महर्षि दयानन्द सरस्वती जी द्वारा शुद्रहरु प्रति महान उपकार
लेखक- डा० शिवपूजन सिंह कुशवाहा
प्रस्तोता- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य
महर्षि दयानन्द सरस्वती जी को प्रादुर्भाव भन्दा पहिला शुद्रहरु, अछुतहरु व स्त्रिहरु लाई एकदम अमानवताको ब्यबहार गरिन्थ्यो। यिनिहरुलाई समान अधिकार केही थिएन। वेद शास्त्रहरुको सुन्ने र अध्ययन गर्नको लागी प्रवल निषेध थियो। तत्कालीन सम्प्रदाय प्रवर्तकहरुको इनिहरु प्रति कठोर भन्दा कठोर आदेशहरु थिए-
‘श्रवणाध्ययनार्थप्रतिषेधात् स्मृतेश्च।’ (वेदान्तदर्शन अ० १, पा० ३, सू० ३८)
आद्य श्री शंकराचार्य जी महाराजको भाष्य-
"इतश्च न शूद्रस्थाऽधिकार: यदस्य स्मृते: श्रवणाध्ययनार्थप्रतिषेधो भवति, वेदश्रवणप्रतिषेधो वेदाध्ययनप्रतिषेधस्तदर्थज्ञानानुष्ठीनयोश्च प्रतिषेध: शूद्रस्य स्मर्यते। श्रवणप्रतिषेधस्तावत् - अथास्य वेदमुपश्रृण्वतस्त्रपुजतुभ्यां श्रोत्रप्रतिपूरणम् इति। पद्यु ह वा एतच्छ्मशानं यच्छूद्रसस्तस्माच्छूद्रसमीपे नाध्येतव्यम् इति च। अतएवाऽध्ययनप्रतिषेध:। यस्य हि समीपेऽपि नाऽध्येतव्यं भवति, स कथमश्रृतमधीयीत। भवति च वेदोच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद इति। अतएव चाऽर्थादर्थज्ञानानुष्ठानयो: प्रतिषेधो भवति- 'न शूद्राय मतिं दद्यात्' इति, 'द्विजातीनाम ध्ययनमिज्जा दानम्' इति च। येषां पुनः पूर्वकृत संस्कारवशाद् विदुरधर्मव्याधप्रभृतीनां ज्ञानोत्पत्तिस्तेषां न शक्यते फलप्राप्ति: प्रतिषेद्धुम्, ज्ञानस्यैकान्तिकफलत्वात्। 'श्रावयेच्चतुरो वर्णन्' इति चेतिहासपुराणाधिगमे चातुर्वर्ण्यस्याऽधिकास्मरणात्। वेदपूर्वकस्तु नास्त्यधिकार: शूद्राणामिति स्थितम्।"
भाष्यको अनुवाद-
र यसमा पनि शुद्रको बिद्या मा अधिकार छैन, किन कि स्मृति उसको लागी श्रवण, अध्ययन र अर्थको निषेध गर्दछ। स्मृतिमा शुद्रको लागी वेदको श्रवण, अध्ययन अनि वेदार्थको ज्ञान र अनुष्ठानको निषेध छ। ‘अथास्य वेदमुप०’ (यदि नजिक बाट वेद कुनै शुद्रले सुन्यो भने मात्रै पनि त्यो शुद्रको दुईटै कानमा सिसा र पारो तताएर भरि दिनु) र ‘पद्यु ह वा एतच्छ्मशानं०’ (शुद्र निसन्देह जङ्गम मशानघाट हो, त्यसकारण शुद्रको समिपमा अध्ययन गर्न हुँदैन) यस प्रकारले अध्ययनको पनि निषेध सिद्ध हुन्छ, किनकि उनिहरुको समिप कसरी अध्ययन हुन सक्छ त? यदि शुद्र वेदको उच्चारण गर्छ भनें उसको जिव्रो काट दिनु पर्दछ। यदि वेदको याद गर्यो या कण्ठस्थ गर्यो भनें उसको शरिरको नै टुक्रा टुक्रा गरि दिनु पर्छ, यस्तो पनि स्मृति छ। यस हेतु द्वारा अर्थात् शुद्रहरुको लागी अर्थ ज्ञान अनि अनुष्ठानको पनि निषेध हुन्छ- ‘न शुद्राय०’(ब्राम्हणले शुद्रलाई वेदार्थको ज्ञान नदिनु ) और ‘द्विजातीना०’ (केवल द्विजहरुको लागी मात्र अध्ययन, यज्ञ र दानको बिधान छ)। परन्तु विदुर, धर्मव्याध आदि, जसलाई पूर्वकर्मको संस्कारहरु बाट ज्ञान उत्पन्न भएको थियो, उनिहरुको लागी फलप्राप्तिको निषेध गर्न सकिदैन, किन कि ज्ञान अव्यभिचरित फल उत्पन्न गर्दछ। ‘श्रावयेच्च०' (चारै वर्णको सुनाऊ) यस प्रकार स्मृति, इतिहास अनि पुराणको ज्ञान प्राप्त गर्नमा चारै वर्णहरुको अधिकार बताउदछ। यस बाट सिद्द हुन्छ कि वेदाध्ययन पूर्वक ज्ञान प्राप्त गर्नको लागी शुद्रको अधिकार छैन।
श्री रामानुजाचार्य र शुद्र- वेदान्तदर्शन १/३/३८ को ‘श्रीभाष्य’ मा उनले यो सूत्रको भाष्यमा यो भन्छन् कि-
"(शूद्रस्य वेदश्रवणतदध्ययनतदर्थानुष्ठानानि प्रतिषिध्यन्ते। पद्यु हु वा एतत् श्मशानं यत्छूद्र: तस्मात् शूद्रसमीपे नाध्येतव्यम् - (वसिष्ठस्मृति १८/१), तस्मात् शूद्रो बहुपशुरयज्ञिय इति। बहुपशु: पशुसदृश इत्यर्थः। अननुश्रृण्वतोऽध्ययनतदर्थज्ञानतदर्यानुष्ठानानि न सम्भवन्ति। अतस्तान्यपि प्रतिषिद्धान्येव। स्मर्यते च श्रवणादिनिषेध:। अथ हास्य वेदमुश्रृण्वतस्त्रपुजतुभ्यां श्रोत्रप्रति पूरणमुदाहरणे जिह्वाच्छेदो धारणो शरीरभेद इति। न चास्योपदिशेद् धर्मम् न चास्य व्रतमादिशेत् (मनु० ४/८०) इति च। अतः शूद्रस्यानधिकार इति सिद्धम्।"
अर्थात्- “शुद्रको लागी वेदको श्रवण, अध्ययन अनि उसको अनुष्ठान व आचरण प्रतिषिद्ध छ। शुद्र आफैमा चलता फिरता श्मशान हो। अत: उसको समिपमा वेदको अध्ययन गर्नु हुँदैन, उ पशु समान हो। जब वेदको श्रवण नैं उसको लागी निषिद्ध छ भनें अध्ययन, उसको अर्थ ज्ञान अनि वैदिक आचरण को कुरो त संभवै छैन। शुद्रले वेद सुने भनें मात्रै पनि उसको कानमा सिसा र पारोले भरि दिनु पर्दछ। यदि वेद मन्त्रको उच्चारण गर्यो भनें उसको जिब्रो काटि दिनु पर्छ अनि वेदका मन्त्रहरुको याद गर्यो भनें उसको शरिरको नैं काटेर टुक्रा टुक्रा पारिदिनु पर्दछ। यसकारण शुद्रहरुलाई वेदाध्ययन र ब्रम्हबिध्यामा सर्वथा अनाधिकार छ।
पुष्टिमार्गका आचार्य श्री वल्लभाचार्य जी र शुद्र-
ब्रम्हसूत्र १/३/३८ को भाष्य गर्दै लेख्छन्-
"दूरे ह्याधिकारचिन्ता वेदस्य श्रवणाध्ययनमर्थज्ञानं त्रयमपि तस्य (शूद्रस्य) प्रतिषिद्धम्। तत्सन्निधावन्यस्य च। अथास्य वेदमुपश्रृण्वतस्त्रयुजतुभ्यां श्रोतपरिपूरणमिति। पद्यु ह वा एतत् श्मशानं यच्छूद्रस्तत् - समीपे नाध्येतव्यमिति। उच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद: (गौतम समृ० १२/४)। स्मृतियुक्त्याऽपि वेदार्थे न शूद्राधिकार इत्याह। स्मृतेश्च 'वेदाक्षरविचारेण शूद्र: पतति तत्क्षण त्' (पराशर स्मृ० १/६३) इति। स्मार्तपौराणिकज्ञानादौ तु कारणविशेषेण शूद्रयोनौ गतानां महतामधिकार:। तथापि न कर्मजातिशूद्राणाम्।तस्मान्नास्ति वैदिके क्वचिदपि शूद्राधिकार इति स्थितम्।"
अर्थात्- ‘शुद्रको लागी वेदश्रवण गर्नु, पढ्न र उसको अर्थज्ञान तिन वटा को नैं निषेध छ। अत: उनको वेदाधिकारको चिन्ता त एकदम परको बिषय हो। शुद्र यदि वेदका मन्त्रहरु सुन्यो भने मात्र पनि भनें उसको कानमा सिसा र पारो हालिदिनु पर्छ, यदि उच्चारण गर्यो भनें जिब्रो काटि दिनु पर्छ, यदि मन्त्रको याद मात्रै गर्यो भनें देखि शरिरको टुक्रा टुक्रा पारिदिनु पर्छ। वेदको एक अक्षरको मात्रै पनि बिचार गर्यो भनें शुद्र तत्काल त्यहि समयमैं पतित हुन्छ, यसरी शुद्रको बारेमा पराशर स्मृति आदिमा भनिएको छ। स्मृति र पुराणहरुको ज्ञानमा पनि अधिकार कुनै बिशेष कारण शुद्रकुलोत्पन्न महापुरुषको लागी मात्रै हो, जाति या जन्म का शुद्रहरुको लागी भनें हैन। यस कारण वैदिक ज्ञानमा त कहिं पनि शुद्रहरुको अधिकार छैन, यसले यहि सिद्द भएको छ।
द्वैतवाद-प्रचारक श्री माध्वाचार्य (स्वामी आनन्द तार्थ जी महाराज) र शुद्र-
वेदान्त दर्शन १/३/३८ मा ‘अणु भाष्य’ मा उनि लेख्छन्-
"श्रवणे त्रपुजतुभ्यां श्रोत्रपरिपूरणम्, अध्ययने जिह्वाच्छेद:, धारणे हृदयविदारणम् इति प्रतिषेधात्। 'नाग्निनं यज्ञ: शूद्रस्य तथैवाध्ययनं कुत:। केवलैव तु शुश्रूषा त्रिवर्णानां विधीयते' इति स्मृतेश्च। विदुरादीनां तूत्पन्नज्ञानत्वान्न कश्चिद् विशेष:।"
अर्थात्- “यदि शुद्रले वेदका शब्दलाई सुन्यो भनें उसको कानमा सिसा र पारो तताएर हालिदिनु, वेदको अध्ययन गर्यो भनें उसको जिब्रो काटि दिनु, यदि अर्थको ज्ञान व निश्चय गर्यो भनें उसको हृदयको टुक्रा टुक्रा पारि दिनु पर्छ। शुद्रको अग्निहोत्र, यज्ञ, अध्ययनादिको अधिकार हुँदैन, उसको कार्य केवल तीन वर्णहरुको सेवा मात्रै हो, यस्तो स्मृतिमा भनिएको छ। तर विदुर आदि को जन्म देखि नैं ज्ञान उत्पन्न भएको थियो। अत: यसमा कुनै बिशेषता छैन।
श्री निम्बकाचार्य र शुद्र-
ब्रम्हसूत्र१/३/३८ को भाष्य “वेदान्त -पारिजातसौरभ” मा लेख्छन्-
"शूद्रो नाधिकियते। शूद्रसमीपे नाध्येतव्यभित्यादिना तस्य वेदश्रवणादिप्रतिषेधात्। न चास्योपदिशेद् धर्ममित्यादि स्मृतिश्च।"
अर्थात- “शुद्रलाई वेदाध्ययनको अधिकार छैन। शुद्रको नजिक अध्ययन गर्न हुँदैन। यो बिधान द्वारा शुद्रलाई वेद आदि सुन्न निषेध छ। स्मृतिमा पनि भनिएको छ कि शुद्रलाई धर्मको उपदेश दिन हुँदैन।
यि पाँच आचार्यहरुले शुद्रहरुको साथ कस्तो प्रकारको अत्याचार व अमानवताको ब्यबहार गरेका छन्।
कवष, ऐलूष, ऐतरेय ऋषि को थिए? के उनिहरु ब्राम्हण थिए? हैन, उनिहरु जन्मना शुद्र, दासी पुत्र भए पनि वेद मन्त्रहरुका प्रचारक थिए तथा ऋग्वेदको ब्राम्हण ’ऐतरेय-ब्राम्हण’ बनाउने वाला ऐतरेय दासी पुत्र थिए।
श्री रामानुजाचार्य वैष्णव मतका थिए र वैष्णव मतका प्रवर्तक “शठकोप” थिए जो कंजर जातिका थिए।
स्वामी महेश्वरानन्दगिरि: महामण्डलेश्वर, कनखल लेख्छन्-
"एवं श्री रामानुजाचार्यसम्प्रदायेऽपि 'पल्ली' संज्ञकस्य शूद्रस्य कुले जात: शठकोप:, सच गुणकर्मभ्यामेव ब्राह्मण्यमधिगत्य श्रीवैष्णसंप्रदायस्य परमाचार्य: संवृत इति दिव्यसूरिचरित्रचतुर्थसप्तर्गोक्त वचनैरेतत् विदितं भवति। श्रेष्ठ श्रीवैष्णवाचार्य्य: 'शठकोपोऽन्त्यजात्मज:'। जन्मकर्म - विशुद्धानां ब्राह्मणानामभूद् गुरु:।"
अर्थात्- "श्री रामानुजाचार्य-सम्प्रदायमा पनि 'पल्लि' नामको शुद्रको कुलमा उत्पन्न शठकोप गुण, कर्म बाट श्री वैष्णव सम्प्रदायका परमाचार्य भए, यो ‘दिव्यसूरिचरित्र’ को चतुर्थ सर्गको बचन द्वारा विदित हुन्छ। श्रेष्ठ श्रीवैष्णवाचार्य ‘शठकोप’ अन्त्यज-उत्पन्न थिए। उनि जन्म-कर्म द्वारा विशुद्द ब्राम्हणहरुका पनि गुरु भए।"
आद्य शंकराचार्य जी महाराजका अनुयायी उपर्युक्त महामण्डलेश्वर जी ले त श्री आद्य शंकराचार्य जी महाराजको वेदान्त दर्शन १/३/३८ को भाष्य उपर पनि टिका-टिप्पणी गर्दै लेख्छन्-
साक्षाद्वेदविरुद्धत्वात्, स्मृतिष्वेतादृशं वच:। प्रक्षिप्तं स्यान्नृशंसैस्तु स्वार्थान्धैर्जनशत्रुभि:।"
अर्थात्- “(शुद्रको जिह्वाच्छेदन आदिको आलोचना गर्दै लेख्छन् कि) यस्तो स्मृति वचन त साक्षात् वेद बिरुद्द हो मिलावट मात्र हो।”
ईनले स्वयं पनि श्री आद्य शंकराचार्यको भाष्यकै खण्डन गरि दिए।
आर्य समाजका संस्थापक महर्षि दयानन्द जी सरस्वती अनि शुद्र-
आर्य समाज कोही सम्प्रदाय, मजहव (पंथ) या मत हैन यो त एक बिसुद्द संस्था हो, जसको उद्देश्य हिन्दु-समाजमा प्रविष्ट सबै कुरितिहरुको मूलोच्छेद गर्नु अनि वैदिक धर्मको प्रचार गर्नु हो।
महर्षि दयानन्द जि लेख्नुहुन्छ-
“वेद पढ्ने-सुन्नेको अधिकार सबैको हो। हेर्नु! गार्गी आदि स्त्रिहरु अनि छान्दोग्य मा जनश्रुति शुद्रले पनि वेद 'रैक्यमुनि' सँग पढेका थिए अनि यजुर्वेदको २६सौं अध्यायको दोश्रो मन्त्रमा स्पष्ट लेखेको छ कि वेद पढ्ने र सुन्नेको अधिकार सब मनुष्यमात्रको छ।”
"यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय।।" (यजु० २६/२)
महर्षि दयानन्द जी कृत भाष्यम्-
"अस्याभिप्रायः - परमेश्वर: सर्वमानुष्यैर्वेदा: पठनीया: पाठचा इत्याज्ञां ददाति। तद्यथा - (यथा) येन प्रकारेण (इमाम्) प्रत्यक्षभूतामृग्वेदादिवेदचतुष्टयीं (कल्याणीम्) कल्याणसाधिकां (वाचम्) वाणीं (जनेभ्य:) सर्वेभ्यो मनुष्येभ्योऽर्थात् सकलजीवोपकाराय (आवदानि) आसमन्ताद् उपदिशानि, तथैव सर्वैर्विद्वद्भि: सर्वमनुष्येभ्यो वेदचतुष्टयी वागुपदेष्टव्येति।
अत्र कश्चिदेवं ब्रूयात्जनेभ्यो द्विजेभ्य इत्यध्याहार्य्य, वेदाध्ययनाध्यापने तेषामेवाधिकारत्वात्।
नैव शक्यम् - उत्तरमन्त्रभागार्थविरोधात्। तद्यथा - कस्य - कस्य वेदाध्ययनश्रवणेऽधिकारोऽस्तीत्याकांक्षायामिदमुच्यते। (ब्रह्मराजन्याभ्याम्) ब्राह्मणक्षत्रियाभ्यां, (अर्य्याय) वैश्याय (शूद्राय), (चारणाय) अतिशूद्रायान्त्यजाय, (स्वाय) स्वात्मीयाय पुत्राय भृत्याय च, सर्वे: सैषा वेदचतुष्टयी श्राव्येति। (प्रियो देवानां दक्षिणायै दातुरिह०) यथाहमीश्वर: पक्षपातं विहाय सर्वोपकारकरणेन सह वर्त्तमान: सन्, देवानां विदुषां प्रिय:। दातुर्दक्षिणायै सर्वस्वदानाय प्रियश्च भूयासं स्याम्, तथैव भवद्भि: सर्वैर्विद्वद्भिरपि सर्वोपकारं सर्वप्रियाचरणं मत्वा सर्वेभ्यो वेदवाणी श्राव्येती। यथायं (मे) मम काम: समृध्यते, तथैवैवं कुर्वताम् (अर्य काम: समृध्यताम्) इयमिष्टसुखेच्छा समृध्यतां सम्यग् वर्धताम्। यशाद: सर्वमिष्टसुखं मामुपनमति, (उप मादो नमतु) तथैव भवतोऽपि सर्वमिष्टसुखमुपनमतु सम्यक् प्राप्नोत्विति।
मया युष्मभ्यमयमाशीर्वादो दीयत इति निश्चेतव्यम्। यथा मया वेदविद्या सर्वार्था प्रकाशिता, तथैव युष्माभिरपि सर्वार्थोपकर्त्तव्या। नात्र वैषम्यं किञ्चित् कर्त्तव्यमिति। कुत:? यथा मम सर्वप्रियार्था पक्षपातरहिता च प्रवृत्तिरस्ति, तथैव युष्माभिराचरणे कृते मम प्रसन्नता भवति, नान्यथेति। अस्य मन्त्रस्यायमेवार्थोऽस्ति। कुत:? 'बृहस्पते अति यदर्थ:' इत्युत्तरस्मिन् मन्त्रेहीश्वरार्थस्यैव प्रतिपादनात्।"
अर्थात्- “(यथेमां वाचं कल्याणी०) यो मन्त्रको अभिप्राय यो हो कि वेद पढ्ने पढाउने सब मनुष्यहरुको अधिकार हो, अनि विद्वानहरुको उनिहरुलाई पढाउन। यसैले ईश्वरले आज्ञा दिन्छन् कि- हे मनुष्य! जसरी म तिमिहरुलाई चारै वेदको उपदेश गर्छु, त्यसरी नै तिमिहरु पनि वेद पढेर सबै मनुष्यलाई पढाउने र सुनाउने गर। किन कि यि चारै वेद रुपी वाणी सबैको कल्याण गर्ने वाला छन् तथा (आवदानि जनेभ्य:) जस्तै सबै मनुष्यहरुको लागी म वेदको उपदेश गर्छु, त्यस्तै सदा तिमिहरु पनि गर्ने गर।
प्रश्न- “जनेभ्य:” यो पद ले त द्विजहरु नैं को ग्रहण गर्नु पर्छ, किन कि जहाँ कहिं सूत्र र स्मृतिहरुमा पढ्ने अधिकार लेखेको छ, उहाँ केवल द्विजहरुको नै ग्रहण गरेको छ?
उत्तर- यो कुरो ठिक हैन किनकि जो ईश्वरको पनि अभिप्राय द्विजहरुको मात्रै ग्रहण गर्ने हुँदो हो त मनुष्यमात्रको उनको पढ्नेको अधिकार कहिल्यै पनि दिने थिएन जस्तै कि यि मन्त्रहरुमा प्रत्यक्ष्य विधान छ- (ब्रम्हराजन्याभ्यां शुद्राय चाय्यर्याय च स्वाय चारणाय) अर्थात् वेदाधिकार जस्तै ब्राम्हण वर्णको लागी छ त्यस्तै क्षत्रिय, अय्य्र= वैश्य, शुद्र, पुत्र, भृत्य अनि अति शुद्रका लागि पनि बराबर छ- किनकि वेद ईश्वरप्रकाशित हो। जो बिद्याको पुस्तक हुन्छ त्यो सबैको हितकारक हो, अनि ईश्वररचित पदार्थहरुको दायभागी सबै मनुष्य अबस्य नैं हुन्छन्। यस कारण उनको जानना सबै मनुष्यहरुको उचित छ, किन कि त्यो माल सबैको पिताका सबै पुत्रहरुको लागी हो कुनै वर्ण विशेषका लागी हैन।...।”
महर्षि दयानन्द जी को उपर्युक्त भाष्यको समर्थन् तथा त्यस्तै प्रकारका भाष्य अनेक आर्य विद्वानहरुले पनि गरेका छन्। चतुर्वेदभाष्यकार पं० जयदेव शर्मा ‘विद्यालंकार’ मीमांसातीर्थ; पं० श्रीपाद दामोदर सातवलेकर; शास्त्रार्थ-महारथी पं० जे० पी० चौधरी जी काव्यतीर्थ; पं० मनसाराम जी ‘वैदिकतोप'; स्वामी नित्यानन्द जी महाराज व स्वामी विश्वेश्वरानन्द जी महाराज; पं० भूमित्र शर्मा आर्योपदेशक; पं० शिवशंकर शर्मा ‘काव्यतीर्थ’; श्री ओम् प्रकाश त्यागी, मंत्री सार्वदेशिक सभा; पं० धर्मदेव जी ‘विद्यामार्तण्ड’; डा० निरुपण ‘विद्यालंकार’ एम०ए०, पी-एच-डी०।
पौराणिक पंडितहरुमा श्री उव्वट, महीधर, पं० ज्वालाप्रसाद मिश्र, पं० दीनानाथ शास्त्रीले यजु (२६/२) को जो अर्थ गरेका थिए ति अशुद्ध तथा भ्रम पूर्ण छन्। धेरै उदार पौराणिक विद्वानहरुले पनि महर्षि दयानन्द जी को भाष्यलाई समर्थन गरेका छन्। यथा-
(क) स्व० पं० सत्यव्रत जी सामश्रमी, कलकत्ता- जो आर्यसमाजी थिएनन्, उनले “ऐतरेयालोचनम्” नामक संस्कृतमा एक पुस्तक लेखेका छन्। यो “ऐतरेय-ब्राम्हण” को बिस्तृत भूमिका हो। यो ब्राम्हणको रचयिता महीदास नामको दासीपुत्र शुद्र थिए। जब शुद्रलाई वेदाध्ययनको अधिकारै थिएन भनें तब महीदासले कसरी ऐतरेय ब्राम्हणको निर्माण गरे? यो प्रश्न उठाएर आचार्य पं० सत्यव्रत जी सामश्रमी ले उत्तर दिएका छन् कि ‘शुद्र’ ब्राम्हण ग्रन्थको रचना गर्न सक्छ या सक्दैन यो त साधारण बात हो। हामि त ब्राम्हण ग्रन्थमा यहाँ सम्म पाउँछौ कि शुद्रहरु वेदका मन्त्र द्रष्टा सम्म भएका छन्।
"नन्वेवमार्याणामार्यत्वप्रतिपादकधर्माणां यागादीनां विधायको ब्राह्मणग्रन्थस्तस्य प्रवचनं कर्तृत्वं कथमनार्ये तत्र दासीपुत्रे सम्भवेन्नामेति चेत् अत्र ब्रूम:। यागादिविधायकब्राह्मणग्रन्थस्य प्रोक्तृत्वं तुकिं तुच्छम्, मन्त्रद्रष्टृत्वमपि ज्ञायते दासीपुत्रस्यापि तद्यथा श्रुतं तावत्रैव कवषमैलूषोपाख्यानम्।"
अर्थात्- कवष ऐलूष की कथा द्वारा यहाँ तक पाईन्छ कि शुद्र मन्त्रद्रष्टा सम्म भएका छन्।
यति लेख्दा पनि आचार्यको हृदयको सन्तोष भएन र उनि शुद्रको वेदाधिकार सिद्ध गर्नको लागी वडो गर्व ले महर्षि दयानन्द जी सरास्वतीको भाष्यलाई अवतरण दिदै लेख्छन्-
"शूद्रस्य वेदाधिकारे साक्षाद् वेदवचनमपि प्रदर्शितं स्वामिदयानन्देन (वाजसनेयि-संहिता २६/२), यथेमां वाचं कल्याणीमावदानि जनेभ्य:। ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय इति तदेवं वेदविधे: पक्षपातदोषभावत्र्व न कथमपीति स्पष्टम्।" (ऐतरेयालोचनम् पृष्ठ १७)
अर्थात्- “शुद्रलाई वेदाधिकारमा स्वामी दयानन्द जी ले साक्षात् यजुर्वेद (२६/२) को वचन ‘यथेमां वाचं कल्याणीम्’ को प्रदर्शित गरेका छन्। यस प्रकार यो पनि स्पष्ट छ कि वेदको विधानमा कुनै पनि तरहको पक्षपातको दोष लगाउन सकिदैन।”
आचार्य सामश्रमी जी को पुष्टिमा पं० आत्माराम जी अमृतसरी बढौदा आफ्नो “Maharshi Dayanand Saraswati and Untouchhability” शिर्षकको अंग्रेजी लेखमा लेख्छन्-
"But a well-known Sanskrit scholar of Bengal Pandit Satyavrat Samasrami, who is neither a member nor a supporier of the Arya Samaj and who is well-known for his Sanskrit research work to the Government of India, has in his latest book 'Aitareya-Alochana' not only gives a similar translation and exposition of this epoch-making mantra but has in plain words, by giving reference of Swami Dayanand Saraswati and the translation which the great Rishi Dayanand made fifty years ago, corroborated every word of the same. He like Rishi Dayanand says that from Brahmin down to the Cobbler every human being is entitled to the study of the Vedas."
अर्थात्- "बंगालका प्रसिद्द संस्कृत गवेषक पं० सत्यव्रत सामश्रमी जो आर्य समाजका न त सदस्य थिए न त समर्थक नैं थिए। उनि भारतिय सरकारका सुप्रसिद्ध संस्कृत गवेषक थिए, आफ्नो अन्तिम पुस्तक ‘ऐतरेयालोचन’ मा ऋषि दयानन्दको अनुवादको उदाहरण दिन्छन्, जसको ५० बर्ष पूर्व महान् ऋषि दयानन्दले गरेका थिए। उनि ऋषि दयानन्द कै सदृष्य नै भन्छन् कि ब्राम्हाणहरु देखि लिएर अछुतहरु सम्म प्रत्येक मानवको वेदाध्ययनको अधिकार छ।"
(ख) कविवर श्री दुलारेला जी भार्गव, सम्पादक पाक्षिक “सुधा” लखनऊ, आफ्नो “महर्षि दयानन्द अनि नारी-समाज” शिर्षक लेखमा नारी व सभि जातिका बालिका-बिद्यार्थिहरुको वेदाधिकार सिद्ध गर्नको लागि (यजु० २६/२) मा महर्षि दयानन्द जी को भाष्यलाई प्रस्तुत गर्दछन्।
(ग) पौराणिक पं० गंगाप्रसाद जी शास्त्री, चाह इन्दरा, दिल्ली, यजु० (२६/२) उपर महीधरभाष्य को आलोचना गर्दै महर्षि दयानन्द जी सरस्वतीकै समान नै अर्थ गरेर सबैको वेदाधिकार सिद्ध गर्दछन्। उनि अर्थ गर्छन् कि- “हे शिष्यहरु! जुन प्रकारले मैले यो वेदवाणीको ब्राम्हण, क्षत्रिय, वैश्य, शुद्र, मित्र, शत्रु सबैको लागी भनेको छु उसै प्रकार तिमिहरु पनि सबै मनुष्यहरुलाई उपदेश गर्ने गर्नु।"
(घ) परलोकवासी आचार्य पं० इन्दिरारमण जी शास्त्री आफ्नो “अन्त्यजों का वेदाधिकार” शिर्षक लेखमा महर्षि दयानन्द जी को वेदभाष्यको समर्थन गर्दै लेख्छन्- "... स्वामी दयानन्दले यो मन्त्र द्वारा शुद्रहरुलाई वेदाध्ययनको लागि अधिकार प्रमाणित गर्नु भएको छ। जब अध्ययनाधिकार सिद्ध भै सक्यो भनें पछि, तब यज्ञमा अघीत मन्त्रहरुको उद्गानको र तत्सम्बद्ध वैदिक कर्महरुको अनुष्ठानहरुको अधिकार स्वत: प्राप्त हुन जान्छ।"
(ङ) श्री आर० के० मुखर्जीको कथन छ कि- "It is contended that this refers to the equal right of all classes to the study of the Veda."
उनले यो निष्कर्ष निकालेका छन् कि "वेद को अध्ययन गर्नको लागी सबै वर्गका व्यक्तिहरुलाई समान अधिकार छ।"
(च) श्री वैष्णव सम्प्रदायका आचार्य, स्वामी भगवदाचार्य जी महाराज पण्डितराज परमहंस, परिव्राजक, वेदरत्न, निरुक्त-भाषण, व्याकरण-शिरोमणि, विद्याभाष्कर, साहित्यलंकार यजु० (२६/२) को सस्कृतमा भाष्य गर्दै लेख्छन् कि-
"यथेमां वाचमिति। अत्र किं चिद्वक्तव्यम्। स्वामिदयानन्देन यथेमामि-त्यारभ्य चारणाय चेत्यन्तेन शूद्राणामपि वेदेऽधिकार इति साधितम्। दयानन्द स्वामिना मन्त्रार्थभागेन सर्वेषां वेदेष्वधिकार इत्युक्तम्। तत्तु समीचीनमेव।"
अर्थात्- “यहाँ केही वक्तब्य छ। स्वामी दयानन्दले ‘यथेमां...’ को भाष्यमा ‘चारणाय’ शुद्रको पनि वेदाधिकार छ, यो सिद्ध गरेका छन्। स्वामी दयानन्द जी मन्त्रार्थमा सबैको लागी वेदमा अधिकार छ भनेका छन्। यो समीचीन हो ...।”
पुन: उनै आफ्नो एक लेखमा महर्षि दयानन्द जी को भाष्यलाई स्पष्ट स्वीकार गर्दै लेख्छन् कि- “वेद ईश्वरिय पुस्तक हो। जस्तै द्विजाति उस्तै शुद्र पनि भगवानकै उत्पादित प्रजा नैं हुन्। हस्तपादादि, जिह्वा, नेत्रादि र स्मरण शक्ति आदि पनि ब्रम्हाणादि र शुद्रहरुको समान नैं छन्। अत: जसरी पण्डित ब्राम्हाणादि वेदपाठ गर्न सक्छन् त्यस्तै शुद्रहरुले पनि वेदपाठ गर्न सक्छन्। रह्यो बात प्रमाणको। प्रमाणको अपेक्षा तब हुने गर्छ जब पाप र पुण्यको बिकट प्रश्न उपश्थित हुन्छ। पाप तब हुन्छ जब कसैको साथ अन्याय, अनाचार, अत्याचार, दुराचार, अनि बलात्कार आदि भएको हुन्छ। जहाँ यि सब हुन्नन, वहाँ पाप र पुण्यको बिचार उठ्न सक्दैन। यो वा यसलाई पढ्दा खेरी पाप त हुँदैन, धर्म पनि हुँदैन। वेद पढ्नाले धर्म तब हुन्छ, जब वेदोपदिष्ट सदाचारहरुको पालन गरिएको हुन्छ। वेद को केवल पाठ गर्दैमा धर्म हुन्छ भन्ने यो कथनमा मेरो आफ्नो बिस्वास छैन। यस्तो स्थितिमा वेदाध्ययनमा शुद्राधिकार को समर्थनको लागि प्रमाण खोज्न को लागी मलाई कुनै पनि आवस्यकता प्रतित हुँदैन। किंच, वेद ईश्वरिय ग्रन्थ हो। ईश्वर ले कहा यो भनेका छन् कि शुद्रले यो नपढ्नु भनेर, यस्तो मलाई स्मरण छैन। अत: सबैको समान नै शुद्रहरुले पनि वेद पढ्न सक्छन्। मैक्समूलर आदि अनेक विदेशिय विद्वान वेदको पढे अनि सम्झे। उनिहरु प्रति उनले टिका टिप्पणी पनि गरे अनि उनका अनुवाद पनि गरे। उनिहरुले कहिल्यै पनि कोही कसैलाई यो सोधेनन् कि हामिहरुलाई वेद पढ्ने अधिकार छ या छैन भनेर। वेद पढेकोले उनिहरुलाई नरक मिल्यो या ईश्वर देखी दण्ड मिल्यो, यो पनि त भन्न सकिन्न। स्वामी दयानन्द सरस्वतीले ‘यथेमां वाचं कल्याणीम्’ यो मन्त्र द्वारा शुद्राधिकार सिद्ध गरेका छन्, त्यो धेरै हद तक समुचित छ।...”
यस प्रकार छ: यस्ता विद्वानहरुले महर्षि दयानन्द जी को भाष्यलाई समर्थन गरेका छन्, जो “आर्य समाजी“ न हुन् न त थिए।
No comments:
Post a Comment