शम्बूक वधको सत्यता श्री राम द्वारा के हो ?
मर्यादापुरुषोतम श्री रामचंद्रको जीवन
सताब्दिऔँ देखि एक आदर्श तथा पवित्र मानिएको
छ। तर केहि मतान्ध
तथा नास्तिकहरु द्वारा श्री रामचन्द्रको चरित्रमा
शम्बूक
नामक एक शुद्रको हत्या गरेको आक्षेप लगाइएको छ। सत्य त्यहि हुन्छ र मानिन्छ जुन तर्क शास्त्रको कसौटीमा खडा उत्रिन
सकोस्। हामि पनि
यहाँ
तर्क द्वारा शम्बूक वधको कथालाई परीक्षा गरेर सत्य के हो भन्ने कुरो निर्धारित गर्नेछौं।
सर्वप्रथम शम्बूकको कथा वाल्मीकि रामायण: उत्तर काण्ड,
सर्ग ७३-७६मा पाइन्छ।
शम्बूक वधको कथा यस प्रकार छ:-
अयोध्या
राज्यको कुनै गाउँमा एक दिन एक ब्राह्मणको एक्लो पुत्रको मृत्यु हुन्छ। त्यस ब्राह्मणले आफ्नो
पुत्रको शव राजदरवारमा
ल्याएर राखिदियो र विलाप गर्न थाल्यो। उसको आरोप थियो कि बालकको अकाल मृत्युको कारण राज्यको कुनै दुष्कृत्य हो। ऋषि- मुनिहरुको परिषद्ले यसमा विचार गरेर निर्णय दियो कि राज्यमा कहीं न कहीं कुनै अनधिकारीले तप गर्दैछ। श्रीरामचंद्रले यस विषयमा विचार गर्नको
लागि मन्त्रीहरुलाई बोलाए। नारदले उस सभामा आएर भने – “राजन! द्वापर युगमा पनि शुद्र तपमा पप्रवृत्त
हुनु महान
अधर्म हो भने फेरी त्रेता युगमा त ऊ तपमा प्रवृत्त हुने प्रश्न नै उठ्दैन। निश्चय नै तपाईको
राज्यको सीमा भित्र कुनै खोटो बुद्धिवाला शुद्रले तपस्या गर्दैछ। त्यसैको
कारणले यस बालकको अकाल मृत्यु भएको हो। अत: तपाइले आफ्नो
राज्यमा खोज
गर्नुहोस् र जहाँ कुनै दुष्कर्म हुँदै
गरेको दिखिन्छ, त्यसलाई तत्काल रोक्ने यत्न गर्नुहोस्”। यो सुन्ने
वित्तिकै श्रीरामचन्द्र पुष्पक विमानमा सवारी
भएर त्यस किसिमको दुष्कर्मको खोजमा निस्के र दक्षिण दिशामा शिवाल पर्वतको उत्तर भागमा एक सरोवर किनारमा तपस्यामा लीन एक तपस्वी भेटियो, जसले
एक वृक्षको हाँगामा उल्टोमुखी झुण्डिएर तपस्या गर्दै थियो।
उक्त दृश्य देखेर श्री रघुनाथ उग्र
तप गर्दै गरेको त्यस तपस्वीको नजिक गएर भने - “उत्तम तपको पालन गरिरहेका
हे तापस! तिमि धन्य हौ। उत्तम तपस्यामा लीन, सुदृढ़ पराक्रमी पुरुष! भन तिमि कुन जातिको कुलमा उत्पन्न भएका हौ? म दशरथ पुत्र राम तिम्रो परिचय जान्ने इच्छाले यी कुरा सोध्दैछु। तिमीलाई
कुन वस्तु प्राप्त
गर्ने इच्छा छ? तपस्या द्वारा संतुष्ट हुने इष्टदेव संग तिमि कस्तो वर पाउन चाहन्छौ; स्वर्ग या अन्य
कुनै वस्तु? कुन चाहिं यस्तो पदार्थ छ जसलाई पाउनको लागि तिमि
यो यस्तो कठोर
तपस्या गर्दैछौ जुन अन्यको लागि निक्कै दुर्लभ छ? हे तापस! जुन वस्तुको लागि तिमि तपस्यामा लागेका हौ, त्यो म जान्न चाहन्छु। यस बाहेक यो
पनि भन की तिमि ब्राह्मण हौ या अजेय क्षत्रिय? तेस्रो वर्णको वैश्य हौ या शुद्र हौ?”
कलेश कर्म रहित भगवान् श्रीरामको मुखबाट
यस्ता वचन सुनेर त्यो तपस्वीले भन्यो – “हे श्री राम! म जे
भन्छु, सत्य नै भन्ने छु, झुटो बोल्ने छैन। देव लोक पाउने इच्छाले नै तपस्यामा लागेको
हुँ। मलाई शुद्र नै
जान्नुहोस्। मेरो नाउ शम्बूक हो”। उसले
यस्तै प्रकारले कुरो गर्दै थियो कि अचानक श्री रामचन्द्रले म्यानबाट
चमकदार तलवार
निकाले र एकै झड्कामा उसको शिर काटिदिए।
शम्बूक वधको कथाको तर्क द्वारा परीक्षा:
यो कथा पढेर मनमा यतो प्रश्न उठ्छ कि-
- के कुनै
पनि शुद्रको लागि तपस्या धर्म शास्त्रहरुमा वर्जित छ?
- के कुनै शुद्रले तपस्या गर्नाले कुनै
ब्राह्मणको बालकको मृत्यु हुन सक्छ?
- के श्री रामचन्द्र महाराजले शूद्रहरु संग भेदभाव गर्दथे?
यी प्रश्नहरुको उत्तर वेद, रामायण, महाभारत र उपनिषदहरुमा अत्यंत प्रेरणा दायक रूपले दिइएको छ।
वेदमा शूद्रको विषयमा कथन:
१. तपसे शुद्रम- यजुर्वेद ३०/५
अर्थात- निक्कै परिश्रमी, कठिन कार्य गर्ने वाला, शाहसी र परम उद्योग अर्थात तप गर्ने वाला आदि पुरुषको नाम शुद्र हो।
२. नमो निशादेभ्य – यजुर्वेद १६/२७
अर्थात- शिल्प-कारीगरी विद्याले युक्त जो परिश्रमी जन (शुद्र/निषाद) हुन् उनलाई नमस्कार अर्थात उनको सत्कार गरौँ।
३. वारिवस्कृतायौषधिनाम पतये नमो- यजुर्वेद १६/१९
अर्थात- वारिवस्कृताय अर्थात सेवा गर्न योग्य भृत्यलाई (नम) सत्कार गर।
४. रुचं शुद्रेषु- यजुर्वेद १८/४८
अर्थात- जसरि ईश्वरले ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र संग एक समान प्रीति गर्छ, त्यस्तै गरि विद्वानहरु पनि ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र संग एक समान प्रीति गरुन्।
५. पञ्च जना मम – ऋग्वेद १०/५३/९
अर्थात: पाँचै मनुष्य (ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र एवं अतिशूद्र- निषाद) ले मेरो यज्ञलाई प्रीतिपूर्वक सेवा गरुन्। पृथ्वीमा जति पनि मनुष्य छन्, ति सबैले
यज्ञ गरुन्।
शुद्रले तप गर्ने, सत्कार गर्ने, यज्ञ गर्ने यस्तै प्रकारका अनेकौं प्रमाण वेदमा पाइन्छन।
वाल्मीकि रामायणमा उपासना द्वारा शुद्र महान बन्ने प्रमाण:
महर्षि वाल्मीकिले भन्दछन् कि यो रामायण पढ्नाले (स्वाध्यायबाट) ब्राह्मण ठूलो सुवक्ता ऋषि हुनेछ, क्षत्रिय भूपति हुनेछ, वैश्यले
उपयुक्त लाभ
प्राप्त गर्नेछ र शुद्र महान हुनेछ। रामायणमा चारै वर्णलाई समान अधिकार दिइएको छ। -सन्दर्भ- प्रथम अध्याय
यसका अतिरिक्त अयोध्या काण्ड अध्याय ६३ श्लोक ५०-५१ तथा अध्याय ६४ श्लोक ३२-३३मा रामायण श्रवण गर्ने अधिकार
वैश्य र
शूद्र दुवैलिई समान रुपमा भएको वर्णन छ।
महाभारतमा उपासनाबाट सूद्र महान बन्ने प्रमाण:
श्री कृष्ण भन्दछन् –
मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम्॥गीता: ९/३२॥
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम्॥गीता: ९/३२॥
अर्थात्, हे अर्जुन! स्त्री, वैश्य, शूद्र तथा पापयोनि चाण्डालादि जोसुकै हुन्, ति सब
मेरो शरणमा आएर परमगति प्राप्त गर्दछन्॥
उपनिषद्मा उपासना द्वारा सूद्र
महान बन्न सक्ने
प्रमाण:
यो शुद्र वर्ण पूषण अर्थात पोषण गर्ने वाला हो र साक्षात् यस पृथ्वी समान छ किनकि जसरि यो पृथ्वीले सबको भरण-पोषण गर्दछ त्यसरी नै शुद्रले पनि सबको भरण-पोषण गर्दछ। सन्दर्भ- बृहदारण्यक उपनिषद् १/४/१३
व्यक्ति गुणबाट शुद्र अथवा ब्राह्मण हुन्छ जन्म कुल गृहबाट हैन।
·
सत्यकाम जाबाल जब गौतम गोत्री हारिद्रुमत मुनि कहाँ शिक्षार्थी बनेर पुगे
तब मुनिले उनको गोत्र सोधे। उनले उत्तर दिए- “मेरी माता युवा अवस्थामा अनेक व्यक्तिहरुको सेवा गर्ने गर्दथिन्। त्यसै समयमा
मेरो जन्म भएको हो,
त्यसैले मलाई आफ्नो गोत्र थाहा छैन के हो। मेरो नाम सत्यकाम हो”। यस्तो उत्तर
सुनेपछी मुनिले भने – “जो ब्राह्मण हैन,
त्यसले यस्तो सत्य वचन बोल्न
सक्दैन”। सन्दर्भ-
छान्दोग्य उपनिषद् ३/४
·
महाभारतमा यक्ष -युधिष्ठिर संवाद (वन पर्व-३१३/१०८-१०९)मा युधिष्ठिरका अनुसार व्यक्ति कूल, स्वाध्याय तथा ज्ञानले द्विज बन्दैन केवल आचरणले बन्दछ।
·
सूत पुत्र हुनाले स्वयंवरमा अयोग्य घोषित भएपछी कर्णले भनेको थियो – “जन्म दिनु त ईश्वर अधीन छ, तर पुरुषार्थ द्वारा केहि बन्नु मनुष्यको वशमा छ।
·
आपस्तम्ब धर्म सूत्र २/५/११/१०-११: जसरि धर्म पूर्ण आचरणबाट निकृष्ट वर्णको भए पनि
व्यक्ति आँफू भन्दा उत्तम उत्तम वर्णमा परिणत हुन्छ जसको ऊ योग्य छ। त्यसै प्रकार अधर्म पूर्ण आचरणले उत्तम वर्णको मनुष्य पनि निम्न
वर्णमा परिणत हुन्छ।
·
जसको शुद्र कूलमा उत्पन्न भएर पनि ब्राह्मणको जस्तो गुण-कर्म-स्वभाव छ, त्यो व्यक्ति ब्राह्मण बन्छ
त्यसै प्रकार
ब्राह्मण कूलमा उत्पन्न भएर पनि जसको
गुण-कर्म-स्वाभाव
शुद्रको जस्तो छ ऊ शुद्र बन्दछ (मनु-१०/६५)
·
चारै वेदको विद्वान छ, तर चरित्रहीन छ भने उक्त ब्राह्मण शुद्र भन्दा पनि निकृष्ट हुन्छ; अग्निहोत्र गर्ने जितेन्द्रिय व्यक्ति नै ब्राह्मण हुन्छ (महाभारत वन पर्व३१३/१११)
·
ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र सबै तपस्या द्वारा स्वर्ग प्राप्त गर्दछन्। (महाभारत अनुगीता पर्व ९१/३७)
·
सत्य,दान, क्षमा, शील अनृशंसता, तप र दया जसमा हुन्छ, त्यो वह ब्राह्मण हो र जसमा यी गुण
छैनन्, ऊ शुद्र हुन्छ। (महाभारत वन पर्व-१८०/२१-२६)
श्री रामचन्द्रको चरित्र:
·
वाल्मीकि रामायणमा श्री रामचन्द्र द्वारा वनवास कालमा निषाद राज द्वारा दिइएको भोजन ग्रहण गर्नु (बाल काण्ड-१/३७-४०)
·
एवं शबर (कोल/भील) जातिकी शबरीको हातबाट बयर खानु(अरण्यक काण्ड ७४/७) आदि प्रसंगले यहि सिद्ध गर्छ कि शुद्रलाई उस कालमा कसैले कुनै
किसिमको भेद भाव गर्दैन थियो।
·
श्री रामचंद्र वनमा शबरी संग भेट गर्न गए। शबरीको विषयमा महर्षि वाल्मीकिले लेख्छन् की त्यो शबरी सिद्ध जनहरुबाट सम्मानित एक तपस्वनी थीईन्। (अरण्य काण्ड- ७४/१०)
यसबाट पनि यहि सिद्ध हुन्छ की शुद्रलाई रामायण कालमा तपस्या गर्नमा कुनै पनि प्रकारको रोक टोक थिएन।
·
नारद मुनिले वाल्मीकि रामायण बाल काण्ड- १/१६ मा भनेका छन् कि राम श्रेष्ठ, सबक साथ समान व्यवहार गर्ने वाला र सदा प्रिय दृष्टी वाला हुन्।
अब तपाई
हामि स्वयं
विचार गरौँ की श्री रामले तपस्यामा लीन कुनै शुद्र कूलमा उत्पन्न भएको शम्बूकको हत्या कसरि गर्लान्? जब वेद, रामायण, महाभारत, उपनिषद्, गीता आदि सबै शास्त्रहरु शुद्रलाई तपस्या गर्ने, विद्या ग्रहणबाट एवं आचरणबाट ब्राह्मण बन्ने, सबै संग समान व्यवहार गर्ने सन्देश दिन्छन्
भने यस्ता वेद
विरोधी कथन तर्क शास्त्रको कसौटीमा असत्य सिद्ध हुन्छन्। नारद मुनिको “द्वापर युगमा शुद्रले तप गर्न वर्जित छ” भन्ने कथन असत्य मात्र हो; कुनै छुद्र मतान्ध व्यक्ति द्वारा प्रक्षेपित गरिएको
हो।
श्री राम द्वारा पुष्पक विमान लिएर शम्बूकको खोज गर्नु एउटा
अर्को असत्य
कथन हो किनकि पुष्पक विमान त श्री रामले अयोध्या फिर्ता आउनासाथ नै उसको असली स्वामी कुबेरलाई फिर्ता
गरिदिएका थिए-(सन्दर्भ- युद्ध काण्ड १२७/६२)
जुन व्यक्तिले
कर्म गर्दछ,
त्यसको फल पनि त्यहि कर्म गर्ने व्यक्तिलाई मात्र प्राप्त हुन्छ। त्यस्तै
कुनै पनि व्यक्तिले गरेको तपको फल त्यहि
तप गर्ने व्यक्तिलाई
मात्र प्राप्त हुन्छ। शम्बूकले गरेको तपको कारणले अन्य कुनै ब्राह्मण पुत्रको देहांत भयो
भन्ने कुरो सर्वथा असत्य छ। सत्य त यो हो कि मध्य कालमा जब वेद विद्याको लोप हुन थाल्यो, उस कालमा ब्राह्मणहरु आफ्नो गुण-कर्म तथा आचरणले हैन कि आफ्नो जन्मको आधारमा
मान्न थालिएको थियो। त्यसै समय देखि शुद्रलाई नीच तथा अछुत
मान्न थालियो, नारीलाई नरकको द्वार सम्झन थालियो, मनुस्मृति, रामायण,
महाभारत आदि ग्रन्थमा पनि वेद विरोधी र जातिवादको पक्ष पोषण गर्ने जस्ता श्लोकहरु मिलाइयो र केहि हटाइयो पनि। त्यसैको उदाहरण
हो वाल्मीकि
रामायणमा मिलाइएको अशुद्ध पाठ जसको नाम उत्तर काण्डहो।
यस प्रकारले असत्यको प्रचारबाट केवल अवैदिक विचाधाराको मात्र मान्यता
बढेन, श्री रामलाई वैदिक
वर्ण विरोधी भनेर केहि
अज्ञानी
मतान्धहरुले आफ्नो स्वार्थ सिद्धिको लागि हिन्दू समाजको निक्कै ठूलो समुहलाई विधर्मी अथवा नास्तिक बनाउन सफल पनि भएका
छन्। त्यसैले सदा
सत्य ग्रहण गर्न र असत्य त्याग गर्नमा तत्पर रहँदै श्री रामचंद्र प्रति जो अन्याय भएकोछ,
उनि प्रति जुन विष वमन गरिन्छ,
त्यसको कडा प्रतिकार गर्नु पर्छ
तब मात्र राम
राज्यको सार्थकता सिद्ध गर्न सकिन्छ..।अस्तु..
नमस्ते..!
लेखक:- डॉ विवेक आर्य
अनुवादक: प्रेम आर्य
No comments:
Post a Comment