आर्यसमाजको मौलिक आधार
-स्वामी सत्यप्रकाश सरस्वति
सर्वश्रेष्ठ अध्येताहरुका अनुसार हिमालयको आसपास नै
मनुष्यको अवतरण भएको हो। त्यहींबाट नै उसको संस्कृति र मानव जातिको
यात्रा प्रारम्भ हुन्छ। वेदका दिव्य वाक्य मानव जातिका जीवनका आधार
बने।
केहि काल प्रेम र आनन्द संग रहे पछी त्यहीं बाट नै मनुष्य समस्त संसारमा फैलिए।
नयाँ
परिस्थितिले मनुष्य जतिलाई नयाँ भाषा, नयाँ रिति-स्थिति र नयाँ मापदण्डले सम्पन्न
गरिदियो। त्यसैले आज हामी विविधता युक्त संसारमा
निवास गर्दैछउँ। वेद समस्त मानव जातिका अटुट तथा अमूल्य निधि
हुन्।
सृष्टिको प्रारम्भ देखि महाभारत काल सम्म वैदिक ज्ञानको आलोकले समस्त संसार आलोकित
थियो।
कालोपरान्त ज्ञानको यस
अप्रतिहत प्रभाहमा अनेकौं विषाक्त धाराहरुका साथ् सम्मिश्रण भयो र ज्ञान विज्ञानको
पावन वैदिक धारा यसरि बदलियो कि त्यसलाई
चिन्न पनि कठिन भयो। वैदिक ज्ञानको पुनरुद्धारको आवश्यकता अनुभव हुन
थाल्यो।
यस्तो संकटमय युगमा महर्षि दयानन्द सरस्वतीको प्रादुर्भाव भयो, जसले
वैदिक ज्ञानको ज्योतिर्मय परम्परालाई पुनर्जीवित गरिदिनु भयो।
विक्रम संवत् १९३२ चैत्र शुक्ल प्रतिपदाका दिन (अप्रिल-१०, सन् १८७५) महर्षि दयानन्द सरस्वतीले
बम्बईमा आर्य समाजको स्थापना गरेर धार्मिक र सामाजिक क्रान्तिको शंख फुकेर नवयुगको
सूत्रपात गर्नुभयो। दयानन्दले वेद पठन-पाठनको
अधिकार सबलाई प्रदान गर्नुभयो। वेदको शिक्षालाई समान
रुपले सबको लागि उपादेय भएको कुरो बताउनुभयो।
सन्निहित स्वार्थका कारणले संसारमा धर्मको नाउमा नयाँ-नयाँ मत-पन्थ-सम्प्रदायहरु
बन्न थाले। अनेकानेक मतमतान्तरहरुले जन्म लिए।
तिनका अन्धविश्वासहरु माथि महर्षि दयानान्दले निर्ममतापूर्वक चोटिलो प्रहार
गर्नुभयो। महर्षिले धर्मको
स्वाभाविक, सहज, सार्वभौमिक स्वरुपको परिचय गाराउनुभयो।
मानव जातिको एकता एवं अखण्डतामा बल दिंदै उहाँले मानवताको मंगलमय मार्गलाई प्रशस्त
गरिदिनुभयो।
परमात्मा: सत्य सनातन वैदिक धर्म एकेश्वरवादी हो।
वेदानुसार ईश्वर एक छ, अनेक छैन। ऊ सनातन हो र ज्ञानको
शाश्वत स्रोत हो। त्यहि ईश्वर हाम्रो आश्रय हो र सृष्टिकर्ता
हो।
ऊ दयालू तथा न्यायाकारी छ। ईश्वर सर्वज्ञ,
सर्वव्यापक तथा सर्वशक्तिमान छ। ऊ निराकार तथा अजन्मा छ। ऊ सत्-चित् एवं आनन्द हो।
यस्तै ईश्वर मान्न र पूज्न योग्य छ। ईश्वर सम्बन्धि नाना थरि
अनर्गल धारणाहरु देखि दयानान्दले हामीलाई मुक्त गर्नुभयो।
सत्य ज्ञानले, सत्यनिष्ठ कर्मले, सेवाभावले र योगाभ्यासको माध्यमले नै ईश्वरको
प्राप्ति सम्भव छ भन्ने कुरो उहाँले उद्घोषणा गर्नुभयो।
जीवात्मा: वैदिक मान्यतानुसार जीवात्माहरु असंख्य छन्।
प्रत्येक जीवात्मा आफ्नो कर्म-फलका लागि उत्तरदायी छ।
पशु-पंक्षीहरु भोग योनी हुन्। मनुष्य एकमात्र उभय योनी
हो।
पशु-पंक्षीहरु सहजवृत्तिले आफ्नो जीवन यापन गर्दछन्।
मनुष्यले बुद्धि र विवेकले काम लिन्छ।जन्म-मरणको चक्र अनादि काल
देखि चलिरहेको छ। घाम-छायाँ झैं सुख-दुःख जीवनका साथ छन् तर
मनुष्य ईश्वरको शक्ति, परोपकार, सदाचार आदि द्वारा मोक्ष अवस्था प्राप्त गर्न सक्छ।
मोक्षावस्था शाश्वत हैन। किनकि सान्त कर्महरुको फल अनन्त कदापि हुन
सक्दैन।
ईश्वर र जीवात्मा पृथक
सत्ता हुन्। ईश्वर एक छ र जीवात्मा अनेक छन्।
ईश्वर ज्ञान र आनन्दको स्रोत हो तर जीवात्माहरु ज्ञान र आनन्दका लागि ईश्वरमा
निर्भर छन्। ईश्वर सृष्टिकर्ता र जीवात्मा भोक्ता।
ईश्वर अशरीरी छ तर जीवात्मा शरीरी। ईश्वर अजन्मा छ तर
जीवात्मा शरीरको माध्यमले जन्म-मरणको चक्रमा आउने-जाने गर्दछ।
ईश्वर कर्माध्यक्ष हो र जीवात्मा शुभाशुभ कर्मको कर्ता र त्यसको फल भोक्ता हो। ईश्वर
सर्वदा मुक्त छ तर जीवात्मा मुक्ति र बन्धनमा परि रहन्छ।
प्रकृति: वैदिक सिद्धान्त अनुसार परमात्मा तथा जीवात्मा सरह प्रकृति
पनि अनादि हो। यी तीन तत्व सदा देखि छन् र रहन्छन्।
आद्य प्रकृतिको कुनै रुप-रङ छैन। यसको बारेमा केहि भन्न
अत्यन्त कठिन छ। ईश्वरको शक्तिले प्रकृतिलाई नाना रुप र नाना
रङमा परिवर्तित गर्न सक्छ। ईश्वरले प्रकृतिलाई
प्रयोग गरेर जीवात्माका लागि सृष्टि रच्दछ। ईश्वरको शक्ति द्वारा
प्रकृतिले सृष्टिको संरचना गर्दछ। अभाव बाट भावको उत्पत्ति
सम्भव छैन। प्रकृति बिना सृष्टिको कल्पना पनि गर्न
सकिन्न।
ईश्वरले सृजन द्वारा नै
स्वयंलाई अभिव्यक्त गर्दछ। सृष्टि अटल शाश्वत नियममा
आश्रित छ। वैदिक सिद्धान्त अनुसार प्रकृति सत् एवं
उद्देश्यपूर्ण छ। सृष्टिमा नियम, व्यवस्था तथा उद्देश्य
द्वारा ईश्वरको महिमाको दर्शन हुन्छ। सृष्टिको सृजन र संहार
निरन्तर चलिरहन्छ। यहि सृष्टि संग ईश्वर अहर्निश कर्ममा लागि
रहन्छ।
जीवन: ईश्वर सर्वोच्च नैतिक आदर्श एवं मूल्यको साकार रुप हो। वैदिक ईश्वर एक अर्थमा नैतिक ईश्वर हो।
सत्य र दयाको मूर्तिमान रुप हो। नैतिक आदर्श नाना स्वरुमा
अभिव्यक्त हुन्छन्। ईश्वर द्वारा रचिएको सृष्टिको ज्ञान प्राप्त
गरेर उक्त ज्ञान द्वारा मानव जातिलाई सम्पन्न गर्नु हाम्रो जीवनको उद्देश्य हो।
सत्य, अहिंसा अस्तेय, ब्रह्मचर्य, अपरिग्रह आदि नैतिक मूल्यहरूको अभावमा जीवनको
वैभव निस्तेज र निष्प्राण हुन्छ। साधना, स्वाध्याय र
सत्पुरुषहरुको संग, उपासना आदि द्वारा नैतिक आदर्शलाई जीवनमा उतार्न सम्भव छ, अन्यथा
छैन।
वेदानुसार
सर्वोच्च नैतिक सत्ता हो ईश्वर। एतदर्थ ईश्वरको प्राथना
वैदिक उपासना पद्धतीको अविभाज्य अङ्ग हो। ईश्वरलाई स्तुति-प्राथना-उपासनाको
किन्चित पनि आवश्यकता छैन। स्तुति-प्राथना-उपासना
द्वारा जीवात्मा परम्शुद्धता प्राप्त गरेर सत्कर्म गर्ने सामर्थ्यले सम्पन्न हुन्छ।
स्तुतिमा हामी ईश्वरका गुणहरुको परिगाणना गर्दछौं, जस्तै- दयालूता, न्यायकारिता
आदि।
प्रार्थनामा हामी ईश्वर संग विनम्रता माँग गर्दछौं ता कि यी समस्त गुणहरुले हाम्रो
जीवनमा प्रभाव पर्न सकून । उपासना द्वारा ईश्वरको
समिपताले नयाँ तेज, नयाँ ओज, नयाँ जीवन उपलब्ध हुन्छ।
जीवात्माले स्वपुरुषार्थ द्वारा नै ईश्वर तिर अग्रसर हुन सक्छ। ईश्वर
र जीवात्माका बीच कुनै मध्यस्थ कर्ताको आवश्यकता छैन।
समाज: मनुष्य समाजमा रहन्छ।
समाजमा नै जन्मिन्छ र हुर्कन्छ। समाजबाट नै उसले भाषा र
संस्कृति पनि पाउँछ। यहि नाताले समाज प्रति उसको जुन दायित्व छ,
त्यस बाट ऊ पछी हट्न सक्दैन। ईश्वरीय
प्रेमको एक अर्थ समाजको निष्काम सेवा गर्नु पनि हो।
वर्णाश्रम व्यवस्थाले पनि मनुष्यको अधिकार भन्दा कर्तव्यमा अधिक बल दिन्छ।
जब समाज कर्तव्यको उपेक्षा गरेर अधिकारसक्त हुन्छ, तब अव्यवस्थाको साम्राज्य
स्थापित हुन्छ। कुनै पनि समाजोपयोगी कार्यलाई हीन या अधम मान्नु
हुँदैन।
कार्यको गुरुता तथा प्रकृति भिन्न हुँदा हुँदै पनि उसको अध्यात्मिक मूल्य एक समान
छ।
निष्ठा एवं सत्यता सम्पन्न प्रत्येक कर्मले मनुष्यलाई मोक्ष तिर लैजान्छ।
कम्जोर वर्गको सहायता गर्नु र उसलाई उन्नतिका लागि अवसर प्रदान गर्नु समाजमा
शान्ति एवं व्यवस्थाको लागि अत्यन्त आवश्यक छ।
केवल शक्तिशालीलाई मात्र बाँच्ने अधिकार छ भनेर मान्नु सामाजिक सामन्जस्यको
सिद्धान्त माथि निर्मम प्रहार हो। महर्षि दयानन्दले
स्वतन्त्रताका साथ-साथ “सर्वहितकारी” शब्दलाई पुनः-पुनः प्रयोग गर्नुभएको छ।
किनकि स्वच्छन्दता सर्वनाशकी जननी हुन्।
सबै समाजमा कर्मकाण्डको
प्रचलन हुनु आवश्यक छ। वैदिक धर्ममा जीवन-निर्माणकारी सोह्र
संस्कारहरुको अनुपालन एवं महत्ताको वैदिक आदर्श अनुसार जीवनको अन्तिम उद्देश्य
प्राप्त गर्नमा परम सहायक छ।
आर्यसमाजको मान्यता र
आस्थाको बारेमा सार रुपमा भनिएको छ कि जीवनका यी आधारभूत सिद्धान्त अखिल मानव
जातिका लागि उपयोगी छन्। हामी सबै अमृत-पुत्र, पृथ्वी-पूत्र हौँ।
मानव जातिलाई मंगल गर्ने समस्त विचारक, आचार्य, चिन्तकहरु समान रुपमा हाम्रा लागि
आराध्य छन्।
महर्षि दयानन्दले
आर्यसमाजको स्थापना द्वारा मानव महिमाको महादान गरेर मानवलाई दिव्य गरिमायुक्त
गर्ने महत् प्रयत्न गर्नुभयो। पिडित तथा प्रताडित
मानवतालाई आह्वान गरे र आफ्नो प्रबल उद्बोधनले मानवतालाई प्रगति पथमा अग्रसर
गर्नुभयो।
विज्ञान: “धर्मलाई बौद्धिकता र विज्ञानलाई अध्यात्मिकताको आधार देऊ”
भन्ने सूत्र नै आर्यसमाजको मौलिक आधार हो। यसैमा मनुष्य जातिको मंगल
छ।
विज्ञानले हामीलाई दैत्याकर शक्तिहरुको स्वामी बनाइदियो।
यदि हामीले आन्तरिक आत्मिक शक्तिको विकास गरेनौं भने त विज्ञानले हामीलाई एक दिन
महाविनाश तिर लैजाने छ। यसमा सन्देह नै छैन कि विज्ञानले अनेकौं
तथ्यहरुलाई बुझ्न र सम्झनमा हाम्रो सहायता गरेको छ र अन्धविश्वासबाट छुटाएको पनि छ।
नयाँ-नयाँ सम्पन्नताहरु पनि दिएको छ। विज्ञान नयाँ सृजनको नाम
पनि हुन सक्छ र संहारको पनि। विज्ञानले संसारलाई
स्वर्ग पनि बनाउन सक्छ र नरक पनि। धर्माधारित विज्ञानबाट नै
मनुष्यको कल्याण अवश्य सिद्ध हुनेछ।
अज्ञान र अन्धविश्वास पूरित धर्म
अधर्म नै हो। यस्तो धर्मले जीवनलाई दुःख प्रदान गर्दछ।
हामीले आजको बुद्धिमानी युगमा धर्मलाई तर्क संगत आधार दिनु पर्छ।
बुद्धिको राँको लिएर हामी धर्मको क्षेत्रमा पनि उत्रिनु पर्छ।
यदि मनुष्यलाई जीवित रहनु छ भने विज्ञानलाई अध्यात्ममा अधिष्ठित गर्नु पर्छ र
धर्मलाई तर्क संगत आधार दिनु पर्दछ।
परम मंगलमय शक्तिका सम्मुख
विनम्रताको भाव अपनाएर निरन्तर सत्यान्वेषणमा लागिरहेर मनुष्य जातिको कल्याणका
लागि निष्काम भावले कार्यरत रहौं। यहि वैदिक धर्मको आदर्श र
उद्देश्य हो र यहि उद्देश्य पूर्तिका लागि महर्षि स्वामी दयानन्द सरस्वतिले
आर्यसमाजको स्थापना गर्नुभएको थियो। अस्तु..
नमस्ते..!
सबको मनमा अभय, सत्य सनातन
वैदिक धर्मको जय..!
No comments:
Post a Comment