Saturday, August 4, 2018

वेद र पुराण मा भिन्नता




वेद र पुराण मा भिन्नता: -
१)      वेद सनातन ईश्वरीय वाक्य हो, तर पुराण सृष्टि उत्पन्न भए पश्चात समय-समय मा मनुष्य द्वारा रचना गरिएका हुन्.
२)      वेद बुद्धि, सृष्टिक्रम र सत्य ज्ञान अनुकुल छ, तर पुराणमा हज्जारौं वाक्य, प्रसंग र घटना हरु बुद्धि, सृष्टिक्रम र सत्य ज्ञान को प्रतिकुल छन्.
३)      वेदानुसार अनुकुल ज्ञान द्वारा मात्र मोक्ष प्राप्त हुने कुरो छ, तर पुराण मा १८ पुराण, राम, कृष्ण, तुलसी, सालिग्राम आदिको केवल नामोच्चारण तथा गंगादि स्नान र हरिद्वारादी यात्रा गर्नाले मात्र मोक्ष हुने कुरो लेखीएको छ.
४)      वेदमा केवल एकेश्वरोपसना विधि को आज्ञा छ, तर पुराण मा नाना थरि देवी-देवता तथा जड वस्तुको पुजन को विधि छ.
५)      वेदानुसार मनुष्यको मृत्यु पश्चात उसको शुभ-कर्म मात्र सहायक हुन्छ, तर पुरणमा पुत्र, पौत्रादी द्वारा गया-श्राद्ध-पिण्डदान दिनु पनि सहायक मानिएको छ.. .
६)      वेदमा ईश्वरको आदेश छ, वेदाध्यन समस्त मानव को अधिकार हो, तर पुराण मा स्त्री र सुद्र लाइ वेद अध्ययन गर्ने आग्याँ छैन .
७)      वेदानुकुल ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास यी चार आश्रमद्वारा शुभ कर्म गर्दै जीवन व्यतित गर्ने व्यवस्था छ, पुराण मा यी आश्रम को चर्चा त छ तर “अष्ट वर्षा भवेत् गौरी, नव वर्षा च रोहिणी, दस वर्षा भवेत् कन्या” का अनुसार बिवाह गरेर ब्रह्म्चर्याश्रम लाइ कलंकित गरिएको छ, यसैकारण ले अन्य आश्रम को सत्यानाश भयो.. .
८)      वेद मा ब्रह्म्चर्याश्रम पश्चात गुण-कर्म-स्वभावानुसार नै बर-बधु छानेर बिबाह गर्ने परिपाटी छ तर पुराण मा ग्रह-नक्षेत्र-राशी र कुण्डली मिलाएर बिबाह गर्ने आदेश छ.. .
९)      वेदमा दैनिक पञ्च-यज्ञ गर्ने आज्ञा छ, तर पुराण मा अतिरिक्त नाना प्रकारका कपोलकल्पित मन्त्र जप र अनेकौं पूजा विधि को ठूलो महात्म्य र जटिल बिधान छ .. .
१०)  वेद मा केवल साँझ-बिहान दुई काल सन्ध्या र एक गायत्री मन्त्र को उपदेश छ..तर पुराण मा बिहान, दिउँसो र साँझ त्रिकाल सन्ध्या तथा २४ गायत्री मन्त्र को विधान छ.. .
११)  वेदमा गुण-कर्म र स्वभावानुसार वर्ण नियत गर्ने आज्ञा छ, तर पुराण मा जन्मजात वर्ण व्यवस्था कायम छ .
१२)  वेदमा मदिरा लगायत समस्त लागू पदार्थ (जुन पदार्थ ले वुद्धि भ्रष्ट गर्छ) र मांस भक्षण निषेध छ तर पौराणिक बन्धु हरु यज्ञ मा विभिन्न निर्दोष पशु-पंक्षी काटेर होम गर्ने, देवी को नाउमा बलि चढाउने र अष्टमी को प्रसाद भनेर ब्राह्मण ले पनि मासु खाने र देवता लाइ भोग लगाउने विधि छ .
१३)  वेद मा चोरी, जारि र हिंशा गर्नु दुष्कर्म मानिएको छ, तर पुराणका ठूला ठूला देवता नै यस्ता कर्म गर्न तछाड मछाड गर्छन् .
१४)  वेदमा उत्तम सत्संग गर्नु, वेदाध्ययन गर्नु, ज्ञान प्राप्त गर्नु र आचरण सुधार्नु नै तिर्थ मानिएको छ, तर पुराण मा कुनै स्थान र नदि बिशेष लाइ तिर्थ मानिएको छ. .
१५)  वेदमा सत्यादी नियम पालन गर्नुलाई नै तप मानिएको छ तर पुराणमा एकान्त मा ठूला ठूला मूढा बालेर धूनी लगाएर ताप्नु लाइ नै तप मानिएको छ.. .
१६)  वेद मा नियम पालन गर्नु लाइ नै ब्रत मानिएको छ, तर पुराण मा भोक भोकै बस्नु लाइ व्रत मानिएको छ.
१७)  वेद मा स्त्री-पुरुष एकान्त मा सम्भाषण गर्ने अनुमति छैन, तर पुराण मा स्त्री लाइ चेली बनाइ गुरुको सेवा तथा एकान्त मा लगेर तथाकथित् गुरु मन्त्र दिइन्छ .
१८)    वेदानुकुल कर्म फल सबलाई बराबर हुन्छ, पुराण अनुसार पुत्र-पौत्रादी को कर्म ले पनि पाप तर्ने विधान छ.
१९)  वेदानुसार मनुष्यको आयु सर्वाधिक ४०० वर्ष को छ, तर पुराण मा ११ अरव वर्ष सम्म को आयु लेखिएको छ.. .
२०)  वेदमा ईश्वर सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र, सुद्ध, वुद्ध ,मुक्त, शुभाशुभ कर्म को फल दाता आदि लक्षण युक्त मानिएको छ, तर पुराण मा ईश्वर साकार, निराकार बिकार युक्त मानिएको छ र स्वयं को रक्षार्थ कच्छ, मच्छ, र वराहादि अवतार लिने गर्छ.. .
२१)  वेदमा ईश्वरलाई सर्वशक्तिमान मान्दै आफ्नो सामर्थ्य ले सर्व कार्य स्वयं गर्छ तर पुराण मा ईश्वर को चरित्र मा दाग लगाइएको छ किनकि कतै दुस्कर्म को फल भोग्न पृथ्वीमा जन्म लिने गर्छ भने कतै आफ्नो भक्त को रक्षार्थ पृथ्वीमा बिबिध अवतार लिनु पर्छ जस्तै- प्रल्हाद को रक्षा गर्न नराशिंह. राजा बलि लाइ छल गर्न वामन, पृथ्वी लाइ रसातल बाट निकाल्न वराह र समुद्र मथ्न को लागि कक्षुवा आदि.. .
२२)  वेद मा एक पत्नी र एक पतिव्रता रहने आदेश छ तर पुराणमा कुनै सिमा छैन जस्तै कृष्ण को १६१०८ स्त्री लेखिएको छ ..
यी सबै पाखण्ड र दुराचार वेद छोडेर पुराण जस्ता दुषित ग्रन्थ को अध्ययन को परिणाम हो..त्यसैले आउनुहोस् वैदिक मार्ग मा अधि बढौं..सब असत्य छोडेर एक मन ले सत्य अपनाउँ..यसैमा सबको कल्याण छ.. .
नमस्ते..

No comments:

Post a Comment