वेदका शिव
लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य
हिन्दु समाजमा मान्यता छ कि वेदमा पनि उनै शिवको बर्णन छ जसको नाममा अनेक पौराणिक कथाहरुको श्रृजन भएको हो। उनै शिवको पूजा उपसना वैदिक काल देखी आज सम्म चलि आएको छ। किन्तु वेदका मर्मज्ञहरु यो बिचार सँग सहमत छैनन्। उनिहरुको अनुसार वेद तथा उपनिषदहरुका शिव निराकार ब्रम्ह हुन्।
पूराणहरुमा बर्णित शिब जि परम योगी अनि ईश्वरका भक्त थिए।उनि एक निराकार ईश्वर “ओ३म् “ को उपसना गर्दथे। कैलासपती शिव वीतरागी महान राजा थिए। उनको राजधानी कैलास थियो अनि तिब्बतको पठार र हिमालयका उनि शासक थिए। हरिद्वार देखी उनको सिमा आरम्भ थियो। उनि राजा भएर पनि अत्यन्त वैरागी थिए। उनकि पत्निको नाम पार्वती थिईन जो पर्वतराज राजा हिमालय कि छोरी थिईन। पार्वतीले पनि उत्तराखण्डको गौरीकुण्डमा बसेर तपस्या गरेकी थिईन्। उनका दुई पुत्र गणेश र कार्तिकेय थिए। उनको राज्यमा हर कोही सुखि थिए। उनको राज्य यति धेरै लोकप्रिय भयो कि उनलाई कालान्तरमा ईश्वरकै नाम शिव सँग उनको तुलना गर्न थालियो।
वेद का शिव—
हामिहरु प्रतिदिन सन्ध्या उपसना मा नम: शम्भवाय च, मयो भवाय च नम: शंकराय च मयस्कराय च नम: शिवाय च शिवतराय च (यजु० १६/४१) को द्वारा परम पिताको स्मरण गर्दछौं।
अर्थ- जो मनुष्य सुखको प्राप्त गर्नलाई पर्मेश्वर अनि सुख प्राप्तिको लागि बिद्वानको पनि सत्कार कल्याण गर्न र सबै प्राणिहरुको सुख पुर्याउने वाला को पनि सत्कार मंगलकारी अनि अत्यन्त मंगल स्वरुप पूरुषको पनि सत्कार गर्दछौं उनिहरुले पनि कल्याण प्राप्त गरेका हुन्छन्।
यो मन्त्रमा शंभव, मयोभव, शंकर, मयस्कर, शिव, शिवतर जस्ता शब्दहरु आएका छन् ति प्रमात्मकै बिशेषण को रुपमा प्रयुक्त भएका हुन्।
वेदमा ईश्वरको उनको गुण अनि कर्मको अनुसार नैं बर्णन गरिएको छ--
त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्। -यजु० ३/६०
अर्थ- विविध ज्ञान भण्डार, बिध्यात्रयीको आगार, सुरक्षित आत्मबलको बर्धक परमात्मको पुजा गर्नु। जसरी खरबुजा पाक्यो भनें लहराबाट स्वत: अलग हुन्छ ठिक त्यसै गरी हामिहरु पनि मृत्युको बंधन देखी मुक्त भै जाउँ, मोक्ष देखी न छुटौ।
या ते रुद्र शिवा तनूरघोराऽपापकाशिनी।
तया नस्तन्वा शन्तमया गिरिशन्ताभि चाकशीहि।। -यजु० १६/२
हे मेघ वा सत्य उपदेश द्वारा सुख पुर्याउने वाला दुष्टको भय अनि श्रेष्ठको लागी सुखकारी शिक्षक विद्वान! जो तिम्रो घोर उपद्रव रहित सत्य धर्मको प्रकाशित गर्ने वाले कल्याणकारी देह वा बिस्तृत उपदेश रुप नीति छ त्यो अत्यन्त सुख प्राप्त गर्ने वाला देह वा विस्तृत उपदेशको नीति द्वारा हामीहरुको तिमीले सबै तिर बाट शिघ्र शिक्षित गराई देउ।
अध्यवोचदधिवक्ता प्रथमो दैव्यो भिषक्।
अहीँश्च सर्वाञ्जम्भयन्त्सर्वाश्च यातुधान्योऽधराची: परा सुव।। -यजु० १६/५
हे रुद्र रोगनाशक बैध्य! जो मुख्य बिद्वानहरुमा प्रसिद्द सबै भन्दा उत्तम कक्षाका बैध्यकशास्त्रको पढाउने तथा निदान आदि जानेर रोगहरुको नै निवृत्त गर्ने वाला तिमी सब सर्पको तुल्य प्राणान्त गर्ने वाला रोगहरुलाई निष्चय नै औषधीहरु द्वारा निमिट्यान्न गराउदै धेरै भन्दा धेरै उपदेश गर्नुहोस् जो तपाई जुन सब निच गती मा पुर्याउने वाली रोगकारीणी औषधी वा व्यभिचारिणी स्त्रिहरु छन्, उनिहरुलाई पर गरि दिनुहोस्।
या ते रुद्र शिवा तनू: शिवा विश्वाहा भेषजी।
शिवा रुतस्य भेषजी तया नो मृड जीवसे।। -यजु० १६/४१
हे राजाका वैध्य तपाई जुन तपाईको कल्याण गर्ने वाला देह या विस्तारयुक्त नीति देख्नमा प्रिय औषधीहरुको तुल्य रोगनाशक अनि रोगीको सुखदायी पीडा हरने वाला छ उस द्वारा जिउनको लागी सबै दिन हामिलाई सुख दायक गरिदेउ।
उपनिषदहरुमा पनि शिवको महिमा निम्न प्रकारले भरिपूर्ण छ-
स ब्रह्मा स विष्णु: स रुद्रस्स: शिवस्सोऽक्षरस्स: परम: स्वराट्।
स इन्द्रस्स: कालाग्निस्स चन्द्रमा:।। -कैवल्यो० १/८
उ नैं जगतको निर्माता, पालनकर्ता, दण्ड दिने वाला, कल्याण गर्ने वाला , विनाशको प्रप्त नहुने वाला, सर्वोपरी, शासक, ऐश्वर्यवान, कालको पनि काल, शान्ति एवं प्रकाश दिने वाला हुन्।
प्रपंचोपशमं शान्तं शिवमद्वैतम् चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेय:।।७।।- मान्डुक्य०
प्रपंच जाग्तादी अवस्थामा जहाँ शान्त हुन्छ, शान्त आनन्दमय अतुलनिय चौथो तुरियपाद मानिन्छ त्यो आत्मा हो र जान्नको लागी योग्य छ।
यहाँ शिवको अर्थ शान्त र आनन्दमय को रुपमा देख्न सकिन्छ।
सूक्ष्मातिसूक्ष्मं कलिलस्य मध्ये विश्वस्य सृष्टारमनेकरुपम्।
विश्वस्यैकं परिवेष्टितारं ज्ञात्वा शिवं शान्तिमत्यन्तमेति।। -श्वेता० ४/१४
परमात्म अत्यन्तै सूक्ष्म छ, हृदयको बिचमा बिराजमान छ, अखिल विश्वको रचना अनेक रुपमा गर्दछ। ऊ एक्लै अनन्त विश्वमा सबै तिर ब्याप्त छ। उहि कल्याणकारी प्रमेश्वरको जान्न सके स्थाई रुपमै मानवलाई परम शान्ति प्रप्त हुन्छ।
नचेशिता नैव च तस्य लिङ्गम्।। -श्वेता० ६/९
उस शिवको कोही नियन्ता नै छ न त उसको कोही लिङ्ग वा निशान नैं छ।
योग दर्शनमा परमात्मको प्रतीति
यस प्रकारले गरिएको छ-
क्लेशकर्मविपाकाशयैरपरामृष्ट: पुरुषविशेष ईश्वर:।। १/१/२४
जो अबिद्यादि क्लेश, कुशल, अकुशल, ईष्ट, अनिष्ट अनि मिश्र फलदायक कर्मको वासानले रहित छ, उहि सब जिवहरु भन्दा विशेष ईश्वर कहलिन्छ।
स एष पूर्वेषामपि गुरु: कालेनानवच्छेदात्।। १/१/२६
उहि ईश्वर प्राचीन गुरुको पनि गुरु हो। उसमा भूत भविष्यत् अनि वर्तमान कालको केही पनि संबन्ध छैन किनकी ऊ अजर, अमर नित्य छ।
महर्षि दयानन्द सरस्वती जी ले पनि आफ्नो पुस्तक सत्यार्थप्रकाशमा निराकार शिवादि नामहरुको ब्याख्या यस प्रकारले गर्नु भएको छ-
(रुदिर् अश्रुविमोचने) यो धातुमा णिच् प्रत्यय लाग्दा रुद्र शब्द सिद्द हुन्छ। "यो रोदयत्यन्यायकारिणो जनान् स रुद्र:" जो दुष्ट कर्म गर्नेहरुको रुवाउँछ, यसैले प्रमेश्वरको नाम “रुद्र” हो।
यन्मनसा ध्यायति तद्वाचा वदति, याद्वाचा वदति तत् कर्मणा करोति यत् कर्मणा करोति तदभिसम्पद्धते।।
यो यजुर्वेदको ब्राम्हणको वचन हो।
जीव जसको मन ले ध्यान गर्दै उसको वाणीले बोल्दै, जसको वाणीले जे बोल्छ उस्तै कर्म द्वारा गर्छ, जसको कर्म द्वारा गर्छ उसैलाई प्राप्त गर्छ। यस बाट के सिद्द भयो भनें जीव जस्तो कर्म गर्छ उस्तै फल पाउँछ। जब दुष्ट कर्म गर्नेवाला जीव ईश्वरको न्यायरुपी ब्यबस्था अनुसार दु:खरुप फल पाएर, तब रुन्छन् र यसरी नैं ईश्वरले उसलाई रुवाउँछन्, यस कारण पर्मेश्वरको नाम “रुद्र” हो।
(डुकृञ् करणे) “शम्” पूर्वक यो धातु बाट “शंकर” शब्द सिद्द भएको छ। 'य: शङ्कल्याणं सुखं करोति स शंङ्कर:' जो कल्याण अर्थात् सुख गराउने वाला हो, यसैले उस ईश्वरको नाम ‘शङ्कर’ हो।
‘महत्’ शब्द पूर्वक ‘देव‘ शब्द बाट ’महादेव’ शब्द सिद्द हुन्छ। ‘यो महतां देव: स महादेव’ जो महान देवहरुका पनि देव अर्थात् विद्वानका पनि विद्वान, सूर्यादि पदार्थहरुका प्रकाशक हुन्, त्यसैले उस परमात्माको नाम ‘महादेव‘ हो।
(शिवु कल्याणे) यो धातु बाट ‘शिव’ शब्द सिद्द हुन्छ।
‘बहुलमेतन्निदर्शनम्।’ यस द्वारा शिवु धातु मानिन्छ, जो कल्याण स्वरुप अनि कल्याण गर्ने वाला हो, यसैले उस परमेश्वरको नाम ‘शिव’ हो।
निष्कर्ष- उपरोक्त लेख द्वारा योगी शिव र निराकार शिवमा अन्तर बताईएको छ। ईश्वरको अनगिनित गुण भएको कारण अनगिनित नाम छन्। शिव पनि यसै प्रकारले ईश्वरको नैं एक नाम हो। त्यसैले आउनुहोस् उनै निराकार शिव को स्तुति, प्रार्थाना एवं उपसना गरौं।
No comments:
Post a Comment