Saturday, August 4, 2018

शम्बूक वधको सत्यता श्री राम द्वारा के हो ?




शम्बूक वधको सत्यता श्री राम द्वारा के हो ?

मर्यादापुरुषोतम श्री रामचंद्रको जीवन सताब्दिऔँ देखि एक आदर्श तथा पवित्र मानिएको छ तर केहि मतान्ध तथा नास्तिकहरु द्वारा श्री रामचन्द्रको चरित्रमा शम्बूक नामक एक शुद्रको हत्या गरेको आक्षेप लगाइएको छ सत्य त्यहि हुन्छ र मानिन्छ जुन तर्क शास्त्रको कसौटीमा खडा उत्रिन सकोस् हामि पनि यहाँ तर्क द्वारा शम्बूक वधको कथालाई परीक्षा गरेर सत्य के हो भन्ने कुरो निर्धारित गर्नेछौं
सर्वप्रथम शम्बूकको कथा वाल्मीकि रामायण: उत्तर काण्ड, सर्ग ७३-७६मा पाइन्छ
शम्बूक वधको कथा स प्रकार छ:-
अयोध्या राज्यको कुनै गाउँमा एक दिन एक ब्राह्मणको एक्लो पुत्रको मृत्यु हुन्छत्यस ब्राह्मणले आफ्नो पुत्रको शव राजदरवारमा ल्याएर राखिदियो र विलाप गर्न थाल्यो। उसको आरोप थियो कि बालकको अकाल मृत्युको कारण राज्यको कुनै दुष्कृत्य हो। ऋषि- मुनिहरुको परिषद्ले यसमा विचार गरेर निर्णय दियो कि राज्यमा कहीं न कहीं कुनै अनधिकारीले तप गर्दैछश्रीरामचंद्रले यस विषयमा विचार गर्नको लागि मन्त्रीहरुलाई बोलाए। नारदले उस सभामा आएर भने राजन! द्वापर युगमा पनि शुद्र तपमा पप्रवृत्त हुनु महान अधर्म हो भने फेरी त्रेता युगमा त ऊ तपमा प्रवृत्त हुने प्रश्न नै उठ्दैन। निश्चय नै तपाईको राज्यको  सीमा भित्र कुनै खोटो बुद्धिवाला शुद्रले तपस्या गर्दैछ त्यसैको कारणले यस बालकको अकाल मृत्यु भएको हो। अत: तपाइले आफ्नो राज्यमा खोज गर्नुहोस् र जहाँ कुनै दुष्कर्म हुँदै गरेको दिखिन्छ, त्यसलाई तत्काल रोक्ने यत्न गर्नुहोस्”यो सुन्ने वित्तिकै श्रीरामचन्द्र पुष्पक विमानमा सवारी भएर त्यस किसिमको दुष्कर्मको खोजमा निस्के र दक्षिण दिशामा शिवाल पर्वतको उत्तर भागमा एक सरोवर किनारमा तपस्यामा लीन एक तपस्वी भेटियो, जसले एक वृक्षको हाँगामा उल्टोमुखी झुण्डिएर तपस्या गर्दै थियो
उक्त दृश्य देखेर श्री रघुनाथ उग्र तप गर्दै गरेको त्यस तपस्वीको नजिक गएर भने - “उत्तम तपको पालन गरिरहेका हे तापस! तिमि धन्य हौउत्तम तपस्यामा लीन, सुदृढ़ पराक्रमी पुरुष! भन तिमि कुन जातिको कुलमा उत्पन्न भएका हौ?दशरथ पुत्र राम तिम्रो परिचय जान्ने इच्छाले यी कुरा सोध्दैछु तिमीलाई कुन वस्तु प्राप्त गर्ने इच्छा? तपस्या द्वारा संतुष्ट हुने इष्टदेव संग तिमि कस्तो वर पाउन चाहन्छौ; स्वर्ग या अन्य कुनै वस्तु? कुन चाहिं यस्तो पदार्थ छ जसलाई पाउनको लागि तिमि यो यस्तो कठोर तपस्या गर्दैछौ जुन अन्यको लागि निक्कै दुर्लभ? हे तापस! जुन वस्तुको लागि तिमि तपस्यामा लागेका हौ, त्यो म जान्न चाहन्छुयस बाहेक यो पनि भन की तिमि ब्राह्मण हौ या अजेय क्षत्रिय? तेस्रो वर्णको वैश्य हौ या शुद्र हौ?”
कलेश कर्म रहित भगवान् श्रीरामको मुखबाट यस्ता वचन सुने त्यो तपस्वीले भन्यो हे श्री राम! म जे भन्छु, सत्य नै भन्ने छु, झुटो बोल्ने छैन। देव लोक पाउने इच्छाले नै तपस्यामा लागेको हुँ मलाई शुद्र नै जान्नुहोस्। मेरो नाउ शम्बूक हो” उसले यस्तै प्रकारले कुरो गर्दै थियो कि अचानक श्री रामचन्द्रले म्यानबाट चमकदार तलवार निकाले एकै झड्कामा उसको शिर काटिदिए
शम्बूक वधको कथाको तर्क द्वारा परीक्षा:
यो कथा पढेर मनमा यतो प्रश्न उठ्छ कि-
-    के कुनै पनि शुद्रको लागि तपस्या धर्म शास्त्रहरुमा वर्जित?
-    के कुनै शुद्रले तपस्या गर्नाले कुनै ब्राह्मणको बालकको मृत्यु हुन सक्छ?
-    के श्री रामचन्द्र महाराजले शूद्रहरु संग भेदभाव गर्दथे?

यी प्रश्नहरुको उत्तर वेद, रामायण, महाभारत र उपनिषदहरुमा अत्यंत प्रेरणा दायक रूपले दिइएको छ
वेदमा शूद्रको विषयमा कथन:

. तपसे शुद्रम- यजुर्वेद ३०/५
अर्थात- निक्कै परिश्रमी, कठिन कार्य गर्ने वाला, शाहसी र परम उद्योग अर्थात तप गर्ने वाला आदि पुरुषको नाम शुद्र हो
. नमो निशादेभ्य – यजुर्वेद १६/२७
अर्थात- शिल्प-कारीगरी विद्याले युक्त जो परिश्रमी जन (शुद्र/निषाद) हुन् उनलाई नमस्कार अर्थात उनको सत्कार गरौँ
. वारिवस्कृतायौषधिनाम पतये नमो- यजुर्वेद १६/१९
अर्थात- वारिवस्कृताय अर्थात सेवा गर्न योग्य भृत्यलाई (नम) सत्कार गर
. रुचं शुद्रेषु- यजुर्वेद १८/४८
अर्थात- जसरि ईश्वरले ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र संग एक समान प्रीति गर्छ, त्यस्तै गरि विद्वानहरु पनि ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र संग एक समान प्रीति गरुन्
. पञ्च जना मम – ऋग्वेद १०/५३/९
अर्थात: पाँचै मनुष्य (ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र एवं अतिशूद्र- निषाद) ले मेरो यज्ञलाई प्रीतिपूर्वक सेवा गरुन्। पृथ्वीमा जति पनि मनुष्य छन्, ति सबैले यज्ञ गरुन्
शुद्रले तप गर्ने, सत्कार गर्ने, यज्ञ गर्ने यस्तै प्रकारका अनेकौं प्रमाण वेदमा पाइन्छन

वाल्मीकि रामायणमा उपासना द्वारा शुद्र महान बन्ने प्रमाण:
महर्षि वाल्मीकिले भन्दछन् कि यो रामायण पढ्नाले (स्वाध्यायबाट) ब्राह्मण ठूलो सुवक्ता ऋषि हुनेछ, क्षत्रिय भूपति हुनेछ, वैश्यले उपयुक्त लाभ प्राप्त गर्नेछ र शुद्र महान हुनेछ। रामायणमा चारै वर्णलाई समान अधिकार दिइएको छ। -सन्दर्भ- प्रथम अध्याय
यसका अतिरिक्त अयोध्या काण्ड अध्याय ६३ श्लोक ५०-५१ तथा अध्याय ६४ श्लोक ३२-३३मा रामायण श्रवण गर्ने अधिकार वैश्य र शूद्र दुवैलिई समान रुपमा भएको वर्णन
महाभारतमा उपासनाबाट सूद्र महान बन्ने प्रमाण:
श्री कृष्ण भन्दछन्
मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम्॥गीता: ९/३२॥
अर्थात्, हे अर्जुन! स्त्री, वैश्य, शूद्र तथा पापयोनि चाण्डालादि जोसुकै हुन्, ति सब मेरो शरणमा आएर परमगति प्राप्त गर्दछन्
उपनिषद्मा उपासना द्वारा सूद्र महान बन्न सक्ने प्रमाण:
यो शुद्र वर्ण पूषण अर्थात पोषण गर्ने वाला हो र साक्षात् यस पृथ्वी समान छ किनकि जसरि यो पृथ्वीले  सबको भरण-पोषण गर्दछ त्यसरी नै शुद्रले पनि सबको भरण-पोषण गर्दछ। सन्दर्भ- बृहदारण्यक उपनिषद् १/४/१३
व्यक्ति गुणबाट शुद्र अथवा ब्राह्मण हुन्छ जन्म कुल गृहबाट हैन
·         सत्यकाम जाबाल जब गौतम गोत्री हारिद्रुमत मुनि कहाँ शिक्षार्थी बनेर पुगे तब मुनिले उनको गोत्र सोधे उनले उत्तर दिए- “मेरी माता युवा अवस्थामा अनेक व्यक्तिहरुको सेवा गर्ने गर्दथिन् त्यसै समयमा मेरो जन्म भएको हो, त्यसैले मलाई आफ्नो गोत्र थाहा छैन के हो। मेरो नाम सत्यकाम हो” यस्तो उत्तर सुनेपछी मुनिले भने जो ब्राह्मण हैन, त्यसले यस्तो सत्य वचन बोल्न सक्दैन”। सन्दर्भ- छान्दोग्य उपनिषद् ३/४
·         महाभारतमा यक्ष -युधिष्ठिर संवाद (वन पर्व-३१३/१०८-१०९)मा युधिष्ठिरका अनुसार व्यक्ति कूल, स्वाध्याय तथा ज्ञानले द्विज बन्दैन केवल आचरणले बन्दछ

·         सूत पुत्र हुनाले स्वयंवरमा अयोग्य घोषित भएपछी कर्णले भनेको थियो जन्म दिनु त ईश्वर अधीन, तर पुरुषार्थ द्वारा केहि बन्नु मनुष्यको वशमा छ

·         आपस्तम्ब धर्म सूत्र २/५/११/१०-११: जसरि धर्म पूर्ण आचरणबाट निकृष्ट वर्णको भए पनि व्यक्ति आँफू भन्दा उत्तम उत्तम वर्णमा परिणत हुन्छ जसको ऊ योग्य छ त्यसै प्रकार अधर्म पूर्ण आचरणले उत्तम वर्णको मनुष्य पनि निम्न वर्णमा परिणत हुन्छ

·         जसको शुद्र कूलमा उत्पन्न भएर पनि ब्राह्मणको जस्तो गुण-कर्म-स्वभाव छ, त्यो व्यक्ति ब्राह्मण बन्छ त्यसै प्रकार ब्राह्मण कूलमा उत्पन्न भएर पनि जसको गुण-कर्म-स्वाभाव शुद्रको जस्तो छ ऊ शुद्र बन्दछ (मनु-१०/६५)

·         चारै वेदको विद्वान छ, तर चरित्रहीन छ भने उक्त ब्राह्मण शुद्र भन्दा पनि निकृष्ट हुन्छ; अग्निहोत्र गर्ने जितेन्द्रिय व्यक्ति नै ब्राह्मण हुन्छ (महाभारत वन पर्व३१३/१११)

·         ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र सबै तपस्या द्वारा स्वर्ग प्राप्त गर्दछन् (महाभारत अनुगीता पर्व ९१/३७)

·         सत्य,दान, क्षमा, शील अनृशंसता, तप र दया जसमा हुन्छ, त्यो वह ब्राह्मण हो जसमा यी गुण छैनन्, ऊ शुद्र हुन्छ(महाभारत वन पर्व-१८०/२१-२६)

श्री रामचन्द्रको चरित्र:
·         वाल्मीकि रामायणमा श्री रामचन्द्र द्वारा वनवास कालमा निषाद राज द्वारा दिइएको भोजन ग्रहण गर्नु (बाल काण्ड-१/३७-४०)
·         एवं शबर (कोल/भील) जातिकी शबरीको हातबाट बयर खानु(अरण्यक काण्ड ७४/७) आदि प्रसंगले यहि सिद्ध गर्छ कि शुद्रलाई उस कालमा कसैले कुनै किसिमको भेद भाव गर्दैन थियो
·         श्री रामचंद्र वनमा शबरी संग भेट गर्न गए। शबरीको विषयमा महर्षि वाल्मीकिले लेख्छन् की त्यो शबरी सिद्ध जनहरुबाट सम्मानित एक तपस्वनी थीईन्(अरण्य काण्ड- ७४/१०)
यसबाट पनि यहि सिद्ध हुन्छ की शुद्रलाई रामायण कालमा तपस्या गर्नमा कुनै पनि प्रकारको रोक टोक थिएन
·         नारद मुनिले वाल्मीकि रामायण बाल काण्ड- १/१६ मा भनेका छन् कि राम श्रेष्ठ, सब साथ समान व्यवहार गर्ने वाला र सदा प्रिय दृष्टी वाला हुन्
अब तपाई हामि स्वयं विचार गरौँ की श्री रामले तपस्यामा लीन कुनै शुद्र कूलमा उत्पन्न भएको शम्बूकको हत्या कसरि गर्लान्? जब वेद, रामायण, महाभारत, उपनिषद्, गीता आदि सबै शास्त्रहरु शुद्रलाई तपस्या गर्ने, विद्या ग्रहणबाट एवं आचरणबाट ब्राह्मण बन्ने, सबै संग समान व्यवहार गर्ने सन्देश दिन्छन् भने यस्ता वेद विरोधी कथन तर्क शास्त्रको कसौटीमा असत्य सिद्ध हुन्छन् नारद मुनिको “द्वापर युगमा शुद्रले तप गर्न वर्जित छ” भन्ने कथन असत्य मात्र हो; कुनै छुद्र मतान्ध व्यक्ति द्वारा प्रक्षेपित गरिएको हो

श्री राम द्वारा पुष्पक विमान लिएर शम्बूकको खोज गर्नु एउटा अर्को असत्य कथन हो किनकि पुष्पक विमानश्री रामले अयोध्या फिर्ता आउनासाथ नै उसको असली स्वामी कुबेरलाई फिर्ता गरिदिएका थिए-(सन्दर्भ- युद्ध काण्ड १२७/६२)
जुन व्यक्तिले कर्म गर्दछ, त्यसको फल पनि त्यहि कर्म गर्ने व्यक्तिलाई मात्र प्राप्त हुन्छ त्यस्तै कुनै पनि व्यक्तिले गरेको तपको फल त्यहि तप गर्ने व्यक्तिलाई मात्र प्राप्त हुन्छ शम्बूकले गरेको तपको कारणले अन्य कुनै ब्राह्मण पुत्रको देहांत भयो भन्ने कुरो सर्वथा असत्य छ सत्य त यो हो कि मध्य कालमा जब वेद विद्याको लोप हुन थाल्यो, उस कालमा ब्राह्मणहरु आफ्नो गुण-कर्म तथा आचरणले हैन कि आफ्नो जन्मको आधारमा मान्न थालिएको थियो त्यसै समय देखि शुद्रलाई नीच तथा अछुत मान्न थालियो, नारीलाई नरकको द्वार सम्झन थालियो, मनुस्मृति, रामायण, महाभारत आदि ग्रन्थमा पनि वेद विरोधी र जातिवादको पक्ष पोषण गर्ने जस्ता श्लोकहरु मिलाइयो र केहि हटाइयो पनि त्यसैको उदाहरण हो वाल्मीकि रामायणमा मिलाइएको अशुद्ध पाठ जसको नाम उत्तर काण्डहो
 यस प्रकारले असत्यको प्रचारबाट केवल अवैदिक विचाधाराको मात्र मान्यता बढेन, श्री रामलाई वैदिक वर्ण विरोधी भनेर केहि अज्ञानी मतान्धहरुले आफ्नो स्वार्थ सिद्धिको लागि हिन्दू समाजको निक्कै ठूलो समुहलाई विधर्मी अथवा नास्तिक बनाउन सफल पनि भएका छन् त्यसैले सदा सत्य ग्रहण गर्न र असत्य त्याग गर्नमा तत्पर रहँदै श्री रामचंद्र प्रति जो अन्याय भएकोछ, उनि प्रति जुन विष वमन गरिन्छ, त्यसको कडा प्रतिकार गर्नु पर्छ तब मात्र राम राज्यको सार्थकता सिद्ध गर्न सकिन्छ..अस्तु..
नमस्ते..!
लेखक:- डॉ विवेक आर्य
अनुवादक: प्रेम आर्य

Saturday, July 21, 2018

विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ:




विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ:

लेखक: विवेक आर्य
अनुवाद: प्रेम आर्य

आउनुहोस्, वेदका केहि मन्त्रहरुको अवलोकन गरौँ, यसमा कस्ता कस्ता दिव्य भावनाहरु छन्:-

अज्येष्ठासो अकनिष्ठास एते सं भ्रातरो वावृधुः सौभगाय ।
॥ऋग्वेद ५/६०/५॥
अर्थ:- ईश्वरको आदेश छ कि हे मनुष्यहरुहो! तिमीहरुमा कुनै ठूलो-सानो तथा उंच-निचको भेदभाव छैन, तिमीहरु सब भाइ-भाइ हौ। सौभाग्य प्राप्तिका लागि परस्पर मिलेर प्रयत्न गर्दै अघि बढ।
ईश्वरले यस मन्त्रमा समस्त मनुष्यको लागि समानताको उपदेश दिएको छ। यसका साथै साम्यवादको पनि स्थापन गर्दैछ।
वेदको आधारमा व्यक्ति, पारिवार, समाज, राष्ट्र तथा अखिल विश्वको उत्थान कसरि गर्न सकिन्छ?
अथर्ववेदको तेस्रो काण्डको तीसौं सूक्तमा विश्वमा शान्ति स्थापनाको लागि जुन उपदेश दिइएको छ त्यो निक्कै अद्भूत छ। यी यस्ता उपदेश हुन् जुन उपदेश विश्वका अन्य कुनै मत-पन्थ-सम्प्रदायका साहित्यमा छैनन्।

(अथर्व वेद: ३/३०/१-६)
सहृदयं सांमनस्यमविद्वेषम् कृणोमि वः।
अन्यो अन्यमभि हर्यत वत्सम जातमिवाघ्न्या:।।१।।
अणुव्रत: पितुः पुत्रोमात्रा भवतु सम्मना।
जाया पत्ये मधुमतीं वाचं वदतु शान्तिवान्।।२।।
मा भ्राता भ्रातरं द्विक्षन्मा स्वसारमुत स्वसा।
सम्यंच सव्रता भूत्वा वाचं वदत भद्रया।।३।।
येन देवा न वियन्ति नो च विद्विषते मिथः।
तत्कृण्मो ब्रह्म वो गृहे संज्ञानं पुरुषेभ्यः॥४॥
ज्यायस्वन्तश्चित्तिनो मा वि यौष्ट संराधयन्तः सधुराश्चरन्तः ।
अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान्वः संमनसस्कृणोमि ।।५।।
समानि प्रपा सह वोSन्नभागः समाने योक्त्रे सह वो युनज्मि।

सम्यंचोSग्निं सपर्यतारा नाभिमिवाभित:।।६।।
अर्थात, ईश्वरले उपदेश दिन्छ कि हे मनुष्य हो ! तिमीहरुलाई मैले एक समान हृदय र एक जस्तो मन भएको बनाएको छु। त्यसैले तिमीहरु आपसमा ईर्ष्या, द्वेष आदि खराबीहरुलाई छोड र वेदको पथिक भएर एकापसमा यस प्रकारले प्रेम तथा सद्व्यवहार गर जसरि रक्षा गर्न योग्य गौ ले आफ्नो बच्चा संग गर्दछ, उसले आफ्नो नवजात बाच्छाको शरीरको मयललाई जिब्राले चाटेर सफा गर्दछ र दुग्धपान गराएर पुष्ट गर्दछ। यसरि नै समाजको हर प्रकारले उन्नति हुनेछ।
कुलको उन्नति गर्ने र माता-पिता तथा देश-धर्मको रक्षक, दुःख सागर देखि पार लगाउने, संसारमा उनको नाम उज्ज्वल गर्ने, उत्तमाचरणवान, माता-पिताको अनुकूल, आज्ञाकारी, सेवाव्रतीले युक्त, समान मन भएको बन र पत्नीले पति संग सदा मधुर, प्रिय, कोमल, हितकर, शान्तिदायक वाणी बोल्ने गर्नु । हे गृहस्थहरु हो ! जुन व्यवहारले विद्वान्हरुमा परस्पर पृथक् भाव हुँदैन, र परस्पर द्वेष कदापि गर्दैनन्, त्यहि कर्म तिम्रो घरमा पनि निश्चित गर्दछु। पुरुषहरुलाई उत्तम प्रकारले सचेत गर्दछु कि तिमीहरु परस्पर प्रीति पूर्वक व्यवहार गरेर धनैश्वर्य प्राप्त गर। मान्यजनको मान राख्ने, उत्तम चित्त भएका, समृद्धि गर्दै र एक धुरी भएर हिँड, तिमीहरु अलग-अलग नहुनु, र एकार्का संग मनोहर वाणी बोल्दै जाऊ। तिमीहरुलाई साथ-साथ गतिवान र एक मन भएको मैले गराउँछु।

यस मन्त्रमा पनि आपसमा लडाई-झगडा नगर्ने र परस्पर मिलेर अघि बढ्ने, संवाद गर्ने तथा मिलेर ज्ञान प्राप्त गर्ने कुरो भनिएको छ।
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवां भागं यथापूर्वे संजानाना उपासते ।।-(ऋ० १०/१९१/२)
अर्थात्, आपसमा हातेमालो गर्दै परस्पर मिलेर प्रेम पूर्वक अघि बढौं, हाम्रो गति परस्पर विरुद्ध नहोस्, चित्त एकसमान होस्, जसरि हाम्रा विद्वान पूर्वज तथा ज्ञानीजन हरुले ईश्वरलाई जानेर उपासना गर्दथे, त्यसरी नै हामी पनि गर्ने गरौँ, ‘येन देवा न वियन्ति’ (देवहरुको परस्पर विरुद्ध गति हुँदैन)। हामीहरुमा परस्पर संवाद बनिरहोस्, विवाद त केवल मूर्खहरूले मात्र गर्ने गर्दछन्।

यस मन्त्रमा पनि वैचारिक र मानसिक एकताको कुरो गर्दै वेदले सन्देश दिएको छ कि-
समानी व आकूतिः समाना ह्रदयानि वः ।
समानमस्तु वो मनो यथा वः सुसहासति ।।-(ऋ. १०/१९१/४)
अर्थ:- हाम्रो संकल्प समान होस्, हाम्रो ह्रदय परस्पर मिलेको होस्, हाम्रो मन एक समान होस् हामीहरु आपसमा परस्पर मिलेर रहने गरौँ।
एकता तब मात्र हुन सक्छ जब हाम्रो सोंच र मन एक हुन्छ। वेदमन्त्रको माध्यमबाट यहि मानसिक एकतामा बल दिइएको छ। संगठन र एकताको यो दिव्य सन्देश केवल एक परिवार, समाज या एक देशका लागि मात्र नभएर यस धर्तीका समस्त वासिन्दाहरुका लागि दिइएको हो। यदि संसारका मानिसहरुले वेदको यो उपदेशलाई आफ्नो व्यवहारमा अपनाएर सबैले आ-आफ्नो आचरण देवानुकुल गर्ने हो भने जुन कारणले मनुष्यलाई मनुष्य देखि पृथक राखेको छ, त्यो सब दूर भएर यो संसार स्वर्ग झैं सुन्दर बन्न सक्छ।
वेद मार्फत नै विश्व शान्ति संभव छ। संसारका कुनै अन्य तथाकथित मत-पन्थ-सम्प्रदायका साहित्यले वेदको तुल्यता गर्न सक्दैनन्। वेदको सन्देश संकीर्णता, संकुचितता, पक्षपात, घृणा,जातीयता, प्रान्तीयता र साम्प्रदायिकता देखि कति उच्च छ..! त्यसैले आउनुहोस्, हामि सबै हातेमालो गर्दै सत्य सनातन वैदिक मार्गमा अघि बढौं..! अस्तु..
नमस्ते..
सत्य सनातन वैदिक धर्मको जय..!
कृण्वन्तो विश्वमार्यम्..!



Thursday, July 19, 2018

एघार हजार वर्ष सम्म चलेको रामराज्य



एघार हजार वर्ष सम्म चलेको रामराज्य

आर्यावर्तका यशश्वी महाराज मर्यादा पुरुषोत्तम श्रीरामको रामराज्य यसरि बनेको थियो:

महर्षि बाल्मीकिले रामराज्यको वर्णन निम्नलिखित शब्दमा गरेका छन्:-
न पर्यदेवन् विधवा न च व्यालकृतं भयम् ।
न व्याधिजं भयं वापि रामे राज्यं प्रशासति ।।
निर्दस्युरभवल्लोको नानर्थः कं चिदस्पृशत् ।
न च स्म वृद्धा बालानां प्रेतकार्याणि कुर्वते ।।
सर्वं मुदितमेवासीत्सर्वो धर्मपरोऽभवत् ।
राममेवानुपश्यन्तो नाभ्यहिंसन् परस्परम् ।।
आसन् वर्षसहस्राणि तथा पुत्रसहस्रिणः ।
निरामया विशोकाश्च रामे राज्यं प्रशासति ।।
नित्यपुष्पा नित्यफलास्तरवः स्कन्धविस्तृताः ।
कालवर्षी च पर्जन्यः सुखस्पर्शश्च मारुतः ।।
स्वकर्मसु प्रवर्तन्ते तुष्ठाः स्वैरेव कर्मभिः ।
आसन् प्रजा धर्मपरा रामे शासति नानृताः ।।
सर्वे लक्षणसंपन्नाः सर्वे धर्मपरायणाः ।
दशवर्षसहस्राणि रामो राज्यमकारयत् ।।
- (रामायण: युद्धकाण्ड: १३१/ ८४-९०)

श्रीरामको राज्यमा स्त्रिहरु विधवा हुँदैनथे, सर्पबाट कसैलाई भय थिएन र रोगको आक्रमण पनि हुँदैनथ्यो।
 राम-राज्यमा चोर र डाँकाको नाम सम्म थिएन। अर्काको धन लिने कुरो त के कसैले पर धनलाई छुदैनथ्यो। राम राज्यमा बृद्धले
बालकको मृतक-कर्म गर्दैनथे अर्थात् बाल-मृत्यु हुँदैनथ्यो।
रामराज्यमा सबै वर्णानुसार आ-आफ्ना धर्मकृत्यहरुको अनुष्ठान गर्ने हुनाले प्रसन्न रहन्थे। श्रीराम उदास होलान भन्ने सोंचेर कसैले पनि कसैको ह्रदय दुख्ने व्यवहार गर्दैनथे।
राम-राज्यमा वृक्ष सदा पल्लवित तथा पुष्पित हुन्थे र सदा फलले भरिएका हुन्थे। तिनका हाँगाहरु विस्तृत हुने गर्दथे। यथासमय वृष्टि हुन्थ्यो र सदा सुखस्पृशी वायु चल्ने गर्दथ्यो।
ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रहरु कोहि पनि लोभी थिएनन्। सब आ-आफ्ना कार्यमा सदा सन्तुष्ट रहन्थे। राम-राज्यमा सारा प्रजा धर्मरत थिए र झुट देखि टाढा रहन्थे। सब मानिस शुभ लक्षणले युक्त र धर्म परायण थिए।
यसरि श्रीरामले ११,००० (एघार हजार) वर्ष सम्म पृथ्वीमा शासन गरे।
एघार हजार भनेको सुनेर आश्चर्यमा पर्नु भयो होला ..! कुरो सत्य हो तर जुन अर्थमा तपाइले बुझ्नु भयो, त्यो भने हैन, एघार हजारको अर्थ हो- तीस वर्ष एक महिना र बीस दिन। यसमा प्रश्न आउन सक्छ कि कसरि?
यसरि हुन्छ हेर्नुस्:
मीमांसा दर्शनमा हजारौं वर्ष सम्म यज्ञ गर्ने वर्णन छ। त्यहाँ शंका गरिएको छ कि यतिका वर्षको यज्ञ कसरि हुन सक्छ किनकि मनुष्यको आयु त त्यति हुँदैन ?

त्यहाँ यसरि उत्तर दिइएको छ:
संवत्सरो विचालित्वात्। (मी. द. ६/७/३८)
संवत्सर केवल वर्षको मात्र वाचक हुँदैन, कहीं यो ऋतुको अर्थमा आउँछ र कहीं अन्यार्थ (दिन) मा पनि।
अहानि वाभिसंख्यत्वात्।। (मी. द. ६/७/४०)
दिन वाचक पनि संवत्सर आदि शब्द हुने गर्दछन्।
अतः श्रीरामले लगभग (११,००० दिन) तीस वर्ष सम्म राज्य गरेका थिए।
आउनुहोस्, अब महाराज दशरथको राज्यको अवलोकन गरौँ
महाराज दशरथको राज्यको वर्णन:
(बालकाण्ड: १/६-१८)
तस्मिन् पुरवरे हृष्टा धर्मात्मनो बहुश्रुताः ।
नराः तुष्ठाः धनैः स्वैः स्वैः अलुब्धाः सत्यवादिनः ॥१-६-६॥

न अल्प संनिचयः कश्चिद् आसीत् तस्मिन् पुरोत्तमे ।
कुटुंबी यो हि असिद्धर्थः अगवा अश्व धन धान्यवान् ॥१-६-७॥

कामी वा न कदर्यो वा नृशंसः पुरुषः क्वचित् ।
द्रष्टुम् शक्यम् अयोध्यायाम् न अविद्वान् न च नास्तिकः ॥१-६-८॥

सर्वे नराः च नार्यः च धर्मशीलाः सु संयताः ।
मुदिताः शील वृत्ताभ्याम् महर्षय इव अमलाः ॥१-६-९॥

न अकुण्डली न अमुकुटी न अस्रग्वी न अल्पभोगवान् ।
न अमृष्टो न अलिप्ताङ्गो न असुगन्धः च विद्यते ॥१-६-१०॥
न अमृष्ट भोजी न अदाता न अपि अनङ्दनिष्कधृक् ।
न अहस्ताभरणो वा अपि दृश्यते न अपि अनात्मवान् ॥१-६-११॥

न अनाहित अग्नीः न अयज्वा न क्षुद्रो वा न तस्करः ।
कश्चित् असीत् अयोध्यायाम् न च आवृत्तो न संकरः ॥१-६-१२॥

स्व कर्म निरता नित्यम् ब्राह्मणा विजितेन्द्रियाः ।
दान अध्यन शीलाः च संयताः च प्रतिग्रहे ॥१-६-१३॥

नास्तिको न अनृती वा अपि न कश्चित् अबहुश्रुतः ।
न असूयको न च अशक्तो न अविद्वान् विद्यते क्वचित् ॥१-६-१४॥

न अषडंग वित् न अस्ति न अव्रतो न असहस्रदः ।
न दीनः क्षिप्त चित्तओ वा व्यथितो वा अपि कश्चन ॥१-६-१५॥

कश्चिन् नरो वा नारी वा न अश्रीमान् न अपि अरूपवान् ।
द्रष्टुम् शक्यम् अयोध्यायाम् न अपि राजन्य अभक्तिमान् ॥१-६-१६॥

वर्णेषु अग्र्य चतुर्थेषु देवता अतिथि पूजकाः ।
कृतज्ञाः च वदान्यः च शूरा विक्रम संयुताः ॥१-६-१७॥

दीर्घ आयुषो नराः सर्वे धर्मम् सत्यम् च संश्रिताः ।
सहिताः पुत्र पौत्रैः च नित्यम् स्त्रीभिः पुरोत्तमे ॥१-६-१८॥

उक्त श्रेष्ठ नगरीमा समस्त मनुष्य प्रसन्न, धर्मात्मा, महाविद्वान, आ-आफ्नो धनसम्पत्तिमा सन्तुष्ट, अलोभी र सत्यवक्ता थिए।
त्यहाँ कोहि यस्तो गृहस्थी थिएन, गरीब तथा असन्तुष्ट होस् प्रत्येक संग पर्याप्त धन-सम्पत्ति थियो, कुनै यस्तो गृहस्थी थिएन जसको दैनिक आवश्यकताहरुको पूर्ति नहुँदो हो र यस्तो पनि कुनै घर थिएन जो गौ, अश्व र धन-धान्यले भरपूर नहोस्।
अयोध्यामा कुनै पनि पुरुष यस्तो थिएन जो कामासक्त होस्, कुनै व्यक्ति यस्तो थिएन जो कंजूस होस्, दान नदिँदो हो। क्रूर, मूर्ख र नास्तिक (ईश्वर तथा वेद निन्दक) व्यक्ति त अयोध्यामा कहीं पनि देखाई दिंदैनथ्यो।
समस्त स्त्री-पुरुष धर्मात्मा, इन्द्रियजयी, सदा प्रसन्न रहने तथा शील र सदाचारका दृष्टिले ऋषि-मुनि समान निर्मल थिए।
अयोध्यामा कुनै पनि व्यक्ति यस्तो थिएन जो कानमा कुण्डल, सिरमा मुकुट र घाँटीमा माला धारण नगरेको होस्। अल्पभोगी, मैलो अंग भएको, शुन्गन्धित चन्दन, अत्तर, तेल, नलगाउने पनि त्यहाँ कोहि थिएन।
अयोध्यामा कुनै मनुष्य यस्तो थिएन जसले प्रतिदिन अग्निहोत्र नगर्दो हो, जो क्षुद्र-ह्रदय हो, कुनै चोर थिएन र न कुनै वर्णसंकर थियो।
अयोध्यामा कुनै यस्तो व्यक्ति पनि थिएन जसले छ अंग (शिक्षा,कल्प,ज्योतिष,व्याकरण,निरुक्त र छन्द) सहित वेदको बारेमा

नजान्ने होस्। जुन उत्तम व्रतले रहित होस्, जुन महाविद्वान नहोस्, जुन निर्धन होस्, जसलाई शारीरिक या मानसिक पीपिडा होस् यस्तो पनि कुनै थिएन।
अयोध्यामा कुनै पुरुष यस्तो थिएन जो कामासक्त होस्, कुनै व्यक्ति यस्तो थिएन जो कंजूस होस्, दान नदिंदो होस्। क्रूर, मूर्ख र नास्तिक (ईश्वर तथा वेद निन्दक) व्यक्ति त अयोध्यामा कुनै पनि देखिन्नथ्यो।
अर्थात्, अयोध्याका समस्त निवासी दीर्घ-जीवी, धर्म र सत्यको आश्रय लिने, पुत्र, पौत्र र स्त्रि सहित उस नगरमा रहन्थे।

महाराज दशरथ र श्रीरामको आदर्श राज्य-व्यवस्था उनको शेष पछी पनि पर्याप्त समय सम्म चलीरह्यो।
महाराज अश्वपतिले आफ्नो राज्यको सम्बन्धमा गर्वपूर्वक घोषणा गरेका थिए कि-
न मे स्तेनो जनपदे न कदर्यो न मद्यपः ।
नानाहिताग्निर्नाविद्वान् न स्वैरी स्वैरिणी कुतः ।।--(छन्दोग्य: ५/११/५)
अर्थात्, मेरो राज्यमा कुनै चोर छैन, कुनै कन्जूस छैन, कुनै नशाखोरी छैन, कुनै यस्तो व्यक्ति छैन जसले दैनिक अग्निहोत्र नगर्दोहो। कुनै मूर्ख छैन, कुनै पनि व्यभिचारी पुरुष नै छैन भने फेरी व्यभिचारिणी स्त्री कसरि हुन सक्छे ?
तर आज समाजमा यसको ठिक उल्टो स्थिति भएको छ, अर्थात् ठगी, चोरी, झुट, कृपण, मदिरा सेवी, नशाखोरी, अनाहिताग्नि, परस्त्रीगामी र वेश्यावृत्ति नै प्रमुख परिचय भैसकेको छ।
लीलाको नाममा अनैतिकता र व्यभिचार तथा धर्मको नाउमा निर्दोष पशु-पंक्षीहरुलाई बलि चढाउने जस्तो दुष्कर्मको महिमामण्डन गर्नेहरुले समयमै सम्झनु पर्नेछ कि व्यभिचार, हिंसा र चोरी यी तीन दुष्कर्म बढ्नुको परिणाम समाजमा अति भयंकर हुनेछ। कति भयंकर हुनेछ यसको अनुमान हामीले गर्न सक्दैनौं।

अतः सत्याचरण, सदाचार र वेदाध्ययनबाट नै रामराज्य सम्भव छ। अस्तु..
नमस्ते..!

Tuesday, July 17, 2018

के मदर टेरेसा संत थिई?



के मदर टेरेसा संत थिई?

मूल लेखक: डा. विवेक आर्य
अनुवाद: प्रेम आर्य

मदर टेरेसाको नाम सुन्ने बित्तिकै प्रायः सबैको मन-मस्तिष्कमा एक नीलो किनारा भएको सेतो धोतिले सिर देखि पाउ सम्म ढाकिएकी, गाला चाउरी परेकी एक वृद्ध महिलाको आकृति झल्किन्छ, जसले मानव मात्रको सेवाका लागि आफ्नो जन्मस्थान त्यागेर जीवन सेवा मै समर्पित गरिदिई। जो रोगी, गरीब तथा असहायहरुको सहारा बनेर हजारौं अनाथ तथा दीन-दुःखी र निराश्रयहरुलाई सहारा दिई। जसलाई यहि सेवाका लागि विश्व शांतिको नोबल पुरस्कार प्राप्त भएको थियो। मदर टेरेसाको बारेमा हामि सबैलाई यत्ति नै थाहा छ किनकि हामीलाई यहि नै जानकारी दिइयो। दिन-दुःखीको सेवा गर्नु अत्यन्त सराहनीय तथा उत्तम कर्म हो, मानव मात्रको नभएर समस्त प्राणीहरुको सेवा गर्नु हरेक मनुष्यको परम कर्तव्य हो, यहि वेदको आदेश पनि छ तर उसको जीवनको पर्दा पछाडीको सत्य भने अर्कै छ, त्यस बारे हामी सबै अहिले सम्म अनभिज्ञ नै छौं। त्यहि सत्यलाई उजागर गर्नु नै यो छोटो लेखको मुख्य उद्देश्य हो।

सत्य जति तितो या टर्रो भए पनि त्यो सत्य नै हुन्छ चाहे त्यो कसै-कसैलाई मन परोस् या नपरोस्। भारत तथा नेपालमा कार्यरत ईसाई संस्थाहरुको मुखौटो सेवा हो भने त्यो मुखौटो भित्रको असली अनुहार भने प्रलोभन, लोभ, लालच, भय र दबाव द्वारा ईसाईकरण गर्नु हो। यसबाट त यही प्रतीतहुन्छ कि जुन सेवा कार्यको नाम मा मिशनरी द्वारा गरिदैछ, त्यसको मूल उद्देश्य ईसामसीहको लागि भेडाहरुको हुल बढाउनु नै हो। संत त्यो हुन्छ जो पक्षपात रहित एवं जसको उद्देश्य मानव मात्र नभएर समस्त प्राणिको भलाई होस्। ईसाई मिशनरीहरुको पक्षपात पूर्ण कर्म यसैबाट बुझ्न सकिन्छ कि तिनीहरुले केवल तिनै रोगि, गरीब, असाहयहरुको मात्र सेवा गर्न चाहन्छन् जसले ईसाई मत ग्रहण गर्न तयार हुन्छन् या तिनलाई उक्त मत स्वीकार गर्न वाध्य पारिन्छ।

मदर टेरेसाको जन्म २६ अगस्त, १९१०मा स्कोप्जे, मेसेडोनियामा भएको थियो। १२ वर्षको कलिलो आयुमा उसलाई “ईश्वरले पुकार्दै छ” भन्ने महसूस गरी रे..! २४ मई १९३१मा ऊ भारतको कलकत्ता शहरमा आई र यहींकी भएर रहन थाली। कलकत्ता आएपछी धन कमाउनको लागि उसले आफ्नै दुकान आरम्भ गरी। दुकान थियो- कलकत्तालाई रोगी र गरीबहरुको शहरको रूपमा बद्नाम गरेर स्वयंलाई तिनीहरुको सेवा गर्ने सेविकाको रूपमा चर्चित गर्नु। यसमा ऊ अंतराष्ट्रीय स्तरमा सुनियोजित ख्याति प्राप्त गर्न सफल पनि भई। ऊ केहि वर्षमा नै “करुणा र सेवाकी देवी”, "दयाकी देवी", "मानवताकी सेविका", "असाहय र गरीबहरुकी उद्धारक", “लार्जर देन लाईफ” भएको छविले प्रसिद्द भई। हुनत उसलाई सदा वेटिकन र मिशनरीज अफ च्यारिटीको सहायताले गरिब तथा विवशतामा पिल्सिएकाहरुलाई प्रलोभनमा पारेर “ईसाई करण” गरेको आरोप नलागेको पनि हैन। सत्य तथ्य त यो छ कि आरोप लगाउनेहरु पनि कुनै हिन्दु संघसंस्था नभएर धेरैजसो पश्चिमा प्रेस या ईसाई पत्रकारहरु नै थिए। यसबाट संदेह अरु अधिक गहीरो भएर जान्छ। आफ्नै देशका गरीब ईसाईहरुको सेवा गर्नुको सट्टा मदर टेरेसालाई भारतका गरीब तथा गैर ईसाईहरुको उत्थानमा यति अधिक रूचि हुनु के सङ्केत गर्दछ? तपाइँहरु स्वयं अनुमान गर्न सक्नुहुन्छ।

मदर टेरेसालाई विश्वका अनेकौं ज्ञात तथा अज्ञात स्रोतहरुबाट निक्कै ठूलो धनराशि दान या चन्दाको रुपमा प्राप्त हुने गर्दथ्यो। सबभन्दा आश्चर्यको कुरो यो छ कि मदर टेरेसाले यस विषय कहिले पनि सोंच्ने कष्ट गरिन कि उसका धनदाताहरुको आयको स्रोत्र तथा प्रतिष्ठा कस्तो थियो । उदहारणको लागि अमेरिकाको एउटा निक्कै नाम चलेको प्रकाशक रबर्ट मेक्सवेल जसले आफ्ना कर्मचारिहरुको भविष्यनिधि कोषमा ६५० मिलियन डलरको घोटाला गरेर त्यसमध्ये मदर टेरेसालाई १.२५ मिलियन डलर चन्दा दियो। मदर टेरेसाले मेक्सवेलको पृष्ठभूमि जान्दथी।
एक पटक हैटीको तानाशाह जीन क्लाऊड डुवालियेले मदर टेरेसालाई सम्मानित गर्नको लागि निमन्त्रण पठायो। मदर टेरेसा कलकत्ता देखि हैटी सम्मान लिन गई। जुन व्यक्तिले हैटीको भविष्य चकनाचुर पारेको थियो। गरीबहरु माथि भयङ्कर अत्याचार गरेको थियो र देशलाई लुटेको थियो। तर टेरेसाले उसलाई “गरीबहरुको उद्धारक ” भनेर प्रसंशाको माला लगाइदिएकि थिई। त्यस्तै मदर टेरेसालाई अर्को चार्ल्स कीटिंग नाम गरेको व्यक्ति बाट १.२५ मिलियन डलरको चन्दा प्राप्त भएको थियो। यो कीटिंग महाशय त्यहि थियो जसले “कीटिंग सेविंग्स एन्ड लोन्स” नामक कम्पनी १९८०मा बनाएको थियो र सर्वसाधारण जनता तथा मध्यमवर्गको लाखौँ डलर हिनामिना गरेको आरोपमा कारागारको दण्ड भोगेको थियो । न्यायालयमा मुद्दाको वहस हुँदा मदर टेरेसाले न्यायाधिस संग कीटिंगलाई क्षमादान दिनको लागि अपील गरेकी थिई। त्यस बेला न्यायधिसले ऊसँग सोधेका थिए कि जुन धन कीटिंगले हिनामिना गरेको छ त्यो धन के तिमीले जनतालाई फिर्ता दिन सक्छ्यौ ? ताकि निम्न-मध्यमवर्गका हजारौं मानिसहरुलाई केहि राहत प्राप्त होस् तर टेरेसा चुपचाप भएकी थिई।
मदर टेरेसाको जीवनको अन्तिम समयमा सुजान शील्ड्सलाई न्युयोर्कको एक बैंकमा पचास मिलियन डलरको रकम जम्मा भएको पाइयो। सुजान शील्ड्सले मदर टेरेसाका साथ सहायकको रूपमा नौ वर्ष सम्म काम गरेकी थिइ। सुजानले नै च्यारिटीमा आएको दान तथा चन्दाको हिसाब-किताब राख्ने गर्दथी। जुन लाखौँ रुपैयाँ गरीब तथा दीन-हीनहरुको सेवामा लगाउनु पर्ने थियो त्यो न्यूयोर्कको बैंकमा त्यतिकै अचल थियो किन?
दान तथा चन्दाबाट प्राप्त हुने पैसाको प्रयोग सेवा कार्यमा शायदै हुँदोहो ! यस बारेमा कलकत्ताका निवाशी अरूप चटर्जीले आफ्नो पुस्तक "द फाइनल वर्डिक्ट" मा राम्रो संग लेखेका छन् । उनि लेख्छन् – ब्रिटेनको प्रसिद्ध मेडिकल पत्रिका Lancet का सम्पादक डा. रबिन फक्सले १९९१ मा एक पटक टेरेसाको कलकत्ता स्थित च्यारिटी अस्पतालहरुको भ्रमण गरेका थिए। उनले भ्रमण गर्दा के पाए भने – बालबालिकाहरुको लागि साधारण एनल्जेसिक औषधि सम्म पनि त्यहाँ उपलब्ध थिएन र स्टर्लाइज्ड सिरिंज को पनि उपयोग भैरहेको थिएन। जब यसबारेमा टेरेसा संग सोधियो, उसको उत्तर सुनेर डाक्टरको होसै उड्यो, उसले भनि कि “यी बालबालिकाहरु त केवल मेरो प्रार्थनाले नै ठीक हुन्छन्"। मिशनरीमा भर्ती भएका आश्रितहरुको अवस्था पनि त्यतिका धन पाउँदा पनि उनको स्थितिमा कुनै सुधार भएको थिएन। मिशनरीमा काम गर्ने नन पनि अरुका लागि औषधि भन्दा अधिक प्रार्थनामा विश्वास राख्दथे तर स्वयं भने कलकत्ताका महँगा र सुविधा युक्त अस्पतालमा उपचार गराउन जाने गर्दथे। मदर टेरेसा स्वयं पाटेघरको क्यान्सरले पिडित थिई, जसको उसले अमेरिकामा गएर अप्रेसन गराएकी थिई। मिशनरीको एम्बुलेन्स पनि बिरामीहरुको लागी भन्दा अधिक नन आदिलाई एक स्थानबाट अर्को स्थानमा आउन-जानको लागि प्रयोग हुने गर्दथ्यो। सायद यिनै केहि कारणले गर्दा होला मदर टेरेसाको शवयात्रामा कलकत्ताका स्थानीय निवाशीहरुको उपस्थिति शून्य बराबर थियो।
मदर टेरेसा आफ्नो रुढीवादी विचारको लागि सदा चर्चित रहन्थी। सन् १९७१ मा ‘बङ्गलादेश मुक्ति सङ्ग्राम’ का बेला लगभग साढे चार लाख महिलाहरु बेघर भएका थिए र ति भागेर कलकत्ता आइपुगेका थिए। ति मध्ये धेरैजसो महिलाहरु पाकिस्तानी र तिनका समर्थकहरु द्वारा बलात्कृत भएका थिए जसको कारणले ति गर्भवती भएका थिए। मदर टेरेसाले ति महिलाहरुको गर्भपातको विरोध गर्दै भनेकी थिई कि “जुनसुकै अवस्थामा पनि गर्भपात क्याथोलिक परम्पराको विरुद्ध छ र यी महिलाहरुको गर्भावस्था परम प्रभूको एक ‘पवित्र आशीर्वाद’हो।” मदर टेरेसाको यसै कारणले निक्कै आलोचना पनि भएको थियो।
मदर टेरेसाले भारतमा सन् १९७५-१९७७ का विच इन्दिरा गाँधी द्वारा लगाइएको अमानवीय, अलोकतान्त्रिक एवं असंबैधानिक कदम सङ्कटकालको जमेर प्रशंसा गर्दै भनेकी थिई कि “सङ्कटकाल लगाउनाले जनता खुशी भएका छन् र बेरोजगारीको समस्या हल भएको छ ।” गाँधी परिवारले उसको यहि चाटुकारिताका लागि “भारत रत्न”को सम्मान दिएर उसको “ऋण” उतारेको थियो। ३ डिसेम्बर सन् १९८४ मा भएको भारतको भोपाल ग्यास त्रासदी इतिहासकै सबभन्दा भयानक तथा विभत्स औद्योगिक दुर्घटना थियो, जसमा तत्कालिन सरकारी अत्थ्यांक अनुसार ४००० भन्दा अधिक मानिसहरु मारिएका थिए तर यथार्थ यो भन्दा अधिक विभत्स थियो, ८००० मानिसहरुको मृत्यु त दुई सप्ताह भित्रै भएको थियो र लगभग ८००० मानिसहरु उक्त ग्यासको कारणले फैलिएको रोगका कारणले मरेका थिए ५,५८,१२५ जना मानिसहरु यसबाट सिधा प्रभावित भएका थिए। अझैं पनि त्यस दुर्घटनाको कुप्रभाव त्यहाँका जनताले अप्रत्यक्ष रुपमा झेल्दै छन्, त्यो प्रष्ट संग देख्न सकिन्छ। त्यसबेला मदर टेरेसाको फटाफट कलकत्ताबाट भोपाल सवारी भएको थियो केका लागि? के प्रभावितहरुको सहायता गर्नका लागि? अहँ, ति बेसहारा, विवस तथा विषाक्त ग्यासको पिडामा छटपटाइ रहेकाहरुको सहायता गर्न हैन कि उक्त दुर्घटनाका लागि जिम्मेवार कम्पनि - यूनियन कार्बाईड परिवार र त्यसको संचालक वारेन एन्डरसनलाई क्षमादान दिनको लागि दवाफ सिर्जना गर्न आएकी थिई। र अन्ततः यहि भयो पनि वारेन एंडरसनले आफ्नो बाँकी जीवन अमेरिकामा २९ सेप्टेम्बर, २०१४ सम्म आराम संग बितायो। भारत सरकारले यसका कुनै पनि दोषीलाई दण्ड दिन सकेन, छैन त विडम्बना..?
अंतर्राष्ट्रीय ख्याति प्राप्त पत्रकार बेलायति नागरिक क्रिस्टोफर हिचेन्सले सन् १९९४मा ‘नर्क की देवी’ (Hell’s Angel) नामक एउटा लघु चलचित्र बनाएका थिए जसमा मदर टेरेसाका सबै क्रियाकलापहरुका बारेमा विस्तार पूर्वक प्रकाश पारिएको छ। यो चलचित्र ब्रिटेनको एक टिभी प्रशारण-च्यानल फोर मा प्रदर्शित पनि भएको थियो र यसले निक्कै लोकप्रियता आर्जित गरेको थियो। पछी आफ्नो कलकत्ता प्रवासको अनुभव सँगालेर उनले एउटा पुस्तक पनि लेखेका छन् जसमा उनले भनेका छन् कि “क्याथोलिक समुदाय विश्वको सबभन्दा शक्तिशाली समुदाय हो। यसलाई पोपले नियन्त्रित गर्दछ, च्यारिटी चलाउनु, मिशनरिहरु चलाउनु र तथाकथित् धर्मान्तरण गराउनु आदि यिनका प्रमुख काम हुन् ।” सर्वविदित नै छ कि मदर टेरेसालाई टेम्पलटन सम्मान, नोबल सम्मान, मानार्थ अमेरिकी नागरिकता जस्ता कैयौं सम्मान यहि कारणले प्राप्त भएका हुन् ।”
यही मदर टेरेसा सन् १९९४मा दिल्लीमा दलित ईसाईहरुका लागि आरक्षणको समर्थन गर्नको लागि धर्नामा बसेकी थिई। तब तत्कालीन मंत्री सुषमा स्वराजले ऊसँग प्रश्न गरेकी थिइन् कि के टेरेसाले दलित ईसाई जस्ता उद्बोधनको रूपमा चर्चमा जातिवादको प्रवेश गराउन चाहन्छे? सन् १९४७ मा भारत स्वाधीन हुँदा महाराष्ट्रमा अनेकौं मिशनका चर्चहरु आर्यसमाजले खरीद गरेको थियो किनकि तिनको सञ्चालन गर्ने जति सबै ईसाईहरु बेलायत फर्केका थिए। केहि दशक पश्चात ईसाईहरुले उक्त सम्पत्तिलाई पुनः प्राप्त गर्नको लागि आर्यसमाज संग खरिद गर्न दबाव दिएका थिए। आर्यसमाजका पदाधिकारीहरुले बेच्न मानेनन् र मदर टेरेसाले आर्यसमाजका पदाधिकारिहरुलाई पछी हेरौंला भन्ने धम्कि दिएकी थिई; कस्ती चमत्कारिक संत थिई ऊ, हैन ?
मदर टेरेसा जहिले पनि बिरामी हुँदा उसलाई अत्याधुनिक सुविधा सम्पन्न कर्पोरेट अस्पतालमा नै भर्ती गर्ने गरिन्थ्यो। उसलाई सधै अति महँगो उपचार उपलब्ध गराइन्थ्यो। यही उपचार यदि उसले ति अनाथ र गरीब बालबालिकाहरु (जसको नाउमा उसलाई लाखौँ डलरको चन्दा प्राप्त हुने गर्दथ्यो) का लागि पनि उपलब्ध हुन्थ्यो भने कुनै कुरो थिएन तर विडम्बना नै भनौं यस्तो कहिले पनि भएन। एक पटक क्यान्सरको भयङ्कर पीडाले छटपटाइ रहेको एउटा रोगि संग उसले भनी “तिम्रो पिडा ठीक त्यस्तै छ जस्तो ईसा मसीहलाई सूलीमा चढ्दा भएको थियो, शायद महान मसीहले तिमीलाई मायाँले चुम्दै छन् ।” तब उक्त रोगीले भने कि “प्रार्थना गर्नुस् कि जति हुन्छ सिघ्र ईसाले मलाई चुम्न बन्द गरुन”।
मदर टेरेसाको इहलिला समाप्त भए पश्चात पनि चन्दाको व्यापार चल्दैछ र लाटा-सोझा ति विवश हिन्दुहरुलाई धर्मान्तरण गर्नको लागि सहायता मिलोस् भनेर अर्को एउटा नयाँ नाटक रचियो। पोपजोनपोल द्वारा टेरेसालाई “सन्त” घोषित गर्नमा निक्कै हतार गरियो। सामान्य रूपले संत घोषित गर्नको लागि जुन पाँच वर्षको समय (चमत्कार र पवित्र असरका लागि) आवस्यक हुन्छ, पोपले त्यसमा पनि भारि छुट दियो। पश्चिम बंगालकी एक क्रिश्चियन आदिवासी महिला जसको नाम मोनिका बेसरा थियो। उनलाई क्षय रोग र पेटमा ट्यूमर भएको थियो। बेलूरघाटका सरकारी अस्पतालमा कार्यरत डा. रंजन मुस्ताफ उनको उपचारमा खटिएका थिए। उनको उपचारले मोनिकालाई निक्कै लाभ हुँदै थियो र एउटा रोग त लगभग ठीक पनि भएको थियो। अचानक एक दिन मोनिका बेसराले आफ्नो घाँटीमा झुन्डिएको लकेटमा मदर टेरेसाको तस्वीर देखी र उसको ट्यूमर पूर्ण रुपले ठीक भयो। मिशनरी द्वारा मोनिका बेसरा ठीक भएको चमत्कार एवं मदर टेरेसालाई संतको रूपमा प्रचारित गर्ने बहाना पाइयो। यो चमत्कारको हावादारी कुरा सबैको बुझाइ भन्दा पर छ। जुन मदर टेरेसाको जीवनमा अनेकौं पटक विलाशी अस्पताल र विशेषज्ञ चिकित्सकहरुको आवश्यकता पर्दथ्यो, त्यसैको कृपाले, त्यसैको नाममा प्रार्थना गर्नेहरुलाई बिना औषधि केवल आशिर्वाद तथा चमत्कारले ठीक हुने हावादारी गफ गर्नु र मान्नु मूर्खताको पराकाष्ठा नै हो। यदि कुनै हिन्दु बाबाले चमत्कार द्वारा कुनै रोगीको रोग ठीक पारेको र गर्ने आत्मविश्वास प्रकट गर्दछ भने यी निरपेक्षतावादी लेखक र चिन्तक तथा चाटुकारहरुले त्यसको निक्कै खिल्ली उडाउने गर्दछन्। तर जब कुनै पढे-लेखेको ईसाई समाजले ईसामसीह देखि अन्य ईसाई मिशनरिहरु द्वारा चमत्कार हुने एवं त्यस संग सम्बंधित मिशनरीलाई संत घोषित गरेको महिमा-मण्डन गर्दछ भने त्यसलाई कुनै पनि निरपेक्षतावादी लेखक तथा चिन्तकले कानेखुशीमा पनि यसकिसिमको तमाशालाई अन्धविश्वास हो भन्ने साहस गर्दैन; किन? किनकि तिनीहरु मानसिक दासतामा बाँच्दै छन्..!
जब मोरारजी देसाईको सरकारमा सांसद ओमप्रकाश त्यागी द्वारा धर्म स्वातंत्रय विधेयकको रूपमा धर्मान्तरणका विरुद्ध विधेयक पेश भयो तब यहि मदर टेरेसाले प्रधानमंत्रीलाई पत्र लेखेर यस विधेयकको विरोध गरेकी थिई र भनेकी थिई कि यदि हामीलाई आफ्नो ईसाई मतको प्रचार गर्नमा रोक लगाउने हो भने हामीले समस्त समाज सेवाका गतिविधिहरु जस्तै- शिक्षा, स्वास्थ्य, रोजगार तथा अनाथालय आदि बन्द गर्नेछौं। तब प्रधान मंत्री देसाईले भनेका थिए यसको अर्थ यो बुझ्नु पर्ने भयो कि ईसाईहरु द्वारा गरिने समाज सेवा केवल एक देखावटी मात्र हो। उनको असली प्रयोजन त धर्मान्तरण नै हो। भारतका तत्कालीन प्रधान मंत्रीको यो उत्तरले ईसाई समाजको सेवाको आडमा गरिने धर्मान्तरणलाई उजागर गर्दछ।

यो लेख पढेर हिन्दुहरुको धर्मान्तरण गर्ने र गराउनमा सहायता गर्ने नर्क कि देवी- मदर टेरेसालाई क-कसले संत मान्न चाहनु हुन्छ ?



ओ३म् शम्...