Wednesday, February 21, 2018

वेदका शाखाहरु



वेदका शाखाहरु
वेदको ज्ञान अनन्त छ । वैदिक वाङ्मय ज्ञानको भण्डार हो । वेदका विद्वान्हरुले वेदको ज्ञानलाई सुरक्षित राख्न अनेकौ प्रयत्नहरु गरे जुन प्रशंसा गर्न योग्य छ । एक उपाय वेदका शाखाहरुसँग सम्बन्धित छ ।
जसरी वृक्षमा अनन्त शाखाहरु हुन्छन् र तिनले वृक्षलाई सुरक्षा प्रदान गर्दछन् र त्यसको साटो वृक्षको जिवन्ततामा उनीहरु पनि आफ्नो जीवन बाँच्दछन् ,त्यसै नै वेदहरुको शाखाको विषयमा पनि रहेको छ । यहाँ शाखाको अभिप्राय वेदका विभिन्न धाराहरुसँग रहेको छ ।
प्राचीनकालमा वेदहरुको शिक्षा प्रमुखताका साथ दिइन्थ्यो । वंश दुई विधिको हुन्छ ः– रक्त सम्बन्धबाट , जसरी परिवारको वंशवृक्ष चल्दछ , त्यसै गरी विद्या क्षेत्रमा पनि कुल हुन्छ । जो गुरु तथा आचार्यहरुले आ–आफ्ना शिष्य–प्रशिष्यहरुलाई वेदविद्याको अध्ययन गराए , ती सबै शिष्य–प्रशिष्य उनीहरुकै कुलका कहलिन्छन् । यस्ता अनेक विद्याकुल प्राचीन कालमा भारतवर्षमा प्रचलित थिए । आचार्यले जो वेदविद्या आफ्ना शिष्यलाई अध्ययन गराउँथे तिनमा शैली – पद्धतिगत केही अन्तर पनि हुन्थ्यो । यही शैली भेद अन्य आचार्यहरुबाट भिन्न पनि हुन्थ्यो । यस शैली भेदका कारण अनेक रचनाहरु हुने गर्दथे । यही रचनाहरु कालान्तरमा शाखाको रुपमा प्रचलित हुन गए । जुन आचार्यका जति शाखा हुने गर्थे त्यति नै ब्राह्मण , उपनिषद् , आरण्यक , श्रौत सूत्र , धर्मसूत्र पनि भिन्न भिन्न हुने गर्थे । सम शाखाका अध्येताले आफ्ना सबै वैदिक ग्रन्थ पृथक पृथक राख्ने गर्थे र आफ्ना श्रौत कार्यहरुको सम्पादन त्यही अनुरुप चलाउने गर्थे । यसप्रकार प्रत्येक शाखामा संहिता , ब्राह्मण , आरण्यक , उपनिषद , श्रौतसूत्र र गृह्यसूत्र विशिष्ट हुने गर्थे । यस प्रकारले महामुनि पतञ्जलिका अनुसार प्राचीन कालमा वेदहरुका ११३१ शाखाहरु थिए । धेरै कारणहरुले कैयौ शाखाहरु नष्ट पनि भए र आज त ती शाखाहरुको नाम मात्र पनि हामीलाई थाहा छैन । एक सर्वेक्षणका अनुसार हाल ११ शाखाहरु मात्र उपलब्ध छन् ।
वेदहरु र तिनका शाखा
१. ऋग्वेद –
आचार्य पतञ्जलिका अनुसार ऋग्वेदका २१ शाखाहरु थिए – एकविंशतिधा बाह्वृच्यम् । ( महाभाष्य ः पस्पशाह्निक ) । यी २१ शाखाहरुमा हाल केवल ५ शाखाहरु उपलब्ध छन् ः शाकल , बाष्कल , आश्वलायन , शांखायन र माण्डूकायन । यी पाँच मूल शाखाहरु मानिन्छन् । किन्तु हाल शाकल शाखा नै पूर्ण रुपले उपलब्ध छ । आज जो ऋग्वेद उपलब्ध छ , त्यही नै शाकल – संहिता हो । यस शाखाका पदपाठकर्ता र विभाजनकर्ता शकल ऋषि थिए , अतः यसको नाम नै शाकल शाखा रहन गयो ।
यस शाखामा मन्त्रहरु दुई प्रकारले विभाजन गरिएका छन् –
(क) अष्टक क्रम र (ख) मण्डल क्रम ।
(क) अष्टक क्रम – यसका अनुसार ऋग्वेदमा आठ अष्टक छन् । प्रत्येक अष्टकमा आठ–आठ अध्याय छन् । यस प्रकार ६४ अध्याय छन् । यी अध्यायमा वर्गहरु हुन्छन् जो कुल २००६ छन् । यी वर्गमा मन्त्रहरु हुन्छन् , यी कुल मन्त्रहरु १०५८५ छन् ।
(ख) मण्डल क्रम – यो विभाजन अधिक वैज्ञानिक मानिन्छ । व्यवहार क्षेत्रमा यसै क्रमको प्रयोग हुने गर्छ । यसका अनुसार ऋग्वेदमा कुल १० मण्डल छन् । प्रत्येक मण्डलमा अनुवाक छन् जसको संख्या ८५ छ । अनुवाकहरुमा सूक्त हुन्छन् जसको कुल संख्या १०१७ (यदि बालखिल्य सूक्त – ११ मिलाउने हो भने १०२८ ) । ऋग्वेदमा कुल शब्द १५३८२६ र अक्षर छन् ४३२००० ।
ऋषि व्यासले यस वेदको अध्ययन आफ्ना शिष्य पैललाई गराएका थिए ।
(२) यजुर्वेद ः पतञ्जलि ऋषिका अनुसार यजुर्वेदका १०१ शाखाहरु थिए – “एकशतमध्वर्युशाखाः ।”
यस वेदका दुई सम्प्रदाय छन् – (क) ब्रह्म सम्प्रदाय (ख) आदित्य–सम्प्रदाय ।
(क) आदित्य सम्प्रदाय ः यसमा मन्त्र शुद्ध रुपमा छन् अर्थात् मन्त्रहरुका साथ ब्राह्मणादि मिश्रित छैनन् , अतः यसलाई शुक्ल यजुर्वेद पनि भनिन्छ ।
माध्यन्दिन शाखा ः शतपथ ब्राह्मणका अनुसार आदित्य यजुर्वेदको नाम नै शुक्ल यजुर्वेद हो । यो याज्ञवल्क्य ऋषिद्वारा आख्यात छ । यसका दुई शाखा हाल उपलब्ध छन् ः
माध्यन्दिन शाखा जसलाई वाजसनेयी शाखा पनि भन्छन् र काण्व शाखा । यस समय उत्तर भारतमा माध्यन्दिन शाखाको नै प्रचलन छ । यसमा कुल ४० अध्याय र १९७५मन्त्र छन् । यसको अन्तिम अध्याय ईशोपनिषद् हो ।
काण्व शाखा ः यसको प्रचलन सर्वाधिक महाराष्ट्रम प्रान्तमा रहेको छ । यसमा पनि ४० अध्याय रहेका छन् किन्तु १११ मन्त्र अधिक रहेका छन् । यसप्रकार कुल मन्त्र २०८६ रहेका छन् ।
(ख) ब्रह्म सम्प्रदाय ः यसमा मन्त्रका साथ साथै तन्नियोजक ब्राह्मणहरुको पनि मिश्रित छन् , अतः यसलाई मिश्रणका कारण कृष्ण यजुर्वेद पनि भनिन्छ । यसका कुल शाखा ८५ थिए तर आज केवल ४ शाखा शेष रहेका छन् – तैतिरिय , मैत्रायणी , कठ र कपिष्ठल ।
तैतिरिय शाखा – यसको प्रचलन मूलतः महाराष्ट्र , आन्ध्र र द्रविड देशहरुमा रहेको छ । यसको संहिता , ब्राह्मण , आरण्यक , उपनिषद् , श्रौतसूत्र तथा गृह्यसूत्र सबै उपलब्ध छन् , अतः यो शाखा पूर्ण छ । यस संहितामा ७ काण्ड , ४४ प्रपाठक , ६३१ अनुवाक छन् ।
मैत्रायणी शाखा – यसमा ४ काण्ड छन् । मन्त्र २१४४ छन् जसमा ऋग्वेद का १७०१ ऋचाहरु अनुगृहीत छन् । यसमा कुल ५४ प्रपाठक ६५४ अनुवाक छन् ।
कठ संहिता ः महाभाष्य (४.३.१०१ ) का अनुसार यस शाखाको प्रचलन प्रत्येक गाउँमा थियो । यसको मुख्य रुपले प्रचलन मध्य देशमा थियो । यसमा कुल पाँच खण्ड , अनुवाक ८४३ , मन्त्र ३०९१ छन् ।
कपिष्ठल शाखा ः यसको प्रचलन कुरुक्षेत्रमा सरस्वती नदीको आसपास थियो । यसको पूर्ण विवरण उल्लेख छैन ।
वेद व्यासले यजुर्वेदको अध्ययन आफ्ना शिष्य वैशम्पायनलाई गराएका थिए ।
(३) सामवेद ः ऋषि पतञ्जलिका अनुसार सामवेदका १००० शाखा थिए “ सहस्रवत्र्मा सामवेदः ” । महाभारतको शान्तिपर्व (३४२.९८)मा यसको उल्लेख रहेको छ – सहस्रशाखं यत्साम । यसको महत्व यस कुराबाट पनि बढ्छ कि श्रीकृष्णले आफूलाई सामवेद बताएका छन् ः – वेदानाम् सामवेदोऽस्मि । यसका तीन शाखा अझै पनि उपलब्ध छन् –
(क) कौथमा शाखा – यो संहिता सर्वाधिक लोकप्रिय छ । छान्दोग्य उपनिषद् यसैसँग सम्बन्धित छ । यसको अवान्तर शाखा ताण्ड्य हो ।
(ख) राणायनीय शाखा – यसको अवान्तर शाखा सात्यमुग्रि हो ।
(ग) जैमिनीय शाखा – यसको संहिता , ब्राह्मण , श्रौत तथा गृह्यसूत्र उपलब्ध पनि छन् । ऋषि व्यासले सामवेदको अध्ययन जैमिनिलाई नै गराएका थिए ।
(४) अथर्ववेद ः – पतञ्जलिका अनुसार यसका ९ शाखा थिए –“ नवधाथर्वणो वेदः ” । यी हुन् – पिप्लाद , स्तौद , मौद , शौनकीय , जाजल , जलद , ब्रह्मवद , देवदर्श तथा चारण वैद्य ।
यिनमा शौनक शाखा नै हाल उपलब्ध छ र यसको प्रचलन नि छ । यसमा २० काण्ड , ३४ प्रपाठक , १११ अनुवाक , ७३१ सूक्त र मन्त्र ५९८७ छन् ।
आभार – ( वैदिक संस्कृत पृष्ठ , प्रा. प्रवीणकुमार )

Tuesday, February 20, 2018

बुद्ध र ब्राह्मण



बुद्ध र ब्राह्मण

–कार्तिक अयर

आजभोलि आफूलाई बौद्ध भन्न रुचाउने केही अम्बेडकरवादी , MNO तथा विधर्मीहरु जो बुद्धको काँचुलीमा आफ्नो गोप्य मनसायलाई सफलीभूत गर्छन् ,सधैजसो ब्राह्मणहरुलाई किटाएर बोलेको पाइन्छ । तर उनीहरुको कुरालाई भन्दा बुद्धको वचनलाई पढ्दा प्रतीत हुन्छ कि बुद्धलाई आर्यधर्म कति महान् लाग्थ्यो । स्वयं अम्बेडकरले आर्यहरुलाई विदेशी मान्दैनथे । महात्मा बुद्ध पनि ब्राह्मण , धर्म , वेद , सत्य , अहिंसा , यज्ञ , यज्ञोपवीत आदिमा पूर्ण विश्वास गर्दथे । महात्मा बुद्धको उपदेशहरुको संग्रह धम्मपदको ब्राह्मण वग्गोमा यसका अनेक प्रमाण पाइन्छन् कि बुद्धले ब्राह्मणप्रति कस्तो विचार राख्दथे ।

१. न ब्राह्मणस्स पहरे्यय नास्स मुञ्चेथ ब्राह्मणो ।
धी ब्राह्मणस्स हंतारं ततो धी यस्स मुञ्चति ।। ( ब्राह्मण वग्गो श्लोक ३ )
“ब्राह्मणमाथि आक्रमण गर्नुहुन्न । ब्राह्मणले प्रहारकर्तामाथि कोप गर्नुहुन्न । ब्राह्मणमाथि प्रहार गर्नेवालाको धिक्कार छ । ”

२. ब्राह्मण को हो –
यस्स कायेन वाचाय मनसा नत्थि दक्कतं ।
संबुतं तीहि ठानेहि तमहं ब्रूमि ब्राह्मणं ।। – श्लोक ५
“जसले काया , वाणी र मनले कुनै दुष्कृत्य गर्दैन , जो तिन कर्मपन्थमा सुरक्षित छ , उसलाई म ब्राह्मण भन्दछु ।”

३. अक्कोधनं वतवन्तं सीलवन्तं अनुस्सदं ।
दंतं अंतिमसारीरं तमहं ब्रूमि ब्राह्मणं ।।
अकक्कसं विञ्ञापनिं गिरं उदीरये ।
याय नाभिसजे किंचि तमहं ब्रूमि ब्राह्मणं ।।
निधाय दण्डभूतेषु तसेसु थावरेसु च ।
यो न हन्ति घातेति तमहं ब्रूमि ब्राह्मणं ।। – श्लोक ७ देखि ९

“जो क्रोधरहित , व्रती , शीलवान् , वितृष्ण , संयमी र अन्तिम शरीरधारी छ , जोसँग कोही नडराओस् यसप्रकारले अकर्कश , सार्थक र सत्यवाणी बोल्ने , जो चर अचरका प्रति दण्डको त्याग गरेर न त कसैलाई मार्दछ तथा न त कसैलाई मार्ने प्रेरणा दिन्छ उसलाई नै म ब्राह्मण भन्दछु । ”

४. गुण कर्म र स्वभावको वर्णव्यवस्था –

न जटाहि न गोत्तेन न जच्चा होति ब्राह्मणो ।

यम्हि सच्च च धम्मो च से सुची सो च ब्राह्मणो ।।

“ न जन्म कारण हो , न गोत्र कारण हो , न जटाधारणले कोही ब्राह्मण बन्दछ । जसमा सत्य छ , जो पवित्र छ त्यो नै ब्राह्मण हुन्छ । ”

५. आर्य धर्मका प्रति विचार –

धम्मपद , अध्याय ३ सत्संगति प्रकरण ः प्राग संज्ञा –
साहु दस्सवमरियानं सन् निवासो सदा सुखो । ( श्लोक ५ )

”आर्यहरुको दर्शन सदा हितकर र सुखदायी छ ।”
धीरं च पञ्ञ च बहुस्सुतं च धोर्यहसीलं वतवन्तपरियं ।

तं तादिसं सप्पुरिसं सुमेधं भजेथ नक्खत्तपथं व चंद्रिमा ।। – श्लोक ७

“ जसरी चन्दमा नक्षत्र पथको अनुशरण गर्दछ , त्यसरी नै सत्पुरुषको जो धीर , प्राज्ञ ,बहुश्रुत , नेतृत्वशील , व्रती आर्य तथा बुद्धिमान् छन् – अनुशरण गरुन् । ”
“तादिसं पंडितं भजं ।” –श्लोक ८

वाक्ताडन गर्ने पण्डितको उपासना पनि सदा कल्याण गर्नेवाला हुन्छ ।
“ एते त्रयो कम्मपथे विसोधये आराधये मग्गमिसिप्पवेदितं ” (धम्मपद ११
प्रज्ञायोग श्लोक ५ )

तीन कर्मपन्थलाई शुद्धि गर्नेवाला ऋषिहरुद्वारा कथित मागर्को अनुशरण गर ।
धम्मपद पण्डित प्रकरण १५ मा ७७ पण्डित लक्षणम् श्लोक १–

“अरियप्पवेदिते धम्मे सदा रमति पंडितो ।। ”
सज्जनहरु आर्योदिष्ट धर्ममा रत रहन्छन् ।

परिणाम – भगवान महात्मा गौतम बुद्धले ब्राह्मणहरुको यति स्तुति गरेका छन् तथा आर्य वैदिक धर्मको खुला रुपमा गुणगान गाएका छन् । त्यसैले बुद्धले भने अनुसार बौद्ध धर्मावलम्बी , MNO वादीहरुले पनि ब्राह्मण तथा आर्यहरुको सम्मान गर्नुपर्छ ।

संलग्न चित्र – महात्मा बुद्ध यज्ञोपवीत धारण गरेका ।

Sunday, February 18, 2018

वैदिक विचारधारालाई स्वामी दयानन्दको अभिनव देन






वैदिक विचारधारालाई स्वामी दयानन्दको अभिनव देन
डा. िववेक अार्य
वेदहरुलाई अज्ञान , आलस्य , प्रमाद , उदासीनता र घोर उपेक्षाको अन्धकारमय गर्तबाट निकालेर सर्वसाधारणसम्म सुलभ गराउने श्रेय आधुनिक भारतका महान वेदोद्धारक , प्रचारक , चिन्तक , सत्य अन्वेषी , महान् पुरुषार्थी स्वामी दयानन्दलाई जान्छ । स्वामी दयानन्दको प्रथम देन जनमानसमा प्रायः लुप्त भइसकेका वेदहरुलाई सुलभ गराउनको लागि चालिएको भागीरथ प्रयास होे । मध्यकालको अन्धकारमय युग एवं विदेशी आक्रमकहरुको अत्याचारका कारण वेदहरु केही परिवारसम्म मात्र सीमित भइसकेका थिए ।

 स्वामी दयानन्दले सर्वप्रथम यो सिद्ध गर्नु भयो कि चार मंत्र संहिता नै वेद हुन् भनेर । अन्य वेदका शाखाहरु , ब्राह्मण , उपनिषद् , दर्शन आदि ग्रन्थहरु हुन् जो मनुष्यकृत हुन् एवं वेदहरुको मूल अर्थ जान्न सहायक छन् 

।स्वामी दयानन्दको अर्को अभिनव देन लुप्त प्रायः हुन लागेको संस्कृत भाषामा उपलब्ध वेदहरुलाई साधारणजनहरु माँझ पुर्याउने उद्देश्यले वेदहरुको आर्य ( हिन्दी ) भाष्य गर्नु रहेको छ । यस महान प्रयासद्वारा एक सामान्य ज्ञानवाला व्यक्ति पनि जो चिरकालदेखि भाषा भेद व्याप्त वेदहरुको अनुपम ज्ञानबाट वञ्चित थियो , वेदहरुको पुष्कल सामग्रीको लाभ उठाउन लायक भयो । 

स्वामी दयानन्दको तेस्रो अभिनव देन भनेको वेदहरुलाई अव्यावहारिक कर्मकाण्ड ग्रन्थको सीमित परिभाषबाट निकालेर त्यसलाई वैज्ञानिक एवं पारमार्थिक विद्याहरुको ग्रन्थको रुपमा स्थापित गर्नु थियो । स्वामीजीले यसप्रकारले वेद आधारित यज्ञहरुलाई पशु बलि एवं हिंसा आदिबाट मुक्त गरेर न केवल वेदहरुलाई निर्दोष सिद्ध गर्नुभयो परन्तु निरीह पशुहरुमाथि दया गरेर स्वयंलाई दयानन्द सिद्ध गर्नुभयो । 
स्वामीजीको वेदहरुलाई चौथो अभिनव देन यो सिद्ध गर्नु थियो कि वेद व्यक्ति र परिवारको व्यावहारिक जीवन चलाउनका लागि आवश्यक ज्ञान दिनुका साथ–साथै ठूला–ठूला राष्ट्र र विश्वराष्ट्र चलाउनको लागि पनि उपदेश प्रदान गर्छन् । वेदमा शिक्षा शास्त्र , समाज शास्त्र , गृहस्थ शास्त्र , राजनीति शास्त्र , आयुर्वेद शास्त्र तथा अनेक प्रकारका ज्ञानहरु रहेका छन् । स्वामीजीको यस विशिष्ट प्रयासद्वारा वेदहरुका प्रति संसारको दृष्टिकोण एक वीभत्स कर्मकाण्डको पुस्तकबाट बदलिएर एक महान् आध्यात्मिक ग्रन्थको रुपमा स्थापित भएको छ ।

 स्वामी दयानन्दको पाँचौ अभिनव देन वेदहरुलाई ईश्वरीय ज्ञान सिद्ध गर्नुु थियो । स्वामीजीले वेदमन्त्रहरुको अनुपम भाष्यद्वारा वेदहरुलाई व्यवहार अनुुकूल , युक्ति संगत एवं तर्कपूर्ण सिद्ध गर्नुभयो । स्वामीजीको यस प्रयासद्वारा वेदहरुको गलत परिभाषा झल्काउने भाष्यहरु पढेर नास्तिकताको भुुमरीमा फसेकाहरुमा पनि आस्तिकताको प्रचार भयो । स्वामीजीद्वारा दिइएका तर्क र उपायहरुको अनुशरणद्वारा नै व्यक्ति सत्य अर्थसम्म पुगेर तिनको लाभ उठाउन सक्छ । 

स्वामीजीको छैठौँ अभिनव देन यो सिद्ध गर्नु थियो कि वेद कुनैै इतिहासको पुस्तक होइन जसमा राजाहरुको कथा , राज्य आदिको वर्णन होस् । यस प्रकार वेदहरुलाई गपोडा आदि भन्नेहरुलाई प्रत्युत्तर दिएर स्वामीजीले सत्यको प्रकाश गर्नुभयो । 
स्वामी दयानन्दद्वारा वेदहरुको आध्यात्मिक , आधिभौतिक एवं आधिदैविक विधाहरुबाट भाष्य गरेर वेदहरुलाई सत्य विद्या एवं महान् ग्रन्थहरुका रुपमा स्थापित गरिनु मनुष्य समाजमाथि सबैभन्दा ठूलो उपकार रहेको छ । यस उपकारका लागि हामी उहाँको कृतज्ञ एवं आभारी छौँ ।

पादरी सनातन उपासक बने




पादरी सनातन उपासक बने
डा. विवेक आर्य 

(यो एक पादरीको सत्य कथा हो जसमा पादरीले सत्य ज्ञान प्राप्त गर्ना साथ आफ्नो आत्मासँग न्याय गर्दै न केवल सत्य मार्गको वरण गरे परन्तु अरुलाई पनि यो मार्ग बताउनको लागि आफ्नो जीवन समर्पित गरे )

यो घटना सन् १९५४ या १९५५ को हो । तिनताक मिस्ट। नाम गरेका एक ईसाई पादरी भारतको अम्बालामा बस्दथे जसलाई मानिसहरु प्रेमपूर्वक लाट साहब भनेर सम्बोधन गर्दथे । उनलाई उच्चस्तरीय ईसाई संरक्षण प्राप्त थियो । एक दिन पादरीले घोषणा गरे कि उनलाई येशु ख्रीष्टमा पूर्ण विश्वास छ र उनी कुनै पनि मृत व्यक्तिमाथि हाथ राखेपछि ऊ पुनर्जीवित हुनसक्छ । डा. हरिप्रकाश गुरुकुल काँगडीका स्नातक थिए र पक्का आर्य समाजी पनि थिए । उनले यो चुनौतिलाई स्वीकार गरे तथा यो पनि निश्चय गरे कि जो पनि पक्ष पराजित हुन्छ त्यसले विजयी मत स्वीकार गर्नुपर्ने हुन्छ । शास्त्रार्थको लागि आर्यसमाजका प्रसिद्ध शास्त्रार्थी पण्डित शान्ति प्रकाशजीलाई बोलाइयो तर समस्या यो भयो कि शास्त्रार्थ हुने दिनसम्म कुनै पनि मृतकको शव प्राप्ति भएन । शास्त्रार्थको दिन आर्य समाजका मन्त्री श्री चुनीलालले प्रातः एक मृत कौवा भेटे । त्यसलाई यौटा थैलोमा राखेर उनी शास्त्रार्थ स्थलमा आफूसँग लगे । पण्डित शान्ति प्रकाशजीले शास्त्रार्थ पूर्व यो सोधे कि केवल मृतक मनुष्यको शवलाई मात्र जीवित पार्न सकिन्छ कि पशुपक्षीको मृत शवमा पनि प्राण हाल्न सकिन्छ ? त्यसमा पादरीले भने कि उनी कुनै पनि मृत शरीरमा प्राण हाल्न सक्छन् । पादरीलाई यो विश्वास थियो कि आर्य समाजका शास्त्रार्थीले कुनै पनि मृतको शव ल्याउन सक्नेछैनन् र उनको घोषणाको घोषणाको परीक्षा हुनसक्नेछैन । पण्डित शान्तिप्रकाशजीले तब घोषणा गरिदिनुभयो कि हामीले त कुनै मृतकको शव ल्याउन सकेनौँ । उपस्थित हुनेहरुमा यदि कसैले कुनै प्राणीको शवको व्यवस्था गरेको भए कृपया अगाडि आउनुहोस् । यो सुनेर पण्डित चुन्नीलालले मञ्चमा मृत कौवाको शव ल्याएर राखे । पंण्डितजीले पादरी साहबका अगाडि त्यो शव राखेर भने यो शवमा प्राण प्रविष्ट गराउनुहोस् । पादरी साहब १५ मिनेट सम्म त्यस कौवाको शरीरमा हात घुमाएर प्रार्थना गरिरहे । मानिसहरु त्यस दृश्यलाई धैर्यताका साथ हेरिरहेका थिए । १५ मिनेट पछि आर्यसमाजको जय , स्वामी दयानन्दको जय , पंडित शान्ति प्रकाशको जय आदि गगनभेदी नाराका साथ समारोह स्थान नै गुञ्जायमान भयो । 

पादरी गिल साहिबले आफ्नो पराजय स्वीकार गरे र ईसाई मत त्याग गरेर आर्यसमाजमा प्रवेश गरे । उनको नाम परिवर्तन गरेर सुरजन दास राखियो र उनले आर्य समाजको पछिका दश वर्षसम्म सेवा गरे ।
यदि यसै प्रकारले सबै ईसाई पादरीहरुलाई यदि सत्य मार्ग देखाइयो भने न केवल उनीहरुको कल्याण हुन्छ परन्तु अनेक हिन्दुहरुलाई पनि धर्मान्तरणबाट पनि बचाउन सकिन्छ ।

वेदहरु जस्तो कुनै ग्रन्थ छैनन्



वेदहरु जस्तो कुनै ग्रन्थ छैनन्

वेदहरुका सामु सबै मजहबी ग्रन्थहरु तुच्छ छन् –––

१. डाविन नामक ईशाईले भन्यो – अरुको आहारा खोसेर बाँचो ।
हक्स तथा महावीरले भने – बाच्न र बाँच्न देओ ।
परन्तु वैदिक साहित्यले भने – सबैलाई सुखी बनाउनको लागि बाँच , सर्वे भवन्तु सुखिनः ।
२. बाइबलले भन्यो – जसको काम उसको दाम ।
कुरआनले भन्यो – संसार खुदाको र जिहाद मान्छेले गरुन् ।
किन्तु वेदले भने – परिश्रम मनुष्यको सम्पत्ति भगवानको यानी तेन त्येक्तेन भुञ्जीथाः ।

३. बाइबलले भन्यो – ईशाई बन ।
कुरआनले भन्यो – मुसलमान बन कुरआन मं.१ सि. २
किन्तु वेदले भने – मनुष्य बन – मनुर्भव जनया दैव्यं जनम् ।

४. बाइबलले भन्यो – पढाई आमदानीको लागि ।
कुरआनले भन्यो – पढाई कुरआन पढ्नको लागि ।
किन्तु मेरा वेदले भने – पढाई केवल नैतिकता , ज्ञान र नम्रताको लागि ।

५. अरस्तुले भने – राजनीति शासनको लागि ।
कुरआनले भन्यो – शासन इस्लामको प्रचारको लागि ।
किन्तु मेरा वेदले भने – राजनीतिको अपेक्षा लोकनीति , शासनको अपेक्षा अनुशासन , तानाशाहीको स्थानमा संयम र अधिकारको स्थानमा कर्तव्य पालन गर ।

६. ईशाईहरुले भने – परमाणु हतियार हिरोसिमा र नागासाकी जस्ता शहरहरुको विनाशको लागि ।
मुस्लिम आतंकवादीहरुले भने – परमाणु हथियार पाइए भने काफिरहरुलाई मिटाउनको लागि ।
किन्तु वेदहरुले भने – संपूर्ण विज्ञान नै जनकल्याणको लागि – यथेमां वाचं कल्याणीमदानी वा जनेभ्यः ।
ओ३म्

Saturday, February 17, 2018

वेदहरुमा नारी



वेदहरुमा नारी

डॉ विवेक आर्य

नारीहरुको विषयमा वेदहरुलाई लिएर धेरै भ्रान्तिहरु विद्यमान छन् । भारतीय समाजमा वेदहरुमाथि यो दोषारोपण गरिन्छ कि वेदहरुका कारण नारी जातिले सती प्रथा , बालविवाह , देवदासी प्रथा , अशिक्षा , समाजमा तल्लो स्थान , विधवाको अभिशाप , नवजात कन्याको हत्या आदि अत्याचारहरु सहनुु परेको हो । कसैले यो प्रचलित गरिदियो कि नारीले यदि वेदमन्त्र सुने भने तिनीहरुको कानमा तातो सिसा हालिदिनु पर्छ तर यदि वेदमन्त्रको उच्चारण गरे भने उनीहरुको जिब्रो काटिदिनुपर्छ । कोही नारीलाई आफ्नो खुट्टाको जुत्ता भन्नमा आफ्नो इज्जत चुुलिएको ठान्छ भने कोही ताडनको अधिकारीसम्म घोषित गरिदिन्छ । इतिहास साक्षी छ कि नारीहरुको अपमानजनक स्थिति पश्चिमदेखि पूर्वसम्म सबै देशहरुको इतिहासमा देख्न सकिन्छ । यस विषयमा सबैभन्दा महत्वपूर्ण तथ्य के हो भने वेदहरु यी अत्याचारहरुमध्ये कसैको समर्थन गर्दैनन् परन्तु वेदहरुमा नारीको यति उच्च स्थान छ जुन संसारका कुनै अरु धार्मिक पुस्तकमा त्यसको अंश पनि देख्न सकिन्न । यति हुँदाहुँदै पनि केही लेखकहरुले वेदहरुमा नारीको स्थितिलाई भने निकृष्ट ( तल्लो ) रुपमा दर्साएका छन् ।

शंका १ ः वेदहरुमा नारीका कर्तव्यहरु एवं अधिकारका विषयमा के भनिएको छ ?

समाधान ः वेदहरुमा नारीको स्थिति अत्यन्त गौरवास्पद वर्णित भएको छ । वेदहरुका नारीहरु देवी हुन् , विदुषी हुन् , प्रकाशले परिपूर्ण हुन् , वीरांगना हुन् , वीरहरुकी जननी हुन् , आदर्श माता हुन् , कर्तव्यपरायण पत्नी हुन् , सद्गृहणी हुन् , समा्रज्ञी हुन् , सन्तानकी प्रथम शिक्षिका हुन् , अध्यापक बनेर कन्याहरुलाई सदाचार र ज्ञान–विज्ञानको शिक्षा दिनेवाली हुन् , उपदेशिका बनेर सबैलाई सन्मार्ग बताउनेवाली हुन् , मर्यादाहरुको पालन गर्नेवाली हुन् तथा जगत्मा प्रेम र सद्भाव फैलाउनेवाली हुन् । यदि गुण कर्म अनुसार क्षत्रिया हुन् त धनुर्विद्यामा निपुण भएर राष्ट्र–रक्षामा भाग पनि लिन्छिन् । यदि वैश्यको गुण कर्म भए उच्चकोटिको पशुपालन , व्यापार आदिमा योगदान पनि दिन्छिन् र शिल्पविद्यामा पनि उन्नति गर्दछिन् । वेदहरुकी नारी पूज्य छिन् , स्तुति योग्य छिन् , रमणीय छिन्् , आह्वान–योग्य छिन् , सुशील छिन् तथा बहुश्रुत यशोमयी पनि छिन् ।

पुरुष र नारीको सम्बन्धलाई लिएर वेदहरुमा आलङ्कारिक वर्णन रहेको छ । पुरुष द्युलोक हो त नारी पृथ्वी हो , दुवैको सामञ्जस्यद्वारा जगत् बनेको छ । पुरुष साम हो त नारी ऋक् , दुवैको सामञ्जस्यद्वारा सृष्टिको सामगान हुन्छ । पुरुष वीणा हो त नारी वीणाको तन्त्री , दुवैको सामञ्जस्यद्वारा जीवनको संगीतको झंकार निस्सृत हुन्छ । पुरुष नदीको एक तट हो त नारी अको तट , दुवैको बिचमा नै वैचारिक र सामाजिक विकासको धारा बग्दछ । पुरुष दिन हो त नारी रजनी हुन् । पुरुष प्रभात हो त नारी उषा हुन् । पुरुष मेघ हो त नारी विद्युत हुन् । पुरुष अग्नि हो त नारी ज्वाला हुन् । पुरुष आदित्य हो त नारी प्रभा हुन् । पुरुष तरु हो त नारी लता हुन् । पुरुष फूल हुन् त नारी पत्र हुन् । पुरुष कर्म हो त नारी विद्या हुन् । पुरुष सत्व हो त नारी सेवा हुन् । पुरुष स्वाभिमान हुुन त नारी क्षमा हुन् । दुवैको सामञ्जस्यमा नै पूर्णता रहेको छ । विवाह यही सामञ्जस्यको एक प्रतीक हो ।

वेदहरुमा नारीका दुई जन्म मानिएका छन् । एक शरीरतः र अर्को विद्यातः । विद्यातः नारीको जन्म भएपछि विवाह–वेदीमा जसरी नारीको पदार्पण हुन्छ , त्यसैगरी उनले यौटा नयाँ कुल , व्रत ,यज्ञ आदिमा पदार्पण गर्छिन् । उनको नाम , काम , नाता –सम्बन्ध आदि सबै परिवर्तन हुन्छन् । उनका दुई कुल हुन जान्छन् । एक पितृ कुल र अर्को पति कुल । नारी दुवै कुलहरुलाई जोड्ने सूत्र हुन् । पितृ कुलमा नारी कन्या , पुत्री , भगिनी , नन्द , फुपू हुन् भने पति कुलमा नारी वधू , गृहणी , पत्नी , भार्या , जाया , दारा , आमा , सासू आदि हुन् । वेदहरुमा यी सबै दायित्वहरुका अनुरुप नारीका कर्तव्यहरुको विस्तारपूर्वक वर्णन रहेको छ । वैदिक मन्त्रहरुमा पनि नारीलाई उसका कर्तव्यहरुको पालन गर्ने प्रेरणा दिँदै महान् बन्ने प्रेरणा दिइएको छ ।

शंका २ ः स्वामी दयानन्दको नारी जातिको उत्थानको विषयमा के विचार रहेको छ ?

समाधान ः स्वामी दयानन्द न केवल नारी जातिलाई शिक्षित गर्ने पक्षमा हुनुहुन्थ्यो परन्तु नारी जातिलाई गृहस्वामिनीदेखि प्राचीनकालका महान् विदुषी गार्गी र मैत्रेयी समान बनाउन चाहनुहुन्थ्यो । स्वामी दयानन्दका अनुसार नारी ताडनको होइन सम्मानकी अधिकारी हुन् ।

सत्यार्थ प्रकाशमा स्वामी दयानन्द क्रान्तिकारी उद्घोष गर्दै लेख्नुहुन्छ कि ‘ जन्मदेखि पाँचौ वर्षसम्म बालकहरुलाई माता तथा छ वर्षदेखि आठौ वर्षसम्म पिताले शिक्षा देऊन् र नवौको प्रारम्भदेखि द्विजहरुले आफ्ना सन्तानहरुको उपनयन गराएर जहाँ पूर्ण विद्वान् तथा विदुषी स्त्री शिक्षा तथा विद्या–दान गरुन् त्यहाँ आफ्ना छोराछोरीलाई पठाऊन् । ’

पुरुषहरु पुरुषको पाठशालामा तथा स्त्रीहरु स्त्रीको पाठशालामा पठाइयून् । पुरुषहरुको पाठशाला तथा स्त्रीहरुको पाठशालाको बिचमा कममा पनि दुई कोशको अन्तर होस् । कन्याहरुकवो पाठशालामा सबै स्त्री अध्यापक तथा अधिकारी होऊने भने पुुरुषहरुको पाठशालामा सबै पुरुष अध्यापक होऊन् । स्त्रीहरुकोे पाठशालामा पाँच वर्षको पुरुष पनि जान नपाओस् तथा पुरुषहरुको पाठशालामा पनि पाँच वर्षकाी स्त्री जान नपाऊन् । जबसम्म उनीहरु ब्रह्मचारिणी रहून् तबसम्म पुरुषको दर्शन , स्पर्शन , एकान्तवास , भाषण , विषय–कथा , परस्पर क्रीडा , विषयको ध्यान र संग यी आठ प्रकारका मैथुनदेखि अलग रहून् ।

यस विषयमा राज–नियम तथा जाति–नियम हुनु पर्छ कि पाँचौ वर्ष वा त्यो भन्दा पछि कोही पनि पुरुष वा कन्या घरमा नबसून् । सबै पाठशालामा पठाइयून् । जसले पठाउँदैन ऊ दण्डित हुनुपर्छ ।

स्वामी दयानन्दले नारी शिक्षाको महत्वलाई बुझ्नुभएको थियो किनकी माता नै शिशुकी प्रथम गुरु हुन् र त्यसैैले नारी शिक्षित हुनु नितान्त जरुरी पनि छ । स्वामीजी शिक्षाका प्रबल पक्षधर हुनुहुन्थ्यो तर सह–शिक्षाका विरोधी हुनुहुन्थ्यो । त्यसैले उहाँले न केवल पुरुष र स्त्रीको पाठशाला अलग–अलग गराउने सन्देश दिनुभयो अपितु उनीहरुलाई पढाउने अध्यापकहरुको लागि पनि यही नियम विस्तार गर्नुभएको थियो जसअन्तर्गत केवल पुरुष अध्यापकहरुले पुरुष विद्यार्थीलाई पढाउँने र महिला अध्यापकहरुले स्त्रीहरुलाई पढाउँने व्यवस्थाको व्यवस्था थियो । यसो हेर्दा यो नियम समाजमा हुनेवाला दुराचार , बलात्कार , शारीरिक शोषण , चरित्रहीनता आदिबाट देशका युवा ( महिला–पुरुष ) को रक्षा गरेर उनीहरुलाई देशका लागि तैयार गर्ने एक दुरगामी सोँच थियो । स्वामीजी दुराचारको भावनालाई राष्ट्रका लागि विनाशकारी मान्नुहुन्थ्यो । उहाँको मान्यता थियो कि यदि माता–पिताको चरित्र उज्ज्वल भए सन्तान पनि सुयोग्य तथा चरित्रवान् हुन्छन् । स्वामीजीको चिन्तनमा आफ्ना सन्तानलाई अशिक्षित राख्ने माता–पितालाई राजाद्वारा दण्डित गर्नु प्रशंसनीय छ किनकी यदि देशको पछिल्लोको पुस्ताको विकाश उचित प्रकारले गरियो तथा उनीहरुको नीँव विधिवत् रुपले राखियो भने मात्र उनीहरु समाजका लागि जिम्मेदार नागरिक बन्न सक्छन् । जसको नींवमा नै दोष छ ऊ कसरी समाज र राष्ट्रको लागि आफ्ना कर्तव्यहरुको निर्वहण गर्न सक्छ । आजभन्दा १५० वर्ष पूर्व ऋषि दयानन्दका विचारले शिक्षाको प्रचार भयो जसका कारण देशमा हजारौ शिक्षण संस्थाहरु खुले , अनेक विद्यालय , गुरुकुल आदि प्रारम्भ भए जसले गर्दा शिक्षाक्षेत्रमा अभूतपूर्व प्रगति भयो । यो स्वामी दयानन्दको चिंतनको परिणाम थियो ।

शंका ४ ः के वेद नारी शिक्षाको अधिकार दिन्छन् ?

समाधान ः स्वामी दयानन्दले स्त्रीशुुद्रौ नाधीयातामिति श्रुतेः अर्थात स्त्री र शुद्रले नपढून् यो श्रुति हो भन्ने विचारलाई नकार्दै वैदिक कालका गार्गी , मैत्रेयी , कात्यायनी आदि सुशिक्षित स्त्रीहरुको वर्णन गर्नुभएको छ जसले ऋषि–मुनिहरुको शंकाको पनि समाधान गर्दथे । ऋषि दयानन्दको प्रयास नारी जातिलाई शिक्षित , स्वावलम्बी तथा आत्मनिर्भर बनाउनु थियो , त्यसैले उहाँ नारी–शिक्षाका पक्षधर हुनुहुन्थ्यो । वेदहरुमा नारीहरुलाई शिक्षित बनाउनका लागि धेरै मन्त्रहरु छन् जस्तै ,

१. ऋग्वेद ६.४४.१८ को भाष्य गर्दै ऋषि दयानन्द लेख्नुहुन्छ कि ,राजा यस्तो यत्न गरुन् कि जसबाट सबै बालक एवं कन्याहरु ब्रह्मचर्यद्वारा विद्याले युक्त भएर समृद्धिलाई प्राप्त गरेर सत्य , न्याय र धर्मको बाटो हिँड्न सकून् ।

२. राजाले प्रयत्नपूर्वक आफ्नो राज्यमा सबै स्त्रीहरुलाई विदुषी बनाउनुपर्छ । –यजुर्वेद १०.७

३. विद्वान्हरुको यही योग्यता हो कि सबै कुमार र कुमारीहरुलाई पण्डित बनाउनु जसबाट सबै विद्याको फल प्राप्त गरेर सुमति होऊन् । – ऋग्वेद
३.१.२३

४. जति कुमारीहरु छन् उनीहरुले विदुषीहरुबाट विद्या अध्ययन गरुन् र ती कुमारी ब्रह्मचारिणीहरु विदुषीहरुसँग यही प्रार्थना गरुन् कि तपाई हामी सबैलाई विद्यायुक्त र सुशिक्षाले युक्त गराउनुहोस् । – ऋग्वेद २.४१.१६

यसरी ऋग्वेद र यजुर्वेदमा पनि नारीलाई शिक्षाको अधिकार दिइएको छ । यति स्पष्ट प्रमाण हुँदाहुँदै पनि मध्यकालमा नारीहरुलाई शिक्षाबाट वञ्चित राख्नु न केवल नारी जातिमाथि अत्याचार थियो अपितु वेदहरुको प्रचलनबाट सामान्य समाजको अनभिज्ञताको प्रदर्शन पनि थियो ।

शंका ४ ः के वेदहरु सती प्रथाको समर्थन गर्दछन् ?

समाधान ः १८७५ मा स्वामी दयानन्दले पुनामा दिइएको प्रवचनमा स्पष्टसँग भन्नुभएको थियो ‘ सती हुनु वेदको आज्ञा होइन ’ ।

वैदिक कालको इतिहासमा पनि कतै पनि सती भएको कुनै प्रमाण भेटिन्न । महाभारतमा पाण्डुको मृत शरीरसँगै माद्रीले आत्मदाह गरेको उल्लेख त पाइन्छ तर यसको कथित सती प्रथासँग कुनै सम्बन्ध छैन । मध्यकालमा जब अवनतिको क्रम चल्यो तब नारी जातिको दुर्गति आरम्भ भयो । सती प्रथा त्यही कालको देन हो ।

जहाँसम्म वेदहरुको प्रश्न छ सायणले अथर्ववेदको मन्त्र १८.३.१ म सती प्रथा
दर्साउने प्रयास गरेका छन् । सायणका अनुसार यहाँ वेदहरु नारीलाई आदेश दिँदैछन् कि नारी अनादीशिष्टाचारसिद्ध , स्मृति पुराण आदिमा प्रसिद्ध सहमरणरुप धर्मको परिपालन गर्दै पतिलोक अर्थात जुन लोकमा पति गयो त्यस स्वर्गलोकलाई वरण गर्ने इच्छा सहित तिमी मृतसँग सहमरणका लागि आउँदै छिन् । अर्को जन्ममा तिमी यसलाई पुत्र–पौत्रादि प्रजा र धन प्रदान गर्नू । यसपछिको मन्त्रमा सायण भन्नुहुन्छ कि अर्को जन्ममा पनि उसलाई त्यही पति प्राप्त हुनेछ । त्यसैले यसो भनिएको हो ।

यहाँ सायणका अर्थलाई देखेर अनेक शंकाहरु उत्पन्न हुन्छन् । यस मन्त्रको सही अर्थ यस प्रकार छ । यी नारी आफ्नो पुरातन धर्मको पालना गर्दै पतिगृहलाई मन पराइरहेको अवस्थामा , हे मरण धर्मा मनुुष्य ! तिमी मृतको समीप तल भूमिमा बसेकी छिन् । उनीलाई सन्तान र सम्पत्ती यहाँ सुम्प । अर्थात पतिको मृत्यु पश्चात् पत्नीको पतिको सम्पत्तिमा अधिकार हुन्छ । हाम्रो कथनको पुष्टि पछिको मन्त्रमा सायनले गर्दै भन्छने कि ‘ हे मृत पतिकी धर्मपत्नी ! तिमी मृत पतिको समीपबाट उठेर जीवलोकमा आऊ , तिमी यस निष्प्राण पतिको समीप के गरिरहेकी छौ ? पाणीग्रहणकर्ता पतिबाट तिमीले सन्तान पाइसकेकी छौ , उनको पालन पोषण गर । ’ – अथर्ववेद १८.३.२

सायणको यस मन्त्रको अर्थमा हामीलाई कुनै शंका छैन । दुवै मन्त्रहरुमा उनको अर्थको विरोधाभास हुनुले हाम्रै पक्षलाई नै सिद्ध गर्दछ ।

मध्यकालका बंगालका केही पंडितहरुले ऋग्वेद १०.१८.७ मा अग्रेको स्थानमा अग्ने पढेर सती प्रथालाई वैदिक सिद्ध गर्न खोजेका थिए ,परन्तु यो केवल असत्य कथन नै थियो । यस मन्त्रमा वधूलाई आगो होइन अग्रे अर्थात गृहमा प्रवेशको समयमा अगाडि हिँड्ने भनिएको छ ।

यस प्रकारले वेदका मन्त्रहरुको असत्य अर्थ निकालेर सती प्रथालाई वैदिक सिद्ध गर्ने प्रयास गरिएको थियो । धन्य हो आधुनिक भारतका विचारक राजा राममोहन राय , ईश्वर चन्द्र विद्यासागर , स्वामी दयानन्द सरस्वतीजीको जसको प्रयासले सती प्रथाको प्रचलन बन्द भयो ।

शंका ५ ः के नारी जातिलाई वेदाध्ययन गर्ने अधिकार छैन ?

समाधान ः केही अज्ञानीहरुले यो प्रचलित गरिदिएका छन् कि नारी तथा शुद्रलाई वेदाध्ययनको अधिकार छंैन परन्तु आजसम्म आफ्नो यो कथन पुष्टि गर्ने यौटा पनि वेदमन्त्रको देखाउन सकेका छैनन् । यसको विपरीत वेदहरुमा नारीहरुलाई वेदाध्ययन गर्नका लागि स्पष्ट सन्देश छ ।

ऋग्वेद १०.१९१.३ मा ईश्वर सन्देश दिँदै भन्दै हुनुहुन्छ कि हे समस्त नर नारीहरु ! तिमीहरुका लागि यी मन्त्रहरु समान रुपले दिइएका छन् तथा तिमीहरुको परस्पर विचार पनि समान रुपले होओस् । म तिमीहरुलाई समान रुपमा ग्रन्थको उपदेश गर्दछु ।

अथर्ववेदको १४.१.६४ मा नववधूलाई सम्बोधित गर्दै उपदेश दिइएको छ कि हे वधू ! तिम्रो अगाडि पछाडि , मध्य , अन्तमा सर्वत्र वेद विषयक ज्ञान होस् । तथा वेद ज्ञानलार्ई प्राप्त गरेर तदनुसार तिमी आफ्नो सारा जीवन बनाऊ । यसै प्रकारले यजुर्वेद १४.२ मा स्त्रीलाई उपदेश छ कि ‘ इमा ब्राह्मी पीपिही अर्थात सौभाग्य प्राप्तिका लागि पटक–पटक वेदमन्त्ररुपी अमृतको राम्ररी पान गर ।’

ऋग्वेद १.१.५ मा स्वामी दयानन्द लेख्नुहुन्छ कि जो कन्या २४ वर्ष पर्यन्त ब्रह्मचर्यपूवक अंग–उपांग सहित वेद विद्याहरुको अध्ययन गर्दछ , ऊ मनुष्य जातिलाई सुशोभित गर्नेवाला हुन्छ ।

यजुर्वेद १४.१४ को भाष्यमा स्वामीजी लेख्नुहुन्छ कि यदि मनुष्य यस सृष्टिमा ब्रह्मचर्य आदिले कुमार र कुमारीहरुलाई द्विज बनाए ऊ शीघ्र नै विद्वान हुन्छ ।

ऋग्वेद १.७१.२ को भाष्यमा स्वामीजी लेख्नुहुन्छ कि जसरी वैश्यहरु धर्मधारण गरेर धनोपार्जन गर्दछन् , त्यसैप्रकारले कन्याहरुको लागि पनि यो आवश्यक छ कि विवाहपूर्व शुभ ब्रह्मचर्य व्रतको धारण गरेर विदुषी अध्यापिका बनेर सुशिक्षा एवं वेदविद्याको संचय पश्चात् विवाह गरुन् ।

ऋग्वेद १.११९.५ को भाष्यमा स्वामी दयानन्द लेख्नुहुन्छ कि जसरी ब्रह्मचर्यको पालन गर्दै यौवनावस्थामा पुगेकी विदुषी कन्या आफ्नो पतिको निरन्तर सेवा गर्छिन् र जसरी ब्रह्मचर्यको पालन गर्दै जवान पुरुष आफ्नो प्रीतिको अनुकूल चाहेकी पत्नीलाई पाएर आनन्दित हुन्छ , त्यसरी नै सभा र सेनापतिहरु पनि होऊन् । यसैप्रकारको आशय ऋग्वेद ५.३२.११ मा पनि पाइन्छ । महाभारत आदिपर्व १३१.१० मा स्पष्ट रुपमा लेखिएको छ कि जसको धन समान हुन्छ र वेदशास्त्रविषयक ज्ञान पनि समान हुन्छ , उनीहरुको बिच मित्रता एवं विवाह आदि हुनसक्छ , बलवान र सर्वथा निर्बलहरुको बिचमा होइन ।

वेदहरुमा स्त्रीहरुलाई विदुषी बन्न तथा आफ्नो गुण, कर्र्म र स्वभाव अनुरुपको गुणशाली वर छान्ने अधिकार दिइएको छ । यस प्रकारले वेदहरुका अनेक मन्त्रहरुमा स्त्रीहरुलाई वेदाध्ययनको प्रेरणा दिन्छन् ।

वेदहरुमा अनेक सूक्तहरु छन् जस्तै ऋग्वेद १०.१३४ , १०.४० , ८.९१ , १०.९५ , १०.१०७ , १०.१०९ , १०.१५४ , ५.२८ आदि जसका ऋषिकाहरु गोधा , घोषा , विश्वधारा , अपाला , उपनिषत् , निषत् , रोमशा आदि रहेका छन् । यी ऋषिकाहरु न केवल वेदहरुको अध्ययन गर्दथे र रहस्यलाई जान्दथे अपितु वेदहरुको प्रचार पनि गर्दथे । यी ऋषिकाहरुको सूची बृहत् देवता अध्याय २४.८४ –८६ मा भेटिन्छ । ऋषिकाहरुलाई ब्रह्मवादिनी पनि भनिन्थ्यो र यिनीहरुको नियमपूर्वक उपनयन , वेदाध्ययन , गायत्री मंत्रको उपदेश आदि हुन्थ्यो ।

शंका ६ ः के नारी जातिलाई यज्ञमा भाग लिने अधिकार छैन ?

समाधान ः वैदिक कालमा नारी जातिलाई यज्ञमा भाग लिने पूर्ण अधिकार थियो जसलाई मध्यकालमा वर्जित गरियो । कुही ग्रन्थले त यस विषयलाई यति सम्म प्रचलित गरिदिए कि नारीको स्थान यज्ञवेदीभन्दा बाहिरको हो र युवती अग्नीहोत्रमा होता बन्ने विधान छैन । वेदहरु परम प्रमाण हुन् त्यसैले यस विषयको समाधान वेदबाट नै गरिनु उपयुक्त छ । वेदहरु नारी जातिलाई यज्ञमा भाग लिने पूर्ण अधिकार दिन्छन् ।

ऋग्वेद ८.३१.५–८ मा भनिएको छ कि जो पति – पत्नी समान मनका भएर यज्ञ गर्दछन् उनीहरुलाई अन्न , पुष्प , हिरण्य आदिको कमी हुँदैन ।

ऋग्वेद १०.८५.४७ मा भनिएको छ कि विवाह यज्ञमा वर वधू उच्चारण गर्दै एक अर्काको हृदय स्पर्श गर्दछन् ।

ऋग्वेद १.७२.५ मा भनिएको छ कि विद्वान् व्यक्ति आफ्नी पत्नीसँग यज्ञमा बस्दछ र नमस्करणीय ( नमस्कार गर्न योग्य ) लाई नमस्कार गर्दछ ।

यसै प्रकारले यजुर्वेद ३.४४ र अथर्ववेद ३.२८.६ मा पनि यज्ञमा नारीले भाग लिनुलाई लिएर स्पष्ट प्रमाण रहेको छ ।

शंका ७ ः के यज्ञमा नारीलाई ब्रह्मा बन्ने अधिकार छ ?

समाधान ः यज्ञमा ब्रह्माको पद सबैभन्दा माथिल्लो पद रहेको छ । ऐतरेय ब्राह्मणका अनुसार ज्ञान , कर्म र उपासना तीनै विद्याहरुको प्रतिपादक वेदको पूर्ण ज्ञानले नै मनुष्य ब्रह्मा बन्न सक्छ । शतपथ ब्राह्मण ११.५.७ मा यसै तथ्यको समर्थन गरिएको छ । गोपथ ब्राह्मण १.३ को अनुसार सबैभन्दा अधिक परमेश्वर र वेदहरुका ज्ञातालाई ब्रह्मा बनाउनुपर्छ ।

ऋग्वेद ८.३३ मा नारीलाई भनिएको छ कि स्त्री बभूविथ अर्थात् यस प्रकारले उचित सभ्यताको नियमहरुको पालन गर्दै नारी निश्चित रुपले ब्रह्मा पद पाउन योग्य बन्न सक्छ ।

जब वेदहरुमा स्पष्ट रुपले नारी जातिलाई यज्ञमा ब्रह्मा बन्ने आदेश छ भने अन्य ग्रन्थद्वारा यसको विरोधमा यदि प्रमाण प्रस्तुत गरे पनि त्यो अमान्य छ किनकी मनुस्मृति २.१३ मा लेखिएको छ कि धर्मलाई जान्ने इच्छा राख्नेहरुका लागि वेद नै परम प्रमाण हुुन् ।

शंका ८ ः के वेदहरुमा दाइजो आदि प्रथाको विधान छ , जसका कारण आज नारी जातिले यति अत्याचार भोगिरहनु परेको छ ?

समाधान ः वेदहरुमा पुत्रीलाई दाइजोले अलंकृत गर्ने आदेश दिइएको छ तर यहाँ दाइजोको वास्तविक अर्थ हालको प्रचलित अर्थ भन्दा फरक छ । अथर्ववेद १४.१.८ को मन्त्रमा पिताले कन्यालाई स्तुति वृत्तिवाला बनाउनुु नै पुत्रीका लागि सच्चा दाइजो हो । यहाँ स्तुति वृत्तिको भाव हो कि पुत्री सदा अर्काको गुणको प्रशंसा गर्नेवाली बनून् , कसैको पनि अवगुणहरुप्रति ध्यान नदिनेवाली होऊन् अर्थात् परनिन्दा नगर्नेवाली होऊन् । एवं उसका गहना उसको भद्रता , उसको शिष्टाचार र उसको प्रभुगान गर्ने वृत्ति होस् ।

यहाँ पुत्रीलाई गुणहरुले सुशोभित गर्नु सच्चा दाइजो दिनुको समान मानिएको छ । कालान्तरमा केही लोभी मान्छेहरुले दाइजोको अर्थ धन सम्झिए जसले गर्दा उनीहरुको लोभ बढ्दै गयो एवं त्यसको परिणाम नारी जातिमाथि अत्याचारको रुपमा आयो जो निश्चित रुपमा सभ्य समाजको मुखमा कलंकको समान छ ।

शंका ९ ः के वेदहरुमा केवल पुत्रको कामना गरिएको छ ?

समाधान ः आज समाजमा कन्या भ्रुण हत्या जस्तोे महापाप प्रचलित भएको छ जसको मुख्य कारण नारी जातिको समाजमा उचित सम्मान न हुनु , धन आदिको रुपमा दाइजोको कुरीतिहरु हुनु , समाजमा बलात्कार जस्ता घटनाहरु बढ्नु , चरित्र दोष आदि छन् जसबाट नारी जातिको रक्षा गर्न कठिन भइसकेको छ । यस्तो परिवेशमा समाजमा पुत्रको अभिलाषा अधिक बढेको छ भने पुत्रीलाई बोझका रुपमा लिइएको पाइन्छ । केही दुष्टहरुले त यहाँसम्म भ्रमित प्रचार गरेका छन् कि वेद नारीहरुलाई हीन भावले हेर्दछ र वेदमा सर्वत्र पुत्रको माँग गरिएको छ । सत्य त यो हो कि वेदहरुमा पत्नीलाई उषाको समान प्रकाशवती , वीरांगना , वीरप्रसवा , विद्या अलंकृत , स्नेही आमा , पतिव्रता ( पतिको वरण गर्नेवाली ) , अन्नपूर्णा , सद्गृहणी , र सम्राज्ञी आदिले सम्बोधित गरिएको छ जो निश्चित रुपमा नारी जातिलाई उचित सम्मान प्रदान गर्दछन् । उदाहरणका लागि वेदहरुबाट नारी जातिको यशगाथाको लागि केही वेदमन्त्रहरुको भावार्थ यहाँ प्रस्तुत गरिँदै छन् ः

१ मेरो पुत्र शत्रुहन्ता होस् र पुत्री पनि तेजस्वीनी होस् । – ऋग्वेद १०.१५९.३
२. यज्ञ गर्नेवाला पति–पत्नी र कुमारी हुनेहरु हुन्छन् । – ऋग्वेद ८.३१.८
३. प्रति प्रहर हाम्रो रक्षा गर्नेवाला पूषा परमेश्वर हामीलाई कन्याहरुको भागी बनाऊन् अर्थात् कन्या प्रदान गरुन् । – ऋग्वेद ९.६७.१०
४. हाम्रा राष्ट्रहरुमा विजयशील सभ्य युवकहरु पैदा होऊन् र त्यहाँ सँगसँगै बुद्धिमती नारीहरु पनि उत्पन्न होऊन् भन्ने प्रार्थना छ । – यजुर्वेद २२.२२
५. जस्तो यश कन्यामा हुन्छ त्यस्तो यश मलाई प्राप्त होस् । – अथर्ववेद १०.३.२०

यस प्रकार वेदहरुमा नारी जातिको महिमामण्डन गरिएको छ न कि उनीहरुलाई अवाञ्छनीय मानेर केवल पुत्रकोम माँग गरिएको छ ।

शंका १० ः के वेदहरुमा बहु–विवाह आदिको विधान छ ?

समाधान ः वेदहरुको विषयमा यौटा यो भ्रम पनि फैलाइएको छ कि वेदहरुमा बहुविवाहको अनुमति दिइएको छ ।

वेदहरुमा स्पष्ट रुपमा एक पत्नीको विधान बताइएको छ ।

ऋग्वेद १०.८५ लाई विवाह सूक्तका रुपमा लिइएको छ । यस सूक्तको मन्त्र ४२ मा भनिएको छ कि तिमी दुवै यस संसार व गृहस्थ आश्रममा सुखपूर्वक निवास गर । तिमीहरुको कहिल्यै परस्पर वियोग नहोस् र सदा प्रसन्नतापूर्वक आफ्नो घरमा बस । यहाँ हरेक मन्त्रमा तिमी दुइटा अर्थात पति र पत्नी आएको छ । यदि बहुपत्नीको विधान भएको भए तिमीहरु सबै भन्ने पदावली आउने थियो ।

ऋग्वेद ७.३५.४७ मा आउँछ कि हामी दुवै ( वर–वधू ) सबै विद्वान्हरुका सामु घोषणा गर्छौँ कि हामी दुवैको हृदय जलसमान शान्त र परस्पर मिलेको हुनेछ ।

अथर्ववेद ७.३५.४ मा पति पत्नीको मुखबाट कहलाइएको छ कि तिमी मलाई आफ्नो हृदयमा बसाऊ , हामी दुवैको मन एक होओस् ।

अथर्ववेद ७.३८.४ मा पत्नी भन्दछिन् कि तपाई केवल मेरा भएर बस्नुहोस् र अन्य स्त्रीहरुको कहिल्यै पनि कीर्तन र व्यर्थ प्रशंसा आदि नगर्नुहोस् ।

ऋग्वेद १०.१०१.११ मा बहुविवाहको निन्दा गर्दै वेदहरु भन्दछन् कि जसरी रथको घोडा दुवै धुराहरुको मध्यमा दबेर हिड्दछ त्यसरी नै एक समयमा दुई स्त्रीहरुसँग सम्बन्ध राख्ने पति हुन्छ अर्थात परनन्त्र हुन जान्छ त्यसैले एक समयमा दुई वा दुईभन्दा बढी पत्नीसँग सम्बन्ध राख्नु उचित छैन । यस प्रकार वेदहरुमा बहुविवाह विरुद्ध स्पष्ट उपदेश रहेको छ । वेदहरुको आलङ्कारिक भाषा बुझ्नमा गल्ती भएको कारण यसप्रकारको भ्रान्ति भएको हो ।

शंका ११ ः के वेदहरुमा बालविवाहको समर्थन गरिएको छ ?

समाधान ः भारतमा विशेष गरी मुस्लिमहरुको आक्रमण पश्चात बालविवाहको कुरीतिलाई समाजले अपनायो जसद्वारा न केवल ब्रह्मचर्य आश्रम लुप्त भएर गयो बरु शरीरको सही ढंगको विकास नभएको कारण एवं कम उमेरमा माता पिता बन्नु परेकाले सन्तानहरु प्नि कमजोर जन्मिदैँँ गए जसद्वारा हिन्दु समाज नै दुर्बल भयो ।

अथर्ववेदको ब्रह्मचर्य सूक्तको ११.५.१८ मन्त्रमा भनिएको छ कि ब्रह्मचर्य ( सादा , संयम र तपस्या ) जीवन बिताएर नै कन्या युवा पतिलाई प्राप्त गर्दछिन् । यस मन्त्रमा नारीले युवा पतिसँग मात्र विवाह गर्ने प्रावधान बताइएको छ जसबाछ कि बालविवाह गर्ने स्पष्ट निषेध गरेको बुझ्न सकिन्छ । ऋग्वेद १०.१८३ सूक्तमा वर वधू मिलेर सन्तान उत्पन्न गर्नेबारे भनिएको छ । वधु वरसँग भन्दछिन् कि तिमी पुत्रकाम हौ अर्थात तिमी पुत्रको इच्छा गर्दछौ । वर वधुसँग भन्दछन् कि तिमी पुत्रकामा हौ अर्थात तिमी पुत्र चाहन्छौ , अतः हामी दुवै मिलेर उत्तम सन्तान दुवै मिलेर उत्तम सन्तान नै उत्पन्न गरौँ । पुत्र अर्थातत सन्तान उत्पन्न गर्र्ने कामना युवा पुरुष र युवतीमा नै उत्पन्न हुन सक्छ । साना–साना बालक एवं बालिकामा होइन ।

यसै प्रकारले अथर्ववेद २.३०.५ मा पनि परस्पर युवक र युवती एकअर्कालाई प्राप्त गरेर भन्दै छन् कि म पतिकामा अर्थात पतिको कामना गर्नेवाली र यी जनीकाम अर्थात् पत्नीको कामना गर्नेवाला दुवैको मिलन भइसकेको छ । युवा अवस्थामा नै पति–पत्नीको कामनाको कामनाको इच्छा हुन सक्छ । साना साना बालक र बालिकाहरुमा यो इच्छा हुँदैन । यी प्रमाणहरुबाट पनि सिद्ध हुन्छ कि वेद बालविवाहको समर्थन गर्दैनन् ।

शंका १२ ः वेदहरुमा नारीको महिमाको संक्षेपमा वर्णन बताउनुहोस् ?

समाधान ः संसारको कुनै पनि धर्म पुस्तकमा नारी जातिको महिमाको यति सुन्दर गुणगान पाइँदैन जति वेदहरुमा पाइन्छ । केही उदाहरणहरुबाट हामी आफ्नो कथनलाई सिद्ध गर्नेछौँ ।

१. उषा समान प्रकाशवती – हे राष्ट्रकी पुजा योग्य नारी ! तिमी परिवार र राष्ट्रमा सत्यम् , शिवम् र सुन्दरम्को अरुण कान्तिहरु छिट्दै आऊ , आफ्नो विस्मयकारी सद्गुणहरुद्वारा अविद्याले ग्रस्त जनहरुलाई प्रबोध प्रदान गर । जन जनलाई सुख दिन आफ्नो जगमग गर्ने रथमा बसेर आऊ । – ऋग्वेद ४.१४.३

२. वीराङ्गना – हे नारी ! तिमी स्वयंलाई चिन । तिमी सिंहिनी हौ , तिमी शत्रुरुप मृगहरुको मर्दन गर्नेवाली हौ , देवजनहरुको हितार्थ आफूभित्र सामथ्र्य उत्पन्न गर । हे नारी ! तिमी अविद्या आदि दोषहरु माथि सिंहनी समान फाल हाल्नेवाली हौ , तिमी दिव्य गुणहरुको प्रचारार्थ स्वयंलाई शुद्ध गर ! हे नारी ! तिमी दुष्कर्म एवं दुव्र्यसनीहरुलाई सिंहनीसमान विनष्ट गर्नेवाली हौ , धार्मिक जनहरुको हितार्थ स्वयंलाई दिव्य गुणहरुले अलंकृत गर । – यजुर्वेद ५.१०

३. वीरप्रसवा ( वीरहरु जन्माउने ) – राष्ट्रलाई नारी कस्तो सन्तान देऊन् – हाम्रो राष्ट्रलाई यस्ता अद्भूत एवम् वर्धक सन्तान प्राप्त होऊन् जो उत्कृष्ट कोटिका हतियार चलाउन कुशल , उत्तम प्रकारले आफ्नो तथा अरुको रक्षा गर्नमा प्रवीण , सम्यक् नेतृत्व गर्ने धर्म–अर्थ–काम–मोक्ष रुप चार पुरुषार्थ – समुद्रको अवगाहन गर्न सक्ने , विविध सम्पदाहरुका धारक , अतिशय क्रियाशील , प्रशंसनीय , धेरैमा वरणीय , आपत्हरुको निवारक होऊन् । – ऋग्वेद १०.४७.३

४. विद्या अलकंकृत नारी आफ्नो विद्या–बलहरुले हाम्रो जीवनलाई पवित्र गरिरहून् । उनी कर्मनिष्ठ बनेर हाम्रो व्यवहारहरुलाई पवित्र गरिरहून् । आफ्नो श्रेष्ठ ज्ञान एवं कर्महरुद्वारा सन्तानहरु तथा शिष्यहरुमा सद्गुण र सत्कर्महरुलाई स्थित गर्नेवाली ती देवी गृह आश्रम – यज्ञ एवं ज्ञान–यज्ञलाई सुचारु गरिरहून् । –यजुर्वेद २०.८४

५. स्नेहमयी आमा – हे प्रेमरसमयी आमा ! तुम हाम्रो लागि मङ्गलमयी बन , तिमी हाम्रो लागि शान्तिको वृष्टि गर्नेवाली बन , तिमी हाम्रो लागि उत्कृष्ट सुख दिनेवाली बन । हामी तिम्रो कृपा दृष्टिले कहिल्यै वञ्चित नहोऔ । – अथर्ववेद ७.६८.२

६. अन्नपूर्णा – यस गृह आश्रममा पुष्टि प्राप्त होओस् , यस गृह आश्रममा रस प्राप्त होओस् , यस गिरः आश्रममा हे देवी ! तिमी दूध – घिउ आदि सहस्र पोषक पदार्थहरुको दान गर । हे यम – नियमहरुको पालन गर्नेवाली गृहणी ! जुन गाई आदि पशुहरुबाट पोषक पदार्थहरु प्राप्त हुन्छन् , तिनीहरुको तिमी पोषण गर ।
– अथर्ववेद ३.२८.४

अन्तमा मनुस्मृतिमा प्रचलित श्लोकद्वारा यस विषयलाई विराम दिन चाहन्छु । संसारमा नारी जातिलाई सम्मान दिनको लागि सायद नै यो भन्दा सुन्दर शब्द कतै भेटियोस् र

यत्र नायस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। – मनुस्मृति ३.७६

जुन कुलमा नारीहरुको पूजा अर्थात सत्कार हुन्छ , त्यसकुलमा दिव्यगुण , दिव्य भोग र उत्तम सन्तान हुन्छन् र जुन कुलमा स्त्रीहरुको पूजा हुँदैन , त्यहा सबै क्रियाहरु निष्फल हुन्छन् ।