Sunday, July 28, 2019

निराकार ब्रह्मको उपासना कसरी गर्ने



निराकार ब्रह्मको उपासना कसरी गर्ने

लेखक- स्वामी वेदानन्द सरस्वती

यस शंकाको समाधान हामीलाई वेदहरुमा नै प्राप्त हुन्छ। यसलाई पढौँ र मनन गरौँ।

ओ३म् तं यज्ञं बर्हिषि प्रौक्षन् पुरुषं जातमग्रतः।
तेन देवा अजयन्त साध्या ऋषयश्च ये। -यजुर्वेद ३१/९

अर्थात्- (तम्) ती (यज्ञम्) पूजनीय (पुरुषम्) परमेश्वरलाई जो (अग्रतः जातम्) सृष्टिको पूर्वदेखि नै विद्यमान छन् तथा (ये) जो (देवाः) ज्ञानी (साध्याः) साधक (च) र (ऋषयः) ऋषिजन थिए (तेन) उनीहरुले (बर्हिर्षि) मानव ज्ञानयज्ञमा (प्रौक्षन्) धारण गरेर (अजयन्त) उसको उपासना गर।

भावार्थ- ज्ञानी, साधक र ऋषिगण सबै ती परमात्मालाई आफ्नो अन्तर् हृदयमा ध्यान गर्दछन्। ज्ञान स्वरुप ती परमात्माको आज्ञानुसार आफ्नो आचरणलाई पवित्र बनाउँछन्। ती परमात्माको आज्ञा पालन नै तिनको पूजा हो।
ती परमात्मा ज्ञान स्वरुप छन्। मानव मात्रको कल्याणको लागि उहाँ ज्ञानलाई वेदहरुको स्वरुपमा श्रद्धालु भक्तहरुको हृदयमा प्रकाश गर्नुहुन्छ।

तस्मात् यज्ञात्सर्वहुतः ऋचः सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्मात् यजुस्तस्मादजायत। -यजुर्वेद ३१/७

अर्थात्- ती (सर्वहुतः यज्ञात्) सबैको कल्याण गर्नेवाला पूजनीय परमेश्वरबाट नै ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेदको उत्पत्ति हुन्छ। उहाँ नै ज्ञान, विज्ञान, कर्म र उपासनाको प्रकाशक हुनुहुन्छ। ज्ञानहीन, अज्ञानी व्यक्ति न त सत्कर्म नै गर्न सक्छ न त उपासना नै गर्न सक्छ। कर्म र उपासनापूर्व ज्ञानको उपलब्धि अनिवार्य छ। ज्ञानको उपलब्धि ध्यानबाट तथा वेदहरुबाट नै सम्भव छ।

देश-देशान्तरहरुमा मान्छेहरु गंगा, यमुना, गोदावरी आदि नदीहरुको उद्गमस्थलको खोजीमा निस्कन्छन्। उनीहरु ती जलस्रोतहरु देखेर खुसी हुन्छन्। किन्तु ज्ञान गंगाको उद्गम कहाँ हो? यो जिज्ञासा भने विरलैलाई मात्र हुनेगर्छ। जब यस विषयमा विचार गरिन्छ तब पत्तो लाग्छ कि ज्ञान गंगाको उद्गम मनुष्यको मस्तिष्क नै हो। संसारका ज्ञानी हुन् या अज्ञानी, सबै मान्छेहरु सोच्ने र विचार्ने काम मस्तिष्कबाट नै लिने गर्छन्। किन्तु मस्तिष्क त शरीरको एक मासुको पिण्ड न हो। त्यसमा ज्ञान कहाँबाट आउँछ? ज्ञान त चेतनको गुण-धर्म हो।

यस शंकाको समाधान पनि वेदहरुमा नै छ-

तस्मिन् हिरण्यमये कोषे त्र्यरे त्रिप्रतिष्ठिते।
तस्मिन् यद् यक्षमात्मन्वत् तद्वै ब्रह्मविदो विदुः।। -अथर्ववेद १०/२/३१

अर्थात्- त्यस हिरण्यमय कोषमा जो तीर अरहरु माथि उपस्थित छन् त्यसमा नै पूजनीय जीवात्माको वास छ। उसको अस्तित्वको ज्ञान ब्रह्मविद् व्यक्तिलाई हुन्छ। सामान्यजन आफ्नो आत्मविस्मृतिमा नै जीवनयापन गर्दछन्। यो अज्ञानता नै जीवात्मालाई जन्ममरणको चक्रमा हाल्दछ। योगाभ्यासद्वराा जब जीवात्मा आफ्नो स्वरुपलाई जान्दछ, तब मात्र ऊ जन्ममरणको चक्रबाट निस्कन्छ।

ज्ञान चेतनको नै गुण हो। जड पदार्थहरुमा ज्ञान हुँदैन। आत्मा र परमात्मा दुवै चेतन हुन्। दुबै नै यो ज्ञानतत्व नै गुण हो। उनीहरुमा केवल यो भेद छ कि जीवात्मा एकदेशी छ भने परमात्मा सर्वव्यापी छ। जीवात्मा व्याप्य छ भने परमात्मा सर्वव्यापक छ। मस्तिष्कको हृदयगुफामा जो जीवात्मा विराजमान छ त्यसमा सर्वज्ञ, सर्वव्यापक परमात्माको पनि आवास छ। त्यहीबाट नै यो ज्ञानको गंगा निःसृत हुन्छ। जो व्यक्ति जति एकाग्रचित्त भएर त्यस परमात्माको भक्तिमा निमग्न हुन्छ, त्यति नै ऊ अधिकाधिक ज्ञान ज्योतिबाट प्रकाशित हुन जान्छ। परमात्मा आफ्नो ज्ञानलाई पहाडका पत्थरहरुमा फ्याक्नुहुन्न। उहाँ त्यस ज्ञानरुपी अनमोल धन सत्पात्रहरुलाई मात्र प्रदान गर्नुहुन्छ। योगनिष्ठ तपस्वी आत्मा नै त्यस ज्ञानलाई प्राप्त गर्दछ। ज्ञान सम्पन्न भएर जीवात्मा आफ्नो मन, बुद्धि, शरीर, इन्द्रियहरुद्वारा ज्ञानलाई कर्मरुपमा अवतरित गर्दछ। उत्तम ज्ञानबाट नै उत्तम कर्म निष्पन्न हुन्छ। जब ज्ञान र कर्म यी दुवै नै व्यक्तिका पवित्रतम हुन्छन्, तब व्यक्तिको सम्पूर्ण जीवन नै यज्ञमय हुन जान्छ। ज्ञानज्योतिको प्रकाशमा जीवात्मा आफ्नो स्वरुपलाई प्रत्यक्ष गर्दछ तथा शरीर, मन, बुद्धिबाट जो कर्म गर्दछ ती सबै निष्काम भावले नै पुरा गर्दछ। निष्काम कर्म बन्धनको कारण हुँदैन। याज्ञिक भावनाले गरिएका निष्काम कर्म ईश्वरको पूजामा समर्पित गरिन्छन् तथा तिनै ईश्वर उपासनाका सर्वोत्तम रुप हुन्।

यजुर्वेदको मन्त्र यसै उपासनामा प्रकाश पार्दछ-
यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन्।
ते ह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः।। -यजुर्वेद ३१/१६

अर्थात्- (देवाः) ज्ञानी विद्वान् व्यक्तिहरु (यज्ञेन) आफ्नो जीवनयज्ञद्वारा (यज्ञम् ) त्यस पूजनीय यज्ञस्वरुप परमात्माको (अजयन्त) पूजा गर्दछ। उसका पूजाका (तानि धर्माणि) ती धर्मकृत्य नै (प्रथमानि) प्रधान साधन (आसन्) हुन्। त्यसै पूजामा (पूर्वे) पूर्वकालका (साध्याः) साधकहरु र (देवाः) ज्ञानी विद्वान् (यत्र) जहाँ अमृत सुख भोग्दै (सन्ति) विराजमान छन्, त्यही आफ्नो जीवनलाई यज्ञमय बनाउनेवाला धीर पुरुष पनि (महिमानः) महानतालाई प्राप्त गर्दै (ते) तिनीहरु पनि (ह) निश्चय नै (नाकम्) मोक्षको आनन्दलाई (सचन्त) प्राप्त गर्दछन्। यज्ञ नै ईश्वरपूजाको श्रेष्ठतम उपाय हो। यो यज्ञ के हो? यसबारे वेदबाट नै जानौँ-

व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम्।
दक्षिणया श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते।।
एतावद्रूपं यज्ञस्य यद्देवैब्र्रह्मणा कृतम्।
तदेतत्सर्वमाप्नोति यज्ञे सौत्रामण सुते।। -यजुर्वेद १९/३१

परमात्मा सत्य स्वरुप हुनुहुन्छ। ती सत्य स्वरुप परमात्माको साक्षात्कार गर्नु नै साधक व्यक्तिको जीवन लक्ष्य हो। यस जीवन लक्ष्यलाई प्राप्त गर्न साधक व्यक्तिले सिढी पार गर्नु पर्छ। तिनमा प्रथम सोपान हो, सत्यको प्राप्ति र अमृतको त्यागको व्रत लिनु। यस्तो प्रतिज्ञा लिनु पर्छ कि चाहे बाँचू या मरूँ तर सत्यको प्राप्ति जसरी भए नि गरूँ। यो प्रतिज्ञा नै अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधानको पूर्णरूपले पालन गर्दै, माता-पिता, गुरु, अतिथि, विद्वत्जनहरुको सेवा-शुश्रुषा यो सबै दीक्षारुप नै छ। यिनको पालन गर्नेवाला व्यक्तिको शारीरिक, मानसिक, आत्मिक उन्नति हुन्छ। जनसमाजको सेवाको पनि ऊ पात्र हुन्छ। यही उसको दक्षिण हो। यस दक्षिणालाई पाएर नै सत्य धर्म प्रति उसको आस्था बढेर जान्छ। अन्ततः उक्त श्रद्धा सत्य स्वरुप परमात्मा प्राप्तिको साधन बन्छ। जुन जीवनमा व्रत, दीक्षा, दक्षिणा, श्रद्धा र सत्य अवतरित हुन्छ त्यो जीवन यज्ञमय हुनजान्छ। यही जीवनको वास्तविक स्वरुप हो। यसैमा जीवनको सार्थकता छ। यही ईश्वर पूजाको सर्वोत्तम उपाय हो। अरु उपाय व्यक्तिलाई भटकाउने मार्ग मात्र हुन्। उत्तम ज्ञान र उत्तम कर्म नै सबै प्रभु चरणमा अर्पित गर्नु पर्छ। यही सेवा हो। यिनै यज्ञरुप प्रभुको जीवनयज्ञद्वारा पूजाको सर्वोत्तम उपाय हो। यही ती निराकार ईश्वरोपासनाको वैदिक उपाय हो।

महर्षि दयानन्द सरस्वती जी द्वारा शुद्रहरु प्रति महान उपकार



महर्षि दयानन्द सरस्वती जी द्वारा शुद्रहरु प्रति महान उपकार

लेखक- डा० शिवपूजन सिंह कुशवाहा
प्रस्तोता- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

महर्षि दयानन्द सरस्वती जी को प्रादुर्भाव भन्दा पहिला शुद्रहरु, अछुतहरु व स्त्रिहरु लाई एकदम अमानवताको ब्यबहार गरिन्थ्यो। यिनिहरुलाई समान अधिकार केही थिएन। वेद शास्त्रहरुको सुन्ने र अध्ययन गर्नको लागी प्रवल निषेध थियो। तत्कालीन सम्प्रदाय प्रवर्तकहरुको इनिहरु प्रति कठोर भन्दा कठोर आदेशहरु थिए-
‘श्रवणाध्ययनार्थप्रतिषेधात् स्मृतेश्च।’ (वेदान्तदर्शन अ० १, पा० ३, सू० ३८)

आद्य श्री शंकराचार्य जी महाराजको भाष्य-
"इतश्च न शूद्रस्थाऽधिकार: यदस्य स्मृते: श्रवणाध्ययनार्थप्रतिषेधो भवति, वेदश्रवणप्रतिषेधो वेदाध्ययनप्रतिषेधस्तदर्थज्ञानानुष्ठीनयोश्च प्रतिषेध: शूद्रस्य स्मर्यते। श्रवणप्रतिषेधस्तावत् - अथास्य वेदमुपश्रृण्वतस्त्रपुजतुभ्यां श्रोत्रप्रतिपूरणम् इति। पद्यु ह वा एतच्छ्मशानं यच्छूद्रसस्तस्माच्छूद्रसमीपे नाध्येतव्यम् इति च। अतएवाऽध्ययनप्रतिषेध:। यस्य हि समीपेऽपि नाऽध्येतव्यं भवति, स कथमश्रृतमधीयीत। भवति च वेदोच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद इति। अतएव चाऽर्थादर्थज्ञानानुष्ठानयो: प्रतिषेधो भवति- 'न शूद्राय मतिं दद्यात्' इति, 'द्विजातीनाम ध्ययनमिज्जा दानम्' इति च। येषां पुनः पूर्वकृत संस्कारवशाद् विदुरधर्मव्याधप्रभृतीनां ज्ञानोत्पत्तिस्तेषां न शक्यते फलप्राप्ति: प्रतिषेद्धुम्, ज्ञानस्यैकान्तिकफलत्वात्। 'श्रावयेच्चतुरो वर्णन्' इति चेतिहासपुराणाधिगमे चातुर्वर्ण्यस्याऽधिकास्मरणात्। वेदपूर्वकस्तु नास्त्यधिकार: शूद्राणामिति स्थितम्।"
भाष्यको अनुवाद-
र यसमा पनि शुद्रको बिद्या मा अधिकार छैन, किन कि स्मृति उसको लागी श्रवण, अध्ययन र अर्थको निषेध गर्दछ। स्मृतिमा शुद्रको लागी वेदको श्रवण, अध्ययन अनि वेदार्थको ज्ञान र अनुष्ठानको निषेध छ। ‘अथास्य वेदमुप०’ (यदि नजिक बाट वेद कुनै शुद्रले सुन्यो भने मात्रै पनि त्यो शुद्रको दुईटै कानमा सिसा र पारो तताएर भरि दिनु) र ‘पद्यु ह वा एतच्छ्मशानं०’ (शुद्र निसन्देह जङ्गम मशानघाट हो, त्यसकारण शुद्रको समिपमा अध्ययन गर्न हुँदैन) यस प्रकारले अध्ययनको पनि निषेध सिद्ध हुन्छ, किनकि उनिहरुको समिप कसरी अध्ययन हुन सक्छ त? यदि शुद्र वेदको उच्चारण गर्छ भनें उसको जिव्रो काट दिनु पर्दछ। यदि वेदको याद गर्यो या कण्ठस्थ गर्यो भनें उसको शरिरको नै टुक्रा टुक्रा गरि दिनु पर्छ, यस्तो पनि स्मृति छ। यस हेतु द्वारा अर्थात् शुद्रहरुको लागी अर्थ ज्ञान अनि अनुष्ठानको पनि निषेध हुन्छ- ‘न शुद्राय०’(ब्राम्हणले शुद्रलाई वेदार्थको ज्ञान नदिनु ) और ‘द्विजातीना०’ (केवल द्विजहरुको लागी मात्र अध्ययन, यज्ञ र दानको बिधान छ)। परन्तु विदुर, धर्मव्याध आदि, जसलाई पूर्वकर्मको संस्कारहरु बाट ज्ञान उत्पन्न भएको थियो, उनिहरुको लागी फलप्राप्तिको निषेध गर्न सकिदैन, किन कि ज्ञान अव्यभिचरित फल उत्पन्न गर्दछ। ‘श्रावयेच्च०' (चारै वर्णको सुनाऊ) यस प्रकार स्मृति, इतिहास अनि पुराणको ज्ञान प्राप्त गर्नमा चारै वर्णहरुको अधिकार बताउदछ। यस बाट सिद्द हुन्छ कि वेदाध्ययन पूर्वक ज्ञान प्राप्त गर्नको लागी शुद्रको अधिकार छैन।

श्री रामानुजाचार्य र शुद्र- वेदान्तदर्शन १/३/३८ को ‘श्रीभाष्य’ मा उनले यो सूत्रको भाष्यमा यो भन्छन् कि-
"(शूद्रस्य वेदश्रवणतदध्ययनतदर्थानुष्ठानानि प्रतिषिध्यन्ते। पद्यु हु वा एतत् श्मशानं यत्छूद्र: तस्मात् शूद्रसमीपे नाध्येतव्यम् - (वसिष्ठस्मृति १८/१), तस्मात् शूद्रो बहुपशुरयज्ञिय इति। बहुपशु: पशुसदृश इत्यर्थः। अननुश्रृण्वतोऽध्ययनतदर्थज्ञानतदर्यानुष्ठानानि न सम्भवन्ति। अतस्तान्यपि प्रतिषिद्धान्येव। स्मर्यते च श्रवणादिनिषेध:। अथ हास्य वेदमुश्रृण्वतस्त्रपुजतुभ्यां श्रोत्रप्रति पूरणमुदाहरणे जिह्वाच्छेदो धारणो शरीरभेद इति। न चास्योपदिशेद् धर्मम् न चास्य व्रतमादिशेत् (मनु० ४/८०) इति च। अतः शूद्रस्यानधिकार इति सिद्धम्।"
अर्थात्- “शुद्रको लागी वेदको श्रवण, अध्ययन अनि उसको अनुष्ठान व आचरण प्रतिषिद्ध छ। शुद्र आफैमा चलता फिरता श्मशान हो। अत: उसको समिपमा वेदको अध्ययन गर्नु हुँदैन, उ पशु समान हो। जब वेदको श्रवण नैं उसको लागी निषिद्ध छ भनें अध्ययन, उसको अर्थ ज्ञान अनि वैदिक आचरण को कुरो त संभवै छैन। शुद्रले वेद सुने भनें मात्रै पनि उसको कानमा सिसा र पारोले भरि दिनु पर्दछ। यदि वेद मन्त्रको उच्चारण गर्यो भनें उसको जिब्रो काटि दिनु पर्छ अनि वेदका मन्त्रहरुको याद गर्यो भनें उसको शरिरको नैं काटेर टुक्रा टुक्रा पारिदिनु पर्दछ। यसकारण शुद्रहरुलाई वेदाध्ययन र ब्रम्हबिध्यामा सर्वथा अनाधिकार छ।

पुष्टिमार्गका आचार्य श्री वल्लभाचार्य जी र शुद्र-
ब्रम्हसूत्र १/३/३८ को भाष्य गर्दै लेख्छन्-
"दूरे ह्याधिकारचिन्ता वेदस्य श्रवणाध्ययनमर्थज्ञानं त्रयमपि तस्य (शूद्रस्य) प्रतिषिद्धम्। तत्सन्निधावन्यस्य च। अथास्य वेदमुपश्रृण्वतस्त्रयुजतुभ्यां श्रोतपरिपूरणमिति। पद्यु ह वा एतत् श्मशानं यच्छूद्रस्तत् - समीपे नाध्येतव्यमिति। उच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद: (गौतम समृ० १२/४)। स्मृतियुक्त्याऽपि वेदार्थे न शूद्राधिकार इत्याह। स्मृतेश्च 'वेदाक्षरविचारेण शूद्र: पतति तत्क्षण त्' (पराशर स्मृ० १/६३) इति। स्मार्तपौराणिकज्ञानादौ तु कारणविशेषेण शूद्रयोनौ गतानां महतामधिकार:। तथापि न कर्मजातिशूद्राणाम्।तस्मान्नास्ति वैदिके क्वचिदपि शूद्राधिकार इति स्थितम्।"
अर्थात्- ‘शुद्रको लागी वेदश्रवण गर्नु, पढ्न र उसको अर्थज्ञान तिन वटा को नैं निषेध छ। अत: उनको वेदाधिकारको चिन्ता त एकदम परको बिषय हो। शुद्र यदि वेदका मन्त्रहरु सुन्यो भने मात्र पनि भनें उसको कानमा सिसा र पारो हालिदिनु पर्छ, यदि उच्चारण गर्यो भनें जिब्रो काटि दिनु पर्छ, यदि मन्त्रको याद मात्रै गर्यो भनें देखि शरिरको टुक्रा टुक्रा पारिदिनु पर्छ। वेदको एक अक्षरको मात्रै पनि बिचार गर्यो भनें शुद्र तत्काल त्यहि समयमैं पतित हुन्छ, यसरी शुद्रको बारेमा पराशर स्मृति आदिमा भनिएको छ। स्मृति र पुराणहरुको ज्ञानमा पनि अधिकार कुनै बिशेष कारण शुद्रकुलोत्पन्न महापुरुषको लागी मात्रै हो, जाति या जन्म का शुद्रहरुको लागी भनें हैन। यस कारण वैदिक ज्ञानमा त कहिं पनि शुद्रहरुको अधिकार छैन, यसले यहि सिद्द भएको छ।

द्वैतवाद-प्रचारक श्री माध्वाचार्य (स्वामी आनन्द तार्थ जी महाराज) र शुद्र-
वेदान्त दर्शन १/३/३८ मा ‘अणु भाष्य’ मा उनि लेख्छन्-
"श्रवणे त्रपुजतुभ्यां श्रोत्रपरिपूरणम्, अध्ययने जिह्वाच्छेद:, धारणे हृदयविदारणम् इति प्रतिषेधात्। 'नाग्निनं यज्ञ: शूद्रस्य तथैवाध्ययनं कुत:। केवलैव तु शुश्रूषा त्रिवर्णानां विधीयते' इति स्मृतेश्च। विदुरादीनां तूत्पन्नज्ञानत्वान्न कश्चिद् विशेष:।"
अर्थात्- “यदि शुद्रले वेदका शब्दलाई सुन्यो भनें उसको कानमा सिसा र पारो तताएर हालिदिनु, वेदको अध्ययन गर्यो भनें उसको जिब्रो काटि दिनु, यदि अर्थको ज्ञान व निश्चय गर्यो भनें उसको हृदयको टुक्रा टुक्रा पारि दिनु पर्छ। शुद्रको अग्निहोत्र, यज्ञ, अध्ययनादिको अधिकार हुँदैन, उसको कार्य केवल तीन वर्णहरुको सेवा मात्रै हो, यस्तो स्मृतिमा भनिएको छ। तर विदुर आदि को जन्म देखि नैं ज्ञान उत्पन्न भएको थियो। अत: यसमा कुनै बिशेषता छैन।

श्री निम्बकाचार्य र शुद्र-
ब्रम्हसूत्र१/३/३८ को भाष्य “वेदान्त -पारिजातसौरभ” मा लेख्छन्-
"शूद्रो नाधिकियते। शूद्रसमीपे नाध्येतव्यभित्यादिना तस्य वेदश्रवणादिप्रतिषेधात्। न चास्योपदिशेद् धर्ममित्यादि स्मृतिश्च।"
अर्थात- “शुद्रलाई वेदाध्ययनको अधिकार छैन। शुद्रको नजिक अध्ययन गर्न हुँदैन। यो बिधान द्वारा शुद्रलाई वेद आदि सुन्न निषेध छ। स्मृतिमा पनि भनिएको छ कि शुद्रलाई धर्मको उपदेश दिन हुँदैन।

यि पाँच आचार्यहरुले शुद्रहरुको साथ कस्तो प्रकारको अत्याचार व अमानवताको ब्यबहार गरेका छन्।
कवष, ऐलूष, ऐतरेय ऋषि को थिए? के उनिहरु ब्राम्हण थिए? हैन, उनिहरु जन्मना शुद्र, दासी पुत्र भए पनि वेद मन्त्रहरुका प्रचारक थिए तथा ऋग्वेदको ब्राम्हण ’ऐतरेय-ब्राम्हण’ बनाउने वाला ऐतरेय दासी पुत्र थिए।

श्री रामानुजाचार्य वैष्णव मतका थिए र वैष्णव मतका प्रवर्तक “शठकोप” थिए जो कंजर जातिका थिए।
स्वामी महेश्वरानन्दगिरि: महामण्डलेश्वर, कनखल लेख्छन्-
"एवं श्री रामानुजाचार्यसम्प्रदायेऽपि 'पल्ली' संज्ञकस्य शूद्रस्य कुले जात: शठकोप:, सच गुणकर्मभ्यामेव ब्राह्मण्यमधिगत्य श्रीवैष्णसंप्रदायस्य परमाचार्य: संवृत इति दिव्यसूरिचरित्रचतुर्थसप्तर्गोक्त वचनैरेतत् विदितं भवति। श्रेष्ठ श्रीवैष्णवाचार्य्य: 'शठकोपोऽन्त्यजात्मज:'। जन्मकर्म - विशुद्धानां ब्राह्मणानामभूद् गुरु:।"

अर्थात्- "श्री रामानुजाचार्य-सम्प्रदायमा पनि 'पल्लि' नामको शुद्रको कुलमा उत्पन्न शठकोप गुण, कर्म बाट श्री वैष्णव सम्प्रदायका परमाचार्य भए, यो ‘दिव्यसूरिचरित्र’ को चतुर्थ सर्गको बचन द्वारा विदित हुन्छ। श्रेष्ठ श्रीवैष्णवाचार्य ‘शठकोप’ अन्त्यज-उत्पन्न थिए। उनि जन्म-कर्म द्वारा विशुद्द ब्राम्हणहरुका पनि गुरु भए।"

आद्य शंकराचार्य जी महाराजका अनुयायी उपर्युक्त महामण्डलेश्वर जी ले त श्री आद्य शंकराचार्य जी महाराजको वेदान्त दर्शन १/३/३८ को भाष्य उपर पनि टिका-टिप्पणी गर्दै लेख्छन्-
साक्षाद्वेदविरुद्धत्वात्, स्मृतिष्वेतादृशं वच:। प्रक्षिप्तं स्यान्नृशंसैस्तु स्वार्थान्धैर्जनशत्रुभि:।"
अर्थात्- “(शुद्रको जिह्वाच्छेदन आदिको आलोचना गर्दै लेख्छन् कि) यस्तो स्मृति वचन त साक्षात् वेद बिरुद्द हो मिलावट मात्र हो।”

ईनले स्वयं पनि श्री आद्य शंकराचार्यको भाष्यकै खण्डन गरि दिए।

आर्य समाजका संस्थापक महर्षि दयानन्द जी सरस्वती अनि शुद्र-
आर्य समाज कोही सम्प्रदाय, मजहव (पंथ) या मत हैन यो त एक बिसुद्द संस्था हो, जसको उद्देश्य हिन्दु-समाजमा प्रविष्ट सबै कुरितिहरुको मूलोच्छेद गर्नु अनि वैदिक धर्मको प्रचार गर्नु हो।

महर्षि दयानन्द जि लेख्नुहुन्छ-
“वेद पढ्ने-सुन्नेको अधिकार सबैको हो। हेर्नु! गार्गी आदि स्त्रिहरु अनि छान्दोग्य मा जनश्रुति शुद्रले पनि वेद 'रैक्यमुनि' सँग पढेका थिए अनि यजुर्वेदको २६सौं अध्यायको दोश्रो मन्त्रमा स्पष्ट लेखेको छ कि वेद पढ्ने र सुन्नेको अधिकार सब मनुष्यमात्रको छ।”

"यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय।।" (यजु० २६/२)

महर्षि दयानन्द जी कृत भाष्यम्-
"अस्याभिप्रायः - परमेश्वर: सर्वमानुष्यैर्वेदा: पठनीया: पाठचा इत्याज्ञां ददाति। तद्यथा - (यथा) येन प्रकारेण (इमाम्) प्रत्यक्षभूतामृग्वेदादिवेदचतुष्टयीं (कल्याणीम्) कल्याणसाधिकां (वाचम्) वाणीं (जनेभ्य:) सर्वेभ्यो मनुष्येभ्योऽर्थात् सकलजीवोपकाराय (आवदानि) आसमन्ताद् उपदिशानि, तथैव सर्वैर्विद्वद्भि: सर्वमनुष्येभ्यो वेदचतुष्टयी वागुपदेष्टव्येति।
अत्र कश्चिदेवं ब्रूयात्जनेभ्यो द्विजेभ्य इत्यध्याहार्य्य, वेदाध्ययनाध्यापने तेषामेवाधिकारत्वात्।
नैव शक्यम् - उत्तरमन्त्रभागार्थविरोधात्। तद्यथा - कस्य - कस्य वेदाध्ययनश्रवणेऽधिकारोऽस्तीत्याकांक्षायामिदमुच्यते। (ब्रह्मराजन्याभ्याम्) ब्राह्मणक्षत्रियाभ्यां, (अर्य्याय) वैश्याय (शूद्राय), (चारणाय) अतिशूद्रायान्त्यजाय, (स्वाय) स्वात्मीयाय पुत्राय भृत्याय च, सर्वे: सैषा वेदचतुष्टयी श्राव्येति। (प्रियो देवानां दक्षिणायै दातुरिह०) यथाहमीश्वर: पक्षपातं विहाय सर्वोपकारकरणेन सह वर्त्तमान: सन्, देवानां विदुषां प्रिय:। दातुर्दक्षिणायै सर्वस्वदानाय प्रियश्च भूयासं स्याम्, तथैव भवद्भि: सर्वैर्विद्वद्भिरपि सर्वोपकारं सर्वप्रियाचरणं मत्वा सर्वेभ्यो वेदवाणी श्राव्येती। यथायं (मे) मम काम: समृध्यते, तथैवैवं कुर्वताम् (अर्य काम: समृध्यताम्) इयमिष्टसुखेच्छा समृध्यतां सम्यग् वर्धताम्। यशाद: सर्वमिष्टसुखं मामुपनमति, (उप मादो नमतु) तथैव भवतोऽपि सर्वमिष्टसुखमुपनमतु सम्यक् प्राप्नोत्विति।
मया युष्मभ्यमयमाशीर्वादो दीयत इति निश्चेतव्यम्। यथा मया वेदविद्या सर्वार्था प्रकाशिता, तथैव युष्माभिरपि सर्वार्थोपकर्त्तव्या। नात्र वैषम्यं किञ्चित् कर्त्तव्यमिति। कुत:? यथा मम सर्वप्रियार्था पक्षपातरहिता च प्रवृत्तिरस्ति, तथैव युष्माभिराचरणे कृते मम प्रसन्नता भवति, नान्यथेति। अस्य मन्त्रस्यायमेवार्थोऽस्ति। कुत:? 'बृहस्पते अति यदर्थ:' इत्युत्तरस्मिन् मन्त्रेहीश्वरार्थस्यैव प्रतिपादनात्।"
अर्थात्- “(यथेमां वाचं कल्याणी०) यो मन्त्रको अभिप्राय यो हो कि वेद पढ्ने पढाउने सब मनुष्यहरुको अधिकार हो, अनि विद्वानहरुको उनिहरुलाई पढाउन। यसैले ईश्वरले आज्ञा दिन्छन् कि- हे मनुष्य! जसरी म तिमिहरुलाई चारै वेदको उपदेश गर्छु, त्यसरी नै तिमिहरु पनि वेद पढेर सबै मनुष्यलाई पढाउने र सुनाउने गर। किन कि यि चारै वेद रुपी वाणी सबैको कल्याण गर्ने वाला छन् तथा (आवदानि जनेभ्य:) जस्तै सबै मनुष्यहरुको लागी म वेदको उपदेश गर्छु, त्यस्तै सदा तिमिहरु पनि गर्ने गर।
प्रश्न- “जनेभ्य:” यो पद ले त द्विजहरु नैं को ग्रहण गर्नु पर्छ, किन कि जहाँ कहिं सूत्र र स्मृतिहरुमा पढ्ने अधिकार लेखेको छ, उहाँ केवल द्विजहरुको नै ग्रहण गरेको छ?
उत्तर- यो कुरो ठिक हैन किनकि जो ईश्वरको पनि अभिप्राय द्विजहरुको मात्रै ग्रहण गर्ने हुँदो हो त मनुष्यमात्रको उनको पढ्नेको अधिकार कहिल्यै पनि दिने थिएन जस्तै कि यि मन्त्रहरुमा प्रत्यक्ष्य विधान छ- (ब्रम्हराजन्याभ्यां शुद्राय चाय्यर्याय च स्वाय चारणाय) अर्थात् वेदाधिकार जस्तै ब्राम्हण वर्णको लागी छ त्यस्तै क्षत्रिय, अय्य्र= वैश्य, शुद्र, पुत्र, भृत्य अनि अति शुद्रका लागि पनि बराबर छ- किनकि वेद ईश्वरप्रकाशित हो। जो बिद्याको पुस्तक हुन्छ त्यो सबैको हितकारक हो, अनि ईश्वररचित पदार्थहरुको दायभागी सबै मनुष्य अबस्य नैं हुन्छन्। यस कारण उनको जानना सबै मनुष्यहरुको उचित छ, किन कि त्यो माल सबैको पिताका सबै पुत्रहरुको लागी हो कुनै वर्ण विशेषका लागी हैन।...।”

महर्षि दयानन्द जी को उपर्युक्त भाष्यको समर्थन् तथा त्यस्तै प्रकारका भाष्य अनेक आर्य विद्वानहरुले पनि गरेका छन्। चतुर्वेदभाष्यकार पं० जयदेव शर्मा ‘विद्यालंकार’ मीमांसातीर्थ; पं० श्रीपाद दामोदर सातवलेकर; शास्त्रार्थ-महारथी पं० जे० पी० चौधरी जी काव्यतीर्थ; पं० मनसाराम जी ‘वैदिकतोप'; स्वामी नित्यानन्द जी महाराज व स्वामी विश्वेश्वरानन्द जी महाराज; पं० भूमित्र शर्मा आर्योपदेशक; पं० शिवशंकर शर्मा ‘काव्यतीर्थ’; श्री ओम् प्रकाश त्यागी, मंत्री सार्वदेशिक सभा; पं० धर्मदेव जी ‘विद्यामार्तण्ड’; डा० निरुपण ‘विद्यालंकार’ एम०ए०, पी-एच-डी०।

पौराणिक पंडितहरुमा श्री उव्वट, महीधर, पं० ज्वालाप्रसाद मिश्र, पं० दीनानाथ शास्त्रीले यजु (२६/२) को जो अर्थ गरेका थिए ति अशुद्ध तथा भ्रम पूर्ण छन्। धेरै उदार पौराणिक विद्वानहरुले पनि महर्षि दयानन्द जी को भाष्यलाई समर्थन गरेका छन्। यथा-

(क) स्व० पं० सत्यव्रत जी सामश्रमी, कलकत्ता- जो आर्यसमाजी थिएनन्, उनले “ऐतरेयालोचनम्” नामक संस्कृतमा एक पुस्तक लेखेका छन्। यो “ऐतरेय-ब्राम्हण” को बिस्तृत भूमिका हो। यो ब्राम्हणको रचयिता महीदास नामको दासीपुत्र शुद्र थिए। जब शुद्रलाई वेदाध्ययनको अधिकारै थिएन भनें तब महीदासले कसरी ऐतरेय ब्राम्हणको निर्माण गरे? यो प्रश्न उठाएर आचार्य पं० सत्यव्रत जी सामश्रमी ले उत्तर दिएका छन् कि ‘शुद्र’ ब्राम्हण ग्रन्थको रचना गर्न सक्छ या सक्दैन यो त साधारण बात हो। हामि त ब्राम्हण ग्रन्थमा यहाँ सम्म पाउँछौ कि शुद्रहरु वेदका मन्त्र द्रष्टा सम्म भएका छन्।

"नन्वेवमार्याणामार्यत्वप्रतिपादकधर्माणां यागादीनां विधायको ब्राह्मणग्रन्थस्तस्य प्रवचनं कर्तृत्वं कथमनार्ये तत्र दासीपुत्रे सम्भवेन्नामेति चेत् अत्र ब्रूम:। यागादिविधायकब्राह्मणग्रन्थस्य प्रोक्तृत्वं तुकिं तुच्छम्, मन्त्रद्रष्टृत्वमपि ज्ञायते दासीपुत्रस्यापि तद्यथा श्रुतं तावत्रैव कवषमैलूषोपाख्यानम्।"
अर्थात्- कवष ऐलूष की कथा द्वारा यहाँ तक पाईन्छ कि शुद्र मन्त्रद्रष्टा सम्म भएका छन्।
यति लेख्दा पनि आचार्यको हृदयको सन्तोष भएन र उनि शुद्रको वेदाधिकार सिद्ध गर्नको लागी वडो गर्व ले महर्षि दयानन्द जी सरास्वतीको भाष्यलाई अवतरण दिदै लेख्छन्-
"शूद्रस्य वेदाधिकारे साक्षाद् वेदवचनमपि प्रदर्शितं स्वामिदयानन्देन (वाजसनेयि-संहिता २६/२), यथेमां वाचं कल्याणीमावदानि जनेभ्य:। ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय इति तदेवं वेदविधे: पक्षपातदोषभावत्र्व न कथमपीति स्पष्टम्।" (ऐतरेयालोचनम् पृष्ठ १७)
अर्थात्- “शुद्रलाई वेदाधिकारमा स्वामी दयानन्द जी ले साक्षात् यजुर्वेद (२६/२) को वचन ‘यथेमां वाचं कल्याणीम्’ को प्रदर्शित गरेका छन्। यस प्रकार यो पनि स्पष्ट छ कि वेदको विधानमा कुनै पनि तरहको पक्षपातको दोष लगाउन सकिदैन।”

आचार्य सामश्रमी जी को पुष्टिमा पं० आत्माराम जी अमृतसरी बढौदा आफ्नो “Maharshi Dayanand Saraswati and Untouchhability” शिर्षकको अंग्रेजी लेखमा लेख्छन्-
"But a well-known Sanskrit scholar of Bengal Pandit Satyavrat Samasrami, who is neither a member nor a supporier of the Arya Samaj and who is well-known for his Sanskrit research work to the Government of India, has in his latest book 'Aitareya-Alochana' not only gives a similar translation and exposition of this epoch-making mantra but has in plain words, by giving reference of Swami Dayanand Saraswati and the translation which the great Rishi Dayanand made fifty years ago, corroborated every word of the same. He like Rishi Dayanand says that from Brahmin down to the Cobbler every human being is entitled to the study of the Vedas."
अर्थात्- "बंगालका प्रसिद्द संस्कृत गवेषक पं० सत्यव्रत सामश्रमी जो आर्य समाजका न त सदस्य थिए न त समर्थक नैं थिए। उनि भारतिय सरकारका सुप्रसिद्ध संस्कृत गवेषक थिए, आफ्नो अन्तिम पुस्तक ‘ऐतरेयालोचन’ मा ऋषि दयानन्दको अनुवादको उदाहरण दिन्छन्, जसको ५० बर्ष पूर्व महान् ऋषि दयानन्दले गरेका थिए। उनि ऋषि दयानन्द कै सदृष्य नै भन्छन् कि ब्राम्हाणहरु देखि लिएर अछुतहरु सम्म प्रत्येक मानवको वेदाध्ययनको अधिकार छ।"

(ख) कविवर श्री दुलारेला जी भार्गव, सम्पादक पाक्षिक “सुधा” लखनऊ, आफ्नो “महर्षि दयानन्द अनि नारी-समाज” शिर्षक लेखमा नारी व सभि जातिका बालिका-बिद्यार्थिहरुको वेदाधिकार सिद्ध गर्नको लागि (यजु० २६/२) मा महर्षि दयानन्द जी को भाष्यलाई प्रस्तुत गर्दछन्।

(ग) पौराणिक पं० गंगाप्रसाद जी शास्त्री, चाह इन्दरा, दिल्ली, यजु० (२६/२) उपर महीधरभाष्य को आलोचना गर्दै महर्षि दयानन्द जी सरस्वतीकै समान नै अर्थ गरेर सबैको वेदाधिकार सिद्ध गर्दछन्। उनि अर्थ गर्छन् कि- “हे शिष्यहरु! जुन प्रकारले मैले यो वेदवाणीको ब्राम्हण, क्षत्रिय, वैश्य, शुद्र, मित्र, शत्रु सबैको लागी भनेको छु उसै प्रकार तिमिहरु पनि सबै मनुष्यहरुलाई उपदेश गर्ने गर्नु।"

(घ) परलोकवासी आचार्य पं० इन्दिरारमण जी शास्त्री आफ्नो “अन्त्यजों का वेदाधिकार” शिर्षक लेखमा महर्षि दयानन्द जी को वेदभाष्यको समर्थन गर्दै लेख्छन्- "... स्वामी दयानन्दले यो मन्त्र द्वारा शुद्रहरुलाई वेदाध्ययनको लागि अधिकार प्रमाणित गर्नु भएको छ। जब अध्ययनाधिकार सिद्ध भै सक्यो भनें पछि, तब यज्ञमा अघीत मन्त्रहरुको उद्गानको र तत्सम्बद्ध वैदिक कर्महरुको अनुष्ठानहरुको अधिकार स्वत: प्राप्त हुन जान्छ।"
(ङ) श्री आर० के० मुखर्जीको कथन छ कि- "It is contended that this refers to the equal right of all classes to the study of the Veda."
उनले यो निष्कर्ष निकालेका छन् कि "वेद को अध्ययन गर्नको लागी सबै वर्गका व्यक्तिहरुलाई समान अधिकार छ।"

(च) श्री वैष्णव सम्प्रदायका आचार्य, स्वामी भगवदाचार्य जी महाराज पण्डितराज परमहंस, परिव्राजक, वेदरत्न, निरुक्त-भाषण, व्याकरण-शिरोमणि, विद्याभाष्कर, साहित्यलंकार यजु० (२६/२) को सस्कृतमा भाष्य गर्दै लेख्छन् कि-
"यथेमां वाचमिति। अत्र किं चिद्वक्तव्यम्। स्वामिदयानन्देन यथेमामि-त्यारभ्य चारणाय चेत्यन्तेन शूद्राणामपि वेदेऽधिकार इति साधितम्। दयानन्द स्वामिना मन्त्रार्थभागेन सर्वेषां वेदेष्वधिकार इत्युक्तम्। तत्तु समीचीनमेव।"
अर्थात्- “यहाँ केही वक्तब्य छ। स्वामी दयानन्दले ‘यथेमां...’ को भाष्यमा ‘चारणाय’ शुद्रको पनि वेदाधिकार छ, यो सिद्ध गरेका छन्। स्वामी दयानन्द जी मन्त्रार्थमा सबैको लागी वेदमा अधिकार छ भनेका छन्। यो समीचीन हो ...।”

पुन: उनै आफ्नो एक लेखमा महर्षि दयानन्द जी को भाष्यलाई स्पष्ट स्वीकार गर्दै लेख्छन् कि- “वेद ईश्वरिय पुस्तक हो। जस्तै द्विजाति उस्तै शुद्र पनि भगवानकै उत्पादित प्रजा नैं हुन्। हस्तपादादि, जिह्वा, नेत्रादि र स्मरण शक्ति आदि पनि ब्रम्हाणादि र शुद्रहरुको समान नैं छन्। अत: जसरी पण्डित ब्राम्हाणादि वेदपाठ गर्न सक्छन् त्यस्तै शुद्रहरुले पनि वेदपाठ गर्न सक्छन्। रह्यो बात प्रमाणको। प्रमाणको अपेक्षा तब हुने गर्छ जब पाप र पुण्यको बिकट प्रश्न उपश्थित हुन्छ। पाप तब हुन्छ जब कसैको साथ अन्याय, अनाचार, अत्याचार, दुराचार, अनि बलात्कार आदि भएको हुन्छ। जहाँ यि सब हुन्नन, वहाँ पाप र पुण्यको बिचार उठ्न सक्दैन। यो वा यसलाई पढ्दा खेरी पाप त हुँदैन, धर्म पनि हुँदैन। वेद पढ्नाले धर्म तब हुन्छ, जब वेदोपदिष्ट सदाचारहरुको पालन गरिएको हुन्छ। वेद को केवल पाठ गर्दैमा धर्म हुन्छ भन्ने यो कथनमा मेरो आफ्नो बिस्वास छैन। यस्तो स्थितिमा वेदाध्ययनमा शुद्राधिकार को समर्थनको लागि प्रमाण खोज्न को लागी मलाई कुनै पनि आवस्यकता प्रतित हुँदैन। किंच, वेद ईश्वरिय ग्रन्थ हो। ईश्वर ले कहा यो भनेका छन् कि शुद्रले यो नपढ्नु भनेर, यस्तो मलाई स्मरण छैन। अत: सबैको समान नै शुद्रहरुले  पनि वेद पढ्न सक्छन्। मैक्समूलर आदि अनेक विदेशिय विद्वान वेदको पढे अनि सम्झे। उनिहरु प्रति उनले टिका टिप्पणी पनि गरे अनि उनका अनुवाद पनि गरे। उनिहरुले कहिल्यै पनि कोही कसैलाई यो सोधेनन् कि हामिहरुलाई वेद पढ्ने अधिकार छ या छैन भनेर। वेद पढेकोले उनिहरुलाई नरक मिल्यो या ईश्वर देखी दण्ड मिल्यो, यो पनि त भन्न सकिन्न। स्वामी दयानन्द सरस्वतीले ‘यथेमां वाचं कल्याणीम्’ यो मन्त्र द्वारा शुद्राधिकार सिद्ध गरेका छन्, त्यो धेरै हद तक समुचित छ।...”

यस प्रकार छ: यस्ता विद्वानहरुले महर्षि दयानन्द जी को भाष्यलाई समर्थन गरेका छन्, जो “आर्य समाजी“ न हुन् न त थिए।

रामायणकालीन वैदिक संस्कृति



रामायणकालीन वैदिक संस्कृति

सन्ध्या र अग्निहोत्र:

वाल्मीकि रामायणबाट विदित हुन्छ कि त्यसकालमा पनि आर्यहरुको उपासना सन्ध्याको रुपमा हुन्थ्यो। जप, प्राणायाम तथा अग्निहोत्रको पनि विपुल उल्लेख भेटिन्छ।

(१) ईशस्तुति, सन्ध्या, गायत्री जप, अग्निहोत्र र प्राणायमका केही प्रसंग द्रष्टव्य छन्–

कौशल्या–सुप्रजा–राम पूर्वा सन्ध्या प्रवर्तते।
उत्तिष्ठ नरशार्दूल! कर्तव्यं दैवमाह्रिकम्।। –(बालखण्ड ३३/२)
भावार्थ– महर्षि विश्वामित्रले भने कि– हे कौशल्या नन्दन राम, प्रातः कालीन सन्ध्याको समय हुँदै छ। हे नरशार्दूल, उठ र नैत्यिक कर्तव्य–सन्ध्या र देवयज्ञ गर।

तस्यर्षेः परमोदारं वचः श्रुत्वा नरोत्तमौ।
स्नात्वा कृतोदकौ वीरौ जपेतुः परमं जपम्।। –(बालकाण्ड २३/३)
भावार्थ– ऋषि विश्वामित्रको यस उदार वचनहरुलाई सुनेर दुवै भाइ (राम र लक्ष्मण) उठ, स्नान आदिले निवृत्त भएर परम जप (गायत्रीको जाप) गरे।

कुमारावपि तां रात्रिमुषित्वा सुसमाहितौ।
प्रभातकाले चोत्थाय पूर्वां सन्ध्यामुुपास्य च।।३१।।
प्रशुची परमं जाप्यं समाप्य नियमेन च।
हुताग्निहोत्रमासीनं विश्वामित्रमवन्दताम्।।३२।। –(बालकाण्ड २९ औँ सर्ग)
भावार्थ– राम, लक्ष्मण दुवै राजकुमार सावधानीका साथ रात्रि व्यतीत गरेर प्रातः काल उठेर सन्ध्योपासना गरे। अत्यन्त पवित्र भएर परम जप गायत्रीको नियमपूर्वक उनीहरुले जप गरे र त्यस पछि अग्निहोत्र गरेर बसेका गुरु विश्वामित्रलाई अभिवादन गरे।

आश्वासितो लक्ष्मणेन रामः सन्ध्यामुपासत। –(युद्धकाण्ड ५/२३)
भावार्थ– सीताको शोकले दुःखी रामले लक्ष्मणद्वारा धैयमा आश्वासित हुँदा सन्ध्योपासना गरे।

सीतालाई खोज्दै हनुमान अशोकवाटिकामा एक पवित्र सुन्दर नदी देखेर सोच्दछन्–

सन्ध्याकालमनाः श्यामा ध्रुवमेष्यति जानकी।
नदीं चेमां शुभजलां सन्ध्यार्थे वरवर्णिनी।। –(सुन्दरकाण्ड १४/४९)
भावार्थ– यदि सीता भएकी भए प्रातःकालीन सन्ध्याको लागि यस सुन्दर जलको नदीको तटमा, सन्ध्याको योग्य यस स्थलमा अवश्य आउनेछिन्।

तस्मिन् कालेपि कौशल्या तस्थावामीलितेक्षणा।
प्राणायामेन पुरुषं ध्यायमाना जनार्दनम्।। –(अयोध्याकाण्ड ४/३२–३३)
भावार्थ– श्रीराम जब कौशल्याजीको भवनमा गए त्यस समयमा कौशल्या नेत्र बन्द गरेर ध्यानमा बसेकी थिइन् र प्राणायमद्वारा परमपुरुष परमात्माको ध्यान गरिरहेकी थिइन्।

सा क्षौमवसना ह्रष्टा व्रतपरायणा।
अग्निं जुहोति स्म तदा मन्त्रवत्कृतमंगला।। (अयोध्या काण्ड २०/१५)
भावार्थ– रेशमी वस्त्र पहिरेर राममाता कौशल्या प्रसन्नताका साथ निरन्तर व्रतपरायण भएर मंगल कृत्य पूर्ण गरे पश्चात् मन्त्रोच्चारणपूर्वक त्यस समय अग्निमा आहुति दिंदै थिइन्।

गते पुरोहिते रामः स्नातो नियतमानसः।
सह पत्न्या विशालाक्ष्या नारायणमुपागतम्।। –(अयोध्याकाण्ड ६/१)
भावार्थ– पुरोहित गएपछि श्रीरामले स्नान गरेर नियत मनले विशाललोचना पत्नी सीता सहित परमात्माको उपासना गर्नुभयो।

(२) वेद वेदाङ्गको अध्ययनः

रक्षिता स्वस्य धर्मस्य स्वजनस्य च रक्षिता।
वेदवेदांगतत्वज्ञो धनुर्वेदे च निष्ठितः।। (बालकाण्ड १/१४)
भावार्थ– राम स्वधर्म तथा स्वजनहरुको पालक वेद–वेदांगहरुका तत्ववेत्ता धनुर्वेदमा प्रवीण थिए।

सर्वविद्याव्रतस्नातको यथावत् सांगवेदवित् ।।– (अयोध्यायकाण्ड १/२०)
भावार्थ– श्रीराम सर्वविद्याव्रतस्नातक तथा छ अंगसहित सम्पूर्ण वेदहरुका यथार्थ ज्ञाता थिए।

अस्मिन् च चलते धर्मो यो धर्म नातिवर्तते।
यो ब्राह्मस्रं वेदांश्च वेदविदां वरः।। –(युद्धकाण्ड २८/१९)
भावार्थ– धर्म श्रीरामसँग कहिल्यै अलग हुन्न। श्रीराम धर्मको उल्लंघन कहिल्यै गर्दैनन्। उनी ब्रह्मास्र र वेद दुवैका ज्ञाता थिए तथा वेदवेत्ताहरुमा श्रेष्ठ थिए।

(३) रावण पनि वेदविद्याव्रत स्नातक थिए:

वेदविद्याव्रततस्नातः स्वकर्मनिरतस्तथा।
श्रियः कस्माद् वधं वीर, मन्यसे राक्षसेश्वर।। –(युद्धकाण्ड ९२/६४)
भावार्थ– सुपाश्र्व नामक बुद्धिमान् रावणका मन्त्रीले रावणलाई भने– हे रावण, तिमी वेदविद्याव्रतस्नातक तथा स्वकर्मपरायण भएर स्त्रीवध (सीतावध) किन गर्न चाहन्छौ?

यस प्रकार रावण वेदविद्यावित् हुँदा हुँदै पनि किन पापी मानिन्छन्? यसको उत्तर हनुमान कथनबाट प्राप्त हुन्छ–

अह रुपमहो धैर्यमहो सत्वमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।१७।।
यद्यधर्मो न बलवान् स्यादयं राक्षसेश्वरः।
स्यादयं सुरलोकस्य सशक्रस्यापि रक्षिता।।१८।। –(सुन्दरकाण्ड ४९ औ सर्ग)
भावार्थ– रावणलाई देखेर हनुमान मुग्ध हुन्छन्। उनी भन्छन्– अहो रावणको रुप सौन्दर्य, अहो धैर्य, कति अनुपम शक्ति, र कति आकर्षक तेज। राक्षसराज रावणको राजोचित सर्वलक्षणहरुले सम्पन्न हुनु कति आश्चर्यको कुरा हो। यदि उसमा अधर्म प्रबल नभएको भए ऊ इन्द्र सहित देवलोकको पनि स्वामी बन्नेथियो।

अतः वेदवेत्ता हुँदै हुँदै पनि आफ्नो आचारहीनताले रावण अधर्मी र पापी मानियो।

भनिएको पनि छ–
आचारहीनं न पुनन्ति वेदाः। –(मनुस्मृति ६/३)
आचारले हीन दुराचारी व्यक्तिलाई वेदले पनि पवित्र गर्न सक्दैनन्।

।। शमित्याेम् ।।

Friday, July 26, 2019

के स्त्रीहरुलाई गायत्री जपको अधिकार छ?



के स्त्रीहरुलाई गायत्री जपको अधिकार छ?

प्रियांशु सेठ

आजको युगमा हिन्दु समाजमा एक भ्रान्ति फैलिएको छ कि गायत्री मन्त्रको जपको अधिकार स्त्रीहरुलाई छैन। यो हाम्रो शास्त्र विरुद्ध छ। प्राचीन कालमा सबै स्त्रीहरु तथा पुरुषहरु नित्य गायत्रीको उपासना गर्दथे किन्तु आज यो हुँदैन। आजभोलि पौराणिक गुरु आफ्ना चेला तथा चेलीहरुलाई नयाँ नयाँ मन्त्रहरु दिन्छन् जस्तै “रां रामाय नमः” या “नमो नारायणाय” अथवा “सो अहं” आदि मन्त्रहरु। यी मन्त्रहरुमा द्वादशाक्षरी मन्त्र अत्यन्त प्रसिद्ध छ। उक्त तथा कथित मन्त्र यस प्रकारको छ- “ओं नमो भगवते वासुदेवाय”।

यस मन्त्रको सम्बन्धमा पहिलो कुरा त यो हो कि यो कुनै मन्त्र नै होइन। कुनै पनि वेदमा यसको उल्लेख छैन। अर्को कुरा यो द्विजहरुको लागि होइन।

द्वादशाक्षरकं मन्त्रं स्त्रीशूद्रेषु विधीयते। -विष्णुधर्मो० प्रथम खण्ड १५५/२८
अर्थात् द्वादशाक्षरको मन्त्र स्त्री र शूद्रहरुको लागि हो।

जब स्त्रीहरुलाई वेदाधिकारबाट वञ्चित गरियो तथा यस किसिमका मन्त्रहरुको निर्माण गरिएको थियो। कुनै पनि पौराणिक आफ्ना शिष्यलाई गायत्री मन्त्रको जापको विधान भन्दैन। केही पौराणिकहरुको त यहाँ सम्मको कथन छ कि स्त्रीहरुलाई गायत्री जापको अधिकार नै छैन।

यो अनर्थ हो जसको समाधान अत्यन्त आवश्यक छ। वेद भगवानदेखि पुराणहरु र स्मृतिहरुमा पनि सबैले वेदहरुमा स्त्रीहरुको अधिकार मानेका छन्। जब वेदमन्त्रको द्रष्टा ऋषिकाहरु पनि भए भने यिनको अध्ययनको अधिकारप्रति कसले औला ठड्याउन सक्छ? अनेक ब्रह्मवादिनी देवीहरुको इतिहासको वर्णन पुराणादि शास्त्रहरुमा नै प्राप्त छ।

“महाभारत” को शल्यपर्वमा एक तपस्विनीको इतिहास आएको छ जो वेदाध्ययन गर्नेवाली तथा योग सिद्धिलाई प्राप्त थिइन्। उनको नाम सिद्धा थियो। भरद्वाजकी पुत्री श्रुतावली वेदकी पण्डिता थिइन्। भक्त शाण्डिल्यकी पुत्री “श्रीमती” निरन्तर वेदाध्ययनमा प्रवृत्त रहन्थिन्। “शिवा” नामक ब्राह्मणी वेदहरुमा पारंगत थिइन्। यसै प्रकार भारती, मैत्रेयी, गार्गी, सुलभा, द्रौपदी, वयुना, धारिणी, वेदवती आदि कति नै देवीहरुको वर्णन आउँछ जो वेदको अध्ययनमा प्रवृत्त थिए। वेदवतीलाई त चारै वेद कण्ठस्थ नै थियो। यति मात्र होइन, देवीहरुलाई ब्रह्माको पदवी पनि प्राप्त हुन्थ्यो। जब चारै वेद पढ्ने अधिकार देवीहरुलाई प्राप्त थियो भने गायत्री मन्त्र के वेदहरुबाट बाहिर छ?

पुराणहरुमा पनि स्त्रीहरुलाई वेद मन्त्र ग्रहणको अधिकार दिइएको छ। “भविष्यपुराण” को उत्तरपर्व ४/१३ मा लेखिएको छ-

या स्त्री भत्र्रा वियुक्तापि त्वाचारे संयुता शुभा।
सा च मन्त्रान् प्र गृह्णात् सभर्त्रा स्वनुज्ञया।।

अर्थात्- “उत्तम आचरणवाली विधवा स्त्री वेदमन्त्रहरुको ग्रहण गरून् र सधवा स्त्री आफ्ना पतिको अनुमतिले मन्त्रहरुको ग्रहण गरून्।”

वशिष्ठ स्मृति २१/७ मा लेखिएको छ-

"यदि स्त्रीको मनमा पतिको प्रति दुर्भाव आयो भने त्यस पापको प्रायश्चितका साथ १०८ पल्ट गायत्रीको जाप गरेर पवित्रतालाई प्राप्त गर्नु पर्छ।"

भविष्यपुराणमा भनिएको छ-

वृथा जाप्यमवैदिकम्। -भविष्यपुराण उत्तर० १२२/९
अवैदिक मन्त्रहरुको जप निरर्थक छ।

यस्ता अनेकौँ प्रमाण छन् जसबाट सिद्ध हुन्छ कि नाना मठधारी देवीहरुलाई गायत्रीको जपबाट रोक्दछन् जो वेद, शास्त्त, पुराण, इतिहास आदिबाट कोल्टे फेर्छन्।

यस पवित्र मन्त्रको व्याख्यामा कति ग्रन्थ नै लेखिएका छन् र अझै कति लेखिने हुने परन्तु यसको पूर्ण व्याख्या हुने छैन किनकी यो चार वेदको सार हो। जो साधकले यसको जाप गर्दछन् उनीहरुले ठुला ठुला ग्रन्थहरु अगाडि राख्दैनन् र बिना भावार्थको ज्ञान यसको अधिक लाभ छैन। जप गर्नेवालालाई ज्ञान हुनुपर्छ कि म भगवानको समक्षमा बसेको छु र के गर्दैछु, के माग्दैछु आदि।

म त गायत्री मन्त्रलाई आत्म समर्पणको मन्त्र मान्छु। जस प्रकार एक युवती यो कुरा राम्ररी जान्दछे कि विवाह मण्डपमा पवित्र अग्निको सामुन्ने बसेर पूर्ण निश्चयका साथ आफूलाई पतिदेवको अगाडि समर्पण गर्दै, पतिलाई आफ्नो वर बनाउने भाव जस्तै गायत्री मन्त्रको जापकर्ता आफ्ना प्रियतमसँग भन्छ कि “हे प्रिय, म तिम्रो सुन्दर शुद्ध तेजको ध्यान गर्दछु। तिमी वरणयोग्य छौ। तिमी, जो सम्पूर्ण जगतका उत्पादक हौँ, सबैका प्रकाशक हौ, प्राण प्रिय हौ , हे स्वामिन्, आफ्नो बुद्धि म तिमीमा अर्पण गर्दछु। यसलाई आफूतिर लगाऊ।”


जब एक पल्ट स्त्रीले पतिको वर लिन्छिन् तब उनी सदाको लागि पतिकै हुन्छिन्। गायत्री मन्त्रमा साधक या उपासक पनि भगवानलाई आफ्नो वर वरण गर्दछन् र आफूलाई उहाँ समर्पण गरिदिन्छ। अब उसको हृदयरूपी सिंहासनमा उसका प्रभु बाहेक अरु कसैको आसन रहदैन। यदि प्रभुका अतिरिक्त अरु कोइ आए भने जसरी स्त्रीको पतिव्रत धर्म अपवित्र हुन्छ, त्यस्तै भक्तको भक्ति पनि कलंकित हुन जान्छ।

गायत्री मन्त्रको जप गर्दा गर्दै भक्त बारम्बार ईश्वरसँग याचना गर्दछ कि म तिम्रो भइसके। मेरो बुद्धिको स्वामित्व तिमीसँग छ। हे प्रभो, आफूतर्फ यसलाई सञ्चालन गर। जब यो प्रभुको निम्ति भेँट दिइयो भने यो अरु कहाँ दौडन्छ होला? कबीर भन्छन्-

कबिरा यह मन एक है, चाहे जहाँ लगाय।
भावे प्रभुकी भक्ति कर, भावे विषय कमाय।।

जब गायत्री मन्त्रद्वारा यसलाई इश्वरमा लगाइयो भने, उसैको निम्ति सबै भयो। अनि त उसैको भएर हर समय उसैसँग यो भन्नु पर्छ कि-
नैनोँ की कर कोठरी, पुतली पलँग बिछाय।
पलकोँ की चिक डालकर, पिय को लेउँ रिझाय।।

जब एक पल्ट आफ्नो बुद्धि तथा मन ईश्वरलाई अर्पण गरिन्छ तब फेरि प्रभुको आज्ञाको बिना ऊ कुनै अरु विचार आफू भित्र ल्याउनै सक्दैन। जब गायत्रीको पाठ गर्दै भगवानलाई 'भूः'- प्राण-प्रिय भनियो, अनि त ईश्वरको बिना हाम्रो प्राण कसरी रहला?
जब कसैको प्राणप्रिय हराउँछन्, अनि उसको विरहमा जस्तो अवस्था उसको प्रेमीको हुन्छ, त्यही अवस्था भगवानको भावनाबाट क्षणमात्र टाढा हुने भक्तको हुने गर्छ। विरहको अर्थ हो आफ्ना प्रियतमको प्रेममा मरिमिट्ने तृष्णा।
एक कविको कथन छ-

उर में दाह, प्रवाह दृग, रह-रह निकले आह।
मर मिटने की चाह हो, यही विरह की राह।।

परन्तु गायत्रीको साधना गर्नेवालालाई मर्ने कुनै आवश्यकता नै पर्दैन अपितु उनीहरुमा गायत्रीजपद्वारा तथा तदनुकूल आचरण गर्नाले एक नयाँ जीवनको सञ्चार हुन्छ।


  1. (अब त महर्षि दयानन्दको अपार दयाबाट स्त्रीहरुलाई वेदाधिकार पनि प्राप्त भयो, अतः यिनी अवैदिक तथाकथित मन्त्रहरुलाई तिलाञ्चलि दिनुपर्छ र गायत्रीको नित्य जप गर्नु पर्छ)

वेदका शिव



वेदका शिव

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

हिन्दु समाजमा मान्यता छ कि वेदमा पनि उनै शिवको बर्णन छ जसको नाममा अनेक पौराणिक कथाहरुको श्रृजन भएको हो। उनै शिवको पूजा उपसना वैदिक काल देखी आज सम्म चलि आएको छ। किन्तु वेदका मर्मज्ञहरु यो बिचार सँग सहमत छैनन्। उनिहरुको अनुसार वेद तथा उपनिषदहरुका शिव निराकार ब्रम्ह हुन्।

पूराणहरुमा बर्णित शिब जि परम योगी अनि ईश्वरका भक्त थिए।उनि एक निराकार ईश्वर “ओ३म् “ को उपसना गर्दथे। कैलासपती शिव वीतरागी महान राजा थिए। उनको राजधानी कैलास थियो अनि तिब्बतको पठार र हिमालयका उनि शासक थिए। हरिद्वार देखी उनको सिमा आरम्भ थियो। उनि राजा भएर पनि अत्यन्त वैरागी थिए। उनकि पत्निको नाम पार्वती थिईन जो पर्वतराज राजा हिमालय कि छोरी थिईन। पार्वतीले पनि उत्तराखण्डको गौरीकुण्डमा बसेर तपस्या गरेकी थिईन्। उनका दुई पुत्र गणेश र कार्तिकेय थिए। उनको राज्यमा हर कोही सुखि थिए। उनको राज्य यति धेरै लोकप्रिय भयो कि उनलाई कालान्तरमा ईश्वरकै नाम शिव सँग उनको तुलना गर्न थालियो।

वेद का शिव—

हामिहरु प्रतिदिन सन्ध्या उपसना मा नम: शम्भवाय च, मयो भवाय च नम: शंकराय च मयस्कराय च नम: शिवाय च शिवतराय च (यजु० १६/४१) को द्वारा परम पिताको स्मरण गर्दछौं।

अर्थ- जो मनुष्य सुखको प्राप्त गर्नलाई पर्मेश्वर अनि सुख प्राप्तिको लागि बिद्वानको पनि सत्कार कल्याण गर्न र सबै प्राणिहरुको सुख पुर्याउने वाला को पनि सत्कार मंगलकारी अनि अत्यन्त मंगल स्वरुप पूरुषको पनि सत्कार गर्दछौं उनिहरुले पनि कल्याण प्राप्त गरेका हुन्छन्।

यो मन्त्रमा शंभव, मयोभव, शंकर, मयस्कर, शिव, शिवतर जस्ता शब्दहरु आएका छन् ति प्रमात्मकै बिशेषण को रुपमा प्रयुक्त भएका हुन्।

वेदमा ईश्वरको उनको गुण अनि कर्मको अनुसार नैं बर्णन गरिएको छ--

त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्। -यजु० ३/६०

अर्थ- विविध ज्ञान भण्डार, बिध्यात्रयीको आगार, सुरक्षित आत्मबलको बर्धक परमात्मको पुजा गर्नु। जसरी खरबुजा पाक्यो भनें लहराबाट स्वत: अलग हुन्छ ठिक त्यसै गरी हामिहरु पनि मृत्युको बंधन देखी मुक्त भै जाउँ, मोक्ष देखी न छुटौ।

या ते रुद्र शिवा तनूरघोराऽपापकाशिनी।
तया नस्तन्वा शन्तमया गिरिशन्ताभि चाकशीहि।। -यजु० १६/२

हे मेघ वा सत्य उपदेश द्वारा सुख पुर्याउने वाला दुष्टको भय अनि श्रेष्ठको लागी सुखकारी शिक्षक विद्वान! जो तिम्रो घोर उपद्रव रहित सत्य धर्मको प्रकाशित गर्ने वाले कल्याणकारी देह वा बिस्तृत उपदेश रुप नीति छ त्यो अत्यन्त सुख प्राप्त गर्ने वाला देह वा विस्तृत उपदेशको नीति द्वारा हामीहरुको तिमीले सबै तिर बाट शिघ्र शिक्षित गराई देउ।

अध्यवोचदधिवक्ता प्रथमो दैव्यो भिषक्।
अहीँश्च सर्वाञ्जम्भयन्त्सर्वाश्च यातुधान्योऽधराची: परा सुव।। -यजु० १६/५

हे रुद्र रोगनाशक बैध्य! जो मुख्य बिद्वानहरुमा प्रसिद्द सबै भन्दा उत्तम कक्षाका बैध्यकशास्त्रको पढाउने तथा निदान आदि जानेर रोगहरुको नै निवृत्त गर्ने वाला तिमी सब सर्पको तुल्य प्राणान्त गर्ने वाला रोगहरुलाई निष्चय नै औषधीहरु द्वारा निमिट्यान्न गराउदै धेरै भन्दा धेरै उपदेश गर्नुहोस् जो तपाई जुन सब निच गती मा पुर्याउने वाली रोगकारीणी औषधी वा व्यभिचारिणी स्त्रिहरु छन्, उनिहरुलाई पर गरि दिनुहोस्।

या ते रुद्र शिवा तनू: शिवा विश्वाहा भेषजी।
शिवा रुतस्य भेषजी तया नो मृड जीवसे।। -यजु० १६/४१
हे राजाका वैध्य तपाई जुन तपाईको कल्याण गर्ने वाला देह या विस्तारयुक्त नीति देख्नमा प्रिय औषधीहरुको तुल्य रोगनाशक अनि रोगीको सुखदायी पीडा हरने वाला छ उस द्वारा जिउनको लागी सबै दिन हामिलाई सुख दायक गरिदेउ।

उपनिषदहरुमा पनि शिवको महिमा निम्न प्रकारले भरिपूर्ण छ-

स ब्रह्मा स विष्णु: स रुद्रस्स: शिवस्सोऽक्षरस्स: परम: स्वराट्।
स इन्द्रस्स: कालाग्निस्स चन्द्रमा:।। -कैवल्यो० १/८

उ नैं जगतको निर्माता, पालनकर्ता, दण्ड दिने वाला, कल्याण गर्ने वाला , विनाशको प्रप्त नहुने वाला, सर्वोपरी, शासक, ऐश्वर्यवान, कालको पनि काल, शान्ति एवं प्रकाश दिने वाला हुन्।

प्रपंचोपशमं शान्तं शिवमद्वैतम् चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेय:।।७।।- मान्डुक्य०

प्रपंच जाग्तादी अवस्थामा जहाँ शान्त हुन्छ, शान्त आनन्दमय अतुलनिय चौथो तुरियपाद मानिन्छ त्यो आत्मा हो र जान्नको लागी योग्य छ।
यहाँ शिवको अर्थ शान्त र आनन्दमय को रुपमा देख्न सकिन्छ।

सूक्ष्मातिसूक्ष्मं कलिलस्य मध्ये विश्वस्य सृष्टारमनेकरुपम्।
विश्वस्यैकं परिवेष्टितारं ज्ञात्वा शिवं शान्तिमत्यन्तमेति।। -श्वेता० ४/१४

परमात्म अत्यन्तै सूक्ष्म छ, हृदयको बिचमा बिराजमान छ, अखिल विश्वको रचना अनेक रुपमा गर्दछ। ऊ एक्लै अनन्त विश्वमा सबै तिर ब्याप्त छ। उहि कल्याणकारी प्रमेश्वरको जान्न सके स्थाई रुपमै मानवलाई परम शान्ति प्रप्त हुन्छ।

नचेशिता नैव च तस्य लिङ्गम्।। -श्वेता० ६/९

उस शिवको कोही नियन्ता नै छ न त उसको कोही लिङ्ग वा निशान नैं छ।

योग दर्शनमा परमात्मको प्रतीति
यस प्रकारले गरिएको छ-

क्लेशकर्मविपाकाशयैरपरामृष्ट: पुरुषविशेष ईश्वर:।। १/१/२४

जो अबिद्यादि क्लेश, कुशल, अकुशल, ईष्ट, अनिष्ट अनि मिश्र फलदायक कर्मको वासानले रहित छ, उहि सब जिवहरु भन्दा विशेष ईश्वर कहलिन्छ।

स एष पूर्वेषामपि गुरु: कालेनानवच्छेदात्।। १/१/२६

उहि ईश्वर प्राचीन गुरुको पनि गुरु हो। उसमा भूत भविष्यत् अनि वर्तमान कालको केही पनि संबन्ध  छैन किनकी ऊ अजर, अमर नित्य छ।

महर्षि दयानन्द सरस्वती जी ले पनि आफ्नो पुस्तक सत्यार्थप्रकाशमा निराकार शिवादि नामहरुको ब्याख्या यस प्रकारले गर्नु भएको छ-
(रुदिर् अश्रुविमोचने) यो धातुमा णिच् प्रत्यय लाग्दा रुद्र शब्द सिद्द हुन्छ। "यो रोदयत्यन्यायकारिणो जनान् स रुद्र:" जो दुष्ट कर्म गर्नेहरुको रुवाउँछ, यसैले प्रमेश्वरको नाम “रुद्र” हो।

यन्मनसा ध्यायति तद्वाचा वदति, याद्वाचा वदति तत् कर्मणा करोति यत् कर्मणा करोति तदभिसम्पद्धते।।

यो यजुर्वेदको ब्राम्हणको वचन हो।

जीव जसको मन ले ध्यान गर्दै उसको वाणीले बोल्दै, जसको वाणीले जे बोल्छ उस्तै कर्म द्वारा गर्छ, जसको कर्म द्वारा गर्छ उसैलाई प्राप्त गर्छ। यस बाट के सिद्द भयो भनें जीव जस्तो कर्म गर्छ उस्तै फल पाउँछ। जब दुष्ट कर्म गर्नेवाला जीव ईश्वरको न्यायरुपी ब्यबस्था अनुसार दु:खरुप फल पाएर, तब रुन्छन् र यसरी नैं ईश्वरले उसलाई रुवाउँछन्, यस कारण पर्मेश्वरको नाम “रुद्र” हो।

(डुकृञ् करणे) “शम्” पूर्वक यो धातु बाट “शंकर” शब्द सिद्द भएको छ। 'य: शङ्कल्याणं सुखं करोति स शंङ्कर:' जो कल्याण अर्थात् सुख गराउने वाला हो, यसैले उस ईश्वरको नाम ‘शङ्कर’ हो।

‘महत्’ शब्द पूर्वक ‘देव‘ शब्द बाट ’महादेव’ शब्द सिद्द हुन्छ। ‘यो महतां देव: स महादेव’ जो महान देवहरुका पनि देव अर्थात् विद्वानका पनि विद्वान, सूर्यादि पदार्थहरुका प्रकाशक हुन्, त्यसैले उस परमात्माको नाम ‘महादेव‘ हो।

(शिवु कल्याणे) यो धातु बाट ‘शिव’ शब्द सिद्द हुन्छ।
‘बहुलमेतन्निदर्शनम्।’ यस द्वारा शिवु धातु मानिन्छ, जो कल्याण स्वरुप अनि कल्याण गर्ने वाला हो, यसैले उस परमेश्वरको नाम ‘शिव’ हो।

निष्कर्ष- उपरोक्त लेख द्वारा योगी शिव र निराकार शिवमा अन्तर बताईएको छ। ईश्वरको अनगिनित गुण भएको कारण अनगिनित नाम छन्। शिव पनि यसै प्रकारले ईश्वरको नैं एक नाम हो। त्यसैले आउनुहोस् उनै निराकार शिव को स्तुति, प्रार्थाना एवं उपसना गरौं।