रामायणकालीन वैदिक संस्कृति
सन्ध्या र अग्निहोत्र:
वाल्मीकि रामायणबाट विदित हुन्छ कि त्यसकालमा पनि आर्यहरुको उपासना सन्ध्याको रुपमा हुन्थ्यो। जप, प्राणायाम तथा अग्निहोत्रको पनि विपुल उल्लेख भेटिन्छ।
(१) ईशस्तुति, सन्ध्या, गायत्री जप, अग्निहोत्र र प्राणायमका केही प्रसंग द्रष्टव्य छन्–
कौशल्या–सुप्रजा–राम पूर्वा सन्ध्या प्रवर्तते।
उत्तिष्ठ नरशार्दूल! कर्तव्यं दैवमाह्रिकम्।। –(बालखण्ड ३३/२)
भावार्थ– महर्षि विश्वामित्रले भने कि– हे कौशल्या नन्दन राम, प्रातः कालीन सन्ध्याको समय हुँदै छ। हे नरशार्दूल, उठ र नैत्यिक कर्तव्य–सन्ध्या र देवयज्ञ गर।
तस्यर्षेः परमोदारं वचः श्रुत्वा नरोत्तमौ।
स्नात्वा कृतोदकौ वीरौ जपेतुः परमं जपम्।। –(बालकाण्ड २३/३)
भावार्थ– ऋषि विश्वामित्रको यस उदार वचनहरुलाई सुनेर दुवै भाइ (राम र लक्ष्मण) उठ, स्नान आदिले निवृत्त भएर परम जप (गायत्रीको जाप) गरे।
कुमारावपि तां रात्रिमुषित्वा सुसमाहितौ।
प्रभातकाले चोत्थाय पूर्वां सन्ध्यामुुपास्य च।।३१।।
प्रशुची परमं जाप्यं समाप्य नियमेन च।
हुताग्निहोत्रमासीनं विश्वामित्रमवन्दताम्।।३२।। –(बालकाण्ड २९ औँ सर्ग)
भावार्थ– राम, लक्ष्मण दुवै राजकुमार सावधानीका साथ रात्रि व्यतीत गरेर प्रातः काल उठेर सन्ध्योपासना गरे। अत्यन्त पवित्र भएर परम जप गायत्रीको नियमपूर्वक उनीहरुले जप गरे र त्यस पछि अग्निहोत्र गरेर बसेका गुरु विश्वामित्रलाई अभिवादन गरे।
आश्वासितो लक्ष्मणेन रामः सन्ध्यामुपासत। –(युद्धकाण्ड ५/२३)
भावार्थ– सीताको शोकले दुःखी रामले लक्ष्मणद्वारा धैयमा आश्वासित हुँदा सन्ध्योपासना गरे।
सीतालाई खोज्दै हनुमान अशोकवाटिकामा एक पवित्र सुन्दर नदी देखेर सोच्दछन्–
सन्ध्याकालमनाः श्यामा ध्रुवमेष्यति जानकी।
नदीं चेमां शुभजलां सन्ध्यार्थे वरवर्णिनी।। –(सुन्दरकाण्ड १४/४९)
भावार्थ– यदि सीता भएकी भए प्रातःकालीन सन्ध्याको लागि यस सुन्दर जलको नदीको तटमा, सन्ध्याको योग्य यस स्थलमा अवश्य आउनेछिन्।
तस्मिन् कालेपि कौशल्या तस्थावामीलितेक्षणा।
प्राणायामेन पुरुषं ध्यायमाना जनार्दनम्।। –(अयोध्याकाण्ड ४/३२–३३)
भावार्थ– श्रीराम जब कौशल्याजीको भवनमा गए त्यस समयमा कौशल्या नेत्र बन्द गरेर ध्यानमा बसेकी थिइन् र प्राणायमद्वारा परमपुरुष परमात्माको ध्यान गरिरहेकी थिइन्।
सा क्षौमवसना ह्रष्टा व्रतपरायणा।
अग्निं जुहोति स्म तदा मन्त्रवत्कृतमंगला।। (अयोध्या काण्ड २०/१५)
भावार्थ– रेशमी वस्त्र पहिरेर राममाता कौशल्या प्रसन्नताका साथ निरन्तर व्रतपरायण भएर मंगल कृत्य पूर्ण गरे पश्चात् मन्त्रोच्चारणपूर्वक त्यस समय अग्निमा आहुति दिंदै थिइन्।
गते पुरोहिते रामः स्नातो नियतमानसः।
सह पत्न्या विशालाक्ष्या नारायणमुपागतम्।। –(अयोध्याकाण्ड ६/१)
भावार्थ– पुरोहित गएपछि श्रीरामले स्नान गरेर नियत मनले विशाललोचना पत्नी सीता सहित परमात्माको उपासना गर्नुभयो।
(२) वेद वेदाङ्गको अध्ययनः
रक्षिता स्वस्य धर्मस्य स्वजनस्य च रक्षिता।
वेदवेदांगतत्वज्ञो धनुर्वेदे च निष्ठितः।। (बालकाण्ड १/१४)
भावार्थ– राम स्वधर्म तथा स्वजनहरुको पालक वेद–वेदांगहरुका तत्ववेत्ता धनुर्वेदमा प्रवीण थिए।
सर्वविद्याव्रतस्नातको यथावत् सांगवेदवित् ।।– (अयोध्यायकाण्ड १/२०)
भावार्थ– श्रीराम सर्वविद्याव्रतस्नातक तथा छ अंगसहित सम्पूर्ण वेदहरुका यथार्थ ज्ञाता थिए।
अस्मिन् च चलते धर्मो यो धर्म नातिवर्तते।
यो ब्राह्मस्रं वेदांश्च वेदविदां वरः।। –(युद्धकाण्ड २८/१९)
भावार्थ– धर्म श्रीरामसँग कहिल्यै अलग हुन्न। श्रीराम धर्मको उल्लंघन कहिल्यै गर्दैनन्। उनी ब्रह्मास्र र वेद दुवैका ज्ञाता थिए तथा वेदवेत्ताहरुमा श्रेष्ठ थिए।
(३) रावण पनि वेदविद्याव्रत स्नातक थिए:
वेदविद्याव्रततस्नातः स्वकर्मनिरतस्तथा।
श्रियः कस्माद् वधं वीर, मन्यसे राक्षसेश्वर।। –(युद्धकाण्ड ९२/६४)
भावार्थ– सुपाश्र्व नामक बुद्धिमान् रावणका मन्त्रीले रावणलाई भने– हे रावण, तिमी वेदविद्याव्रतस्नातक तथा स्वकर्मपरायण भएर स्त्रीवध (सीतावध) किन गर्न चाहन्छौ?
यस प्रकार रावण वेदविद्यावित् हुँदा हुँदै पनि किन पापी मानिन्छन्? यसको उत्तर हनुमान कथनबाट प्राप्त हुन्छ–
अह रुपमहो धैर्यमहो सत्वमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।१७।।
यद्यधर्मो न बलवान् स्यादयं राक्षसेश्वरः।
स्यादयं सुरलोकस्य सशक्रस्यापि रक्षिता।।१८।। –(सुन्दरकाण्ड ४९ औ सर्ग)
भावार्थ– रावणलाई देखेर हनुमान मुग्ध हुन्छन्। उनी भन्छन्– अहो रावणको रुप सौन्दर्य, अहो धैर्य, कति अनुपम शक्ति, र कति आकर्षक तेज। राक्षसराज रावणको राजोचित सर्वलक्षणहरुले सम्पन्न हुनु कति आश्चर्यको कुरा हो। यदि उसमा अधर्म प्रबल नभएको भए ऊ इन्द्र सहित देवलोकको पनि स्वामी बन्नेथियो।
अतः वेदवेत्ता हुँदै हुँदै पनि आफ्नो आचारहीनताले रावण अधर्मी र पापी मानियो।
भनिएको पनि छ–
आचारहीनं न पुनन्ति वेदाः। –(मनुस्मृति ६/३)
आचारले हीन दुराचारी व्यक्तिलाई वेदले पनि पवित्र गर्न सक्दैनन्।
।। शमित्याेम् ।।
No comments:
Post a Comment