Thursday, August 15, 2019

स्वामी श्रद्धानन्दजी को कलम बाट- रक्षाबन्धनको संदेश



स्वामी श्रद्धानन्दजी को कलम बाट- रक्षाबन्धनको संदेश

('रक्षाबन्धन' पर्वमा विशष रुपले प्रकाशित)

माता द्वारा पुत्र माथि जुन उपकार छन् उसको संसारमा सीमा छैन। यहि कारण हो कि हर समय अनि हर देशमा मातृशक्तिको स्थान अन्य शक्तिहरु भन्दा उच्च बुझिन्छ। जहाँ यस्तो हुँदैन वहां सभ्यता र मनुष्यताको अभाव बुझिन्छ।
जब त्यो मातृशक्ति उंचा स्थानमा रहन्छ त त्यो श्रद्धा र भक्तिको अधिकारिणी हुन्छ। अनि जब त्यो बराबरीमा आउँछ त बैनीको रुपमा भाई मा प्रेम अनि रक्षाका अन्य साधारण अधिकार राख्छ। एक सुशिक्षित सभ्य देशका आमाहरु पुजिन्छन् दिदि बहिनी प्रेम अनि रक्षाका अधिकारिणी मानिन्छन् अनि छोरीहरु भविष्यका आमाहरु अनि भविष्यका दिदी बहिनीहरु हुनाको कारण त्यो चिन्ता अनि सावधनता द्वारा शिक्षण पाउँदछन्, जो बालकहरुलाई पनि भाग्यमा हुँदैन। यो एक उन्नत अनि सभ्य जातिको चिन्ह हुन्।

भारतको स्वतन्त्र सुन्दर प्राचीनकालमा माताहरु, दिदी बहिनीहरु एवं छोरीहरुको यथायोग्य पूजन रक्षण र शिक्षण हुन्थ्यो। यसै कारण भारतकी महिलाहरु प्रत्युत्तरमा पुरुषहरुलाई आशीर्वाद दिन्थे, उनिहरुलाई नामको अधिकारिणी बनाउँदथे, उनिहरुलाई जन्मघुट्टीको साथ वीरता र स्वाधिनताको अमृत पिलाउँदथे। तिनै पूजा पाएका माताहरुको आशिर्वाद थियो जस कारण भारतवासीहरुमा आत्मसम्मान थियो। पाण्डव वीर थिए, तर यो बिर्सन हुँदैन कि उनिहरुलाई अाफ्नो ‘पांडव’ यो उपनाम त्यति प्यारो थिएन, जति प्यारो ‘कौन्तेय’ थियो। रामको सब भन्दा प्यारो नाम ‘कौशल्या नन्दन‘ हो। उनिहरु वीर माताको नाम बाट आफ्नो नाम कमाउन अपमान मान्दैनथे- त्यसलाई अझ एकदम राम्रो मान्थे, उनिहरु माथि आमाहरुको आशिर्वाद फल्नुको कारण यहि थियो। राजपूतहरुमा स्त्री जातिको रक्षा गर्नु आवश्यक धर्म मानिन्थ्यो। रक्षाबन्धन त्यसै कुराको एक अधुरो शेष हो। यस दिन दिदी बहिनी अनि दाजू भाई देशका अवलाहरु अनि वीर पुरुषहरुमा परस्पर रक्षा-रक्षक संबन्धलाई अझै दृढ गर्ने दिन हो। जब भारतमा सावाधीनता आत्म सम्माना र यश को कुनै पनि मुल्य मानिन्थ्यो, तब देशका नवयुवक आफ्नो देश दिदी बहिनीहरुको मानमर्यादाको रक्षाको लागि आफ्नै प्राणको बलि दिन मा आफ्नो अरोभाग्य मान्दथे।
परन्तु आजको कस्तो दशा छ? पाठक अचम्मित नहुनु कि हामि सबै स्त्री शिक्षा अनि विधवा विवाहको रोईलो लिएर बस्छौं भन्ने जानेर। यस्तो रोईलो रुदै-रुदै आधि शताब्दि बितेर गयो अनि अब त्यसको असर देशका सबै विचारशिलहरु मा छ। हामिले त आज आफ्ना पाठकहरुलाई केवल यो अनुभव गराउँन चाहान्छौं कि स्त्री जातिका प्रति भारत वासिहरुको जो वर्तमान भाव छ त्यो कति हीन अनि तुच्छ छ। यो याद राख्नु पर्छ कि जो जाति मातृशक्तिहरुको यति हीन अनि तुच्छ मान्छन्, त्यो त्यो दासताको नैं अधिकारिणी हो। हाम्रो हरेक व्यबहारमा हाम्रा शहर गाउँका हरेक कुना कुनामा हाम्रा असभ्य र सभ्य जनताहरुको मुखमा दिन-रात माताहरु अनि दिदि बहिनीहरुको नाम प्रयोग गरेर कैयौं गाली निकालिन्छन्। लडाई पूरुष सँग, गाली र बेईज्जती आमा अनि दिदी बहिनीहरुको लागी। यदि कसैको बदनाम गर्नु छ भनें सबै भन्दा सरल उपाय उसका दिदि बहिनी को बदनाम गर्नु मानिन्छ। सामाजिक स्थितिमा स्त्रिहरुलाई अछुतहरु भन्दा बढेर गनिने गरिन्छ। हाम्रा सभा सोसाईटीहरुमा उनिहरुलाई योग्य मानिदैन।

स्त्री जाति माथि शत्रुको आक्रमण एक यस्तो घटना हुन्थ्यो कि त्यस उपर हाम्रा वीर पुरुषहरुको मात्र नभएर साधारण मानिसहरुको पनि खुब खुन उम्लन्थ्यो। आफ्नी स्त्रीको रक्षाको लागी रामले रावण मारे। द्रौपदीको अपमानको बदला लिनको लागी पाण्डवहरुले कुरुकुलको संहार गरे। केवल महिलाहरुको मान रक्षाको लागी राजपुतहरुमा कैयौं युद्ध भए अनि फेरी महिलाहरु पनि आफ्नो निज दिदि बहिनी व छोरी नभई आफ्नै जातिका। आज हामिहरु आफ्नै माताहरु एवं दिदि बहिनीहरुको लागी फोहर भन्दा फोहोर गालीहरु सुन्छौं अनि चुप रहन्छौं। विदेशी लेखक अनि समाचारपत्रहरु र ग्रन्थहरुमा हाम्रा स्त्री जातिका लागी निरादर सूचक शब्द लेख्छन् अनि हामिहरु ति पढेर चुप रहन्छौं। यति मात्र हैन, पोहोर साल को मार्शलताको घटनाको याद गर्नुहोस्। एक विदेशी अफिसर आउँछ र भारत पुत्रिहरु र माताहरुलाई गाउँ बाट बाहिर बोलाउँछ, तिनका घुम्टा आफ्ना छडीले उठाउँछ, उनिहरुलाई थुक्छ, उनिहरुलाई फोहोरी फोहोरी गाली गर्छ र भारत वासी हुन्, जो यसमा प्रस्ताव पास गर्छन्। के कुनै जिवित जातिमा स्त्रिहरु माथि का यस्ता अत्याचार सहन सकिन्थ्यो? के कुनै जानदार देशमा यस्तो अपमान गर्ने व्यक्ति एक मिनेट पनि रहन सक्छ? हामी प्रश्न गर्छौ कि के रामको समयका क्षत्रिय, के भीम र अर्जुन,के हम्मीर र सांगाको समयका राजपूत अनि के शिवाजीका मराठाहरु यस्ता जातिय अपमानको क्षण भर पनि सहन्थे? के भारतको भूमि यस्तो तिरस्कारको पछि पनि शान्त रहन्थ्यो? कहिल्यै नि रहन्थेन, उसमा भूडोल आउथ्यो जस्मा शासकहरुको दर्प र पापीहरुको पापको चकनाचुर हुन्थ्यो। तर हाय! यो आत्म सम्मानको भाव यो अभागी देशमा बाँकि रहेन। माताहरु एवं दिदी बहिनिहरुको लागि त्यो अतुल भक्ति र प्रेमको भाव अब भारत बासिहरुमा रहेन।

रक्षाबन्धन तिनै भावहरुको चिन्ह थियो। आज पनि त्यो केही सन्देश राख्दछ। आज पनि त्यो अवलाको पुकार देशवासिहरुको कानमा पुर्याउन सक्छ- तर यदि कोही सुन्नेवाला छ भने। जसको कान छ त्यो रक्षाबन्धनको संदेशको अनि अबलाहरुको पुकारलाई सुन्न सक्छ। यदि त्यो पनि सुन्न नसके त फेरी हे देश वासीहरु! आफ्नो भविष्य देखी निराश होउ। तिमिहरु जिउनुको न कोही राम्रो हो न त्यसको आशा नै छ। जुन जातिका पुरुष आफ्ना माता, दिदी बहिनी र पुत्रीको मानको रक्षा गर्न सक्दैनन्, ति जातिहरु यो भूतल बाट धोईएर जानु नैं योग्य छ।

-श्रद्धा पत्रिका, ३ सितम्बर १९२० बाट उद्धत

प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

No comments:

Post a Comment