिन्दु शास्त्रहरुमा यशुको नाम जोड्न खोजिदै छ , विशेष गरी वेदमा ।

वेदहरु ऐतिहासिक किताब होइनन् जसले यशुको आगमजको बारेमा भविष्यवाणी गरुन् । वेदहरु सर्वदा नित्य ग्रन्थ हुन् । वेदहरु मतमतान्तर – जात – लिंग आदिको भेदभाव विरुद्ध सबै मानव समुदायका लागि अमुल्य निधि हुन् । त्यसैले वेदहरुलाई ऐतिहासिक पुस्तक , भविष्यवाणीका पुस्तकका रुपमा मान्नु अज्ञानताको चिह्न मात्र हो ।

अन्ततः यस विषयको विस्तृत ज्ञानका लागि स्वामी दयानन्दजीको सत्यार्थ प्रकाशको प्रथम समुल्लासको अध्ययन गरौ ।

यस पुस्तकमा परमात्माका १०० भन्दा बढी नामहरुको विस्तृत र व्याख्यात्मक ढंगले पाठकको लाभार्थ प्रस्तुत गरिएको छ ।

स्वामी दयानन्दजीको सत्यार्थ प्रकाश

https://archive.org/details/SatyarthPrakashInNepaliParimarjitNarayanPaudel

Tuesday, January 23, 2018

के आर्यहरु विदेशी थिए ?





के आर्यहरु विदेशी थिए ? 

कार्तिक अ्ययर 

(तमिलनाडुका अभिनेता कमल हासनले आफ्नो विघटनकारी मानसिकताको प्रदर्शन गर्दै बयान दिएका छन् कि द्रविड संस्कृतिको आधारमा दक्षिण भारतीयहरु एकजुट हुनुपर्छ । वास्तवमा यिनीहरु सम्पूर्ण भारतवर्षलाई फुटाउने षड्यन्त्र अन्तर्गत रहेका छन् । आर्यहरु विदेशी थिए भन्ने अवधारणालाई विभिन्न विद्वान्हरुले अङ्ग्रेजहरुको षड्यन्त्रमूलक कल्पना बताएका छन् । स्वामी दयानन्दले आधुनिक भारतमा सबैभन्दा पहिले यो उद्घोष गर्नुभएको थियो कि आर्यहरु विदेशी थिएनन् र कुनै पनि धर्म शास्त्र वा इतिहासमा यस्तो लेखिएको छैन । आधुनिक चिन्तकहरुमा डा. अम्बेडकरले पनि यस तथ्यलाई नकार्नुहुन्छ । विद्वान् लेखक कार्तिक अ्ययरको यो शोधमूलक लेख आर्यहरुलाई विदेशी भन्नेहरुको भ्रम हटाउने छ – डा. विवेक आर्य ) 


मूलनिवासीहरु आर्यहरुलाई विदेशी भन्नको लागि तल्लीन देखिन्छन् । तर वास्तवमा उनीहरुले कहिल्यै डा. अम्बेडकरलाई पढेका पनि हुँदैनन् । डा. अम्बेडकरले यो मान्नुहुन्थ्यो कि आर्यहरु कोही विदेशी होइनन् बरु आर्य भारतका मूलनिवासी नै हुन् । 

हेर्नुहोस् , पहिलो प्रमाण अंबेडकर संपूर्ण वाङ्मय खण्ड ७ पेज नं ३२१ –

 ‘‘ यो सोच्नु गल्ती हो कि आर्य आतङ्ककारीहरुले शूद्रहरुमाथि विजय प्राप्त गरेका थिए । पहिलो कुरा त यो कि यसको कुनै प्रमाण पाइँदैन कि आर्यहरु भारतखण्ड बाहिरबाट आए र यहाँका मूलनिवासीमाथि आक्रमण गरे । आर्यहरु यस आर्य भारतखण्डका हुन् भन्ने कुराको पुष्टिका लागि धेरै प्रमाण पनि छन् । ’’

 फेरि पछि पेज नं ३२२ मा लेख्नुहुन्छ कि –

 ‘‘ शुद्रलाई आर्य स्वीकार गरिएको छ र कौटिल्यको अर्थशास्त्रमा पनि उनीहरुलाई आर्य स्वीकार गरिएको छ । शुद्र आर्यहरुका अभिन्न , जन्मजात र सम्मानित सदस्य थिए । ’’ 

अर्को प्रमाण ‘‘ शूद्र को थिए ’’ पेज नं ५२ पुस्तकबाट –

 ‘‘ जहाँसम्म आर्य जाति बाहिरबाट आएको र यहाँका मूलनिवासीलाई जितेको प्रसंग छ , ऋग्वेदमा यस्तो कुनै प्रसंग छैन जसले यस कुराको पुष्टि गर्दछ । वैदिक साहित्य यस मतका विपरीत छन् कि आर्य विदेशी थिए । ’’ ‘‘ ऋग्वेदमा आर्य तथा दास र दस्युहरुको युद्धको विषयमा कुनै विशेष कथा पाइँदैन । 

’’ एक अन्तिम प्रमाण शुद्रहरुको खोज भन्ने पुस्तकबाट दिन्छौँ – 

१. शूद्र आर्यजातिका सूर्यवंशी थिए । 
२. भारतीय आर्यहरुमा शूद्रहरु क्षत्रिय वर्णका थिए । 
३. शूद्रहरु क्षत्रिय वर्णका थिए । ................इत्यादि ।

 परिणाम ः अम्बेडकरका अनुसार –

 १. आर्य विदेशी थिएनन् न त उनीहरुले यहाँका मूलनिवासीहरुलाई आक्रमण गरेका थिए ।
 २. आर्यहरु भारतखण्डमा मूलनिवासी थिए ।
 ३. शूद्रहरु पनि आर्य जातिका अभिन्न अंग थिए । उनीहरु क्षत्रिय वर्णका थिए । 

पाठकगण ! हामीले डा. अम्बेडकर साहबका पुस्तकहरुबाट यो सिद्ध गर्यौ कि उहाँले न त आर्यहरुलाई न त विदेशी मान्नुहुन्थ्यो न त आतंककारी नै । डा. अम्बेडकरलाई आफ्नो आदर्श मान्नेहरु उहाँको यस मान्यतालाई जानेर पनि मान्दैनन् । किनभने यसबाट उनीहरुको षड्यन्त्र सफल हुँदैन । यिनीहरु आफ्ना आदर्र्शहरुका पुस्तकहरुको अध्ययन नगरेर नै उनीहरुको विपरीत झुठो कल्पना गर्दछन् । 

आर्यहरुलाई विदेशी भन्नु डा. अम्बेडकरको मान्यताको घाँटी थिच्नु नै हो । त्यसैले मूलनिवासीहरुको यो कुनै अधिकार छैन कि आर्यहरुलाई विदेशी भन्ने ।

 सन्दर्भ ग्रन्थ एवं पुस्तकहरु –'
 १. अम्बेडबर सम्पूर्ण वाङ्मय खण्ड ७ 
२. शुद्र को थिए ? 
३. शूद्रहरुको खोज – 
सबैका लेखक डा. बाबा साहब भीमराव अम्बेडकर हुन् ।

Monday, January 22, 2018

मनुष्य बाँदर होइन युवा रुपमा सबैभन्दा पहिले उत्पन्न भएको थियो



मनुष्य बाँदर होइन युवा रुपमा सबैभन्दा पहिले उत्पन्न भएको थियो

डा. विवेक आर्य

औरंगावादको वैदिक सम्मेलनमा बोल्दै केन्द्रिय राज्य मन्त्री डा. सत्यपाल सिंहले भन्नु भएको थियो कि मनुष्य बाँदर रुपमा होइन युवमा नै जन्मिएको थियो । हाम्रा पाठ्यक्रममा पढाइदै गरेको भ्रान्तिलाई हटाउन नितान्त जरुरी छ । केन्द्रिय मन्त्रीजीको बयानले केही विशेष समुदायमा त खलबली नै मच्चियो । यस समुदायका अनुसार जे पनि विदेशीहरुले सोच्छने त्यही नै सत्य हो । जे पनि भारतीय मनीषिहरुको चिन्तन छ ,त्यो सबै गलत हो । यस विषयमा अनेक लेखहरुका माध्यमले यस भ्रान्तिको निवारण गरिनेछ । यो प्रथम लेख वेदादि शास्त्रहरुको प्रमाणमा आधारित रहेको छ जसका अनुसार मनुष्य बाँदर होइन युवा रुपमा नै जन्मिएको थियो ।
पश्चिमी सभ्यतामा डार्विनको विकासवादको सिद्धान्त प्रचलित रहेको छ । यसका अनुसार मनुष्य पहिले बाँदरको रुपमा जन्मिएको थियो । पछि विकाश क्रममा मनुष्य बन्यो । वैैदिक विचारधाराले विकासवादलाई मान्दैन । यसका अनुसार मनुष्य सृष्टिको उत्पत्तिकालमा नै युवा अवस्थामा नै जन्मिएको थियो । यदि बालकको रुपमा जन्मिएको भए आफ्नो लालन–पालन गर्नमा असक्षम हुने थियो । यदि वृद्ध रुपमा जन्मिएको भए सन्तान उत्पत्तिमा असक्षम हुुने थियो । त्यसैले परमेश्वरले अनेक मनुष्यलाई युवा रुपमा नै जन्माउनु भयो । उनीहरुको सम्बन्धबाट नै मनुष्यहरुको पछिल्लो पुस्ताको जन्म भयो । आदिम सृष्टि अमैथुनिक सृष्टि थियो , पछिल्लो सृष्टि मैथुनिक सृष्टि कहलियो ।

वेदहरुमा सृष्टि उत्पत्तिको समयमा मनुष्यहरु अमैथुनिक सृष्टिद्वारा युवा अवस्थामा हुनुका धेरै वैदिक प्रमाणहरु रहेका छन् ।
ते अज्येष्ठा अकनिष्ठास उदभिदोऽमध्यमासो महसा वि वावृधुः ।
सृजातासो जनुषा पृश्निमातरो दिवो मर्या आ नो अच्छा जिगातन ।। – ( ऋ. ५.५९.६ )

भावार्थ ः सष्टिको आदिमा उत्पन्न हुने मनुष्यहरु वनस्पति आदिहरुझैैँ उत्पन्न भए । उनीहरुमा कोही जेठो कान्छो या मझौलो थिएन – अवस्थामा सबै समान थिए । उनीहरु तीव्रगतिमा बढे । उत्कृष्टजन्मा ती मनुष्यहरु जन्मदेखि नै प्रकृति माताका प्रकाशमय परमात्माका पुत्र हामी मनुष्यहरुका अपेक्षामा अत्यन्त उत्कृष्ट थिए ।
अज्येष्ठासो अकनिष्ठास एते सं भ्रातरो वावृधुः सौभगाय ।

युवा पिता स्वपा रुदर एषां सुदुघा पृश्निः सुदिना मरुद्भयः ।। – ( ऋ. ५.६०.५ )

भावार्थ ः सर्गारम्भमा उत्पन्न भएका मनुष्य ठुलो र सानोको भेदले रहित हुन्छन् । यी भाइहरु कल्याणका लागि एकै साथ बढ्दछन् । सदैव जवान , सधै श्रेष्ठकर्मा , पापीहरुलाई रुवाउने शक्तिशाली परमात्मा यिनका पिता हुन् र परिश्रमी मनुष्यहरुका लागि सुुदिन ल्याउनेवाली प्रकृति अथवा पृथ्वी यिनीहरुका लागि सम्पूर्ण मनोरथ पुर्ण गर्नेवाली हुन्छिन् ।

यी मन्त्रहरुमा जवान मनुष्यहरुको उत्पत्तिको अत्यन्त स्पष्ट वर्णन छ । अब त पाश्चात्य विद्वानहरु प्नि यस कुरालाई स्वीकार गर्छन् । बोस्टन नगरका स्मीथ सोनयिम इन्स्टिच्युशनका अध्यक्ष डा. क्लार्कको कथन छ कि –
मनुष्य उत्पन्न हुनासाथ हिड्न , सोच्न तथा आत्मरक्षा गर्न समर्थ थियो ।

सर्गारम्भमा एक दुई मनुष्य मात्र उत्पन्न भएनन् , अनेक स्त्री–पुरुषहरु उत्पन्न भएका थिए । यजुर्वेदीय पुरुषोपनिषद्मा भनिएको छ कि –
तेन देवा अयजन्त साध्या ऋषयश्च ये ।। – (यजु. ३१.९)

अर्थ ः ती परमेश्वर एवं ऋषिहरुलाई उत्पन्न गरे ।
यहाँ ‘ साध्याः’ र ‘ ऋषयः’ दुवै बहुवचनमा छन् , अतः ईश्वरले सयौँ –हजारौ मनुष्यहरुलाई उत्पन्न गरे । मुण्डकोपनिषत्मा पनि यस कुराको समर्थन गरिएको छ –
तस्माच्च देवा बहुधा सम्प्रसूताः साध्या मनुष्याः पश्वोवयांसि ।। – ( मुण्डकोपनिषत् २.१.७ )

अर्थ ः ती पुरुष ( परमात्मा ) बाट अनेक प्रकारका देव= ज्ञानशील , साधनशील मनुष्य , पशु र पंक्षी उत्पन्न भए ।
ऋषि दयानन्दजीद्वारा जीवनका दुई अवसरहरुमा चाल्र्स डार्विन र उनको विकासवादमा गरिएका दुई तात्कालीन टिप्पणीहरु पनि प्रस्तुत छन् । रूडकीमा १८७८ मा दिइएको एक भाषणमा उहाँले भन्नुभएको थियो कि ‘जुन समय बाँदरबाट नरको उत्पत्ति भएको थियो त्यसबेला कुनै बन्धन लगाइएको थिएन कि पछि पनि बाँदरहरु त्यसै प्रकारले त्यसै क्रमले नरको उत्पत्ति गर्ने छैन , भने के कारण थियो कि त्यस काल पछि अहिले सम्म यौटा नर पनि बाँदरबाट उत्पन्न भएन –जबकी ती सबै नर पशु र नारी पशु , जसको संयोगले नर भएका थिए पृथ्वीमा उपस्थित रहिरहे । ’

बरेलीमा दिनांक २५.८.१८७९ मा अर्को टिप्पणी गर्दै ऋषि दयानन्दले पादरी टी. जे . स्काटकलाई शास्त्रार्थमा भन्नुभएको थियो कि ‘‘ जसलाई तपाई सुशिक्षित भन्नुहुन्छ , ती जातिबाट कोही मनुष्य अर्थात् दार्शनिक या विचारक ( चाल्र्स डार्विन ) बाँदरबाट मनुष्य ( उत्पन्न ) हुने कुरालाई मान्दछ , यो सर्वथा मिथ्या हो । ’’

वेदहरुका प्रमाणहरुबाट यो सिद्ध हुन्छ कि मनुष्य बाँदर होइन अपितु युवा रुपमा सबैभन्दा पहिले उत्पन्न भएको थियो ।

ईशाई पादरीहरुको चलाखीपन





ईशाई पादरीहरुको चलाखीपन

– डा. मुमुक्षु आर्य

मित्रहरु ! यौटा पुरानो घटना हो , केही पादरीहरुले अमृतसरको गोलबागमा भिन्न भिन्न असाध्य रोगहरु ठिक गर्नको लागि यौटा साप्ताहिक कार्यक्रमको आयोजना गरे । दैव संयोगवश म पनि त्यहाँ जानपुगे । त्यहाँ हजारौको भीड थियो , लगभग दस फिट अग्लो मञ्च थियो , एक पादरी अंग्रेजीमा बाइबलका प्रार्थना पढ्दै थिए र अर्का हिन्दीमा त्यसको अनुवाद सुनाउँदै थिए । एकछिन पछि मञ्चबाट सोधियो कि ज–जसका रोगहरु निको भए उनीहरु मञ्चमा आएर बताउन् । एक एक गरेर मान्छेहरु आउन थाले र भयङ्करभन्दा भयङ्कर रोगहरु निको भएको गवाही दिन थाले । यो सब देखेर मलाई सहन भएन र मञ्चको नजीक गएर निवेदन गरेर आजको प्रार्थनाले मेरो एक पुरानो रोग निको भएको छ र त्यसैले यसबारे गवाही दिन चाहन्छु । धेरै मुस्किलसित मलाई अनुमति प्राप्त भयो र मेरो बयान केही यस प्रकारको थियो –

‘ मित्रहरु ! तपाईहरुलाई मूर्ख बनाइँदै छ , रोगहरु निको भएको दावा गर्नेवालाहरुलाई पैसा बाँडिएको छ र यो सप्ताहभरको कार्यक्रम वास्तवमा सबैलाई प्रभावित गराएर ईशाई बनाउनको लागि हो .....’ आदि आदि धेरै कुरा गरे तर माइक फिर्ता गरेन जबसम्म मैले ईशाईहरुको पूर्ण रुपमा पोल खोलेन । सभामा होहल्ला हुन थाल्यो तर म ईशकृपावश घर सुरक्षित फर्किए । भोलि पल्ट बजरंग दलका तथा विश्व हिन्दु परिषद्का केही नेताहरुले मलाई बधाई दिँदै बताए कि ईशाई पादरीहरुको एक सप्ताहको प्रार्थना सभाको नाममा ईशाई बनाउने कार्यक्रम रद्द भएको छ , तथा विगत केही वर्षहरुदेखि यस किसिमका कार्यक्रमहरु स्थान स्थानहरुमा आयोजित भइरहेका थिए । .................................................


एकातिर मात्र बाह्र वर्षकोे हकिकत राय थियो जसले आफ्नो घाँटी कटायो तर आफ्नो धर्म छोडेन र अर्कातिर आजका हजारौ हिन्दूहरु छन् जो मात्र केही धनको लोभमा आएर ईशाई मुसलमान हुँदै छन् । वास्तवमा जबसम्म हिन्दूहरु पुराणहरुका गलेसडेका मान्यताहरुको परित्याग गरेर आफ्ना पूर्ववज भगवान् राम तथा कृष्णझैँ यज्ञ , योग तथा वेदहरुको पूर्ण अनुशीलन गर्दैनन् तबसम्म यो पतन र पलायन हुँदै गर्नेछ । यदि हिन्दू धर्मलाई शुद्ध , पवित्र र सुदृढ बनाउने हो भने महर्षि दयानन्द कृत सत्यार्थ प्रकाशलाई पढ्नु तथा पढाउनु पर्र्नेछ ।

ईशाईहरुका प्रार्थनाहरु प्रायः बेकार र भ्रामक हुने गर्छन् । वेदमा आधारित केही प्रार्थनाहरु हेरौँ –


हे ईश्वर ! म सदैव तपाईको ध्यान गरूँ , तपाईको ध्यानले जुन विवेकरूपी धन पाइन्छ , त्यो हाम्रो रक्षा गर्नेवाला हुन्छ , निश्चित नै यसले दुष्ट शत्रुहरुलाई ( काम , क्रोध , लोभ , मोह आदि ) निर्बल बनाएर नष्ट गरिदिन्छ ।

 हे प्रकाशरूप परमेश्वर ! म तपाईलाई नमस्कार गर्दैछु , मेरो यो जीवनलाई सद्गुणहरुले भरिदिनुहोस् , म ओजस्वी बन्नको लागि तपाईको स्तुति गर्दछु । तपाई आफ्नो स्वाभाविक ज्ञान , बल र क्रियाद्वारा हाम्रा शत्रु रूप काम , क्रोध आदिलाई नष्ट गरिदिनुहोस् । ........................... मनुष्य यस वीर्य उर्जाालाई कामाग्निमा खर्च गरोस् , या त्यसभन्दा माथि उठेर जठराग्निमा खर्च गरोस् , चाहे त्यो भन्दा माथि उठेर योगाग्निमा खर्च गरोस् ।

हे ईश्वर ! मलाई सहयोेग गर्नुहोस् कि म आफ्नो उर्जालाई ऊध्र्वगामी बनाउन सकूँ ।

हे वेदका ऋचालाई प्रकट गर्ने प्रभु ! यी सूर्य , चन्द्रमा र ताराहरु तपाईका राज्यका पताका हुन् , संसारका समस्त राम्रा र नराम्रा आचरणको ज्ञानहेतु हाम्रो मनमा पनि वेदका ऋचाहरुको प्रकाश गर्नुहोस् । ..............................................................